श्रीमद्भागवत महापुराण
सप्तमः स्कंधः - चतुर्थोऽध्यायः
(अनुष्टुप्) एवं वृतः शतधृतिः हिरण्यकशिपोरथ ।
प्रादात् तत् तपसा प्रीतो वरान् तस्य सुदुर्लभान् ॥ १ ॥
नेपाली भावानुवाद : नारदले भन्नुभयो– महाराज युधिष्ठिर ! हिरण्यकशिपुले ब्रह्माजीसँग यसरी अत्यन्त दुर्लभ वर माग्यो । उसको तपस्याबाट प्रसन्न हुनुभएका ब्रह्माजीले उसलाई ती दुर्लभ वरहरू प्रदान गर्नुभयो ।। १ ।।
ब्रह्मोवाच –
तातेमे दुर्लभाः पुंसां यान् वृणीषे वरान् मम ।
तथापि वितराम्यङ्ग वरान् यदपि दुर्लभान् ॥ २ ॥
नेपाली भावानुवाद : ब्रह्माजीले भन्नुभयो– हे पुत्र ! तिमीले मसँग जुन वरहरू मागेका छौ, ती मानिसका लागि अत्यन्त दुर्लभ छन्; तापनि हे अङ्ग ! म तिमीलाई ती दुर्लभ वरहरू प्रदान गर्दछु ।। २ ।।
ततो जगाम भगवान् अमोघानुग्रहो विभुः ।
पूजितोऽसुरवर्येण स्तूयमानः प्रजेश्वरैः ॥ ३ ॥
नेपाली भावानुवाद : जसको अनुग्रह कहिल्यै व्यर्थ हुँदैन, ती सर्वसमर्थ भगवान् ब्रह्माजी असुरराज हिरण्यकशिपुद्वारा पूजित भई र प्रजापतिहरूद्वारा स्तुति गरिएका हुँदै आफ्नो लोकतर्फ प्रस्थान गर्नुभयो ।। ३ ।।
एवं लब्धवरो दैत्यो बिभ्रद् हेममयं वपुः ।
भगवत्यकरोद् द्वेषं भ्रातुर्वधमनुस्मरन् ॥ ४ ॥
नेपाली भावानुवाद : यसरी वर प्राप्त गरेपछि सुन जस्तो चम्किलो शरीर धारण गरेको त्यो दैत्यले आफ्नो भाइको वधलाई सम्झेर भगवान् श्रीहरिप्रति द्वेष गर्न थाल्यो ।। ४ ।।
स विजित्य दिशः सर्वा लोकांश्च त्रीन्महासुरः ।
देवासुरमनुष्येन्द्रान् गन्धर्वगरुडोरगान् ॥ ५ ॥
सिद्धचारणविद्याध्रान् ऋषीन् पितृपतीन् मनून् ।
यक्षरक्षःपिशाचेशान् प्रेतभूतपतीनथ ॥ ६ ॥
सर्वसत्त्वपतीन्जित्वा वशमानीय विश्वजित् ।
जहार लोकपालानां स्थानानि सह तेजसा ॥ ७ ॥
नेपाली भावानुवाद : त्यस महासुरले सम्पूर्ण दिशा, तीनै लोक, देवता, असुर, मनुष्यका राजा, गन्धर्व, गरुड, सर्प, सिद्ध, चारण, विद्याधर, ऋषि, पितृपति, मनु, यक्ष, राक्षस, पिशाच, प्रेत र भूतहरूका अधिपति एवं समस्त प्राणीहरूलाई जितेर आफ्नो वशमा पार्यो । विश्वविजेता बनेको उसले लोकपालहरूको तेज र स्थान समेत खोस्यो ।। ५-७ ।।
देवोद्यानश्रिया जुष्टं अध्यास्ते स्म त्रिपिष्टपम् ।
महेन्द्रभवनं साक्षात् निर्मितं विश्वकर्मणा ।
त्रैलोक्यलक्ष्म्यायतनं अध्युवासाखिलर्द्धिमत् ॥ ८ ॥
