॥ भागवत दर्शन ॥
इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् ।
भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।
एकादशः स्कंधः - तृतीयोऽध्यायः
एकादशः स्कंधः अथ तृतीयोऽध्यायः
राजोवाच
परस्य विष्णोरीशस्य मायिनामपि मोहिनीम् ।
मायां वेदितुमिच्छामो भगवन्तो ब्रुवन्तु नः ।। १ ।।
राजा ले सोधे– हे मुनिश्वर हरु ? परमेश्वर भगवान् विष्णु ठुला ठुला मायावी ब्रह्मा आदिलाई पनि मोहित गराउनु हुन्छ । अब म वहाँ परमेश्वर विष्णुको माया जान्न चाहन्छु कृपा गरेर यस बारेमा बताइदिनुहोस ।।१।।
नानुतृप्ये जुषन् युष्मद्वचो हरिकथामृतम् ।
संसारतापनिस्तप्तो मत्र्यस्तत्तापभेषजम् ।। २ ।।
हे योगीश्वर हो ! म संसार रुपी अग्निको रापबाट सन्तप्त भएको मान्छे हुँ । त्यस तापबाट सान्त गराउनको लागि हरि भगवान्को कथारूप अमृत हजुरहरूको अमृतमय वचन पान गरेर म तृप्त हुन्न ।।२।।
अन्तरिक्ष उवाच
एभिर्भूतानि भूतात्मा महाभूतैर्महाभुज ।
ससर्जोच्चावचान्याद्यः स्वमात्रात्मप्रसिद्धये ।। ३ ।।
अन्तरिक्षले भन्नुभयो– हे राजा ? नारायणले आफ्नो अंशबाट उत्पन्न जीवको भोग र मोक्षको लागि प्राणीमात्रका आत्मास्वरूप भगवान्ले आफैंबाट बनिएका पञ्चमहाभूतद्वारा साना ठूला अनेक प्रकारका प्राणीहरू सृष्टि गर्नुभयो । भगवान्को त्यही शक्ति नै माया हो ।।३।।
एवं सृष्टानि भूतानि प्रविष्टः पञ्चधातुभिः ।
एकधा दशधाऽऽत्मानं विभजञ्जुषते गुणान् ।। ४ ।।
यसरी पाँचतत्वको आधार बाट सृष्टि गरेका प्राणीमा आफैं नै अन्तर्यामीरुपले पसेर एक मन बाहिरी इन्द्रियहरूको रुपमा विभाग गरेर वहाँ भगवानले विभिन्न विषयको भोग गर्नुहुन्छ ।।४।।
गुणैर्गुणान् स भुञ्जान आत्मप्रद्योतितैः प्रभुः ।
मन्यमान इदं सृष्टमात्मनमिह सज्जते ।। ५ ।।
त्यो देहधारी जीवले परमात्माबाटै रचना गरिएका इन्द्रियद्वारा विषयको भोग गर्दै यो शरीरलाई नै आत्मा ठान्दै शरीरमा आसक्त हुन्छ ।।५।।
कर्माणि कर्मभिः कुर्वन् सनिमित्तानि देहभृत् ।
तत्तत् कर्मफलं गृह्णन् भ्रमतीह सुखेतरम् ।। ६ ।।
त्यो देहधारी जीवात्माले कर्मेन्द्रियद्वारा पूर्ववासना अनुसार सकाम कर्महरू गर्दै शुभाशुभ कर्मको फल भोग्दै जान्छ । यसरी शरीरधारी भएर यो संसारमा सुखदुःखमा घुम्दछ ।।६।।
इत्थं कर्मगतीर्गच्छन् बह्वभद्रवहाः पुमान् ।
आभूतसम्प्लवात् सर्गप्रलयावश्नुतेऽवशः ।। ७ ।।
यसरी त्यो जीव अनेक कष्टदायक कर्मगतीको वशमा परी महाप्रलयसम्म जन्ममरणको चक्रमा परिरहन्छ ।।७ ।।
धातूपप्लव आसन्ने व्यक्तं द्रव्यगुणात्मकम् ।
