/#blog-pager, .newer-posts, .older-posts, .post-footer-line-1, .post-footer-line-2, .post-footer-line-3 { display: none !important; } .PageList, .Tabs, .tabs-inner, [id^='PageList'] { display: none !important; height: 0 !important; margin: 0 !important; padding: 0 !important; } .main-column-left { position: -webkit-sticky !important; position: sticky !important; top: 10px !important; height: fit-content !important; align-self: flex-start !important; } .content-fauxcolumns, .content-inner, .column-left-outer { overflow: visible !important; } /* पोस्टलाई टपमा टाँस्ने गरी मिलाइएको कोड */ .main-inner { padding-top: 0px !important; margin-top: 0px !important; } .main-inner .column-center-inner { padding-top: 0px !important; } /* शीर्षकलाई सिधै माथि धकेल्ने */ .post-outer { margin-top: -60px !important; } /* हेडरको तलको ग्याप मार्ने */ #header-inner { margin-bottom: -30px !important; } /* पोस्टको भित्री खाली ठाउँ हटाउने */ .post-body { padding-top: 0px !important; } --> }

॥ भागवत दर्शन ॥

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।
श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव।।

एकादशः स्कंधः - तृतीयोऽध्यायः

श्रीमद्भागवत महापुराण

एकादशः स्कंधः - तृतीयोऽध्यायः



राजोवाच परस्य विष्णोरीशस्य मायिनामपि मोहिनीम् ।
मायां वेदितुमिच्छामो भगवन्तो ब्रुवन्तु नः ॥ १ ॥
नेपाली भावानुवादः राजाले सोधेहे मुनिश्वरहरू ! परमेश्वर भगवान् विष्णु ठुला-ठुला मायावी ब्रह्मा आदिलाई पनि मोहित गराउनुहुन्छ । अब म ती परमेश्वर विष्णुको माया जान्न चाहन्छु, कृपा गरेर यस बारेमा बताइदिनुहोस् ।।१।।
 
नानुतृप्ये जुषन् युष्मद्वचो हरिकथामृतम् ।
संसारतापनिस्तप्तो मर्त्यस्तत्तापभेषजम् ॥ २ ॥
नेपाली भावानुवादः हे योगीश्वर हो ! म संसाररूपी अग्निको रापबाट सन्तप्त भएको मनुष्य हुँ । त्यस तापबाट शान्त हुनका लागि हरि भगवान्को कथारूप अमृत र हजुरहरूको अमृतमय वचन पान गरेर म तृप्त हुन सकेको छैन ।।२।।
 
अन्तरिक्ष उवाच
एभिर्भूतानि भूतात्मा महाभूतैर्महाभुज ।
सर्जोच्चावचान्याद्यः स्वमात्रात्मप्रसिद्धये ॥ ३ ॥
नेपाली भावानुवादः अन्तरिक्षले भन्नुभयोहे महाबाहु राजा ! नारायणले आफ्नो अंशबाट उत्पन्न जीवको भोग र मोक्षका लागि प्राणीमात्रका आत्मास्वरूप भगवान्ले आफैँद्वारा निर्मित पञ्चमहाभूतद्वारा साना-ठुला अनेक प्रकारका प्राणीहरू सृष्टि गर्नुभयो । भगवान्को त्यही शक्ति नै माया हो ।।३।।
 
एवं सृष्टानि भूतानि प्रविष्टः पञ्चधातुभिः ।
एकधा दशधाऽऽत्मानं विभजञ्जुषते गुणान् ॥ ४ ॥
नेपाली भावानुवादः यसरी पाँच तत्त्वको आधारबाट सृष्टि गरिएका प्राणीमा आफैँ नै अन्तर्यामीरूपले प्रवेश गरेर, एक मन र दश बाह्य इन्द्रियहरूको रूपमा विभाग गरी ती भगवान् विभिन्न विषयको भोग गर्नुहुन्छ ।।४।।
 
गुणैर्गुणान् स भुञ्जान आत्मप्रद्योतितैः प्रभुः ।
मन्यमान इदं सृष्टमात्मानमिह सज्जते ॥ ५ ॥
नेपाली भावानुवादः त्यो देहधारी जीवले परमात्माबाटै प्रकाशित इन्द्रियद्वारा विषयको भोग गर्दै यो शरीरलाई नै आत्मा ठानी शरीरमा आसक्त हुन्छ ।।५।।
कर्माणि कर्मभिः कुर्वन् सनिमित्तानि देहभृत् ।
तत्तत् कर्मफलम् गृह्णन् भ्रमतीह सुखेतरम् ॥ ६ ॥
नेपाली भावानुवादः त्यो देहधारी जीवात्माले कर्मेन्द्रियद्वारा पूर्ववासना अनुसार सकाम कर्महरू गर्दै शुभाशुभ कर्मको फल भोग्दै जान्छ । यसरी शरीरधारी भएर यो संसारमा सुख र दुःखमा घुमिरहन्छ ।।६।।
 
