#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

तृतीय स्कंधः - षड्विंशोऽध्यायः




श्रीमद्भागवत महापुराण
तृतीय स्कंधः - षड्विंशोऽध्यायः


श्रीभगवानुवाच ।
(अनुष्टुप)
अथ ते सम्प्रवक्ष्यामि तत्त्वानां लक्षणं पृथक् ।
यद्विदित्वा विमुच्येत पुरुषः प्राकृतैर्गुणैः ॥ १ ॥

भगवानले भन्नुभयो–
माताजी! अव म तपाईलाई प्रकृति आदि सबै तत्वको लक्षण भिन्न भिन्न गरी बताउदछु यसलाई जानेर मानिसहरू प्रकृतिको गुणबाट मुक्त हुन्छन ।।१।।

ज्ञानं निःश्रेयसार्थाय पुरुषस्यात्मदर्शनम् ।
यदाहुर्वर्णये तत्ते हृदयग्रन्थिभेदनम् ॥ २ ॥

आत्मदर्शनको ज्ञान नै पुरुषको मोक्षको कारण हो । त्यसले उसको अहकाररूप हृदय गन्थिलाई छेदन गराउदछ भनेर पण्डितहरू भन्दछन् । यस्तो ज्ञानको बारेमा अव म तपाई लाई बताउदछु सुन्नुहोस ।।२।। 

अनादिरात्मा पुरुषो निर्गुणः प्रकृतेः परः ।
प्रत्यग्धामा स्वयंज्योतिः विश्वं येन समन्वितम् ॥ ३ ॥

यो सारा जगत जसमा ब्याप्त भएर प्रकाशित हुन्छ त्यो आत्मा नै पुरुष हो । यो अनादि निर्गुण प्रकृतिबाट पर अन्तःकरणमा स्फुटित हुने भएको हुंदा स्वयंप्रकाश छ ॥ ३ ॥

स एष प्रकृतिं सूक्ष्मां दैवीं गुणमयीं विभुः ।
यदृच्छयैवोपगतां अभ्यपद्यत लीलया ॥ ४ ॥

त्यस सर्बैब्यापक पुरुषले आफुनिर लीला विलाश पूर्वक आएको अब्यक्त र त्रिगुणात्मिका वैष्णवी मायाको स्वेच्छाले प्रकृतिलाई स्वीकार गर्दछन ।।४।।

गुणैर्विचित्राः सृजतीं सरूपाः प्रकृतिं प्रजाः ।
विलोक्य मुमुहे सद्यः स इह ज्ञानगूहया ॥ ५ ॥

लीलापरायण प्रकृति आफ्नो सत्वादि गुणद्वारा आफ्नै अनुरूपको प्रजा सृष्टि गर्न गरिरहन्छन, यो देखेर पुरुष ज्ञानको आच्छादित गर्ने उसको अविद्यारुप आवरण शक्तिवाट मोहित भयो, आफ्नो स्वरूपलाई भुल्यो ।।५।

एवं पराभिध्यानेन कर्तृत्वं प्रकृतेः पुमान् ।
कर्मसु क्रियमाणेषु गुणैरात्मनि मन्यते ॥ ६ ॥

यस प्रकार आफुभन्दा भिन्न प्रकृतिलाई आफ्नो स्वरूप सम्झनाले पुरुष प्रकृतिद्वार गर्ने कर्ममा आफुलाई नै कर्ता मान्नथाल्यो ।।६।।

तदस्य संसृतिर्बन्धः पारतन्त्र्यं च तत्कृतम् ।
भवति अकर्तुरीशस्य साक्षिणो निर्वृतात्मनः ॥ ७ ॥

यस कर्तित्वाभिमानले नै उसले अकर्ता,स्वाधिन साक्षी र वन्धन एवं परतन्त्रलाई प्राप्त हुन्छ ।।७।।

कार्यकारणकर्तृत्वे कारणं प्रकृतिं विदुः ।
भोक्तृत्वे सुखदुःखानां पुरुषं प्रकृतेः परम् ॥ ८ ॥

कर्मरूप शरीर कारणरूप इन्द्रिय तथा कर्तारूप इन्द्रियादिष्ठातृ देवताहरूको उत्पत्तिको जुन कारण छ त्यसलाई पण्डितजनहरू प्रकृतिलाई नै कारण मान्दछन । तथा प्रकृतिबाट पर भएर जे प्रकृतस्थ हुन्छ उस पुरुषलाई सुखदुःखादि कारण मान्दछन ।।८।।

देवहूतिरुवाच—
प्रकृतेः पुरुषस्यापि लक्षणं पुरुषोत्तम ।
ब्रूहि कारणयोरस्य सदसच्च यदात्मकम् ॥ ९ ॥

