#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

अष्टमः स्कन्धः - तृतीयोऽध्यायः

श्रीमद्भागवत महापुराण
अष्टमः स्कन्धः - तृतीयोऽध्यायः


श्रीबादरायणिरुवाच - 
(अनुष्टुप्) 
एवं व्यवसितो बुद्ध्या समाधाय मनो हृदि । 
जजाप परमं जाप्यं प्राग्जन्मनि अनुशिक्षितम् ॥ १ ॥ 

शुकदेवजी भन्नुहुन्छ–
परीक्षित ! आफ्नो बुद्धिले यस्तो निश्चय गरेर त्यो गजराजले मनलाई हृदयमा एकाग्र गरेर, पूर्व जन्ममा सिकेको श्रेष्ठ स्तोत्रको जप गरेर भगवान्को स्तुति गर्न लाग्यो ।।१।।

श्रीगजेन्द्र उवाच - 
ॐ नमो भगवते तस्मै यत एतद् चिदात्मकम् । 
पुरुषाय आदिबीजाय परेशायाभिधीमहि ॥ २ ॥ 

गजेन्द्रले भन्यो–
जो सम्पुर्ण जगतको मूल कारण हुनुहुन्छ, सबका एकमात्र स्वामी र सबैका हृदयमा विराजमान हुनुहुन्छ । जसबाट शरीरमा चेतनाका विस्तार हुन्छ, उनै परमेश्वर भगवान्लाई नमस्कार गरेर प्रेमपूर्वक म वहाँको ध्यान गर्दछु ।।२।।

यस्मिन्निदं यतश्चेदं येनेदं य इदं स्वयम् । 
योऽस्मात् परस्माच्च परः तंस्तं प्रपद्ये स्वयम्भुवम् ॥ ३ ॥ 

यो जगत वहाँमा नै स्थित छ, वहाँ कै सत्ताले यो प्रकट हुन्छ र  स्वयं यसैमा व्याप्त हुनुहुन्छ  र स्वयं नै यस जगतमा प्रकट हुनुहुन्छ । यसो हुँदा वहाँ यसको प्रकृतिको कारणबाट पर हुनुहुन्छ । म उनै स्वयंप्रकाश, स्वयंसिद्ध भगवानको शरण पर्दछु ।।३।।

(इंद्रवज्रा)
यः स्वात्मनीदं निजमाययार्पितं 
     क्वचिद्विभातं क्व च तत्तिरोहितम् । 
अविद्धदृक् साक्ष्युभयं तदीक्षते 
     स आत्ममूलोऽवतु मां परात्परः ॥ ४ ॥ 

यो विश्व प्रपन्च वहाँकै मायाले वहाँमा नै स्थापित छ । यो कहिले प्रकट हुन्छ भने कहिले हुदैन । तर दृष्टि एकैनासको रहन्छ । वहाँ यसको साक्षी हुनुहुन्छ वहाँ सबैको मूल र आफ्नो मूल पनि कारण हुनुहुन्छ । वहाँको कारण अरु कोहि छैन । वहाँ सबै कार्य कारणले पर रहने प्रभुले मेरो रक्षा गरुन ।।४।।

कालेन पञ्चत्वमितेषु कृत्स्नशो 
         लोकेषु पालेषु च सर्वहेतुषु । 
तमस्तदासीद् गहनं गभीरं 
         यस्तस्य पारेऽभिविराजते विभुः ॥ ५ ॥ 

प्रलयको समय लोक र लोकपाल यी सबैका कारण सम्पूर्ण रुपले नष्ट भएर जान्छ । त्यस समय केवल अत्यन्त घोर अन्धकार नै अन्धकार हुनेछ तर अनन्त परमात्मा त्यस अन्धकार बाट पर विराजमान हुनुहुन्छ । वहाँ प्रभुले नै मेरो रक्षा गर्नुहोस ।।५।।

न यस्य देवा ऋषयः पदं विदुः 
         जन्तुः पुनः कोऽर्हति गन्तुमीरितुम् । 
यथा नटस्याकृतिभिर्विचेष्टतो 
         दुरत्ययानुक्रमणः स मावतु ॥ ६ ॥ 