इत्थं कर्मगतीर्गच्छन् बह्वभद्रवहाः पुमान् ।
आभूतसम्प्लवात् सर्गप्रलयावश्नुतेऽवशः ॥ ७ ॥
नेपाली भावानुवादः यसरी त्यो जीव अनेक कष्टदायक कर्मगतिको वशमा परी महाप्रलयसम्म जन्म-मरणको चक्रमा परिरहन्छ ।।७।।
 
धातूपप्लव आसन्ने व्यक्तं द्रव्यगुणात्मकम् ।
अनादिनिधनः कालो ह्याव्यक्तायापकर्षति ॥ ८ ॥
नेपाली भावानुवादः जब पञ्चधातुको विनाशको समय अर्थात् प्रलय आउँछ, तब अनादिस्वरूप कालले द्रव्य र गुणबाट रचित यो व्यक्त ब्रह्माण्डलाई अव्यक्ततिर लैजान्छ; यही नै भगवान्को माया हो ।।८।।
 
शतवर्षा ह्यानावृष्टिर्भविष्यत्युल्बणा भुवि ।
 तत्कालोपचितोष्णार्को लोकांस्त्रीन् प्रतपिष्यति ॥ ९ ॥
नेपाली भावानुवादः त्यस बेला सय वर्षसम्म डरलाग्दो खडेरी पर्नेछ, सूर्यको ताप बढेर तीनै लोकलाई डढाउनेछ । यही नै भगवान्को माया हो ।।९।।
 
पातालतलमारभ्य सङ्कर्षणमुखानलः ।
दहन्नूर्ध्वशिखो विष्वग् वर्धते वायुनेरितः ॥ १० ॥
नेपाली भावानुवादः त्यस समयमा सङ्कर्षण (शेषनाग) को मुखबाट निस्किएको अग्निको ज्वाला मास्तिर फर्किएको हुन्छ र हावाद्वारा प्रेरित भएर चारैतिर फैलिन्छ । यही नै भगवान्को माया हो ।।१०।।
 
सांवर्तको मेघगणो वर्षति स्म शतं समाः ।
धाराभिर्हस्तिहस्ताभिर्लीयते सलिले विराट् ॥ ११ ॥
नेपाली भावानुवादः त्यस समयमा प्रलयकालीन सांवर्तक मेघहरूले हात्तीको सुँढजत्रो ठुलो धारामा सय वर्षसम्म वर्षा गर्नेछन् । जसले गर्दा यो विराट् ब्रह्माण्ड नै पानीमा लीन हुनेछ । यही नै भगवान्को माया हो ।।११।।
 
ततो विराजमुत्सृज्य वैराजः पुरुषो नृप ।
अव्यक्तं विशते सूक्ष्मं निरिन्धन इवानलः ॥ १२ ॥
नेपाली भावानुवादः हे विदेहराज निमि ! यसरी ब्रह्माण्ड पानीमा डुबेपछि त्यहाँ रहेका ब्रह्मासमेत सबै जीवहरू, इन्धनविनाको आगो निभेजस्तै सूक्ष्म रूप भई कारण (प्रकृति) मा प्रवेश गर्नेछन् ।।१२।।
 
वायुना हृतगन्धा भूः सलिलत्वाय कल्पते ।
सलिलं तद्धृतरसं ज्योतिष्ट्वायोपकल्पते ॥ १३ ॥
नेपाली भावानुवादः प्रलयकालीन वायुले गन्ध शोषेर लिएकाले पृथ्वी जलमा लीन हुन्छिन्, र त्यही जलको गुण 'रस' लाई पनि वायुले शोषण गरिदिनाले जल पनि तेजमा परिणत हुन्छ ।।१३।।
 
हृतरूपं तु तमसा वायौ ज्योतिः प्रलीयते ।
हृतस्पर्शोऽवकाशेन वायुर्नभसि लीयते ॥ १४ ॥
नेपाली भावानुवादः प्रलयकालीन घोर अन्धकारले तेजको गुण 'रूप' तानेको हुँदा तेज वायुमा मिल्न जान्छ र आकाशले वायुको गुण 'स्पर्श' लिएकाले वायु आकाशमा लीन हुन्छ ।।१४।।
 
कालात्मना हृतगुणं नभ आत्मनी लीयते ।
न्द्रियाणि मनो बुद्धिः सह वैकारिकैर्नृप ।
प्रविशन्ति ह्याहङ्कारं स्वगुणैरहमात्मनि ॥ १५ ॥
नेपाली भावानुवादः हे राजा निमि ! कालरूप ईश्वरद्वारा आकाशको 'शब्द' गुण हरण भएपछि आकाश पनि तामस अहङ्कारमा लीन हुन्छ । सबै इन्द्रिय र बुद्धि आफ्नो कारण राजस अहङ्कारमा लीन हुन्छन् । मनसहित इन्द्रियका देवता सात्त्विक अहङ्कारमा प्रवेश गर्दछन् । आफ्नो गुणसहित अहङ्कार महत्तत्त्वमा र महत्तत्त्व प्रकृतिमा लीन हुन्छ, यही नै भगवान्को माया हो ।।१५।।
 