अनादिनिधनः कालो ह्याव्यक्तायापकर्षति ।। ८ ।।
जब पञ्चधातुको अन्तिम समय अर्थात् प्रलय हुने समय आएपछि अनादिस्वरूप कालले द्रव्य र गुणबाट रचित यो व्यक्त ब्रह्माण्डलाई अव्यक्ततिर लैजान्छ यही नै भगवान्को माया हो ।।८।।
शतवर्षा ह्यानावृष्टिर्भविष्यत्युल्बणा भुवि ।
तत्कालोपचितोष्णार्को लोकांस्त्रीन् प्रतपिष्यति ।। ९ ।।
त्यसबेला सय वर्षसम्म डरलाग्दो खडेरी पर्नेछ, सूर्यको ताप बढेर तीनै लोकलाई डढाउने छ । यही भगवान्को माया हो ।।९।।
पातालतलमारभ्य सङ्कर्षणमुखानलः ।
दहन्नध्वंशिखो विष्वग वर्धते वायनेरितः ।। १० ।।
त्यस समयमा शङ्गर्षण (शेषनाग)को मुखबाट निस्किएका अग्निको ज्वाला मास्तिर फर्किएको हुन्छ र हावाल प्रेरित भएर चारैतिर फैलन्छ । यही नै भगवान्को माया हो ।।१०।।
सांवर्तको मेघगणो वर्षति स्म शतं समाः ।
धाराभिर्हस्तिहस्ताभिर्लीयते सलिले विराट् ।।११।।
त्यस समयमा प्रलयकालीन सांवर्तक मेघ मेघ बढेर हात्तीको सूंढ जत्रो ठुलो धारा भएको वर्षा हुनेछ । जसले गर्दा यो विराट ब्रह्माण्ड नै पानीमा डुब्न जानेछ । यही नै भगवान्को माया हो ।।११।।
ततो विराजमुत्सृज्य वैराजः पुरुषो नृप ।
अव्यक्तं विशते सूक्ष्मं निरिन्धन इवानलः ।।१२।।
हे विदेह राज निमि ! यसरी ब्रह्माण्ड पानीमा डुब्न गएपछि त्यहाँ रहेका सबै जीवहरु यहाँ सम्म कि ब्रह्मा पनि बिना अग्निको, दाउरा विनाको आगो जस्तै भएर सूक्ष्म रूप भएको कारणमा प्रव्श गर्नेछन् ।।१२।।
वायुना हृतगन्धा भूः सलिलत्वाय कल्पते ।
सलिलं तद्धृतरसं ज्योतिष्ट्वायोपकल्पते ।। १३ ।।
प्रलयकालीन वायुले गन्ध शोषेर लिएकोले पृथ्वी जलमा लीन हुन्छिन्, र त्यही जलको गुणरसलाई पनि वायुले शोषण गरी दिनाले जल पनि तेजमा परिणत हुन्छ ।।१३।।
हृतरूपं तु तमसा वायौ ज्योतिः प्रलीयते ।
हृतस्पर्शोऽवकाशेन वायुर्नभसि लीयते ।। १४ ।।
प्रलयकालीन घोर अन्धकारले तेजको गुणरूप तानेको हुँदा तेज वायुमा मिल्न गयो र आकाशले वायुको गुण स्पर्श लिएको हुनाले वायु आकाशमा लीन हुन्छ ।।१४।।
कालात्मना हृतगुणं नभ आत्मनि लीयते ।
इन्द्रियाणि मनो बुद्धिः सह वैकारिकैर्नृप ।
प्रविशन्ति ह्याहङ्कारं स्वगुणैरहमात्मनि ।। १५ ।।
हे राजा निमि ! कालरुप इश्वरद्वारा आकाशको शव्द गुणलाई शब्दलाई हरण गरेको हुँदा आकास पनि कारणभूत तामस अहङ्कारमा लीन हुनजान्छ । सबै इन्द्रिय र बुद्धि आफ्नो कारण राजस अहङ्कारमा लीन हुन्छ । मन सहित इन्द्रियका देवता सात्विक अहङ्कारमा प्रवेश गर्दछन् । आफ्नो गुण सहित अहङ्कार महत् त्वमा र महत् तत्व प्रकृति ब्रह्ममा लीन हुन्छ र पछि फेरी यसको विपरित सृस्टि हुन्छ यही नै भगवान्को माया हो ।।१५।।