देवहुतिले भनिन–
यस विश्वको स्थूल सूक्ष्मकार्य जस्को स्वरूप हो तथा जो यसको कारण हो, त्यस प्रकृति र पुरुषको लक्षण पनि मलाई बताउनुहोस ।।९।।

श्रीभगवानुवाच–
यत्तत् त्रिगुणमव्यक्तं नित्यं सदसदात्मकम् ।
प्रधानं प्रकृतिं प्राहुः अविशेषं विशेषवत् ॥ १० ॥

भगवानले भन्नुभयो– जो त्रिगुणात्मक, अव्यक्त, र नित्य र कार्यकारण रूप हो तथा स्वयं निर्विशेष भएर पनि सम्पूर्ण विशेष धर्मको आश्रय हो त्यो प्रधान नामक तत्वलाई नै प्रकृति भन्दछन् ।।१०।।

पञ्चभिः पञ्चभिर्ब्रह्म चतुर्भिर्दशभिस्तथा ।
एतत् चतुर्विंशतिकं गणं प्राधानिकं विदुः ॥ ११ ॥

पाँच तन्मात्रा, चार अन्तःकरण र दस इन्द्रिय र चौविस तत्वको समुहलाई विद्यवानहरू प्रकृतिको कार्य मान्दछन ।।११।।

महाभूतानि पञ्चैव भूरापोऽग्निर्मरुन्नभः ।
तन्मात्राणि च तावन्ति गन्धादीनि मतानि मे ॥ १२ ॥

पृथ्वी, जल, तेज, वायु र आकास यी पाँच पहाभुत हुन् । गन्ध, रस, रूप, स्पर्श र शव्द यी पाँचलाई तन्मात्रा मानिएको छ ।।१२।।

इन्द्रियाणि दश श्रोत्रं त्वग् दृक् रसननासिकाः ।
वाक्करौ चरणौ मेढ्रं पायुर्दशम उच्यते ॥ १३ ॥

श्रोत्र, त्वचा, चक्षु, रसना र नाशिका,वाक,पाणी, पाद उपश्थ र पायु यी दस इन्द्रिय हुन ।।१३।।

मनो बुद्धिरहङ्कारः चित्तमित्यन्तरात्मकम् ।
चतुर्धा लक्ष्यते भेदो वृत्त्या लक्षणरूपया ॥ १४ ॥

मन बुध्दि, चित्त र अहंकार यी चारका रूपमा एउटा अन्तःकरण आफनो संकल्प, निश्चय, चिन्ता र अभिमानरूपा चार प्रकारका वृत्तिले लक्षित भएको हुन्छ ।।१४।।

एतावानेव सङ्ख्यातो ब्रह्मणः सगुणस्य ह ।
सन्निवेशो मया प्रोक्तो यः कालः पञ्चविंशकः ॥ १५ ॥

यस कारण तत्वज्ञानी पुरुषले यीनैलाई सगुण ब्रह्मको सन्निवेशस्थान यी चौविस तत्वको संख्या वताएका छन् । यस बाहे्क जुन काल छ त्यो पच्चिसौ तत्व हो ।।१५।।

प्रभावं पौरुषं प्राहुः कालमेके यतो भयम् ।
अहङ्कारविमूढस्य कर्तुः प्रकृतिमीयुषः ॥ १६ ॥

केहि ब्यक्ति काललाई पुरुषबाट भिन्न तत्व नमानेर पुरुषको प्रभाव अर्थात इश्वरको संहारकारिण शक्ति बताउदछन । जसलाई मायाको कार्यरूप देहादिमा आत्मतत्वको अभिमान गरेर अहंकारबाट मोहित र आफुलाई कर्ता मान्ने जीवलाई निरन्तर भय लागिरहन्छ ।।१६।।

प्रकृतेर्गुणसाम्यस्य निर्विशेषस्य मानवि ।
चेष्टा यतः स भगवान् काल इत्युपलक्षितः ॥ १७ ॥

मनुपुत्री! जस्को प्रेरणले गुणको साम्यावस्थारूप निर्विशेष प्रकृतिमा गति उत्पन्न हुन्छ वास्तवमा त्यो पुरुषरूप भगवान् लाई नै काल मान्दछन ।।१७।।

अन्तः पुरुषरूपेण कालरूपेण यो बहिः ।
समन्वेत्येष सत्त्वानां भगवान् आत्ममायया ॥ १८ ॥

यस प्रकार जो आफ्नो मायाद्वारा सबै प्राणीहरूको भित्र जीवरूप र बाहिर कालरूपले ब्याप्त भएको हुन्छ त्यो भगवान् नै पच्चिसौं तत्व हो ।।१८।।

दैवात्क्षुभितधर्मिण्यां स्वस्यां योनौ परः पुमान् ।
आधत्त वीर्यं सासूत महत्तत्त्वं हिरण्मयम् ॥ १९ ॥

