#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

प्रथमः स्कंधः - दशमोऽध्यायः


श्रीमद्भागवत महापुराण
प्रथमः स्कंधः - दशमोऽध्यायः



शौनक उवाच -
(वंशस्थ)
हत्वा स्वरिक्थस्पृध आततायिनो
        युधिष्ठिरो धर्मभृतां वरिष्ठः
सहानुजैः प्रत्यवरुद्धभोजनः
        कथं प्रवृत्तः किमकारषीत्ततः

शौनकजीले सोधे
धार्मिक शिरोमणि महाराज युधिष्ठिरले आफ्नो पैतृक सम्पत्ति हडप्न खोज्ने आततायीहरूलाई संहार गरेर आफ्ना भाईहरू सग कसरी राज्य गरे ? के के काम गरे ? भोगमा उनको इच्छा थिएन ।।१।।

सूत उवाच
वंशं कुरोर्वंशदवाग्निनिर्हृतं
        संरोहयित्वा भवभावनो हरिः
निवेशयित्वा निजराज्य ईश्वरो
        युधिष्ठिरं प्रीतमना बभूव

सूतजी भन्छन्
सम्पूर्ण सृष्टिकर्ता श्रीहरिले आपसि कलझगडाबाट दग्ध भएका कुरुवंशलाई जोगाएर युधिष्ठिरलाई उनकै सिंहासनमा बसाएर प्रशन्न हुनुभयो ।।२।।

निशम्य भीष्मोक्तमथाच्युतोक्तं
        प्रवृत्त विज्ञान विधूत विभ्रमः
शशास गामिन्द्र इवाजिताश्रयः
        परिध्युपान्तां अनुजानुवर्तितः

भीष्मपितामह श्रीकृष्णको उपदेश पाएर युधिष्ठिरको अन्तःकरणमा ज्ञानको उदय भएकाले सबै भ्रान्ति हट्न गयो भगवान्को सहायताले इन्द्र समान भै पृथ्वीको शासन गर्न लागे भीमसेन सहितका भाईहरू उनको आज्ञा पालन गर्दथे ।।३।।

(अनुष्टुप्)
कामं ववर्ष पर्जन्यः सर्वकामदुघा मही
सिषिचुः स्म व्रजान् गावः पयसोधस्वतीर्मुदा

युधिष्ठिरको राज्यमा आवस्यकतानुसार वर्षा हन्थ्यो, सबै बस्तुहरू पृथ्वीबाट पैदा हुन्थ्यो ठुला ठुला कल्चौडो भएका गाईहरूले गौशालामा प्रसस्त दूध दिन्थे ।।४।।

नद्यः समुद्रा गिरयः सवनस्पतिवीरुधः
फलन्त्योषधयः सर्वाः कामं अन्वृतु तस्य वै

नदी, समुद्र, पर्वत, वनस्पति लहराहरूले प्रत्तेक ऋतुहरूमा आफ्ना उत्पादनहरू राजालाई दिन्थे ।।५।।

नाधयो व्याधयः क्लेशा दैवभूतात्महेतवः
अजातशत्रौ अवभवन् जन्तूनां राज्ञि कर्हिचित्

सत्रु नै नरहेका महाराज युधिष्ठिरको राज्यमा कसैका लागि कहिले पनि रोगव्याधा, दैविक, भौतिक आध्यात्मिक दुःख भन्ने कुरा थिएन ।।६।।

उषित्वा हास्तिनपुरे मासान् कतिपयान् हरिः
सुहृदां विशोकाय स्वसुश्च प्रियकाम्यया

भगवान् श्रीकृष्ण आफ्ना वान्धवहरूको शोक हटाउन आफ्नी बहिनी सुभद्राको खुसीका लागि केहि महिना हस्तिनापुरमा रहनु भयो ।।७।।

आमंत्र्य चाभ्यनुज्ञातः परिष्वज्याभिवाद्य तम्
आरुरोह रथं कैश्चित् परिष्वक्तोऽभिवादितः

त्यसपछि जव भगवान् श्रीकृष्णले युधिष्ठिरसंग द्वारका जाने अनुमति माग्नु भयो अनि उनले प्रम पूर्वक स्विकृति दिए अनि भगवान् रथमा बस्नुभयो कसैले भगवान्लाई आलिङ्गन गरे कसैले नमस्कार गरे ।।८।।

सुभद्रा द्रौपदी कुन्ती विराटतनया तथा
गान्धारी धृतराष्ट्रश्च युयुत्सुः गौतमो यमौ

त्यस समयमा सुभद्रा, द्रौपदी, कुन्ती, उत्तरा, तथा, गान्धारी, धृतराष्ट्र्, युयुत्सु, कृपाचार्य, नकुल, सहदेव, ।।९।।

