#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

प्रथमः स्कंधः - त्रयोदशोऽध्यायः


श्रीमद्भागवत महापुराण
प्रथमः स्कंधः - त्रयोदशोऽध्यायः



सूत उवाच
(अनुष्टुप्)
विदुरस्तीर्थयात्रायां मैत्रेयादात्मनो गतिम्
ज्ञात्वागात हास्तिनपुरं तयावाप्तविवित्सितः

सूतजी भन्छन्
तीर्थयात्रामा गएका विदुरजी महर्षि मैत्रेयबाट आत्मज्ञान प्राप्त गरेर हस्तिनापुर फर्केर आए उनमा जे जान्ने इच्छा थियो त्यो प्राप्त गरेका थिए ।।१।।

यावतः कृतवान् प्रश्नान् क्षत्ता कौषारवाग्रतः
जातैकभक्तिः गोविन्दे तेभ्यश्चोपरराम

श्रीकृष्णको अनन्यभक्त भएका कारण मैत्रेयजी सग जे जति प्रश्न गरेका थिए त्यसबाट आनन्दित भए अरु प्रश्न गर्ने कुरै भएन ।।२।।

तं बन्धुमागतं दृष्ट्वा धर्मपुत्रः सहानुजः
धृतराष्ट्रो युयुत्सुश्च सूतः शारद्वतः पृथा
गान्धारी द्रौपदी ब्रह्मन् सुभद्रा चोत्तरा कृपी 
अन्याश्च जामयः पाण्डोः ज्ञातयः ससुताः स्त्रियः   
प्रत्युज्जग्मुः प्रहर्षेण प्राणं तन्व इवागतम् 
अभिसङ्गम्य विधिवत् परिष्वङ्गाभिवादनैः   

शौनकजी! आफ्ना काका विदुरजी फर्केर आएको देखेर युधिष्ठिर सहित उनका चारैभाई अनि धृतराष्ट्र्, युयुत्सु, संजय, कृपचार्य, त्यस्तै कुन्ती,
गान्धारी, द्रौपदी, सुभद्रा, उत्तरा, कृपी, तथा पाण्डब परिवारका अरु सबै परिवारहरू पनि मरेका मानिसमा प्राण फर्कदा खुसीभए झैं खुसी हुंदै उनलार्ई लिन भनि नजिक गए यथायोग्य स्वागत आलिंगादि गरे ।।३,४,५।।

मुमुचुः प्रेमबाष्पौघं विरहौत्कण्ठ्य कातराः
राजा तमर्हयां चक्रे कृतासन परिग्रहम्

लामो समयको विछोडको वियोगका कारण प्रेमको आँसु बगाउदै युधिष्ठिरले आसनमा बसाले यथोचित सत्कार गरे ।।६।।

तं भुक्तवन्तं विश्रान्तं आसीनं सुखमासने
प्रश्रयावनतो राजा प्राह तेषां श्रृण्वताम्

जव उनी भोजनादि गरेर आनन्दसंग बसेका थिए त्यतिबेल युधिष्ठिरले विनम्र पूर्वक निहुरेर सबैका अगाडि भने ।।७।।

युधिष्ठिर उवाच
अपि स्मरथ नो युष्मत् पक्षच्छायासमेधितान्
विपद्गणाद् विषाग्न्यादेः मोचिता यत्समातृकाः

यधिष्टिरले भने
काका! जसरी पंक्षीले अण्डालाई आफ्नो पखेटाले छोपेर उसलाई बढाउछ, हुर्काउछ, त्यसरी नै तपाईले हामीलाई अत्यन्त वात्सल्य करकमलले आफ्नो छत्रछायाँमा हुर्काउनु भयो आमा हामीहरूलाई विषदान, लाक्षागृहको दहन आदि विपत्तिहरू बाट पटक पटक बचाउनु भयो के तपाईले हामीलाई कहिलेकाहि सम्झनु भयो? ।।८।।

कया वृत्त्या वर्तितं वः चरद्भिः क्षितिमण्डलम्
तीर्थानि क्षेत्रमुख्यानि सेवितानीह भूतले

