#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

द्वितीय स्कंधः - नवमोध्यायः


श्रीमद्भागवत महापुराण
द्वितीय स्कंधः - नवमोध्यायः



श्रीशुक उवाच -
(अनुष्टुप्)
आत्ममायामृते राजन् पन्परस्यानुभवात्मनः
घटेतार्थसम्बन्धः स्वप्नद्रष्टुरिवाञ्जसा

श्रीशुकदेवजीले भन्नुभयो–
परीक्षित! जसरी सपनामा देखिएको वस्तुसंग सपना देख्ने ब्यक्तिको कुनै सम्बन्ध रहदैन त्यसरी नै माया विना देहादिबाट अतित आत्माको कुनै सम्बन्ध हुदैन ।।१।।

बहुरूप इवाभाति मायया बहुरूपया
रममाणो गुणेष्वस्या ममाहमिति मन्यते

विभिन्नरूप भएको मायाको कारण नै थरिथरिको रूप हुन्छ अनि त्यहिरूपको गुणमा भुलेर मेरो भन्न थाल्दछ ।।२।।

यर्हि वाव महिम्नि स्वे परस्मिन् कालमाययोः
रमेत गतसम्मोहः त्यक्त्वोदास्ते तदोभयम्

जुन गुणलार्ई क्षुब्ध गर्ने काल मोहको उत्पन्न गर्ने माया यी दुवैबाट टाढा भएर आफ्नो अनन्त स्वरूपमा रमण गर्दछ अनि आत्माराम हुन्छ त्यसपछि मेरो भन्ने भावना छाडेर पूर्ण उदाशिन गुणातित हुन्छ ।।३।।

आत्मतत्त्वविशुद्ध्यर्थं यदाह भगवानृतम्
ब्रह्मणे दर्शयन् रूपं अव्यलीकव्रतादृतः

ब्रम्हाजीको निष्कपट तपस्याबाट प्रसन्न भएर भगवान्ले उनलार्ई आफ्नो स्वरूपको दर्शन दिनुभयो आत्मतत्व, ज्ञानका लागि परमसत्य परमार्थ वस्तुको उपदेश दिनुभयो जुन तिमीलाई सुनाउदछु ।।४।।

(इंद्रवज्रा)
आदिदेवो जगतां परो गुरुः
    स्वधिष्ण्यमास्थाय सिसृक्षयैक्षत
तां नाध्यगछ्रद्दृशमत्र सम्मतां
    प्रपञ्चनिर्माणविधिर्यया भवेत्

तीनैलोकका परम गुरु आदिदेव ब्रम्हाजी आफ्नो जन्मस्थान कमलमा बसेर सृष्टि गर्ने इच्छा गर्नुभयो तर जुन ज्ञान दृष्टिबाट सृष्टिको निर्माण हुन सक्थ्यो, ब्रम्हाजीले त्यो दृष्टि प्राप्त गर्न सक्नुभएन ।।५।।

चिन्तयन् द्व्यक्षरमेकदाम्भसि
    उपाशृणोत् द्विर्गदितं वचो विभुः
स्पर्शेषु यत्षोडशमेकविंशं
    निष्किञ्चनानां नृप यद्धनं विदुः

एकदिन वहाँ यसै विषयमा चिन्ता गरिरहनु भएको थियो त्यहि समयमा त्यो प्रलयरूपी समुद्रमा व्यन्जनको एक्काइसौ सोह्रौ अक्षर तपःतपः भन्ने शव्द दुई पटक सुन्नुभयो परीक्षित महात्माहरू यो तप लाईए नै परम धन मान्दछन् ।।६।।

निशम्य तद्वक्तृदिदृक्षया दिशो
    विलोक्य तत्रान्यदपश्यमानः
स्वधिष्ण्यमास्थाय विमृश्य तद्धितं
    तपस्युपादिष्ट इवादधे मनः

