श्रीमद्भागवत महापुराण
दशमः स्कंधः – एकादशोऽध्यायः
(अनुष्टुप्)
शुक उवाच–
गोपा नन्दादयः श्रुत्वा द्रुमयोः पततो रवम् ।
तत्राजग्मुः कुरुश्रेष्ठ निर्घातभयशङ्किताः ॥१॥
श्रीशुकदेवजी भन्नुहुन्छ– हे परीक्षित ! नन्दबाबा र अन्य गोपहरूले पनि रुख ढलेको भयानक आवाज सुने । उनीहरुले चट्याङ परेको हो कि भन्ने शंका भयो र सबैजना डराएर दौडदै रूख भएको ठाउँमा आए ।।१।।
भूम्यां निपतितौ तत्र ददृशुर्यमलार्जुनौ ।
बभ्रमुस्तदविज्ञाय लक्ष्यं पतनकारणम् ॥२॥
उलूखलं विकर्षन्तं दाम्ना बद्धं च बालकम् ।
कस्येदं कुत आश्चर्यमुत्पात इति कातराः ॥३॥
त्यहाँ पुग्दा उनीहरूले अर्जुनका दुवै रुख ढलेको देखे । रुख ढल्नुको कारण स्पष्ट भए पनि उनीहरुको अगाडि डोरीले बाँधिएको बालक श्रीकृष्णले ओखल तानिरहनु भएको थियो । तर उनीहरुले बुझ्न सकेनन् र एकआपसमा भन्नथाले, यो कसको काम हो ? कस्तो अचम्मको उत्पात भयो ! यो सोचेर उनीहरू डराउँदै अलमलमा परे ।।२–३।।
बाला ऊचुरनेनेति तिर्यग्गतमुलूखलम् ।
विकर्षता मध्यगेन पुरुषावप्यचक्ष्महि ॥४॥
त्यहाँ नजिकै बालकहरु खेलिरहेका थिए । उनीहिरुले भने– यो रुख कृष्णले ढलाएका हुन् । उनी यी दुई रुखको बीचबाट छिरेका थिए, त्योबेलामा यो ओखल अडकियो र यिनले तान्दा दुवै रुख ढले । हामीले त्यही रुखबाट दुई पुरुष बाहिर निस्किएको पनि देख्यौं ।।४।।
न ते तदुक्तं जगृहुर्न घटेतेति तस्य तत् ।
बालस्योत्पाटनं तर्वोः केचित् संदिग्धचेतसः ॥५॥
यति सानो बच्चाले यति ठूलो रुख कसरी ढलाउन सक्छ भनेर केही गोपहरुले पत्याएनन् तर केहीले चाँही यो काम कृष्णकै हुनुपर्छ भनेर शंका गरे ।।५।।
उलूखलं विकर्षन्तं दाम्ना बद्धं स्वमात्मजम् ।
विलोक्य नन्दः प्रहसद्वदनो विमुमोच ह ॥६॥
आफ्नो छोरा ओखलमा बाँधिएको र ओखललाई बलपूर्वक तानिरहेको देखर नन्दबाबाले हाँस्दै डोरी फुकाइदिए ।।६।।
गोपीभिः स्तोभितोऽनृत्यद् भगवान् बालवत् क्वचित् ।
उद्गायति क्वचिन्मुग्धस्तद्वशो दारुयन्त्रवत् ॥७॥
गोपीहरुको वशमा परेका भगवान् श्रीकृष्ण सामान्य वालकझैं उनीहरुको आदेशमा कहिले नाच्ने कहिले गाउँने गर्नुहुन्थ्यो ।।७।।
बिभर्ति क्वचिदाज्ञप्तः पीठकोन्मानपादुकम् ।
बाहुक्षेपं च कुरुते स्वानां च प्रीतिमावहन् ॥८॥
वहाँ कहिले पिर्का, कहिले नापोगर्ने भाँडो त कहिले खराउ बोक्नुहुन्थ्यो । यसैगरी उनीहरुलाई खुसि पार्न कहिले पहलमानले झै आफ्नो पाखुरा आफै ठोक्नुहुन्थ्यो ।।८।।
दर्शयंस्तद्विदां लोक आत्मनो भृत्यवश्यताम् ।
व्रजस्योवाह वै हर्षं भगवान् बालचेष्टितैः ॥९॥