एषा माया भगवतः सर्गस्थित्यन्तकारिणी ।
त्रिवर्णा वर्णितास्माभिः किं भूयः श्रोतुमिच्छसि ॥ १६ ॥
नेपाली भावानुवादः यो भगवान्को त्रिगुणात्मिका माया जगत्को सृष्टि, स्थिति र संहार गर्ने शक्ति हो । यसका बारेमा हामीले बतायौँ, हे राजन् ! अब तपाईं थप के सुन्न चाहनुहुन्छ ? ।।१६।।
 
राजोवाच यथैतामैश्वरीं मायां दुस्तरामकृतात्मभिः ।
तरन्त्यञ्जः स्थूलधियो महर्ष इदमुच्यताम् ॥ १७ ॥
नेपाली भावानुवादः राजाले सोधेहे मुनिश्वर हो ! जसले मनलाई आफ्नो वशमा पार्न सकेका छैनन्, उनीहरूका लागि यो माया पार गर्न कठिन हुन्छ । तब यो शरीरलाई नै आत्मा ठान्ने अज्ञानी प्राणीहरूले बिनाप्रयास यो ईश्वरको मायाबाट कसरी पार पाउन सक्छन् ? ।।१७।।
 
प्रबुद्ध उवाच
कर्माण्यारभमाणानां दुःखहत्यै सुखाय च ।
पश्येत् पाकविपर्यासं मिथुनीचारिणां नृणाम् ॥ १८ ॥
नेपाली भावानुवादः योगेश्वर प्रबुद्धले भन्नुभयोहे राजा ! स्त्री-पुरुषको सम्बन्धमा बाँधिएका मनुष्यहरूले दुःखको नाश र सुख प्राप्तिका लागि अनेक कर्महरू गरेका हुन्छन्, तर उनीहरूलाई सुखको सट्टा उल्टो दुःख नै प्राप्त भएको हुन्छ । यस सम्बन्धमा सबैले विचार गर्नुपर्दछ ।।१८।।
 
नित्यार्तिदेन वित्तेन दुर्लभेनात्ममृत्युना ।
गृहापत्याप्तपशुभिः का प्रीतिः साधितैश्चलैः ॥ १९ ॥
नेपाली भावानुवादः सधैँ दुःख दिने र कठिनतापूर्वक कमाउनुपर्ने धन, जुन आत्माका निम्ति मृत्युस्वरूप हुन्छ, त्यस्तो नाशवान् धन, घर, सन्तान, कुटुम्ब र पशुजस्ता साधनले के सुख दिन सक्छन् र ? ।।१९।।
 
एवं लोकं परं विद्यान्नश्वरं कर्मनिर्मितम् ।
सतुल्यातिशयध्वंसं यथा मण्डलवर्तिनाम् ॥ २० ॥
नेपाली भावानुवादः यसरी मायाबाट पार पाउन चाहने मानिसले मृत्युपश्चात् प्राप्त हुने परलोक पनि नाशवान् छ भन्ने जान्नुपर्दछ । यस लोकका वस्तु समान परलोक पनि सीमित कर्मको फल मात्र हो । ती लोकमा पनि भूमण्डलका राजाहरूमा जस्तै प्रतिस्पर्धा, ईर्ष्या र द्वेष हुन्छ, जसले गर्दा पतनको डर भइरहन्छ ।।२०।।
 
तस्माद् गुरुं प्रपद्येत जिज्ञासुः श्रेय उत्तमम् ।
शाब्दे परे च निष्णातं ब्रह्मण्युपशमाश्रयम् ॥ २१ ॥
नेपाली भावानुवादः त्यसैले परम कल्याण चाहने उत्तम जिज्ञासुले शब्दब्रह्म (वेद) र परब्रह्ममा निष्णात एवं शान्त गुरुको शरण पर्नुपर्दछ ।।२१।।
 
तत्र भागवतान् धर्मान् शिक्षेद् गुर्वात्मदैवतः ।
अमाययानुवृत्त्या यैस्तुष्येदात्माऽऽत्मदो हरिः ॥ २२ ॥
नेपाली भावानुवादः त्यहाँ गुरुलाई नै आत्मस्वरूप सम्झी भागवत धर्मका बारेमा सिक्नुपर्दछ । निष्कपट सेवा र धर्मले आफ्नै स्वरूप प्रदान गर्ने आत्मारूपी हरि प्रसन्न हुनुहुन्छ ।।२२।।
 
