श्रीमद्भागवत महापुराण
नवमः स्कंधः - त्रयोविंशोऽध्यायः
श्रीशुक उवाच
अनोः सभानरश्चक्षुः परोक्षश्च त्रयः सुताः ।
सभानरात् कालनरः सृञ्जयः तत्सुतस्ततः ॥ १ ॥
जनमेजयस्तस्य पुत्रो महाशालो महामनाः ।
उशीनरस्तितिक्षुश्च महामनस आत्मजौ ॥ २ ॥
श्रीशुकदेवजी भन्नुहुन्छ– परीक्षित ! ययाति–नन्दन अनुका सभानर, चक्षु र परोक्ष नामका तीन छोरा भए । सभानरको कालनर, कालनरको श्रीजय, श्रीजयको जनमेजय, जनमेजयको महाशील, महाशीलका छोरा महामना भए, महामनाका दुई छोरा भए –उशिनर र तितिक्षु ।।१–२।।
शिबिर्वनः शमिर्दक्षश्चत्वारोशीनरात्मजाः ।
वृषादर्भः सुवीरश्च मद्रः केकय आत्मवान् ॥ ३ ॥
शिबेश्चत्वार एवासंस्तितिक्षोश्च रुशद्रथः ।
ततो होमोऽथ सुतपा बलिः सुतपसोऽभवत् ॥ ४ ॥
उशिनरका चार छोरा भए – शिबि, वन, शमी र दक्ष । शिबिका चार छोरा थिए– बृषदर्भ, सुवीर, मद्र र कैकेय उशिनरका भाइ तितिक्षुकको रुशद्रथ, रुशद्रथको हेम, हेमको सुतपा र सुतपाको बली नामको छोरा भए ।।३–४।।
अङ्गवङ्गकलिङ्गाद्याः सुह्मपुण्ड्रान्ध्रसंज्ञिताः ।
जज्ञिरे दीर्घतमसो बलेः क्षेत्रे महीक्षितः ॥ ५ ॥
राजा बालिकी पत्नीको गर्भबाट ऋषि दिर्घतामाले अंग, वङ्ग, कलिंग, सुह्म, पुण्ड्र र अन्ध्र गरी छवटा छोराहरूलाई जन्म दिइन ।।५।।
चक्रुः स्वनाम्ना विषयान् षडिमान् प्राच्यकांश्च ते ।
खनपानोऽङ्गतो जज्ञे तस्माद् दिविरथस्ततः ॥ ६ ॥
सुतो धर्मरथो यस्य जज्ञे चित्ररथोऽप्रजाः ।
रोमपाद इति ख्यातस्तस्मै दशरथः सखा ॥ ७ ॥
शान्तां स्वकन्यां प्रायच्छदृष्यशृङ्ग उवाह याम् ।
देवेऽवर्षति यं रामा आनिन्युर्हरिणीसुतम् ॥ ८ ॥
नाट्यसंगीतवादित्रैर्विभ्रमालिङ्गनार्हणैः ।
स तु राज्ञोऽनपत्यस्य निरूप्येष्टिं मरुत्वतः ॥ ९ ॥
प्रजामदाद् दशरथो येन लेभेऽप्रजाः प्रजाः ।
चतुरङ्गो रोमपादात् पृथुलाक्षस्तु तत्सुतः ॥ १० ॥
यिनीहरूले आफ्नो नाममा पूर्वमा छ वटा देश स्थापना गरे । आंगका छोरा खनपान, खनपानका छोरा दिविरथ, दिविरथका छोरा धर्मरथ र धर्मरथका छोरा चित्ररथ भए । यी चित्ररथ रोमपादको नामले प्रसिद्ध थिए । उनका मित्र अयोध्याका शासक महाराज दशरथ थिए । रोमपादको कुनै सन्तान थिएन । त्यसैले दशरथले उनलाई आफ्नी छोरी शान्तालाई धर्मपुत्री दिए । शान्तकको विवाह ऋषिश्रृङ्गसँग भएको थियो । विभाण्डकको ऋष्यश्रृंगद्वारा