संसारमा उहाँको रहस्य जान्न चाहनेहरूलाई उहाँ आफ्ना भक्तको अधिनमा छु भनेर देखाउनुहुन्थ्यो र व्रजवासीको हर्षको लागि आफ्नो वाल चरित्रबाट प्रसन्न गराउनु भयो ।।९।।
क्रीणीहि भोः फलानीति श्रुत्वा सत्वरमच्युतः ।
फलार्थी धान्यमादाय ययौ सर्वफलप्रदः ॥१०॥
एक दिन एकजना फलफुल बेच्नेले बाहिरबाट फल लिनुहोस, फल लिनुहोस भनेको सुनेर सम्पूर्ण कर्म, भक्ति र उपासनाका फल दिने श्रीकृष्णले हातको अंजुलीमा धान लिएर फल किन्न दौडिए ।।१०।।
फलविक्रयिणी तस्य च्युतधान्यं करद्वयम् ।
फलैरपूरयद् रत्नैःच फलभाण्डमपूरि च ॥११॥
यसरी छिटो छिटो दौडदा हातको धान पोखिएर भूइमा छरियो । तर त्यो फल बेच्नेले दुवैहातमा फलफूल राखेर भरिदिई । भगवानले पनि त्यो फलफूल बेच्नेको टोकरी पनि रत्नले भरिदिनुभयो ।।११।।
सरित्तीरगतं कृष्णं भग्नार्जुनमथाह्वयत् ।
रामं च रोहिणी देवी क्रीडन्तं बालकैर्भृशम् ॥१२॥
त्यसपछि एक दिन यमलार्जुन रुख लडाउँने श्रीकृष्ण र बलराम अन्य बालकहरूसँग यमुनाको किनारमा गएर खेलिरहनु भएको बेलामा रोहिणीदेवीले ‘हे कृष्ण ! हे बलराम ! छिट्टै घर आउ भने बोलाइन् ।।१२।।
नोपेयातां यदाऽऽहूतौ क्रीडासङ्गेन पुत्रकौ ।
यशोदां प्रेषयामास रोहिणी पुत्रवत्सलाम् ॥१३॥
रोहिणीले बोलाउँदा पनि खेलमै रमाएर नआएपछि छोरालाई छोरालाई असाध्यै माया गर्ने रोहिणीले यशोदाजीलाई छोरा लिन पाठाइन् ।।१३।।
क्रीडन्तं सा सुतं बालैरतिवेलं सहाग्रजम् ।
यशोदाजोहवीत् कृष्णं पुत्रस्नेहस्नुतस्तनी ॥१४॥
श्रीकृष्ण र बलराम अन्य गोप बालकहरुसंग खेलिरहेका थिए । पुत्रस्नेहका कारण स्तनबाट दूध बगाईरहेकी यशोदाजीले भोजनको समय भएकोले छोरालाई बोलाइन् ।।१४।।
कृष्ण कृष्णारविन्दाक्ष तात एहि स्तनं पिब ।
अलं विहारैः क्षुत्क्षान्तः क्रीडाश्रान्तोऽसि पुत्रक ॥१५॥
उनले ठुलो स्वरमा बोलाउँदै भनिन् हे कृष्ण ! कमलनयन तिमीहरु खेलेर थाकिसकेका छौ, भोक पनि लागिसकेको छ त्यसैले आमाको दूध पिउन छिट्टै आउ ।।१५।।
हे रामागच्छ ताताशु सानुजः कुलनन्दन ।
प्रातरेव कृताहारस्तद् भवान् भोक्तुमर्हति ॥१६॥
हे कुललाई आनन्द दिने प्यारो राम ! आफ्नो भाईलाई लिएर छिटो आउ, तिमीहरुले बिहानको भोजन गरेपछि अहिलेसम्म केही खाएका छैनौ त्यसैले फेरी केही खानुपर्छ ।।१६।।
प्रतीक्षते त्वां दाशार्ह भोक्ष्यमाणो व्रजाधिपः ।
एह्यावयोः प्रियं धेहि स्वगृहान् यात बालकाः ॥१७॥
हे यदुकुमार ! नन्दबाबा भोजन गर्र्न तयार भैसक्नुभएको छ । यहाँ आएर हामीलाई पनि खुसि गराउ । हे बालक हो अब तिमीहरु पनि भोजानको लागि आफ्ने घरमा जाउ ।।१७।।
धूलिधूसरिताङ्गस्त्वं पुत्र मज्जनमावह ।