वृकोदरश्च धौम्यश्च स्त्रियो मत्स्यसुतादयः
सेहिरे विमुह्यन्तो विरहं शार्ङ्गधन्वनः १०

भीमसेन, धौम्य सत्यवती आदि सबैजना र्साङ्गपाणि श्रीकृष्ण्को विछोड सहन नसकेर मुर्छा परे ।।१०।।

सत्सङ्गात् मुक्तदुःसङ्गो हातुं नोत्सहते बुधः
कीर्त्यमानं यशो यस्य सकृत् आकर्ण्य रोचनम् ११

सन्तपुरुषको संगतले जसका हृदयको खराव वासनाहरू छुटेको हुन्छ त्यस्ता बिचारवान ब्यक्तिले भगवान्को मनोहर सुयशको गुणगान सुनेपछि छोड्न चाहादैनन् ।।११।।

तस्मिन् न्यस्तधियः पार्थाः सहेरन् विरहं कथम्
दर्शनस्पर्शसंलाप शयनासन भोजनैः १२

भने उनै भगवान्को दर्शन स्पर्शले उनै संग खाने, वस्ने, सुत्ने गरेर सबै जीवन उनैमा समर्पण गरेका पाण्डवहरू उनको विछाड कसरी सहन सक्छन ।।१२।।
सर्वे तेऽनिमिषैः अक्षैः तं अनु द्रुतचेतसः
वीक्षन्तः स्नेहसम्बद्धा विचेलुस्तत्र तत्र १३

ती सबै वहाँमा नै समर्पित भएका कारण उनीहरूको मन दुःखी भएको थियो प्रेमबन्धनका कारण वहांलाई हेरेर यताउति गिरीरहेका थिए

न्यरुन्धन् उद्गलत् बाष्पं औत्कण्ठ्यात् देवकीसुते
निर्यात्यगारात् नोऽभद्रं इति स्यात् बान्धवस्त्रियः १४

भगवन् श्रीकृष्ण घरबाट प्रस्थान गर्न लाग्नुहुदा त्यहाँ भएका वन्धुबान्धव, स्त्रीहरू सबैका आँखामा आँसु भरिएका थिए कृष्णको यात्रामा अपशकुन होला भनेर आँसुलाई दबाए ।।१४।।

मृदङ्गशङ्खभेर्यश्च वीणापणव गोमुखाः
धुन्धुर्यानक घण्टाद्या नेदुः दुन्दुभयस्तथा १५

भगवान् को प्रस्थानको समयमा शंख, घन्टा, भेरी, वीणपण, मृदंग, ढोल, नरसिंग, धुन्धुरी, नगरा आदि बाजाहरू बज्न लागे ।।१५।।

प्रासादशिखरारूढाः कुरुनार्यो दिदृक्षया
ववृषुः कुसुमैः कृष्णं प्रेमव्रीडास्मितेक्षणाः १६

भगवान् श्रीकृष्णको दर्शन गर्ने इच्छाले कुरुवंशका स्त्री हरू अटालीमा बसेर आनन्द भएर फूलको वर्षा गर्नलागे ।।१६।।

सितातपत्रं जग्राह मुक्तादामविभूषितम्
रत्नदण्डं गुडाकेशः प्रियः प्रियतमस्य १७

त्यसबखतमा भगवान्का प्यारा सखा अर्जुनले भगवान्को झण्डा हातमा लिए जुन झण्डामा मोतीको दाना झल्किरहेको थियो जसको डण्डी रत्नहरूले वनेको थियो ।।१७।।

उद्धवः सात्यकिश्चैव व्यजने परमाद्भुते
विकीर्यमाणः कुसुमै रेजे मधुपतिः पथि १८

उध्दव सात्यकीहरू चमर डोलाउन थाले बाटोबाटोमा मा बसेर सबैतिर बाट भगवान् श्रीकृष्ण प्रति फूल बर्षा गरीरहेका थिए 

अश्रूयन्ताशिषः सत्याः तत्र तत्र द्विजेरिताः
नानुरूपानुरूपाश्च निर्गुणस्य गुणात्मनः १९

त्यहाँ ब्राम्हणहरू आशिष बचनहरू सुनाईरहेका थिए जुन सगुण भगानका लागि थियो किनकि वहांमा प्राकृत गुण थिएन ।।१९।।

अन्योन्यमासीत् संजल्प उत्तमश्लोकचेतसाम्
कौरवेन्द्रपुरस्त्रीणां सर्वश्रुतिमनोहरः २०

भगवान्मा चित्त लगाएका हस्तिनापुरका कुलीन स्त्रीहरू सबैको कान मनलाई चनाखो गराउदै एक आपसमा भनिरहेका थिए ।।२०।।

