/#blog-pager, .newer-posts, .older-posts, .post-footer-line-1, .post-footer-line-2, .post-footer-line-3 { display: none !important; } .PageList, .Tabs, .tabs-inner, [id^='PageList'] { display: none !important; height: 0 !important; margin: 0 !important; padding: 0 !important; } .main-column-left { position: -webkit-sticky !important; position: sticky !important; top: 10px !important; height: fit-content !important; align-self: flex-start !important; } .content-fauxcolumns, .content-inner, .column-left-outer { overflow: visible !important; } /* पोस्टलाई टपमा टाँस्ने गरी मिलाइएको कोड */ .main-inner { padding-top: 0px !important; margin-top: 0px !important; } .main-inner .column-center-inner { padding-top: 0px !important; } /* शीर्षकलाई सिधै माथि धकेल्ने */ .post-outer { margin-top: -60px !important; } /* हेडरको तलको ग्याप मार्ने */ #header-inner { margin-bottom: -30px !important; } /* पोस्टको भित्री खाली ठाउँ हटाउने */ .post-body { padding-top: 0px !important; } --> }

॥ भागवत दर्शन ॥

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।
श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव।।

अष्टमः स्कन्धः - एकादशोऽध्यायः

श्रीमद्भागवत महापुराण

अष्टमः स्कन्धः - एकादशोऽध्यायः

श्रीशुक उवाच
अथो सुराः प्रत्युपलब्धचेतसः परस्य पुंसः परयानुकम्पया ।
जघ्नुर्भृशं शक्रसमीरणादयः तान् तान् रणे यैरभिसंहताः पुरा ॥ १ ॥
नेपाली भावानुवादः शुकदेवजी भन्नुहुन्छपरीक्षित! परमपुरुष भगवान्को परम कृपाले गर्दा देवताहरू सचेत भए, उनीहरूमा नयाँ उत्साह पलायो। पहिले जुन दैत्यहरूबाट इन्द्र, वायु आदि देवताहरू रणभूमिमा आहत भएका थिए, अब ती देवताहरू आफ्नो पूर्ण तयारीका साथ उनै दैत्यहरूमाथि प्रहार गर्न लागे ।।१।।
 
अनुष्टुप् - 
वैरोचनाय संरब्धो भगवान् पाकशासनः ।
उदयच्छद् यदा वज्रं प्रजा हा हेति चुक्रुशुः ॥ २ ॥
नेपाली भावानुवादः युद्ध गरिरहेका परम ऐश्वर्यशाली इन्द्रले बलिसँग रिसाउँदै जब वज्र उठाए, त्यतिबेला सबै प्रजामा हाहाकार मच्चियो ।।२।।
 
वज्रपाणिस्तमाहेदं तिरस्कृत्य पुरःस्थितम् ।
मनस्विनं सुसम्पन्नं विचरन्तं महामृधे ॥ ३ ॥
नेपाली भावानुवादः बलि अस्त्र-शस्त्रले सुसज्जित भएर ठुलो उत्साहका साथ युद्धभूमिमा निर्भय भई डटेर लडिरहेका थिए। त्यसबेला आफ्नो हातमा वज्र लिएका इन्द्रले अगाडि रहेका बलिलाई तिरस्कार गर्दै भने ।।३।।
 
नटवन्मूढ मायाभिः मायेशान्नो जिगीषसि ।
जित्वा बालान्निबद्धाक्षान् नटो हरति तद्धनम् ॥ ४ ॥
नेपाली भावानुवादः मूर्ख! जसरी नटुवाहरू बालकको आँखामा पट्टी बाँधेर आफ्नो जादुले उसको धन लिएर जान्छन्, त्यसरी नै तँ आफ्नो मायाको बलले हामीमाथि विजय प्राप्त गर्न खोज्दै छस्। तँलाई हामी मायाका स्वामी हौँ भन्ने पनि थाहा छैन कि क्या हो? ।।४।।
 
