श्रीमद्भागवत महापुराण
दशमस्कन्धः – त्र्यशीतितमोऽध्यायः
शुक उवाच–
(अनुष्टुप्ं)
तथानुगृह्य भगवान् गोपीनां स गुरुर्गतिः ।
युधिष्ठिरमथापृच्छत् सर्वांश्च सुहृदोऽव्ययम् ॥ १ ॥
श्रीशुकदेवजी भन्नुहुन्छ– हे परीक्षित ! गोपिनीहरुका गुरु एवं परमगति भगवानले श्रीकृष्णले उनीहरुलाई अनुग्रह गरेर युधिष्ठिर लगायत सबै आत्मजनहरुसंग कुशलमंगलका बारेमा सोधपुछ गर्नुभयो ।।१।।
त एवं लोकनाथेन परिपृष्टाः सुसत्कृताः ।
प्रत्यूचुर्हृष्टमनसस्तत्पादेक्षाहतांहसः ॥ २ ॥
जगतपिता भगवान श्रीकृष्णले यसरी सबै कुरा भलिभाँती सोध्नुभएपछि वहाँको चरणकमलको दर्शन गर्नाले उनीहरुको सबै अशुभ कुराहरू नष्ट भयो त्यसपछि प्रसन्न भएर उनीहरुले भने ।।२।।
(मिश्र)
कुतोऽशिवं त्वच्चरणाम्बुजासवं
महन्मनस्तो मुखनिःसृतं क्वचित् ।
पिबन्ति ये कर्णपुटैरलं प्रभो
देहंभृतां देहकृदस्मृतिच्छिदम् ॥ ३ ॥
हे प्रभु ! जुन ठुला–ठुला महापुरुषहरू हजुरको चरणकोअमृत निरन्तर पान गरेका हुन्छन् । जुन रसले जन्ममृत्युको कारण भएको अज्ञानरुपी विस्मृतीलाई नष्ट गर्दछ । महापुरुषको मनमा गुप्त रहेको यो रस कहिलेकाहीँ उनीहरुको मुखबाट अमृत कथाको रूपमा बाहिर बग्दछ । यस्तो अद्भुत दिव्यामृतलाई यदि कुनै प्राणीले कानरुपी दुनाद्वारा पिए भने उनीहरुको जन्ममृत्यु चक्रमा फसाउने अविद्याको नाश हुन्छ भने त्यस्ता ब्यक्तिको अमंगल कसरी होला र ? ।।३।।
(वसंततिलका)
हित्वाऽऽत्मधामविधुतात्मकृतत्र्यवस्थ(
मानन्दसम्प्लवमखण्डमकुण्ठबोधम् ।
कालोपसृष्टनिगमावन आत्तयोग(
मायाकृतिं परमहंसगतिं नताः स्म ॥ ४ ॥
हे भगवान ! हजुर आफैंबाट प्रकट हुने आत्माको (जाग्रत, स्वप्न र सुषुप्ति) तीन अवस्था हजुर सम्म पुग्न सक्दैन विचैमा आफैले नष्ट गर्नुहुन्छ, यसैगरी कालद्वारा नष्ट भएको वेदलाई मायारुपी शरीर धारण गरेर हजुरले नै रक्षा गर्नुहुन्छ । हजुरको स्वरुप परमानन्दमय छ, अखण्ड छ र ज्ञानस्वरुप छ । हजुर परमहंसको परमगति पनि हुनुहुन्छ, यस्ता हजुरलाई हामी बारम्बार प्रणाम गर्दछौं ।।४।। ं
ऋषिरुवाच (
(मिश्र)
इत्युत्तमश्लोकशिखामणिं जने(
ष्वभिष्टुवत्स्वन्धककौरवस्त्रियः ।
समेत्य गोविन्दकथा मिथोऽगृणं(
स्त्रिलोकगीताः शृणु वर्णयामि ते ॥ ५ ॥
श्रीशुकदेवले भन्नुभयो– यसप्रकर पुण्यकीर्ति भगवान्को स्तुति गर्दा अन्धक र कुरुवंशका नारीहरु एकठाँउमा जम्मा भई परस्परमा मिलेर तीनै लोकमा गाउने भगवानका स्तुति कथाहरु गाउँन लागे जुनकुरा म तपाईलाई वर्णन गर्दछु सुन्नुहोस् ।।५।।
