शुक
उवाच–
(अनुष्टुप्)
अथ
विज्ञाय भगवान् सर्वात्मा सर्वदर्शनः ।
सैरन्ध्र्याः
कामतप्तायाः प्रियमिच्छन् गृहं ययौ ॥ १ ॥
नेपाली
भावानुवादः हे राजन् ! सबैका अन्तर्यामी र सर्वद्रष्टा भगवान् श्रीकृष्णले कामवासनाले
तप्त भएकी कुब्जाको प्रिय गर्ने इच्छा राखेर उनको घरतर्फ प्रस्थान गर्नुभयो ।। १
।।
महार्होपस्करैराढ्यं
कामोपायोपबृंहितम् ।
मुक्तादामपताकाभिर्वितानशयनासनैः
।
धूपैः
सुरभिभिर्दीपैः स्रग्गन्धैरपि मण्डितम् ॥ २ ॥
नेपाली
भावानुवादः कुब्जाको घर कामवासना जागृत गराउने बहुमूल्य वस्तुहरूले सुसज्जित थियो।
त्यहाँ मोतीका मालाहरू, ध्वजा-पताकाहरू,
वितान (चन्द्रवा), शय्या र आसनहरू शोभायमान
थिए। साथै, सुगन्धित धूप, दीप, पुष्पमाला र चन्दनले घर सुवासित भइरहेको थियो ।। २ ।।
(मिश्र)
गृहं
तमायान्तमवेक्ष्य साऽऽसनात्
सद्यः
समुत्थाय हि जातसम्भ्रमा ।
यथोपसङ्गम्य
सखीभिरच्युतं
सभाजयामास
सदासनादिभिः ॥ ३ ॥
नेपाली
भावानुवादः अच्युत भगवान् आफ्नो घरमा पाल्नुभएको देख्दा कुब्जा हत्तपत्त आदरपूर्वक
आसनबाट उठिन् र आफ्ना सखीहरूसहित अगाडि बढेर भगवान्को स्वागत गरिन्। उनले
प्रभुलाई उत्तम आसनमा विराजमान गराई विधिपूर्वक पूजा गरिन् ।। ३ ।।
तथोद्धवः
साधुतयाभिपूजितो
न्यषीददुर्व्यामभिमृश्य
चासनम् ।
कृष्णोऽपि
तूर्णं शयनं महाधनं
विवेश
लोकाचरितान्यनुव्रतः ॥ ४ ॥
नेपाली
भावानुवादः त्यसै गरी भगवान्का परम भक्त उद्धवको पनि उनले आदरपूर्वक पूजा गरिन्; तर उद्धवजीले अर्पित आसनलाई हातले स्पर्श
मात्र गरी भुइँमै बस्नुभयो। यता श्रीकृष्ण भने लोकाचारको मर्यादा पालना गर्दै
तुरुन्तै बहुमूल्य शय्यामा विराजमान हुनुभयो ।। ४ ।।
सा
मज्जनालेपदुकूलभूषण–
स्रग्गन्धताम्बूलसुधासवादिभिः
।
प्रसाधितात्मोपससार
माधवं
सव्रीडलीलोत्स्मितविभ्रमेक्षितैः
॥ ५ ॥
नेपाली
भावानुवादः त्यसपछि स्नान, अनुलेपन, रेशमी वस्त्र, आभूषण, माला र
ताम्बुल आदिले सजिएकी कुब्जा लज्जा, मुस्कान र कटाक्षपूर्ण
दृष्टिले हेर्दै माधवको समीपमा आइन् ।। ५ ।।
आहूय
कान्तां नवसङ्गमह्रिया
विशङ्कितां
कङ्कणभूषिते करे ।
प्रगृह्य
शय्यामधिवेश्य रामया
रेमेऽनुलेपार्पणपुण्यलेशया
॥ ६ ॥
नेपाली
भावानुवादः नयाँ मिलनको लज्जाले संकोच मानिरहेकी ती सुन्दरीलाई भगवान्ले नजिक
बोलाउनुभयो। कङ्कणले सुशोभित उनका हात समातेर शय्यामा बसाउनुभयो र उनीसँग क्रीडा
गर्न लाग्नुभयो। पूर्वकालमा भगवान्लाई केवल अलिकति चन्दन अर्पण गरेको सानो
पुण्यको फलस्वरुप उनले साक्षात् ईश्वरको सामीप्य प्राप्त गरिन् ।। ६ ।।
(वसन्तिलका)
सानङ्गतप्तकुचयोरुरसस्तथाक्ष्णो–
र्जिघ्रन्त्यनन्तचरणेन
रुजो मृजन्ती ।
दोर्भ्यां
स्तनान्तरगतं परिरभ्य कान्त–
मानन्दमूर्तिमजहादतिदीर्घतापम्
॥ ७ ॥
नेपाली
भावानुवादः कामले व्याकुल भएकी ती त्रिवक्राले भगवान्का अनन्त चरणलाई आफ्नो
वक्षस्थल र नेत्रमा राखेर स्पर्श गर्दै हृदयको डाह शान्त पारिन्। उनले आनन्दमूर्ति