आरुरुक्षन्ति मायाभिः उत्सिसृप्सन्ति ये दिवम् ।
तान्दस्यून् विधुनोम्यज्ञान् पूर्वस्माच्च पदादधः ॥ ५ ॥
नेपाली भावानुवादः जुन मूर्खहरू मायाद्वारा स्वर्ग विजय गर्न खोज्दछन् र लोकमा आफ्नो आधिपत्य जमाउन चाहन्छन्, ती लुटेरा अज्ञानीहरूलाई म पहिलेको स्थानबाट पनि तल झारिदिन्छु ।।५।।
 
सोऽहं दुर्मायिनस्तेऽद्य वज्रेण शतपर्वणा ।
शिरो हरिष्ये मन्दात्मन् घटस्व ज्ञातिभिः सह ॥ ६ ॥
नेपाली भावानुवादः मन्दबुद्धि! तैँले मायाका धेरै चाल चलिसक्। हेर्, आज म आफ्नो सय धार भएको वज्रले तेरो टाउको शरीरबाट अलग गरिदिन्छु, तँ आफ्ना भाइबन्धुहरूसँग मिलेर जे गर्न सक्छस् गर ।।६।।
 
श्रीबलिरुवाच
संग्रामे वर्तमानानां कालचोदितकर्मणाम् ।
कीर्तिर्जयोऽजयो मृत्युः सर्वेषां स्युरनुक्रमात् ॥ ७ ॥
नेपाली भावानुवादः बलिले भनेइन्द्र! जसले कालको प्रेरणाले आफ्नो कर्म अनुसार युद्ध गर्दछ, उसका लागि जित, हार, यश, अपयश अथवा मृत्युयी सबै पालैपालो प्राप्त हुन्छन् ।।७।।
 
तदिदं कालरशनं जनाः पश्यन्ति सूरयः ।
न हृष्यन्ति न सोचन्ति तत्र यूयमपण्डिताः ॥ ८ ॥
नेपाली भावानुवादः यसैले ज्ञानी जन यस जगत्लाई कालको अधीन सम्झेर विजय हुँदा हर्ष मान्दैनन् र हार वा मृत्युमा शोक पनि गर्दैनन्। तिमीहरू त यस्तो तत्त्वबाट अनभिज्ञ र अपण्डित छौ ।।८।।
 
न वयं मन्यमानानां आत्मानं तत्र साधनम् ।
गिरो वः साधुशोच्यानां गृह्णीमो मर्मताडनाः ॥ ९ ॥
नेपाली भावानुवादः तिमीहरू आफूलाई जय-पराजय आदिको कर्ता मान्दछौ, महात्माको दृष्टिले तिमीहरू सोचनीय हौ। म तिम्रो मर्मस्पर्शी वचनलाई महत्त्व दिन्नँ ।।९।।
 
श्रीशुक उवाच
इत्याक्षिप्य विभुं वीरो नाराचैर्वीरमर्दनः ।
आकर्णपूर्णैरहनग् आक्षेपैराह तं पुनः ॥ १० ॥
नेपाली भावानुवादः वीर बलिले इन्द्रलाई यस प्रकार आक्षेप गरे। बलिको यस्तो हुङ्कारले इन्द्र केही झस्किए। तब बलिले आफ्नो धनुषलाई कानसम्म खिचेर वाण चलाए र पुनः इन्द्रलाई कठोर वचन भने ।।१०।।
 
एवं निराकृतो देवो वैरिणा तथ्यवादिना ।
नामृष्यत् तदधिक्षेपं तोत्राहत इव द्विपः ॥ ११ ॥
नेपाली भावानुवादः शत्रु भए तापनि सत्यवादी बलीले यस प्रकार इन्द्रको अत्यन्त तिरस्कार गरे। बलिको कुराले इन्द्र अङ्कुशले रोपिएको हात्तीझैँ रिसाए ।।११।।
 
प्राहरत् कुलिशं तस्मा अमोघं परमर्दनः ।
सयानो न्यपतद् भूमौ छिन्नपक्ष इवाचलः ॥ १२ ॥
नेपाली भावानुवादः शत्रुघाती इन्द्रले बलिमाथि आफ्नो अमोघ वज्र प्रहार गरे। त्यसको चोटले पखेटा काटिएको पर्वतसमान बलि आफ्नो विमानका साथ पृथ्वीमा खसे ।।१२।।
 