जव परमपुरुष परामात्माले जीवको अदृष्टवश क्षोभ प्राप्त भएको सम्पूर्ण जीवहरूको उत्पत्ति स्थानरूपा आफ्नो मायामा चिच्छरूप वीर्य स्थापित गरे अनि त्यसबाट तेजोमय महतत्व उत्पन्न भयो ।।१९।।

विश्वमात्मगतं व्यञ्जन् कूटस्थो जगदङ्कुरः ।
स्वतेजसा पिबत् तीव्रं आत्मप्रस्वापनं तमः ॥ २० ॥

लय विक्षेपादि बाट रहित तथा जगतको अंकुररूप यस महतत्वले आफुमा रहेको विश्वलाई प्रकट गर्नको लागि आफ्नो स्वरूपलाई आच्छादित गर्ने प्रलयकालिन अन्धकारलाई आफ्नो तेजले पिइदियो ।।२०।।

यत्तत्सत्त्वगुणं स्वच्छं शान्तं भगवतः पदम् ।
यदाहुर्वासुदेवाख्यं चित्तं तन्महदात्मकम् ॥ २१ ॥

जुन सत्वगुणमय स्वच्छ शान्त र भगवानको प्राप्तिको स्थानरूप जुन चित्त छ त्यहि महतत्व हो र त्यसैलाइ वासुदेव भनिन्छ ।।२१।। 

स्वच्छत्वं अविकारित्वं शान्तत्वमिति चेतसः ।
वृत्तिभिर्लक्षणं प्रोक्तं यथापां प्रकृतिः परा ॥ २२ ॥

जस प्रकार पृथ्वी आदिको संसर्ग हुनपूर्व जल आफ्नो स्वभाविक (फेन तरंगादि रहित) अवस्थामा अत्यन्त स्वच्छ विकार सून्य एवं शान्त हुन्छ त्यसै गरी आफ्नो स्वाभाविक अवस्थाको दृष्टिले स्वच्छत्व, अविकारित्व र शान्तत्वस्वरूपलाई नै चित्तको लक्षण मानिएको छ ।।२२।।

महत्तत्त्वाद् विकुर्वाणाद् भगवद्वीर्यसम्भवात् ।
क्रियाशक्तिः अहङ्कारः त्रिविधः समपद्यत ॥ २३ ॥

तदनन्तर भगवानको वीर्यरूप चित्शक्तिबाट उत्पन्न भएको महतत्वको विकृत हुनाले त्यसमा क्रियाशक्ति प्रधान अहंकारको उत्पन्न भयो—।।२३।।

वैकारिकस्तैजसश्च तामसश्च यतो भवः ।
मनसश्चेन्द्रियाणां च भूतानां महतामपि ॥ २४ ॥

त्यो वैकारिक तैजस र तामस भेदले तीन प्रकारको छ । त्यसैबाट क्रमशः मन इन्द्रिय र पाँच महाभूतको उत्पत्ति भयो ।।२४।।

सहस्रशिरसं साक्षाद् यं अनन्तं प्रचक्षते ।
सङ्कर्षणाख्यं पुरुषं भूतेन्द्रियमनोमयम् ॥ २५ ॥

यस भूत, इन्द्रिय र मनरूप अहंकारलाई नै पण्डितहरू साक्षात संकर्षण नामका सहस्र शिर भएका अनन्तदेव भन्दछन ।।२५।।

कर्तृत्वं करणत्वं च कार्यत्वं चेति लक्षणम् ।
शान्तघोरविमूढत्वं इति वा स्यादहङ्कृतेः ॥ २६ ॥

यस अहंकारका देवतारूपले कतृत्व, इन्द्रियरूपले कारणत्व र पञ्चभूतरूपले कार्यत्व लक्षण हुन त्यस्तै सत्वादि गुणको सम्बन्धले सान्तता, घोरता र मुढता पनि यसको लक्षण हो ।।२६।।

वैकारिकाद् विकुर्वाणात् मनस्तत्त्वमजायत ।
यत्सङ्कल्पविकल्पाभ्यां वर्तते कामसम्भवः ॥ २७ ॥

उपर्युत तीन प्रकारको अहंकार मध्दे वैकारिक अहंकारबाट विकृति हुदा त्यसबाट मन भयो । जस्को संकल्प र विकल्पले कमनाहरूको उत्पत्ति हुन्छ ।।२७।।

यद् विदुर्ह्यनिरुद्धाख्यं हृषीकाणां अधीश्वरम् ।
शारदेन्दीवरश्यामं संराध्यं योगिभिः शनैः ॥ २८ ॥

यो मनस्तत्व नै इन्द्रियको अधिष्ठात्री अनिरुद्रले प्रशिध्द छन । योगीहरू सरत्कालिन नीलकमल समान श्यामवर्ण भएको यी अनिरुध्दजीको शनैःसनैः मनलाई वशीभूत गरेर आरधना गर्दछन ।।२८।।