जन्मर्क्षमद्य भवतो विप्रेभ्यो देहि गाः शुचिः ॥१८॥
हे छोरा ! हेर धुलेले तिम्रो शरीर पनि धुलाम्मे भएको छ । आज तिम्रो जन्म नक्षत्र हो त्यसैले पवित्र भएर ब्राह्मणलाई गाई दान गर ।।१८।।
पश्य पश्य वयस्यांस्ते मातृमृष्टान् स्वलङ्कृतान् ।
त्वं च स्नातः कृताहारो विहरस्व स्वलङ्कृतः ॥१९॥
हेर ! तिम्रा साथीहरूलाई आमाले नुहाइदिएर राम्रा लुगा गहना लगाइदिएर सफा छन् । अब तिमीहरु पनि घरमा आएर स्नान गर भोजन गर अनि सफा भएर खेल ।।१९।।
(इंद्रवंशा)
इत्थं यशोदा तमशेषशेखरं
मत्वा सुतं स्नेहनिबद्धधीर्नृप ।
हस्ते गृहीत्वा सहराममच्युतं
नीत्वा स्ववाटं कृतवत्यथोदयम् ॥२०॥
हे परीक्षित ! यसोभन्दै पुत्र स्नेहले बाँधिएकी यशोदाले जगतका पिता श्रीकृष्णालाई आफ्नो छोरो ठानेर एक हातले बलराम र अर्को हातले श्रीकृष्णलाई समातेर आफ्नो घरमा ल्याइन् । यसपछि छोराको कल्याणका लागि मंगलकार्य गराइन् ।।२०।।
(अनुष्टुप्)
गोपवृद्धा महोत्पातान् अनुभूय बृहद्वने ।
नन्दादयः समागम्य व्रजकार्यममन्त्रयन् ॥२१॥
व्रजमा राक्षस आतंक बढेकोले नन्द बाबा लगायत बृध्द गोपहरू भेला भएर व्रजको हितमा एक आपसमा सल्लाह गर्न थाले ।।२१।।
तत्रोपनन्दनामाऽऽह गोपो ज्ञानवयोऽधिकः ।
देशकालार्थतत्त्वज्ञः प्रियकृद् रामकृष्णयोः ॥२२॥
त्यहाँ भेलामा ज्ञान र बुध्दिमा श्रेष्ठ एवं कुन समयमा कस्तो व्यवहार गर्नु पर्छ भन्ने बारेमा पनि राम्रो हेक्का राख्ने र श्रीकृष्ण बलरामको हित चिताउने उपनन्द नाम गरेका गोपले भने ।।२२।।
उत्थातव्यमितोऽस्माभिर्गोकुलस्य हितैषिभिः ।
आयान्त्यत्र महोत्पाता बालानां नाशहेतवः ॥२३॥
उनले भने बच्चा बालकहरुको नाश गर्नको लागि अहिले गोकुलमा ठुला समस्याहरु देखा पर्न थालेकोले हामीले गोकुलको कल्याणको लागि यो ठाउँ छोडेर अन्यत्र जानुपर्छ ।।२३।।
मुक्तः कथञ्चिद् राक्षस्या बालघ्न्या बालको ह्यसौ ।
हरेरनुग्रहान्नूनमनश्चोपरि नापतत् ॥२४॥
बालकहरु मार्दै हिंडेकी पुतनाको चंगुलबाट बाँच्न यी कृष्ण सफल भए । भगवान्को कृपा पाएकाले गाडा पल्टदा पनि यिनलाई केही भएन ।।२४।।
चक्रवातेन नीतोऽयं दैत्येन विपदं वियत् ।
शिलायां पतितस्तत्र परित्रातः सुरेश्वरैः ॥२५॥
आँधीको रूपमा आएको तृणावर्त राक्षसले उनलाई आकाशमा लगेर ठूलो संकटमा पारेको थियो, तर त्यहाँबाट ढुङ्गामा खसेपनि पनि देवताहरूले यिनको रक्षा गरे ।।२५।।
यन्न म्रियेत द्रुमयोरन्तरं प्राप्य बालकः ।
असावन्यतमो वापि तदप्यच्युतरक्षणम् ॥२६॥