सखायं पतितं दृष्ट्वा जम्भो बलिसखः सुहृत् ।
अभ्ययात् सौहृदं सख्युः हतस्यापि समाचरन् ॥ १३ ॥
नेपाली भावानुवादः बलिको अति प्रिय मित्र जम्भासुर थियो। आफ्नो मित्र यसरी खसेको देखेर मित्रताको धर्म निभाउँदै ऊ बदला लिने उद्देश्यले इन्द्रको अगाडि आएर खडा भयो ।।१३।।
 
स सिंहवाह आसाद्य गदां उद्यम्य रंहसा ।
जत्रावताडयत् शक्रं गजं च सुमहाबलः ॥ १४ ॥
नेपाली भावानुवादः सिंहमा चढेर ऊ इन्द्रको नजिक पुग्यो र बडो वेगले आफ्नो गदा उठाएर इन्द्रको काँधमा र उनको वाहन ऐरावतमाथि प्रहार गर्‍यो ।।१४।।
 
गदाप्रहारव्यथितो भृशं विह्वलितो गजः ।
जानुभ्यां धरणीं स्पृष्ट्वा कश्मलं परमं ययौ ॥ १५ ॥
नेपाली भावानुवादः गदाको प्रहारले लागेको चोटले ऐरावतलाई धेरै पीडा भयो र त्यो हात्ती व्याकुल हुँदै घुँडा टेकेर मूर्छित भयो ।।१५।।
 
ततो रथो मातलिना हरिभिर्दशशतैर्वृतः ।
आनीतो द्विपमुत्सृज्य रथं आरुरुहे विभुः ॥ १६ ॥
नेपाली भावानुवादः त्यसै समय इन्द्रका सारथी मातलि एक हजार घोडा जोतिएको रथ लिएर आए र शक्तिशाली इन्द्र आफ्नो ऐरावतलाई छोडेर तुरुन्तै त्यस रथमा सवार भए ।।१६।।
 
तस्य तत्पूजयन् कर्म यन्तुर्दानवसत्तमः ।
शूलेन ज्वलता तं तु स्मयमानोऽहनन्मृधे ॥ १७ ॥
नेपाली भावानुवादः दानवश्रेष्ठ जम्भले रणभूमिमा मातलिको यस कार्यको प्रशंसा गर्‍यो र हाँस्दै चम्किएको त्रिशूल उनीमाथि प्रहार गर्‍यो ।।१७।।
 
सेहे रुजं सुदुर्मर्षां सत्त्वमालम्ब्य मातलिः ।
इन्द्रो जम्भस्य संक्रुद्धो वज्रेणापाहरच्छिरः ॥ १८ ॥
नेपाली भावानुवादः मातलिले धैर्यका साथ असह्य पीडालाई सहे। तब इन्द्रले क्रोधित भएर आफ्नो वज्रले जम्भको टाउको काटिदिए ।।१८।।
 
जम्भं श्रुत्वा हतं तस्य ज्ञातयो नारदादृषेः ।
नमुचिश्च बलः पाकः तत्रापेतुस्त्वरान्विताः ॥ १९ ॥
नेपाली भावानुवादः देवर्षि नारदबाट जम्भासुरको मृत्युको समाचार थाहा पाएर उसका भाइबन्धु नमुचि, बल र पाक तुरुन्तै त्यस रणभूमिमा आए ।।१९।।
 
वचोभिः परुषैः इन्द्र मर्दयन्तोऽस्य मर्मसु ।
शरैरवाकिरन् मेघा धाराभिरिव पर्वतम् ॥ २० ॥
हरीन् दशशतान्याजौ हर्यश्वस्य बलः शरैः ।
तावद्भिः अर्दयामास युगपत् लघुहस्तवान् ॥ २१ ॥
 