तपार्ईले तीर्थको क्रममा कसरी जीवन निर्वाह गर्नु भयो कुनकुन तीर्थ क्षेत्रको भ्रमण गनुभयो ।।९।।

भवद्विधा भागवताः तीर्थभूताः स्वयं विभो
तीर्थीकुर्वन्ति तीर्थानि स्वान्तःस्थेन गदाभृता १०

प्रभु! तपाई जस्ता भगवान्का प्यारा भक्त आफैंमा तीर्थ समान हुनुहुन्छ तपाईहूरु आफ्ना हृदयमा रहेका भगवान्द्वारा तीर्थलाई महातीर्थ वनाउनु हुन्छ ।।१०।।

अपि नः सुहृदस्तात बान्धवाः कृष्णदेवताः 
दृष्टाः श्रुता वा यदवः स्वपुर्यां सुखमासते ११

काका ! तपाई तीर्थको बेला द्वारकाजी पनि जानुभयो होला त्यहाँ हाम्रा दयालु वन्धुु यादवजनहरूका एकमात्र आराध्यदेव श्रीकृष्ण हुनुहुन्छ वहांहरूलाई आरामै ? यदि तपाई नजानु भएको भए सुन्नुभएको होला नै ।।११।।

इत्युक्तो धर्मराजेन सर्वं तत् समवर्णयत्
यथानुभूतं क्रमशो विना यदुकुलक्षयम् १२

युधिष्ठिरले यस्तो प्रश्न सोध्दा विदुरजीले आफ्नो तीर्थयात्रा यदुवंशका सम्बधमा जे जस्तो देखे सुनेको अनुभव गरेका थिए ती सबैका बारेमा बताए तर यदुवंशीको विनाशको बारेमा भने केहि भनेनन् ।।१२।।

नन्वप्रियं दुर्विषहं नृणां स्वयमुपस्थितम्
नावेदयत् सकरुणो दुःखितान् द्रष्टुमक्षमः १३

करुणादय विदुरजी पाण्डवको दुःख देख्न सक्तैन थिए त्यसैले यो अप्रिय घटनाको बारेमा सुनाएनन् किनकि त्यो विस्तार आफैं प्रकट हुने ने थियो ।।१३।।

कञ्चित् कालमथ अवात्सीत् सत्कृतो देववत्सुखम्
भ्रातुर्ज्येष्ठस्य श्रेयस्कृत् सर्वेषां सुखमावहन् १४

पाण्डव विदुरलाई देवता सरह मान्दथे उनी आफ्ना दाजु धृतराष्ट्र्को कल्याण एवं सबैको खुसिका लागि केहि दिन हस्तिनापुरमा बसे ।।१४।।

अबिभ्रदर्यमा दण्डं यथावत् अघकारिषु
यावद् दधार शूद्रत्वं शापात् वर्षशतं यमः १५

विदुर साक्षात धर्मराज थिए, माण्डब्य ऋषिका श्रापका कारण एकसय वर्षका लागि सूद्र भएका थिए अहिले सम्म यमराजको पदमा अर्यमा छन्, उनैले पापीलाई उचित दण्ड दिन्छन् ।।१५।।

युधिष्ठिरो लब्धराज्यो दृष्ट्वा पौत्रं कुलन्धरम्
भ्रातृभिर्लोकपालाभैः मुमुदे परया श्रिया १६

भाईहरू सहित भएका युधिष्ठिरले आफुलाई राज्य मिलेपछि, आफ्ना उत्तराधिकारीकारूपमा परीक्षितलाई पाएपछि आनन्द संग बस्नलागे ।।१६।।

एवं गृहेषु सक्तानां प्रमत्तानां तदीहया
अत्यक्रामत् अविज्ञातः कालः परमदुस्तरः १७

यसरी पाण्डवहरू गृहस्थ घरजममा रमाउन लागे आफ्नो मृत्युको कुरा पनि भुले तर हेर्दाहेर्दै समय वित्दैगयो उनीहरूको मृत्यपनि नजिक आयो यसलाई कसैले रोक्न पनि सक्तैन ।।१७।।