नटुवालेझैं अनेक रुप धारण गर्ने वहाँको वास्तविक स्वरुपको बारेमा ता न देवता जान्दछन न ऋषिहरु नै जान्दछन, भने वहाँको वर्णन गर्न सक्ने अरु कु्न प्राणी छ र ? वहाँ प्रभुले नै मेरो रक्षा गर्नुहोस ।।६।।

दिदृक्षवो यस्य पदं सुमंगलं 
         विमुक्तसंगा मुनयः सुसाधवः । 
चरन्त्यलोकव्रतमव्रणं वने 
         भूतात्मभूताः सुहृदः स मे गतिः ॥ ७ ॥ 

संसारको सबै आशक्तिहरुलाई त्यागेर वनमा गएर अखण्डभावले ब्रह्मचारी आदि  अलौकिक व्रतको पालन गरेर जसको परम मंगलमय स्वरुपको दर्शन गर्नाका लागि महात्माहरु रहन्छन तथा आफ्नो आत्मा सबैको हृदयमा विराजमान देखेर स्वाभाविक नै सबैको भलाई गर्दछन, उनै मुनिहरुका सर्वस्व भगवान् मेरा आपत्तिका सहायक हुन ।।७।।

न विद्यते यस्य च जन्म कर्म वा 
         न नामरूपे गुणदोष एव वा । 
तथापि लोकाप्ययसम्भवाय यः 
         स्वमायया तान्यनुकालमृच्छति ॥ ८ ॥ 

वहाँको न जन्म–कर्म हुन्छ नाम र रुप नै छ  भने गुण र दोष कसरी हुन सक्छ र ? फेरी पनि विश्वको सृष्टि, स्थिति र संहार गर्नाका लागि समय समयमा वहाँ आफ्नो मायालाई स्वीकार गर्नुहुन्छ ।।८।।

 (अनुष्टुप्) 
तस्मै नमः परेशाय ब्रह्मणेऽनन्तशक्तये । 
अरूपायोरुरूपाय नम आश्चर्यकर्मणे ॥ ९ ॥ 

उनै अनन्त शक्तिमान परब्रह्म परमेश्वरलाई म नमस्कार गर्दछु । वहाँ अरुप भएर पनि अनेक रुप लिनु हुन्छ । म यस्ता आश्चर्यमय काम गर्ने भएका भगवान्को चरणमा नमस्कार गर्दछु ।।९।

नम आत्मप्रदीपाय साक्षिणे परमात्मने । 
नमो गिरां विदूराय मनसश्चेतसामपि ॥ १० ॥ 

स्वयंप्रकाश हुनुहुन्छ सबका साक्षी हुनुहुन्छ । मन, वाणी र चित्तबाट टाढा हुनुहन्छ, यस्ता वहाँ परमात्मालाई म नमस्कार गर्दछु ।।१०।।

सत्त्वेन प्रतिलभ्याय नैष्कर्म्येण विपश्चिता । 
नमः कैवल्यनाथाय निर्वाणसुखसंविदे ॥ ११ ॥ 

कर्म सन्यास अथवा कर्म समर्पणद्वारा आफ्नो अन्तःकरणलाई शुद्ध गरेर विवेकी पुरुषले जसलाई प्राप्त गर्दछन तथा जो स्वयं नित्यमुक्त एवं ज्ञानस्वरुप हुनुहुन्छ । अरुलाई कैवल्य मुक्ति दिने सामर्थ्य हुनुहुन्छ, उनै प्रभुलाई म नमस्कार गर्दछु ।।११।।

नमः शान्ताय घोराय मूढाय गुणधर्मिणे । 
निर्विशेषाय साम्याय नमो ज्ञानघनाय च ॥ १२ ॥ 

जसले सत्व, रज र तम यी तीन गुणलाई स्वीकार गरेर क्रमशः शान्त, घोर र मुढ अवस्था धारण गर्नुहुन्छ त्यस्ता भेदरहित भएर समभावले रहनु हुने ज्ञानघन परमात्मालाई म नमस्कार गर्दछु ।।१२।।