एषा माया भगवतः सर्गस्थित्यन्तकारिणी ।
त्रिवर्णा वर्णितास्माभिः किं भूयः श्रोतुमिच्छसि ।। १६ ।।
यो भगवान्को त्रिगुणात्मिका माया जगतको सृष्टि स्थिति र संहार गर्ने हो । यस बारेमा हामीहरूले बतायौं हे राजन् अब तपाई के सुन्न चाहानुहुन्छ ? ।।१६।।
राजोवाच
यथैतामैश्वरीं मायां दुस्तरामकृतात्मभिः ।
तरन्त्यञ्जः स्थूलधियो महर्ष इदमुच्यताम् ।। १७ ।।
राजाले सोधे– हे मुनिश्वर हो ! यस मायाबाट पार पाउनको लागि त उसका लागि पनि कठिन हुन्छ जसले मनलाई आफ्नो वशमा पार्न सकेको हुदैन । भने जसले यो शरीरलाई नै आत्मा ठान्ने अज्ञानी प्राणीहरू बिना प्रयास नै यो ईश्वरको मायाबाट कसरी पार पाउन सक्दछन् ।।१७।।
प्रबुद्ध उवाच
कर्माण्यारभमाणानां दुःखहत्यै सुखाय च ।
पश्येत् पाकविपर्यासं मिथुनीचारिणां नृणाम् ।। १८
चारौं योगीश्वर प्रबुद्धले भन्नुभयो– हे राजा ! स्त्री पुरुषको सम्बन्ध भएका मनुष्यहरुले दुःखको नाश र सुखप्राप्तिको लागि अनेक कर्महरु गरेका हुन्छन तर उनीहरुलाई सुखको सट्टा उल्टो फल दुःख नै प्राप्त भएको हुन्छ । यस सम्बन्धमा सबैले विचार गर्नुपर्दछ ।। १८ ।।
नित्यार्तिदेन वित्तेन दुर्लभेनात्ममृत्युना ।
गृहापत्याप्तपशुभिः का प्रीतिः साधितै श्चलैः ।। १९ ।।
सधैं दुःख दिने र दुःख गरेर कमाउनु पर्ने धन जुन आत्माको निम्ति, मृत्यु स्वरुप हुन्छ । यस्तो नाशिएर जाने घर, सन्तान, कुटुम्ब, पशु रूप साधनले के सुख दिन सक्तछ र ? ।।१९।।।
एवं लोकं परं विद्यान्नश्वरं कर्मनिर्मितम् ।
सतुल्यातिशयध्वंसं यथा मण्डलवर्तिनाम् ।। २० ।।
यसरी मायाबाट पार पाउन चाहाने मानिसले मृत्य पश्चात प्राप्त हुने परलोक पनि नाशवान छ भन्ने जान्नु पर्दछ । यस लोकका बस्तु समान परलोक पनि सिमित कर्मको फल पाउने मात्र हो । यी लोकमा भूमण्डलका राजा जस्तै प्रतिस्पर्धा, होडबाजी हुन्छ । ईष्र्या द्वेष आदिको भावना रहन्छ जसले गर्दा पतन भइन्छ कि भन्ने डर भइरहन्छ ।।२०।।
तस्माद् गुरुं प्रपद्येत जिज्ञासुः श्रेय उत्तमम् ।
शाब्दे परे च निष्णातं ब्रह्मण्युपशमाश्रयम् ।। २१ ।।
त्यसैले कल्याण चाहने उत्तम जिज्ञासुले वेद र परब्रह्ममा सिपालु शान्त गुरुका शरण पर्नुपर्दछ ।। २१ ।।
तत्र भागवतान् धर्मान् शिक्षेद् गुर्वात्मदैवतः ।
अमाययानुवृत्या यैस्तुष्येदात्माऽऽत्मदो हरिः ।। २२ ।।