शताभ्यां मातलिं पाको रथं सावयवं पृथक् ।
सकृत्सन्धानमोक्षेण तदद्भुतं अभूद् रणे ॥ २२ ॥
नेपाली भावानुवादः आफ्नो कठोर र मर्मभेदी वचनले उनीहरूले इन्द्रको तिरस्कार गरे। त्यसपछि बादलले पहाडमा मुसलधारे पानी बर्साएझैँ गरी वाणको वर्षा गरे। बलले एकैसाथ एक हजार वाण चलाएर इन्द्रका एक हजार घोडालाई घायल पारिदिए। पाकले सय वाणले मातलि र रथका सबै भागमा प्रहार गरे। एकै पटक यति धेरै वाण चलाइएको यो युद्धभूमिको बडो अद्भुत घटना थियो ।।२२।।
 
नमुचिः पञ्चदशभिः स्वर्णपुङ्खैर्महेषुभिः ।
आहत्य व्यनदत्संख्ये सतोय इव तोयदः ॥ २३ ॥
नेपाली भावानुवादः नमुचिले सुनको प्वाँख जडान गरिएका शक्तिशाली पन्ध्र वाणले इन्द्रलाई प्रहार गर्‍यो र युद्धभूमिमा जलले भरिएको बादलझैँ गर्जन थाल्यो ।।२३।।
 
सर्वतः शरकूटेन शक्रं सरथसारथिम् ।
छादयामासुरसुराः प्रावृट्सूर्यमिवाम्बुदाः ॥ २४ ॥
नेपाली भावानुवादः जसरी वर्षाकालको बादलले सूर्यलाई ढाकिदिन्छ, त्यसरी नै असुरहरूले वाणको वर्षा गरेर इन्द्र, उनको रथ तथा सारथीलाई चारैतिरबाट घेरे ।।२४।।
 
अलक्षयन्तस्तमतीव विह्वला
    विचुक्रुशुर्देवगणाः सहानुगाः ।
अनायकाः शत्रुबलेन निर्जिता
    वणिक्पथा भिन्ननावो यथार्णवे ॥ २५ ॥
नेपाली भावानुवादः इन्द्रलाई रणभूमिमा नदेखेर देवता र उनका अनुचरहरू विह्वल भई रुन-कराउन थाले। शत्रुहरूले थिचेको र सेनापति पनि नभएको त्यस समयमा देवताहरूको अवस्था समुद्रको बीचमा डुङ्गा फुट्दा विचलित भएका व्यापारीहरूको जस्तो थियो ।।२५।।
 
ततस्तुराषाडिषुबद्धपञ्जराद्
    विनिर्गतः साश्वरथध्वजाग्रणीः ।
बभौ दिशः खं पृथिवीं च रोचयन्
    स्वतेजसा सूर्य इव क्षपात्यये ॥ २६ ॥
नेपाली भावानुवादः तर केही बेरमै, बिहानको सूर्यले सबै दिशा, आकाश र पृथ्वीलाई उज्यालो पारेझैँ शत्रुहरूले बनाएको वाणको पिँजडाबाट ध्वजा, रथ र सारथिसहित इन्द्र बाहिर निस्किए ।।२६।।
 
निरीक्ष्य पृतनां देवः परैरभ्यर्दितां रणे ।
उदयच्छद् रिपुं हन्तुं वज्रं वज्रधरो रुषा ॥ २७ ॥
नेपाली भावानुवादः आफ्ना सैनिकहरूलाई शत्रुपक्षले नाश गरेको देखेर वज्रधारी इन्द्रले रिसाउँदै शत्रुलाई मार्नका लागि आफ्नो वज्र उठाए ।।२७।।
 
स तेनैवाष्टधारेण शिरसी बलपाकयोः ।
ज्ञातीनां पश्यतां राजन् जहार जनयन्भयम् ॥ २८ ॥
नेपाली भावानुवादः परीक्षित! त्यो आठ धार भएको तिखो वज्रले दैत्यपक्षलाई भयभीत गराउँदै इन्द्रले सबैका सामु बल र पाकको टाउको काटिदिए ।।२८।।
 