क्षेत्रज्ञाय नमस्तुभ्यं सर्वाध्यक्षाय साक्षिणे । 
पुरुषायात्ममूलाय मूलप्रकृतये नमः ॥ १३ ॥ 

तपाई सबैका स्वामी, सबै क्षेत्रका एकमात्र ज्ञाता र सर्वसाक्षी हुनुहुन्छ । तपाई स्वयम नै आफ्नो कारण हुनुहुन्छ । पुरुष र मूल प्रकृतिको रुपमा पनि तपाई आफैं हुनुहुन्छ म तपाईलाई वारम्वार नमस्कार गर्दछु ।।१३।।

सर्वेन्द्रियगुणद्रष्ट्रे सर्वप्रत्ययहेतवे । 
असताच्छाययोक्ताय सदाभासाय ते नमः ॥ १४ ॥ 

तपाई सबै इन्द्रिय र उसको विषयलाई देख्न हुन्छ र समस्त प्रतीतिहरुको आधार हुनुहुन्छ अहंकार आदि छायारुप असत् वस्तुद्वारा तपाइको अस्तित्व प्रकट हुन्छ । सब वस्तुहरुको सत्ताको रुपमा केवल तपाई नै देखिनु हुन्छ । म तपाईलाई नमस्कार गर्दछु ।।१४।। 

(इंद्रवज्रा)
नमो नमस्तेऽखिलकारणाय 
     निष्कारणायाद्भुदतकारणाय । 
सर्वागमाम्नायमहार्णवाय 
     नमोऽपवर्गाय परायणाय ॥ १५ ॥ 

तपाई सबैको मूल कारण हुनुहुन्छ । तपाईको कारण अरु कुनै छैनन् तथा कारण भएर पनि तपाईमा विकार अथवा परिणाम हुदैन । जसरी नदीहरुको आफ्नो आश्रय समुद्र हो त्यसरी नै तपाई सबै वेद र शास्त्रका आधार हुनुहुन्छ । तपाई मोक्ष स्वरुप हुनुहुन्छ र सन्तहरुको आश्रय पनि तपाई नै हो । त्यसैले म तपाईलाई नमस्कार गर्दछु ।।१५।।

गुणारणिच्छन्नचिदुष्मपाय 
         तत्क्षोभविस्फूर्जितमानसाय । 
नैष्कर्म्यभावेन विवर्जितागम 
         स्वयंप्रकाशाय नमस्करोमि ॥ १६ ॥ 

यज्ञको काठको अरणीमा जसरी आगो गुप्त रहन्छ त्यसरी नै तपाई आफ्नो ज्ञानलाई गुणरुप मायाले ढाकेर राख्नु भएको छ । गुणमा क्षोभ हुनाले बिभिन्न प्रकारको सृष्टि रचनाको गर्नुहुन्छ । जसले कर्म सन्यास अथवा कर्म समर्पणद्वारा आत्मतत्वको भावना शास्त्रादि भन्दा माथि उठ्दछन, उनीहरुको आत्मामा तपाई स्वयं प्रकाशित हुनुहुन्छ । तपाईलाई म नमस्कार गर्दछु ।।१६।।


मादृक् प्रपन्नपशुपाश विमोक्षणाय 
         मुक्ताय भूरिकरुणाय नमोऽलयाय । 
स्वांशेन सर्वतनुभृन् मनसि प्रतीत 
         प्रत्यग्दृशे भगवते बृहते नमस्ते ॥ १७ ॥ 

फन्दामा परेको पशुको बन्धनलाई कुनै दयालु पुरुषले जसरी काटिदिन्छ त्यसरी नै तपाईले म जस्तो शरणागतको बन्धनलाई काटिदिनु हुन्छ । तपाई नित्यमुक्त हुनुहुन्छ, परम कल्याणमय हुनुहुन्छ । भक्तको कल्याण गर्नामा तपाई कहिले पनि आलस्य गर्नुहुन्न । सबै प्राणीहरुको हृदयमा तपाई अंश द्वारा अन्तरात्माको रुपमा रहिरहनुु हुन्छ । तपाई सर्वैश्वर्यपूर्ण एवं अनन्त हुनुहुन्छ । म तपाईको चरणमा नमस्कार गर्दछु ।।१७।।