विदुरस्तत् अभिप्रेत्य धृतराष्ट्रं अभाषत
राजन् निर्गम्यतां शीघ्रं पश्येदं भयमागतम् १८

तर काल गतिलाई जानेका विदुरले आफ्ना दाजुलाई भने महाराज! हेर्नुहोस अव ठुलो संकट आउदैछ त्यसैले झटपट यहाँबाट निस्कनु पर्छ ।।१८।।

प्रतिक्रिया यस्येह कुतश्चित् कर्हिचित् प्रभो
एष भगवान् कालः सर्वेषां नः समागतः १९

हामीहरू सबैका शिरमा शक्तिवान काल दौडदै जसलाई हटाउने उपाय छैन ।।१९।।

येन चैवाभिपन्नोऽयं प्राणैः प्रियतमैरपि
जनः सद्यो वियुज्येत किमुतान्यैः धनादिभिः २०

कालको चपेटामा परेर जीव आफ्नो प्यारो प्राणबाट वियोग हुन्छ अनि धनादि वस्तुको के नै काम ? ।।२०।।

पितृभ्रातृसुहृत्पुत्रा हतास्ते विगतं वयः
आत्मा जरया ग्रस्तः परगेहमुपाससे २१

तपाईका कारण भाई संम्बन्धि अरुहरू सबै मरेर गए तपाईको उमेर पनि ढलिसकेको शरीरमा बढ्यौली बढ्दै गएको फेरि तपाई आर्काको घरमा हुनुहुन्छ ।।२१।।

अहो महीयसी जन्तोः जीविताशा यया भवान्
भीमापवर्जितं पिण्डं आदत्ते गृहपालवत् २२

अहो! यस्तो अवस्थमा पनि कस्तो बाचिरहने इच्छा हुदोरहेछ यहिकारणले गर्दा तपाई भीमले दिएको अन्न खाएर कुकुर सरह जीवन विताई रहनु भएको ।।२२।।

अग्निर्निसृष्टो दत्तश्च गरो दाराश्च दूषिताः
हृतं क्षेत्रं धनं येषां तद्दत्तैरसुभिः कियत् २३

जसलाई आगोमा जलाउने कोसिस भयो जसको बिबाहिता पत्नीलाई अपमान गरीयो, जसको भूमी हडप्यौं, जसको धन ¥यौ उसैको अन्न खाएर प्राण बचाउनको के अर्थ हुन्छ ।।२३।।

तस्यापि तव देहोऽयं कृपणस्य जिजीविषोः
परैत्यनिच्छतो जीर्णो जरया वाससी इव २४

अझै पनि बाँच्न चाहानु हुन्छ भने तपाई मा अज्ञानता बढ्दो शरीर पुरानो बस्त्र झै जीर्ण हुदै गइरहेको आखिर चाहेर यस शरीरबाट तपाईलाई केहि हुनेवाला छैन ।।२४।।

गतस्वार्थमिमं देहं विरक्तो मुक्तबन्धनः
अविज्ञातगतिः जह्यात् वै धीर उदाहृतः २५

यो ममतारूप मोहवन्धनलाई काट्नुहोस् जसले सांसारिक विषयलाई त्यागेर यो शरीरलाई अलग गर्छ उसलाई बुध्दिमान भनिन्छ ।।२५।।

यः स्वकात्परतो वेह जातनिर्वेद आत्मवान्
हृदि कृत्वा हरिं गेहात् प्रव्रजेत् नरोत्तमः २६

आफैले जानेर होस् वा अरुबाट थाहापाएर होस जो यो संसारलाई दुःखको रूप संझेर विरक्त हुन्छ आफुलाई अन्तःकरणको वशमा राखेर हृदयमा भगवान्लाई सम्झेर घरबाट सन्यास लिएर निस्कन्छ भने त्यहि नै उत्तम मानिस मानिन्छ ।।२६।।

अथोदीचीं दिशं यातु स्वैरज्ञात गतिर्भवान्
इतोऽर्वाक् प्रायशः कालः पुंसां गुणविकर्षणः २७