हरिणको गर्भबाट जन्म भएको थियो । एकपटक राजा रोमपादको राज्यमा लामो समयसम्म पानी परेन । त्यसपछि गणिकाहरूले उहाँलाई आफ्नो नृत्य, संगीत, वाद्य, इशारा, अंगालो र विभिन्न उपहारहरूद्वारा मोहित गरे र ऋषिश्रृङ्गलाई त्यहाँ ल्याए । उनी त्यहाँ आइपुग्दा पानी पर्यो । उनैले इन्द्रको यज्ञ गरेका थिए, त्यसपछि निःसंतान राजा रोमपादले पनि एक पुत्र र पुत्रविहीन दशरथले पनि उनको प्रयासले चार छोरा पाए । रोमपादका छोरा चतुरंग र चतुरंगका छोरा पृथुलाक्ष थिए ।।६–१०।।
बृहद्रथो बृहत्कर्मा बृहद्भािनुश्च तत्सुताः ।
आद्याद् बृहन्मनास्तस्माज्जयद्रथ उदाहृतः ॥ ११ ॥
पृथुलाक्षाका तीन छोरा थिए– बृहद्रथ, बृहतकर्मा र बृहद्भानु । बृहद्रथका छोरा बृहन्मना र बृहन्मनाका छोरा जयद्रथ थिए ।।११।।
विजयस्तस्य सम्भूत्यां ततो धृतिरजायत ।
ततो धृतव्रतस्तस्य सत्कर्माधिरथस्ततः ॥ १२ ॥
योऽसौ गङ्गातटे क्रीडन् मञ्जूषान्तर्गतं शिशुम् ।
कुन्त्यापविद्धं कानीनमनपत्योऽकरोत् सुतम् ॥ १३ ॥
जयद्रथकी पत्नीको नाम संभूति थियो । उनको गर्भबाट विजयको जन्म भएको थियो । विजयका छोरो धृति, धृतिको छोरा धृतव्रत, धृतव्रतका छोरा सत्कर्म र सतकर्मको छोरा अधिरथ थिए । अधिरथको कुनै सन्तान थिएन । एक दिन उनी गंगाको किनारमा खेलिरहेका थिए जब उनले एउटा सानो टोकरीमा एउटा सानो बालक बगेर आउदै गरेको देखे । त्यो बालक कर्ण थियो, जसलाई कुन्तीले आफु कन्या हुँदा जन्मेको भनेर फ्याँकिदिएकी थिइन् । आफ्नो छोरा नभएकाले अधिरथले उनलाई छोरा बनाए ।।१३।।
वृषसेनः सुतस्तस्य कर्णस्य जगतीपते ।
द्रुह्योश्च तनयो बभ्रुः सेतुस्तस्यात्मजस्ततः ॥ १४ ॥
आरब्धस्तस्य गान्धारस्तस्य धर्मस्ततो धृतः ।
धृतस्य दुर्मदस्तस्मात् प्रचेताः प्राचेतसः शतम् ॥ १५ ॥
म्लेच्छाधिपतयोऽभूवन्नुदीचीं दिशमाश्रिताः ।
तुर्वसोश्च सुतो वह्निर्वह्नेर्भर्गोऽथ भानुमान् ॥ १६ ॥
त्रिभानुस्तत्सुतोऽस्यापि करन्धम उदारधीः ।
मरुतस्तत्सुतोऽपुत्रः पुत्रं पौरवमन्वभूत् ॥ १७ ॥
परीक्षित ! राजा कर्णका छोराको नाम बृहसेन थियो । ययातिको छोरो दुह्युबाट बभ्रुको जन्मभयो । बभ्रुको सेतु, सेतुको आरब्ध, आरब्धको गान्धार, गान्धरको धर्म, धर्मको धृत, धृतको दुर्मना र दुर्मनाका छोरा प्रचेता भए । प्रचेताका सय छोरा थिए, जो उत्तरमा म्लेच्छका राजा भए । ययातिका छोराहरू तुर्वसुक वन्हि, वन्हिको भर्ग, भर्गको भानुमान, भानुमानको त्रिभानु, त्रिभानुको उदरबुध्द करन्धम र करन्धमको छोरा मरुत भयो । मरुत निःसन्तान थिएँ । त्यसैले उनले पुरुवंशी दुष्यन्तलाई आफ्नो छोरो बनाए ।।१४–१७।।
दुष्मन्तः स पुनर्भेजे स्व वंशं राज्यकामुकः ।
ययातेर्ज्येष्ठपुत्रस्य यदोर्वंशं नरर्षभ ॥ १८ ॥
तर दुष्यन्त राज्यको चाहना लिएर आफ्नै कुलमा फर्किए । परीक्षित ! अब म राजा ययातिको जेठा छोराको यदु वंशको वर्णन गर्छु ।।१८।।
वर्णयामि महापुण्यं सर्वपापहरं नृणाम् ।
यदोर्वंशं नरः श्रुत्वा सर्वपापैः प्रमुच्यते ॥ १९ ॥
परीक्षित ! महाराज यदुका वंश सबैभन्दा पवित्र र मनुष्यका सबै पापहरू नष्ट गर्ने वंश हो । जसले यस वंशको बारे सुन्दछ उसका सबै पापबाट मुक्त हुन्छ यस बारेमा म बताउदछु सुन्नुहोस ।।१९।।
यत्रावतीर्णो भगवान् परमात्मा नराकृतिः ।
यदोः सहस्रजित्क्रोष्टा नलो रिंपुरिति श्रुताः ॥ २० ॥
चत्वारः सूनवस्तत्र शतजित् प्रथमात्मजः ।
महाहयो रेणुहयो हैहयश्चेति तत्सुताः ॥ २१ ॥
यस वंशमा स्वयं भगवान परब्रह्म श्रीकृष्ण स्वयं मानव रूपमा अवतार धारण गरेका थिए । यदुका चार छोरा थिए– सहस्रजित, क्रोष्टा, नल र रिपु । सहस्राजितबाट शतजित्काको जन्म भएको थियो । शतजितका तीन छोरा थिए– महाहय, वेणुहय र हैहय ।।२०–२१।।
धर्मस्तु हैहयसुतो नेत्रः कुन्तेः पिता ततः ।
सोहञ्जिरभवत् कुन्तेर्महिष्मान् भद्रसेनकः ॥ २२ ॥
हैहयको धर्म, धर्मको नेत्र, नेत्रको कुन्ती, कुन्तिको सोहञ्जि, सोहञ्जिको महिष्मान र महिष्मानका छोरा भद्रसेन भए ।।२२।।
दुर्मदो भद्रसेनस्य धनकः कृतवीर्यसूः ।
कृताग्निः कृतवर्मा च कृतौजा धनकात्मजाः ॥२३॥
भद्रसेनका दुई छोरा थिए – दुर्मद र नक – धनकका कृतवीर्य, कृताग्नि, कृतवर्मा र कृतौज नामका चार छोरा थिए ।।२३।।
अर्जुनः कृतवीर्यस्य सप्तद्वीपेश्वरोऽभवत् ।
दत्तात्रेयाद्धरेरंशात् प्राप्तयोगमहागुणः ॥ २४ ॥
कृतवीर्यका छोरा अर्जुन थिए । उनी सात द्विका एकछत्र सम्राट थिए । उनले भगवानका अंशावतार श्रीदत्तात्रेयबाट योगविद्या, अणिमा लघिमा आदि सिध्दि प्राप्त गरेका थिए ।।२४।।
न नूनं कार्तवीर्यस्य गतिं यास्यन्ति पार्थिवाः ।
यज्ञदानतपोयोग श्रुतवीर्यजयादिभिः ॥ २५ ॥
कार्तवीर्य अर्जुनको बराबर त्याग, दान, तपस्या, योग, शास्त्रज्ञान, वीरता र विजय इत्यादि गुणहरूमा संसारका कुनै पनि सम्राटको थिएन र गर्न सक्ने कुरामा पनि शंकै छ ।।२५।।
पञ्चाशीतिसहस्राणि ह्यव्याहतबलः समाः ।
अनष्टवित्तस्मरणो बुभुजेऽक्षय्यषड्वसु ॥ २६ ॥
सहस्रबाहु अर्जुनले पचासी हजार वर्षसम्म छः इन्द्रियद्वारा विषय वस्तुहरूको भोग गरिरहे । त्यतिन्जेल न त उनको शारीरिक शक्ति कमजोर भयो न त उसले आफ्नो सम्पत्ति नष्ट हुन्छ भनेर कहिल्यै सम्झन नै गरे । आफ्नो धनको नाशको कुरा त के भयो र, उनको यस्तो प्रभाव थियो कि उसलाई सम्झना गर्दा नै अरुको हराएको धन पनि प्राप्त हुन्थ्यो ।।२६।।
तस्य पुत्रसहस्रेषु पञ्चैवोर्वरिता मृधे ।
जयध्वजः शूरसेनो वृषभो मधुरूर्जितः ॥ २७ ॥
उनका हजारौं छोराहरूमध्ये पाँच जना मात्र जिवित रहेका थिए । परशुरामजीको क्रोधाग्निमा बाँकी सबै जलेर खरानी भए । बाँकी छोराहरूको नाम – जयध्वज, शुरसेन, वृषभ, मधु र उर्जित थियो ।।२७।।
जयध्वजात् तालजंघस्तस्य पुत्रशतं त्वभूत् ।
क्षत्रं यत् तालजंघाख्यमौर्वतेजोपसंहृतम् ॥ २८ ॥
जयध्वजका छोराको नाम तलजंघ थियो। तलजंघका सय छोरा थिए । उनीहरु तालजंघ नामक क्षत्रिय भए । महर्षि औरवको शक्तिले राजा सगरले तिनीहरुलाई मारे ।।२८।।
तेषां ज्येष्ठो वीतिहोत्रो वृष्णिः पुत्रो मधोः स्मृतः ।
तस्य पुत्रशतं त्वासीद् वृष्णिज्येष्ठं यतः कुलम् ॥ २९ ॥
ती सय छोराहरूमध्ये जेठा वितिहोत्र थिए । वितिहोत्रका छोरा मधु थिए । मधुका सय छोरा थिए । तिनीहरूमध्ये वृष्णी सबैभन्दा जेठा थिए ।।२९।।
माधवा वृष्णयो राजन् यादवाश्चेति संज्ञिताः ।
यदुपुत्रस्य च क्रोष्टोः पुत्रो वृजिनवांस्ततः ॥ ३० ॥
परीक्षित ! यिनै मधु, वृष्णी र यदुको नामबाट यो वंश माधव, वष्र्णेय र यादव नामले प्रसिद्ध भयो । यदुनन्दन क्रोष्टुका छोराको नाम वृजिनवान थियो ।।३०।।
स्वाहितोऽतो रुशेकुर्वै तस्य चित्ररथस्ततः ।
शशबिन्दुर्महायोगी महाभागो महानभूत् ॥ ३१ ॥
वृजिनवानको छोराको नाम श्वही, श्वाहिको रुशेकु, रुशेकुको चित्ररथ र चित्ररथको छोराको नाम शशविन्दु थियो । उनी एक परम योगी, भोग र ऐश्वर्यले सम्पन्न पराक्रमी थिए ।।३१।।
चतुर्दशमहारत्नोश्चक्रवर्त्यपराजितः ।
तस्य पत्नीरसहस्राणां दशानां सुमहायशाः ॥ ३२ ॥
दशलक्षसहस्राणि पुत्राणां तास्वजीजनत् ।
तेषां तु षट्प्रधानानां पृथुश्रवस आत्मजः ॥ ३३ ॥