सर्वतो मनसोऽसङ्गमादौ सङ्गं च साधुषु ।
दयां मैत्रीं प्रश्रयं च भूतेष्वद्धा यथोचितम् ॥ २३ ॥
नेपाली भावानुवादः पहिले मनलाई सबैतिरबाट विरक्त गराई साधुको सङ्गत गर्नू । सबै प्राणीमा यथोचित व्यवहार गर्नूअर्थात् दीनमा दया, समानमा मित्रता र उत्तममा नम्रताको भाव राख्नुपर्दछ ।।२३।।
 
शौचं तपस्तितिक्षां च मौनं स्वाध्यायमार्जवम् ।
ब्रह्मचर्यमहिंसां च समत्वं द्वन्द्वसंज्ञयोः ॥ २४ ॥
नेपाली भावानुवादः त्यस्तै बाह्य र आन्तरिक पवित्रता, स्वधर्ममा तत्परता, सहनशीलता, मौनता, वेदाध्ययन, सरलता, ब्रह्मचर्य, अहिंसा र सुख-दुःखमा समता हुनुपर्दछ ।।२४।।
 
सर्वत्रात्मेश्वरान्वीक्षां कैवल्यमनिकेतताम् ।
विविक्तचीरवसनं सन्तोषं येन केनचित् ॥ २५ ॥
नेपाली भावानुवादः सर्वत्र परमात्माको दर्शन गर्नु, एकान्तमा रहनु, गृहस्थीमा अनासक्त हुनु, शुद्ध वा साधारण वस्त्र लगाउनु र जे प्राप्त हुन्छ त्यसैमा सन्तोष मान्नुपर्दछ ।।२५।।
 
श्रद्धां भागवते शास्त्रेऽनिन्दामन्यत्र चापि हि ।
मनोवाक्कर्मदण्डं च सत्यं शमदमावपि ॥ २६ ॥
नेपाली भावानुवादः भागवत शास्त्रमा श्रद्धा राख्नुपर्दछ र अन्य शास्त्रको निन्दा गर्नुहुँदैन । मन, वचन र कर्मलाई नियन्त्रणमा राख्नु, सत्य बोल्नु र इन्द्रियहरूको दमन गर्नुयी सबैको शिक्षा लिनुपर्दछ ।।२६।।
 
श्रवणं कीर्तनं ध्यानं हरेरद्भुतकर्मणः ।
जन्मकर्मगुणानां च तदर्थेऽखिलचेष्टितम् ॥ २७ ॥
नेपाली भावानुवादः अद्भुत चरित्र भएका भगवान् श्रीहरिको जन्म, कर्म र गुणको श्रवण, कीर्तन एवं ध्यान गर्नु र आफ्ना सम्पूर्ण चेष्टाहरू भगवान्कै प्रसन्नताका लागि अर्पण गर्नुपर्दछ ।।२७।।
 
इष्टं दत्तं तपो जप्तं वृत्तं यच्चात्मनः प्रियम् ।
दारान् सुतान् गृहान् प्राणान् यत् परस्मै निवेदनम् ॥ २८ ॥
नेपाली भावानुवादः जति पनि यज्ञ, दान, तप, जप, आचरण तथा आफूलाई प्रिय लाग्ने स्त्री, पुत्र, घर र प्राणसमेत सबै वस्तु परमात्मालाई निवेदन गर्नुपर्दछ ।।२८।।
 
एवं कृष्णात्मनाथेषु मनुष्येषु च सौहृदम् ।
परिचर्यां चोभयत्र महत्सु नृषु साधुषु ॥ २९ ॥
नेपाली भावानुवादः श्रीकृष्णलाई नै आफ्नो स्वामी मान्ने भक्तहरूसँग मित्रता गर्नु र जङ्गम तथा स्थावर दुवै रूपमा रहेका भगवान् एवं महात्माहरूको सेवा गर्नुपर्दछ ।।२९।।
 
परस्परानुकथनं पावनं भगवद्यशः ।
मिथो रतिर्मिथस्तुष्टिर्निवृत्तिर्मिथ आत्मनः ॥ ३० ॥
नेपाली भावानुवादः भगवान्को पावन यशको आपसमा चर्चा गर्नुपर्दछ । यसरी भक्तहरू मिलेर परस्परमा प्रेम र सन्तोष प्राप्त गर्दै संसारबाट निवृत्त भई शान्तिको अनुभव गर्नुपर्दछ ।।३०।।
 
स्मरन्तः स्मारयन्तश्च मिथोऽघौघहरं हरिम् ।
भक्त्या सञ्जातया भक्त्या बिभ्रत्युत्पुलकां तनुम् ॥ ३१ ॥
नेपाली भावानुवादः पापराशि नाश गर्ने श्रीहरिको स्मरण गर्दै र गराउँदै गएपछि साधन-भक्तिद्वारा प्रेम-भक्तिको उदय हुन्छ र शरीरमा पुलक एवं आनन्द प्राप्त हुन्छ ।।३१।।
 