प्राणनाथलाई दुवै हातले गाढा आलिङ्गन गर्दै आफ्नो लामो समयदेखिको विरहताप अन्त्य
गरिन् ।। ७ ।।
(अनुष्टुप्)
सैवं
कैवल्यनाथं तं प्राप्य दुष्प्राप्यमीश्वरम् ।
अङ्गरागार्पणेनाहो
दुर्भगेदमयाचत ॥ ८ ॥
नेपाली
भावानुवादः केवल अलिकति अङ्गराग (चन्दन) अर्पण गरेकै भरमा दुर्लभ कैवल्यनाथ
ईश्वरलाई प्राप्त गरेर पनि ती अभागी कुब्जाले यस्तो मागिन् ।। ८ ।।
आहोष्यतामिह
प्रेष्ठ दिनानि कतिचिन्मया ।
रमस्व
नोत्सहे त्यक्तुं सङ्गं तेऽम्बुरुहेक्षण ॥ ९ ॥
नेपाली
भावानुवादः "हे कमललोचन प्रियतम! केही दिन मेरो घरमा बसेर मलाई सुख दिनुहोस्।
म हजुरको साथ छोड्न सक्दिनँ" ।। ९ ।।
तस्यै
कामवरं दत्त्वा मानयित्वा च मानदः ।
सहोद्धवेन
सर्वेशः स्वधामागमदर्चितम् ॥ १० ॥
नेपाली
भावानुवादः सबैलाई मान दिने सर्वेश्वर भगवान्ले उनको मनोकामना पूरा गरिदिनुभयो र
उचित सम्मान दिएपछि उद्ववका साथमा आफ्नो दरबार फर्किनुभयो ।। १० ।।
दुराराध्यं
समाराध्य विष्णुं सर्वेश्वरेश्वरम् ।
यो
वृणीते मनोग्राह्यमसत्त्वात् कुमनीष्यसौ ॥ ११ ॥
नेपाली
भावानुवादः अत्यन्त कठिनताले मात्र प्रसन्न हुने सर्वेश्वर भगवान् विष्णुलाई
प्राप्त गरेर पनि जसले केवल इन्द्रियका भोगहरू मात्र माग्दछ, त्यस्तो व्यक्तिलाई मन्दबुद्धि नै मान्नुपर्दछ
।। ११ ।।
अक्रूरभवनं
कृष्णः सहरामोद्धवः प्रभुः ।
किञ्चिच्चिकीर्षयन्
प्रागादक्रूरप्रियकाम्यया ॥ १२ ॥
नेपाली
भावानुवादः त्यसपछि प्रभु श्रीकृष्ण बलराम र उद्धवका साथमा अक्रूरजीको प्रिय गर्ने
र उनलाई कुनै विशेष कार्य सुम्पने उद्देश्यले उनको निवासमा पाल्नुभयो ।। १२ ।।
स
तान् नरवरश्रेष्ठानाराद् वीक्ष्य स्वबान्धवान् ।
प्रत्युत्थाय
प्रमुदितः परिष्वज्याभिनन्दत ॥ १३ ॥
नेपाली
भावानुवादः नरवीरहरूमा श्रेष्ठ आफ्ना बान्धवहरूलाई टाढैबाट आइरहेको देखेर अक्रूरजी
हर्षित हुँदै उठ्नुभयो र अँगालो हालेर उहाँहरूको स्वागत गर्नुभयो ।। १३ ।।
ननाम
कृष्णं रामं च स तैरप्यभिवादितः ।
पूजयामास
विधिवत् कृतासनपरिग्रहान् ॥ १४ ॥
नेपाली
भावानुवादः अक्रूरले कृष्ण र बलरामलाई प्रणाम गरे र उहाँहरूले पनि अक्रूरलाई
अभिवादन गर्नुभयो। सबै जना आ-आफ्नो आसनमा विराजमान भएपछि अक्रूरले उहाँहरूको
विधिपूर्वक पूजा गर्नुभयो ।। १४ ।।
पादावनेजनीरापो
धारयञ्छिरसा नृप ।
अर्हणेनाम्बरैर्दिव्यैर्गन्धस्रग्भूषणोत्तमैः
॥ १५ ॥
अर्चित्वा
शिरसानम्य पादावङ्कगतौ मृजन् ।
प्रश्रयावनतोऽक्रूरः
कृष्णरामावभाषत ॥ १६ ॥
नेपाली
भावानुवादः हे राजन् ! अक्रूरले भगवान्का पाउ धोएको पवित्र जल शिरमा धारण गरे।
त्यसपछि दिव्य वस्त्र, सुगन्ध, माला र श्रेष्ठ आभूषणहरूद्वारा पूजा गरी शिर निहुराएर प्रणाम गरे। उनले
कृष्ण-बलरामका पाउ काखमा राखेर मिच्दै अत्यन्त नम्रताका साथ विन्ती गरे ।। १५-१६
।।
दिष्ट्या
पापो हतः कंसः सानुगो वामिदं कुलम् ।
भवद्भ्या
मुद्धृतं कृच्छ्राद् दुरन्ताच्च समेधितम् ॥ १७ ॥
नेपाली भावानुवादः
अक्रूरले भने— "हे प्रभु!