द्रौपद्युवाच–
(अनुष्टुप्)
हे वैदर्भ्यच्युतो भद्रे हे जाम्बवति कौसले ।
हे सत्यभामे कालिन्दि शैब्ये रोहिणि लक्ष्मणे ॥ ६ ॥
हे कृष्णपत्न्यल एतन्नो ब्रूते वो भगवान् स्वयम् ।
उपयेमे यथा लोकमनुकुर्वन् स्वमायया ॥ ७ ॥
द्रौपदीले भनिन्– हे रुक्मिणी ! हे भद्रा ! हे जाम्बवती ! हे सत्या ! हे सत्यभामा ! हे कालिन्दी ! हे शैव्या ! हे लक्ष्मणा ! रोहिणी ! हे श्रीकृष्णका अन्य पत्नीहरू ! स्वयं भगवान भएर पनि आफ्नो मायादरा लोकको अनुकरण गर्दै श्रीकृष्णले तपाईहरुलाई कसरी बिबाह गर्नुभयो यर बारेमा हामीलाई बताउनुहोस ? ।।६–७।।
रुक्मिण्युवाच–
(वसंततिलका)
चैद्याय मार्पयितुमुद्यतकार्मुकेषु
राजस्वजेयभटशेखरिताङ्घ्रिरेणुः ।
निन्ये मृगेन्द्र इव भागमजावियूथात्
तच्छ्रीनिकेतचरणोऽस्तु ममार्चनाय ॥ ८ ॥
रुक्मिणीले भन्नुभयो– हे द्रौपदी ! जरासन्ध लगायत सबै राजाहरूले मेरो विवाह शिशुपालसँग गराउन चाहन्थे । यसका लागि सबै हतियारले सुसज्जित भएर युध्दका लागि तयार थिए । त्यसबखतमा जसरी सिंहले बाख्रा र भेडाको बथानबाट आफ्नो भाग खोसेर लैजान्छ, त्यसरीनै वीर शिरोमणि भगवानले मलाई हरण गरेर ल्याउनुभयो । त्यसैले हे द्रौपदी ! म जन्मजन्मान्तर सम्म श्रीकृणको चरणा पूजा गरिरहन पाऊँ, यही एउटा मेरो चाहना छ ।।८।।
सत्यभामोवाच–
यो मे सनाभिवधतप्तहृदा ततेन
लिप्ताभिशापमपमार्ष्टुमुपाजहार ।
जित्वर्क्षराजमथ रत्नशमदात् स तेन
भीतः पितादिशत मां प्रभवेऽपि दत्ताम् ॥ ९ ॥
सत्यभामाले भनिन्– हे द्रौपदी ! मेरो बुबा आफ्नो भाइ प्रसेनको मृत्युबाट अत्यन्तै दुःखी हुनुहुन्थ्यो, त्यसैले उहाँले आफ्नो भाईको हत्याको दोष भगवान माथि देख्नुुभयो । त्यो कलंक हटाउन भगवानले ऋक्षराज जाम्बवनलाई पराजित गर्नुभयो र स्यमन्तक मणि ल्याएर मेरो बुबालाई दिनुभयो । जसका कारण मेरो पितालाई झूटो आरोपको डरभयो । त्यसकारण उहाँले मलाई अरू कसैलाई दिने वाचा गरिसकेको थियो तापनि पिताजी कै इच्छामा मेरो बिबाह श्रीकृष्णसंग भयो ।।९।।
जाम्बवत्युवाच–
प्राज्ञाय देहकृदमुं निजनाथदैवं
सीतापतिं त्रिणवहान्यमुनाभ्ययुध्यत् ।
ज्ञात्वा परीक्षित उपाहरदर्हणं मां
पादौ प्रगृह्य मणिनाहममुष्य दासी ॥ १० ॥