अवको समय भनेको आफ्नो गुणलाई घटाउने मात्र हो त्यसैले सबै पारिबारिक मोह ममतालाई त्यागेर उत्तराखण्ड तिर लाग्नुहोस् ।।२७।।

(इन्द्रवज्रा)
एवं राजा विदुरेणानुजेन 
            प्रज्ञाचक्षुर्बोधित आजमीढः
छित्त्वा स्वेषु स्नेहपाशान्द्रढिम्नो
            निश्चक्राम भ्रातृसन्दर्शिताध्वा २८

यसप्रकार विदुरले अन्धा दाजु धृतराष्ट्र्लाई सम्झाए धृतराष्ट््रको आँखा खुल्यो अनि सबै पारिवारिक वन्धनलाई त्यागेर आफ्ना भाई विदुरले देखाएको बाटो लागे ।।२८।।

पतिं प्रयान्तं सुबलस्य पुत्री
        पतिव्रता चानुजगाम साध्वी
हिमालयं न्यस्तदण्डप्रहर्षं
        मनस्विनामिव सत्सम्प्रहारः २९

उनको पतिब्रता पत्नी गान्धारीले आफ्ना पति हिमालयको यात्रामा जानलागेको कुरा थाहा पाइन् जसरी वीर पुरुषलाई लडाईमा सत्रुद्वारा गरीएको प्रहारमा आनन्द आउछ त्यसै गरी सन्यासीका लागि गृह त्यागले अनि गान्धारी पनि आफ्ना पतिको पछि लागिन् ।।२९।।

अजातशत्रुः कृतमैत्रो हुताग्निः
        विप्रान् नत्वा तिलगोभूमिरुक्मैः
गृहं प्रविष्टो गुरुवन्दनाय
         चापश्यत् पितरौ सौबलीं ३०

कुनै सत्रु नभएका युधिष्ठिरले बिहानको अग्निहोत्रादि कार्य सकेर ब्राम्हणलाई नमस्कार गरे, गाई भूमी सुन आदि दान गरेर गुरुजनको सेवाको लागि राजमहलतिर गए तर त्यहा आफ्ना काका धृतराष्ट्र् गान्धारीलाई देखेनन् ।।३०।।

(अनुष्टुप्)
तत्र सञ्जयमासीनं पप्रच्छोद्विग्नमानसः
गावल्गणे क्व नस्तातो वृद्धो हीनश्च नेत्रयोः ३१

युधिष्ठिरले शोकचित्तले सजयलाई सोधे संजय! मेरा बृध्द अन्धाबाबु कतातिर हुनुहुन्छ ? ।।३१।।

अम्बा हतपुत्राऽऽर्ता पितृव्यः क्व गतः सुहृत्
अपि मय्यकृतप्रज्ञे हतबन्धुः भार्यया
आशंसमानः शमलं गङ्गायां दुःखितोऽपतत् ३२

पुत्रशोक बाट व्याकुल भएकी आमा गान्धारी मेरा परम हितैषि काका कहाँ जानुभयो आफ्ना छोरा वन्धुहरूको मृत्यबाट उहाँ दुःखी हुनुहुन्थ्यो सारै अज्ञानी हुं कतै माथि नै शंका गरेर गान्धारीलाई लिएर गङ्गानदीमा हाम्फल्न गएनन् ।।३२।।

पितर्युपरते पाण्डौ सर्वान्नः सुहृदः शिशून्
अरक्षतां व्यसनतः पितृव्यौ क्व गतावितः ३३

हामी सानै हुदा हाम्रा पिताजीको मृत्यु भएको थियो त्यस वेलाहामीलाई वहां दुबै काकाहरूले बडो दुःख गरेर हुर्काउनु भएको थियो वहांहरू हामीलाई असाध्यै माया गर्नुहुन्थ्यो आज हामीलाई छाडेर कता जानुभयो ।।३३।।

सूत उवाच
कृपया स्नेहवैक्लव्यात् सूतो विरहकर्शितः
आत्मेश्वरमचक्षाणो प्रत्याहातिपीडितः ३४