नमुचिस्तद्वधं दृष्ट्वा शोकामर्षरुषान्वितः ।
जिघांसुरिन्द्रं नृपते चकार परमोद्यमम् ॥ २९ ॥
नेपाली भावानुवादः परीक्षित! आफ्ना दाजुभाइ मरेको देखेर नमुचिले धेरै शोक र क्रोध गर्‍यो। उसले इन्द्रलाई मार्नका लागि हरप्रयास गर्न लाग्यो ।।२९।।
 
अश्मसारमयं शूलं घण्टावद् हेमभूषणम् ।
प्रगृह्याभ्यद्रवत् क्रुद्धो हतोऽसीति वितर्जयन् ।
प्रहिणोद् देवराजाय निनदन् मृगराडिव ॥ ३० ॥
नेपाली भावानुवादः "इन्द्र! अब तँ मरिस्" भनेर हुङ्कार गर्दै, हातमा फलामले बनेको त्रिशूल लिएर ऊ इन्द्रमाथि जाइलाग्यो। नमुचिले सिंहझैँ गर्जँदै त्यो त्रिशूल प्रहार गर्‍यो ।।३०।।
 
तदापतद् गगनतले महाजवं
    विचिच्छिदे हरिरिषुभिः सहस्रधा ।
तं आहनन् नृप कुलिशेन कन्धेर
    रुषान्वितस्त्रिदशपतिः शिरो हरन् ॥ ३१ ॥
नेपाली भावानुवादः इन्द्रले बडो वेगले त्यो त्रिशूल आफूतिर आइरहेको देखेर आफ्ना वाणले आकाशमै त्यसलाई हजारौँ टुक्रा पारिदिए। त्यसपछि इन्द्रले रिसको झोकमा टाउको काट्नका लागि उसको गर्दनमा वज्र प्रहार गरे ।।३१।।
न तस्य हि त्वचमपि वज्र ऊर्जितो
    बिभेद यः सुरपतिनौजसेरितः ।
तदद्भुतं परमतिवीर्यवृत्रभित्
    तिरस्कृतो नमुचिशिरोधरत्वचा ॥ ३२ ॥
 
नेपाली भावानुवादः इन्द्रले वज्र धेरै जोडले चलाएका थिए, तर त्यो शक्तिशाली वज्रले नमुचिको घाँटीको छाला पनि छेड्न सकेन। यो धेरै आश्चर्यमय घटना भयो। वृत्रासुरलाई मार्ने वज्र नमुचिको छालाबाट तिरस्कृत भयो ।।३२।।
 
तस्माद् इन्द्रोऽबिभेच्छत्रोः वज्रः प्रतिहतो यतः ।
किमिदं दैवयोगेन भूतं लोकविमोहनम् ॥ ३३ ॥
नेपाली भावानुवादः आफूले चलाएको वज्र विफल भएकाले इन्द्र शत्रुसँग डराए। उनी सोच्न लागेदैवसंयोगले संसारलाई आश्चर्यमा पार्ने यो कस्तो घटना भयो? ।।३३।।
 
येन मे पूर्वमद्रीणां पक्षच्छेदः प्रजात्यये ।
कृतो निविशतां भारैः पतत्त्रैः पततां भुवि ॥ ३४ ॥
नेपाली भावानुवादः पहिलेको समयमा जब पर्वतहरूका पखेटा हुन्थे, उनीहरूको भारले पृथ्वीमा खस्दा प्रजाको विनाश भएको देखेर मैले यसै वज्रले पहाडका पखेटाहरू काटिदिएको थिएँ ।।३४।।
 
तपःसारमयं त्वाष्ट्रं वृत्रो येन विपाटितः ।
अन्ये चापि वलोपेताः सर्वास्त्रैरक्षतत्वचः ॥ ३५ ॥
नेपाली भावानुवादः त्वष्टाको तपस्याको सार स्वरूप जन्मिएको वृत्रासुरलाई पनि मैले यसै वज्रले संहार गरेको थिएँ। अरू धेरै बलवान् दैत्यहरूलाई पनि मैले यही वज्रले मृत्युको मुखमा पुर्‍याएको थिएँ ।।३५।।
 