त्यहाँ गुरुलाई नै आत्मस्वरूप सम्झी भागवतधर्म धर्मका बारेमा सिक्नु पर्दछ र जान्नु बुझ्नु । जुन धर्म र पवित्र सेवाले आफैंलाई समेत सुम्पन सक्ने आत्मारूपी हरि खुसी हुनुहुन्छ ।।२२।।
सर्वतो मनसोऽसङ्गमादौ सङ्गं च साधुषु ।
दयां मैत्रीं प्रश्रयं च भूतेष्वद्धा यथोचितम् ।। २३ ।।
पहिले मनलाई सबैतिरबाट वश गरी महात्माको सङ्गत गर्नू, सबै प्राणीमा यथोचित सम्मान गर्नू अर्थात् तल्लो तहमा दया, समान तहमा मित्रता, उत्तम तहमा नम्रताको व्यवहार आदि गर्नुपर्दछ ।।२३।।
शौचं तपस्तितिक्षां च मौनं स्वाध्यायमार्जवम् ।
ब्रह्मचर्यमहिंसां च समत्वं द्वन्द्वसंज्ञयोः ।। २४ ।।
त्यस्तै शरीरको बाहिर र भित्र पवित्रता, स्वधर्ममा तत्पर, सहनशीलता, मौनता, वेदाध्ययन, सरलता, ब्रह्मचर्य, अहिंसा, सुखदुःखमा समता, हुनुपर्दछ ।।२४।।
सर्वत्रात्मेश्वरान्वीक्षां कैवल्यमनिकेतताम् ।
विविक्तचीरवसनं सन्तोषं येन केनचित् ।। २५ ।।
सबैतिर आत्मारूप र ईश्वररूप देख्नु, एकान्त बस्न रुचाउनु, घर व्यवहारमा आसक्त नहुनु, शुद्ध वस्त्र लगाउनू र जे जतिसुकै पाए पनि सन्तोष
हुनु ।। २५ ।।
श्रद्धां भागवते शास्त्रेऽनिन्दामन्यत्र चापि हि ।
मनोवाक्कर्मदण्डं च सत्यं शमदमावपि ।। २६ ।।
भगवत् धर्ममा श्रद्धा राख्नु पर्दछ । त्यसैगरी अरु धर्मशास्त्रको निन्दा गर्नुु हुदैन । मनलाई प्राणायामद्वारा, वचनलाई मौनताद्वारा र कर्मलाई निष्क्रियताद्वारा दण्ड दिनू, सत्यमा रहनु, बाहिरी इन्द्रिय र भित्री इन्द्रियहरूलाई वश गर्नु आदि यी सबैको शिक्षा प्राप्त गर्नुपर्दछ ।।२६।।
श्रवणं कीर्तनं ध्यानं हरेरद्भुतकर्मणः ।
जन्मकर्मगुणानां च तदर्थेऽखिलचेष्टितम् ।।। २७ ।।
अद्भुत काम गर्ने भगवान् श्रीहरिको जन्म, कर्म र गुणको बारेमा श्रवण, कीर्तन र ध्यान गर्नु र आफले गरेका कर्महरु भगवान्कै लागि भनी अर्पण गर्नू र जे कर्म गरिन्छ त्यो भगवान्को प्रसन्नताको लागि गरोस् ।।२७।।
इष्ट दत्तं तपो जप्तं वृत्तं यच्चात्मनः प्रियम् ।
दारान् सुतान् गृहान् प्राणान् यत् परस्मै निवेदनम् ।। २८ ।।
जति पनि यज्ञ, दान, तपस्या, जप, आचरण, आफ्नो प्रिय लाग्ने स्त्री, पुत्र, घर, प्राण र अरु सबै जे जति चीज छन् ती सबै परमात्मालाई समर्पण गर्नु ।।२८।।
एवं कृष्णात्मनाथेषु मनुष्येषु च सौहृदम् ।
परिचर्यां चोभयत्र महत्सु नृषु साधुषु ।। २९ ।।
यसरी कृष्णलाई नै आत्मा मान्ने मानिसमा मित्रता गर्नू, स्थावर र जङ्गम दुवै प्रकारका प्राणी, महात्मा साधुहरुमा सेवाको भावना राख्नु पर्दछ ।।२९।।
परस्परानुकथनं पावनं भगवद्यशः ।
