#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

अष्टमः स्कन्धः - सप्तमोऽध्यायः

 श्रीमद्भागवत महापुराण
अष्टमः स्कन्धः - सप्तमोऽध्यायः




श्रीशुक उवाच - 
(अनुष्टुप्) 
ते नागराजमामंत्र्य फलभागेन वासुकिम् । 
परिवीय गिरौ तस्मिन् नेत्रमब्धिं मुदान्विताः ॥ १ ॥ 

आरेभिरे सुसंयत्ता अमृतार्थे कुरूद्वह । 
हरिः पुरस्तात् जगृहे पूर्वं देवास्ततोऽभवन् ॥ २ ॥ 

शुकदेवजी भन्नुहुन्छ–
महाराज परीक्षित ! देवता वर असुरहरुले नागराज वासुकिलाई समुद्र मन्थनमा प्राप्त हुने अमृतको हिस्सा तिम्रो पनि हुने भनेर सहमति गराए । त्यसपछि उनीहरुले वासुकि नागको नेति जस्तै गरि मन्दराचलमा बेरेर धेरै आनन्द र उत्साहका साथ समुद्र मन्थनको आरम्भ गरे । त्यस समयमा अजित भगवान् ले वासुकिको मुख तिर समातेर मन्थन लाग्नु भएकोले अरु देवताहरु पनि त्यतैतिर लागे ।।१।२।।

तन्नैच्छन् दैत्यपतयो महापुरुषचेष्टितम् । 
न गृह्णीमो वयं पुच्छं अहेरङ्गं अमंगलम् ॥ ३ ॥ 

तर भगवान्को यो चेष्टा दैत्यहरुलाई दैत्यहरुले ठिक मानेनन् । उनीहरुले भने, सर्पको पुच्छर ता असुभ अंग भएकाले हामी हामी त्यतातिर समात्दैनौं ।।३।।

स्वाध्यायश्रुतसम्पन्नाः प्रख्याता जन्मकर्मभिः । 
इति तूष्णीं स्थिताब् दैत्यान् विलोक्य पुरुषोत्तमः ।
स्मयमानो विसृज्याग्रं पुच्छं जग्राह सामरः ॥ ४ ॥ 

हामीले वेदशास्त्रको विधिवत अध्ययन गरेका छौं, ठुलो वंशमा हाम्रो जन्म भएको छ र वीरताको ठुलाठुला काम हामीले गरेका छौं । हामी देवताहरु भन्द कुन कुरामा कम छौं र ? यसो भनेर चुपो लागेर अगाडि उभिए । उनीहरुको यस्तो भावना देखेर भगवान्ले मुस्कुराउदै बासुकिको मुख छोडिदिनु भयो । र देवताहरुका साथ वहाँले पुच्छर समात्नु भयो ।।४।।

कृतस्थानविभागास्त एवं कश्यपनन्दनाः । 
ममन्थुः परमायत्ता अमृतार्थं पयोनिधिम् ॥ ५ ॥ 

यसरी आफ्नो आफ्नो स्थान निश्चित गरेर देवता र असुरहरु अमृत प्राप्तिका लागि पुरै तयारीले समुद्र मन्थन गर्नलागे ।।५।।

मथ्यमानेऽर्णवे सोऽद्रिः अनाधारो ह्यपोऽविशत् । 
ध्रियमाणोऽपि बलिभिः गौरवात् पाण्डुनन्दन ॥ ६ ॥ 

परीक्षित ! जब समुद्र मन्थन हुनलाग्यो, तब ठुला ठुला देवता र असुरहरुले समातेर मन्थन गरेका भए तापनि तल कुनै आधार नभएका कारण मन्दराचल समुद्रमा डुब्न लाग्यो ।।६।।

ते सुनिर्विण्णमनसः परिम्लानमुखश्रियः । 
आसन्स्वपौरुषे नष्टे दैवेनातिबलीयसा ॥ ७ ॥ 

यसरी मन्दराचाल डुब्न लाग्दा अत्यन्त आफुले गरेको कर्म असफल भएर माटोमा मिल्न मिल्न लागेको देखेर उनीहरुलाई चिन्ता भयो र सबैको अनुहारमा उदासिन देखिन थाल्यो ॥ ७ ॥