नेपाली भावानुवाद : त्यो दैत्य देववन (नन्दनवन) को शोभाले युक्त स्वर्गमा रहन थाल्यो । स्वयं विश्वकर्माले निर्माण गरेको र तीनै लोकको वैभवको केन्द्र मानिने महेन्द्र-भवनमा उसले आफ्नो निवास बनायो ।। ८ ।।
यत्र विद्रुमसोपाना महामारकता भुवः ।
यत्र स्फाटिककुड्यानि वैदूर्यस्तम्भपङ्क्तयः ॥ ९ ॥
यत्र चित्रवितानानि पद्मरागासनानि च ।
पयःफेननिभाः शय्या मुक्तादामपरिच्छदाः ॥ १० ॥
नेपाली भावानुवाद : त्यस महलमा मुगाका सिँढीहरू, मर्कतमणिको भुइँ, स्फटिकका भित्ता र वैदूर्यमणिका स्तम्भहरू थिए । त्यहाँ चित्रविचित्रका चँदुवाहरू, पद्मरागमणिका आसनहरू र दूधको फेँजजस्तै सेता एवं मोतीका झालरले युक्त ओछ्यानहरू थिए ।। ९-१० ।।
कूजद्भिर्नूपुरैर्देव्यः शब्दयन्त्य इतस्ततः ।
रत्नस्थलीषु पश्यन्ति सुदतीः सुन्दरं मुखम् ॥ ११ ॥
नेपाली भावानुवाद : आफ्नो नूपुरको मधुर ध्वनि गुञ्जाउँदै अप्सराहरू त्यहाँ यताउति टहल्दथे । ती सुन्दर दाँत भएका सुन्दरीहरू रत्नमय भुइँमा आफ्नै सुन्दर मुखको प्रतिबिम्ब हेर्दथे ।। ११ ।।
(इन्द्रवज्रा)
तस्मिन्महेन्द्रभवने महाबलो
महामना निर्जितलोक एकराट् ।
रेमेऽभिवन्द्याङ्घ्रियुगः सुरादिभिः
प्रतापितैरूर्जितचण्डशासनः ॥ १२ ॥
नेपाली भावानुवाद : त्यस महेन्द्र-भवनमा महाबली र महामनस्वी हिरण्यकशिपुले समस्त लोकलाई जितेर एकछत्र सम्राटको रूपमा विहार गर्न लाग्यो । उसको शासन यस्तो कठोर थियो कि प्रताडित भएका देवताहरू समेत उसको चरण वन्दना गर्दथे ।। १२ ।।
तमङ्ग मत्तं मधुनोरुगन्धिना
विवृत्तताम्राक्षमशेषधिष्ण्यपाः ।
उपासतोपायनपाणिभिर्विना
त्रिभिस्तपोयोगबलौजसां पदम् ॥ १३ ॥
नेपाली भावानुवाद : हे अङ्ग ! उग्र गन्धयुक्त मदिराको नशामा लठ्ठिएकाले उसका आँखा राता र घुमेका हुन्थे । ब्रह्मा, विष्णु र महेश बाहेक सम्पूर्ण लोकपालहरू उपहार हातमा लिएर उसको सेवामा उपस्थित हुन्थे । ऊ तप, योग र शारीरिक बलको घमण्डले चूर थियो ।। १३ ।।
जगुर्महेन्द्रासनमोजसा स्थितं
विश्वावसुस्तुम्बुरुरस्मदादयः ।
गन्धर्वसिद्धा ऋषयोऽस्तुवन्मुहुः
विद्याधरा अप्सरसश्च पाण्डव ॥ १४ ॥
नेपाली भावानुवाद : हे पाण्डव ! आफ्नो तेजले इन्द्रासनमा बसेको त्यस दैत्यको अगाडि विश्वावसु, तुम्बुरु र हामी नारदहरू गायन गर्दथ्यौँ । गन्धर्व, सिद्ध, ऋषि, विद्याधर र अप्सराहरूले बारम्बार उसको स्तुति गर्दथे ।। १४ ।।