मिथो रतिर्मिथस्तुष्टिर्निवृत्तिर्मिथ आत्मनः ।। ३० ।।
भगवान्को पवित्र कीर्तिलाई परस्परमा चर्चा गर्नु पर्दछ । यस प्रकारका साधकहरु एकठाँउमा जम्मा भएर परस्परमा प्रेम गर्नु, सन्तुष्ट हुनु, र सबै प्रपंचबाट टाढा रहेर आध्यात्मिक शान्तिको अनुभव गर्न सिक्नु पर्दछ ।।३०।।
स्मरन्तः स्मारयन्तश्च मिथोऽघौघहरं हरिम् ।
भक्त्या सञ्जातया भक्त्या बिभ्रत्युत्पुलकां तनुम् ।। ३१ ।।
यसरी पाप राशिलाई नाश गर्ने हरि भगवान्को स्मरण गर्दै र परस्परमा स्मरण गराउँदै गएपछि साधारण भक्तिद्वारा विशेष भक्तिको उदय हुन्छ र शरीरमा आनन्द प्राप्ति हुन्छ ।। ३१ ।।
क्वचिद् रुदन्त्यच्युतचिन्तया क्वचि–
द्धसन्ति नन्दन्ति वदन्त्यलौकिकाः ।
नृत्यन्ति गायन्त्यनुशीलयन्त्यजं
भवन्ति तूष्णीं परमेत्य निर्वृताः ।। ३२ ।।
यस्तो भक्तिले अलौकिक भएका मनुष्य अच्युत भगवानको चिन्तनमा मग्न भई कैले रुन्छन्, कहिले हाँस्छन्, कहिले आनन्दित हुन्छन्, कहिले बोल्दछन् त कहिले नाच्तछन्, कहिले गाउँछन्, कहिले अजन्मा भगवान्संग एक्लै कुराकानी गर्दछन् । यसरी कर्मबाट निवृत्त भएर परम पदमा प्राप्त भई मग्न हुन पुग्दछन् ।।३२।।
इति भागवतान् धर्मान् शिक्षन् भक्त्या तदुत्थया ।
नारायणपरो मायामञ्जस्तरति दुस्तराम् ।। ३३ ।।
यसरी भागवतधर्मको शिक्षा लिँदा लिँदा त्यसबाट उत्पन्न भक्तिद्वारा नारायणमय बन्दछन् र पार गर्न कठिन भएको मायाबाट सजिलै पार पाउदछन् ।।३।।
राजोवाच
नारायणाभिधानस्य ब्रह्मणः परमात्मनः ।
निष्ठामर्हथ नो वक्तुं यूयं हि ब्रह्मवित्तमाः ।। ३४ ।।
राजाले सोधे– हे ब्रह्म जान्ने मुनिश्वर हो ? तपाईंहरू ब्रह्मज्ञानी हुनुहुन्छ । अब हामीहरूलाई जुन परंब्रह्म परमात्माको नाम नारायण छ वहाँको स्वरुप कस्तो छ । वर्णन गर्दिनुहोस् किनकि तपाईहरु ब्रह्मज्ञानीमा श्रेष्ठ हुनुहुन्छ ।।३४।।
पिप्पलायन उवाच
स्थित्युद्भवप्रलयहेतुरहेतुरस्य
यत् स्वप्नजागरसुषुप्तिषु सद् बहिश्च ।
देहेन्द्रियासुहृदयानि चरन्ति येन
सञ्जीवितानि तदवेहि परं नरेन्द्र ।। ३५ ।।
अब पिप्पलायन नामका योगीले भन्नुभयो– हे राजन् ! यस सम्पूर्ण विश्वको सृष्टि, स्थिति र संहारका कारण हुनुहुन्छ । तर वहाँको कुनै पनि कारण छैन । जो स्वप्न जाग्रत् र सुषुप्तितीका साक्षी हुनुहुन्छ । यि सबैका बाहिर समाधि अवस्थामा हुनुहुन्छ, उनै परम सत्य वस्तुलाई तपाई नारायण भनेर जान्नुहोस् ।।३५।।
नैतन्मनो विशति वागुत चक्षुरात्मा
प्राणेन्द्रियाणि च यथानलमर्चिषः स्वाः ।
शब्दोऽपि बोधकनिषेधतयाऽऽत्ममूल–