जाम्बवतीले भनिन्– हे द्रौपदी ! मेरो बुबा ऋक्षाराज जाम्बवनलाई आफ्नो गुरु, भगवान सीतापति श्रीराम नै हो भन्ने थाहा थिएन । त्यसैले मेरो पिता र भगावन श्रीकृष्ण बिच सत्ताईस दिनसम्म युध्द भयो । जब त्यो परीक्षा सकियो अनि मात्र वहाँले मेरो गुरु भगवान् श्रीराम हो भन्ने भन्ने बुझेर भगवान् श्रीकृष्णलाई चिन्नुभयो । त्यसपछि वहाँले मणिको साथमा मलाई पनि श्रीकृष्णको चरणमा सुम्पनुभयो । म जीवनभर उहाँको दासी नै रहूँ भन्ने चाहन्छु ।।१०।।
कालिन्द्युवाच–
(अनुष्टुप्)
तपश्चरन्तीमाज्ञाय स्वपादस्पर्शनाशया ।
सख्योपेत्याग्रहीत् पाणिं योऽहं तद्गृहमार्जनी ॥ ११ ॥
कालिन्दीले भनिन्– हे द्रौपदीजी ! म भगवान श्रीकृष्णको चरण छुने आशा र चाहनाले तपस्या गरिरहेको थियो । यो कुरा भगवानलाई थाहाभयो तब उहाँ आफ्नो मित्र अर्जुनसँगै यमुनाको किनारमा आउनुभयो र मलाई स्वीकार गर्नुभयो । अब म उहाँको घर सफा गर्ने सेबिका हुँ ।।११।।
मित्रविन्दोवाच–
(वसंततिलका)
यो मां स्वयंवर उपेत्य विजित्य भूपान्
निन्ये श्वयूथगमिवात्मबलिं द्विपारिः ।
भ्रातॄंश्च मेऽपकुरुतः स्वपुरं श्रियौक(
तस्यास्तु मेऽनुभवमङ्घ्र्यवनेजनत्वम् ॥ १२ ॥
मित्रविन्दाले भनिन्– हे द्रौपदी ! मेरो स्वयंवर भईरहेको थियो, त्यसठाँउमा त्यहाँ जम्मा भएका राजाहरु र बाण चलाउँदै गरेका मेरो भाइहरुलाई पनि जितेर जसरी कुकुरहरूको बथानबाट सिंहले आफ्नो भाग लिन्छ, त्यसरी नै उहाँ श्रीकृष्णले मलाई हरण गरेर आफ्नो सुन्दर शहर द्वारकामा ल्याउनुभयो । अब म जीवनभर उहाँको खुट्टा धुने सौभाग्य मिलोस् भन्ने चाहान्छु ।।१२।।
सत्योवाच–
सप्तोक्षणोऽतिबलवीर्यसुतीक्ष्णशृङ्गान्
पित्रा कृतान् क्षितिपवीर्यपरीक्षणाय ।
तान् वीरदुर्मदहनस्तरसा निगृह्य
क्रीडन् बबन्ध ह यथा शिशवोऽजतोकान् ॥ १३ ॥
सत्याले भनिन्– हे द्रौपदी ! मेरो स्वयंवरमा उपस्थित हुन आउने राजाहरूको शक्ति र वीरताको परीक्षा लिन मेरो बुबाले तीखा सिङ भएका सातवटा बलिया र शक्तिशाली साँढेहरू पाल्नुभएको थियो । ती साँढेहरूले ठुला वीरहरूको घमण्ड नष्ट पारेका थिए । तर भगवानले ती साँढेहरुलाई केटाकेटीहरुले साना बाख्राका पाठालाई बाँधे जसरी तिनलाई बाँधिदिनुभयो ।।१३।।
.अनुष्टुप्)
य इत्थं वीर्यशुल्कां मां दासीभिश्चतुरङ्गिणीम् ।
पथि निर्जित्य राजन्यान् निन्ये तद्दास्यमस्तु मे ॥ १४ ॥