 (वसंततिलका)
आत्मात्मजाप्तगृहवित्तजनेषु सक्तैः 
        दुष्प्रापणाय गुणसंगविवर्जिताय । 
मुक्तात्मभिः स्वहृदये परिभाविताय 
         ज्ञानात्मने भगवते नम ईश्वराय ॥ १८ ॥ 

जसले शरीर, पुत्र, घर, सम्पत्ति र स्वजनमा आसक्त हुनेर्ले तपाईलाई पाउन अति नै कठिन पर्दछ । किनकि तपाई स्वयं गुणको आशक्तिबाट रहित हुनुहुन्छ । जीवनमुक्त पुरुष आफ्नो हृदयमा निरन्तर तपाईको चिन्तन गरिरहन्छ । यस्ता सर्वैश्वर्य ज्ञानपुरुष भगवान्लाई म नमस्कार गर्दछु ।।१८।।

 (इंद्रवज्रा) 
यं धर्मकामार्थविमुक्तिकामा 
         भजन्त इष्टां गतिमाप्नुवन्ति । 
किं चाशिषो रात्यपि देहमव्ययं 
         करोतु मेऽदभ्रदयो विमोक्षणम् ॥ १९ ॥ 

धर्म, अर्थ, काम र मोक्षको कामनाले मानिसले तपाईको भजन गरेर आफ्ले इच्छा गरेको वस्तु प्राप्त गर्दछ्, यति मात्र नभएर तपाई उसलाई सबै प्रकारको सुख दिनुहुन्छ र आफैं जस्तो अविनाशि शरीर पनि दिनुहुन्छ । यस्ता परम दयालु भगवन्ले मेरो उद्धार गर्नहोस ।।१९।।

एकान्तिनो यस्य न कञ्चनार्थं 
         वाञ्छन्ति ये वै भगवत्प्रपन्नाः । 
अत्यद्भु तं तच्चरितं सुमंगलं 
         गायन्त आनन्दसमुद्रमग्नाः ॥ २० ॥ 

तपाईका अनन्य प्रेमी भक्तहरु तपाईकै शरणमा रहेर पनि तपाईबाट कुनै पनि वस्तुको अभिलाषा राख्दैनन्, मोक्षको पनि इच्छा राख्दैनन् । केवल तपाईको परम दिव्य मंङ्गगलमय लीलाहरुको गान गरेर आनन्दको समुद्रमा मग्न हुन्छन ।।२०।।

तमक्षरं ब्रह्म परं परेशं 
         अव्यक्तमाध्यात्मिकयोग गम्यम् । 
अतीन्द्रियं सूक्ष्ममिवातिदूरं 
         अनन्तमाद्यं परिपूर्णमीडे ॥ २१ ॥
 
जो अविनाशी, सर्वशक्तिमान, अव्यक्त, इन्द्रियहरुबाट टाढा र सूक्ष्म छ, जो अत्यन्त नजिक भएर पनि धेरै टाढा भए जस्तो जो आध्यात्मिकयोग, ज्ञानयोग तथा भक्तियोगद्वारा प्राप्त हुन्छ, उनै आदिपुरुष अनन्त एवं परिपूर्ण परब्रह्म परमात्माको म स्तुति गर्दछु ।।२१।।

(अनुष्टुप्) 
यस्य ब्रह्मादयो देवा वेदा लोकाश्चराचराः । 
नामरूपविभेदेन फल्ग्व्या च कलया कृताः ॥ २२ ॥ 

तपाईले अत्यन्त छोटो समय मै  नामरुपले ब्रह्मादि देवता, वेद र चराचर जगतको सृष्टि गर्नु भयो ।।२२।।

 (इंद्रवज्रा)
यथार्चिषोऽग्नेः सवितुर्गभस्तयो 
         निर्यान्ति संयान्त्यसकृत्स्वरोचिषः । 
तथा यतोऽयं गुणसम्प्रवाहो 
         बुद्धिर्मनः खानि शरीरसर्गाः ॥ २३ ॥ 