मर्थोक्तमाह यदृते न निषेधसिद्धिः ।। ३६ ।।
जसरी आगोबाट निस्केको झिल्काले आगोलाई प्रकाशित गर्न सक्तैन त्यसैगरी यो आत्मतत्वलाई मन, वाणीले पनि सक्दैन । आँखाले पनि सक्दैन । बुध्दि प्राण र इन्द्रियहरुले पनि सक्दैन । नेति नेति इत्यादि श्रुति शब्दले पनि विधिवाक्य र निषेध वाक्यद्वारा अर्थज्ञान गराएर मात्र ब्रह्म बुझाउँछ । प्रत्यक्षरूपमा ब्रह्म बुझाउँदैन, ब्रह्म नभए निषेध वाक्य सिद्ध हुँदैन ।।३६।।
सत्वं रजस्तम इति त्रिवृदेकमादौ
सूत्रं महानहमिति प्रवदन्ति जीवम् ।
ज्ञानक्रियार्थफलरूपतयोरुशक्ति
ब्रह्मैव भाति सदसच्च तयोः परं यत् ।। ३७ ।।
सृष्टिको शुरुमा वहाँ एक ब्रह्मस्वरूप मात्र हुनुहुन्थ्यो । सृष्टिको निरुपण गर्नको लागि उनै ब्रह्मको शक्तिले सत्व रज तम तीन गुणले युक्त भए । अर्थात् क्रिया प्रधान भएकाले सूत्रात्मा भनियो । ज्ञानशक्तिले महत् तत्व र अहम् तत्वबाट जीवको उपाधि हुनाले अहङ्कार भनेर वर्णन गरियो । ज्ञानशब्दले देवता, क्रियाशब्दले इन्द्रियहरू, अर्थ शब्दले विषयहरू र फलशब्दले सुखदुःखादिरूप पनि ब्रह्म नै भाषित हुन्छन्, सत् कार्यरूप र असत् कारणरूप बाट पनि पर जे बाँकी रहन्छ त्यही नै ब्रह्मरूपमा त्यो नै ब्रह्म रुप हो ।।३७।।
नात्मा जजान न मरिष्यति नैधतेऽसौ
न क्षीयते सवनविद् व्यभिचारिणां हि ।
सर्वत्र शश्वदनपाय्युपलब्धिमात्रं
प्राणो यथेन्द्रियबलेन विकल्पितं सत् ।। ३८ ।।
त्यो आत्मा न कहिले जन्मन्छ न त मर्दैछ नै । बढ्दैन र घट्तैन पनि । बरु देखिने र नाश हुने आदि सबै पदार्थको साक्षी हो । सबै ठाउँमा सधैं प्राप्त हुने ज्ञान स्वरुप यो आत्मा प्राणवायु र इन्द्रियको आधारमा र ठाउँका फरकले विभिन्न नाम र रूपमा देखिएको मात्र हो ।।३८।।
अण्डेषु पेशिषु तरुष्वविनिश्चि तेषु
प्राणो हि जीवमुपधावति तत्र तत्र ।
सन्ने यदिन्द्रियगणेऽहमि च प्रसुप्ते
कूटस्थ आशयमृते तदनुस्मृतिर्नः ।। ३९ ।।
अण्डज, जरापुज, उद्भिज र स्वेदज सबै प्राणीमा प्राणले जीवलाई सञ्चार गराउँछ, सुषुप्ति अवस्थामा जब इन्द्रियहरू र अहङ्कारको पनि लय हुन्छ र लिङ्ग शरीर नहुनाले लिङ्ग शरीरले देख्ने, सुन्ने र छुने आदि कामको शून्य भएकोले हामीहरूलाई सुषुप्ति अवस्थाको साक्षी रूप कूटस्थ आत्माले आत्मीय आनन्द प्राप्त
गर्दछ र उठेपछि यो शरीरले मैले केही थाहा पाइनँ भन्दछ ।। ३९ ।।
यह्र्याब्जनाभचरणैषणयोरुभक्त्या
चेतोमलानि विधमेद् गुणकर्मजानि ।
तस्मिन् विशुद्ध उपलभ्यत आत्मतत्त्वं
साक्षाद् यथामलदृशोः सवितृप्रकाशः ।। ४० ।।