यस्तो शव्द सुने पछि ब्रम्हाजीले वक्तालार्ई हेर्नका लागि चारैतिर हेर्नुभयो तर त्यहाँ कसैलार्ई देख्नुभएन त्यसपछि उनले तप गर्नलार्ई प्रत्यक्ष आज्ञा मिलेको भन्ने निश्चय गरेर उहाँले कमलमै बसेर आफ्नो मन तपस्यामा लगाउनुभयो ।।७।।

दिव्यं सहस्राब्दममोघदर्शनो
    जितानिलात्मा विजितोभयेन्द्रियः
अतप्यत स्माखिललोकतापनं
    तपस्तपीयांस्तपतां समाहितः

तपस्वीहरूमध्ये सबभन्दा बढि तपस्या गर्ने ब्रम्हाजी नै हो वहाँको ज्ञान अमोघ वहाँले दिव्य एकहजार वर्ष सम्म आफ्नो प्राण, मन, कर्मेन्द्रिय ज्ञानेन्द्रियलार्ई बसमा लिएर एकाग्र चित्तले तपस्या गर्न लाग्नुभयो यहिकारण बाट नै वहाँले साह्रा लोकलार्ई प्रकाशित गर्न सक्नु भयो ।।८।।

तस्मै स्वलोकं भगवान् सभाजितः
    सन्दर्शयामास परं यत्परम्
व्यपेतसङ्क्लेशविमोहसाध्वसं
    स्वदृष्टवद्भिः विबुधैरभिष्टुतम्  

यस्तो तपस्याबाट प्रसन्न भएर भगवान्ले उहाँलार्ई सवभन्दा श्रेष्ठ लोक देखाउनु भयो जुन लोक भन्दा श्रेष्ठ अर्को लोक छैन त्यस लोकमा कुनै प्रकारको क्लेश, भय मोह हुदैन एक पटक मात्रै भएपनि यदि कसैले सो लोकको दर्शन गर्न पायो भने ती देवताले वारंवार स्तुति गर्दछन ।।९।।

प्रवर्तते यत्र रजस्तमस्तयोः
    सत्त्वं मिश्रं कालविक्रमः
यत्र माया किमुतापरे हरेः
    अनुव्रता यत्र सुरासुरार्चिताः १०

त्यहाँ राजोगुण, तमोगुण यसबाट मिलेको सत्वगुण पनि छैन त्यहालार्ई कालले केहि गर्न सक्दछ मायाले नै पाईला हाल्न सक्दछ त्यहाँ भगवान्का पार्षदहरू बस्दछन् जसको देवता दैत्यहरू पूजा गर्दछन् ।।१०।।

श्यामावदाताः शतपत्रलोचनाः
    पिशङ्गवस्त्राः सुरुचः सुपेशसः ।
सर्वे चतुर्बाहव उन्मिषन्मणि
    प्रवेकनिष्काभरणाः सुवर्चसः ।
प्रवालवैदूर्यमृणालवर्चसः
    परिस्फुरत्कुण्डल मौलिमालिनः ॥ ११ ॥

उज्वल आभासले युक्त भएको श्याम शरीर, सतदल कमलको समान नेत्र, पहेलो रंगको वस्त्रले शोभायमान पार्षदहरू हुन्छन सबैका चारचार हातहरू हुन्छन आफैमा तेजीला त्यसमा पनि मणि जडिएको वस्त्रले झलमल गर्ने वस्त्रहरू पहिरेका हुन्छन उनीहरूको छवि मुगा, वैदुर्यमणि तथा कमलको उज्वल तन्तु जस्तो निर्मल वहाँ कानमा कुण्डल, मस्तकमा मुकुट घाँटीमा मालाले शोभायमान छन ।।११।।

भ्राजिष्णुभिर्यः परितो विराजते
    लसद्विमानावलिभिर्महात्मनाम्
विद्योतमानः प्रमदोत्तमाद्युभिः
    सविद्युदभ्रावलिभिर्यथा नभः १२

