श्रीमद्भागवत महापुराण
दशमः स्कंधः – अष्टचत्वारिंशोऽध्यायः
शुक उवाच–
(अनुष्टुप्)
अथ विज्ञाय भगवान् सर्वात्मा सर्वदर्शनः ।
सैरन्ध्र्याः कामतप्तायाः प्रियमिच्छन् गृहं ययौ ॥१॥
श्रीशुकदेवजी भन्नुहुन्छ हे राजन ! सबैको मनको कुरा थाहा पाउने सर्वज्ञ अन्तर्यामी कृष्ण भगवान् व्रजबाट फर्केपछि कामवासनाले पिडीत भै व्याकुल भईराखेकि कुब्जालाई आनन्दित गर्ने इच्छाले एकदिन उनको घरमा जानुभयो ।।१।।
महार्होपस्करैराढ्यं कामोपायोपबृंहितम् ।
मुक्तादामपताकाभिर्वितानशयनासनैः ।
धूपैः सुरभिभिर्दीपैः स्रग्गन्धैरपि मण्डितम् ॥२॥
कुब्जाको घरमा काम उत्तेजनालाई बढाउने बहुमूल्य वस्तुहरूले भरिपूर्ण थियो । मोतीका झल्लरहरू पताकाहरू आदिले युक्त थियो । त्यसैगरी सुगन्धित धुप दीप चन्दन तथा फूलको मालाले त्यहाँको शोभा भइरहेको थियो ।।२।।
(मिश्र)
गृहं तमायान्तमवेक्ष्य साऽऽसनात्
सद्यः समुत्थाय हि जातसम्भ्रमा ।
यथोपसङ्गम्य सखीभिरच्युतं
सभाजयामास सदासनादिभिः ॥३॥
अचुत भगवानलाई आफ्नो घरमा पाल्नुभएको देख्दा खुब्जा हत्तपत्त हडबडाएर आफ्नो आसनबाट उठेर आफ्ना साथीहरूको साथमा अगाडि बढेर उहाँको स्वागत गरीन् अनि उत्तम आसनमा बसाएर उहाँको पूजा गरीन् ।।३।।
तथोद्धवः साधुतयाभिपूजितो
न्यषीददुर्व्यामभिमृश्य चासनम् ।
कृष्णोऽपि तूर्णं शयनं महाधनं
विवेश लोकाचरितान्यनुव्रतः ॥४॥
ती त्रवीकाले भगवानका परम भक्त उद्धवको पनि पूजा गरिन् तर उध्दवजी उनले दिएको आसनलाई केवल हातले छोएर भुइमा नै बसे श्रीकृष्णजी चाहिँ लोकाचारको पालना गर्नको निम्ति तुरुन्तै उनको बहुमूल्य सैयामा बस्नुभयो ।।४।।
सा मज्जनालेपदुकूलभूषण–
स्रग्गन्धताम्बूलसुधासवादिभिः ।
प्रसाधितात्मोपससार माधवं
सव्रीडलीलोत्स्मितविभ्रमेक्षितैः ॥५॥
त्यसपछि स्नान, चन्दन, लेपन, गरी वस्त्र, आभूषण, माला आदि पहिरेर सजिएर लजाउँदै मुसुमुसु हाँस्दै भगवानतिर हेर्दै उहाँ निर आइन् ।।५।।
आहूय कान्तां नवसङ्गमह्रिया
विशङ्कितां कङ्कणभूषिते करे ।
प्रगृह्य शय्यामधिवेश्य रामया
रेमेऽनुलेपार्पणपुण्यलेशया ॥६॥
नयाँ मिलनको लाजले अलि संकुच मानेकी त्रिविकालाई भगवानले आफू नजिक बोलाउनुभयो र गहना सोभित भइराखे दुवै हात समातेर पलंगमा बसाएर उनीसंग कृडा गर्न लाग्नुभयो । उनले भगवानलाई अलिकता चन्दन समर्पित गरेकी थिईन् तापनि यस्तो पुण्य अंश प्राप्त गरिन् ।।६।।
(वसंततिलका)
सानङ्गतप्तकुचयोरुरसस्तथाक्ष्णो–
र्जिघ्रन्त्यनन्तचरणेन रुजो मृजन्ती ।
दोर्भ्यां स्तनान्तरगतं परिरभ्य कान्त–
मानन्दमूर्तिमजहादतिदीर्घतापम् ॥७॥
कामवासनाले उत्तेजित भएकी त्रिविकाले भगवानको चरणलाई आफ्नो हृदय बक्षस्थल र नेत्रमाथि राखेर सुँघ्न लागिन् यस प्रकारसँग दुवै हातले भगवानलाई अँगालोमा हालेर धेरै दिनदेखिको आफ्नो अभिलाषा पूरा गरेर शान्त भइन् ।।७।।
(अनुष्टुप्)
सैवं कैवल्यनाथं तं प्राप्य दुष्प्राप्यमीश्वरम् ।
अङ्गरागार्पणेनाहो दुर्भगेदमयाचत ॥८॥
केवल चन्दन अर्पण गर्नाले दुर्लभैले प्राप्त गर्न सकिने मोक्षका अधिश्वर भगवानलाई पाएर त्रिविकाले भनिन ।।८।।
आहोष्यतामिह प्रेष्ठ दिनानि कतिचिन्मया ।
रमस्व नोत्सहे त्यक्तुं सङ्गं तेऽम्बुरुहेक्षण ॥९॥
हे प्रियतम ! केही दिन मेरो घरमा बसेर मसँग रमण गर्नुहोस् । किनकि म हजुरलाई छोड्न सक्दिन ।।९।।
तस्यै कामवरं दत्त्वा मानयित्वा च मानदः ।
सहोद्धवेन सर्वेशः स्वधामागमदर्चितम् ॥१०॥
सबै भक्तका मनोरथ पूरा गर्ने भगवान्ले त्रिविकाले मागेको वर दिई उनको इच्छा पूरा गरेर उद्धवका साथ आफ्नो दरबारमा फर्किनुभयो । ।।१०।।
दुरार्ध्यं समाराध्य विष्णुं सर्वेश्वरेश्वरम् ।
यो वृणीते मनोग्राह्यमसत्त्वात् कुमनीष्यसौ ॥११॥
धेरै कष्टले मात्र प्राप्त गर्न सकिने भगवानलाई प्राप्त गरेर जसले आफ्नो मनोरञ्जनका विषय मात्र माग्दछ भने उसलाई खराब भएको व्यक्तिका रूपमा मान्नुपर्दछ ।।११।।
अक्रूरभवनं कृष्णः सहरामोद्धवः प्रभुः ।
किञ्चिच्चिकीर्षयन् प्रागादक्रूरप्रीयकाम्यया ॥१२॥
यसपछि एकदिन सर्वशक्तिमान कृष्ण भगवान बलराम र उद्धवको साथमा अक्रुरजीको अभिलाषा पूर्ण गर्न तथा उनीद्वारा कुनै काम गराउने इच्छाले उनको घरमा पाल्नुभयो ।।१२।।
स तान् नरवरश्रेष्ठानाराद् वीक्ष्य स्वबान्धवान् ।
प्रत्युत्थाय प्रमुदितः परिष्वज्याभिनन्दत ॥१३॥
मानिसहरू मध्येका श्रेष्ठ आफ्ना बान्धव श्रीकृष्णलाई टाढैबाट आउन लागेको देख्दा अक्रुरजी अति आनन्द भएर उठेर अगाडि बढेर अङ्कमाल गरी स्वागत गरे ।।१३।।
ननाम कृष्णं रामं च स तैरप्यभिवादितः ।
पूजयामास विधिवत् कृतासनपरिग्रहान् ॥१४॥
अक्रुरले कृष्ण र बलरामलाई नमस्कार गरे र उद्धव सहितका ती दुवै भाइले पनि उनलाई नमस्कार गरे । सबैजना आरामसँग आफ्नो आफ्नो आसनमा बसिसकेपछि अक्रुरले उहाँहरूको पूजा गर्न लागे ।।१४।।
पादावनेजनीरापो धारयञ्छिरसा नृप ।
अर्हणेनाम्बरैर्दिव्यैर्गन्धस्रग्भूषणोत्तमैः ॥१५॥
अर्चित्वा शिरसानम्य पादावङ्कगतौ मृजन् ।
प्रश्रयावनतोऽक्रूरः कृष्णरामावभाषत ॥१६॥
हे राजन परीक्षित ! जब अक्रुरले उहाँहरूको पाउ धोएर पवित्र चरणोदक सिरमा धारण गरे र त्यसपछि नाना प्रकारको पूजा सामग्री वस्त्र दिव्य गन्ध माला र उत्तम उत्तम आभूषणद्वारा उहाँहरूको पूजा गरेर उहाँलाई प्रणाम गरी तदनन्तर कृष्ण बलरामको पाउ आफ्ना काखमा राखेर मिच्दै बडो नम्रतासँग भन्न लागे ।।१५–१६।।
दिष्ट्या पापो हतः कंसः सानुगो वामिदं कुलम् ।
भवद्भ्या मुद्धृतं कृच्छ्राद् दुरन्ताच्च समेधितम् ॥१७॥
अक्रुरले भने–
हे भगवान ! हजुरहरुबाट अन्याई सहित पापी कंस मारिनु बडो आनन्दको कुरा हो । त्यसलाई मारेर यस यदुवंशलाई ठूलो संकटबाट बचाउँनु भएको छ ।।१७।।
युवां प्रधानपुरुषौ जगद्धेतू जगन्मयौ ।
भवद्भ्यां न विना किञ्चित् परमस्ति न चापरम् ॥१८॥
हजुर दुवै जगतका कारण जगतरूप एवं प्रधान पुरुष हुनुहुन्छ । हजुरहरू बाहेक अरु कोही कार्यकारण छैन । ।।१८।।
आत्मसृष्टमिदं विश्वमन्वाविश्य स्वशक्तिभिः ।
ईयते बहुधा ब्रह्मन् श्रुतप्रत्यक्षगोचरम् ॥१९॥
भगवानले यस जगतको रचना आफैंले गर्नुभएको छ र आफ्नै माया शक्ति द्वारा त्यसमा प्रवेश गरेर देख्ने सुन्ने आदि अनेक रुपमा प्रकट भइरहनुहुन्छ ।।१९।।
(मिश्र)
यथा हि भूतेषु चराचरेषु
मह्यादयो योनिषु भान्ति नाना ।
एवं भवान्केवल आत्मयोनि–
ष्वात्मात्मतन्त्रो बहुधा विभाति ॥२०॥
जसरी पृथ्वी आदि कारण तत्व आफ्नो कार्य स्थावर आदि प्राणीमा प्रविष्ट भएर नाना रूपले देखिन्छन् त्यसरी नै तपाईं पनि स्वतन्त्र आत्मस्वरूपले एक भएता पनि आफ्नो कार्यरूप जगतमा स्वेच्छाले अनेक रुपमा देखा पर्नुहुन्छ ।।२०।।
सृजस्यथो लुम्पसि पासि विश्वं
रजस्तमःसत्त्वगुणैः स्वशक्तिभिः ।
न बध्यसे तद्गु्णकर्मभिर्वा
ज्ञानात्मनस्ते क्व च बन्धहेतुः ॥२१॥
हे प्रभु ! हजुरले रजोगुणण, सत्यगुण र तमोगुणरूप आफ्ना शक्तिहरूद्वारा विश्वको रचना पालन र संहार गरिरहनुहुन्छ तर पनि हजुर ती गुणद्वारा हुने कर्मले बन्धनमा पर्नुहुन्न किनकि हजुर त शुद् ज्ञान स्वरुप भएकाले बन्धनको कारण हुनुहुन्न ।।२१।।
देहाद्युपाधेरनिरूपितत्वाद्
भवो न साक्षान्न भिदाऽऽत्मनः स्यात् ।
अतो न बन्धस्तव नैव मोक्षः
स्यातां निकामस्त्वयि नोऽविवेकः ॥२२॥
शरीर आदि उपाधि नभएका हुनाले आत्माको न जन्म हुन्छ न मृत्यु हुन्छ । त्यसैले त्यहाँ भेद भन्ने कुरा पनि हुँदैन । त्यसैले हजुरको जन्ममोक्ष बन्धन को कल्पना गर्नु हाम्रो मूर्खता हुनेछ ।।२२।।
त्वयोदितोऽयं जगतो हिताय
यदा यदा वेदपथः पुराणः ।
बाध्येत पाखण्डपथैरसद्भि–
स्तदा भवान् सत्त्वगुणं बिभर्ति ॥२३॥
जगतको कल्याणको निम्ति हजुरले यो सनातन वेदमार्ग प्रकट गर्नुभएको हो । जब जब दुष्टहरुद्वारा पाखण्ड मतहरूबाट यो मार्गमा बाधा पर्न थाल्दछ । तब तब हजुर धर्म मार्गको रक्षाका निम्ति शुद्ध सत्वगुण प्रधान शरीर ग्रहण गर्नुहुन्छ ।।२३।।
(वसंततिलका)
स त्वं प्रभोऽद्य वसुदेवगृहेऽवतीर्णः
स्वांशेन भारमपनेतुमिहासि भूमेः ।
अक्षौहिणीशतवधेन सुरेतरांश–
राज्ञाममुष्य च कुलस्य यशो वितन्वन् ॥२४॥
हे प्रभु ! उही हजुरले अहिले आफ्नो अंशबाट बलरामको साथमा वसुदेवको घरमा अवतीर्ण हुनुभएको हो अहिले दुष्ट राजाहरूलाई मारेर यदुकुलको कृर्ति फैलाउनु भएको छ ।।२४।।
अद्येश नो वसतयः खलु भूरिभागा
यः सर्वदेवपितृभूतनृदेवमूर्तिः ।
यत्पादशौचसलिलं त्रिजगय् पुनाति
स त्वं जगद्गुुरुरधोक्षज याः प्रविष्टः ॥२५॥
इन्द्रिहरूदेखि पर रहनुभएका हे ईश्वर ! सारा देवता, पितृहरू, भूतगण, मनुष्य गण तथा राजाहरू तपाईंकै मूर्ति हुन् तपाईंको चरणोदक पखालेको जलले गंगाजीले स्वर्ग, मर्त्य र पाताल तिनै लोकलाई पवित्र गर्दछिन् । हजुर सम्पूर्ण जगतका गुरु हुनुहुन्छ । आज हजुर हाम्रा बस्तीमा पाल्नुभएको छ यो हाम्रा लागि सौभाग्य मिलेको छ ।।२५।।
कः पण्डितस्त्वदपरं शरणं समीयाद्
भक्तप्रियादृतगिरः सुहृदः कृतज्ञात् ।
सर्वान् ददाति सुहृदो भजतोऽभिकामा–
नात्मानमप्युपचयापचयौ न यस्य ॥२६॥
हे प्रभु ! हजुर भक्तहरूको हित गर्ने र सबैको भलो गर्ने कृतज्ञ हुनुहुन्छ । यस्ता हजुरलाई छाडेर कुन चाहिँ बुद्धिमान मानिस अरु कसैको शरण लिन जाला आफ्नो भजन गर्नेको सम्पूर्ण कामना पूरा गरी दिनुहुन्छ यहाँ सम्म कि कहिले पनि क्षति वृद्धि नहुने आत्मासमेत समेत दिनुहुन्छ ।।२६।।
दिष्ट्या जनार्दन भवानिह नः प्रतीतो
योगेश्वरैरपि दुरापगतिः सुरेशैः ।
छिन्ध्याशु नः सुतकलत्रधनाप्तगेह–
देहादिमोहरशनां भवदीयमायाम् ॥२७॥
हे जनार्दन ठूलाठूला योगी तथा देवताहरुले समेत प्राप्त गर्न नसकिने हजुर हाम्रा अगाडि प्रकट हुन भएको छ । हामीलाई मेरो घर र शरीर रुपिणी मायाले बाँधि राखेको छ अवश्य यो सब हजुरको मायाको खेल हो । अब कृपया झट्टै यो बलियो बन्धनलाई चुडाली दिनुहोस् ।।२७।।
(अनुष्टुप्)
इत्यर्चितः संस्तुतश्च भक्तेन भगवान् हरिः ।
अक्रूरं सस्मितं प्राह गीर्भिः सम्मोहयन्निव ॥२८॥
श्रीशुकदेवजी भन्नुहुन्छ– हे राजन ! भक्त अक्रुरले यस प्रकारसँग पूजा र स्तुति गरिसकेपछि कृष्ण भगवानले मुसुक्क हाँसेर आफ्नो मिठो बोलीले उनलाई मोहित गर्दै भन्न लाग्नुभयो ।।२८।।
श्रीभगवानुवाच –
त्वं नो गुरुः पितृव्यश्च श्लाघ्यो बन्धुश्च नित्यदा ।
वयं तु रक्ष्याः पोष्याश्च अनुकम्प्याः प्रजा हि वः ॥२९ ॥
भगवानले भन्नुभयो–
तपाईँ त हाम्रा गुरु, काका र हाम्रो वंशमा अत्यन्त प्रशंसीनीय तथा हाम्रो हितैषी हुनुहुन्छ । हामी त तपाईहरूको कृपाबाट पालित प्रजा हौँ ।।२९।।
भवद्विधा महाभागा निषेव्या अर्हसत्तमाः ।
श्रेयस्कामैर्नृभिर्नित्यं देवाः स्वार्था न साधवः ॥३०॥
आफ्नो परम कल्याण चाहने मानिसले तपाईं जस्ता परमपुजनीय र महा भाग्यमानी सन्त पुरुषको सदा सर्वदा सेवा गर्नुपर्दछ । हजुरहरू त देवताहरू भन्दा पनि परमपुज्य हुनुहुन्छ । किनकि देवताहरु स्वार्थी हुन सक्छन् तर सन्तहरु त सधैं परोपकारी हुन्छन् ।।३०।।
न ह्यम्मयानि तीर्थानि न देवा मृच्छिलामयाः ।
ते पुनन्त्युरुकालेन दर्शनादेव साधवः ॥३१॥
जलाशय तीर्थ नदी तलाउ इत्यादि र माटो तथा शिलाले बनेका मूर्तिहरू अवश्य देवता हुन् तर साधुहरू त यिनीहरु भन्दा पनि ठूला तीर्थ र देवता हुन् । किनकि तीर्थ र मूर्तिले त धेरै दिनसम्म सेवा गरेपछि मात्र पवित्र गर्दछन् भने साधु सज्जनहरूले त आफ्नो दर्शन मात्रले पवित्र गरिदिन्छन् ।।३१।।
स भवान्सुहृदां वै नः श्रेयाञ्छ्रेयश्चिकीर्षया ।
जिज्ञासार्थं पाण्डवानां गच्छस्व त्वं गजाह्वयम् ॥३२॥
हे काका ! तपाईँ त हाम्रा आत्मीय स्वजनमा सबभन्दा श्रेष्ठ हितैषी हुनुहुन्छ । तसर्थ पाण्डवहरूको कल्याण गर्नको निम्ति तथा उनीहरूको कुशल मङ्गल बुझ्नको निम्ति तपाई हस्तिनापुर जानुहोस् ।।३२।।
पितर्युपरते बालाः सह मात्रा सुदुःखिताः ।
आनीताः स्वपुरं राज्ञा वसन्त इति शुश्रुम ॥३३॥
पिता पाण्डुको निधनपछि अत्यन्त दुःखमा परेका युधिष्ठिर आदि बालकहरुलाई उनकी आमा कुन्तीले साथसाथै राजा धृतराष्ट्रले आफ्नो राजधानी हस्तिनापुरमा लिएर आएका छन् । उनीहरु सबै अचेल त्यही नै बसेका छन् भन्ने हामीले सुनेका छौ ।।३३।।
तेषु राजाम्बिकापुत्रो भ्रातृपुत्रेषु दीनधीः ।
समो न वर्तते नूनं दुष्पुत्रवशगोऽन्धदृक् ॥३४॥
अम्बिकाका पुत्र महाराज धृतराष्ट्र अन्धा र बुद्धिहिन छन् । त्यसमाथि पनि आफ्नो दुष्ट छोरो दुर्योधनको अधीनमा बस्नु परेकोले आफ्ना भतिजाहरूको साथमा छोराहरुसँग जस्तो व्यवहार गर्न पाएका छैनन् ।।३४।।
गच्छ जानीहि तद्वृत्तमधुना साध्वसाधु वा ।
विज्ञाय तद् विधास्यामो यथा शं सुहृदां भवेत् ॥३५॥
तसर्थ तपाईँ त्यहाँ जानुहोस् र उनीहरूको अवस्था राम्रो नराम्रो सबै बुझ्नुहोस् । तपाईंद्वारा त्यहाँको हालखबर थाहा पाएपछि के गर्दा पाण्डवहरूको कल्याण हुन्छ त्यही गरौँला ।।३५।।
इत्यक्रूरं समादिश्य भगवान् हरिरीश्वरः ।
सङ्कर्षणोद्धवाभ्यां वै ततः स्वभवनं ययौ ॥३६॥
अक्रुरलाई यस प्रकारको आज्ञा दिइसकेपछि सर्वशक्तिमान कृष्ण भगवान बलराम र उद्धवको साथमा त्यहाँबाट आफ्नो महलमा फर्केर आउनुभयो ।।३६।।
इति श्रीमद्भारगवते महापुराणे पारमहंस्यां
संहितायां दशमस्कन्धे पूर्वार्धे अष्टचत्वारिंशोऽध्यायः ॥४८॥