यमलार्जुनको रुख ढल्दा पनि बीचमा अड्किएका यिनलाई केही भएन । नजिक रहेको अरु बालकलाई पनि केही भएन, यो पनि भगवानले रक्षा गर्नु भएकोले हो भनि बुझ्नु पर्दछ ।।२६।।
यावदौत्पातिकोऽरिष्टो व्रजं नाभिभवेदितः ।
तावद् बालानुपादाय यास्यामोऽन्यत्र सानुगाः ॥२७॥
त्यसकारण कुनै अनिष्ट अथवा हानी हुन नपाउँदै हामी हाम्रा बच्चाहरूलाई लिएर हाम्रा अनुचरहरूका साथ यहाँबाट अन्यत्र जाऔं ।।२७।।
वनं वृन्दावनं नाम पशव्यं नवकाननम् ।
गोपगोपीगवां सेव्यं पुण्याद्रितृणवीरुधम् ॥२८॥
वृन्दावन नामको जंगल छ । त्यहाँ पशुहरुका लागि घाँसपात सहित हरियालीले युक्त छ । गाई गोपीहरुलाका लागि बस्न योग्य ठाउँ छ ।।२८।।
तत्तत्राद्यैव यास्यामः शकटान् युङ्क्त मा चिरम् ।
गोधनान्यग्रतो यान्तु भवतां यदि रोचते ॥२९॥
यदि तपाईहरुलाई मेरो कुरा उचित लाग्छ भने ढिला नगरिकन छिटै गैहालौं यसका लागि गाई गाडा र सम्पत्तिहरु अगाडि लगाइहालौं ।।२९।।
तच्छ्रुत्वैकधियो गोपाः साधु साध्विति वादिनः ।
व्रजान् स्वान् स्वान् समायुज्य ययू रूढपरिच्छदाः ॥३०॥
उपनन्दको कुरा सुनेर सबै गोपहरूले धेरै राम्रो कुरा भनि एक स्वरमा समर्थन जनाए । त्यसपछि सबै गोपगोपी र आफन्त सहित जम्मा भएर आफ्नो सामान गाडामा राखेर वृन्दावनतिर लागे ।।३०।।
वृद्धान् बालान् स्त्रियो राजन् सर्वोपकरणानि च ।
अनःस्वारोप्य गोपाला यत्ता आत्तशरासनाः ॥३१॥
गोधनानि पुरस्कृत्य शृङ्गाण्यापूर्य सर्वतः ।
तूर्यघोषेण महता ययुः सहपुरोहिताः ॥३२॥
हे परीक्षित ! व्रजका गोप गोपी बुढाबुढी, केटाकेटी, सबैले आफ्नो धनु–बाण बोकेर आफ्ना सामानहरु गाडामा हालेर गाई र बाछाहरूलाई अगाडि लगाएर चर्को स्वरमा सिङ र तुरही बजाउँदै पुरोहितका साथमा व्रजबाट हिँडे ।।३१–३२।।
गोप्यो रूढरथा नूत्नःकुचकुंकुमकान्तयः ।
कृष्णलीला जगुः प्रीत्या निष्ककण्ठ्यः सुवाससः ॥३३॥
गोपीहरूले स्तनमा कुमकुम गलामा सुनको हार लगाएर खुब चम्किलो भएर प्रसन्न हुदै हर्षोल्लासका साथ रथमा चढेका भगवान कृष्णको गीत गाउँन थाले ।।३३।।
तथा यशोदारोहिण्यावेकं शकटमास्थिते ।
रेजतुः कृष्णरामाभ्यां तत्कथाश्रवणोत्सुके ॥३४॥
यशोदा र रोहिणी पनि त्यस्तै लुगा लगाएर आफ्ना प्यारा छोराहरू श्रीकृष्ण र बलरामसँग साथमा एउटै गाडामा बसे त्यतिबेला उनीहरु पनि निकै सुशोभित देखिन्थे ।।३४।।
वृन्दावनं संप्रविश्य सर्वकालसुखावहम् ।
तत्र चक्रुर्व्रजावासं शकटैरर्धचन्द्रवत् ॥३५॥
वृन्दावन अति सुन्दर वन हो । त्यहा पुगेपछि गोपीहरुले आफ्ना गाई गोरु आधा चन्द्रमाको घेरामा राखेर गाईको बस्ने ठाउँ पनि बनाए ।।३५।।
वृन्दावनं गोवर्धनं यमुनापुलिनानि च ।