अग्निबाट ज्वाला र सूर्यको किरणबाट पटक पटक किरण (तेज) निक्लिएर फेरी फेरी उसैमा विलिन हुन्छ त्यसरी नै तपाई स्वयंप्रकाश परमात्माले बुद्धि, मन, इन्द्रिय र शरीरबाट गरिएको गुणको प्रवाहले पटक पटक प्रकट हुन्छन र फेरी तपाईमा नै लीन हुन्छन ।।२३।। 

स वै न देवासुरमर्त्यतिर्यङ् 
         न स्त्री न षण्ढो न पुमान्न जन्तुः । 
नायं गुणः कर्म न सन्न चासन् 
         निषेधशेषो जयतादशेषः ॥ २४ ॥ 

भगवान् न देवता, असुर, मानिस र पशुपक्षी हुन, न स्त्री, न नपुषक । वहाँ कुनै साधारण वा असाधारण प्राणी पनि होइन । वहाँ न गुण, न कर्म न कार्य न कारण नै हो । सबैको निषेध गरेर जे बाँकी रहन्छ त्यहि नै वहाँको स्वरुप हो । उनै परमात्मा मेरो उद्धारका लागि प्रकट होउन ।।२४।।

जिजीविषे नाहमिहामुया किम् 
         अन्तर्बहिश्चावृतयेभयोन्या । 
इच्छामि कालेन न यस्य विप्लवः 
         तस्यात्मलोकावरणस्य मोक्षम् ॥ २५ ॥ 

यो हात्तिको योनि बाहिर भित्र सबैतिर अज्ञानरुप अन्धकारले ढाकिएको हुन्छ । यसलाई राखेर  के नै हुन्छ र ? म बँच्न पनि चहान्न । म त आत्मप्रकाशलाई छेक्ने त्यस अज्ञानरुप आवरण बाट छुट्टिन चाहान्छु । जुन कालक्रमले आफैं नै छुट्दैन, केवल भगवत्कृपा अथवा ज्ञान द्वारा नै नष्ट हुन्छ ।।२५।।

(अनुष्टुप्) 
सोऽहं विश्वसृजं विश्वं अविश्वं विश्ववेदसम् । 
विश्वात्मानमजं ब्रह्म प्रणतोऽस्मि परं पदम् ॥ २६ ॥ 

जो विश्वरहित भएर पनि विश्वको रचयिता र विश्वरुप हुनुहुन्छ साथै जो विश्वको अन्तरात्माको रुपले विश्वरुप सामाग्रीले क्रीडा पनि गर्नु हुन्छ, त्यसैले म उनै परब्रह्म परमात्माको शरणमा छु ।।२६।।

योगरन्धितकर्माणो हृदि योगविभाविते । 
योगिनो यं प्रपश्यन्ति योगेशं तं नतोऽस्म्यहम् ॥ २७ ॥ 

योगीहरु योगद्वारा कर्म कर्मवासना र कर्मफललाई भष्म गरेर आफ्नो योगसुद्ध हृदयमा जुन योगेश्वर भगवान्को साक्षात्कार गर्दछन् वहाँ प्रभुलाई म नमस्कार गर्दछु ।।२७।।

 (इंद्रवज्रा)
नमो नमस्तुभ्यमसह्यवेग 
         शक्तित्रयायाखिलधीगुणाय । 
प्रपन्नपालाय दुरन्तशक्तये 
         कदिन्द्रियाणां अनवाप्यवर्त्मने ॥ २८ ॥ 

प्रभो ! तपाईको तीन शक्तिहरु सत्व, रज र तमको रागादि वेग असह्य छ  सबै इन्द्रिय र मनकोे रुपमा पनि तपाई नै प्रकट हुनुहुन्छ । त्यसैले जसको इन्द्रिय आफ्नो वशमा हुदैन उसले तपाईलाई पाउने मार्गका पनि पत्ता पाउन सक्तैन । तपाईको शक्ति अनन्त छ । तपाई शरणागत वत्सल हुनुहुन्छ । तपाईलाई म बारम्बार नमस्कार गर्दछु ।।२८।।