सौभाग्यले पापी कंस आफ्ना अनुयायीसहित मारियो। हजुरहरूले यो यदुकुललाई ठूलो
संकटबाट बचाउनुभयो र यसको उन्नति गर्नुभयो" ।। १७ ।।
युवां
प्रधानपुरुषौ जगद्धेतू जगन्मयौ ।
भवद्भ्यां
न विना किञ्चित् परमस्ति न चापरम् ॥ १८ ॥
नेपाली भावानुवादः
हजुरहरू नै सृष्टिका प्रधान पुरुष,
जगत्का कारण र जगद्रूप हुनुहुन्छ। हजुरहरू बाहेक अरु कुनै कार्य वा
कारणको अस्तित्व छैन ।। १८ ।।
आत्मसृष्टमिदं
विश्वमन्वाविश्य स्वशक्तिभिः ।
ईयते
बहुधा ब्रह्मन् श्रुतप्रत्यक्षगोचरम् ॥ १९ ॥
नेपाली
भावानुवादः हे ब्रह्मन्! आफ्नै शक्तिद्वारा सिर्जना गरेको यस विश्वमा प्रवेश गरेर
हजुर नै सुन्ने, देख्ने आदि अनेक
रूपमा प्रकट भइरहनुहुन्छ ।। १९ ।।
(मिश्र)
यथा
हि भूतेषु चराचरेषु
मह्यादयो
योनिषु भान्ति नाना ।
एवं
भवान्केवल आत्मयोनि–
ष्वात्मात्मतन्त्रो
बहुधा विभाति ॥ २० ॥
नेपाली भावानुवादः
जसरी पृथ्वी आदि पञ्चमहाभूतहरू आ-आफ्ना कार्यरूप चराचर प्राणीहरूमा प्रविष्ट भएर
अनेक रूपमा देखिन्छन्, त्यसरी नै स्वतन्त्र
र एक मात्र आत्मस्वरूप हजुर आफ्ना कार्यरूप जगत्मा अनेक रूपले भासित हुनुहुन्छ ।।
२० ।।
सृजस्यथो
लुम्पसि पासि विश्वं
रजस्तमःसत्त्वगुणैः
स्वशक्तिभिः ।
न
बध्यसे तद्गु्णकर्मभिर्वा
ज्ञानात्मनस्ते
क्व च बन्धहेतुः ॥ २१ ॥
नेपाली
भावानुवादः हजुरले आफ्ना सत्त्व, रज र तमोगुणरूपी शक्तिहरूद्वारा विश्वको सृष्टि, पालन
र संहार गर्नुहुन्छ। तथापि, हजुर ती गुण र कर्महरूबाट
बाँधिनुहुन्न; किनकि ज्ञानस्वरूप हजुरमा बन्धनको कुनै कारण
नै छैन ।। २१ ।।
देहाद्युपाधेरनिरूपितत्वाद् भवो न
साक्षान्न
भिदाऽऽत्मनः स्यात् ।
अतो
न बन्धस्तव नैव मोक्षः
स्यातां
निकामस्त्वयि नोऽविवेकः ॥ २२ ॥
नेपाली
भावानुवादः शरीर आदि उपाधिहरू वास्तविक नभएकाले आत्माको न साक्षात जन्म हुन्छ न त
यसमा कुनै भेद नै रहन्छ। त्यसैले हजुरमा बन्धन वा मोक्षको कल्पना गर्नु हाम्रो
अज्ञानता मात्र हो ।। २२ ।।
त्वयोदितोऽयं
जगतो हिताय
यदा
यदा वेदपथः पुराणः ।
बाध्येत
पाखण्डपथैरसद्भि–
स्तदा
भवान् सत्त्वगुणं बिभर्ति ॥ २३ ॥
नेपाली
भावानुवादः जगत्को कल्याणका लागि हजुरले नै सनातन वेदमार्ग प्रकट गर्नुभएको हो।
जब जब दुष्टहरूका पाखण्डपूर्ण मतहरूले यो मार्गमा बाधा पुर्याउँछन्, तब तब हजुर धर्मरक्षाका लागि शुद्ध सत्त्वमय
शरीर धारण गर्नुहुन्छ ।। २३ ।।
(वसन्तिलका)
स
त्वं प्रभोऽद्य वसुदेवगृहेऽवतीर्णः