तैजसात्तु विकुर्वाणाद् बुद्धितत्त्वमभूत्सति ।
द्रव्यस्फुरणविज्ञानं इन्द्रियाणामनुग्रहः ॥ २९ ॥

हे सति! फेरी तैजस अहंकारमा विकार भएर त्यसबाट बुध्दितत्वको उत्पत्ति भयो । वस्तुको स्फुरणरूप विज्ञान र इन्द्रियको ब्यापारमा सहायक हुनु, पदार्थको विशेष ज्ञान गर्नु यी बुध्दिका काम हुन ।।२९।।

संशयोऽथ विपर्यासो निश्चयः स्मृतिरेव च ।
स्वाप इत्युच्यते बुद्धेः लक्षणं वृत्तितः पृथक् ॥ ३० ॥

बुध्दिको भेदले गर्दा संशय, विपर्यय, (विपरित ज्ञान) निश्चय, स्मृति र निद्रा यी बुध्दिको लक्षण भनिएको छ । यो बुध्दि तत्व नै प्रद्युम्न हुन ।।३०।।

तैजसानि इन्द्रियाण्येव क्रियाज्ञानविभागशः ।
प्राणस्य हि क्रियाशक्तिः बुद्धेर्विज्ञानशक्तिता ॥ ३१ ॥

इन्द्रिय पनि तैजस अहंकारको नै कार्य हो । कर्म र ज्ञानको विभागले कर्मेन्द्रिय र ज्ञानेन्द्रिय दुई भेद छन् । यसमा कर्म प्राणको शक्ति हो र ज्ञान बुध्दिको शक्ति हो ।।३१।।

तामसाच्च विकुर्वाणाद् भगवद्वीर्यचोदितात् ।
शब्दमात्रं अभूत् तस्मात् नभः श्रोत्रं तु शब्दगम् ॥ ३२ ॥

भगवानको चेतन शक्तिको प्रेरणाले तामस अहंकार मा विकृत हुनाले त्यसबाट शव्द तन्मात्राको उत्पत्ति भयो । शव्द तन्मात्राबाट आकाश तथा शव्दको ज्ञान गराउने श्रोतेन्द्रिय उत्पन्न भयो ।।३२।।

अर्थाश्रयत्वं शब्दस्य द्रष्टुर्लिङ्गत्वमेव च ।
तन्मात्रत्वं च नभसो लक्षणं कवयो विदुः ॥ ३३ ॥

तात्पर्यको प्रकाश गराउनु हुए वक्ताको पनि ज्ञान दिलाउनु, प्रकाशको सुक्ष्मरूप हुनु विद्वानको मतमा यहि शव्दको लक्षण हो ।।३३।।

भूतानां छिद्रदातृत्वं बहिरन्तरमेव च ।
प्राणेन्द्रियात्मधिष्ण्यत्वं नभसो वृत्तिलक्षणम् ॥ ३४ ॥

सबै भूतादि तत्वलाई आश्रय दिनु, सबैको बाहिर भित्र वर्तमान रहनु तथा प्राण, इन्द्रिय र मनलाई स्थान दिनु यो आकाशको बृत्ति (कार्य) रूप लक्षण हो ।।३४।।

नभसः शब्दतन्मात्रात् कालगत्या विकुर्वतः ।
स्पर्शोऽभवत्ततो वायुः त्वक् स्पर्शस्य च सङ्ग्रहः ॥ ३५ ॥

फेरी शव्द तन्मात्राको कार्य आकाशमा काल शक्तिबाट विकार हुनाले स्पर्श तन्मात्रा भयो र त्यसबाट वायु स्पर्शको ग्रहण गराउने त्वगिन्द्रिय (त्वचा) उत्पन्न भयो ।।३५।।

मृदुत्वं कठिनत्वं च शैत्यमुष्णत्वमेव च ।
एतत्स्पर्शस्य स्पर्शत्वं तन्मात्रत्वं नभस्वतः ॥ ३६ ॥

कोमलता, कठोरता, शीतलता र उष्णता तथा वायुको सूक्षरूप हुन, यो स्पर्शको लक्षण हो ।।३६।।

चालनं व्यूहनं प्राप्तिः नेतृत्वं द्रव्यशब्दयोः ।
सर्वेन्द्रियाणां आत्मत्वं वायोः कर्माभिलक्षणम् ॥ ३७ ॥

रूखका हाँगा आदि हल्लनु तृणादिलाई एकत्रित गरिदिनु सबैतिर पुग्नु, गन्धादि युक्त द्रव्यलाई घ्राणदि इन्द्रयको नजिक पु¥याइदिनु तथा शव्दलाई श्रोतेन्द्रियको नजिक लैजानु र सबै इन्द्रियलाई कार्यशक्ति दिनु यो वायुबृत्तिको लक्षण हो ।।३७।।

