/* पुराना सबै बटनहरू र फुटरका अनावश्यक लिङ्कहरू हटाउन */ #blog-pager, .blog-pager, .post-footer-line-1, .post-footer-line-2, .post-footer-line-3, .newer-posts, .older-posts { display: none !important; visibility: hidden !important; height: 0 !important; margin: 0 !important; padding: 0 !important; } /* पुराना सबै केरमेर र मेनुलाई पूर्ण रूपमा लुकाउन */ .PageList, .Tabs, .tabs-inner, .widget.PageList, [id^='PageList'] { display: none !important; visibility: hidden !important; height: 0 !important; margin: 0 !important; padding: 0 !important; overflow: hidden !important; } -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव।।

सप्तमः स्कंधः - चतुर्थोऽध्यायः

  
श्रीमद्‌भागवत महापुराण
सप्तमः स्कंधः - चतुर्थोऽध्यायः
 
नारद उवाच -
(अनुष्टुप्)
एवं वृतः शतधृतिः हिरण्यकशिपोरथ ।
प्रादात् तत् तपसा प्रीतो वरान् तस्य सुदुर्लभान् ॥ १ ॥

नारदले भन्नुभयोनुभयो–
महाराज युधिठिर ! शिरण्यकशिपुले ब्रम्हाजी संग यस्तो अत्यन्त दुर्लभ वर माग्यो, उसको तपस्याबाट प्रसन्न भएका ब्रह्माजीले उसलाई त्यो वर दिनुभयो ।।१।।

ब्रह्मोवाच -
तातेमे दुर्लभाः पुंसां यान् वृणीषे वरान् मम ।
तथापि वितराम्यङ्‌ग वरान् यदपि दुर्लभान् ॥ २ ॥

ब्रम्हाजीले भन्नुभयो– छोरा तिमीले जुन वर मसंग मागेका छौ, त्यो जीवका लागि धेरै दुर्लभ हो तापनि म तिमीलाई ती सबैकुरा दिन्छु ।।२।।

ततो जगाम भगवान् अमोघानुग्रहो विभुः ।
पूजितोऽसुरवर्येण स्तूयमानः प्रजेश्वरैः ॥ ३ ॥

सर्व समर्थ हुनुभएका भगवद्रूप ब्रम्हाजीको वरदान कहिले पनि झुटा हुदैन । हिरण्यकशिपुले बरदान प्राप्त गरेपछि वहाँको पूजा गर्यो । त्यसपछि ब्रह्माजी प्रजापतिहरुको स्तुति सुनेर  त्यहाँबाट आफ्नो लोकतिर लाग्नुभयो ।।३।।

एवं लब्धवरो दैत्यो बिभ्रद् हेममयं वपुः ।
भगवत्यकरोद् द्वेषं भ्रातुर्वधमनुस्मरन् ॥ ४ ॥

ब्रम्हाजीबाट वर पाएर हिरण्कशिपुको शरीर हृष्ट–पुष्ट र सुन जस्तै चंकिलो भयो । त्यसपछि उसले आफ्नो भाइको मृत्युलाई सम्फेर भगवानमा द्वेष गर्न लाग्यो ।।४।।

स विजित्य दिशः सर्वा लोकांश्च त्रीन्महासुरः ।
देवासुरमनुष्येन्द्रान् गन्धर्वगरुडोरगान् ॥ ५ ॥

सिद्धचारणविद्याध्रान् ऋषीन् पितृपतीन् मनून् ।
यक्षरक्षःपिशाचेशान् प्रेतभूतपतीनथ ॥ ६ ॥

सर्वसत्त्वपतीन्जित्वा वशमानीय विश्वजित् ।
जहार लोकपालानां स्थानानि सह तेजसा ॥ ७ ॥