स्वांशेन
भारमपनेतुमिहासि भूमेः ।
अक्षौहिणीशतवधेन
सुरेतरांश–
राज्ञाममुष्य
च कुलस्य यशो वितन्वन् ॥ २४ ॥
नेपाली
भावानुवादः हे प्रभु! उही हजुर अहिले पृथ्वीको भार उतार्न आफ्नो अंश बलरामका साथ
वसुदेवको घरमा अवतार लिनुभएको छ। हजुरले असुरका अंश राजाहरूका सेना संहार गर्दै
यदुकुलको कीर्ति फैलाइरहनुभएको छ ।। २४ ।।
अद्येश
नो वसतयः खलु भूरिभागा
यः
सर्वदेवपितृभूतनृदेवमूर्तिः ।
यत्पादशौचसलिलं
त्रिजगत् पुनाति
स
त्वं जगद्गुरुरधोक्षज याः प्रविष्टः ॥ २५ ॥
नेपाली
भावानुवादः हे अधोक्षज! आज हाम्रा घरहरू धन्य र सौभाग्यशाली भएका छन्। सम्पूर्ण देवता, पितृ, भूत र मनुष्यहरू
तपाईंकै रूप हुन्। जसको चरणोदकले तीनै लोकलाई पवित्र पार्छ, उही
जगद्गुरु ईश्वर आज मेरो घरमा पाल्नुभएको छ ।। २५ ।।
कः
पण्डितस्त्वदपरं शरणं समीयाद्
भक्तप्रियादृतगिरः
सुहृदः कृतज्ञात् ।
सर्वान्
ददाति सुहृदो भजतोऽभिकामा–
नात्मानमप्युपचयापचयौ
न यस्य ॥ २६ ॥
नेपाली
भावानुवादः हजुर भक्तवत्सल, सत्यभाषी, सुहृद् र कृतज्ञ हुनुहुन्छ। हजुरबाहेक अरु कुन चाहिँ बुद्धिमान् व्यक्ति
कसैको शरणमा जाला? हजुरले त आफ्नो भजन गर्ने भक्तलाई
सम्पूर्ण कामना मात्र होइन, वृद्धि वा क्षयरहित आफ्नै
स्वरूपसमेत प्रदान गर्नुहुन्छ ।। २६ ।।
दिष्ट्या
जनार्दन भवानिह नः प्रतीतो
योगेश्वरैरपि
दुरापगतिः सुरेशैः ।
छिन्ध्याशु
नः सुतकलत्रधनाप्तगेह–
देहादिमोहरशनां
भवदीयमायाम् ॥ २७ ॥
नेपाली
भावानुवादः हे जनार्दन! ठूला-ठूला योगेश्वर र देवताका लागि पनि दुर्लभ हजुर आज
हाम्रो अगाडि प्रत्यक्ष हुनुभएको छ। अब कृपा गरेर पुत्र, पत्नी, धन र शरीर आदिमा
गाँसिएको यो मोहको बलियो साङ्लोलाई छिट्टै काटिदिनुहोस् ।। २७ ।।
(अनुष्टुप्)
इत्यर्चितः
संस्तुतश्च भक्तेन भगवान् हरिः ।
अक्रूरं
सस्मितं प्राह गीर्भिः सम्मोहयन्निव ॥ २८ ॥
नेपाली
भावानुवादः श्रीशुकदेवजी भन्नुहुन्छ—
हे राजन् ! भक्त अक्रूरले यसरी पूजा र स्तुति गरेपछि भगवान्
श्रीकृष्णले मुसुक्क हाँस्दै आफ्ना मधुर वाणीले मोहित पार्दै भन्नुभयो ।। २८ ।।
श्रीभगवानुवाच
–
त्वं
नो गुरुः पितृव्यश्च श्लाघ्यो बन्धुश्च नित्यदा ।
वयं
तु रक्ष्याः पोष्याश्च अनुकम्प्याः प्रजा हि वः ॥ २९ ॥
नेपाली
भावानुवादः भगवान्ले भन्नुभयो— "तपाईँ त हाम्रा गुरु, काका र वंशकै गौरवपूर्ण बान्धव
हुनुहुन्छ। हामी त तपाईँहरूका आश्रित र कृपापात्र बालक मात्र हौँ" ।। २९ ।।