वीक्ष्यासीदुत्तमा प्रीती राममाधवयोर्नृप ॥३६॥
हे परीक्षित ! वृन्दावनको हरियाली वन, अति सुन्दर गोवर्धन पर्वत र यमुना नदीको सुन्दर तटहरु देखेर भगवान श्रीकृष्ण र बलरामजीको मनमा अपार प्रेम जाग्यो ।।३६।।
एवं व्रजौकसां प्रीतिं यच्छन्तौ बालचेष्टितैः ।
कलवाक्यैः स्वकालेन वत्सपालौ बभूवतुः ॥३७॥
गोकुलजस्तै बलराम श्रीकृष्ण दुवैले वृन्दावनका व्रजवासीहरूलाई आफ्नो मीठो बोली लीलाहरुले आनन्द दिन थाल्नुभयो केही पछि सक्ने भएपछि गाईबाच्छा चराउन थाल्नुभयो ।।३७।।
अविदूरे व्रजभुवः सह गोपालदारकैः ।
चारयामासतुर्वत्सान् नानाक्रीडापरिच्छदौ ॥३८॥
उहाँहरू अन्य साना साथीहरुसंग रहेर गोठ (गाई बस्ने ठाउँ) नजिकै आफ्ना बाछो चराउने र खेल्ने गर्नथाल्नुभयो ।।३८।।
क्वचिद् वादयतो वेणुं क्षेपणैः क्षिपतः क्वचित् ।
क्वचित् पादैः किङ्किणीभिः क्वचित् कृत्रिमगोवृषैः ॥३९॥
वृषायमाणौ नर्दन्तौ युयुधाते परस्परम् ।
अनुकृत्य रुतैर्जन्तूंश्चेरतुः प्राकृतौ यथा ॥४०॥
श्रीकृष्ण वलराम दुवै भाई कहिले बाँसुरी बजाउँने त कहिले गुलेलि हान्ने, कहिले आफुले गोडामा लगाएका पाउजुका आवाजमा नाच्ने, कहिले गाई गोरुको रुप भएर खेल्ने गर्नुहुन्थ्यो । यतिमात्र नभएर कहिले विभिन्न पशुपंछीहरुको आजाज निकालेर वृन्दावनमा खेल्दै विहार गर्नुभयो ।।३९–४०।।
कदाचिद् यमुनातीरे वत्सांश्चारयतोः स्वकैः ।
वयस्यैः कृष्णबलयोर्जिघांसुर्दैत्य आगमत् ॥४१॥
एकदिन कृष्ण बलराम यमुनाको किनारमा आफ्ना साथीहरूसँग बाछा चराएर खेलिरहेका बखतमा वहाँहरुलाई मार्न भनेर एउटा दैत्य त्यहाँ आइपुग्यो ।।४१।।
तं वत्सरूपिणं वीक्ष्य वत्सयूथगतं हरिः ।
दर्शयन् बलदेवाय शनैर्मुग्ध इवासदत् ॥४२॥
भगवान श्रीकृष्णले त्यो दैत्य कृत्रिम बाछोको रूप लिएर बथानमा सामेल भएको देख्नु भयो वहाँले दाजु बलरामलाई त्यो दैत्य देखाएर आफु विस्तारै त्यो दैत्य नजिकै जानुभयो ।।४२।।
गृहीत्वापरपादाभ्यां सहलाङ्गूलमच्युतः ।
भ्रामयित्वा कपित्थाग्रे प्राहिणोद् गतजीवितम् ।
स कपित्थैर्महाकायः पात्यमानैः पपात ह ॥४३॥
भगवान श्री कृष्णले त्यस दैत्यको पुच्छर सहित पछाडिका दुवै खुट्टा समातेर आकाशमा घुमाउनु भयो । त्यो दैत्य मर्यो भनेपछि रुखमा फालिदिनुभयो । यसरी फालिदा त्यो विशाल शरीर भएको दैत्य धेरै रुखहरुलाई ढलाउँदै भूइमा पछारियो ।।४३।।
तं वीक्ष्य विस्मिता बालाः शशंसुः साधु साध्विति ।
देवाश्च परिसन्तुष्टा बभूवुः पुष्पवर्षिणः ॥४४॥
यो देखेर अचम्म मानेका गोप बालकहरुले श्रीकृष्णको तरिफ गर्दै खुब खुसी भए । देवातहरुले पनि हर्षले आनन्द मान्दै पुष्पवृष्टि गरे ।।४४।।