क्वचिद् रुदन्त्यच्युतचिन्तया क्वचि
    द्धसन्ति नन्दन्ति वदन्त्यलौकिकाः ।
नृत्यन्ति गायन्त्यनुशीलयन्त्यजं
    भवन्ति तूष्णीं परमेत्य निर्वृताः ॥ ३२ ॥
नेपाली भावानुवादः यस्तो भक्तिले अलौकिक भएका भक्तहरू कहिले भगवान्को चिन्तनमा रुन्छन्, कहिले हाँस्छन्, कहिले आनन्दित हुन्छन् त कहिले विलक्षण कुरा गर्छन् । कहिले नाच्छन्, गाउँछन् र भगवान्को अनुकरण गर्छन् भने कहिले साक्षात् परमात्मालाई प्राप्त गरी मौन र शान्त हुन्छन् ।।३२।।
 
इति भागवतान् धर्मान् शिक्षन् भक्त्या तदुत्थया ।
नारायणपरो मायामञ्जस्तरति दुस्तराम् ॥ ३३ ॥
नेपाली भावानुवादः यसरी भागवत धर्मको शिक्षा लिँदा लिँदा उत्पन्न भएको भक्तिद्वारा मनुष्य नारायणपरायण बन्दछ र पार गर्न कठिन मायालाई सजिलै पार गर्दछ ।।३३।।
 
राजोवाच नारायणाभिधानस्य ब्रह्मणः परमात्मनः ।
निष्ठामर्हथ नो वक्तुं यूयं हि ब्रह्मवित्तमाः ॥ ३४ ॥
नेपाली भावानुवादः राजाले सोधेहे ब्रह्मज्ञानी मुनिहरू ! तपाईंहरू श्रेष्ठ हुनुहुन्छ । त्यसैले जुन परब्रह्म परमात्माको नाम नारायण हो, उहाँको वास्तविक स्वरूप र निष्ठाका बारेमा हामीलाई बताइदिनुहोस् ।।३४।।
 
पिप्पलायन उवाच
स्थित्युद्भवप्रलयहेतुरहेतुरस्य
    यत् स्वप्नजागरसुषुप्तिषु सद् बहिश्च ।
देहेन्द्रियासुहृदयानि चरन्ति येन
    सञ्जीवितानि तदवेहि परं नरेन्द्र ॥ ३५ ॥
नेपाली भावानुवादः योगेश्वर पिप्पलायनले भन्नुभयोहे राजन् ! जो यस विश्वको सृष्टि, स्थिति र संहारको कारण हुनुहुन्छ तर जसको आफ्नो कुनै अर्को कारण छैन; जो जाग्रत्, स्वप्न र सुषुप्तिमा पनि रहनुहुन्छ र समाधिमा त्यसभन्दा बाहिर पनि हुनुहुन्छ; जसद्वारा जीवित भई देह, इन्द्रिय र प्राणहरू सञ्चालित हुन्छन्, उहाँलाई नै परम सत्य नारायण भनेर जान्नुहोस् ।।३५।।
 
नैतन्मनो विशति वागुत चक्षुरात्मा
    प्राणेन्द्रियाणि च यथानलमर्चिषः स्वाः ।
शब्दोऽपि बोधकनिषेधतयाऽऽत्ममूल
    मर्थोक्तमाह यदृते न निषेधसिद्धिः ॥ ३६ ॥
नेपाली भावानुवादः जसरी आगोको ज्वालाले आगोलाई प्रकाशित गर्न सक्दैन, त्यसै गरी मन, वाणी, आँखा, बुद्धि र इन्द्रियहरूले ब्रह्मलाई जान्न सक्दैनन् । वेदले पनि 'नेति-नेति' (यो होइन, यो होइन) भनी दृश्य जगत्को निषेध गरेर मात्र ब्रह्मको बोध गराउँछ, किनकि अधिष्ठानबिना निषेध सम्भव छैन ।।३६।।
 
सत्त्वं रजस्तम इति त्रिवृदेकमादौ
    सूत्रं महानहमिति प्रवदन्ति जीवम् ।
ज्ञानक्रियार्थफलरूपतयोरुशक्ति
    ब्रह्मैव भाति सदसच्च तयोः परं यत् ॥ ३७ ॥
नेपाली भावानुवादः सृष्टिपूर्वमा उहाँ एक मात्र हुनुहुन्थ्यो । पछि उहाँको शक्तिले सत्त्व, रज र तम तीन गुण उत्पन्न भए । उहाँलाई नै क्रियाप्रधान हुँदा 'सूत्रात्मा', ज्ञानप्रधान हुँदा 'महत्तत्त्व' र अहंकारप्रधान हुँदा 'जीव' भनिन्छ । देवता, इन्द्रिय, विषय र फलका रूपमा पनि त्यही ब्रह्म नै भासित हुन्छ, जो कार्य र कारणभन्दा पर छ ।।३७।।
 