स एव वर्णाश्रमिभिः क्रतुभिर्भूरिदक्षिणैः ।
इज्यमानो हविर्भागान् अग्रहीत् स्वेन तेजसा ॥ १५ ॥
नेपाली भावानुवाद : धेरै दक्षिणा दिएर यज्ञ गर्ने वर्णाश्रमी पुरुषहरूले देवताका लागि चढाएको हविर्भाग समेत उसैले आफ्नो तेजले खोसेर ग्रहण गर्दथ्यो ।। १५ ।।
अकृष्टपच्या तस्यासीत् सप्तद्वीपवती मही ।
तथा कामदुघा गावो नानाश्चर्यपदं नभः ॥ १६ ॥
नेपाली भावानुवाद : सातै द्वीपयुक्त पृथ्वीले नजोतिकनै अन्न दिन्थे । गाईहरूले इच्छा अनुसारको दूध दिन्थे र आकाशले अनेकौँ आश्चर्यजनक दृश्यहरू देखाउँदै उसलाई खुसी पार्थ्यो ।। १६ ।।
रत्नाकराश्च रत्नौघान् तत्पत्न्यश्चोहुरूर्मिभिः ।
क्षारसीधुघृतक्षौद्र दधिक्षीरामृतोदकाः ॥ १७ ॥
नेपाली भावानुवाद : खारा पानी, मदिरा, घिउ, उखुको रस, दही, दूध र मीठो पानीका समुद्रहरूले आफ्ना पत्नी (नदी) हरूसँग मिलेर छालका माध्यमबाट उसलाई रत्नका थुप्रा अर्पण गर्दथे ।। १७ ।।
शैला द्रोणीभिराक्रीडं सर्वर्तुषु गुणान् द्रुमाः ।
दधार लोकपालानां एक एव पृथग्गुणान् ॥ १८ ॥
नेपाली भावानुवाद : पर्वतहरूले आफ्ना गुफाहरूमा उसलाई क्रीडास्थल उपलब्ध गराउँथे र वृक्षहरूले सबै ऋतुमा फूल र फल दिन्थे । उसले एक्लै सबै लोकपालका भिन्नाभिन्नै शक्तिहरू धारण गरेको थियो ।। १८ ।।
स इत्थं निर्जितककुब् एकराड् वियान् प्रियान् ।
यथोपजोषं भुञ्जानो नातृप्यद् अजितेन्द्रियः ॥ १९ ॥
नेपाली भावानुवाद : यसरी समस्त दिशालाई जितेर एकछत्र सम्राट बनेको उसले मनपर्ने भोगहरू भोग गर्दा पनि अजितेन्द्रिय भएकाले तृप्ति पाउन सकेन ।। १९ ।।
एवं ऐश्वर्यमत्तस्य दृप्तस्योच्छास्त्रवर्तिनः ।
कालो महान् व्यतीयाय ब्रह्मशापं उपेयुषः ॥ २० ॥
नेपाली भावानुवाद : यसरी ऐश्वर्यको मदले चुर भएको, शास्त्रको मर्यादा नाघ्ने र सनकादि ऋषिको श्राप पाएको त्यस दैत्यको लामो समय व्यतीत भयो ।। २० ।।
तस्योग्रदण्डसंविग्नाः सर्वे लोकाः सपालकाः ।
अन्यत्रालब्धशरणाः शरणं ययुरच्युतम् ॥ २१ ॥
नेपाली भावानुवाद : उसको कठोर दण्डले त्रसित भएका लोकपालसहित सबै प्राणीहरूले अन्यत्र कतै आश्रय नपाएपछि भगवान् अच्युतको शरण लिए ।। २१ ।।
तस्यै नमोऽस्तु काष्ठायै यत्रात्मा हरिरीश्वरः ।
यद्गत्वा न निवर्तन्ते शान्ताः संन्यासिनोऽमलाः ॥ २२ ॥
