#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

प्रथमः स्कंधः - पञ्चदशोऽध्यायः -


श्रीमद्भागवत महापुराण
प्रथमः स्कंधः - पञ्चदशोऽध्यायः -



सूत उवाच
(अनुष्टुप्)
एवं कृष्णसखः कृष्णो भ्रात्रा राज्ञा विकल्पितः
नानाशङ्कास्पदं रूपं कृष्णविश्लेषकर्शितः

सूतजीले भनेभगबानका प्यारा मित्र अर्जुन श्रीकृष्णको विछोडमा त्यसै दुःखी थिए त्यसमा पनि युधिष्टरले उनको शोकाकुल मुद्रा देखेर नाना किसिमको शंकापुर्ण प्रश्नहरू सोधे ।।१।।

शोकेन शुष्यद् वदन हृत्सरोजो हतप्रभः
विभुं तमेवानुध्यायन् नाशक्नोत् प्रतिभाषितुम्

शोकमा परेका अर्जुनको ओठमुख सुकेको थियो उनको अनुहार पनि मलिन थियो त्यसैले आफ्ना दाजुको उत्तर दिन सकेनन् ।।२।।

कृच्छ्रेण संस्तभ्य शुचः पाणिनाऽऽमृज्य नेत्रयोः
परोक्षेण समुन्नद्ध प्रणयौत्कण्ठ्य कातरः

श्रीकृष्ण आफ्ना आँखाबाट अस्ताउनु भएका कारण वहां प्रतिको प्रेमको उत्कण्ठाले व्याकुल भएर शोकलाई रोक्दै हातले आँसु पुछे ।।३।।

सख्यं मैत्रीं सौहृदं सारथ्यादिषु संस्मरन्
नृपमग्रजमित्याह बाष्पगद्गदया गिरा

रथ हाँक्दा, हिड्दा, आफु प्रति भएको मित्रता प्रेम पूर्ण ब्यबहारको स्मरण गर्दै धोत्रो परेको स्वरले दाजु युधिटिरलाई भने ।।४४।।

अर्जुन उवाच
वञ्चितोऽहं महाराज हरिणा बन्धुरूपिणा
येन मेऽपहृतं तेजो देवविस्मापनं महत्

अर्जुनले भनेमहाराज! मेरा अत्यन्त घनिष्ट मित्र श्रीकृष्णले मलाई ठगे मेरा जुन पराक्रम बाट ठुलाठुला देवताहरू पनि आश्चर्य हुन्थे, ती सबै श्रीकृष्णले बाट खोसे ।।५।।

यस्य क्षणवियोगेन लोको ह्यप्रियदर्शनः
उक्थेन रहितो ह्येष मृतकः प्रोच्यते यथा

जसरी यो शरीर प्राण गएपछि मरेको भनिन्छ त्यसरी नै उनको वियोगले गर्दा यो संसार पनि अपृय लागिरहेछ ।।६।।

(वसंततिलका)
यत् संश्रयाद् द्रुपदगेहमुपागतानां
        राज्ञां स्वयंवरमुखे स्मरदुर्मदानाम्
तेजो हृतं खलु मयाभिहतश्च मत्स्यः
        सज्जीकृतेन धनुषाधिगता कृष्णा

उनकै आश्रयले गर्दा मैले द्रौपदीको स्वयम्बरमा राजा द्रुपदको घरमा आएका राजाहरूको तेज हरण गरे, धनुबाण चलाएर माछोलाई खसाले अनि द्रौपदीलाई पाएको थिएं उनको नजिक हुनाले मात्रै मैले सबै देवताहरूका साथै इन्द्रलाइै आफनै वलले जितें

यत्सन्निधावहमु खाण्डवमग्नयेऽदां
            इन्द्रं सामरगणं तरसा विजित्य
लब्धा सभा मयकृताद्भुतशिल्पमाया
            दिग्भ्योऽहरन्नृपतयो बलिमध्वरे ते

अग्निदेवको तृप्तिको लागि खाण्डव वन दान गरें मयदानव द्वारा निर्मित अलौकिक कौशलले युक्त भएको मायामयी सभा प्राप्त गरें ती सबै राजाहरू तपाईलाई यज्ञमा भेट्न भनि आएका पनि थिए ।।८।।