सोऽयं प्रतिहतो वज्रो मया मुक्तोऽसुरेऽल्पके ।
नाहं तदाददे दण्डं ब्रह्मतेजोऽप्यकारणम् ॥ ३६ ॥
नेपाली भावानुवादः तर यही वज्र एउटा सामान्य असुरमाथि प्रहार गर्दा विफल भयो। अब म यसलाई जित्न सक्दिनँ होला। ब्रह्मतेजले बनेको यो अस्त्र पनि यहाँ निष्प्रभावी भयो ।।३६।।
 
इति शक्रं विषीदन्तं आह वाक् अशरीरिणी ।
नायं शुष्कैरथो नार्द्रैः वधमर्हति दानवः ॥ ३७ ॥
मयास्मै यद् वरो दत्तो मृत्युर्नैवार्द्रशुष्कयोः ।
अतोऽन्यश्चिन्तनीयस्ते उपायो मघवन् रिपोः ॥ ३८ ॥
नेपाली भावानुवादः यसरी इन्द्र चिन्तामा डुबिरहेका बेला आकाशवाणी भयो— "यो दानव ओसिलो वा सुक्खा वस्तुले मर्न सक्दैन। मैले यसलाई सुक्खा वा ओसिलो वस्तुबाट मृत्यु नहोस् भन्ने वरदान दिएको छु। त्यसैले इन्द्र! कुनै अर्कै उपाय निकाल" ।।३८।।
 
तां दैवीं गिरमाकर्ण्य मघवान् सुसमाहितः ।
ध्यायन् फेनमथापश्यद् उपायं उभयात्मकम् ॥ ३९ ॥
नेपाली भावानुवादः त्यस आकाशवाणीलाई सुनेर इन्द्रले एकाग्र भई विचार गर्न लागे। सोच्दै जाँदा उनले समुद्रको 'फेन' (फीँज) देखे, जुन न सुक्खा हुन्छ न त ओसिलो ।।३९।।
 
न शुष्केण न चार्द्रेण जहार नमुचेः शिरः ।
तं तुष्टुवुर्मुनिगणा माल्यैश्चावाकिरन् विभुम् ॥ ४० ॥
नेपाली भावानुवादः इन्द्रले न सुक्खा न ओसिलो मानिने त्यही समुद्रको फीँजद्वारा नमुचिको टाउको काटिदिए। त्यस समयमा ऋषिमुनिहरूले खुसी हुँदै इन्द्रमाथि पुष्पवृष्टि गरे ।।४०।।
 
गन्धर्वमुख्यौ जगतुः विश्वावसुपरावसू ।
देवदुन्दुभयो नेदुः नर्तक्यो ननृतुर्मुदा ॥ ४१ ॥
नेपाली भावानुवादः गन्धर्वराज विश्वावसु र परावसुले गायन सुरु गरे। आकाशमा देव-दुन्दुभिहरू बज्न लागे र अप्सराहरू आनन्दले नाच्न थाले ।।४१।।

अन्येऽप्येवं प्रतिद्वन्द्वान् वाय्वग्निवरुणादयः ।
सूदयामासुः अस्त्रौघैः मृगान् केसरिणो यथा ॥ ४२ ॥
 
नेपाली भावानुवादः यस प्रकार वायु, अग्नि, वरुण आदि अन्य देवताहरूले पनि आफ्ना अस्त्र-शस्त्रले शत्रुपक्षलाई सिंहले मृगलाई मारेझैँ संहार गरे ।।४२।।

ब्रह्मणा प्रेषितो देवान् देवर्षिर्नारदो नृप ।
वारयामास विबुधान् दृष्ट्वा दानवसंक्षयम् ॥ ४३ ॥
 नेपाली भावानुवादः परीक्षित! यता ब्रह्माजीले दानवहरूको विनाश भएको देख्नुभयो र देवर्षि नारदलाई युद्ध रोक्न पठाउनुभयो। नारदजीले देवताहरूलाई युद्धबाट रोके ।।४३।।
 