यसरी भगवान् श्रीकृष्णले आफ्नो शक्ति र पराक्रमद्वारा चतुरंगिणी सेना र दासीहरुका साथमा मलाई द्वारिका ल्याउनुभयो । बाटोमा बिघ्न पार्न आउने राजाहरुलाई पनि परास्त पार्नुभयो । अब मलाई सधैं उहाँको सेवा गर्ने अवसर मिलोस् भन्ने कामना गर्दछु ।।१४।।
भद्रोवाच–
पिता मे मातुलेयाय स्वयमाहूय दत्तवान् ।
कृष्णे कृष्णाय तच्चित्तामक्षौहिण्या सखीजनैः ॥ १५ ॥
मित्रन्दिाले भनिन्– हे द्रौपदी ! भगवान श्रीकृष्ण मेरो मामाको छोरा हुनुहुन्थ्यो । मेरो चित्त श्रीकृष्ण मै लागेको थाहा पाएर मेरा पिता आफैंले भगवानलाई बोलाउनुभयो र अक्षौहिणी सेना र धेरै दासीहरू सहित मलाई उहाँको चरणमा सुम्पिनुभयो ।।१५।।
अस्य मे पादसंस्पर्शो भवेज्जन्मनि जन्मनि ।
कर्मभिर्भ्राम्यमाणाया येन तच्छ्रेय आत्मनः ॥ १६ ॥
आफ्नो कर्मका कारण यस संसार चक्रमा घुमेकी मेरो जति जन्म भएपनि वहाँको चरणस्पर्श गर्ने अवसर मिलिरहोस् । जसको चरणस्पर्श गर्नाले कल्याण मिल्दछ ।।१६।।
लक्ष्मणोवाच–
(मिश्र)
ममापि राज्ञ्यच्युतजन्मकर्म
श्रुत्वा मुहुर्नारदगीतमास ह ।
चित्तं मुकुन्दे किल पद्महस्तया
वृतः सुसंमृश्य विहाय लोकपान् ॥ १७ ॥
लक्ष्मणाले भनिन्– हे रानी ! देवर्षि नारदले भगवानको अवतार र पराक्रमका गीतहरू बारम्बार गाउनुहुन्थ्यो । श्रीकृष्णको जन्म र कर्म सुनेर लक्ष्मीले साह्रा लोकपालहरुलाई त्यागेर वहाँलाई वरण गर्नुभयो भन्ने पनि सुनें । यही कुरालाई विचार गरेर मेरो मन भगवान् मुकुन्दमा लाग्यो ।।१७।।
(अनुष्टुप्)
ज्ञात्वा मम मतं साध्वि पिता दुहितृवत्सलः ।
बृहत्सेन इति ख्यातस्तत्रोपायमचीकरत् ॥ १८ ॥
हे साध्वी ! मेरो बुबा बृहत्सेनले मलाई धेरै माया गर्नुहुन्थ्यो । उहाँले मेरो मनसायलाई बुझेर मेरो इच्छा पूरा गर्ने विषयमा यो उपाय गर्नुभयो ।।१८।।
यथा स्वयंवरे राज्ञि मत्स्यः पार्थेप्सया कृतः ।
अयं तु बहिराच्छन्नो दृश्यते स जले परम् ॥ १९ ॥
हे रानी ! जसरी तपाईका बुबाले वीर पाण्डव अर्जुनलाई पाउनका लागि मत्स्यभेदनको आयोजना गर्नुभएको थियो त्यसैगरी मेरा पिताले पनि त्यसै गर्नुभयो । तपाईको स्वयंवरको तुलनामा, हाम्रो स्वयंवरमा राखिएको माछोको विशेषता यो थियो कि त्यो माछा बाहिरबाट मात्र ढाकिएको थियो तर मेरो स्वयंवरमा राखिएको माछोको छाया तल रहेको कलशको जलमा मात्र देखिन्थ्यो ।।१९।।
श्रुत्वैतत्सर्वतो भूपा आययुर्मत्पितुः पुरम् ।
सर्वास्त्रशस्त्रतत्त्वज्ञाः सोपाध्यायाः सहस्रशः ॥ २० ॥