तौ वत्सपालकौ भूत्वा सर्वलोकैकपालकौ ।
सप्रातराशौ गोवत्सांश्चारयन्तौ विचेरतुः ॥४५॥
हे परीक्षित ! सम्पूर्ण लोकका एक मात्र रक्षक कृष्ण र बलराम गोठालो बन्नुभएको छ । उहाँहरु बिहानको खाजा बोकेर गाईबाच्छा चराउन वन–वन डुल्न थाल्नुभयो ।।४५।।
स्वं स्वं वत्सकुलं सर्वे पाययिष्यन्त एकदा ।
गत्वा जलाशयाभ्याशं पाययित्वा पपुर्जलम् ॥४६॥
एक दिन सबै गोपहरुले आफ्ना बाच्छाहरूलाई पानी पियाउनको लागि जलाशयको किनारमा लगे । त्यहाँ उनीहरुले पहिले बाछोलाई पानी पियाए र त्यसपछि आफुले पनि पिए ।।४६।।
ते तत्र ददृशुर्बाला महासत्त्वमवस्थितम् ।
तत्रसुर्वज्रनिर्भिन्नं गिरेः शृङ्गमिव च्युतम् ॥४७॥
गोपालहरूले त्यहाँ इन्द्रको वज्रले काटिएको एउटा ठूलो विचित्रको प्राणी बसेको देखे, जुन पहाड जस्तो देखिन्थ्यो । त्यसलाई देखेर बालकहरु निकै डराए ।।४७।।
स वै बको नाम महानसुरो बकरूपधृक् ।
आगत्य सहसा कृष्णं तीक्ष्णतुण्डोऽग्रसद् बली ॥४८॥
बकुल्लाको रुप धारण गरेको त्यो प्राणिको चुच्चो एकदमै तिखो थियो र ऊ आफैं पनि धेरै बलियो थियो । उसले छिट्टैनै आएर श्रीकृष्णलाई आफ्नो मुखमा हाल्यो ।।४८।।
कृष्णं महाबकग्रस्तं दृष्ट्वा् रामादयोऽर्भकाः ।
बभूवुरिन्द्रियाणीव विना प्राणं विचेतसः ॥४९॥
त्यो विशाल बकुल्लाले श्रीकृष्णलाई यसरी मुखमा हालेको देखेर ती गोप बालकहरु मरेको मानिसको इन्द्रिय जस्तै चेष्टा रहीत भए ।।४९।।
(मिश्र)
तं तालुमूलं प्रदहन्तमग्निवद्
गोपालसूनुं पितरं जगद्गुतरोः ।
चच्छर्द सद्योऽतिरुषाक्षतं बक–
स्तुण्डेन हन्तुं पुनरभ्यपद्यत ॥५०॥
हे परीक्षित ! लोकपिता ब्रह्माजीका पनि पिता नन्दका पुत्र भगवान् श्रीकृष्ण बकाशुरको मुखमा पुग्नु भएपछि वहाँले वकासुरलाई आगोले डढाउन थाल्नुभयो त्यो रापले गर्दा उसले श्रीकृष्णलाई तुरुन्तै मुखबाट बाहिर निकाल्यो त्यतिबेला भगवान्को शरीरमा कुनै चोटपटक लागेको थिएन । त्यसपछि उसले धेरै रिसाउँदै मार्न भनेर श्रीकृष्ण लाई झम्टन गयो ।।५०।।
तमापतन्तं स निगृह्य तुण्डयो–
र्दोर्भ्यां बकं कंससखं सतां पतिः ।
पश्यत्सु बालेषु ददार लीलया
मुदावहो वीरणवद् दिवौकसाम् ॥५१॥
देवताहरुलाई आनन्द दिने र सज्जनको रक्षा गर्ने भगवान श्रीकृष्णले आफुलाई मार्न भनि आएको वकासुरको चुच्चोलाई आफ्ना दुवै हातले जोडले समातेर उसको शरीर च्यातिदिनुभयो ।।५१।।
तदा बकारिं सुरलोकवासिनः
समाकिरन् नन्दनमल्लिकादिभिः ।
समीडिरे चानकशङ्खसंस्तवै–
स्तद्वीक्ष्य गोपालसुता विसिस्मिरे ॥५२॥