(वंशस्थ)
वै किलायं पुरुषः पुरातनो
         एक आसीदविशेष आत्मनि
अग्रे गुणेभ्यो जगदात्मनीश्वरे
        निमीलितात्मन्निशि सुप्तशक्तिषु २१

हेर साथीहरू हो तीनै सनातन पुरुष हुन् जो प्रलयकालमा पनि आफ्नो अद्वितीय निर्विशेष रूपमा स्थित हुनुहुन्छ, त्यस समयमा सृष्टिको तीनैरूप हुदैनन सबै उनै जगतका मालिक इश्वरमा लीन हुन्छन महत्वादि सबै शक्तिहरू आफ्नै कारण अब्यक्तमा सुत्छन ।।२१।।

एव भूयो निजवीर्यचोदितां
        स्वजीवमायां प्रकृतिं सिसृक्षतीम्
अनामरूपात्मनि रूपनामनी
        विधित्समानोऽनुससार शास्त्रकृत् २२

उनले नै आफ्नो नाम रूप रहित स्वरूपमा नामरूपको निर्माण गने इच्छा गरे अनि आफ्नो कालशक्ति, जसले उनको अंश पाएका जीवहरूलाई मोहित गराउन सृष्टिको रचनामा प्रबृति गराउन वेदादि शास्त्रको रचना गरे ।।२२।।

वा अयं यत्पदमत्र सूरयो
        जितेन्द्रिया निर्जितमातरिश्वनः
पश्यन्ति भक्ति उत्कलितामलात्मना
        नन्वेष सत्त्वं परिमार्ष्टुमर्हति २३

ठुला योगीहरू आफ्नो प्राणलाई बशमा राखेर आनन्दित मनले निर्मल हृदयमा वहां भगवान्को साक्षात्कार गर्दछन वहां कृष्ण साक्षत् परब्रम्ह हुनुहुन्छ वहांको भक्ति बाटै अन्तःकरण पूर्णरूपमा सुध्द हुन्छ अन्य योगादिद्वारा हुदैन ।।२३।।

वा अयं सख्यनुगीत सत्कथो
            वेदेषु गुह्येषु गुह्यवादिभिः
एक ईशो जगदात्मलीलया
            सृजत्यवत्यत्ति तत्र सज्जते २४

सखी हो! वहांको सुन्दर लीलाहरूको बखान बेद एवं अन्न गोप्यशास्त्रहरूमा ऋषिहरूले गर्नुभएको वहां नै एकमात्र अद्वितीय ईश्वर हुनुहुन्छ, वहांले नै आफ्ना लीलाहरूले जगतको सृष्टि, पालन संहार गर्नुहुन्छ तर वहांमा कुनै आशक्ति हुदैन ।।२४।।

यदा ह्यधर्मेण तमोधियो नृपा
        जीवन्ति तत्रैष हि सत्त्वतः किल
धत्ते भगं सत्यमृतं दयां यशो
        भवाय रूपाणि दधत् युगे युगे २५

जव तामसी बुध्दि भएका राजा हरू अधर्मले आफ्नो पेट पाल्न लाग्दछन् त्यस वेला वहांले यहि सत्वगुणलाई स्विकार गरेर ऐश्वर्य, सत्य, ऋत, दया यश प्रकट गरेर संसारको कल्याणको लागि युग युगमा अवतार लिनुहुन्छ ।।२५।।

अहो अलं श्लाघ्यतमं यदोः कुलं
        अहो अलं पुण्यतमं मधोर्वनम्
यदेष पुंसां ऋषभः श्रियः पतिः
        स्वजन्मना चङ्क्रमणेन चाञ्चति २६

अहो यो यदुवंश प्रशंसनिय शोभनिय किनकि जहा लक्ष्मीपति पुरुषोत्तम भगवान् श्रीकृष्णले जन्म लिनु भएको त्यो पवित्र मधुवन (ब्रजमण्डल) धन्य जहाँ वहांको बाल्यकाल किशोर अवस्थामा खेलवाड गरेर पवित्र हुनगएको ।।२६।।

अहो बत स्वर्यशसः तिरस्करी
        कुशस्थली पुण्ययशस्करी भुवः
पश्यन्ति नित्यं यदनुग्रहेषितं
        स्मितावलोकं स्वपतिं स्म यत्प्रजाः २७

खुसिको कुरा यो कि वहांले स्वर्गको यसलाई तिरस्कार गर्दै पृथ्वीलाई नै पवित्र वनाउनु भएको वहांका प्रजाहरूले आफ्ना स्वामी भगवान् श्रीकृष्णलाई निरन्तर हेरिरहेका छन् ।।२७।।

नूनं व्रतस्नानहुतादिनेश्वरः
        समर्चितो ह्यस्य गृहीतपाणिभिः
पिबंति याः सख्यधरामृतं मुहुः
        व्रजस्त्रियः सम्मुमुहुः यदाशयाः २८