यस विषयमा धेरै राजाहरुले थाहा पाएपछि यसको रहस्य जान्न हजारौं राजाहरू आफ्ना गुरुहरूसँगै मेरो पिताको राजधानीमा आइपुगे ।।२०।।
पित्रा सम्पूजिताः सर्वे यथावीर्यं यथावयः ।
आददुः सशरं चापं वेद्धुं पर्षदि मद्धियः ॥ २१ ॥
आदाय व्यसृजन् केचित् सज्यं कर्तुमनीश्वराः ।
आकोटि ज्यां समुत्कृष्य पेतुरेकेऽमुना हताः ॥ २२ ॥
मेरो बुबाले सबै आगन्तुक राजाहरूलाई उनीहरूको बल, पुरुषार्थ र उमेर अनुसार उचित स्वागत गर्नुभयो । मलाई प्राप्त गर्ने इच्छाले उनीहरूले स्वयंवर सभामा राखिएका धनुष र बाणहरू हातमा उठाए । ती राजाहरूमध्ये धेरैले त्यो धनुको ताँदो उठाउन नसकेर धनुलाई जस्ताको तस्तै त्यहीं छोडे । कतिपयले धनुषको डोरीलाई एक छेउबाट बाँधेर अर्को छेउमा ताने तर अर्को छेउसम्म डोरी खिच्न नसकेर उछिट्टिएको तादोको झट्का लागेर ढले ।।२१–२२।।
सज्यं कृत्वापरे वीरा मागधाम्बष्ठचेदिपाः ।
भीमो दुर्योधनः कर्णो नाविन्दन् तदवस्थितिम् ॥ २३ ॥
हे रानी– जरासन्ध, राजा अम्बस्ठ,, शिशुपाल, भीमसेन, दुर्योधन र कर्ण जस्ता धेरै प्रसिद्ध वीरहरूले आफ्नो धनु प्रहार गरेका थिए; तर उनीलाई माछो कहाँ छ भन्ने थाहा पाउन सकेनन् ।।२३।।
मत्स्याभासं जले वीक्ष्य ज्ञात्वा च तदवस्थितिम् ।
पार्थो यत्तोऽसृजद् बाणं नाच्छिनत् पस्पृशे परम् ॥ २४ ॥
वीर अर्जुनले कलशको जलमा माछाको छायाँ देखेर धेरै सावधानीपूर्वक बाण छोडे तर त्यो वाणले माछोलाई छोयो मात्र खसाल्न सकेनन् ।।२४।।
राजन्येषु निवृत्तेषु भग्नमानेषु मानिषु ।
भगवान् धनुरादाय सज्यं कृत्वाथ लीलया ॥ २५ ॥
तस्मिन् सन्धाय विशिखं मत्स्यं वीक्ष्य सकृज्जले ।
छित्त्वेषुणापातयत्तं सूर्ये चाभिजिति स्थिते ॥ २६ ॥
त्यहाँ भेला भएका राजाहरुको घमण्डी चकनाचुर भएको र आफ्नो मानमर्दन भएकोले उनीहिरु आफ्नो धनु त्यागेर पछि हटे । त्यसपछि भगवानले धनुष उठाउनुभयो र खेल खेलमैं तादो चढाएर तान्नुभयो र कलशको पानीमा माछाको छाया एक पटक हेर्नुभयो र आफ्नो वाण प्रहार गरेर अभिजित भन्ने शुभ नक्षत्र परेको त्यस समयमा त्यस माछोलाई तल खसाल्नुभयो ।।२५–२६।।
दिवि दुन्दुभयो नेदुः जयशब्दयुता भुवि ।
देवाश्च कुसुमासारान् मुमुचुर्हर्षविह्वलाः ॥ २७ ॥
त्यसबेला साह्रा पृथ्वी हर्षित हुन थाल्यो, आकाशमा दुन्दुभिआदि वाद्य बज्न थाल्यो । देवताहरुले जय जयकार गर्दे आकाश बाट पुष्पवृष्टि गर्न थालो ।।२७।।.