त्यो महादैत्यले सबै दिशाहरु, तीनै लोक तथा देवता, असुर, राजाहरुर गन्धर्व गरुड, सर्प, सिद्ध, चारण, विद्याधर, ऋषि, पितृका अधिपति, मनु, यक्ष, राक्षस, पिशाचराज, प्रेत, भूतपति एवं सबै प्राणीहरुका राजालाई जितेर आफ्नो वशमा लियो । यहासम्म कि त्यस दैत्यले लोकपालको शक्ति र स्थानलाई पनि खोस्यो ।।५।७।।

देवोद्यानश्रिया जुष्टं अध्यास्ते स्म त्रिपिष्टपम् ।
महेन्द्रभवनं साक्षात् निर्मितं विश्वकर्मणा ।
त्रैलोक्यलक्ष्म्यायतनं अध्युवासाखिलर्द्धिमत् ॥ ८॥

अब त्यो नन्दवन आदि दिव्य उद्यानको सौन्दर्य युक्त भएको स्वर्गमा नै रहन लागेको थियो स्वयं विश्वकर्माले बनाएको इन्द्रको भवन उसको निवासस्था भयो । त्यस भवनमा तीनै लोकको सौन्दर्य मूर्तिमान भएर निवास गर्दथे । जुन सबै सम्पत्तिले सम्पन्न थियो ।।८।।

यत्र विद्रुमसोपाना महामारकता भुवः ।
यत्र स्फाटिककुड्यानि वैदूर्यस्तम्भपङ्‌क्तयः ॥ ९ ॥

यत्र चित्रवितानानि पद्मरागासनानि च ।
पयःफेननिभाः शय्या मुक्तादामपरिच्छदाः ॥ १० ॥

त्यस महलमा मुगाको सीडि, निलमणिको भूँइ स्फटिकको भित्ता, वैदूर्यमणिको थाम र हिराका कुर्सीहरु थिए । रंग विरंगका चदुवाहरु, तथा दुधको फींज समान सेता सय्याहरुमा मोतिको झल्लर लगाइएको थियो, जुन शोभायमान थियो ।।९।१०।।

कूजद्‌भिर्नूपुरैर्देव्यः शब्दयन्त्य इतस्ततः ।
रत्‍नस्थलीषु पश्यन्ति सुदतीः सुन्दरं मुखम् ॥ ११ ॥

अप्सराहरु आफ्नो नुपुरले छमछमको आवज निकालेर त्यस रत्नमय भूमिमा यताउति टहल्दथे । त्यो टल्किएको भूमीमा आफ्नो सुन्दर मुख हेर्दथे ।।११।।

(इंद्रवज्रा)  
तस्मिन्महेन्द्रभवने महाबलो
     महामना निर्जितलोक एकराट् ।
रेमेऽभिवन्द्याङ्‌घ्रियुगः सुरादिभिः
     प्रतापितैरूर्जितचण्डशासनः ॥ १२ ॥

राजा इन्द्रको महलमा रहेको महावली र महामनस्वी हिरण्कशिपुले सबै लोकलाई जितेर एकछत्र सम्राट बनेर विहार गर्न लाग्यो । उसको शासन यस्तो कठोर थियो कि उसबाट डराएर देव–दानव उसको चरणको वन्दना गर्दथे ।।१२।।

तमङ्‌ग मत्तं मधुनोरुगन्धिना
         विवृत्तताम्राक्षमशेषधिष्ण्यपाः ।
उपासतोपायनपाणिभिर्विना
         त्रिभिस्तपोयोगबलौजसां पदम् ॥ १३ ॥

युधिष्ठिर ! त्यो अतिनै गन्ध भएको मदिरा पीएर उन्मत्त भएर रहन्थ्यो । उसको आँखा राताराता थियो उसमा तपस्या, योग, शारीरिक र मानसिक बलको उन्मत्तले गर्दा ब्रम्हा, विष्णु, र महादेव बाहेक अरु सबै देवताहरु आफ्नो हातमा भेट लिएर उसको सेवमा लाग्दथे ।।१३।।