वायोश्च स्पर्शतन्मात्राद् रूपं दैवेरितादभूत् ।
समुत्थितं ततस्तेजः चक्षू रूपोपलम्भनम् ॥ ३८ ॥

तदनन्तर दैवको प्ररणाले स्पर्शतन्मात्रा भएको वायु विकृत हुनाले यसबाट रूपतन्मात्रा भयो र त्यसबाट तेज र रूपको उपलब्ध गराउने नेत्रेन्द्रियको प्रादुर्भाव भयो ।।३८।।

द्रव्याकृतित्वं गुणता व्यक्तिसंस्थात्वमेव च ।
तेजस्त्वं तेजसः साध्वि रूपमात्रस्य वृत्तयः ॥ ३९ ॥

हे साध्वी! वस्तुको आकारको वोध गराउनु, गौण हुनु, वस्तुको अंगकोरूपमा प्रतीत हुनु, वस्तुको जस्तो आकार प्रकार र परिणाम आदि हुनु, उसै रूपमा उपलक्षित हुनु र तेजको तन्मात्रा हुनु यी सबै रूपतन्मात्राको बृत्तिहरू हुन ।।३९।।

द्योतनं पचनं पानं अदनं हिममर्दनम् ।
तेजसो वृत्तयस्त्वेताः शोषणं क्षुत्तृडेव च ॥ ४० ॥

चम्कनु, पकाउनु, ठण्डिलाई दुर गर्नु, सुकाउनु, भोकप्यास पैदागर्नु र उसको बृत्तिकालागि भोजन एवं जलपान गराउनु यो तेजको बृत्ति हो ।।४०।।

रूपमात्राद् विकुर्वाणात् तेजसो दैवचोदितात् ।
रसमात्रं अभूत् तस्मात् अम्भो जिह्वा रसग्रहः ॥ ४१ ॥

फेरी दैवको प्रेरणाले रूपनन्मात्रामा भएको तेजमा विकृति हुनाले त्यसबाट रसतन्मात्रा भयो र जसबाट जल तथा रसको ग्रहण गराउने रसेन्द्रिय उत्पत्ति भयो ।।४१।।

कषायो मधुरस्तिक्तः कट्वम्ल इति नैकधा ।
भौतिकानां विकारेण रस एको विभिद्यते ॥ ४२ ॥

रस आफ्नो सुध्दस्वरूपमा एकै हो तर अन्य भौतिक पदार्थको संयोगले त्यो कसैलाई मिठो, नुनिलो, पीरो आदि धेरै प्रकार हुन्छ ।।४२।।

क्लेदनं पिण्डनं तृप्तिः प्राणनाप्यायनोन्दनम् ।
तापापनोदो भूयस्त्वं अम्भसो वृत्तयस्त्विमाः ॥ ४३ ॥

वस्तुलाई गीलो गर्नु माटो आदिलाई डल्लो गर्नु तृप्त गराउन, जीवित राख्नु, प्यास मेटाउनु, पदार्थलाइ कमलो पार्नु, गर्मी हटाउनु र इनार रित्तिएपछि फेरि भरि गरिदिनु यो जलको बृत्ति हो । ।४३।।

रसमात्राद् विकुर्वाणात् अम्भसो दैवचोदितात् ।
गन्धमात्रं अभूत् तस्मात् पृथ्वी घ्राणस्तु गन्धगः ॥ ४४ ॥

यसपछि दैव प्रेरित दस स्वरूप जलमा विकृत हुनाले त्यबाट गन्ध तन्मात्रा भयो र त्यसबाट पृथ्वी तथा गन्धलाई ग्रहण गर्ने घ्राणेन्द्रिय प्रकट भयो ।।४४।।

करम्भपूतिसौरभ्य शान्तोग्राम्लादिभिः पृथक् ।
द्रव्यावयववैषम्याद् गन्ध एको विभिद्यते ॥ ४५ ॥

गन्ध एकै हो तथापि परस्पर मिलेका द्रव्य भागको संयोगले त्यो गन्ध, सुगन्ध, दुर्गन्ध, आदि अनेक प्रकारको हुन्छ जस्तो कपुर गन्ध, हिंग गन्ध आदि ।।४५।।

भावनं ब्रह्मणः स्थानं धारणं सद्विशेषणम् ।
सर्वसत्त्वगुणोद्भेदः पृथिवीवृत्तिलक्षणम् ॥ ४६ ॥