जसरी वादल सहितको आकाश शोभायमान हुन्छ त्यसरी नै वहाँ लोक मनोहर कामिनीहरूको कान्तिले युक्त महात्माको दिब्य तेजोमय विमानबाट ठाँउठाँउमा शुशोभित हुनुहुन्छ  १२ 
                       
श्रीर्यत्र रूपिण्युरुगायपादयोः
    करोति मानं बहुधा विभूतिभिः
प्रेङ्खं श्रिता या कुसुमाकरानुगैः
    विगीयमाना प्रियकर्म गायती १३

त्यस बैकुण्ठलोकमा लक्ष्मी सुन्दररूप धारण गरेर आफ्नो विभूतिद्वारा अनेक प्रकारले भगवान्को चरणकमलको सेवा गर्दछिन कहिले कहि आफ्नो झुलनामा बसेर आफ्नो पृयत्तम भगवान्को लीलाहरूको वखान गर्दछिन त्यतिवेला उनको शौन्दर्य भ्रमराहरू उन्मत्त भएर भ्रमराहरू नै स्वयं लक्ष्मीको गुणगान गर्दछन ।।१३।।

ददर्श तत्राखिलसात्वतां पतिं
    श्रियः पतिं यज्ञपतिं जगत्पतिम्
सुनंदनंदप्रबलार्हणादिभिः
    स्वपार्षदाग्रैः परिसेवितं विभुम् १४

ब्रम्हाजीले त्यस दिब्यलोकमा भक्तहरूका रक्षक, लक्ष्मीका पति, तथा विश्वपति भगवान् विराजमान हुनुभएको देख्नुभयो जहाँ पार्षदहरू भगवान्को सेवा गरिरहेका थिए त्यहाँ सुनन्द, नन्द, प्रवल, अर्हण आदि पार्षदले वहाँको सेवा गरिरहेका थिए ।।१४।।

भृत्यप्रसादाभिमुखं दृगासवं
    प्रसन्नहासारुणलोचनाननम्
किरीटिनं कुण्डलिनं चतुर्भुजं
    पीतांशुकं वक्षसि लक्षितं श्रिया १५

भगवान्को मुखको आकृति मधुर मुस्कानले युक्त थियो आँखामा राता राता धर्साहरू, मनमोहक हास्य थियो मानौ यस्तो लाग्दथियो कि वहाँ आफ्नो भक्तहरूलार्ई सर्वश्व नै दिनुहुनेछ शिरमा मुकुट, कानमा कुण्डल गलामा पिताम्वर फरफराई रहेको थियो वक्षस्थलमा सुनौलो रेखाको रूपमा लक्ष्मि विराजमान हुनुभएको वहाँको राम्रा चार हात छन् ।।१५।।

अध्यर्हणीयासनमास्थितं परं
    वृतं चतुःषोडशपञ्चशक्तिभिः
युक्तं भगैः स्वैरितरत्र चाध्रुवैः
    स्व एव धामन् रममाणमीश्वरम् १६

वहाँ उत्तम बहुमुल्य आसनमा बस्नुभएको पुरुष, प्रकृति, महतत्व, अहंकार, मन, दस इन्द्रिय, शव्दादि पाँच तन्मात्रा पञ्चभूत आदि पच्चिस शक्तिहरू मुर्तिमान भएर वहाँको चारैतिर खडा भएकाछन् ऐश्वर्य, धर्म, कीर्ति, श्री, ज्ञान, वैराज्ञ यी नित्य सिध्द स्वरूपभूत शक्तिले युक्त हुनुभएको जुन शक्तिहरू वहाँ बाहेक अन्य कुनै ठाँउमा बस्दैनन् वहाँ सर्बेश्वर प्रभु आफ्नो नित्य आनन्दस्वरूप शक्तिले सधैं मग्न हुनुहुन्छ ।।१६।।