धर्मो नामोशना तस्य हयमेधशतस्य याट् ।
तत्सुतो रुचकस्तस्य पञ्चासन्नात्मजाः श्रृणु ॥ ३४ ॥
उनी चौध रत्नका मालिक, चक्रवर्ती र युद्धमा अजेय थिए । परम यशस्वी शशविन्दुका दस हजार पत्नीहरू थिए । ती प्रत्येकका एक एक लाख सन्तान भए । यसरी उनका सय करोड–एक अर्ब सन्तान जन्मिए । तीमध्ये पृथुश्रवा आदि गरिएको छः छोरा प्रमुख थिए । पृथुश्रवका छोराको नाम धर्म थियो । धर्मका छोरा उशना थियो । उनले सय अश्वमेध यज्ञ गरेका थिए । उशनाका छोरा रुचक थिए । रुचकका पाँच छोरा थिए, जसको नाम सुन ।।३२–३४।।
पुरुजिद्रुक्मरुक्मेषुपृथुज्यामघसंज्ञिताः ।
ज्यामघस्त्वप्रजोऽप्यन्यां भार्यां शैब्यापतिर्भयात् ॥ ३५ ॥
नाविन्दच्छत्रुभवनाद् भोज्यां कन्यामहारषीत् ।
रथस्थां तां निरीक्ष्याह शैब्या पतिममर्षिता ॥ ३६ ॥
केयं कुहक मत्स्थानं रथमारोपितेति वै ।
स्नुषा तवेत्यभिहिते स्मयन्ती पतिमब्रवीत् ॥ ३७ ॥
पुरुजित रुक्म, रुक्मेशु, पृथु र ज्यामघ, ज्यामघकी पत्नीको नाम शैब्या थियो । ज्यामघको धेरै समयसम्म सन्तान भएनन् तर श्रीमतीको डरले उनले दोश्रो बिहे गरेनन् । एक पटक उसले भोज्या नामकी केटीलाई शत्रुको घरबाट हरेर ल्यायो । आफ्नो पतिको रथमा बालिकालाई देखेर शैब्यालाई रिस उठ्यो र आफ्नो पतिलाई भनिन्– ‘ए पाखण्डी ! आज म बस्ने ठाउँमा कसलाई बसाएर ल्याउदै छौ? ज्यामघले भने– यिनी तिम्रो बुहारी हुन्। उनको कुरा सुनेर हाँस्दै सैव्याले भनिन्– ।।३५–३७।।
अहं वन्ध्यासपत्नीड च स्नुषा मे युज्यते कथम् ।
जनयिष्यसि यं राज्ञि तस्येयमुपयुज्यते ॥ ३८ ॥
म जन्मदेखि बाँझी छु, फेरी मेरो सौता पनि छैन भने उनी कसरी मेरी बुहारी हुन सक्छिन् ? ज्यामघनले भने– रानी ! तिमीले पाउने छोराकी पत्नी बन्छिन् ।।३८।।
अन्वमोदन्त तद्विश्वेदेवाः पितर एव च ।
शैब्या गर्भमधात् काले कुमारं सुषुवे शुभम् ।
स विदर्भ इति प्रोक्त उपयेमे स्नुषां सतीम् ॥ ३९ ॥
राजा ज्यामाघको यो कुरालाई विश्वदेव र उनका पितृहरुले अनुमोदन गरे । अब के चाहियो, समय आएपछि सैव्या गर्भवती भइन् र निकै सुन्दर बच्चालाई जन्म दिइन् । त्यसको नाम विदर्भ भयो । उनले शैब्याकी साध्वी बुहारी भोज्यासँग विवाह गरे ।। ३९।।
इति श्रीमद्भा्गवते महापुराणे पारमहंस्यां
संहितायां नवमस्कन्धे त्रयोविंशोऽध्यायः ॥ २३ ॥