सूतजी भन्छन्
धृतराष्ट्र्बाट स्नेह पाएका सन्जय आफ्ना स्वामी धृतराष्ट्र्लाई नदेखेर दुःख विलौना गरीरहेका थिए कुनै उत्तर दिन सकेनन ।।३४।।

विमृज्याश्रूणि पाणिभ्यां विष्टभ्यात्मानमात्मना
अजातशत्रुं प्रत्यूचे प्रभोः पादावनुस्मरन् ३५

तैपनि विस्तारै आफुलाई सम्हालेर हातले आँसु पुछेर मालिक धृतराष्ट्र्लाई संझदै युधिष्ठिरलाई भन्नलागे ।।३५।।

सञ्जय उवाच
नाहं वेद व्यवसितं पित्रोर्वः कुलनन्दन
गान्धार्या वा महाबाहो मुषितोऽस्मि महात्मभिः ३७

सन्जय भन्छन
कूलनन्दन! मलाई तपाईका दुवै काका गान्धारीको बारेमा केहि थाहा भएन महाबाहु! मलाई ती महात्माले ठगे ।।३६।।

अथाजगाम भगवान् नारदः सहतुम्बुरुः  
प्रत्युत्थायाभिवाद्याह सानुजोऽभ्यर्चयन् मुनिम् ३८

संजयले यसो भनिरहेको बेलामा देवर्षि नारद तुम्बुरु संग त्यहाँ आए महाराज युधिष्ठिर उनका भाईहरूले नारदजीको स्वागत गरे अनि भन्नथाले ।।३८।।

युधिष्ठिर उवाच
नाहं वेद गतिं पित्रोः भगवन् क्व गतावितः
अम्बा वा हतपुत्रार्ता क्व गता तपस्विनी ३९

युधिष्ठिर भन्छन्
भगवन् हाम्रा दुवै काका माता गान्धारीको बारेका केहि पत्ता लागेन, पुत्रशोकले दुःखी भएकी गान्धारी कहाँ गइन् होला ।।३८।।

कर्णधार इवापारे भगवान् पारदर्शकः
अथाबभाषे भगवान् नारदो मुनिसत्तमः ४०

हे भगवन् तपाई हाम्रा लागि पथप्रदर्शक हुनुहुन्छ जसरी मल्लाहले समुद्रको जहाजलाई सहि बाटोमा ल्याउछ त्यसैगरी हाम्रो यो शोक सागर बाट पार लगाउने तपाई नै हुनुहुन्छ त्यसपछि नारदजीले भने ।।३९।।

नारद उवाच
मा कञ्चन शुचो राजन् यदीश्वरवशं जगत्
लोकाः सपाला यस्येमे वहन्ति बलिमीशितुः
संयुनक्ति भूतानि एव वियुनक्ति ४०

धर्मराज! तिमी कसैका लागि शोक नगर, यो सारा जगत इश्वरकै बशमा सबैलोक लोकपालहरू विवश भएर इश्वरको आज्ञा पालन गर्दछन् वहांले नै एक आर्कामा मिलन गराउनु हुन्छ वहांले नै छुटाउनु हुन्छ ।।४०।।

यथा गावो नसि प्रोताः तन्त्यां बद्धाः स्वदामभिः
वाक्तन्त्यां नामभिर्बद्धा वहन्ति बलिमीशितुः ४१

जसरी छोटो डोरीले बाधिएको गोरु मालिकको आज्ञा पालन गरेर नत्थीको भरमा रहन्छ त्यसरी नै मानिसहरू वर्णाश्रम आदि नाम गरीएका वेदरूप डोरीले बाधिएर इश्वरको आज्ञाको पालन गर्दछन् ।।४१।।

यथा क्रीडोपस्कराणां संयोगविगमाविह
इच्छया क्रीडितुः स्यातां तथैवेशेच्छया नृणाम् ४२

खेलाडीको इच्छा अनुसार खेलौनाको मिलन तथा छुट्टि भए झैं भगवान्को इच्छाले नै मानिसको भेट विछोड हुन्छ ।।४२।।