(वसंततिलका)
तद् रङ्गमाविशमहं कलनूपुराभ्यां
पद्भ्यां प्रगृह्य कनकोज्ज्वलरत्न मालाम् ।
नूत्ने् निवीय परिधाय च कौशिकाग्र्ये
सव्रीडहासवदना कबरीधृतस्रक् ॥ २८ ॥
त्यसै समयमा म राम्रा रेशमी कपडा, चुल्ठोमा फूलको माला, हातमा रत्नको हार, पाउमा पाउजु छमछम पार्दै, अलिअलि लजाउँदै र हाँस्दै त्यो स्वयंवर भवनमा प्रवेश गरें ।।२८।।
उन्नीय वक्त्रमुरुकुन्तलकुण्डलत्विड्
गण्डस्थलं शिशिरहासकटाक्षमोक्षैः ।
राज्ञो निरीक्ष्य परितः शनकैर्मुरारे(
रंसेऽनुरक्तहृदया निदधे स्वमालाम् ॥ २९ ॥
घुम्रिएको कपाल र कुण्डलको कान्तिले गर्दा मेरो अनुहार उज्यालो र चंकिलो देख्न्थ्यिो । मैले केहि लजाएर आफ्नो अनुहार अलि ठाडो पार्दै मन्द मन्द मुस्कुराउदै कर्के नजरले त्यहाँ वरिपरी बसेका राजाहरुलाई हेरें । हुन त मेरो मन पहिले देखिनै भगवान्मा लागेको थियो त्यसैले विस्तारै गएर आफ्नो हातको माला भगवानको गलामा लगाइदिएं ।।२९।।
(अनुष्टुप्)
तावन्मृदङ्गपटहाः शङ्खभेर्यानकादयः ।
निनेदुर्नटनर्तक्यो ननृतुर्गायका जगुः ॥ ३० ॥
माला लगाउने बित्तिकै मृदंग, शंख, ढोल, नगारा आदि बाजा बज्न थाल्यो । गायकहरु गाउँन थाले भने नट र नर्तकीहरु नाच्न थाले ।।३०।।
एवं वृते भगवति मयेशे नृपयूथपाः ।
न सेहिरे याज्ञसेनि स्पर्धन्तो हृच्छयातुराः ॥ ३१ ॥
हे द्रौपदी ! जब मैले यसरी मेरो प्रिय भगवानलाई माला वरण गरें, तब त्यहाँ भएका कामुक राजाहरू मेरो स्वयम्वरलाई सहन नसकेर धेरै ईष्र्या गरे ।।३१।।
मां तावद् रथमारोप्य हयरत्नवचतुष्टयम् ।
शार्ङ्गमुद्यम्य सन्नद्धस्तस्थावाजौ चतुर्भुजः ॥ ३२ ॥
चार हात भएका भगवानले मलाई चार घोडाहरूले तानिएको आफ्नो सबैभन्दा उत्तम रथमा चढाउनुभयो र हातमा धनु र बाण लिएर ती राजाहरुसंग युध्द गर्न तयार हुनुभयो ।।३२।।
दारुकश्चोदयामास काञ्चनोपस्करं रथम् ।
मिषतां भूभुजां राज्ञि मृगाणां मृगराडिव ॥ ३३ ॥
हे रानी ! तर जसरी सिंहले मृगको बथानबाट आफ्नो भाग लिएर जान्छ, त्यसरी नै भगवान्का सारथि दारुकले ती सबै राजाहरूलाई हेरेको हेर्यै पारेर भगवान्को रथलाई द्वारका तिर लएर गए ।।३३।।
तेऽन्वसज्जन्त राजन्या निषेद्धुं पथि केचन ।
संयत्ता उद्धृतेष्वासा ग्रामसिंहा यथा हरिम् ॥ ३४ ॥
त्यस समयमा केही राजाहरू हातमा धनु उठाएर कुकुरले सिंहलाई रोक्नको लागि पछि दौडेझै गरी भगवान् श्रीकृष्णलाई रोक्न पछि पछि दौडे ।।३५।।
ते शार्ङ्गच्युतबाणौघैः कृत्तबाह्वङ्घ्रिकन्धराः ।
निपेतुः प्रधने केचिदेके सन्त्यज्य दुद्रुवुः ॥ ३५ ॥
यसरी दौडेका राजाहरुलाई भगवानले वर्षाउनु भएको सारं्ग धनुको वाणको प्रहारबाट कसैको हात, कसैको खुट्टा र कसैको टाउको काटिए भने केही राजाहरु त्यो युद्धभूमि छोडेर भागे ।।३५।।
(प्रभावती)
ततः पुरीं यदुपतिरत्यलङ्कृतां
रविच्छदध्वजपटचित्रतोरणाम् ।
कुशस्थलीं दिवि भुवि चाभिसंस्तुतां
समाविशत्तरणिरिव स्वकेतनम् ॥ ३६ ॥
त्यसपछि, यदुवंश शिरोमणि भगवान् श्रीकृष्ण ध्वजा, पताका, चित्र र तोरण आदिले सूर्यको प्रकाश नै छिर्न नसक्ने गरी सजाइएको आफ्नो निवास द्वारकामा सूर्य झैं प्रवेश गर्नुभयो ।।३६।।.