जसले यीनलाई पाणिग्रहण गरेका छन् ति स्त्रीहरूले ब्रत, स्नान, हवन, आदि द्वारा परमात्माको स्तुति आराधना गर्दछन् उनीहहरूले यस्तो अधरामृतलाई वारंवार पान गर्दछन् उनैको संझनाले पनि ब्रजवासीहरू हर्षले विभोर हुन्छन् ।।२८।।

या वीर्यशुल्केन हृताः स्वयंवरे
        प्रमथ्य चैद्यः प्रमुखान्हि शुष्मिणः
प्रद्युम्न साम्बाम्ब सुतादयोऽपरा
        याः चाहृता भौमवधे सहस्रशः २९

यीनको स्वयंवरमा शिशुपाल आदि मत्वाली राजाहरूको मान मर्दन गरेर आफ्ना बाहुवलले भौमासुरलाई मारेर रुक्मिणी आदि आठ पटरानीलाई ल्याए इनका अरु हजारौ पत्नीहरू छन्, उनीहरू धन्य छन्

एताः परं स्त्रीत्वमपास्तपेशलं
        निरस्तशौचं बत साधु कुर्वते
यासां गृहात् पुष्करलोचनः पतिः
         जातु अपैत्याहृतिभिः हृदि स्पृशन् ३०

यी सबैले स्वतन्त्रता पवित्रताले रहित स्त्रीजीवनलाई पवित्र उज्वल वनाएका छन् उनको महिमाको वर्णन कस्ले गर्न सक्छ यीनका स्वामी साक्षात कमलनयन श्रीकृष्ण हुनुहुन्छ जसले नाना प्रकारको पारिजात आदि प्रिय वस्तुहरू ल्याएर यीनको हृदयलाई आनन्दित बनाइदिनु हुन्छ ।।३०।।

(अनुष्टुप्)
एवंविधा गदन्तीनां गिरः पुरयोषिताम्
निरीक्षणेन अभिनन्दन् सस्मितेन ययौ हरिः ३१

त्यहाँका स्त्रीहरू यसो भनेर कुरा गरीरहेका बखतमा भगवान् श्रीकृष्ण मन्द मन्द मुस्कुराउदै प्रेमपूर्ण हृदयले अभिनन्दित भएर त्यहाबाट विदा हुनुभयो ।।३१।।
अजातशत्रुः पृतनां गोपीथाय मधुद्विषः
परेभ्यः शङ्कितः स्नेहात् प्रायुङ्क्त चतुरङ्गिणीम् ॥३२॥

अजात सत्रु भएका युधिष्ठिरले भगवान्लाई बाटोमा कसैले आक्रमण गर्न नसकुन भनि वहांको रक्षाको लागि घोडा, रथ, पैदल सेनाहरू पनि साथै पठाए ।।३२।।

अथ दूरागतान् शौरिः कौरवान् विरहातुरान्
सन्निवर्त्य दृढं स्निग्धान् प्रायात्स्वनगरीं प्रियैः ३३

अटल प्रेमले गर्दा कुरुवंश पाण्डवहरू भगवान्को साथ टाढासम्म संगै गए उनीहरू विछोडका कारण दुःखीत थिए त्यहाँबाट भगवान्ले सबैलाई आग्रह गरेर फर्काउनु भयो आफ्ना प्यारा उध्दव, सात्यकी हरूका साथ द्वारका लाग्नुभयो ।। ३३ ।।

कुरुजाङ्गलपाञ्चालान् शूरसेनान् सयामुनान्
ब्रह्मावर्तं कुरुक्षेत्रं मत्स्यान् सारस्वतानथ ३४
कुरुजंगल, पाञ्चाल, शुरसेन, यमुनाको तीर, ब्रम्हावर्त , कुरुक्षेत्र, मत्स्य, सारस्वत, त्यस्तै ।।३४।।

मरुधन्वमतिक्रम्य सौवीराभीरयोः परान्
आनर्तान् भार्गवोपागात् श्रान्तवाहो मनाग्विभुः ३५

मरुधन्व देश हुदै सौभीर आभीरको पश्चिम आनर्त देशमा आउनु भयो धेरै हिडाइका कारण रथका घोडाहरू थाकेका थिए ३५।।

तत्र तत्र तत्रत्यैः हरिः प्रत्युद्यतार्हणः
सायं भेजे दिशं पश्चात् गविष्ठो गां गतस्तदा ३६

बाटोमा ठाँउ ठाँउमा मानिसहरूले भगवान्को स्वगत गर्दथे सन्ध्याकाल भएपछि जलासयमा गएर सन्धावादन गर्नुभयो यो वहांको नित्य कर्म थियो ।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
प्रथमस्कन्धे श्रीकृष्णद्वारकागमनं नाम दशमोऽध्यायः १०