नात्मा जजान न मरिष्यति नैधतेऽसौ
    न क्षीयते सवनविद् व्यभिचारिणां हि ।
सर्वत्र शश्वदनपाय्युपलब्धिमात्रं
    प्राणो यथेन्द्रियबलेन विकल्पितं सत् ॥ ३८ ॥
नेपाली भावानुवादः त्यो आत्मा न कहिल्यै जन्मन्छ, न मर्छ; न बढ्छ, न त घट्छ नै । उहाँ त परिवर्तनशील पदार्थहरूको साक्षी हुनुहुन्छ । सर्वत्र सधैँ विद्यमान रहने ज्ञानस्वरूप यो आत्मा, प्राण र इन्द्रियको उपाधिका कारण मात्र भिन्न देखिएको हो ।।३८।।
 
अण्डेषु पेशिषु तरुष्वविनिश्चितेषु
    प्राणो हि जीवमुपधावति तत्र तत्र ।
सन्ने यदिन्द्रियगणेऽहमि च प्रसुप्ते
    कूटस्थ आशयमृते तदनुस्मृतिर्नः ॥ ३९ ॥
नेपाली भावानुवादः अण्डज, जरायुज, उद्भिज र स्वेदज सबै प्राणीमा प्राणले जीवलाई सञ्चार गराउँछ । सुषुप्तिमा इन्द्रिय र अहङ्कार शान्त भए पनि कूटस्थ आत्मा साक्षीका रूपमा रहन्छ, जसको प्रमाण हामीले ब्युँझिएपछि पाउने 'म आनन्दले सुतेँ' भन्ने स्मृति हो ।।३९।।
 
यह्र्याब्जनाभचरणैषणयोरुभक्त्या
    चेतोमलानि विधमेद् गुणकर्मजानि ।
तस्मिन् विशुद्ध उपलभ्यत आत्मतत्त्वं
    साक्षाद् यथामलदृशोः सवितृप्रकाशः ॥ ४० ॥
नेपाली भावानुवादः जब मानिसले भगवान् पद्मनाभको चरणकमलमा अनन्य भक्ति गर्दछ, तब उसका चित्तका सारा मलहरू नष्ट हुन्छन् । शुद्ध चित्तमा आत्मतत्त्व त्यसरी नै स्पष्ट देखिन्छ, जसरी निर्मल आँखाले सूर्यको प्रकाश देखिन्छ ।।४०।।
 
राजोवाच कर्मयोगं वदत नः पुरुषो येन संस्कृतः ।
विधूयेहाशु कर्माणि नैष्कर्म्यं विन्दते परम् ॥ ४१ ॥
नेपाली भावानुवादः राजाले सोधेअब मलाई कर्मयोगका बारेमा बताइदिनुहोस्, जसद्वारा मनुष्य शुद्ध भई कर्मबन्धनबाट मुक्त हुन्छ र परम नैष्कर्म्य सिद्धि प्राप्त गर्दछ ।।४१।।
 
एवं प्रश्नमृषीन् पूर्वमपृच्छं पितुरन्तिके ।
नाब्रुवन् ब्रह्मणः पुत्रास्तत्र कारणमुच्यताम् ॥ ४२ ॥
नेपाली भावानुवादः मैले पहिले पिताको नजिक सनकादि मुनिहरूलाई यही प्रश्न गरेको थिएँ, तर उहाँहरूले उत्तर दिनुभएन । त्यसको कारण के होला ? ।।४२।।
 
आविर्होत्र उवाच
कर्माकर्मविकर्मेति वेदवादो न लौकिकः ।
वेदस्य चेश्वरात्मत्वात् तत्र मुह्यान्ति सूरयः ॥ ४३ ॥
नेपाली भावानुवादः आविर्होत्र योगीले भन्नुभयोकर्म, अकर्म र विकर्मको निर्णय वेदद्वारा हुन्छ, जुन लौकिक विषय होइन । वेद ईश्वरको वाणी भएकाले यसको रहस्य बुझ्न विद्वान्हरू पनि अलमलिन्छन् ।।४३।।
 
परोक्षवादो वेदोऽयं बालानामनुशासनम् ।
कर्ममोक्षाय कर्माणि विधत्ते ह्यागदं यथा ॥ ४४ ॥
नेपाली भावानुवादः वेद 'परोक्षवाद' हो, जसले बालकलाई औषधि खुवाउन मिठाईको लोभ देखाएजस्तै अज्ञानीहरूलाई कर्ममा लगाउन स्वर्गको प्रलोभन देखाउँछ, ताकि उनीहरू बिस्तारै कर्मबाट मुक्त हुन सकून् ।।४४।।

नाचरेद् यस्तु वेदोक्तं स्वयमज्ञोऽजितेन्द्रियः ।
विकर्मणा ह्याधर्मेण मृत्योर्मृत्युमुपैति सः ॥ ४५ ॥
नेपाली भावानुवादः जो अज्ञानी र अजितेन्द्रिय पुरुषले वेदविहित कर्म गर्दैन, उल्टै शास्त्रविरुद्ध (विकर्म) कार्य गर्दछ, ऊ जन्म-मरणको चक्रमा परिरहन्छ ।।४५।।
 