प्रतिमादि रूपबाट ब्रह्मको साकार भावना को आश्रय हुनु, जल आदि कारण तत्वबाट भिन्न कुनै दाश्रो को आश्रय हुनु, कुनै दोश्रो आश्रयको अपेक्षा नगरि नै स्थित रहन, जलआदि अन्य पदार्थको धारण गर्नु आकाशादि अवच्छेक हुन (घटाकाश महाकाश) आदि भेदले सिध्द गर्नु यो पृथ्वीको कार्यरूप लक्षण हो ।।४६।।

नभोगुणविशेषोऽर्थो यस्य तच्छ्रोत्रमुच्यते ।
वायोर्गुणविशेषोऽर्थो यस्य तत्स्पर्शनं विदुः ॥ ४७ ॥

आकाशको विशेष गुण “शव्द” जस्को विषय हो त्यो श्रोतेन्द्रिय हो । वायुको गुण “स्पर्श” हो त्यो त्वगिन्द्रिय हो ।।४७।।

तेजोगुणविशेषोऽर्थो यस्य तच्चक्षुरुच्यते ।
अम्भोगुणविशेषोऽर्थो यस्य तद्रसनं विदुः ।
भूमेर्गुणविशेषोऽर्थो यस्य स घ्राण उच्यते ॥ ४८ ॥

तेजको विशेष गुण “रूप” हो त्यो नेत्रेन्द्रिय हो, जलको विशेष गुण “रस” हो त्यो रसेन्द्रिय हो र पृथ्वीको विशेष गुण “गन्ध” हो त्यसलाई घ्राणेन्द्रिय भनिन्छ ।।४८।।

परस्य दृश्यते धर्मो हि, अपरस्मिन् समन्वयात् ।
अतो विशेषो भावानां भूमावेवोपलक्ष्यते ॥ ४९ ॥

वायु आदि कार्य तत्वमा आकाशादि कारण तत्व हुनाले त्यस्को गुण पनि शव्द मात्र हो त्यसैले समस्त महाभूतको गुण, शव्द, स्पर्श, रूप, रस र गन्ध केवल पृथ्वीमा नै पाइन्छ ।।४९।।

एतान्यसंहत्य यदा महदादीनि सप्त वै ।
कालकर्मगुणोपेतो जगदादिरुपाविशत् ॥ ५० ॥

जव महतत्व अहंकार र पञ्चमहाभूत यी सात तत्व एक आपसमा मिल्न सकेनन अलग अलग आत्मा रहे अनि जगतका आदिकरण श्री नारायणले काल, अदृष्ट र सत्वादि गुण सहित यी तत्वमा प्रवेश गर्नुभयो ।।५०।।

ततस्तेनानुविद्धेभ्यो युक्तेभ्योऽण्डं अचेतनम् ।
उत्थितं पुरुषो यस्मात् उदतिष्ठदसौ विराट् ॥ ५१

फेरी परमात्माको प्रवेशबाट छुब्ध भएर आपसमा मिलेका ती तत्वबाट एक जड अण्ड उत्पन्न भयो त्यहि अण्डबाट वहाँ विराट पुरुष प्रकट हुनुभयो ।।५१।।

एतदण्डं विशेषाख्यं क्रमवृद्धैर्दशोत्तरैः ।
तोयादिभिः परिवृतं प्रधानेनावृतैर्बहिः ।
यत्र लोकवितानोऽयं रूपं भगवतो हरेः ॥ ५२ ॥

त्यो अण्डको नाम “विशेष” हो यसैको अन्तर्गत श्रीहरि स्वरूपभूत चौध भूवनको विस्तार भयो । यो चारैतिर क्रमशः एक भन्दा अर्को दस दोब्वर बढी भएर जल, अग्नि, वायु, आकाश, अहंकार र महतत्व यी ६ आवरणले घेरिएको छ यी सबै बाहिर सातौ आवरण प्रकृतिको हो ।।५२।।

हिरण्मयाद् अण्डकोशाद् उत्थाय सलिले शयात् ।
तमाविश्य महादेवो बहुधा निर्बिभेद खम् ॥ ५३ ॥

कारणमय जलमा रहेको त्यो तेजोमय अण्डबाट उठेर त्यस विराट पुरुषले पूनः त्यसमा प्रवेश गरे र त्यसमा अनेक प्रकारको प्वालहरू देखापरे ।।५३।।

निरभिद्यतास्य प्रथमं मुखं वाणी ततोऽभवत् ।
वाण्या वह्निरथो नासे प्राणोऽतो घ्राण एतयोः ॥ ५४ ॥

सबभन्दा पहिले त्यो अण्डमा पुख प्रकट भयो, त्यसबाट वाक्इन्द्रिय र त्यस सम्बन्धित वाकका अधिष्ठात्रि देवता अग्नि प्रकट भयो । फेरी नाकको छिद्र (पोरा) प्रकट भयो त्यसबाट प्राण सहित घ्राणेन्द्रिय उत्पन्न भयो ।।५४।।