तद्दर्शनाह्लादपरिप्लुतान्तरो
    हृष्यत्तनुः प्रेमभराश्रुलोचनः
ननाम पादाम्बुजमस्य विश्वसृग्
    यत् पारमहंस्येन पथाधिगम्यते १७

वहाँको दर्शनले ब्रम्हाजीको हृदय आनन्दले परिपूर्ण भयो आनन्दले शरीर रोमान्चित भयो आँखामा प्रेमको आँसु छचल्कियो ब्रम्हाजीले वहाँको चरणकमल, जुन परमहंशको निवृति मार्गबाट प्राप्त हुन्छ, लार्ई शिरझुकाएर प्रणाम गर्नुभयो ।।१७।।

तं प्रीयमाणं समुपस्थितं कविं
    प्रजाविसर्गे निजशासनार्हणम्
बभाष ईषत्स्मितशोचिषा गिरा
    प्रियः प्रियं प्रीतमनाः करे स्पृशन् १८

ब्रम्हाजीका प्यारा भगवानले आफ्ना पृय ब्रम्हालार्ई प्रेम दर्शनको आनन्दमा मग्न, शरणागत तथा प्रजा सृष्टिका लागि योग्य देखेर धेरै प्रसन्न हुनुभयो वहाँले ब्रम्हाजीसंग हात मिलाउदै मुस्कुराएर मिठो बोलीमा भन्नुभयो ।।१८।।

श्रीभगवानुवाच
(अनुष्टुप्)
त्वयाहं तोषितः सम्यग् वेदगर्भ सिसृक्षया
चिरं भृतेन तपसा दुस्तोषः कूटयोगिनाम् १९

भगवान्ले भन्नुभयो
ब्रम्हाजी! तिम्रो हृदयमा सबै वेदको ज्ञान भरिएको तिमीले सृष्टि गर्ने मनशायले मेरो लामो समय सम्म तपस्या गरेर मलार्ई सन्तुष्ट पार्यौ। मनमा कपट राखेर योग साधना गर्नेहरूले मलार्ई कहिले पनि प्राप्त गर्न सक्तैनन ।।१९।।

वरं वरय भद्रं ते वरेशं माभिवाञ्छितम्
ब्रह्मञ्छ्रेयः परिश्रामः पुंसां मद्दर्शनावधिः २०

तिम्रो कल्याण होस तिम्रो जे इच्छा त्यो वर सग माग किनकि मा मागेको कुरा दिन सक्ने सामर्थ ब्रम्हाजी मेरो दर्शनले सबै कल्याणकारी साधनको प्राप्ति हुन्छ ।।२०।।

मनीषितानुभावोऽयं मम लोकावलोकनम्
यदुपश्रुत्य रहसि चकर्थ परमं तपः २१

तिमीले मलार्ई नदेख्दा पनि जलमा मेरो वाणी सुनेर यति ठुलो तपस्या गर्यौ, त्यहिकारण मेरै इच्छाले तिमीलार्ई मेरो लोकको दर्शन मिल्यो ।।२१।।

प्रत्यादिष्टं मया तत्र त्वयि कर्मविमोहिते
तपो मे हृदयं साक्षाद् आत्माऽहं तपसोऽनघ २२

तिमी त्यस वेला मा सृष्टि रचना गर्ने काममा अलमलिएका थियौं त्यसैले मैले तिमीलार्ई तपस्या गर्ने सल्लाह दिएको थिएं हे अनघ! तपस्या मेरो हृदय हो स्वयं तपस्याको आत्मा हुं ।।२२।।

सृजामि तपसैवेदं ग्रसामि तपसा पुनः
बिभर्मि तपसा विश्वं वीर्यं मे दुश्चरं तपः २३

तपस्याले नै यस संसारको श्रृष्ठि गर्दछु तपस्याले नै पोषण गर्दछु अनि फेरि तपस्या बाटै सबै सृष्टिलार्ई आफुमा लीन गराउदछु तपस्या नै मेरो दुश्चर शक्ति हो ।।२३।।