जब मानिस पद्मनाभको चरण कमलको प्राप्त गर्ने चाहने प्रेमाभक्तिद्वारा गुण र कर्मबाट उत्पन्न भएका चित्तका मलहरू नाश हुन्छन् अनि चित्त शुद्ध भएपछि प्रत्यक्षरूपमा आत्मतत्व प्राप्त हुन्छ जसरी निर्मल नेत्रद्वारा सूर्यको प्रकाश प्राप्ति हुन्छ ।।४०।।
राजोवाच
कर्मयोगं वदत नः पुरुषो येन संस्कृतः ।
विधूयेहाशु कर्माणि नैष्कम्र्यं विन्दते परम् ।। ४१ ।।
राजाले सोधे– अब हजुरहरूले कर्मयोगको बारेमा बताइदिनुहोस् जुन कर्मद्वारा शुद्ध पुरुषले सबै कर्म त्यागेर निष्कर्मबाट आनन्दमा प्राप्त हुन्छ ।।४१।।
एवं प्रश्नमृषीन् पूर्वमपृच्छं पितुरन्तिके ।
नाब्रुवन् ब्रह्मणः पुत्रास्तत्र कारणमुच्यताम् ।। ४२ ।।
यसैगरी मैले अगाडि यही प्रश्न पिताजीका सामुन्ने सनकादि मुनिहरूसँग गरेको थिएं तर उहाँहरूले केही उत्तर दिनुभएन । त्यसको कारण के होला बताउनुहोस् ।।४२।।
आविर्होत्र उवाच
कर्माकर्मविकर्मेति वेदवादो न लौकिकः ।
वेदस्य चेश्वरात्मत्वात् तत्र मुह्यान्ति सूरयः ।। ४३ ।।
आविर्होत्र योगीले भन्नुभयो– वेद ईस्वरको वाणी भएकोले बेदले गर्नु भनेको कर्म गरेमा त्यसलाई कर्म भन्दछन् । बेदले गर्नु भनेको कर्म नगरेमा अकर्म भन्दछन् । बेदले नगर्नु भनेको कर्म गरेमा विकर्म भन्दछन् । यस्तो कर्म अकर्म र विकर्मको बारेमा विद्वानजन पनि मोहमा पर्दछन् ।।४३।।
परोक्षवादो वेदोऽयं बालानामनुशासनम् ।
कर्ममोक्षाय कर्माणि विधत्ते ह्यागदं यथा ।। ४४ ।।
वास्तविक अर्थ लुकाएर अर्कै प्रकारले भनिने अर्थलाई “परोक्षवाद” भन्दछन् । वेद पनि परोक्षवादात्मक छ । वेदले अज्ञानीहरुलाई कर्मबाट छुटाएर मोक्ष गराउन बालकलाई अनेक आश्वासन दिएर औषधी खुवाए झैं अज्ञानीलाई स्वर्गरूप मिठाइको लोभ देखाएको हो ।।४४।।
नाचरेद् यस्तु वेदोक्तं स्वयमज्ञोऽजितेन्द्रियः ।
विकर्मणा ह्याधर्मेण मृत्योर्मृत्युमुपैति सः ।। ४५ ।।
इन्द्रिय वंशमा परेको अज्ञानी पुरुष आफैं नै वेदले बताएको कर्म नगरी वेद विहित कर्म गरेको कारण पापले जन्म र मरणको चक्रमा घुमिरहन्छ ।।४५।।
वेदोक्तमेव कुर्वाणो निःसङ्गोऽर्पितमीश्वरे ।
नैष्कम्र्यं लभते सिद्धिं रोचनार्था फलश्रुतिः ।। ४६ ।।
जसले फलको आशा नराखी वेदले बताए अनुसार कर्म गर्ने मानिसले नै नैष्कम्र्य सिद्धि प्राप्त गर्दछ, वेदले बताएको स्वर्गादिरूप फल त कर्ममा रुचि बढाउनको लागि मात्र हो ।।४६।।
य आशु हृदयग्रन्थिं निर्जिहीर्षुः परात्मनः ।
विधिनोपचरेद् देवं तन्त्रोक्तेन च केशवम् ।। ४७ ।।