यत्तेजसा नृपशिरोऽङ्घ्रिमहन्मखार्थ
            आर्योऽनुजस्तव गजायुतसत्त्ववीर्यः
तेनाहृताः प्रमथनाथमखाय भूपा
            यन्मोचितास्तदनयन् बलिमध्वरे ते

दसहजार हात्ती बराबर बलले युक्तभएका तपाईका भाई भीमसेनले उनैको बल पाएर नै राजाहरूको टाउकोमा खुट्टा राख्ने अभिमानी जरासन्धको बध गरे उनै भगवान्ले धेरै राजाहरूलाई मुक्त गरे अनि उहि जरासन्धले भैरव यज्ञमा बलि दिन भनेर बाँधेरा राखेका राजाहरूलाई मुक्त गेरे पछि ती राजाहरूले तपाईको यज्ञमा अनेको उपहारहरू चढाएका थिए ।।९।।

पत्न्यास्तवाधिमखकॢप्तमहाभिषेक
        श्लाघिष्ठचारुकबरं कितवैः सभायाम्
स्पृष्टं विकीर्य पदयोः पतिताश्रुमुख्या
        यस्तत्स्त्रियोऽकृत तेशविमुक्तकेशाः १०

राजसूय यज्ञको अभिषेकले पवित्र भएको महारानी द्रौपदीको कपाललाई भारी सभाको विचमा ती दुर्योधन लगायतका दुष्टहरूले समात्ने दुस्साहस गरे त्यस वेलाबिग्रिएका कपाल आँखा भरि आँसु पारेर द्रौपदी जव कृष्णको शरणमा परिन्, अनि उनै भगवान्ने अपमान्को बदाला लिइ छाड्नो प्रतिज्ञा गरेर उनको स्त्रीहरूको यस्तो दशा वनाईदिनु भयो उनीहरूले बिधुवा भएर आफ्नो चुल्ठो आफैं समाउनु ¥यो ।।१०।।

यो नो जुगोप वन एत्य दुरन्तकृच्छ्राद्
            दुर्वाससोऽरिरचितादयुताग्रभुग् यः
शाकान्नशिष्टमुपयुज्य यतस्त्रिलोकीं
            तृप्ताममंस्त सलिले विनिमग्नसङ्घः ११

दुर्योधनको सडयन्त्रले गर्दा वनवासमा छदा दुर्वाशाले दसहजार शिष्य सहितलाई भोजन गराउन भनेर हामीलाई आपतमा पारे त्यहिबेला श्रीकृष्ण भगवान्ले द्रौपदीको भाँडोमा रहेको एक त्यान्द्रा साग खाएर उनीहरूको पेट भरिदिनु भयो नुहाउन गएका ऋषिहरूलाई तीनैलोकको पेट भरिएको भान भएर उनीहरू त्यहिंबाट फर्किए ।।११।।

यत्तेजसाथ भगवान् युधि शूलपाणिः
            विस्मापितः सगिरिजोऽस्त्रमदान्निजं मे
अन्येऽपि चाहममुनैव कलेवरेण
            प्राप्तो महेन्द्रभवने महदासनार्धम् १२

वहांकै कृपाले गर्दा नै मैले युध्दमा पार्वती सहित भगवान् शंकरलाई आश्चर्यमा पारेका थिएं जसले गर्दा मलाई वहांले पाशुपत नाम गरेको अस्त्र दिनुभयो अरु लोकपालहरूले पनि मलाइ आफ्ना अस्त्र दिए वहां श्रीकृष्ण्को कृपाले यसै शरीरले स्वर्गमा पुगेर ईन्द्रको सभामा उनै बराबर भएर आधा आसनमा बस्ने अवसर पाएं ।।१२।।

तत्रैव मे विहरतो भुजदण्डयुग्मं
        गाण्डीवलक्षणमरातिवधाय देवाः
सेन्द्राः श्रिता यदनुभावितमाजमीढ
        तेनाहमद्य मुषितः पुरुषेण भूम्ना १३

इन्द्रकै अनुरोधमा स्वर्गमा केहि दिन बसें इन्द्रका साथै सबै देवताहरूले मेरो गाण्डिब धारी हातबाट निवात कवच आदि दैत्यहरूलाई मार्नका लागि आश्रय लिए महाराज! यो वहांकै कृपाबाट भएको थियो तर आज उनै पुरुषोत्तम भगवान् श्रीकृष्णले मलाई ठगे ।।१३।।

यद्बान्धवः कुरुबलाब्धिमनन्तपारं
        एको रथेन ततरेऽहमतीर्यसत्त्वम्
प्रत्याहृतं बहु धनं मया परेषां
        तेजास्पदं मणिमयं हृतं शिरोभ्यः १४

राजन! उनै श्रीकृष्ण्का सहायताले कौरवका सेनाहरू भीष्म, द्रोण, अजेय महामत्स्यहरूले भरिएको ठुलो समुद्र समान छिचल्नै नसक्ने युध्दलाई पार लगाएं तपाईलाई थाहै नि उनैको सहायताले राजा विराटका सत्रुहरूबाट गाईहरू अनि उनको शिरको रत्न जडित मुकुट अरु धनहरू पनि खोसेर ल्याएं तर आज उनै कृष्णले ठगे ।।१४।।

यो भीष्मकर्णगुरुशल्यचमूष्वदभ्र
            राजन्यवर्यरथमण्डलमण्डितासु
अग्रेचरो मम विभो रथयूथपानां
            आयुर्मनांसि दृशा सह ओज आर्च्छत् १५

दाजू, कौरव पटिका सेना भीष्म, कर्ण, द्रोण, सल्य अरुहरू ठुलाठुला राजाहरू क्षेत्रीय बीरहरूको रथले शोभायमान् थियो उनै सेनाको सन्मुख लागेर मेरै अगाडि नै उनीहरूको आयु, मन, उत्साह बल हरण गर्नु भयो ।।१५।।

यद्दोःषु मा प्रणिहितं गुरुभीष्मकर्ण
            नप्तृत्रिगर्तशलसैन्धवबाह्लिकाद्यैः
अस्त्राण्यमोघमहिमानि निरूपितानि
            नो पस्पृशुर्नृहरिदासमिवासुराणि १६

द्रोणचार्य आदि वीरहरूले माथि चढाएको अस्त्र सस्त्र हरू कहिल्यै नचुक्ने खालका थिए तर हिरण्यकसिपु आदि दैत्यहरूले चलाएको बाणले भक्त प्रल्हादलाई छुन नसके झैं उनीहरूको अस्त्रले मलाई पनि केहि गर्न सकेन यी सबै उनै श्रीकृष्णको प्रभावले गर्दा नै हो ।।१६।।

सौत्ये वृतः कुमतिनात्मद ईश्वरो मे
        यत्पादपद्ममभवाय भजन्ति भव्याः
मां श्रान्तवाहमरयो रथिनो भुविष्ठं
         प्राहरन् यदनुभावनिरस्तचित्ताः १७

संसार बाट मुक्त हुनको लागि जसरी ठुलाठुला महात्माहरू उनको चरणको सेवा गर्छन, उनीहरूलाई आफु समानको पद दिने भगवान्लाई मैले दुर्वुध्दिका कारण आफ्नो सारथी वनाएं युध्दमा मेरा घोडाहरू थाकेका बेलामा भुईमा ओर्लिएको थिएं त्यति वेला त्यहाँ भएका महारथीहरूले मलाई आक्रमण गर्न सकेनन् किनकि कृष्णका प्रभावका कारण उनीहरूको बुध्दि हराई सकेको थियो ।।१७।।

नर्माण्युदाररुचिरस्मितशोभितानि
        हे पार्थ हेऽर्जुन सखे कुरुनन्दनेति
सञ्जल्पितानि नरदेव हृदिस्पृशानि
        स्मर्तुर्लुठन्ति हृदयं मम माधवस्य १८

महाराज! वहांले मनलाई लठ्ठ पार्ने मधुर मुस्कान सहित अत्यन्त प्रेममय वचनले पार्थ, अर्जुन, सखा, कुरुनन्दन भनेर बोलाउनु हुन्थ्यो आज उनैको याद आउदा मेरो मन आकुल व्याकुल हुन्छ ।।१८।।

शय्यासनाटनविकत्थन भोजनादिषु
        ऐक्याद्वयस्य ऋतवानिति विप्रलब्धः
सख्युः सखेव पितृवत्तनयस्य सर्वं
        सेहे महान्महितया कुमतेरघं मे १९

सुत्ता, बस्दा, हिड्दा आफु संग कुरा गर्दा तथा भोजन गर्दा हामी संगसंगै हुन्थ्यौं कहिलेकहिं वहांलाई हे मित्र तिमी बडा सत्यवादि छौ भन्दथे त्यस वेलावहां आफ्नो महानताका कारण एक साथिले अर्का साथिको बाबुले आफ्नो छोराको अपराध सहेझैं गरी दुर्बुध्दिको अपराध सहनु हुन्थ्यो ।।१९।।

सोऽहं नृपेन्द्र रहितः पुरुषोत्तमेन
        सख्या प्रियेण सुहृदा हृदयेन शून्यः
अध्वन्युरुक्रमपरिग्रहमङ्ग रक्षन्
        गोपैरसद्भिरबलेव विनिर्जितोऽस्मि २०

महाराज! मेरो मित्र सखा मात्र होइन मेरो सुहृद थिए तर आज उनै पुरुषोत्तम भगवान्बाट रहित भएको छु द्वारकाबाट भगवान्का रानीहरूलाई लिएर आउदा बाटोमा दुष्ट ग्वालाहरूले मलाई अवला जसरी हराइदिए, मैले उनीहरूको रक्षा गर्न सकिन ।।२१।।

तद्वै धनुस्त इषवः रथो हयास्ते
        सोऽहं रथी नृपतयो यत आनमन्ति
सर्वं क्षणेन तदभूदसदीशरिक्तं
         भस्मन् हुतं कुहकराद्धमिवोप्तमूष्याम् २१

मेरो त्यहि गाण्डव धनुहो, त्यहि बाण हो, त्यहि रथ हो, त्यहि घोडा हो नै रथी अुर्जुन हुँ, जसका अगाडि ठुलाठुला राजाहरूले शिर झुकाएका थिए तर अहिले श्रीकृष्ण नहुदा सबै सुन्य भएको जसरी विना आगोमा हालेको चरु, ठगको सेवा बाझो जग्गा मा छरेको विउ निस्फल हुन्छ त्यसैगरी त्यसैगरी सबैकुरा सार हिन भयो ।।२१।।

(अनुष्टुप्)
राजंस्त्वयानुपृष्टानां सुहृदां नः सुहृत्पुरे
विप्रशापविमूढानां निघ्नतां मुष्टिभिर्मिथः २२

राजन् ! तपाईले द्वारकाबासी को सम्वन्धमा जुन सुहृद सम्वन्धीको बारेमा सोध्नुभयो उनीहरू ब्राम्हणको श्रापमा परे ।।२३।।

वारुणीं मदिरां पीत्वा मदोन्मथितचेतसाम्
अजानतां इवान्योन्यं चतुःपञ्चावशेषिताः २३

त्यसपछि बारुणी मदिरा पान गरेर एक आपसमा नचिने झै गरी मुक्का प्रहार गरेर सबै नष्टभए उनीहरूमा अहिले चार पाँच जना बाँकीरहेका छन् ।।२३।।

प्रायेणैतद् भगवत ईश्वरस्य विचेष्टितम्
मिथो निघ्नन्ति भूतानि भावयन्ति यन्मिथः २४

संसारका प्राणीहरूलाई एकले अर्कालाई पालन पोषण गर्नु एक अर्का द्वारा नै मृत्यु हुनु वास्तवमा यो सबै उनै शर्वशक्तिमान भगवान्को लीला हो ।।२४।।

जलौकसां जले यद्वन् महान्तोऽदन्त्यणीयसः
दुर्बलान्बलिनो राजन् महान्तो बलिनो मिथः २५

यसरी जलचरहरूमा ठुलाले सानुलाई बलियाले निर्धालाई खाइदिन्छ त्यसैगरी भगवान्ले पनि बलिया यदुवंशीहरूद्वारा अरु राजाहरूको संहार गराउनु भयो ।।२५।।

एवं बलिष्ठैर्यदुभिः महद्भिरितरान् विभुः
यदून् यदुभिरन्योन्यं भूभारान् संजहार २६

अन्त्यमा यादवहरूलाई उनीहरूद्वारा नै एक आपसमा मराएर पृथ्वीको भार हरण गर्नु भयो ।।२६।।

देशकालार्थयुक्तानि हृत्तापोपशमानि
हरन्ति स्मरतश्चित्तं गोविन्दाभिहितानि मे २७

भगवान्ले युध्दताका जुन शिक्षा दिनुभएको थियो त्यो देशकाल अनुरूपको मनलाई शान्त गराउने थियो अहिले त्यो शिक्षाको संझनाले मन सुध्द हुन्छ

सूत उवाच 
एवं चिन्तयतो जिष्णोः कृष्णपादसरोरुहम्
सौहार्देनातिगाढेन शान्ताऽऽसीद् विमला मतिः २८

सूतजी भन्छन्
यसप्रकार प्रगाढ प्रेमले भगवान् श्रीकृष्णको चिन्तन गर्दागर्दै अर्जुनको चित्तबृत्ति निर्मल शान्त भयो ।।२८।।

वासुदेवाङ्घ्र्यनुध्यान परिबृंहितरंहसा
भक्त्या निर्मथिताशेष कषायधिषणोऽर्जुनः २९

यसरी भगवान् श्रीकृष्णको चरण कमलको स्मरणको भक्तिको वेगले उनको हृदयलाई मथेर भित्र भएका सबै विकारलाई बाहिर निकालिदियो ।।२९।।

गीतं भगवता ज्ञानं त् तत् सङ्ग्राममूर्धनि
कालकर्मतमोरुद्धं पुनरध्यगमत् प्रभुः ३०

उनलार्ई युध्दको आरम्भमा भगवान्ले दिएको गीताको ज्ञानहरूको संझना भयो जुन समयको परिवर्तन तथा तमोगुुणको कमले गर्दा केहि समयका लागि विस्मृति भएको थियो ।।३०।।

विशोको ब्रह्मसम्पत्त्या सञ्छिन्नद्वैतसंशयः
लीनप्रकृतिनैर्गुण्याद् अलिङ्गत्वादसम्भवः ३१

ब्रम्हज्ञानको प्राप्तिले गर्दा सबै मायाको आवरण हटेर गयो स्थूल शरीरको अभिमान् हट्यो अनि जन्ममृत्युको शोकबाट मुक्तभए ।।३१।।

निशम्य भगवन्मार्गं संस्थां यदुकुलस्य
स्वःपथाय मतिं चक्रे निभृतात्मा युधिष्ठिरः ३२

भगवान्को स्वधाम सवारी यदुवंशीहरूको विनासको खवर सुनेर विरक्त भएका युधिष्ठिरले स्वर्गारोहण गर्ने विचार गरे ।।३२।।

(इन्द्रवज्रा)
पृथाप्यनुश्रुत्य धनञ्जयोदितं
        नाशं यदूनां भगवद्गतिं ताम्
एकान्तभक्त्या भगवत्यधोक्षजे
        निवेशितात्मोपरराम संसृतेः ३३

कुन्तीले पनि अर्जुनद्वारा यदुवंशहरूको नाश भगवान्को स्वधाम सवारीको कुरा सुनेर सदाको लागि मृत्युरूप संसारबाट शरीर त्यागिदिइन् ।।३३।।

(अनुष्टुप्)
ययाहरद् भुवो भारं तां तनुं विजहावजः
कण्टकं कण्टकेनेव द्वयं चापीशितुः समम् ३४

भगवान् श्रीकृष्ण ता आजन्मा हुनुहुन्थ्यो तापनि यादव शरीर लिएर भूभार हलुको गर्नु भयो त्यो पनि एउटा काडाले अर्को काडालाई झिकेर दुवै मिल्काए झैं गर्नुभयो भगवान्को दृष्टिमा यादव शरीर दुष्ट राजाहरूको शरीरमा भिन्नता थिएन ।।३४।।

यथा मत्स्यादिरूपाणि धत्ते जह्याद् यथा नटः
भूभारः क्षपितो येन जहौ तच्च कलेवरम् ३५

जसरी नाच्ने ब्यक्तिले अनेक भेष धारण गरेर नाचि सकेपछि त्यो रूपलाई त्यागिदिन्छ त्यसैगरी वहांले मत्स्यादि शरीर लिएर पृथ्वीको भार हरण गर्नु हुन्छ अनि त्यो रूपलाई त्यागिदिनु हुन्छ त्यसैगरी यादव शरीरले भूभार हर्नुभयो अनि त्यो शरीर छोडिदिनु भयो ।।३५।।

(इन्द्रवज्रा)
यदा मुकुन्दो भगवानिमां महीं
        जहौ स्वतन्वा श्रवणीयसत्कथः
तदाहरेवाप्रतिबुद्धचेतसां
        अधर्महेतुः कलिरन्ववर्तत ३६

जुनदिन अनेक लीलागर्ने भगवान्ले आफ्नो मानिस शरीरले पृथ्वी परित्याग गर्नुभयो त्यसैदिन देखि विद्वानहरूलाई फसाउने अधर्मरूप कलिले आफनो अधिकार जमायो ।।३६।।

युधिष्ठिरस्तत्परिसर्पणं बुधः
        पुरे राष्ट्रे गृहे तथाऽऽत्मनि
विभाव्य लोभानृतजिह्महिंसना
        द्यधर्मचक्रं गमनाय पर्यधात् ३७

युधिष्ठिरले राज्यमा कलिप्रवेश गरेको थाहा पाए प्रत्तेक देश सहर प्राणीहरूमा अधर्म, लोभ, असत्य हिंसा बढेको देखेर स्वर्ग जाने विचार गरे ।।३७।।

(अनुष्टुप्)
स्वराट् पौत्रं विनयिनं आत्मनः सुसमं गुणैः
तोयनीव्याः पतिं भूमेः अभ्यषिञ्चद् गजाह्वये ३८

उनले आफु समान गुण भएका नाति परीक्षितलाई समुद्रले घेरिएको हस्तिनामुरको सम्राट पदमा राज्याभिषेक गरे ।।३८।।

मथुरायां तथा वज्रं शूरसेनपतिं ततः
प्राजापत्यां निरूप्येष्टिं अग्नीनपिबदीश्वरः ३९

उनले मथुरामा शुरसेन देशका राजा अनिरुद्रका छोरा ब्रजलाई अभिषेक गरे त्यसरी नै सामथ्र्यवान युधिष्ठिरले प्रजापत्य यज्ञ गरेर आहवनीय आदि यज्ञलाई आफुमा लीन गराए अर्थात गृहाश्रम धर्म त्यागेर सन्यास ग्रहण गरे ।।३९।।

विसृज्य तत्र तत्सर्वं दुकूलवलयादिकम्
निर्ममो निरहङ्कारः सञ्छिन्नाशेषबन्धनः ४०

युधिष्ठिरले वस्त्र आभुषणहरू पनि छाडिदिए ममता अहकारलाई त्यागेर सबै वन्धनहरूलाई छिनालिदिए ।।४०।।

वाचं जुहाव मनसि तत्प्राण इतरे तम्
मृत्यावपानं सोत्सर्गं तं पञ्चत्वे ह्यजोहवीत् ४१

उनले दृढ भावनाले वाणिलाई मनमा, मनलाई, प्राणमा, प्राणलाई अपानमा अपानलाई उसको कर्मको साथै मृत्युमा तथा मृत्युलाई पञ्चभूतमय शरीरमा लीन गराए ।।४१।।

त्रित्वे हुत्वा पञ्चत्वं तच्चैकत्वेऽजुहोन्मुनिः
सर्वमात्मन्यजुहवीद् ब्रह्मण्यात्मानमव्यये ४२

यसप्रकार शरीरलाई मृत्यु हुने हो भन्ने सोचेर उसलाई तीनै गुणमा लगेर मिलाए, त्रीगुणलाई मूल प्रकृतिमा प्रकृतिलाई आत्मामा आत्मालाई अविनाशि ब्रम्हमा विलिन गराए ।। ४२।।

चीरवासा निराहारो बद्धवाङ् मुक्तमूर्धजः
दर्शयन् आत्मनो रूपं जडोन्मत्त पिशाचवत् ४३

यसपछि उनले शरीरमा गेरु वस्त्र धारण गरेर अन्नपात त्यागिदिए कपाल फुकाएर फिजाए उनको शरीर कुनै बौलाह अथवा पिशाचको जस्तो रूपमा देखिए ।।३३।।

अनवेक्षमाणो निरगाद् अशृण्वन् बधिरो यथा
उदीचीं प्रविवेशाशां गतपूर्वां महात्मभिः
हृदि ब्रह्म परं ध्यायन् आवर्तेत यतो गतः ४४

कसैले देख्दा बैरो जस्तो भएर कसैको कुरा नसुनीकन घरबाट निस्के हृदयमा परब्रम्हको ध्यान गर्दै उत्तरतिरको बाटो लागे, जहा पहिला पहिला ठुला ठुला महात्माहरू गएका थिए ।।४४।।

सर्वे तमनुनिर्जग्मुः भ्रातरः कृतनिश्चयाः
कलिना अधर्ममित्रेण दृष्ट्वा स्पृष्टाः प्रजा भुवि ४५

भीमसेन, अर्जुन अरु भाईहरूले पनि पृथ्वीमा अधर्मको सहायक कलियुगको प्रभाव देखेर, श्रीकृष्णचरण प्राप्ति गर्ने संकल्प सहित दाजुको पछाडि लागे ।।४५।।

ते साधुकृतसर्वार्था ज्ञात्वा आत्यन्तिकमात्मनः
मनसा धारयामासुः वैकुण्ठ चरणाम्बुजम् ४६

उनीहरूले जीवनमा आउने सबै किसिमको लाभ प्राप्त गरीसकेका थिए त्यसैले अव भगवान् श्रीकृष्णचरणकमल प्राप्त गर्नु नै हाम्रो लक्ष हो भन्ने निश्चय गरेर वहांलाई हृदयमा राखि शरणमा परे ।।४६।।

तद्ध्यानोद्रिक्तया भक्त्या विशुद्धधिषणाः परे
तस्मिन् नारायणपदे एकान्तमतयो गतिम् ४७

भगवान्को चरणकमलको ध्यानले पाण्डवको हृदयमा एक किसिमको उमंग आयो उनीहरूको बुध्दि निर्मल भयो भगवान् श्रीकृष्णको उत्तम स्वरूपमा स्थित भएर रहे

अवापुः दुरवापां ते असद्भिर्विषयात्मभिः
विधूतकल्मषा स्थानं विरजेनात्मनैव हि ४८

जसमा कुनैपनि पाप नभएका ब्यक्तिहरू स्थिर हुन्छन् अन्तमा उनीहरूले चित्त एकाग्र गरेर भगवान्को भक्तिमा मन लगाएर उत्तम गति प्राप्त गरे ।४७।४८।

विदुरोऽपि परित्यज्य प्रभासे देहमात्मनः
कृष्णावेशेन तच्चित्तः पितृभिः स्वक्षयं ययौ ४९

यता प्रेमपुर्ण भावले भगवान्मा मन लगाएका संयमी विदुरजीले पनि आफ्नो शरीलाई प्रभासमा पुगेर त्यागिदिए अनि आफुलाई लिन आएका पितृहरू संग आफ्नो लोक यमलोक तिर लागे ।।४९।।

द्रौपदी तदाज्ञाय पतीनां अनपेक्षताम्
वासुदेवे भगवति ह्येकान्तमतिराप तम् ५०

द्रौपदीले आफ्ना पतिहरूले आफुलाई वास्ता नगरीकन गएकोले उनले अनन्यभावले श्रीकृष्ण भगवान्को चिन्तन गर्दै वहांमा नै लीन भइन् ।।५०।।

(इन्द्रवज्रा)
यः श्रद्धयैतद्भगवत्प्रियाणां
        पाण्डोः सुतानामिति सम्प्रयाणम्
 श्रृणोत्यलं स्वस्त्ययनं पवित्रं
        लब्ध्वा हरौ भक्तिमुपैति सिद्धिम् ५१

भगवान्का प्याराभक्त पाण्डवहरूको पहाप्रस्थानको पवित्र कथा जसले श्रध्दापूर्वक सुन्दछ उसले भगवान्को भक्ति गरेर मोक्ष प्राप्त गर्दछ ।।५१।।

इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
प्रथमस्कन्धे पाण्डवस्वर्गारोहणं नाम पञ्चदशोऽध्यायः १५