भवद्विधा
महाभागा निषेव्या अर्हसत्तमाः ।
श्रेयस्कामैर्नृभिर्नित्यं
देवाः स्वार्था न साधवः ॥ ३० ॥
नेपाली
भावानुवादः कल्याण चाहने मानिसले तपाईँजस्ता महाभाग र पूजनीय सन्तहरूको सधैँ सेवा
गर्नुपर्दछ। देवताहरू कहिलेकाहीँ स्वार्थी हुन सक्छन् तर साधुहरू सधैँ परोपकारी नै
हुन्छन् ।। ३० ।।
न
ह्यम्मयानि तीर्थानि न देवा मृच्छिलामयाः ।
ते
पुनन्त्युरुकालेन दर्शनादेव साधवः ॥ ३१ ॥
नेपाली
भावानुवादः जलका तीर्थहरू र माटो वा ढुङ्गाका मूर्तिहरू निश्चित रूपमा पवित्र हुन्, तर तिनले धेरै समयसम्म सेवा गरेपछि मात्र
शुद्ध पार्छन्। साधुहरूले त दर्शन मात्रले तुरुन्तै पवित्र तुल्याउँछन् ।। ३१ ।।
स
भवान्सुहृदां वै नः श्रेयाञ्छ्रेयश्चिकीर्षया ।
जिज्ञासार्थं
पाण्डवानां गच्छस्व त्वं गजाह्वयम् ॥ ३२ ॥
नेपाली
भावानुवादः हे काका! तपाईँ हाम्रा स्वजनहरूमध्ये श्रेष्ठ हुनुहुन्छ। पाण्डवहरूको
हित र उनीहरूको अवस्था बुझ्नका लागि तपाईँ हस्तिनापुर जानुहोस् ।। ३२ ।।
पितर्युपरते
बालाः सह मात्रा सुदुःखिताः ।
आनीताः
स्वपुरं राज्ञा वसन्त इति शुश्रुम ॥ ३३ ॥
नेपाली
भावानुवादः पिता पाण्डुको मृत्युपछि साना बालक र उनकी आमा कुन्तीलाई राजा
धृतराष्ट्रले हस्तिनापुर ल्याएका छन् र उनीहरू अहिले त्यहीँ बस्दैछन् भन्ने मैले
सुनेको छु ।। ३३ ।।
तेषु
राजाम्बिकापुत्रो भ्रातृपुत्रेषु दीनधीः ।
समो
न वर्तते नूनं दुष्पुत्रवशगोऽन्धदृक् ॥ ३४ ॥
नेपाली
भावानुवादः महाराज धृतराष्ट्र शरीर र बुद्धि दुवैले अन्धो हुनुहुन्छ। उहाँ आफ्ना
दुष्ट पुत्र दुर्योधनको वशमा हुनुभएकोले भतिजाहरू (पाण्डवहरू) प्रति समान व्यवहार
गरिरहनुभएको छैन होला ।। ३४ ।।
गच्छ
जानीहि तद्वृत्तमधुना साध्वसाधु वा ।
विज्ञाय
तद् विधास्यामो यथा शं सुहृदां भवेत् ॥ ३५ ॥
नेपाली
भावानुवादः त्यसैले तपाईँ त्यहाँ गएर उनीहरूको राम्रो-नराम्रो सबै वृत्तान्त बुझेर
आउनुहोस्। त्यसपछि पाण्डवहरूको कल्याणका लागि जे गर्नुपर्छ, त्यही गरौँला ।। ३५ ।।
इत्यक्रूरं
समादिश्य भगवान् हरिरीश्वरः ।
सङ्कर्षणोद्धवाभ्यां
वै ततः स्वभवनं ययौ ॥ ३६ ॥
नेपाली
भावानुवादः अक्रूरलाई यसरी आज्ञा दिएर भगवान् श्रीकृष्ण बलराम र उद्धवका साथ आफ्नो
दरबारमा फर्किनुभयो ।। ३६ ।।
इति
श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां दशमस्कन्धे पूर्वार्धे
अष्टचत्वारिंशोऽध्यायः ॥ ४८ ॥
No comments:
Post a Comment