त्यसबेला स्वर्गमा रहेका सबै देवताहरूले भगवान् कृष्णमाथि वेली, चमेली आदि अनेक पुष्पहरु वर्षाउन थाले र ढोल, शंख आदि बजाएर र स्तुति गर्न थाले । यो देखेर सबै गोप बालकहरु छक्क परे ।।५२।।
मुक्तं बकास्यादुपलभ्य बालका
रामादयः प्राणमिवेन्द्रियो गणः ।
स्थानागतं तं परिरभ्य निर्वृताः
प्रणीय वत्सान् व्रजमेत्य तज्जगुः ॥५३॥
श्रीकृष्ण बकुल्लाको मुखबाट निस्केर आफ्नो अगाडि आएको देखेर बलराम लगायत गोपहरु निकै खुसि भए पहिला उनीहरुको इन्द्रियहरु अचेष्ट रहेको थियो भने अहिले सचेष्ट भएर कृष्णसंग अंकमाल गरे त्यसपछि सायंकाल भएकाले बाच्छाहरु लिएर व्रजमा फर्किएर वकासुर वधको बारेमा सबैलाई सुनाए ।।५३।।
(अनुष्टुप्)
श्रुत्वा तद् विस्मिता गोपा गोप्यश्चातिप्रियादृताः ।
प्रेत्यागतमिवौत्सुक्यादैक्षन्त तृषितेक्षणाः ॥५४॥
बकासुरको वधको घटना सुनेर सबै गोप–गोपीहरू छक्क परे । उनीहरुलाई श्रीकृष्ण मृत्युको मुखबाट फर्केको जस्तो लाग्थ्यो । उनीहरूले श्रीकृष्णलाई अत्यन्त प्रेम र आदर साथ हर्न लागे ।।५५।।
अहो बतास्य बालस्य बहवो मृत्यवोऽभवन् ।
अप्यासीद् विप्रियं तेषां कृतं पूर्वं यतो भयम् ॥५५॥
अथाप्यभिभवन्त्येनं नैव ते घोरदर्शनाः ।
जिघांसयैनमासाद्य नश्यन्त्यग्नौ पतङ्गवत् ॥५६॥
गोप गोपिनीहरु आश्चर्य मानेर एक आपसमा भन्नलागे– जसले यी बालक श्रीकृष्णलाई मार्ने प्रयास गरेका थिए तर उनीहरुकै हानी भयो । उनीहरुले पहिला पनि यस्तो प्रयास धेरै गरेका थिए तर आफैं नष्ट भए । ती असुरहरु भयानक डरलाग्दा हुन्छन् तापनि उनीहरु कृष्णलाई मार्न भनेर आउँदा पनि आगोमा परेको पुतली झैं आफैं नष्ट हुन्छन् ।।५६।।
अहो ब्रह्मविदां वाचो नासत्याः सन्ति कर्हिचित् ।
गर्गो यदाह भगवानन्वभावि तथैव तत् ॥५७॥
ब्रह्मवेत्ता महात्माको भनाइ कहिल्यै मिथ्या हुँदैन । हेर, महात्मा गर्गाचार्यले भनेका सबै कुराहरू सबै सत्यनै सावित भयो ।।५७।।
इति नन्दादयो गोपाः कृष्णरामकथां मुदा ।
कुर्वन्तो रममाणाश्च नाविन्दन् भववेदनाम् ॥५८॥
नन्द बाबा र अन्य गोपहरु श्रीकृष्ण र बलरामको बारेमा कुरा गरेर धेरै खुसी हुन्थ्ये । यसरी उनीहरुसंग रमाउँदा उनीहरुलाई संसारका दुःख–कष्टको बारेमा पत्तै हुँदैन थियो ।।५८।।
एवं विहारैः कौमारैः कौमारं जहतुर्व्रजे ।
निलायनैः सेतुबन्धैर्मर्कटोत्प्लवनादिभिः ॥५९॥
यसरी श्रीकृष्ण र बलराम कहिले गोठालाहरूसँग लुकामारी खेल्ने, कहिले पुल बनाएर खेल्ने त बाँदरझैँ उफ्रने आदि अनौठो खेल खेलेर दुवैले आफ्नो बाल्यकाल बिताए ।।५९।।
इति श्रीमद्भाबगवते महापुराणे पारमहंस्यां
संहितायां दशमस्कन्धे पूर्वार्धे एकादशोऽध्यायः ॥११॥