जगुर्महेन्द्रासनमोजसा स्थितं
         विश्वावसुस्तुम्बुरुरस्मदादयः ।
गन्धर्वसिद्धा ऋषयोऽस्तुवन्मुहुः
         विद्याधरा अप्सरसश्च पाण्डव ॥ १४ ॥

जब त्यो आफ्नो पुरुषार्थले इन्द्रासनमा बस्यो, हे युधिष्ठिर ! तब विश्वावसु तुम्बुरु तथा हामी सबै उसको अगाडि गाउदथ्यौं । गन्धर्व, सिद्ध, ऋषिगण, विद्याधर र अप्सराहरु उसको स्तुति गर्दथे ।।१४।।

स एव वर्णाश्रमिभिः क्रतुभिर्भूरिदक्षिणैः ।
इज्यमानो हविर्भागान् अग्रहीत् स्वेन तेजसा ॥ १५ ॥

युधिष्ठिर ! उ यति तेजस्वी थियो कि वर्णाश्रमधर्मको पालन गर्ने पुरुष जो धेरै धेरै दक्षिणाको यज्ञ गर्दथे, त्यस यज्ञको आहुती उसैले नै ग्रहण गर्दथ्यो ।।१५।।

अकृष्टपच्या तस्यासीत् सप्तद्वीपवती मही ।
तथा कामदुघा गावो नानाश्चर्यपदं नभः ॥ १६ ॥

पृथ्वीको सातै द्विपमा उसको अखण्ड राज्य थियो । सबै जमिनमा नजोतिकन नै अन्न उम्रिन्थ्यो । उसले जे चाहान्थ्यो त्यो अन्तरिक्षबाट पाउदथ्यो । आकाशले विभिन्न किसिमका अनेकौं वस्तुहरु दिएर उसलाई मनोरन्जन गराउदथे ।।१६।।

रत्‍नाकराश्च रत्‍नौघान् तत्पत्‍न्यश्चोहुरूर्मिभिः ।
क्षारसीधुघृतक्षौद्र दधिक्षीरामृतोदकाः ॥ १७ ॥

त्यसरी नुनिलो पानी, मदिरा, घिउ, उखुको रस, दहि दुध र मीठो पानीको समुद्रले पनि आफ्नी पत्नीका साथ उसलाई रत्नहरु पुर्याउदथे ।।१७।।

शैला द्रोणीभिराक्रीडं सर्वर्तुषु गुणान् द्रुमाः ।
दधार लोकपालानां एक एव पृथग्गुणान् ॥ १८ ॥

पर्वत आफ्नो गुफामा उसलाई खेल्ने ठाँउ जुटाउछन र सबै ऋतुमा रुखहरुमा फूल फुल्न लागे । उसले एक्लैनै लोकपालको विभिन्न रूप धारण गर्न लाग्यो ।।१८।।

स इत्थं निर्जितककुब् एकराड् वियान् प्रियान् ।
यथोपजोषं भुञ्जानो नातृप्यद् अजितेन्द्रियः ॥ १९ ॥

यसप्रकार दिग्विजय र एकछत्र सम्राट भएर आफुलाई मन पर्ने भोग गरेर स्वच्छन्द भएर भोग गर्दापनि अनन्त इन्द्रियको दाश भएका कारण उसलाई तृप्ति भएन ।।१९।।

एवं ऐश्वर्यमत्तस्य दृप्तस्योच्छास्त्रवर्तिनः ।
कालो महान् व्यतीयाय ब्रह्मशापं उपेयुषः ॥ २० ॥

युधिष्ठिर ! यस रूपमा पनि उ भगवान्को त्यहि पार्षद थियो जसलाई सनकादि ऋषिहरुले श्राप दिएका थिए । उ ऐश्वर्यको मदले घमण्ड भएको थियो । यसरी नै उसको धेरै समय बित्यो ।।२०।।