श्रीनारद उवाच
भवद्भिः अमृतं प्राप्तं नारायणभुजाश्रयैः ।
श्रिया समेधिताः सर्व उपारमत विग्रहात् ॥ ४४ ॥
नेपाली भावानुवादः नारदजीले भन्नुभयोदेवताहरू! तपाईंहरूले अमृत प्राप्त गरिसक्नुभएको छ र लक्ष्मीजीको कृपाले ऐश्वर्य पनि बढेको छ। त्यसैले अब यो युद्ध बन्द गर्नुहोस् ।।४४।।
 
श्रीशुक उवाच
संयम्य मन्युसंरम्भं मानयन्तो मुनेर्वचः ।
उपगीयमानानुचरैः ययुः सर्वे त्रिविष्टपम् ॥ ४५ ॥
नेपाली भावानुवादः देवताहरूले नारदजीको आज्ञा शिरोधार्य गरी आफ्नो क्रोध शान्त पारे र स्वर्गतिर लागे ।।४५।।
 
येऽवशिष्टा रणे तस्मिन् नारदानुमतेन ते ।
बलिं विपन्नमादाय अस्तं गिरिमुपागमन् ॥ ४६ ॥
नेपाली भावानुवादः युद्धमा बाँकी रहेका दैत्यहरूले पनि नारदजीको अनुमतिमा मृतप्रायः बलिलाई लिएर अस्ताचल पर्वततिर गए ।।४६।।
 
तत्राविनष्टावयवान् विद्यमानशिरोधरान् ।
उशना जीवयामास संजीवन्या स्वविद्यया ॥ ४७ ॥
नेपाली भावानुवादः त्यहाँ शुक्राचार्यले आफ्नो 'सञ्जीवनी विद्या' द्वारा असुरहरूलाई जीवित गराइदिए ।।४७।।
 
बलिश्चोशनसा स्पृष्टः प्रत्यापन्नेन्द्रियस्मृतिः ।
पराजितोऽपि नाखिद्यल् लोकतत्त्वविचक्षणः ॥ ४८ ॥
नेपाली भावानुवादः शुक्राचार्यको स्पर्शले बलिको चेतना फिर्ता आयो। बलि तत्त्वज्ञानी भएकाले हार र पराजयमा पनि उनले कुनै दुःख मानेनन् ।।४८।।
 
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां अष्टमस्कन्धे 
देवासुरसंग्रामे एकादशोऽध्यायः ॥ ११ ॥
🌸 •••••••••• 🌸

यस अध्यायको सारांश :