यन्मन्यसे ध्रुवं लोकं अध्रुवं वा चोभयम्  
सर्वथा न हि शोच्यास्ते स्नेहात् अन्यत्र मोहजात् ४३

तिमीहरू जीवरूपले नित्य मान वा देहरूपले अनित्य, जडरूपले नित्य चेतनरूपले अनित्य, अथवा सुध्द ब्रम्हरूपले नित्य अनित्य मान कुनैपनि अवस्थामा मोहजन्य आशक्ति भन्दा अरु केहि होइन त्यसैले शोक गर्न ठिक छैन ।।४३।।

तस्माज्जह्यङ्ग वैक्लव्यं अज्ञानकृतमात्मनः
कथं त्वनाथाः कृपणा वर्तेरंस्ते मां विना ४४

त्यसैले हे धर्मराज! अव ति दीन दुःखी मेरो विना कसरी रहलान् भन्ने अज्ञानतालाई छोडिदेउ ।।४४।।

कालकर्म गुणाधीनो देहोऽयं पाञ्चभौतिकः
कथमन्यांस्तु गोपायेत् सर्पग्रस्तो यथा परम् ४५

यो पाञ्चभौतिक शरीर काल कर्म गुणको बशमा छन् अजिंगरको मुखमा परेको जीवले झै यो पराधिन शरीरले अरुको रक्षा कसरी गर्न सक्तछ ।।४५।।

अहस्तानि सहस्तानां अपदानि चतुष्पदाम्
फल्गूनि तत्र महतां जीवो जीवस्य जीवनम् ४६

हात भएकालाई हात नभएकाहरूले चौपायहरूका लागि खुट्ट नभएकाहरू ठुला जीवहरूका लागि साना जीवहरू आहार भएका छन् संसारमा एउटा जीव अर्को जीवको कारण वनेको ।।४६।। 

तदिदं भगवान् राजन् एक आत्मात्मनां स्वदृक्
अन्तरोऽनन्तरो भाति पश्य तं माययोरुधा ४७

सबै जीवको बाहिर भित्र स्वयंप्रकाश भगवान् रहनुहुन्छ वहां सम्पूर्ण आत्माको आत्मा हुनुहुन्छ, वहां मायाद्वारा अनेक प्रकारले प्रकट हुनुहुन्छ, तिमी यतिमात्र देख ।।४७।।

सोऽयमद्य महाराज भगवान् भूतभावनः
कालरूपोऽवतीर्णोऽस्यां अभावाय सुरद्विषाम् ४८

महाराज! भगवान् सबै प्राणीलाई जीवन दिनका लागि देवताका द्रोहीहरूलाई नास गर्नका लागि, कालरूपले पृथ्वीमा अवतिर्ण हुनुभएको   ४८ 

निष्पादितं देवकृत्यं अवशेषं प्रतीक्षते
तावद् यूयं अवेक्षध्वं भवेद् यावदिहेश्वरः ४९

केहि थोरै काम भएकोले रोकिनुभएको जवसम्म वहां यहाँ हुनुहुन्छ ततिवेला सम्म तिमीहरू वहांकै प्रतिक्षा गरीरहु ४९।। 

धृतराष्ट्रः सह भ्रात्रा गान्धार्या स्वभार्यया
दक्षिणेन हिमवत ऋषीणां आश्रमं गतः ५०

धर्मराज! हिमालयको दक्षिण भागमा जहाँ सप्तऋषिको प्रसन्नताका लागि गङ्गाजीले आफ्नो अलग अलग धारलाई सप्तधारमा विभाजन गर्नुभएको ।।५०।।

स्रोतोभिः सप्तभिर्या वै स्वर्धुनी सप्तधा व्यधात्
सप्तानां प्रीतये नाना सप्तस्रोतः प्रचक्षते ५१

त्यसलाई सप्तस्तोत्र भनिन्छ त्यहि ऋषिहरूको आश्रम भएको ठाँउमा धृतराष्ट्र गान्धारी विदुरलाई साथ लिएर गएका छन् ।।५१।।