जसले हृदयको अहङ्कार रूप गाँठो फुकाउन चाहन्छ भने उसले तन्त्रमा र वेदमा पनि बताएको विधिल भगवान् केशवको पूजा गरोस् ।।४७।।
लब्धानुग्रह आचार्यात् तेन सन्दर्शितागमः ।
महापुरुषमभ्यर्चेन्मूत्र्याभिमतयाऽऽत्मनः ।। ४८ ।।
गुरुबाट मन्त्रदिक्षा र कृपा प्राप्त गरेर गुरुले बताएको विधिले आफूलाई मनपने मूर्तिमा महापुरुष भगवान् नारायणको पूजा गरोस् ।।४८ ।।
शुचिः सम्मुखमासीनः प्राणसंयमनादिभिः ।
पिण्डं विशोध्य संन्यासकृतरक्षोऽर्चयेद्धरिम् ।। ४९ ।।
पवित्र भै मूर्तिको अगाडि बसी प्राणायाम, भूतशुद्धि आदिद्वारा शरीर शुद्ध गरी अङ्गन्यासद्वारा आफ्नो रक्षा गरी हरि भगवान्को पूजा गरोस् ।।४९ ।।
अर्चादौ हृदये चापि यथालब्धोपचारकैः ।
द्रव्यक्षित्यात्मलिङ्गानि निष्पाद्य प्रोक्ष्य चासनम् ।। ५० ।।
पाद्यादीनुपकल्प्याथ सन्निधाप्य समाहितः ।
हृदादिभिः कृतन्यासो मूलमन्त्रेण चार्चयेत् ।। ५१ ।।
जे जति प्राप्त भएको छ, त्यो पूजा सामग्री, भूमि आफु र प्रतिमालाई (मुर्ति) पूजाका लागि योग्य बनाएर पूजा गर्नु मर्दछ त्यसपछि पाद्य अर्घ आदि ठीक गरी देवताको ध्यान गरी, एकचित्त भई हृदयादि र कर न्यास गरी मूलमन्त्रले पूजा गरोस् ।।५०–५१।।
साङ्गोपाङ्गां सपार्षदां तां तां मूर्तिं स्वमन्त्रतः ।
पाद्याध्र्याचमनीयाद्यैः स्नानवासोविभूषणैः ।। ५२ ।।
गन्धमाल्याक्षतस्रग्भिर्धूपदीपोपहारकैः ।
साङ्गं सम्पूज्य विधिवत् स्तवैः स्तुत्वा नमेद्धरिम् ।। ५३ ।।
हृदयादि अङ्ग, आयुध आदि उपाङ्ग रपार्षद अर्थात् परिवार सहित इष्टदेवताको मूर्तिमा उनकै मन्त्रद्वारा पाद्य, अघ्र्य, आचमनीयादि, स्नान, वस्त्र, गहनाहरू, चन्दन, अक्षता, माला, धूप, बत्ती, नैवेद्य आदिले विधिवत् पूजा गरी स्तोत्रद्वारा स्तुति गरी हरि भगवान्लाई नमस्कार गरोस् ।।५२–५३।।
आत्मानं तन्मयं ध्यायन् मूर्तिं सम्पूजयेद्धरेः ।
शेषामाधाय शिरसि स्वधाम्न्युद्वास्य सत्कृतम् ।। ५४ ।।
आफूलाई भगवद्रूपमा लीन गराई हरिको ध्यान गर्दै मूर्तिको पूजा गरोस्, निर्माल्यलाई शिरमा राखेर पूजित मूर्तिलाई यथास्थानमा राखेर पूजा समाप्त गर्नु पर्दछ ।।५४।।
एवमग्न्यर्कतोयादावतिथौ हृदये च यः ।
यजतीश्वरमात्मानमचिरान्मुच्यते हि सः ।। ५५ ।।
जसले यसरी अग्नि, सूर्य, जल आदिमा तथा अतिथि अथवा हृदयमा जो आत्मास्वरूप भगवान श्रीहरिको पूजा गर्दछ भने उसले चाँडै नै मुक्ति पदमा प्राप्त गर्दछ ।।५५।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां सहितायामेकादशस्कन्धे तृतीयोऽध्यायः।।३।।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment