#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

प्रथमः स्कंधः - द्वादशोऽध्यायः


श्रीमद्भागवत महापुराण
प्रथमः स्कंधः - द्वादशोऽध्यायः


शौनक उवाच -
(अनुष्टुप्)
अश्वत्थाम्नोपसृष्टेन ब्रह्मशीर्ष्णोरुतेजसा
उत्तराया हतो गर्भ ईशेनाजीवितः पुनः

शौनकजीले सोधे
अश्वत्थामाले चलाएको ब्रम्हास्त्रको तेजीलो वाणले उत्तराको गर्भ नष्ट भैसकेको थियो भगवान्ले फेरि त्यसलाई जीवित वनाइदिनु भयो ।।१।।

तस्य जन्म महाबुद्धेः कर्माणि महात्मनः
निधनं यथैवासीत् प्रेत्य गतवान् यथा

त्यस गर्भबाट महाज्ञानी परीक्षित जन्मे जसलाई शुकदेवजीले ज्ञान उपदेश दिएका थिए परीक्षितको जन्म, कर्म मृत्युपछि जुन उत्तम गति प्राप्त गरे ।।२।

तदिदं श्रोतुमिच्छामो गदितुं यदि मन्यसे
ब्रूहि नः श्रद्दधानानां यस्य ज्ञानमदाच्छुकः

यदि तपाईलाई उचित ठान्नुहुन्छ भने त्यसको बारेमा हामीलाई बताउनुहोस् हामी श्रध्दा पुर्वक सुन्दछौं ।।२।।

सूत उवाच
अपीपलद्धर्मराजः पितृवद् रञ्जयन् प्रजाः
निःस्पृहः सर्वकामेभ्यः कृष्णपादानुसेवया

सूतजी भन्दछन्
धर्मात्मा युधिष्ठिर आफ्ना प्रजाहरूलाई पिता समान पालन पोषण गर्नलागे भगवान् श्रीकृष्णको चरणकमलको सेवा गर्न पाएकाले उनी सबै संसारिक बिषयबाट टाढा थिए ।।४।।

सम्पदः क्रतवो लोका महिषी भ्रातरो मही
जम्बूद्वीपाधिपत्यं यशश्च त्रिदिवं गतम्

शौनकादि ऋषिहरू हो!
उनी संग अथाह सम्पत्ति थियो उनले ठुला ठुला यज्ञहरू गरेका थिए त्यसैले उनले उच्च लोकको अधिकार प्राप्त गरेका थिए स्त्री भाईहरू उनको अधिनमा थिए सबै पृथ्वी पनि उनैको अधिनमा थियो ।। उनी जम्बुदीपका स्वामी थिए उनको कीर्ति स्वर्गसम्म फैलिएको थियो ।। ५।।

किं ते कामाः सुरस्पार्हा मुकुन्दमनसो द्विजाः
अधिजह्रुर्मुदं राज्ञः क्षुधितस्य यथेतरे

उनी संग भएका सामाग्रीहरूले देवताहरू पनि लालयित थिए तर भोको मानिसलाई भोजनको आवस्यकता भए जस्तै उनलार्ई भगवान् बाहेक अरुकुराले सुख दिदैन थियो ।।६।।

मातुर्गर्भगतो वीरः तदा भृगुनन्दन
ददर्श पुरुषं कञ्चिद् दह्यमानोऽस्त्रतेजसा

शौनकजी! उत्तराको गर्भमा रहेको त्यो वालक परीक्षित जव अश्वत्थामाको ब्रम्हास्त्रको तेजले जल्न लाग्यो त्यस वेला उसको अगाडि तेजोमय ब्यक्ति थियो ।।७।।

अङ्गुष्ठमात्रममलं स्फुरत् पुरट मौलिनम्
अपीव्यदर्शनं श्यामं तडिद् वाससमच्युतम्

त्यो तेजोमय ब्यक्ति देख्दामा बुढी औला जत्रो थियो तर उसको रूप अत्यन्तै निर्मल सुन्दर वर्णको शरीर थियो विजुली झै चम्किलो, पीताम्बर धारण गरेको थियो ।। ।।८।।

श्रीमद् दीर्घचतुर्बाहुं तप्तकाञ्चन कुण्डलम्
क्षतजाक्षं गदापाणिं आत्मनः सर्वतो दिशम्
परिभ्रमन्तं उल्काभां भ्रामयन्तं गदां मुहुः

ती निर्विकार पुरुषको शिरमा मुकुट झल्किएको थियो लामा लामा चारहात, कानमा सुनको कुण्डल लगाएको, आँखामा लाली अनि हातमा गदा लिएर बालकको चारैतिर घुमिरहेको थियो ।।।।

अस्त्रतेजः स्वगदया नीहारमिव गोपतिः
विधमन्तं सन्निकर्षे पर्यैक्षत इत्यसौ १०

सूर्यको किरणले कुइरोलाई भगए झै त्यो गदाले ब्रम्हास्त्रको तेजलाई शान्त गरीरहेको थियो त्यस्तो पुरुषलाई आफ्नो नजिकमा देखेर गर्भमा रहेको बालक सोच्न लाग्यो यो के होला ? १०।।

विधूय तदमेयात्मा भगवान् धर्मगुब् विभुः
मिषतो दशमासस्य तत्रैवान्तर्दधे हरिः ११

जव दश महिना पुरा भयो अनि सर्वब्यापक सर्व सक्तिमान भगवान् श्रीकृष्ण बालक सहित ब्रम्हास्त्रको तेजलाई शान्त पारेर अन्तर्धान हुनुभयो ।।११।।

ततः सर्वगुणोदर्के सानुकूल ग्रहोदये
जज्ञे वंशधरः पाण्डोः भूयः पाण्डुरिवौजसा १२

त्यसपछि अनुकुल ग्रह शुभ समयमा पाण्डवका बंशधर परीक्षितको जन्म भयो जन्मदैमा बालक यति तेजिलो थियो कि मार्नौ पाण्डुले नै जन्म लिए जस्तो देखिन्थ्यो  १२ 

तस्य प्रीतमना राजा विप्रैर्धौम्य कृपादिभिः
जातकं कारयामास वाचयित्वा मङ्गलम् १३

नाती जन्मिएको थाहा पाएर राजा युधिष्ठिर खुसीभए अनि उनले धौम्य कृपाचार्यआदि ब्राम्हण बाट नातिको मगलाचरण जातकर्मको सस्कार गराए ।।१३।।

हिरण्यं गां महीं ग्रामान् हस्त्यश्वान् नृपतिर्वरान्
प्रादात्स्वन्नं विप्रेभ्यः प्रजातीर्थे तीर्थवित् १४

महाराज युधिष्ठिर दानको महत्वलाई जान्दथे उनले प्रजातीर्थ (बालक जन्मिएको तर नाल काटि नसकेको समय) समयमा  उनले ब्राम्हणहरूलाइ गाई,पृथ्वी, गाँउ, हात्ति,घोडाहरू अन्नदान गरे ।।१४।।

तमूचुर्ब्राह्मणास्तुष्टा राजानं प्रश्रयान्वितम्
एष ह्यस्मिन् प्रजातन्तौ पुरूणां पौरवर्षभ १५

त्यसपछि ब्राम्हणहरू सन्तुष्ट भएर युधिष्ठिरसंग भने, पुरुवंश शिरोमणि! कालको गतिले यो पुरुबंशलाई नाश गराउन खोजेको थियो   १५                                 
दैवेनाप्रतिघातेन शुक्ले संस्थामुपेयुषि
रातो वोऽनुग्रहार्थाय विष्णुना प्रभविष्णुना १६                                             
तर तपाईहरू माथि भगवान्को कृपा हुँदा भगवान्विष्णुले बालक दिएर यस वंशको रक्षा गर्नुभयो ।।१६।।

तस्मान्नाम्ना विष्णुरात इति लोके बृहच्छ्रवाः
भविष्यति सन्देहो महाभागवतो महान् १७

त्यसैले यस बालकको नाम विष्णुरात भयो यो बालक संसारमैं यशश्वी भगवान्को परमभक्त महात्मा हुनेछ यसमा कुनै संका लिनुपदैन ।।१७।।

युधिष्ठिर उवाच
अप्येष वंश्यान् राजर्षीन् पुण्यश्लोकान् महात्मनः
अनुवर्तिता स्विद्यशसा साधुवादेन सत्तमाः १८

युधिष्ठिरले भने
के यो बालकले साधु, सन्त महात्माहरूको अनुशरण गरेर हाम्रो बंशको उज्वल कीर्ति राखेर बंशको पवित्र कीर्तिको रक्षा गर्ला ? ।।१८।। 

ब्राह्मणा ऊचुः
पार्थ प्रजाविता साक्षात् इक्ष्वाकुरिव मानवः
ब्रह्मण्यः सत्यसन्धश्च रामो दाशरथिर्यथा १९

ब्राम्हणले भने
धर्मराज! यो बालकले मनुपुत्र इक्ष्वाकुले जस्तै गरी आफ्ना प्रजाको पालन पोषण गर्दछ दशरथका छोरा भगवान् श्रीराम जस्तै ब्राम्हण भक्त सत्यबादि हुनेछ ।।१९।।

एष दाता शरण्यश्च यथा ह्यौशीनरः शिबिः
यशो वितनिता स्वानां दौष्यन्तिरिव यज्वनाम् २०

यो वालक उशीनरका राजा शिवि जस्तै दाता दुष्यन्त का छोरा भरतले जस्तै आफ्नो यश फैलाउने ।।२०।।

धन्विनामग्रणीरेष तुल्यश्चार्जुनयोर्द्वयोः
हुताश इव दुर्धर्षः समुद्र इव दुस्तरः २१

धनुर्विद्यामा सहश्रबाहु आफ्ना बाजे अर्जुन जस्तै हुनेछ यो अग्नि समान दुधर्ष समुद्र समान दुस्तर हुनेछ ।।२१।।

मृगेन्द्र इव विक्रान्तो निषेव्यो हिमवानिव
तितिक्षुर्वसुधेवासौ सहिष्णुः पितराविव २२

सिंहसमान पराक्रमी, हिमाल समान आश्रय दिन योग्य, पृथ्वी समान क्षमावान आमाबाबु समान सहनशिल हुनेछ ।।२४।।

पितामहसमः साम्ये प्रसादे गिरिशोपमः
आश्रयः सर्वभूतानां यथा देवो रमाश्रयः २३

यो पितामह ब्रम्हा जस्तै समता, भगवान् शकर जस्तै दयालु सबै प्राणीलाई आश्रय दिनमा भगवान् विष्णु समान हुनेछ

सर्वसद्गुणमाहात्म्ये एष कृष्णमनुव्रतः  
न्तिदेव इवोदारो ययातिरिव धार्मिकः २४

सबै गुणको धारण गर्नमा श्रीकृष्णको अनुन्यायी हुनेछ रन्तिदेव जस्तै उदार ययाती जस्तै धार्मिक हुनेछ ।।२४।।

धृत्या बलिसमः कृष्णे प्रह्राद इव सद्ग्रहः
आहर्तैषोऽश्वमेधानां वृद्धानां पर्युपासकः २५

बलि जस्तै धैर्यवान प्रल्हादको जस्तै कृष्ण भक्त हुनेछ अश्वमेध यज्ञ गर्ने बृध्दहरूको रक्षा सम्मान गर्ने ।।२५।।

 राजर्षीणां जनयिता शास्ता चोत्पथगामिनाम्
निग्रहीता कलेरेष भुवो धर्मस्य कारणात् २६

यो बालक राजर्षिहरूलाई जन्म दिने, मर्यादा उलंघन गर्नेलाई दण्ड दिनेछ यसले धर्म पृथ्वीको रक्षाको लागि कलिलाई दमन गर्नेछ ।२६।।

तक्षकादात्मनो मृत्युं द्विजपुत्रोपसर्जितात्
प्रपत्स्यत उपश्रुत्य मुक्तसङ्गः पदं हरेः २७

अन्त्यमा ब्राम्हणकुमारको श्रापले गर्दा तक्षक द्वारा आफ्नो मृत्युहुने कुरा सुनेर सबै आशक्तिलाई त्यागेर भगवान्को शरण लिनेछ ।। २७।।

जिज्ञासितात्म याथार्थ्यो मुनेर्व्याससुतादसौ
हित्वेदं नृप गङ्गायां यास्यत्यद्धा अकुतोभयम् २८

राजन्! व्यासका छोरा शुकदेजीबाट यथार्थ आत्मज्ञान प्राप्त गरेर गङ्गाको किनारमा आफ्नो शरीर त्याग गरेर अभय पद प्राप्त गर्नेछ ।।२८।।

इति राज्ञ उपादिश्य विप्रा जातककोविदाः
लब्धापचितयः सर्वे प्रतिजग्मुः स्वकान् गृहान् २९

ज्योतिष शास्त्र जान्ने भएका ब्राम्हणले राजा युधिष्ठिरलाई बालकको जन्मलग्नको फल बताएर पूजा दक्षिणा लिएर आफ्नो घर गए ।२९।।

एष लोके विख्यातः परीक्षिदिति यत्प्रभुः
पूर्वं दृष्टमनुध्यायन् परीक्षेत नरेष्विह ३०

त्यहि बालक संसारमा परीक्षित नामले प्रख्यात हुनेछ किनकि यो भाग्यमानी बालकले गर्भमा जुन पुरुषको दर्शन पाएको थियो उसको स्मरण गरेर ती को हुन भनेर परीक्षा गरेका कारण उनको नाम परीक्षित भयो ।३०।।

राजपुत्रो ववृधे आशु शुक्ल इवोडुपः
आपूर्यमाणः पितृभिः काष्ठाभिरिव सोऽन्वहम् ३१

जसरी शुक्लपक्ष बाट चन्द्रमा दिनदिनै पूर्ण हुनका लागि बढ्दछन् त्यसैगरी त्यो राजकुमार पनि आफ्नो गुरुजनहरूबाट शीक्षा एवं लालनपालन बाट बढदै गयो ।।३१।।

यक्ष्यमाणोऽश्वमेधेन ज्ञातिद्रोहजिहासया
राजा लब्धधनो दध्यौ अन्यत्र करदण्डयोः ३२

यसै समयमा युधिष्ठिरले आफ्ना स्वजनको हत्याको प्रायश्चित्त गर्नका लागि अश्वमेध यज्ञ गरेर भगवान्को आराधना गर्ने विचार गरे तर प्रजाहरूबाट उठाएको कर बाहेकको यथेष्ट नहुदा चिन्तामा परे ।।३२।।

तदभिप्रेतमालक्ष्य भ्रातरोऽच्युतचोदिताः
धनं प्रहीणमाजह्रुः उदीच्यां दिशि भूरिशः ३३

उनको अभिप्राय बुझेर भगवान् श्रीकृष्णको आज्ञाले उनको भाईहरूले उत्तर दिशामा गएर मरुत राजाले छोडेको धनहरू लिएर आए ।।३३।। 

तेन सम्भृतसम्भारो धर्मपुत्रो युधिष्ठिरः
वाजिमेधैः त्रिभिर्भीतो यज्ञैः समयजत् हरिम् ३४

त्यहि धनले यज्ञको सामाग्री तयार गरेर धर्मका रक्षक राजा युधिष्ठिरले तीन पटक अश्वमेध यज्ञ गरेर भगवान्को पूजा गरे ।।३४।।

आहूतो भगवान् राज्ञा याजयित्वा द्विजैर्नृपम्
उवास कतिचित् मासान् सुहृदां प्रियकाम्यया ३५

उनको निमन्त्रणालाई स्विकार गरेर आउंनुभएका श्रीकृष्ण आफ्ना दयालु पाण्डवहरूको अनुरोधलाई मानेर महिनौ दिन सम्म त्यहिुँ बस्नुभयो ।।३५।।

ततो राज्ञाभ्यनुज्ञातः कृष्णया सहबन्धुभिः
ययौ द्वारवतीं ब्रह्मन् सार्जुनो यदुभिर्वृतः ३६

शौनकजी! त्यसपछि युधिष्ठिरर द्रौपदीको अनुमति लिएर भगवान् श्रीकृष्ण अर्जुनका साथ द्वारकाको लागि प्रस्थान गर्नुभयो ।।३६।।
                                                                                                                                                                                  
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
प्रथमस्कन्धे नैमिषीयोपाख्याने परीक्षिज्जन्माद्युत्कर्षो नाम द्वादशोऽध्यायः १२