वेदोक्तमेव कुर्वाणो निःसङ्गोऽर्पितमीश्वरे ।
नैष्कर्म्यं लभते सिद्धिं रोचनार्था फलश्रुतिः ॥ ४६ ॥
नेपाली भावानुवादः जसले फलको आसक्ति नराखी वेदविहित कर्म भगवान्मा अर्पण गर्दछ, उसले नैष्कर्म्य सिद्धि प्राप्त गर्दछ । फलको वर्णन त केवल कर्ममा रुचि जगाउनका लागि मात्र हो ।।४६।।
 
य आशु हृदयग्रन्थिं निर्जिहीर्षुः परात्मनः ।
विधिनोपचरेद् देवं तन्त्रोक्तेन च केशवम् ॥ ४७ ॥
नेपाली भावानुवादः जसले आफ्नो हृदयको अहंकाररूप गाँठो फुकाउन चाहन्छ, उसले वेद र तन्त्रोक्त विधिले भगवान् केशवको आराधना गर्नुपर्दछ ।।४७।।
 
लब्धानुग्रह आचार्यात् तेन सन्दर्शितागमः ।
महापुरुषमभ्यर्चेन्मूर्त्याभिमतयाऽऽत्मनः ॥ ४८ ॥
नेपाली भावानुवादः गुरुबाट दीक्षा र कृपा प्राप्त गरी, गुरुले सिकाएको विधिले आफ्नो प्रिय मूर्तिमा महापुरुष भगवान्को पूजा गर्नुपर्दछ ।।४८।।
 
शुचिः सम्मुखमासीनः प्राणसंयमनादिभिः ।
पिण्डं विशोध्य संन्यासकृतरक्षोऽर्चयेद्धरिम् ॥ ४९ ॥
नेपाली भावानुवादः पवित्र भएर मूर्तिको अगाडि बसी प्राणायाम र भूतशुद्धिद्वारा शरीर शुद्ध गरी, न्यासद्वारा आत्मरक्षा गर्दै श्रीहरिको पूजा गर्नुपर्दछ ।।४९।।
 
अर्चादौ हृदये चापि यथालब्धोपचारकैः ।
द्रव्यक्षित्यात्मलिङ्गानि निष्पाद्य प्रोक्ष्य चासनम् ॥ ५० ॥
पाद्यादीनुपकल्प्याथ सन्निधाप्य समाहितः ।
हृदादिभिः कृतन्यासो मूलमन्त्रेण चार्चयेत् ॥ ५१ ॥
नेपाली भावानुवादः उपलब्ध सामग्री, भूमि र आफूलाई शुद्ध गरी एकाग्रचित्तले पाद्य, अर्घ्य आदि तयार पारी मूलमन्त्रद्वारा भगवान्को पूजा गर्नुपर्दछ ।।५०५१।।
 
साङ्गोपाङ्गां सपार्षदां तां तां मूर्तिं स्वमन्त्रतः ।
पाद्यार्घ्याचमनीयाद्यैः स्नानवासोविभूषणैः ॥ ५२ ॥ गन्धमाल्याक्षतस्रग्भिर्धूपदीपोपहारकैः । 
साङ्गं सम्पूज्य विधिवत् स्तवैः स्तुत्वा नमेद्धरिम् ॥ ५३ ॥
 
नेपाली भावानुवादः भगवान्का अङ्ग, आयुध र पार्षदहरूसहित इष्टदेवताको मूर्तिमा पाद्य, आचमनीय, स्नान, वस्त्र, भूषण, गन्ध, पुष्प, धूप, दीप र नैवेद्य अर्पण गरी विधिवत् पूजा र स्तुति गर्दै नमस्कार गर्नुपर्दछ ।।५२५३।।
 
आत्मानं तन्मयं ध्यायन् मूर्तिं सम्पूजयेद्धरेः ।
शेषामाधाय शिरसि स्वधाम्न्युद्वास्य सत्कृतम् ॥ ५४ ॥
नेपाली भावानुवादः आफूलाई भगवद्रूपमा लीन गराई हरिको ध्यान गर्दै पूजा गर्नुपर्दछ । पूजापश्चात् निर्माल्यलाई शिरमा राख्नुपर्दछ र देवतालाई हृदयमा वा यथास्थानमा विसर्जन गर्नुपर्दछ ।।५४।।
 
एवमग्न्यर्कतोयादावतिथौ हृदये च यः ।
यजतीश्वरमात्मानमचिरान्मुच्यते हि सः ॥ ५५ ॥
नेपाली भावानुवादः जसले यसरी अग्नि, सूर्य, जल, अतिथि वा हृदयमा परमात्माको पूजा गर्दछ, ऊ शीघ्र नै मुक्त हुन्छ ।।५५।।
 