(इंद्रवज्रा) 
विलोक्य विघ्नेशविधिं तदेश्वरो 
         दुरन्तवीर्योऽवितथाभिसन्धिः । 
कृत्वा वपुः कच्छपमद्भुयतं महत् 
         प्रविश्य तोयं गिरिमुज्जहार ॥ ८ ॥ 

त्यस समयमा भगवान्ले पहिलो पूजा नपाएका कारण यो विघ्नराजको करतुत हो भन्ने थाहा पाउनु भयो। त्यसैले वहाँले त्यसको निवारणको उपाय सोचेर अत्यन्त विशाल एवं विचित्र कक्षपको रुप धारणा गर्नु भयो र समुद्रमा पसेर मन्दराचललाई आफ्नो पीठ्युमा राखेर उठाउनु भयो । भगवान्को शक्ति अनन्त छ वहाँ सत्य संकल्प हुनुहुन्छ वहाँको लागि यो कुन ठुलो कुरा हो र ।।८।।

तमुत्थितं वीक्ष्य कुलाचलं पुनः 
         समुद्यता निर्मथितुं सुरासुराः । 
दधार पृष्ठेन स लक्षयोजन 
         प्रस्तारिणा द्वीप इवापरो महान् ॥ ९ ॥ 

देवता र असुरले मन्दराचल माथि उठेको देखे । तब उनीहरु फेरी समुद्र मन्थनका लागि खडा भए । त्यस समयमा भगवान्ले जम्बुद्विप समान एक लाख योजनमा फैलिएको आफ्नो पीठ्युमा मन्दराचललाई धारण गरेर राख्नु भएको थियो ।।९।।

सुरासुरेन्द्रैर्भुजवीर्यवेपितं 
         परिभ्रमन्तं गिरिमङ्ग पृष्ठतः । 
बिभ्रत् तदावर्तनमादिकच्छपो 
         मेनेङ्गकण्डूयनमप्रमेयः ॥ १० ॥ 

परीक्षित ! जब ठुला ठुला देवता र आसुरहरुले आफ्नो बाहुबलले मन्दराचललाई घुमाउन लागे तब भगवान्को पीठ्युमा मन्दराचल घुम्नलाग्यो । अनन्त शक्तिशाली आदि कच्छप भगवान्मा त्यस पर्वतले चक्कर लगाउनु ता कन्याए जस्तो हुन्थ्यो ।।१०।।

तथासुरानाविशदासुरेण 
         रूपेण तेषां बलवीर्यमीरयन् । 
उद्दीपयन्देवगणांश्च विष्णुः 
         दैवेन नागेन्द्रमबोधरूपः ॥ ११ ॥ 

साथै समुद्र मन्थन सम्पन्न गर्नका लागि भगवान्ले उन असुरहरुमा शक्ति बढाउनका लागि असुर रुपले प्रवेश गर्नु भयो । त्यसै गरि देवताहरुलाई उत्साहित गर्नका लागि देवरुपले प्रवेश गर्नु भयो र वासुकि नागमा निद्रा रुपले प्रवेश गर्नु भयो ।।११।।

उपर्यगेन्द्रं गिरिराड् इवान्य 
     आक्रम्य हस्तेन सहस्रबाहुः । 
तस्थौ दिवि ब्रह्मभवेन्द्रमुख्यैः 
     अभिष्टुवद्भिः सुमनोऽभिवृष्टः ॥ १२ ॥ 

यता पर्वतको माथि अर्को पर्वत समान भएर आफ्नो हात उसमा दबाएर सहस्रबाहु भगवान् त्यहाँ रहनु भयो । त्यस समय आकाशबाट ब्रह्मा, संकर, इन्द्र आदिले स्तुति गर्दै पुष्पवृष्टि गर्न लागे ॥ १२ ॥

उपर्यधश्चात्मनि गोत्रनेत्रयोः 
         परेण ते प्राविशता समेधिताः । 
ममन्थुरब्धिं तरसा मदोत्कटा 
         महाद्रिणा क्षोभितनक्रचक्रम् ॥ १३ ॥ 

यसरी भगवान्ले पर्वतको माथि पर्वतलाई दवाइ राख्नेको रुपमा र तलपटि उसको आधार कच्छपको रुपमा देवता र असुरको शरीरमा उनीहरुको शक्तिको रुपमा, पर्वतमा दृढताको रुपमा र बासुकीलाई निद्रको रुपमा रहनु भयो जसले गर्दा कसैलाई उसलाई कष्ट भएन, सबलाई शक्ति सम्पन्न गराउनु भयो । तब उनीहरु आफुनो बलको मदले उन्मत्त भएर मन्दराचलद्वारा ठुलो बेगले समुद्र मन्थन गर्न लागे । त्यस समयमा समुद्रमा रहेने गोहि, माछा अदि गरिएका जीवहरु क्षुब्ध भए ।।१३।।

अहीन्द्रसाहस्रकठोरदृङ्मुख 
         श्वासाग्निधूमाहतवर्चसोऽसुराः । 
पौलोमकालेयबलील्वलादयो 
         दवाग्निदग्धाः सरला इवाभवन् ॥ १४ ॥ 

नागराज वासुकिको हजारौं कठोर नेत्र मुख र स्वासले विषको आगो निक्लन लाग्यो । त्यसको धुवाले पौलोम, कालेय, बलि, इल्वल आदि असुर निस्तेज भए । त्यसबेला दावनलको खारिएको रुख जस्ता भए उनीहरुमा कुनै तेज भएन ।  ।।१४।।

देवांश्च तच्छ्वासशिखाहतप्रभान् 
         धूम्राम्बरस्रग् वरकञ्चुकाननान् । 
समभ्यवर्षन् भगवद्वशा घना 
         ववुः समुद्रोर्म्युपगूढवायवः ॥ १५ ॥

देवताहरु पनि त्यसबाट बच्न सकेनन् । वासुकिको स्वासको लपेटाले उनीहरुको तेज पनि फिका भयो । वस्त्र, माला, कवच, एवं मुख सबै मलिन फुस्रो भयो । उनीहरुको यस्तो दशा देखेर भगवान्को प्रेरणाले बादलले देवताहरुमा वर्षा गर्न लाग्यो । वायुले समुद्रको तरंगको स्पर्श गरेर शीतलता र सुगन्धिको संचार गराउन लाग्यो ।।१५।।

(अनुष्टुप्) 
मथ्यमानात्तथा सिन्धोः देवासुरवरूथपैः । 
यदा सुधा न जायेत निर्ममन्थाजितः स्वयम् ॥ १६ ॥ 

यसरी देवता र असुरले समुद्र मन्थन गर्दा पनि अमृत ननिस्केपछि स्वयं अजित भगवान् समुद्र मन्थन गर्न लाग्नु भयो ।।१६।।

(मंदाक्रांता) 
मेघश्यामः कनकपरिधिः कर्णविद्योतविद्युन् 
         मूर्ध्नि भ्राजद् विलुलितकचः स्रग्धरो रक्तनेत्रः । 
जैत्रैर्दोर्भिर्जगदभयदैः दन्दशूकं गृहीत्वा 
         मथ्नन् मथ्ना प्रतिगिरिरिवाशोभताथो धृताद्रिः ॥ १७ ॥ 

मेघ समान सावलो शरीरमा सुनौलो पीताम्बर, कानमा विजुली समान चम्कने कुण्डल र सिरमा हल्लिरहेको कपाल, आँखामा राता राता रेखाहरु र गलामा वनमाला सुशोभित थियो । सम्पूर्ण जगतलाई अभयदान गराउने आफ्नो विश्वविजयी बाहुलीले वासुकिनागलाई पक्रेर कुर्म रुपले पर्वतलाई धारण गरेर जब भगवान् मन्दराचललाई  मदानी बनाएर समुद्र मन्थन गर्न लाग्नु भयो त्यस समयमा वहाँ अर्को पर्वतराज सरह धेरै शोभायमान देखिनु हुन्थ्यो ।।१७।।