घ्राणात् वायुरभिद्येतां अक्षिणी चक्षुरेतयोः ।
तस्मात्सूर्यो न्यभिद्येतां कर्णौ श्रोत्रं ततो दिशः ॥ ५५ ॥

घ्राणेन्द्रिय पछि उसको अधिष्ठाता वायु उत्पन्न भयो । त्यसपछि नेत्र गोलोक प्रकट भयो । त्यसबाट चक्षुइन्द्रिय प्रकट भयो र त्यसको अधिष्ठाता सूर्य उत्पन्न भयो । फेरी कानको प्वाल प्रकट भयो, त्यहाँ इन्द्रिय श्रोत्र र त्यसको अभिमानि दिग्देवता प्रकट भए ।।५५।।

निर्बिभेद विराजस्त्वग् रोमश्मश्र्वादयस्ततः ।
तत ओषधयश्चासन् शिश्नं निर्बिभिदे ततः ॥ ५६ ॥

त्यसपछि विराट पुरुषको त्वचा उत्पन्न भयो जसमा रौं, जुँगा र दाह्री प्रकट भयो अनि त्वचाको अभिानी औषधिहरू (अन्नादि) उत्पन्न भयो । फेरी त्यसपछि लिंग प्रकट भयो ।।५६।।

रेतस्तस्मादाप आसन् निरभिद्यत वै गुदम् ।
गुदादपानोऽपानाच्च मृत्युर्लोकभयङ्करः ॥ ५७ ॥

त्यसमा वीर्य र वीर्य पछि लिंगका अभिमानी देवता आपोदेव (जल) उत्पन्न भयो फेरी गुदा उत्पन्न भयो त्यसमा अपान वायु र अपानको साथै त्यसको अभिमानी लोकलाई भयभित गराउने मृत्यु देवता उत्पन्न भयो ।।५७।।

हस्तौ च निरभिद्येतां बलं ताभ्यां ततः स्वराट् ।
पादौ च निरभिद्येतां गतिस्ताभ्यां ततो हरिः ॥ ५८ ॥

त्यसपछि हात प्रकट भयो जसमा वल र हस्तेन्द्रियको अभिमानी इन्द्र उत्पन्न भए । फेरी चरण प्रकट भयो जसमा गति (गमनको कृया) र पादेन्द्रियका अभिमानी विष्णु देवता उत्पन्न भए ।।५८।।

नाड्योऽस्य निरभिद्यन्त ताभ्यो लोहितमाभृतम् ।
नद्यस्ततः समभवन् उदरं निरभिद्यत ॥ ५९ ॥

यसैगरि जव विराट पुरुषको नाडीहरू प्रकट भायो जसबाट रगत उत्पन्न भयो त्यसबाट नदीहरू भए । फेरी त्यसको भित्र पेट प्रकट भयो ।।५९।।

क्षुत्पिपासे ततः स्यातां समुद्रस्त्वेतयोरभूत् ।
अथास्य हृदयं भिन्नं हृदयान्मन उत्थितम् । ६० ॥

उसलाई भोकप्यासको अर्भिभाव भयो र पेटका अभिमानी समुद्र देवता उत्पन्न भए । त्यसपछि उसको हृदय प्रकट भयो, हृदयबाट मन प्रकट भयो ।।६०।।

मनसश्चन्द्रमा जातो बुद्धिर्बुद्धेर्गिरां पतिः ।
अहङ्कारस्ततो रुद्रः चित्तं चैत्यस्ततोऽभवत् । ६१ ॥

मनपछि उसको अभिमानी देवता चन्द्र भयो फेरि बुध्दि र उसको अभिमानि ब्रह्मा प्रकट भए । त्यसपछि अहंकार र उसको अनन्तर अभिमानी रुद्र भए । त्यसपछि चित्त र उसको अभिमानी क्षेत्रज्ञ प्रकट भयो ।।६१।।

एते हि अभ्युत्थिता देवा नैवास्योत्थापनेऽशकन् ।
पुनराविविशुः खानि तमुत्थापयितुं क्रमात् । ६२ ॥

जव क्षेत्रज्ञको अतिरिक्त सबै देवता उत्पन्न भएर पनि विराट पुरुष उठ्नमा असमर्थ भए अनि उसलाई उठाउनको लागि क्रमशः आफ्नो आफ्नो उत्पत्ति स्थानमा प्रवेश गरे ।।६२।।

वह्निर्वाचा मुखं भेजे नोदतिष्ठत् तदा विराट् ।
घ्राणेन नासिके वायुः नोदतिष्ठत् तदा विराट् । ६३ ॥

अग्निले वाणीका साथ मुखमा प्रवेश गरे, तर त्यसबाट पनि विराट पुरुष उठेनन । वायुले घ्राणेन्दिय सहित नाकको प्वालमा प्रवेश गरे, तर त्यसबाट पनि विराट पुरुष उठेनन ।।६३।।