नेपाली भावानुवाद : उनीहरूले प्रार्थना गरे– जहाँ परमात्मा श्रीहरि निवास गर्नुहुन्छ र जहाँ पुगेपछि निर्मल एवं शान्त संन्यासीहरू फेरि फर्केर आउनुपर्दैन, भगवान्को त्यस परम धामलाई हामी नमस्कार गर्दछौँ ।। २२ ।।
इति ते संयतात्मानः समाहितधियोऽमलाः ।
उपतस्थुर्हृषीकेशं विनिद्रा वायुभोजनाः ॥ २३ ॥
नेपाली भावानुवाद : यसरी इन्द्रिय र मनलाई संयम गरी, निद्रा र भोजन त्यागेर केवल वायुको भक्षण गर्दै उनीहरूले भगवान् हृषीकेशको आराधना गरे ।। २३ ।।
तेषां आविरभूद्वाणी अरूपा मेघनिःस्वना ।
सन्नादयन्ती ककुभः साधूनां अभयङ्करी ॥ २४ ॥
नेपाली भावानुवाद : त्यसबेला उनीहरूका लागि आकाशबाट मेघजस्तै गम्भीर वाणी सुनियो । समस्त दिशा गुञ्जाउने त्यो वाणी निराकार थियो र साधुहरूलाई अभय प्रदान गर्ने खालको थियो ।। २४ ।।
मा भैष्ट विबुधश्रेष्ठाः सर्वेषां भद्रमस्तु वः ।
मद्दर्शनं हि भूतानां सर्वश्रेयोपपत्तये ॥ २५ ॥
नेपाली भावानुवाद : हे श्रेष्ठ देवताहरू ! तिमीहरू नडराओ, तिमीहरूको कल्याण होस् । मेरो दर्शन पाउनु नै प्राणीहरूका लागि समस्त श्रेय र सौभाग्यको प्राप्ति हो ।। २५ ।।
ज्ञातमेतस्य दौरात्म्यं दैतेयापसदस्य यत् ।
तस्य शान्तिं करिष्यामि कालं तावत्प्रतीक्षत ॥ २६ ॥
नेपाली भावानुवाद : यस अधम दैत्यको दुष्टता मलाई ज्ञात छ । म यसको संहार गर्नेछु, तबसम्म तिमीहरू केही समय प्रतीक्षा गर ।। २६ ।।
यदा देवेषु वेदेषु गोषु विप्रेषु साधुषु ।
धर्मे मयि च विद्वेषः स वा आशु विनश्यति ॥ २७ ॥
नेपाली भावानुवाद : जब कसैले देवता, वेद, गाई, ब्राह्मण, साधु, धर्म र मप्रति द्वेष गर्दछ, तब उसको विनाश निश्चित छ ।। २७ ।।
निर्वैराय प्रशान्ताय स्वसुताय महात्मने ।
प्रह्रादाय यदा द्रुह्येद् हनिष्येऽपि वरोर्जितम् ॥ २८ ॥
नेपाली भावानुवाद : जब यसले आफ्नै निर्वेर, शान्त र महात्मा पुत्र प्रह्लादप्रति द्रोह गर्दछ, तब वरद्वारा शक्तिशाली भए पनि म यसलाई मार्नेछु ।। २८ ।।
नारद उवाच –
इत्युक्ता लोकगुरुणा तं प्रणम्य दिवौकसः ।
न्यवर्तन्त गतोद्वेगा मेनिरे चासुरं हतम् ॥ २९ ॥
नेपाली भावानुवाद : नारदले भन्नुभयो– जगतगुरु भगवान्ले यसो भनेपछि देवताहरू उहाँलाई प्रणाम गरेर ढुक्क हुँदै फर्के । उनीहरूले असुर मारिएको सम्झिए ।। २९ ।।
तस्य दैत्यपतेः पुत्राश्चत्वारः परमाद्भुताः ।
प्रह्रादोऽभून् महांन् तेषां गुणैर्महदुपासकः ॥ ३० ॥
नेपाली भावानुवाद : त्यस दैत्यराजका चार अत्यन्त अद्भुत छोराहरू थिए । तीमध्ये प्रह्लाद सबैभन्दा महान् र सद्गुणहरूले युक्त एवं सन्तहरूका सेवक थिए ।। ३० ।।
ब्रह्मण्यः शीलसम्पन्नः सत्यसन्धो जितेन्द्रियः ।
आत्मवत्सर्वभूतानां एकः प्रियसुहृत्तमः ॥ ३१ ॥
नेपाली भावानुवाद : उनी ब्राह्मणभक्त, सुशील, सत्यवादी र जितेन्द्रिय थिए । समस्त प्राणीहरूलाई आफ्नै आत्मासमान ठान्ने उनी सबैका प्रिय मित्र थिए ।। ३१ ।।
दासवत्सन्नतार्याङ्घ्रिः पितृवद् दीनवत्सलः ।
भ्रातृवत्सदृशे स्निग्धो गुरुषु ईश्वरभावनः ।
विद्यार्थरूपजन्माढ्यो मानस्तम्भविवर्जितः ॥ ३२ ॥
नेपाली भावानुवाद : उनी ठूलाहरूको सेवामा दासजस्तै नम्र हुन्थे, दीन-दुःखीमा बाबुजस्तै स्नेह गर्थे, साथीभाइमा दाजुभाइजस्तै प्रेम राख्थे र गुरुहरूलाई ईश्वरको रूप मान्दथे । विद्या, धन, सौन्दर्य र उच्च कुलमा जन्मेको भए तापनि उनमा अलिकति पनि घमण्ड थिएन ।। ३२ ।।
(इन्द्रवज्रा)
नोद्विग्नचित्तो व्यसनेषु निःस्पृहः
श्रुतेषु दृष्टेषु गुणेष्ववस्तुदृक् ।
दान्तेन्द्रियप्राणशरीरधीः सदा
प्रशान्तकामो रहितासुरोऽसुरः ॥ ३३ ॥
नेपाली भावानुवाद : कठिन परिस्थितिमा पनि उनी विचलित हुँदैनथे । देखेका र सुनेका सांसारिक भोगका वस्तुहरूलाई उनी असत्य र तुच्छ ठान्दथे । इन्द्रिय, प्राण, शरीर र बुद्धि उनको वशमा थिए । असुर वंशमा जन्मे पनि उनी आसुरी स्वभावबाट मुक्त र पूर्ण शान्त थिए ।। ३३ ।।
यस्मिन्महद्गुणा राजन् गृह्यन्ते कविभिर्मुहुः ।
न तेऽधुना पिधीयन्ते यथा भगवतीश्वरे ॥ ३४ ॥
नेपाली भावानुवाद : हे राजन् ! प्रह्लादमा भएका महान् गुणहरूको वर्णन विद्वानहरूले बारम्बार गर्दछन् । जसरी भगवान्का गुणहरू कहिल्यै समाप्त हुँदैनन्, त्यसरी नै प्रह्लादका सद्गुणहरू पनि कहिल्यै पुराना वा लुप्त हुँदैनन् ।। ३४ ।।
यं साधुगाथासदसि रिपवोऽपि सुरा नृप ।
प्रतिमानं प्रकुर्वन्ति किमुतान्ये भवादृशाः ॥ ३५ ॥
नेपाली भावानुवाद : हे नृप ! साधुहरूको सभामा शत्रु मानिने देवताहरूले समेत प्रह्लादलाई एक आदर्शको रूपमा प्रस्तुत गर्दछन् भने तपाईंजस्ता भक्तहरूले उनको सम्मान गर्नुमा त के नै आश्चर्य छ र ! ।। ३५ ।।
गुणैरलमसंख्येयै माहात्म्यं तस्य सूच्यते ।
वासुदेवे भगवति यस्य नैसर्गिकी रतिः ॥ ३६ ॥
नेपाली भावानुवाद : प्रह्लादका असंख्य गुणहरूको बयान गरिसाध्य छैन । भगवान् वासुदेवमा उनको जुन जन्मजात र स्वाभाविक प्रेम थियो, त्यसैले उनको माहात्म्य स्पष्ट पार्दछ ।। ३६ ।।
न्यस्तक्रीडनको बालो जडवत् तन्मनस्तया ।
कृष्णग्रहगृहीतात्मा न वेद जगदीदृशम् ॥ ३७ ॥
नेपाली भावानुवाद : हे राजन् ! बालककालमै खेलौनाहरू छोडेर उनी भगवान् श्रीकृष्णमा यसरी तल्लीन भए कि उनलाई बाह्य संसारको अलिकति पनि होस भएन ।। ३७ ।।
आसीनः पर्यटन् अश्नन् शयानः प्रपिबन् ब्रुवन् ।
नानुसन्धत्त एतानि गोविन्दपरिरम्भितः ॥ ३८ ॥
नेपाली भावानुवाद : गोविन्दको प्रेमले अङ्गालिएका उनले बस्दा, हिँड्दा, खाँदा, सुत्दा, पिउँदा वा कुरा गर्दा पनि आफूले गरेका यी क्रियाहरूको कुनै ख्यालै गर्दैनथे ।। ३८ ।।
क्वचिद् रुदति वैकुण्ठ चिन्ताशबलचेतनः ।
क्वचिद् हसति तच्चिन्ता ह्लाद उद्गायति क्वचित् ॥ ३९ ॥
नेपाली भावानुवाद : कहिलेकाहीँ भगवान्को विरहमा चिन्तित भई उनी रुन्थे, त कहिले भगवान्को साक्षात्कारको आनन्दमा हाँस्थे र कतिबेला त ठूलो स्वरले भगवान्को गुणगान गाउँथे ।। ३९ ।।
नदति क्वचिद् उत्कण्ठो विलज्जो नृत्यति क्वचित् ।
क्वचित्तद्भावनायुक्तः तन्मयोऽनुचकार ह ॥ ४० ॥
नेपाली भावानुवाद : कहिले उनी उत्कण्ठित भएर कराउँथे त कहिले लाज सरम छोडेर नाच्दथे । कहिले भगवान्कै लिलामा तन्मय भएर उनी भगवान्कै जस्तो अभिनय गर्दथे ।। ४० ।।
क्वचिदुत्पुलकस्तूष्णीं आस्ते संस्पर्शनिर्वृतः ।
अस्पन्दप्रणयानन्द सलिलामीलितेक्षणः ॥ ४१ ॥
नेपाली भावानुवाद : कहिले उनी भगवान्को स्पर्शको अनुभवले पुलकित भई मौन बस्दथे । प्रेम र आनन्दको आँसुले उनका आँखा भरिन्थे र उनी स्थिर भएर बस्दथे ।। ४१ ।।
(इन्द्रवज्रा)
स उत्तमश्लोकपदारविन्दयोः
निषेवयाकिञ्चनसङ्गलब्धया ।
तन्वन् परां निर्वृतिमात्मनो मुहुः
दुसङ्गदीनस्य मनः शमं व्यधात् ॥ ४२ ॥
नेपाली भावानुवाद : अकिञ्चन भक्तहरूको सङ्गतबाट प्राप्त भएको श्रीकृष्णको भक्तिले प्रह्लाद स्वयम् त परमानन्दमा मग्न हुन्थे नै, उनी जस्ताको सङ्गतले कुसङ्गतमा परेकाहरूको मनमा समेत शान्ति छाउँथ्यो ।। ४२ ।।
(अनुष्टुप्)
तस्मिन् महाभागवते महाभागे महात्मनि ।
हिरण्यकशिपू राजन् अकरोद् अघमात्मजे ॥ ४३ ॥
नेपाली भावानुवाद : हे राजन् ! यस्ता परम भागवत, महाभागे र महात्मा पुत्र प्रह्लादप्रति पनि हिरण्यकशिपुले अनेकौँ अपराधपूर्ण व्यवहार गर्यो ।। ४३ ।।
युधिष्ठिर उवाच –
देवर्ष एतदिच्छामो वेदितुं तव सुव्रत ।
यदात्मजाय शुद्धाय पितादात्साधवे ह्यघम् ॥ ४४ ॥
नेपाली भावानुवाद : युधिष्ठिरले भन्नुभयो– हे देवर्षे ! तपाईंको व्रत अटल छ । हामी यो जान्न चाहन्छौँ कि बाबुले यस्ता शुद्धहृदय र साधु छोराप्रति किन द्रोह गर्यो ? ।। ४४ ।।
पुत्रान् विप्रतिकूलान् स्वान् पितरः पुत्रवत्सलाः ।
उपालभन्ते शिक्षार्थं नैवाघमपरोर यथा ॥ ४५ ॥
नेपाली भावानुवाद : छोराहरू प्रतिकूल बाटोमा लागे भने पनि छोराप्रति स्नेह राख्ने पिताले उसलाई सिकाउनका लागि गाली त गर्दछन् तर शत्रुले झैँ अपराधपूर्ण व्यवहार त गर्दैनन् ।। ४५ ।।
किमुतानुवशान् साधून् तादृशान् गुरुदेवतान् ।
एतत्कौतूहलं ब्रह्मन् अस्माकं विधम प्रभो ।
पितुः पुत्राय यद्द्वेषो मरणाय प्रयोजितः ॥ ४६ ॥
नेपाली भावानुवाद : त्यसमा पनि प्रह्लादजस्ता अनुकूल, साधु र गुरुलाई देवरूप मान्ने पुत्रलाई त झन् कसैले कसरी द्वेष गर्न सक्छ ? हे ब्रह्मन् ! हे प्रभो ! आफ्नो छोरालाई नै मार्न खोज्ने बाबुको यो कस्तो द्वेष हो ? हाम्रो यस कौतूहललाई मेटाइदिनुहोस् ।। ४६ ।।
यस अध्यायको सारांश :
श्रीमद्भागवतको यस अध्यायमा हिरण्यकशिपुको दिग्विजय, उसको कठोर शासन र भक्त प्रह्लादको दिव्य चरित्रको वर्णन गरिएको छ । ब्रह्माजीबाट दुर्लभ वर प्राप्त गरेपछि हिरण्यकशिपुले आफूलाई अजेय सम्झन थाल्यो । उसको शरीर सुवर्णजस्तै चम्किलो र शक्तिशाली भयो तर हृदयमा भने भगवान् विष्णुप्रतिको घृणा झन् बढ्यो । उसले समस्त ब्रह्माण्डलाई आफ्नो मुठ्ठीमा पार्ने अभियान सुरु गर्यो र स्वर्ग, मर्त्य र पाताल गरी तीनै लोक जितेर एकछत्र अधिकार जमायो । इन्द्रको वैभवशाली महलमा उसले आफ्नो निवास बनायो, जहाँ विश्वकै उत्कृष्ट रत्न र सम्पदाहरू थिए । सूर्य, चन्द्र, वायु र यमराजजस्ता लोकपालहरू पनि उसको इसारामा चल्न बाध्य भए । यति ठूलो ऐश्वर्य पाएर पनि अजितेन्द्रिय भएकाले उसले मनमा शान्ति पाउन सकेन । देवताहरू र ऋषिमुनिहरू उसको अत्याचारले अत्यन्तै त्रसित भए र अन्ततः भगवान् विष्णुको शरणमा पुगे । भगवान्ले उनीहरूलाई धीरता दिँदै भन्नुभयो कि जब अत्याचारको सीमा नाघ्छ, तब म स्वयम् प्रकट भएर दुष्टको विनाश गर्छु । भगवान्ले प्रह्लादको चर्चा गर्दै भन्नुभयो कि जब हिरण्यकशिपुले आफ्नै भक्त पुत्रमाथि प्रहार गर्छ, तब उसको अन्त्य निश्चित हुनेछ ।
हिरण्यकशिपुका चार छोराहरूमध्ये प्रह्लाद सबैभन्दा कान्छा भए पनि सद्गुणमा सबैभन्दा श्रेष्ठ थिए । उनी जन्मजात नै भगवान् श्रीकृष्णको भक्तिमा लीन थिए । उनलाई संसारको भौतिक आकर्षण र सुख-सुविधाले कहिल्यै छुन सकेन । बालककालदेखि नै उनी खेलकुद छोडेर हरिचिन्तनमा मग्न रहन्थे । उनको हृदयमा समस्त प्राणीप्रति दया र प्रेमको भाव थियो । उनी कहिले भगवान्को विरहमा रुन्थे त कहिले मिलनको आनन्दमा नाच्दथे । प्रह्लादको यस्तो पावन चरित्रका कारण शत्रुहरूले पनि उनको प्रशंसा नगरी बस्न सक्दैनथे । तर, आफ्नै पिता हिरण्यकशिपु भने प्रह्लादको विष्णुभक्ति देखेर क्रोधी बने । उसले आफ्नै छोरालाई शत्रु सम्झेर अनेकौँ कष्टहरू दिन थाल्यो । राजा युधिष्ठिरलाई यो कुराले ठूलो आश्चर्य लाग्यो कि बाबुले आफ्नै ज्ञानी छोरालाई किन मार्न खोज्यो । यही जिज्ञासाको समाधानका लागि नारद मुनिले प्रह्लादको भक्ति गाथाको विस्तारमा वर्णन गर्न सुरु गर्नुभएको हो । यसरी यो अध्यायले शक्तिको अहंकार र भक्तिको विनम्रता बीचको द्वन्द्वलाई प्रस्ट पारेको छ ।
यस अध्यायको दार्शनिक पक्ष :
यस अध्यायको दार्शनिक पक्षले के स्पष्ट पार्छ भने भौतिक शक्ति र ऐश्वर्यले मानिसलाई क्षणिक सुख त दिन सक्छ, तर मानसिक शान्ति र आत्मतृप्ति दिन सक्दैन । हिरण्यकशिपुले तीनै लोक जिते पनि ऊ 'अजितेन्द्रिय' भएकाले अतृप्त नै रह्यो, जसले इन्द्रियहरूमाथि विजय प्राप्त नगरेसम्म वास्तविक सुख असम्भव छ भन्ने कुरा बुझाउँछ । अर्कोतर्फ, प्रह्लादको चरित्रले 'अकिञ्चन भक्ति' को महत्वलाई दर्साउँछ, जहाँ भगवान् बाहेक अन्य कुनै आशक्ति हुँदैन । 'आत्मवत्सर्वभूतानाम्' को भावनाले अद्वैत दर्शनको सार प्रस्तुत गर्दछ, जहाँ सबैमा एकै परमात्मा देखिन्छ । अहंकारले मानिसलाई शास्त्र र मर्यादाभन्दा माथि राख्छ, जसले अन्ततः विनाश निम्त्याउँछ । प्रह्लादको अवस्थाले जीवको वास्तविक स्वरूप 'परमानन्द' हो भन्ने पुष्टि गर्छ, जो केवल ईश्वरको शरणागतिबाट सम्भव छ । भगवान्को आकाशवाणीले यो सङ्केत गर्छ कि धर्मको रक्षा र अधर्मको नाश प्रकृतिको एक अनिवार्य नियम हो । यसले अन्त्यमा सत्य र भक्तिको नै विजय हुन्छ भन्ने गम्भीर आध्यात्मिक सन्देश दिन्छ । यो अध्यायले शक्ति, भक्ति र मुक्तिको त्रिवेणीलाई सुन्दर ढङ्गले व्याख्या गरेको छ ।
No comments:
Post a Comment