श्रीमद्भागवत महापुराण
अष्टमः स्कन्धः - एकादशोऽध्यायः
श्रीशुक उवाच -
अथो सुराः प्रत्युपलब्धचेतसः
परस्य पुंसः परयानुकंपया ।
जघ्नुर्भृशं शक्रसमीरणादयः
तान् तान् रणे यैरभिसंहताः पुरा ॥ १ ॥
शुकदेवजी भन्नुहुन्छ–
परीक्षित ! परमपुरुष भगवान्को कृपाले गर्दा देवताहरु सचेत भएका थिए, उनीहरुमा नयाँ उत्साह पलायोे । पहिला जुन दैत्यबाट इन्द्र वायु आदि देवताहरु रणभूमिमा आहात भएका थिए, अब ती देवताहरु आफ्नो पुरा तयारीका साथ उनै दैत्यहरु माथि प्रहार गर्नलागे ।।१।।
(अनुष्टुप्)
वैरोचनाय संरब्धो भगवान् पाकशासनः ।
उदयच्छद् यदा वज्रं प्रजा हा हेति चुक्रुशुः ॥ २ ॥
युध्दगरिरहेका परम ऐश्वर्यशाली इन्द्रले बलिसंग रिसाउदै जब वज्र उठाए त्यतिबेलासबै प्रजामा हाहाकार मच्चियो ।।२।।
वज्रपाणिस्तमाहेदं तिरस्कृत्य पुरःस्थितम् ।
मनस्विनं सुसंपन्नं विचरन्तं महामृधे ॥ ३ ॥
बलि अस्त्र शस्त्रले सुसज्जित भएर धेरै उत्साहले युद्ध निर्भय भएर डटेर युध्द लडिरहेका थिए । त्यसबेला आफ्नो हातमा वज्र लिएका इन्द्रले बलिलाई तिरस्कार गर्दै भने ।।३।।
नटवन्मूढ मायाभिः मायेशान्नो जिगीषसि ।
जित्वा बालान्निबद्धाक्षान् नटो हरति तद्धनम् ॥ ४ ॥
मुर्ख ! जसरी नटुवाहरु बच्चाको आँखामा पट्टी बाँधेर आफ्नो जादुले उसको धन लिएर जान्छ त्यसरी नै तँ आफ्नो मायाको बलले हामी माथि विजय गर्न खोज्दैछस । तलाई हाँमी मायाका स्वामी हौं भन्ने पनि थाहा छैन कि क्या हो ? यसले हाम्रो केहि बिगार्न सक्तैन ।।४।।
आरुरुक्षन्ति मायाभिः उत्सिसृप्सन्ति ये दिवम् ।
तान्दस्यून् विधुनोम्यज्ञान् पूर्वस्माच्च पदादधः ॥ ५ ॥
जो मुर्ख मायाद्वारा स्वर्गमा विजय गर्न खोज्दछ र लोकमा आफ्नो अधिपत्य जमाउँन चाहान्छ भने त्यो लुटेरा मुर्खलाई म पहिलेको स्थानबाट पनि तल झारिदिन्छु ।।५।।
सोऽहं दुर्मायिनस्तेऽद्य वज्रेण शतपर्वणा ।
शिरो हरिष्ये मन्दात्मन् घटस्व ज्ञातिभिः सह ॥ ६ ॥
मुर्ख ! तैले मायाको धेरै चाल चालिस हेर आज म आफ्नो सय धार भएको वज्रले तेरो सिर शरीरबाट अलग गरिदिन्छु तँ आफ्नो भाई बन्धुहरुसंगा जे गर्न सक्छस गरेर हेर ।।६।।
श्रीबलिरुवाच ।
संग्रामे वर्तमानानां कालचोदितकर्मणाम् ।
कीर्तिर्जयोऽजयो मृत्युः सर्वेषां स्युरनुक्रमात् ॥ ७ ॥
बलिले भन्यो–
इन्द्र ! जसले कालको प्रेरणले आफ्नो कर्म अनुसार युद्ध गर्छ भने उसका लागि जित, हार, यश, अपयश अथवा मृत्यु यी सबै पालैपालो मिल्दछ ।।७।।
तदिदं कालरशनं जनाः पश्यन्ति सूरयः ।
न हृष्यन्ति न शोचन्ति तत्र यूयमपण्डिताः ॥ ८ ॥
यसैले ज्ञानी जन यस जगतको कालको अधिन सम्झेर विजय हुँदा न त हर्ष पनि मान्दैन र अकिर्ति हार अथवा मृत्युमा शोक पनि गर्दैन । तिमीहरु तिमीहरु त यस्तो तत्वबाट अनभिज्ञ छौ ।।८।।
न वयं मन्यमानानां आत्मानं तत्र साधनम् ।
गिरो वः साधुशोच्यानां गृह्णीमो मर्मताडनाः ॥ ९ ॥
तिमीहरु आफ्नो जय पराजय आदिको कारण कर्ता मान्दछौ, महात्माको दृष्टिले तिमीहरु सोचनीय हौ तर म तिम्रो मर्मस्पशी वचनको स्वीकार गर्दिन भने हामीलाई के नै दुःख हुन्छ र ? ।।९।।
श्रीशुक उवाच -
इत्याक्षिप्य विभुं वीरो नाराचैर्वीरमर्दनः ।
आकर्णपूर्णैरहनग् आक्षेपैराह तं पुनः ॥ १० ॥
शुकदेवजी भन्नुहुन्छ–
वीर बलिले इन्द्रलाई यस प्रकार हुंकार गरे । बलिको यस्तो हुंकारले इन्द्र केहि झस्किए । तब बलिले आफ्नो धनुलाई कानसम्म खिचेरे बाँण चलाए ।।१०।।
एवं निराकृतो देवो वैरिणा तथ्यवादिना ।
नामृष्यत् तदधिक्षेपं तोत्राहत इव द्विपः ॥ ११ ॥
देवताका सत्रु सत्यवादि बलिले यस प्रकार इन्द्रलाई अत्यन्त तिरस्कार गरे । बलिको यस कुराले इन्द्र अंकुशले रोपिएको हात्ती झैं रिसाए । बलिको त्यस्तो आक्षेपलाई सहन सकेनन ।।११।।
प्राहरत् कुलिशं तस्मा अमोघं परमर्दनः ।
सयानो न्यपतद् भूमौ छिन्नपक्ष इवाचलः ॥ १२ ॥
सत्रुघाती इन्द्रले बलि माथि आफ्नो अमोघ वज्र प्रहार गरे । त्यसको चोटले पखेटा काटिएको पर्वतको समान आफ्नो विमानका साथ बलि पृथ्वीमा खस्यो ।।१२।।
सखायं पतितं दृष्ट्वा जम्भो बलिसखः सुहृत् ।
अभ्ययात् सौहृदं सख्युः हतस्यापि समाचरन् ॥ १३ ॥
बलिको अति मिलानसार मित्र जम्भासुर थियो । आफ्नो मित्र यसरी खस्नाले बदला लिने उद्देश्यले इन्द्रको अगाडि आएर खडा भयो ।।१३।।
स सिंहवाह आसाद्य गदां उद्यम्य रंहसा ।
जत्रावताडयत् शक्रं गजं च सुमहाबलः ॥ १४ ॥
सिंहमा चडेर उ इन्द्रको नजिक पुग्यो र बडो बेगले आफ्नो गदा उठाएर काँधमा र बाहन ऐरावतमा पनि मा प्रहार गर्योे ।। १४।।
गदाप्रहारव्यथितो भृशं विह्वलितो गजः ।
जानुभ्यां धरणीं स्पृष्ट्वा कश्मलं परमं ययौ ॥ १५ ॥
गदाको प्रहारले लागेको चोटले ऐरावतलाई धेरै पीडा भयो र त्यो हात्ती व्याकुल हुँदै घुँडा टेकेर मुर्छा भयो ।।१५।।
ततो रथो मातलिना हरिभिर्दशशतैर्वृतः ।
आनीतो द्विपमुत्सृज्य रथं आरुरुहे विभुः ॥ १६ ॥
त्यसै समय इन्द्रको सारथी मातलि हजार घोडाले जोतिएको रथ लिएर आए र शक्तिशाली इन्द्र आफ्नो ऐरावतलाई छोडेर तुरुन्त त्यस रथमा सवार भए ।।१६।।
तस्य तत्पूजयन् कर्म यन्तुर्दानवसत्तमः ।
शूलेन ज्वलता तं तु स्मयमानोऽहनन्मृधे ॥ १७ ॥
दानवश्रेष्ठ जम्भले रणभूमिमा मातलिको यस कामको बडा प्रशंसा गर्यो र हास्दै चम्किएको त्रिशूल उस माथि चलायो ।।१७।।
सेहे रुजं सुदुर्मर्षां सत्त्वमालंब्य मातलिः ।
इन्द्रो जम्भस्य संक्रुद्धो वज्रेणापाहरच्छिरः ॥ १८ ॥
मातलिले धैर्यका साथ असह्य पीडालाई सहे । तब इन्द्रले क्रोधित भएर आफ्नो वज्रले जम्भको सिर काटि दिए ।।१८।।
जम्भं श्रुत्वा हतं तस्य ज्ञातयो नारदादृषेः ।
नमुचिश्च बलः पाकः तत्रापेतुस्त्वरान्विताः ॥ १९ ॥
देवर्षि नारदबाट जम्भासुरको मृत्युको समाचार थाहा पाएर उसका भाई बन्धु नमुचि, बल र पाक तुरुन्तै त्यस रणभूमिमा आए ।।१९।।
वचोभिः परुषैः इन्द्र मर्दयन्तोऽस्य मर्मसु ।
शरैरवाकिरन् मेघा धाराभिरिव पर्वतम् ॥ २० ॥
हरीन् दशशतान्याजौ हर्यश्वस्य बलः शरैः ।
तावद्भुः अर्दयामास युगपत् लघुहस्तवान् ॥ २१ ॥
शताभ्यां मातलिं पाको रथं सावयवं पृथक् ।
सकृत्सन्धानमोक्षेण तदद्भुसतं अभूद् रणे ॥ २२ ॥
आफ्नो कठोर र मुटु छेड्ने बचनले उनीहरुले इन्द्रलाई धेरै राम्रो नराम्रो कुरा भने त्यसपछि बादलले पहाडमा मुसलधारे पानी वर्षा गराए झै गरी एकैसाथ एकहजार वाण चलाएर इन्दैको एक हजार घोडालाई घायल पारिदिए । पाकले सय बाणले मातलि र रथमा प्रहार गरेर रथको सबै भागलाई नष्ट पारिदियो । एकै पटक यति धेरै वाण चलाएर युद्धभूमिमा यो बडि अद्भुत घटना नै भयो ।।२२।।
नमुचिः पञ्चदशभिः स्वर्णपुंखैर्महेषुभिः ।
आहत्य व्यनदत्संख्ये सतोय इव तोयदः ॥ २३ ॥
नमुचिले सुनको पंका जडान गरिएको शक्तिशाली पन्द्र वाणले इन्द्रलाई प्रहार गर्यो जसले गर्दा युद्धभूमिमा जलले भरिएको बादल झैं गर्जिन थाल्यो ।।२३।।
सर्वतः शरकूटेन शक्रं सरथसारथिम् ।
छादयामासुरसुराः प्रावृट्सूर्यमिवांबुदाः ॥ २४ ॥
जसरी वर्षकालको बादलले सूर्यलाई ढाकिदिए जसरी असुरहरुले वणको वर्षा गरेर इन्द्र उनको रथ तथा सारथीलाई चारैतिर बाट घेराहाले ।।२४।।
अलक्षयन्तस्तमतीव विह्वला
विचुक्रुशुर्देवगणाः सहानुगाः ।
अनायकाः शत्रुबलेन निर्जिता
वणिक्पथा भिन्ननवो यथार्णवे ॥ २५ ॥
यता इन्द्रलाई रणभूमीमा नदेखेर देवता र उनका अनुचरहरु विह्वल भएर रुन कराउन थाले । एक त सत्रुहरुले उनलाई हराएको अवस्था थियो भने अर्को उनका सेनापति पनि थिएनन । त्यस समय देवताहरुको अवस्था समुद्रको विचभागमा पुग्दा डुंगा विग्रदाको ब्यापारीको जस्तो थियो ।।२५।।
ततस्तुराषाडिषुबद्धपञ्जराद्
विनिर्गतः साश्वरथध्वजाग्रणीः ।
बभौ दिशः खं पृथिवीं च रोचयन्
स्वतेजसा सूर्य इव क्षपात्यये ॥ २६ ॥
तर केहीबेर मै विहानको सूर्यको किरणले सबै दिशा, आकाश, र पृथ्वीलाई उज्यालो पारेझै गरी सत्रुहरुले बनाएको वाणको पिंजडाबाट ध्वजा, रथ, र सारथि सहित इन्द्र बाहिर निक्लिए ।।।२६।।
(अनुष्टुप्)
निरीक्ष्य पृतनां देवः परैरभ्यर्दितां रणे ।
उदयच्छद् रिपुं हन्तुं वज्रं वज्रधरो रुषा ॥ २७ ॥
आफ्ना शैनिकहरुलाई सत्रुपक्षले नाश गरेको देखेर वज्रधारी इन्द्रले रिसाउदै सत्रुलाई मार्नको लागि आफ्नो वज्र प्रहार गरे ।।२७।।
स तेनैवाष्टधारेण शिरसी बलपाकयोः ।
ज्ञातीनां पश्यतां राजन् जहार जनयन्भयम् ॥ २८ ॥
परीक्षित ! त्यो आठ धार भएको तीखो वज्रले ती दैत्यका पक्षलाई भयभीत गराउँदै उनले बल र पाकको सिर काटिदिए ।।२८।।
नमुचिस्तद्वधं दृष्ट्वा शोकामर्षरुषान्वितः ।
जिघांसुरिन्द्रं नृपते चकार परमोद्यमम् ॥ २९ ॥
परीक्षित ! आफ्रनो भाई मरेको देखेर नमुचिले धेरै शोक गर्यो । उसले रिसाउदै इन्द्रलाई मार्नको लागि हर प्रयाश गर्न लाग्यो ।।२९।।
अश्मसारमयं शूलं घण्टावद् हेमभूषणम् ।
प्रगृह्याभ्यद्रवत् क्रुद्धो हतोऽसीति वितर्जयन् ।
प्राहिणोद् देवराजाय निनदन् मृगराडिव ॥ ३० ॥
इन्द्र ! अब तिमी बाँच्न सक्तैनौ । भनेर हुंकार गर्दै हातमा फलामले बनेको र सुनका गहनाहरुले सिंगारिएको त्रिशूल उठाएर इन्द्र माथि जाइलाग्यो । नमुचिले रिसाउँदै सिंह समान त्यो त्रिशूल प्रहार गर्यो ।।३०।।
तदापतद् गगनतले महाजवं
विचिच्छिदे हरिरिषुभिः सहस्रधा ।
तं आहनन् नृप कुलिशेन कन्धरे
रुषान्वितस्त्रिदशपतिः शिरो हरन् ॥ ३१ ॥
हे परीक्षित ! इन्द्रले बडो वेगले त्यो त्रिशूल आफु तिर आईरहेको देखे उनले अफ्नो वाणले आकाशमा नै त्यसलाई हजारौं टुक्रा गरिदिए । त्यसपछि इन्द्रले बडो रिसले उसको सिर काट्नका लागि उसको गर्दनमा बाण प्रहार गरे ।।३१ ।।
न तस्य हि त्वचमपि वज्र ऊर्जितो
बिभेद यः सुरपतिनौजसेरितः ।
तदद्भु तं परमतिवीर्यवृत्रभित्
तिरस्कृतो नमुचिशिरोधरत्वचा ॥ ३२ ॥
इन्द्रले यो वाण धेरै जोडले चलाएका थिए तर त्यो यशस्वी वज्रले नमुचिको घाँटीको छाला पनि छुन सकेन । यो धेरै आश्चर्यमय घटना भयो । जुन वज्रले महावली वृत्रासुरको शरीर टुक्रा टुक्रा भएको थियो तर त्यही वज्रले नमुचिको घाँटीको छला समेत कोतर्न सकेन ॥ ३२ ॥
(अनुष्टुप्)
तस्माद् इन्द्रोऽबिभेच्छत्रोः वज्रः प्रतिहतो यतः ।
किमिदं दैवयोगेन भूतं लोकविमोहनम् ॥ ३३ ॥
आफुले चलाएको वज्रले नमुचिलाई केहि गर्न नसकेकोले इन्द्र उ संग डराए । उनी सोच्न लागे कि दैवसंयोगले संसार भरका प्राणीलाई आश्चर्य बनाउने यो घटना कसरी भयो ।।३३।।
येन मे पूर्वमद्रीणां पक्षच्छेदः प्रजात्यये ।
कृतो निविशतां भारैः पतत्त्रैः पततां भुवि ॥ ३४ ॥
पहिलाको युगमा जब यो पर्वतहरुमा प्वाख हुन्थ्यो त्यसैले उड्दथे, घुम्ने उड्ने क्रममा भारले पृथ्वीमा खस्दथे त्यसबेला प्रजाको विनाश भएको देखेर यसै वज्रले त्यो पहाडको प्वाँख काटिदिएको थिएं ।।३४।।
तपःसारमयं त्वाष्ट्रं वृत्रो येन विपाटितः ।
अन्ये चापि बलोपेताः सर्वास्त्रैरक्षतत्वचः ॥ ३५ ॥
त्वष्टाको तपस्याको सार नै वृत्रासुरको जन्म भएको थियो उसलाई पनि मैले यसै वज्रले काटेको थिए । त्यसैगरी अरु धेरै वलमान दैत्यलाई अरु अस्त्रले चोट पनि पुर्याउन नसक्ता मैले यहि वज्रले उनीहरुलाई मृत्युको घाटमा पुर्याइदिन्थें ।।३५।।
सोऽयं प्रतिहतो वज्रो मया मुक्तोऽसुरेऽल्पके ।
नाहं तदाददे दण्डं ब्रह्मतेजोऽप्यकारणम् ॥ ३६ ॥
तर यहि वज्र प्रहार गर्दा यस तुच्छ असुरलाई मार्न सकेन, अब म यसलाई जित्न सक्तिन । यो अस्त्र ब्रह्मतेजले बनेको भएपनि के भएर हो अब त यो काम नलाग्ने भै सक्यो ।।३६।।
इति शक्रं विषीदन्तं आह वाक् अशरीरिणी ।
नायं शुष्कैरथो नार्द्रैः वधमर्हति दानवः ॥ ३७ ॥
मयास्मै यद् वरो दत्तो मृत्युर्नैवार्द्रशुष्कयोः ।
अतोऽन्यश्चिन्तनीयस्ते उपायो मघवन् रिपोः ॥ ३८ ॥
यस प्रकार इन्द्र चिन्ता गर्न लागे । त्यसै समयमा आकाशवाणी भयो — यो दानव सुख्खा अथवा चीसो वस्तुले मर्न सक्तैन किनकि मैले यसलाई सुखा अथवा चिसो वस्तले तेरो मृत्यु नहोस भनेर वर दिई सकेके छु। त्यसैले हे इन्द्र ! यस सत्रुलाई मार्नको लागि अब अर्को उपाय निकाल ।।३८।।
तां दैवीं गिरमाकर्ण्य मघवान् सुसमाहितः ।
ध्यायन् प्गेनमथापश्यद् उपायं उभयात्मकम् ॥ ३९ ॥
त्यस आकाशवाणीको कुरा सुनेर देवराज इन्द्रले एकाग्र भएर धेरै विचार गर्न लागे । सोच्दा सोच्दै उनले समुद्रको फींज जुन सुखा पनि हुँदैन र गीलो पनि हुदैन ।।३९।।
न शुष्केण न चार्द्रेण जहार नमुचेः शिरः ।
तं तुष्टुवुर्मुनिगणा माल्यैश्चावाकिरन् विभुम् ॥ ४० ॥
त्यसैले त्यसलाई न सुखा भन्न सकिन्छ र न गीलो । अब इन्द्रले न सुखा न चीसो त्यो समुद्रको फींजले नमुचिको सिर काटिदिए । यस समयमा ठुला ठुला ऋषिमुनिहरुले इन्द्रलाई फूलको वर्षा गर्न लागे ।।४०।।
गन्धर्वमुख्यौ जगतुः विश्वावसुपरावसू ।
देवदुन्दुभयो नेदुः नर्तक्यो ननृतुर्मुदा ॥ ४१ ॥
गन्धर्व शिरोमणि विश्वावसु तथा परावसु गान गर्न लागे । देवताहरुको दुन्दुभिहरु बज्न लागे । नर्तकिहरु आनन्दले नाच्न लागे ।।४१।।
अन्येऽप्येवं प्रतिद्वन्द्वान् वाय्वग्निवरुणादयः ।
सूदयामासुः अस्त्रौघैः मृगान् केसरिणो यथा ॥ ४२ ॥
यस प्रकार वायु अग्नि वरुण आदि अरु देवताहरुले पनि आफ्नो अस्त्रशस्त्रले सत्रुपक्षलाई सिंहले हरिणीलाई मारे जसरी मारे ।।४२।।
ब्रह्मणा प्रेषितो देवान् देवर्षिर्नारदो नृप ।
वारयामास विबुधान् दृष्ट्वा दानवसंक्षयम् ॥ ४३ ॥
परीक्षित ! यता ब्रहजीले दानव पक्षको नाश हुँदै गएको देख्नु भयो र वहाँले देवर्षि नारदलाई देवता भएका ठाउँमा पठाउनु भयो र नारदजीले त्यहाँ गएर लडाई लड्नबाट देवताहरुलाई रोके ।।४३।।
श्रीनारद उवाच -
भवद्भिः अमृतं प्राप्तं नारायणभुजाश्रयैः ।
श्रिया समेधिताः सर्व उपारमत विग्रहात् ॥ ४४ ॥
नारदजीले भन्नुभयो–
देवताहरु ! भगवान्को बाहुवलको अधिनमा रहेर तपाईहरुले अमृत प्राप्त गर्नु भएको छ र लक्ष्मीजीले पनि तपाईहरु प्रति कृपा गरेर तपाईहरुको अभिवृद्धि गर्नु भएको छ । त्यसैले तपाईहरु अब यो लडाई बन्द गर्नुहोस ।।४४।।
श्रीशुक उवाच -
संयम्य मन्युसंरम्भं मानयन्तो मुनेर्वचः ।
उपगीयमानानुचरैः ययुः सर्वे त्रिविष्टपम् ॥ ४५ ॥
शुकदेवले भन्नुभयो–
देवताहरुले देवर्षि नारदको कुरा मानेर आफ्नो क्रोधको वेगलाई शान्त गरे । त्यसपछि उनीहरु आफ्नो आफ्नो लोक तिर लागे । त्यस समय देवताका अनुचर ले उनको गान गरिरहेका थिए ।।४५।।
येऽवशिष्टा रणे तस्मिन् नारदानुमतेन ते ।
बलिं विपन्नमादाय अस्तं गिरिमुपागमन् ॥ ४६ ॥
युद्धमा बचेका दैत्यले पनि देवर्षि नारदको सहमतिमा वज्रको चोटले मरेको बलिलाई लिएर अस्तायचलको तिर लिएर गए ।।४६।।
तत्राविनष्टावयवान् विद्यमानशिरोधरान् ।
उशना जीवयामास संजीवन्या स्वविद्यया ॥ ४७ ॥
त्यहाँ शु्क्राचार्यले आफ्नो संजिवनी विद्याले ती गर्दन आदि अंग काटिएका असुरहरुलाई जीवित गराइदिए ।।४७।।
बलिश्चोशनसा स्पृष्टः प्रत्यापन्नेन्द्रियस्मृतिः ।
पराजितोऽपि नाखिद्यल्त् लोकतत्त्वविचक्षणः ॥ ४८ ॥
शुक्राचार्यले स्पर्श गर्नाले बलिको इन्द्रिमा पूनर्जीवित भयो र उसमा सबै स्मरणशक्ति आयो । तब बलिलाई तत्वज्ञान भएकाले जन्म मृत्यु, जय पराजय आदि हुदा पनि उसलाई कुनै खेद भएन ।।४८।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
अष्टमस्कन्धे देवासुरसंग्रामे एकादशोऽध्याऽयः ॥ ११ ॥