(अनुष्टुप्) 
नायं वेद स्वमात्मानं यच्छक्त्याहंधिया हतम् । 
तं दुरत्ययमाहात्म्यं भगवन्तं इतोऽस्म्यहम् ॥ २९ ॥
 
तपाईको मायाको अहंबुद्धिले आत्माको स्वरुप ढाकिएको हुन्छ जसले गर्दा जीव आफ्नो स्वरुपको जान्दैन । तपाईको महिमा अपार छ । म तपाईको शरण पर्दछु ।।२९।।

(वसंततिलका) 
श्रीशुक उवाच - 
एवं गजेन्द्रमुपवर्णितनिर्विशेषं 
     ब्रह्मादयो विविधलिंगभिदाभिमानाः । 
नैते यदोपससृपुर्निखिलात्मकत्वात् 
     तत्राखिलामरमयो हरिराविरासीत् ॥ ३० ॥ 

शुकदेवजीले भन्नुभयो–
परीक्षित ! गजेन्द्रले निर्विशेषरुपले भेदभाव रहित भएर भगवान्को स्तुति गरेका हुनाले नामरुप ब्रह्मादि देवताहरु उसको रक्षा गर्नका लागि आएनन् । स्वयं सर्वात्मा हुनुभएका  कारण सर्वदेव स्वरुप भगावन् श्रीहरि नै उसको रक्षाका लागि स्वयं प्रकट हुनुभयो ।।३०।।

तं तद्वदार्तमुपलभ्य जगन्निवासः 
     स्तोत्रं निशम्य दिविजैः सह संस्तुवद्भिः । 
छन्दोमयेन गरुडेन समुह्यमानः 
     चक्रायुधोऽभ्यगमदाशु यतो गजेन्द्रः ॥ ३१ ॥ 

विश्वको एकमात्र अधार भगवान्ले त्यो गजेन्द्र अत्यन्त पीडित भएको देख्नुभयो । त्यसैले उसको स्तुति सुनेर वेदमय गरुडमा सवार भएर चक्रधारी हातमा लिनु भएका भगवान् छिट्टै नैे संकटमा परेको गजेन्द्र भएको ठाँउमा आउनु भयो । वहाका साथ स्तुति गर्दै देवताहरु पनि आए ।।३१।।

सोऽन्तःसरस्युरुबलेन गृहीत आर्तो 
         दृष्ट्वा गरुत्मति हरिं ख उपात्तचक्रम् । 
उत्क्षिप्य साम्बुजकरं गिरमाह कृच्छ्रात् 
         नारायणाखिलगुरो भगवन्नमस्ते ॥ ३२ ॥ 

त्यतिबेला  बलवान ग्राहले पक्रिएको गजेन्द्र अत्यन्त व्याकुल भइरहेको थियो । उसले आकासबाट गरुडमा सवार भएर हातमा चक्र लिएर भगवान् श्रीहरि आउन लाग्नु भएको देख्यो अनि आफ्नो सुडले अत्यन्त सुन्दर कमलको फूल उठाएर अति कष्टका साथ बोल्न लाग्यो । नारायण ! जगद्गुरो ! भगवन् ! तपाईलाई नमस्कार छ ।।३२।।

तं वीक्ष्य पीडितमजः सहसावतीर्य 
         सग्राहमाशु सरसः कृपयोज्जहार । 
ग्राहाद्विपाटितमुखादरिणा गजेन्द्रं 
         संपश्यतां हरिरमूमुचदुस्त्रियाणाम् ॥ ३३ ॥ 

भगवान्ले गजेन्द्र अत्यन्त पीडीत भएको देख्नु भयो त्यसपछि वहाँ गरुडलाई छोडेर कुदेर गजेन्द्रको साथै ग्राहलाई पनि जलबाट बाहिर तानेर ल्याउनु भयो । त्यसपछि सबैका अगाडि भगवान्ले आफ्नो चक्रले ग्राहको मुख च्यातेर गजेन्द्रलाई छुटाउनु भयो ।।३३।।

इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां 
अष्टमस्कन्धे गजेन्द्रमोक्षणे तृतीयोऽध्यायः ॥ ३ ॥