स्नात्वानुसवनं तस्मिन् हुत्वा चाग्नीन्यथाविधि
अब्भक्ष उपशान्तात्मा आस्ते विगतैषणः ५२

उनीहरूले त्यहा त्रीकाल स्नान अग्निहोत्र गर्नेछन् अव उनीहरूको मनमा कुनै कामना छैन उनीहरू पानी मात्र पिएर शान्त चित्तले बसेका छन् ।। ५२।।

जितासनो जितश्वासः प्रत्याहृतषडिन्द्रियः
हरिभावनया ध्वस्तः अजःसत्त्वतमोमलः ५३

आसन तथा प्राणलाई जितेर आफ्नो छःओटै इन्द्रियलाई विषयबाट हटाएर भगवान्लाई हृदयमा धारणा गरेका छन् यहिकारण उनीहरूमा तीनैगुणका दोषहरू नष्ट भएका छन् ।।५३।।

विज्ञानात्मनि संयोज्य क्षेत्रज्ञे प्रविलाप्य तम्
ब्रह्मण्यात्मानमाधारे घटाम्बरमिवाम्बरे ५४

उनीहरूले अहँकारलाई बुध्दिमा जोडेर त्यसलाई पनि क्षत्रज्ञ आत्मामा लीन गराएर आत्मालाइ पनि महाकासमा घटाकास समान सर्वाधिष्ठान ब्रम्हमा लगेर एक गरेका छन् ।।५४।।

ध्वस्तमायागुणोदर्को निरुद्धकरणाशयः
निवर्तिताखिलाहार आस्ते स्थाणुरिवाचलः
तस्यान्तरायो मैवाभूः सन्न्यस्ताखिलकर्मणः ५५

उनीहरूले आफ्ना इन्द्रियलाई रोकेर सबै विषयलाई त्यागेका छन् मायाका गुणले हुने सबै परिमाणलाई पनि हटाएका छन् सबै कर्मबाट सन्यास लिएर यतिबेला रुख झैं स्थिर भएर बसेका छन् त्यसैले तिमीले उनीहरूको बाटोमा अवरोध नपुर्याउ ।।५५।।

वा अद्यतनाद् राजन् परतः पञ्चमेऽहनि
 कलेवरं हास्यति स्वं तच्च भस्मीभविष्यति ५६

महाराज आजको पाँचौ दिनमा उनीहरूले आफ्नो शरीरलाइ त्यागिदिन्छन् त्यो शरीर जलेर भस्म हुन्छन् ।।५६।।

दह्यमानेऽग्निभिर्देहे पत्युः पत्नी सहोटजे
बहिः स्थिता पतिं साध्वी तमग्निमनु वेक्ष्यति ५७

गार्हपत्यादि अग्निद्वारा पर्णकुटीका साथ आफ्नो पतिको मृतदेह जलेको देखेर बाहिर रहेकी गान्धारीले पनि पतिकै अनुगमन गरी अग्निमा प्रवेश गर्दछिन् ।।५७।।

विदुरस्तु तदाश्चर्यं निशाम्य कुरुनन्दन
हर्षशोकयुतस्तस्माद् गन्ता तीर्थनिषेवकः ५८

धर्मराज! बिदुरजी आफ्ना दाजुको आश्चर्यमय मोक्ष देखेर हर्ष, वियोग हुनाले दुःखी हुदै त्यहाँबाट तीर्थको सेवा गर्ने इच्छाले आफ्नो बाटो लाग्दछन् ।।५८।।

इत्युक्त्वाथारुहत् स्वर्गं नारदः सहतुम्बुरुः
युधिष्ठिरो वचस्तस्य हृदि कृत्वाजहाच्छुचः ५९

देवर्षि नारद यति भनेर तुम्बुरुका साथ स्वर्ग लागे धर्मराज युधिष्ठिरले पनि नारदजीका कुरा सुनेर शोकलाई त्यागिदिए ।।५९।।

इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
प्रथमस्कन्धे नैमिषीयोपाख्याने त्रयोदशोऽध्यायः १३