अक्षिणी चक्षुषादित्यो नोदतिष्ठत् तदा विराट् ।
श्रोत्रेण कर्णौ च दिशो नोदतिष्ठत् तदा विराट् । ६४ ॥

सूर्यले चक्षु सहित नेत्रमा प्रवेश गरे, तर त्यसबाट पनि विराट पुरुष उठेनन । दिशाहरूले श्रवणेन्द्रिय सहित कानमा प्रवेश गरे तर त्यसबाट पनि विराट पुरुष उठेनन ।।६४।।

त्वचं रोमभिरोषध्यो नोदतिष्ठत् तदा विराट् ।
रेतसा शिश्नमापस्तु नोदतिष्ठत् तदा विराट् । ६५ ॥

औषधिहरूले रौंहरू सहित त्वचामा प्रवेश गरे तर त्यसबाट पनि विराट पुरुष उठेनन । जलले वीर्यका साथ लिंगमा प्रवेश गरे तर त्यसबाट पनि विराट पुरुष उठेनन ।।६५।।

गुदं मृत्युरपानेन नोदतिष्ठत् तदा विराट् ।
हस्ताविन्द्रो बलेनैव नोदतिष्ठत् तदा विराट् । ६६ ॥

मृत्युले अपानका साथ गुदामा प्रवेश गरे तर त्यसबाट पनि विराट पुरुष उठेनन । इन्द्रले वलका साथ हातमा प्रवेश गरे तर त्यसबाट पनि विराट पुरुष उठेनन ।।६६।।

विष्णुर्गत्यैव चरणौ नोदतिष्ठत् तदा विराट् ।
नाडीर्नद्यो लोहितेन नोदतिष्ठत् तदा विराट् । ६७ ॥

विष्णुले गतिका साथ चरणमा प्रवेश गरे तर त्यसबाट पनि विराट पुरुष उठेनन । नदीहरूले रुधिर सहित नाडिमा प्रवेस गरे तर त्यसबाट पनि विराट पुरुष उठेनन ।।६७।।

क्षुत्तृड्भ्यां उदरं सिन्धुः नोदतिष्ठत् तदा विराट् ।
हृदयं मनसा चन्द्रो नोदतिष्ठत् तदा विराट् । ६८ ॥

समुद्रले क्षुधा पिपास सहित पेटमा प्रवेश गरे तर त्यसबाट पनि विराट पुरुष उठेनन । चन्द्रमाले मन सहित हृदयमा प्रवेश गरे तर त्यसबाट पनि विराट पुरुष उठेनन ।।६८।।

बुद्ध्या ब्रह्मापि हृदयं नोदतिष्ठत् तदा विराट् ।
रुद्रोऽभिमत्या हृदयं नोदतिष्ठत् तदा विराट् । ६९ ॥

ब्रह्माले बुध्दि सहित हृदयमा प्रवेश गरे तर त्यसबाट पनि विराट पुरुष उठेनन । रुद्रले अहंकार सहित उहि हृदयमा प्रवेश गरे तर त्यसबाट पनि विराट पुरुष उठेनन ।।६९।।

चित्तेन हृदयं चैत्यः क्षेत्रज्ञः प्राविशद्यदा ।
विराट्तदैव पुरुषः सलिलाद् उदतिष्ठत ॥ ७० ॥

जव चित्तका अधिष्ठाता क्षेत्रज्ञले चित्त सहित हृदयमा प्रवेश गरे अनि विराट पुरुष त्यहि समय उठेर जलमा खडा भए ।।७०।।

यथा प्रसुप्तं पुरुषं प्राणेन्द्रियमनोधियः ।
प्रभवन्ति विना येन नोत्थापयितुमोजसा ॥ ७१ ॥

जस प्रकार लोकमा प्राण, इन्द्रिय, मन र बुध्दि आदि चित्तका अधिष्ठाता क्षेत्रज्ञको सहायता बिना सुतेको प्राणीलाई आफ्नो वलले उठाउन सकिदैन त्यसै गरी विराट पुरुष पनि त्यो क्षेत्रज्ञ परमात्मा विना उठेनन ।।७१।।

तमस्मिन् प्रत्यगात्मानं धिया योगप्रवृत्तया ।
भक्त्या विरक्त्या ज्ञानेन विविच्यात्मनि चिन्तयेत् ॥ ७२ ॥

त्यसैले भक्ति, वैराग्य र चित्तको एकाग्रताले प्रकट भएको ज्ञान द्वारा त्यो अन्तरात्मा स्वरूप क्षेत्रज्ञ लाई यस शरीरमा स्थित जानेर उसलाई चिन्तन गर्नुपर्दछ ।।७२।।

इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
तृतीयस्कन्धे षड्विंशोऽध्यायः ॥ २६ ॥