 (इंद्रवज्रा) 
निर्मथ्यमानाद् उदधेरभूद्विषं 
         महोल्बणं हालहलाह्वमग्रतः । 
सम्भ्रान्तमीनोन् मकराहिकच्छपात् 
         तिमिद्विपग्राहतिमिंगलाकुलात् ॥ १८ ॥ 

तदुग्रवेगं दिशि दिश्युपर्यधो 
         विसर्पदुत्सर्पदसह्यमप्रति । 
भीताः प्रजा दुद्रुवुरङ्ग सेश्वरा 
         अरक्ष्यमाणाः शरणं सदाशिवम् ॥ १९ ॥ 

जब अजित भगवान्ले यस प्रकार समुद्र मन्थन गर्नु भयो तब समुद्रमा धेरै खलबलि मच्चियो । माछा, गोही, सर्प र कछुवा लगायतका जलचर जीवहरु डराएर माथि आएर यता उता भाग्न लागे । तिमि तिमिगिंल आदि ठुला माछाहरु समुद्री हात्ति र ग्राहहरु व्याकुल हुन लागे । त्यस समय पहिला हलाहल नामको अत्यन्त उग्र विष निस्कियो । त्यो अत्यन्त उग्र विष दसै दिशामा तल माथि सबैतिर फैलिन लाग्यो । यो असह्य विषबाट बच्ने कुनै उपाय थिएन । त्या विषका कारण डराउदै सम्पूर्ण प्रजा र प्रजापति कसैको सहयोग नपाएकाले भगवान् सदाशिवको शरणमा गए ।।१९।।

विलोक्य तं देववरं त्रिलोक्या 
         भवाय देव्याभिमतं मुनीनाम् । 
आसीनमद्रावपवर्गहेतोः 
         तपो जुषाणं स्तुतिभिः प्रणेमुः ॥ २० ॥ 

भगवान् शंकर सतिजीका साथ कैलाश पर्वतमा विराजमान हुनुहुन्थ्यो । ठुला ठुला ऋषिमुनिहरु वहाँको सेवा गरिरहेका थिए । वहाँ तीनै लोकको मोक्ष र अभ्युदयका लागि तपस्या गरिरहनु भएको थियो । प्रजापतिहरुले वहाँको दर्शन गरेर स्तुति गर्न लागे ।।२०।।

श्रीप्रजापतय ऊचुः - 
(अनुष्टुप्) 
देवदेव महादेव भूतात्मन् भूतभावन । 
त्राहि नः शरणापन्नान् त्रैलोक्यदहनाद्विषात् ॥ २१ ॥ 

प्रजापतिहरुले गरेको भगवान् शंकरको स्तुति–
देवताहरुका आराध्यदेव हे महादेव ! तपाई सबै प्राणीहरुको आत्मा र उनीहरुको जीवनदाता हुनुहुन्छ । हामीहरु तपाईको शरणमा आएका छौं । तीनै लोकलाई भष्म गर्ने यस विषबाट तपाईले हाम्रो रक्षा गर्नुहोस ।।२१।।

त्वमेकः सर्वजगत ईश्वरो बन्धमोक्षयोः । 
तं त्वामर्चन्ति कुशलाः प्रपन्नार्तिहरं गुरुम् ॥ २२ ॥ 

सारा जगतलाई बाँध्न र मुक्त गर्न तपाई एकमात्र सफल हुनुहुन्छ । यसैले विवेकी पुरुष तपाई कै आराधना गर्दछन् । किनकि तपाई सरणागतको पीडालाई नाश गर्ने एवं जगत गुरु हुनुहुन्छ ।।२२।।

गुणमय्या स्वशक्त्यास्य सर्गस्थित्यप्ययान् विभो । 
धत्से यदा स्वदृग्भूमन् ब्रह्मविष्णुशिवाभिधाम् ॥ २३ ॥ 

प्रभो ! तपाईको गुणमयी शक्तिले यस जगतको सृष्टि, स्थिति र प्रलय गर्नको लागि तपाई अनन्त एकरस हुँदा पनि ब्रह्मा, विष्णु, शिव आदि नाम धारण गर्नुहुन्छ ।।२३।।

त्वं ब्रह्म परमं गुह्यं सदसद्भाषवभावनम् । 
नानाशक्तिभिराभातः त्वमात्मा जगदीश्वरः ॥ २४ ॥ 

तपाई स्वयंप्रकाश हुनुहुन्छ । यसको कारण यो हो कि तपाई परम रहस्यमय ब्रह्मतत्व हुनुहुन्छ । जति पनि देवता, मनुष्य, पशु, पक्षी, आदि सत् अथवा असत् चराचर प्राणी छन् उनीहरुलाई जीवनदान दिने तपाई नै हो । तपाईको अतिरिक्त सृष्टि पनि केहि होइन । किनकि तपाई आत्मा हो । अनेक शक्तिहरुद्वारा तपाई नै जगतको रुपमा प्रतीत हुनुहुन्छ । किनकि तपाई ईश्वर हुनुुहुन्छ, सर्व समर्थ हुनुहुन्छ ।।२४।।

 (इंद्रवज्रा) 
त्वं शब्दयोनिर्जगदादिरात्मा 
         प्राणेन्द्रियद्रव्यगुणः स्वभावः । 
कालः क्रतुः सत्यमृतं च धर्मः 
         त्वय्यक्षरं यत्त्रिवृदामनन्ति ॥ २५ ॥ 

सबै वेद तपाईबाटै प्रकट भएको हो । त्यसैले तपाई समस्त ज्ञानको मूल श्रोत र स्वस्तः सिद्ध जान हुनुहुन्छ । तपाई जगतको आदिकारण महतत्व र त्रिविध अहंकार हो । तपाई नै प्राणीहरुको वृद्धि र ह्रास गर्ने काल हो , उनीहरुको कल्याण गर्ने यज्ञ हो तथा सत्य र मधुर वाणी हो । धर्म नै तपाईको स्वरुप हो । तपाई नै अ, उ, म यी तीन अक्षरले युक्त प्रणव हो । अथवा त्रिगुणात्मिका प्रकृति हो– यस्तो वेदादि महात्माहरु बताउदछन ।।२५।।

अग्निर्मुखं तेऽखिलदेवतात्मा 
         क्षितिं विदुर्लोकभवाङ्घ्रिपंकजम् । 
कालं गतिं तेऽखिलदेवतात्मनो 
         दिशश्च कर्णौ रसनं जलेशम् ॥ २६ ॥ 

नाभिर्नभस्ते श्वसनं नभस्वान् 
         सूर्यश्च चक्षूंषि जलं स्म रेतः । 
परावरात्माश्रयणं तवात्मा 
         सोमो मनो द्यौर्भगवन् शिरस्ते ॥ २७ ॥ 

सर्वदेवरुवरुप अग्नि तपाईको मुख हो । तीनै लोकलाई अभ्युदय गराउने हे शंकर ! यो पृथ्वी तपाईको चरणकमल हो । तपाई अखिल देवस्वरुप हुनुहुन्छ । यो काल तपाईको गति हो । दिशाहरु कान र वरुण रसनेन्द्रिय हुन् ।।२५ आकाश नाभि हो । वायु श्वास हो, सूर्य नेत्र हो र जल वीर्य हो । तपाईको अहंकार तल माथिका जीवहरुको आश्रय हो । चन्द्रमा मन हो । स्वर्ग तपाईको सिर हो ।।२७।।

कुक्षिः समुद्रा गिरयोऽस्थिसंघा 
         रोमाणि सर्वौषधिवीरुधस्ते । 
छन्दांसि साक्षात् तव सप्त धातवः 
         त्रयीमयात्मन् हृदयं सर्वधर्मः ॥ २८ ॥ 

हे वेदस्वरुप भगवन् ! समुद्र तपाईको कोख हो र पर्वतहरु तपाईको हाड हुन । सब प्रकारको औषधि र घाँस तपाईको रौं हुन । गायत्री आदि छन्द तपाईको सात धातु हुन । र सबै प्रकारको धर्म तपाईको हृदय हो ।।२८।।

मुखानि पञ्चोपनिषदस्तवेश 
             यैस्त्रिंशदष्टोत्तरमंत्रवर्गः । 
यत्तत् शिवाख्यं परमात्मतत्त्वं 
             देव स्वयंज्योतिरवस्थितिस्ते ॥ २९ ॥ 

स्वामी ! सद्योजातादि पाँच उपनिषद नै तपाईको तत्पुरुष, अघोर, सद्योजात, वामदेव र ईशान नामक पाँच मुख हुन । उनैको पदच्छेदले अठ्तीस कलात्मक मन्त्र निक्लन्छ । तपाई जब समस्त प्रपंचले उपरत भएर आफ्नो स्वरुपमा स्थीत हुनुहुन्छ तब उसै स्थितिको नाम शिव हुन्छ । वास्तवमा त्यहि नै स्वयंप्रकाश परमार्थतत्व हो ।।२९।।

छाया त्वधर्मोर्मिषु यैर्विसर्गो 
             नेत्रत्रयं सत्त्वरजस्तमांसि । 
सांख्यात्मनः शास्त्रकृतस्तवेक्षा 
            छन्दोमयो देव ऋषिः पुराणः ॥ ३० ॥ 

अधर्मको दम्भ–लोभ आदि तरंगमा तपाईको छाया हो जसप्रकारको सृष्टि हुन्छ, त्यो सत्व, रज, तम यी तपाईका नेत्र हुन् । हे प्रभो ! गायत्री आदि छन्दरुप सनातन वेद नै तपाईको विचार हो । किनकि तपाई नै सांख्य आदि समस्त्र शास्त्रको रुपमा स्थित हुनुहुन्छ र उसको कर्ता पनि हुनुहुन्छ ।।३०।।

न ते गिरित्राखिललोकपाल 
             विरिञ्चवैकुण्ठसुरेन्द्रगम्यम् । 
ज्योतिः परं यत्र रजस्तमश्च 
             सत्त्वं न यद्ब्र ह्म निरस्तभेदम् ॥ ३१ ॥ 

भगवन् ! तपाईको परमज्योति स्वयं ब्रह्म हो । उसमा न राजोगुण, तमोगुण एवं सत्वगुण छ र कुनै प्रकारको भेदभाव नै छ । तपाईको त्यस स्वरुपको बारेमा सबै लोकपाल र यहाँसम्म कि ब्रह्मा विष्णु र इन्द्र पनि जान्दैनन ।।३१।।

(वसंततिलका)
कामाध्वरत्रिपुरकालगराद्यनेक 
             भूतद्रुहः क्षपयतः स्तुतये न तत् ते । 
यस्त्वन्तकाल इदमात्मकृतं स्वनेत्र 
             वह्निस्फुलिंगशिखया भसितं न वेद ॥ ३२ ॥ 

तपाईले कामदेव, दक्षको यज्ञ, त्रिपुरासुर र कालकूट विष (जसलाई अब पिउदै हुनुहुन्छ ) र अनेक जीवद्रोही असुरहरुलाई नष्ट गर्नु भएको छ । तर यति भनेर तपाईको कुनै स्तुति हुदैन । किनकि प्रलयको समयमा आफुले बनाएको यो विश्व तपाईकै आँखाबाट निक्लिएको आगोको ज्वालाको लपेटाले जलेर भस्म हुन्छ र तपाई यसरी ध्यानमग्न हुनुहुन्छ कि तपाईलाई यसको थाहा पनि हुदैन ।।३२।।

ये त्वात्मरामगुरुभिर्हृदि चिन्तिताङ्घ्रि 
             द्वन्द्वं चरन्तमुमया तपसाभितप्तम् । 
कत्थन्त उग्रपरुषं निरतं श्मशाने 
             ते नूनमूतिमविदंस्तव हातलज्जाः ॥ ३३ ॥ 

जीवनमुक्त आत्माराम पुरुष आफ्नो हृदयमा तपाईको युगल चरणको ध्यान गर्दछन तथा तपाई स्वयं पनि निरन्तर ज्ञान र तपस्यमा लीन भएर रहनुहुन्छ । फेरी पनि सतिका साथ रहेको देखेर जसले तपाईलाई आशक्तः एवं श्मशानवासी हुनाले उग्र अथाव निष्ठुर बताउदछन त्यो मुर्खले तपाईको लीलाको रहस्यको बारेमा के नै जान्दछ र । उसले त्यस्तो भन्नु ता निर्लज्जता मात्र हो ।।३३।।

तत्तस्य ते सदसतोः परतः परस्य 
             नाञ्जः स्वरूपगमने प्रभवन्ति भूम्नः । 
ब्रह्मादयः किमुत संस्तवने वयं तु 
            तत्सर्गसर्गविषया अपि शक्तिमात्रम् ॥ ३४ ॥ 

कार्य र कारणरुप जगत भन्दा पर माया छ र माया भन्दा पनि अत्यन्त पर तपाई हुनुहुन्छ त्यसैले प्रभो ! तपाईको अनन्त स्वरुपको साक्षत् ज्ञान प्राप्त गर्नको लागि ब्रह्मादि पनि समर्थ हुदैनन  भने स्तुति ता कसरी नै गर्न सक्छन् । यस्तो अवस्थामा उनीहरुका पनि पुत्र हामीहरुले के नै भन्न सक्छौं र । फेरी पनि आफ्नो शक्ति अनुसार हामीले तपाईको गुणगान गर्यौं ।।३४।।

(अनुष्टुप्) 
एतत् परं प्रपश्यामो न परं ते महेश्वर । 
मृडनाय हि लोकस्य व्यक्तिस्तेऽव्यक्तकर्मणः ॥ ३५ ॥ 

हामीहरु केवल तपाईको यसै लीलाविहारी रुपलाई देख्दछौं । तपाईको परमस्वरुपको बारेमा हामी जान्दैनौं । महेश्वर ! यद्यपि तपाईको लीला अव्यक्त छ तापनि संसारको कल्याण गर्नको लागि व्यक्तरुपले नै रहनुहुन्छ ।।३५।।

श्रीशुक उवाच - 
तद्वीक्ष्य व्यसनं तासां कृपया भृशपीडितः । 
सर्वभूतसुहृद् देव इदमाह सतीं प्रियाम् ॥ ३६ ॥ 

शुकदेवजी भन्नुहुन्छ–
परीक्षित ! प्रजाहरुको यस्तो विपत्ति देखेर देवाधिदेव भगवान् शंकरको हृदयमा कृपाका कारण धेरै पीडा भयो । वहाँले आफ्नी प्रिया सतीसंग यसो भन्नुभयो ।।३६।।

श्रीशिव उवाच - 
अहो बत भवान्येतत् प्रजानां पश्य वैशसम् । 
क्षीरोदमथनोद्भूततात् कालकूटाद् उपस्थितम् ॥ ३७ ॥ 

शिवजीले भन्नुभयो–
देवी ! यो धेरै खिन्नको कुरा हो । समुद्र मन्थनबाट निक्लिेको कालकूट विषका कारण प्रजामा कति दुःख र पीडा परेको छ ।।३७।।

आसां प्राणपरीप्सूनां विधेयं अभयं हि मे । 
एतावान् हि प्रभोरर्थो यद् दीनपरिपालनम् ॥ ३८ ॥ 

यिनीहरु कुनै प्रकारले पनि आफ्नो आफ्नो प्राणको रक्षा गर्न चाहान्छन् । यस समयमा मेरो कर्तव्य पनि यिनीहरुको रक्षा गर्नु नै हो किनकि मैले यिनीहरुको रक्षा गर्नु पर्दछ ।।३८।।

प्राणैः स्वैः प्राणिनः पान्ति साधवः क्षणभंगुरैः । 
बद्धवैरेषु भूतेषु मोहितेष्वात्ममायया ॥ ३९ ॥ 

जसमा शक्ति र सामर्थ्य हुन्छ उसको सफलता दुःखीको रक्षा गर्नुमा नै हुन्छ । सज्जन पुरुष आफ्नो क्षणभंगुर प्राणलाई बलि दिएर पनि अरुको प्राणको रक्षा गर्दछन । कल्याणी ! आफ्नै मोहको मायामा फसेर संसारका प्राणी मोहित भएका छन र एका अर्कामा वैरको गाँठो बानेर बसेका छन ।।३९।।

पुंसः कृपयतो भद्रे सर्वात्मा प्रीयते हरिः । 
प्रीते हरौ भगवति प्रीयेऽहं सचराचरः । 
तस्मात् इदं गरं भुञ्जे प्रजानां स्वस्तिरस्तु मे ॥ ४० ॥ 

उनीहरु माथि जसले कृपा गर्दछन् उसप्रति सर्वात्मा भगवान् श्रीकृष्ण प्रसन्न हुन्छन् र जब भगवान् प्रसन्न हुनुहुन्छ तब चराचर जगतको साथै म पनि प्रसन्न हुन्छु । त्यसैले म अहिले यस विषलाई खान्छु, जसबाट मेरा प्रजाको कल्याण हुनेछ ।।४०।।

श्रीशुक उवाच - 
एवमामंत्र्य भगवान् भवानीं विश्वभावनः । 
तद्विषं जग्धुमारेभे प्रभावज्ञान्वमोदत ॥ ४१ ॥ 

शुकदेवजी भन्नुहुन्छ–
विश्वका जीवनदाता भगवान् शंकर यस प्रकार सती देवी संग प्रस्ताव गरेर त्यो विष खानका लागि तयार हुनुभयो । देवी ता त्यसको प्रभावको बारेमा जान्नुहन्थ्यो त्यसैले उहाँले भगवान शिवजीको कुरालाई सहमति दिनुभयो ।।४१।।

ततः करतलीकृत्य व्यापि हालाहलं विषम् । 
अभक्षयन् महादेवः कृपया भूतभावनः ॥ ४२ ॥ 

भगवान् शंकर धेरै कृपालु हुनुुहुन्छ । वहाँकै शक्तिले सबै प्राणीहरु जीवित हरहन्छन् वहाँले त्यस तीक्ष्ण हलाहल विषलाई उठाएर आफ्नो हत्केलामा लिएर भक्षण गर्नु भयो ।।४२।।

तस्यापि दर्शयामास स्ववीर्यं जलकल्मषः । 
यच्चकार गले नीलं तच्च साधोर्विभूषणम् ॥ ४३ ॥ 

त्यो विष जलको पाप—मल थियो । उसले शंकरमा पनि आफ्नो प्रभाव देखायो । त्यसले गर्दा वहाँको कण्ठ नीलो भयो । तर त्यो प्रजाको परम कल्याण गर्ने भगवान शंकरका लागि गहनाको रुप हुनगयो ।।४३।।

तप्यन्ते लोकतापेन साधवः प्रायशो जनाः । 
परमाराधनं तद्धि पुरुषस्याखिलात्मनः ॥ ४४ ॥ 

परोपकारी सज्जन प्राय प्रजाको दुःख हटाउनका लागि स्वयं दुःख मोल्दछन । तर यो दुःख होइन यो ता सबको हृदयमा विराजमान रहने भगवान् को परम आराधना हो ।।४४।।

निशम्य कर्म तच्छम्भोः देवदेवस्य मीढुषः । 
प्रजा दाक्षायणी ब्रह्मा वैकुण्ठश्च शशंसिरे ॥ ४५ ॥ 

देवादिदेव भगवान् शंकर सबैका कामनालाई पूर्ण गर्नुहुन्छ । वहाँको यो कल्याणकारी अद्भूत कर्म सुनेर सम्पूर्ण पूजा, दक्षकन्या सती, ब्रह्माजी र स्वयं विष्णु भगवान पनि प्रशंसा गर्न लाग्नु भयो ।। ४५।।

प्रस्कन्नं पिबतः पाणेः यत् किञ्चित् जगृहुः स्म तत् । 
वृश्चिकाहिविषौषध्यो दन्दशूकाश्च येऽपरे ॥ ४६ ॥ 

जुन समय भगवान् शंकर विषपान गर्न लाग्नु भएको थियो । त्यस समयमा वहाँको हातबाट थेरै विष भूईमा झरेको थियो । त्यसलाई विच्छी, सर्प आदि विषैला जीवहरुले एवं विषैला औषधीहरुले ग्रहण गरे ।।४६।।

इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां 
अष्टमस्कन्धे अमृतमथने सप्तमोऽध्यायः ॥ ७ ॥