तस्योग्रदण्डसंविग्नाः सर्वे लोकाः सपालकाः ।
अन्यत्रालब्धशरणाः शरणं ययुरच्युतम् ॥ २१ ॥

उसको कठोर शासनले डराएका सबै लोकपालहरुले कतै पनि आफ्नो आश्रय नमिले पछि उनीहरु भगवान्को शरणमा गए ।।२१।।

तस्यै नमोऽस्तु काष्ठायै यत्रात्मा हरिरीश्वरः ।
यद्‍गत्वा न निवर्तन्ते शान्ताः संन्यासिनोऽमलाः ॥ २२ ॥

उनीहरुले मनमनै भने जहाँ सर्वात्मा श्रीहरि निवाश गर्नुहुन्छ र जसलाई प्राप्त गरेर शान्त एवं सन्यासी महात्मा फेरी फर्केर आउदैनन् भगवान्को त्यस्तो परमधामलाई हामी नमस्कार गर्दछौं ।।२२।।

इति ते संयतात्मानः समाहितधियोऽमलाः ।
उपतस्थुर्हृषीकेशं विनिद्रा वायुभोजनाः ॥ २३ ॥

यस प्रकारको भावनाले आफ्नो इन्द्रियलाई संयम र मनलाई शान्त गरेर खानु पिउनु आदि सबै छाडेर उनीहरुले पवित्र हृदयले भगवान्को स्तुति गरे ।।२३।।

तेषां आविरभूद्वाणी अरूपा मेघनिःस्वना ।
सन्नादयन्ती ककुभः साधूनां अभयङ्‌करी ॥ २४ ॥

एक दिन उनीहरुले मेघ समान ठुलो आकाशवाणी सुने । जुन साधुहरुलाई अभय दिने थियो । त्यो ध्वनि सबै दिशाहरुमा छरिएको त्यो वाणी यस्तो थियो ।।१४।।

मा भैष्ट विबुधश्रेष्ठाः सर्वेषां भद्रमस्तु वः ।
मद्दर्शनं हि भूतानां सर्वश्रेयोपपत्तये ॥ २५ ॥

श्रेष्ठ देवताहरु ! तिमीहरुले डराउनु पर्दन । मेरो दर्शनले प्राणिहरुको परम कल्याण हुन्छ ।।२५।।

ज्ञातमेतस्य दौरात्म्यं दैतेयापसदस्य यत् ।
तस्य शान्तिं करिष्यामि कालं तावत्प्रतीक्षत ॥ २६ ॥

यो अधम दैत्यको दुष्टताको बारेमा मलाई पहिले नै थाहा थियो । अब म यसलाई नाश गरिदिने छु केहि समय प्रतिक्षा गर ।।२६।।

यदा देवेषु वेदेषु गोषु विप्रेषु साधुषु ।
धर्मे मयि च विद्वेषः स वा आशु विनश्यति ॥ २७ ॥

कुनै पनि प्राणि जब देवता, गाई, ब्राम्हण, साधु, धर्म, र मसंग द्वेष गर्दछ भने उसको चाँडै नै विनाश हुनेछ ।।२७।।

निर्वैराय प्रशान्ताय स्वसुताय महात्मने ।
प्रह्रादाय यदा द्रुह्येद् हनिष्येऽपि वरोर्जितम् ॥ २८ ॥

जब यो आफ्नो सत्रु नै नभएका शान्त र महात्मा आफ्नो छोरो प्रल्हादसंग वैर गर्न थाल्दछ, अनिष्ट गर्न खोज्दछ अनि त्यतिबेला उ वर पाएर शक्ति सम्पन्न भए पनि मँ उसलाई मार्दछु ॥ २८ ॥  

नारद उवाच -
इत्युक्ता लोकगुरुणा तं प्रणम्य दिवौकसः ।
न्यवर्तन्त गतोद्वेगा मेनिरे चासुरं हतम् ॥ २९ ॥

नारदले भन्नुभयोनु भयो–
युधिष्ठिर ! सबैको हृदयमा ज्ञानको सञ्चार गराउने भगवान्ले देवताहरुलाई यस प्रकार भन्नु भएपछि उनीहरुले वहाँलाई प्रणाम गरेर फर्के । उनीहरुको सबै उद्वेग हट्यो र  उनीहरुलाई अब हिरण्यकशिपु मर्छ भन्नेमा ढुक्क भयो ।।२९।।

तस्य दैत्यपतेः पुत्राश्चत्वारः परमाद्‍भुताः ।
प्रह्रादोऽभून् महांन् तेषां गुणैर्महदुपासकः ॥ ३० ॥

युधिष्ठर ! हिरण्यकशिपुका विलक्षण सम्पन्न चार छोराहरु थिए । उनीहरुमा प्रल्हाद सबभन्दा कान्छा तर गुणमा सबैभन्दा बढ्ता थिए । उनी सन्तोषि थिए ।।३०।।

ब्रह्मण्यः शीलसम्पन्नः सत्यसन्धो जितेन्द्रियः ।
आत्मवत्सर्वभूतानां एकः प्रियसुहृत्तमः ॥ ३१ ॥

उनी ब्राम्हणभक्त,  शुशील स्वभाव, सत्प्रतिज्ञ र जितेन्द्रिय थिए । सबै प्राणिहरुमा समान भावना राख्दथे र सबैका हितैषी थिए ।।३१।। 

दासवत्सन्नतार्याङ्‌घ्रिः पितृवद् दीनवत्सलः ।
भ्रातृवत्सदृशे स्निग्धो गुरुषु ईश्वरभावनः   ।  
विद्यार्थरूपजन्माढ्यो मानस्तम्भविवर्जितः ॥ ३२ ।

उनी ठुलाहरुको चरणमा सेवकले झैं निहुरन्थे । गरीवहरुका लागि बाबु समान स्नेह राख्दथे । आफु समानकालाई दाजु भाईमा जस्ते प्रेम र गुरुहरुमा सद्भाव राख्दथे । विद्या, धन सौन्दर्य र कुलीनताले सम्पन्न भएर पनि उनीमा घमण्ड भन्ने कुरा पटक्कै थिएन ।।३२।।

(इंद्रवज्रा)  
नोद्विग्नचित्तो व्यसनेषु निःस्पृहः
         श्रुतेषु दृष्टेषु गुणेष्ववस्तुदृक् ।
दान्तेन्द्रियप्राणशरीरधीः सदा
         प्रशान्तकामो रहितासुरोऽसुरः ॥ ३३ ॥

ठुला ठुला दुःख आउदा पनि उनी अलिकता पनि हडबडाउँदैन थिए । लोक र परलोकको बारेमा सुनेका कुरालाई निःसार र असत्य सम्झन्थे । त्यसैले उनलाई कुनै वस्तुमा लालसा थिएन । इन्द्रिय, प्राण शरीर र मन उनको वशमा थियो । उनको चित्तमा कुनैपनि प्रकारको कामना उठ्दैन थियो ।।३३।।

यस्मिन्महद्‍गुणा राजन् गृह्यन्ते कविभिर्मुहुः ।
न तेऽधुना पिधीयन्ते यथा भगवतीश्वरे ॥ ३४ ॥

जसरी भगवाका गुण अनन्त छन त्यसरी नै प्रल्हादको श्रेष्ठ गुणको कुनै सीमा थिएन । महात्माहरु सधैं उनको वर्णन गर्दछन्  र उनका कुरालाई मान्दछन् । त्यसैले पनि उनका गुणहरु जस्ताको तस्तै छन ।।३४।।

यं साधुगाथासदसि रिपवोऽपि सुरा नृप ।
प्रतिमानं प्रकुर्वन्ति किमुतान्ये भवादृशाः ॥ ३५ ॥

युधिष्ठिर ! देवताहरु उनका सत्रु हुन तापनि भक्तको चरित्र सुन्नका लागि जब उनीहरुको सभा भएका बखत अर्को भक्तलाई प्रल्हाद बराबर भनेर सम्मान गर्दथे । फेरी तपाई जस्तो कुनै सत्रु नभएका भगवद्भक्तले उनको सम्मान गर्नु भएमा कुनै सन्देह हुदैन ।।३५।।

गुणैरलमसंख्येयै माहात्म्यं तस्य सूच्यते ।
वासुदेवे भगवति यस्य नैसर्गिकी रतिः ॥ ३६ ॥

उनको महिमाको वर्णन गर्नका लागि अगणित छन, जुन गुणको वर्णन गर्न कसैले सक्तैन । केवल श्रीकृष्णको चरणकमलको जन्मजात प्रेमको र उनको महिमाको प्रकट गर्नमा पर्याप्त हुन्छ ।।३६।।

न्यस्तक्रीडनको बालो जडवत् तन्मनस्तया ।
कृष्णग्रहगृहीतात्मा न वेद जगदीदृशम् ॥ ३७ ॥

राजन् ! प्रल्हाद वालक काल देखि नै खेलकुद छाडेर भगवान्को ध्यानमा तन्मय हुन्थे । भगवान् श्रीकृष्णको अनुग्रहले उनको हृदयलाई यसप्रकार आफुमा तान्नु भएको थियो कि उनलाई  यो संसारको बारेमा पनि कुनै पत्तै थिएन ।।३७।।

आसीनः पर्यटन् अश्नन् शयानः प्रपिबन् ब्रुवन् ।
नानुसन्धत्त एतानि गोविन्दपरिरम्भितः ॥ ३८ ॥

उनलाई भगवान्ले मलाई आफ्नो अंगालोमा राखेर प्रेम गुर्न भएको जस्तो भान हुन्थयो, त्यसैले उनी सुत्दा, बस्दा, खाँदा, पिउँदा, हिड्दा, डुल्दा र कुराकानिमा समेत खरु कुनै कुराको ध्यान राख्दैन थिए ।।३८।।

क्वचिद् रुदति वैकुण्ठ चिन्ताशबलचेतनः ।
क्वचिद् हसति तच्चिन्ता ह्लाद उद्‍गायति क्वचित् ॥ ३९ ॥

कहिले कहिं भगवान् मलाई छोडेर जानुभयो भन्ने यस्तो भावनाले उनको हृदय यति डुब्दथ्यो कि उनी ठुलो स्वरले रुन लाग्दथे । फेरी कहिले कहिं मन मनै वहालाई आफ्नो नजिक पाएर अनन्दले हाँस्दथे । कहिले उनको ध्यानमा मग्न भएर गाना गाउदथे ।।३९।।

नदति क्वचिद् उत्कण्ठो विलज्जो नृत्यति क्वचित् ।
क्वचित्तद्‍भावनायुक्तः तन्मयोऽनुचकार ह ॥ ४० ॥

उनी कहिले उत्कण्ठित भएर कराउदथे । कहिले सबै लोक लज्जालाई त्यागेर प्रेममा लागेर नाच्दथे । कहिले कहि उहाँको लीलामा चिन्तनमा यति तल्लीन हुन्थे कि उनलाई आफ्नो याद पनि हुदैनथ्यो ।।४०।।

क्वचिदुत्पुलकस्तूष्णीं आस्ते संस्पर्शनिर्वृतः ।
अस्पन्दप्रणयानन्द सलिलामीलितेक्षणः ॥ ४१ ॥

कहिले भित्र भित्रै भगवान्को कोमल संस्पर्श अनुभव गरेर आनन्दमा मग्न हुन्थे र शान्त भएर बस्दथे । त्यस समय उनको शरीर रोमाञ्चित हुन्थ्यो । अविचल प्रेम र आनन्दका कारण उनको आँखा आँसुले भरिन्थ्यो ।।४१।।

(इंद्रवज्रा)
स उत्तमश्लोकपदारविन्दयोः
         निषेवयाकिञ्चनसङ्‌गलब्धया ।
तन्वन् परां निर्वृतिमात्मनो मुहुः
         दुसङ्‌गदीनस्य मनः शमं व्यधात् ॥ ४२ ॥

प्रल्हादको जस्तो यस्तो  श्रीकृष्णको चरणकमलको भक्ति अकिञ्चन भगवत्प्रेमी महात्माहरुको संगतले नै पाइन्छ । यस्तो भक्तिले उनी स्वयं परमानन्दमा मग्न रहन्थे । जसको मन कुसंगतका कारण दुर्गतिमा परेका हरुले पनि उनीबाट शान्ति पाउदथे ।।४२।।

(अनुष्टुप्)
तस्मिन् महाभागवते महाभागे महात्मनि ।
हिरण्यकशिपू राजन् अकरोद् अघमात्मजे ॥ ४३ ॥

राजन! प्रल्हाद भगवान्का उच्चकोटिका भक्त, परम भाग्यवान् र उच्चकोटिका महात्मा थिए । यस्तो साधु छोरा लाई पनि हिरण्यकशिपुले अपराधीलाई जस्तो गरेर अनेक किसिमको दुःख दिने चेष्टा गर्दथ्यो ।।४३।।

युधिष्ठिर उवाच -
देवर्ष एतदिच्छामो वेदितुं तव सुव्रत ।
यदात्मजाय शुद्धाय पितादात्साधवे ह्यघम् ॥ ४४ ॥

युधिष्ठिरले सोधे–
नारदजी ! तपाईको ब्रत अखण्ड छ । अब हामी तपाईबाट यो सुन्न चाहन्छौं कि बाबु भएर पनि हिरण्यकशिपुले यस्ता शुद्धहृदय महात्मा छोरा प्रल्हादसंग किन द्रोह गरे ।।४४।।

पुत्रान् विप्रतिकूलान् स्वान् पितरः पुत्रवत्सलाः ।
उपालभन्ते शिक्षार्थं नैवाघमपरो यथा ॥ ४५ ॥

बाबु त स्वभावले नै आफ्ना छोरासंग प्रेमभाव राख्दछन । यदि छोराले नकाम गर्यो भने पनि उसलाई शिक्षा दिएर सम्झाउँछन, सत्रुको जस्तो बिरोध त गर्दैनन ।।४५।।

किमुतानुवशान् साधून् तादृशान् गुरुदेवतान् ।
एतत्कौतूहलं ब्रह्मन् अस्माकं विधम प्रभो ।
पितुः पुत्राय यद्द्वेषो मरणाय प्रयोजितः ॥ ४६ ॥

फेरी प्रल्हाद जस्ता अनुकूल, शुद्धहृदय एवं गुरुलाई इश्वर सम्झने छोराले भला, कसरी द्वेष नै गर्न सक्छन र ? नारदजी ! तपाई सबैकुरा जान्नुहुन्छ । हामीलाई यो विषयमा आश्चर्य लागेको कि बाबुले द्वेषका कारण आफ्नो छोरालाई मार्न खाज्दैछ । हामीलाई  यस विषयमा बताएर हाम्रो कौतुहललाई शान्त गरिदिनु होस ।।४६।।

इति श्रीमद्‌भागवते महापुराणे पारमहंस्यां संहितायां
सप्तमस्कन्धे प्रह्रादचरिते चतुर्थोऽध्यायः ॥ ४ ॥



 

ॐ अध्यात्म ज्ञान भण्डार ॐ

No comments:

Post a Comment