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायामेकादशस्कन्धे 
तृतीयोऽध्यायः ।। ३ ।।
🌸 •••••••••• 🌸

🌸 यस अध्यायको सार तथा दर्शन 🌸

अध्याय सारांश

श्रीमद्भागवतको एकादश स्कन्धको यो तेस्रो अध्याय अत्यन्तै महत्त्वपूर्ण र ज्ञानवद्र्धक रहेको छजसमा राजा निमि र नौ योगेश्वरहरूमध्ये अन्तरिक्षप्रबुद्धपिप्पलायन र आविर्होत्रका बीचमा भएको संवाद प्रस्तुत गरिएको छ। यस अध्यायको प्रारम्भमा राजा निमिले भगवान्को मायाको स्वरूप बुझ्ने इच्छा व्यक्त गर्दछन्जसको उत्तरमा अन्तरिक्ष योगेश्वरले प्रपञ्चात्मक मायाको व्याख्या गर्दै भगवान्ले कसरी पञ्चमहाभूतद्वारा यो जगत्को सृष्टि गर्नुहुन्छ र आफैँ जीवका रूपमा यसमा प्रवेश गर्नुहुन्छ भन्ने कुरा स्पष्ट पार्नुभएको छ। मायाकै कारण जीवले यो अनित्य शरीरलाई नै आत्मा मान्दछ र इन्द्रियहरूको दास बनेर कर्मको चक्रमा फस्दछ। जब प्रलयको समय आउँछतब भगवान्को संहारिणी मायाले कसरी यो व्यक्त जगत्लाई पुनः अव्यक्तमा लीन गराउँछ भन्ने कुराको यस अध्यायमा विस्तृत् वर्णन गरिएको छ। राजा निमिले अज्ञानी जीवले यो दुस्तर माया कसरी पार गर्न सक्छन् भनी सोधेको प्रश्नमा प्रबुद्ध योगेश्वरले भागवत धर्मको महिमा गाउनुभएको छ। उहाँले संसारको दुःखमय स्वरूपलाई चिन्नुगुरुको शरण पर्नु र श्रद्धापूर्वक भगवान्को सेवा एवं कीर्तन गर्नु नै मायाबाट मुक्त हुने उपाय हो भनी सिकाउनुभएको छ। यसै क्रममा पिप्पलायन योगेश्वरले परब्रह्म नारायणको स्वरूपका बारेमा बताउँदै परमात्मालाई जाग्रत्स्वप्न र सुषुप्ति तीनै अवस्थाको साक्षीका रूपमा वर्णन गर्नुभएको छ। अन्त्यमा आविर्होत्र योगेश्वरले कर्मयोगको रहस्य र पूजा विधिको वर्णन गर्दै निष्काम कर्म र भक्तिद्वारा कसरी हृदयको अविद्यारूप गाँठो फुकाउन सकिन्छ भन्ने ज्ञान प्रदान गर्नुभएको छ। समग्रमा यो अध्यायले मायाको बन्धनपरब्रह्मको ज्ञान र त्यसलाई प्राप्त गर्ने व्यावहारिक कर्मयोगको मार्गदर्शन गर्दछ।

दार्शनिक पक्ष

यस अध्यायले वेदान्त दर्शनको 'मायावादर 'भक्तिको सुन्दर समन्वय प्रस्तुत गर्दछ। यसको प्रमुख दार्शनिक पक्ष यो हो कि यो जगत् परमात्माको शक्ति (माया) को प्रकटीकरण होजो सत्य जस्तो देखिए तापनि वास्तवमा परिवर्तनशील र अनित्य छ। जीवको मुख्य समस्या 'अविद्यावा 'अध्यासहोजसका कारण ऊ अनात्मालाई आत्मा मान्न पुग्दछ र कर्मबन्धनमा फस्दछ। दार्शनिक दृष्टिले यहाँ आत्मालाई 'कूटस्थर 'साक्षीमानिएको छजो शरीर र इन्द्रियहरूभन्दा भिन्न एवं सधैँ निर्विकार रहन्छ। यस अध्यायले 'परोक्षवादको माध्यमबाट वेदले कसरी जीवलाई बिस्तारै कर्मबाट वैराग्यतर्फ लैजान्छ भन्ने कुराको व्याख्या गर्दछ। ब्रह्म र जीवको सम्बन्धलाई स्पष्ट पार्दै यहाँ द्वैत र अद्वैतको सीमालाई भक्तिद्वारा मेटाउन खोजिएको छ। अन्त्यमासाँचो ज्ञान र निष्काम कर्म नै मोक्षको द्वार हो भन्ने नै यस अध्यायको सारगर्भित दर्शन हो।

ॐ अध्यात्म ज्ञान भण्डार ॐ

No comments:

Post a Comment

JavaScript // यस्तो खालको कोड खोज्नुहोस् var allLinks = document.getElementsByTagName("a"); ... display = "none"; ...