यस अध्यायमा देवासुर संग्रामको रोमाञ्चक र निर्णायक मोडको वर्णन गरिएको छ। समुद्र मन्थनपछि अमृत प्राप्त गरेका देवताहरू भगवान्को कृपाले शक्तिशाली भएका थिए। इन्द्रवायु र अन्य देवताहरूले पहिले आफूलाई हराउने दैत्यहरूमाथि भीषण प्रहार गर्न थाले। युद्धमा इन्द्रले बलिमाथि वज्र प्रहार गर्ने तयारी गर्दा सबैतिर हाहाकार मच्चियो। बलि र इन्द्रबीच ठुलो वाक-युद्ध पनि भयोजहाँ बलिले कालको महिमा र जय-पराजयको तत्त्वज्ञान सुनाए। इन्द्रले बलिको तिरस्कार गर्दै उनलाई मायावी भने। अन्ततः इन्द्रको अमोघ वज्रले बलि मारिएर विमानसहित पृथ्वीमा खसे। आफ्ना मित्र बलिको पतन देखेर जम्भासुर इन्द्रमाथि जाइलाग्यो। जम्भासुरको प्रहारले इन्द्रको वाहन ऐरावत हात्ती मूर्छित भयो। त्यसपछि इन्द्र मातलिले ल्याएको रथमा सवार भएर युद्ध गर्न थाले। इन्द्रले जम्भासुरको टाउको काटेर उसको अन्त्य गरिदिए। जम्भासुरको मृत्युपछि नमुचिबल र पाक जस्ता शक्तिशाली दैत्यहरू युद्धमा आए। उनीहरूले इन्द्र र उनको सेनालाई वाणको वर्षाले ढाकिदिएजसरी बादलले सूर्यलाई ढाक्छ। देवताहरू आफ्ना सेनापति इन्द्रलाई नदेखेर विह्वल र अनाथ महसुस गर्न लागे। तर इन्द्र पुनः वाणको पिँजडा चिर्दै सूर्यझैँ तेजस्वी भएर प्रकट भए। उनले बल र पाकलाई आफ्नो वज्रले क्षणभरमै यमलोक पठाए। अब नमुचि र इन्द्रबीच घमासान युद्ध सुरु भयो। नमुचिको घाँटी यति बलियो थियो कि इन्द्रको वज्रले पनि त्यसलाई काट्न सकेन। इन्द्र आफ्नो अस्त्र विफल भएको देखेर अत्यन्तै चिन्तित र भयभीत भए। त्यही समयमा आकाशवाणी भयोजसले नमुचिको मृत्यु न सुक्खा न ओसिलो वस्तुबाट हुने रहस्य खोल्यो। यो रहस्य बुझेपछि इन्द्रले समुद्रको फीँज (फेन) प्रयोग गरेर नमुचिको शिर छेदन गरे। यसरी मुख्य दैत्यहरूको संहार भएपछि देवताहरूले विजय प्राप्त गरे। गन्धर्व र अप्सराहरूले इन्द्रको विजयको उत्सव मनाउन थाले। अन्त्यमा ब्रह्माजीको सन्देश लिएर नारदजी युद्धभूमिमा आए र संहार रोक्न आग्रह गरे। नारदको आज्ञा मानेर देवताहरू स्वर्ग फर्किए र दैत्यहरू आफ्ना मृत साथीहरूलाई लिएर शुक्राचार्यकहाँ गए। शुक्राचार्यले सञ्जीवनी विद्याद्वारा बलि लगायतका असुरहरूलाई पुनः जीवित पारे।

यस अध्यायको दार्शनिक पक्ष :

यस अध्यायले संसारमा कालको सर्वोपरिता र अपरिवर्तनीय नियमलाई स्पष्ट पारेको छ। राजा बलिको संवादबाट यो प्रस्ट हुन्छ कि जित र हारसुख र दुःख केवल कालका गति हुन्। ज्ञानी व्यक्तिले विजयमा अति हर्षित र पराजयमा अति शोकित हुनु हुँदैन भन्ने सन्देश यहाँ दिइएको छ। "कर्ता म हुँ" भन्ने अहङ्कार नै दुःखको कारण हो भन्ने दर्शन बलीले इन्द्रलाई सम्झाएका छन्। नमुचिको प्रसङ्गले यो देखाउँछ कि भौतिक शक्ति वा वरदानले केही समयका लागि मृत्युलाई टार्न सकिए पनि अन्त्य निश्चित छ। इन्द्रको वज्र विफल हुनुले यो बुझाउँछ कि कहिलेकाहीँ ठुला साधनहरू पनि दैवयोगका अगाडि काम लाग्दैनन्। आकाशवाणीले ज्ञान र बुद्धिको प्रतीकका रूपमा इन्द्रलाई सही मार्ग निर्देश गरेको छ। यस अध्यायले धैर्य र एकाग्रताको महत्त्वलाई पनि दर्शाएको छ। संजिवनी विद्या र बलिको पुनर्जन्मले कर्मको निरन्तरता र जीवको अमरताको संकेत गर्दछ। अन्त्यमानारदजीको मध्यस्थताले यो सिकाउँछ कि अनावश्यक हिंसा र संहारलाई धर्मले सधैँ रोक्ने प्रयास गर्दछ। समग्रमायो अध्यायले कर्मभक्ति र ज्ञानको अद्भुत समन्वय प्रस्तुत गरेको छ।

ॐ अध्यात्म ज्ञान भण्डार ॐ

No comments:

Post a Comment

JavaScript // यस्तो खालको कोड खोज्नुहोस् var allLinks = document.getElementsByTagName("a"); ... display = "none"; ...