(अनुष्टुप्)
पिता मे पूजयामास सुहृत्संबन्धिबान्धवान् ।
महार्हवासोऽलङ्कारैः शय्यासनपरिच्छदैः ॥ ३७ ॥
मेरो स्वयंवरमा मेरा पिताजी पनि धेरै खुसी भएर आफ्ना हितैषि आफन्त र दाजुभाइ दिदीबहिनीहरूलाई बहुमूल्य वस्त्र, गहना, सैया आदि सामान दिएर सत्कार गर्नुभयो ।।३७।।
दासीभिः सर्वसंपद्भिः भटेभरथवाजिभिः ।
आयुधानि महार्हाणि ददौ पूर्णस्य भक्तितः ॥ ३८ ॥
भगवान् आफैंमा परिपूर्ण हुनुहुन्छ तापनि उहाँप्रतिको प्रेमले गर्दा मेरो पिताले उहाँलाई धेरै दासीहरू, सबै प्रकारका धन, सैनिकहरू, हात्तीहरू, रथहरू, घोडाहरू र अन्य धेरै बहुमूल्य अस्त्रहरु पनि अर्पण गर्नुभयो ।।३८।।
आत्मारामस्य तस्येमा वयं वै गृहदासिकाः ।
सर्वसङ्गनिवृत्त्याद्धा तपसा च बभूविम ॥ ३९ ॥
पूर्व जम्ममा हामीले सबै आसक्ति त्यागेर अनेक तपस्या गरेको हुनुपर्छ । जसले गर्दा हामी यस जन्ममा भगवान आत्मारामका गृहणी बनेर सेवा गर्न पाएका छौं ।।३९।।
महिष्य ऊचुः–
(वसंततिलका)
भौमं निहत्य सगणं युधि तेन रुद्धा
ज्ञात्वाथ नः क्षितिजये जितराजकन्याः ।
निर्मुच्य संसृतिविमोक्षमनुस्मरन्तीः
पादाम्बुजं परिणिनाय य आप्तकामः ॥ ४० ॥
रानीहरुले भने – दिग्विजयको समयमा भौमासुरले धेरै राजाहरूलाई जितेर तिनका कन्याहरुलाई आफ्नो दरबारमा बन्दी बनाएर राखेको थियो । यो थाहा पाएर, भगवानले भौमासुर र उनको सेनालाई युध्दमा मार्नुभयो । वहँकै चिन्तन गरिरहेका हामी सबै कन्याहरुलाई त्यहाँ बन्धनबाट मुक्त गरेर हामीसंग विवाह गर्नुभयो त्यसैले हामी सबै वहाँ भगवानको चरणको चिन्तन गरिरहन्छौं ।।४०।।
(अनुष्टुप्)
न वयं साध्वि साम्राज्यं स्वाराज्यं भौज्यमप्युत ।
वैराज्यं पारमेष्ठ्यं च आनन्त्यं वा हरेः पदम् ॥ ४१ ॥
कामयामह एतस्य श्रीमत्पादरजः श्रियः ।
कुचकुङ्कुमगन्धाढ्यं मूर्ध्ना वोढुं गदाभृतः ॥ ४२ ॥
व्रजस्त्रियो यद् वाञ्छन्ति पुलिन्द्यस्तृणवीरुधः ।
गावश्चारयतो गोपाः पदस्पर्शं महात्मनः ॥ ४३ ॥
हे साध्वी द्रौपदी ! हामीलाई पृथ्वीको साम्राज्य, स्वर्गको राज्य लगायत अणिमा महिमा आदिले सम्पन्न ऐश्वर्य, ब्रह्माको पद, मोक्ष, सालोक्य सरूप्य आदि मुक्ति पनि चाहिदैनौं । हामी व्रजका गोपीहरु, गाई चराउने गोपहरु, भिल्लिनीहरु र त्यहँका घासपातले समेत भगवान श्रीकृष्णको जुन चरणको स्पर्श गरेका छन, त्यही लक्ष्मीका स्तनमा लगाइने कुमकुमको सुगन्धले युक्त श्रीचरणको धुलो शिरमा धारण गर्न चाहान्छौं ।।४१–४२–४३।।
इति श्रीमद्भा गवते महापुराणे पारमहंस्यां
संहितायां दशमस्कन्धे उत्तरार्धे
त्र्यशीतितमोऽध्यायः ॥ ८३ ॥