ब्रह्मोवाच
भगवन् सर्वभूतानां अध्यक्षोऽवस्थितो गुहाम्
वेद ह्यप्रतिरुद्धेन प्रज्ञानेन चिकीर्षितम् २४

ब्रम्हाजीले भने
भगवन्! तपाई सबै प्राणीको अन्तःकरणमा अन्तर्यामीको रूपमा विराजमान भएर रहनुहुन्छ तपाई आफुमा भएको अमोघ ज्ञानबाट आफुले के गर्न लागिरहेको छु भन्नेकुरा जान्नुहुन्छ ।।२४।।

तथापि नाथमानस्य नाथ नाथय नाथितम्
परावरे यथा रूपे जानीयां ते त्वरूपिणः २५

नाथ! तपाईले माथि कृपा गरेर याचकको माग पुरा गरिदिनुहोस, तपाईको सगुण निर्गुण दुवैरूपलार्ई जान्न सकुं ।।२५।।

यथात्ममायायोगेन नानाशक्त्युपबृंहितम्
विलुम्पन् विसृजन् गृह्णन् बिभ्रदात्मानमात्मना २६

तपाई मायाको स्वामी हुनुहुन्छ तपाईको संकल्प कहिल्यै खेर जादैन जसरी माकुरो मुखबाट जालो निकालेर खेल्दछ पछि फेरि आफैंमा लीन गर्दछ ।।२६।।

क्रीडस्यमोघसङ्कल्प ऊर्णनाभिर्यथोर्णुते
तथा तद्विषयां धेहि मनीषां मयि माधव २७  

त्यसरी नै तपाई आफ्नो मायाको आश्रय लिएर यो शक्ति सम्पन्न जगतको उत्पत्ति, स्थिति लय गर्नका लागि अनेक रूप बनाएर क्रिडा गर्नुहुन्छ यस्ताकुरा तपाई कसरी गर्नुहुन्छ, हे माधव! यस विषयमा जान्न सकुं यस्तो ज्ञान मलार्ई दिनुहोस ।।२७।।

भगवच्छिक्षितमहं करवाणि ह्यतन्द्रितः
नेहमानः प्रजासर्गं बध्येयं यदनुग्रहात् २८

तपाई माथि यस्तो क्रिपा गर्नुहोस कि सजग रहेर सावधानि पूर्वक तपाईको आज्ञा पालन गर्न सकुं सृष्टिका क्रममा कर्तापन आदिबाट बाँधिन नपरोस ।।२८।।

(इंद्रवज्रा)
यावत्सखा सख्युरिवेश ते कृतः
    प्रजाविसर्गे विभजामि भो जनम्
अविक्लबस्ते परिकर्मणि स्थितो
    मा मे समुन्नद्धमदोऽजमानिनः २९

प्रभु! तपाईले हात समातेर एक मित्र झैं स्विकार गर्नुभयो त्यसैले अव तपाईको सेवा का खातिर सृष्टि रचनामा लागेर पूर्व सृष्टको गुण कर्म अनुसार जीवको विभाजन गर्न सावधानि पूर्वक लाग्न सकुं आफुलार्ई आफ्नो कर्मको स्वतन्त्रता सम्झेर अभिमान नगरुं ।।२९।।

श्रीभगवानुवाच
(अनुष्टुप्)
ज्ञानं परमगुह्यं मे यद्विज्ञानसमन्वितम्
सरहस्यं तदङ्गं गृहाण गदितं मया ३०

भगवान्ले भन्नुभयो
प्रेमाभक्ति साधनबाट युक्त अत्यन्तगुह्य मेरो स्वरूपको बारेको ज्ञान तिमीलार्ई भन्दछु तिमी यसलार्ई ग्रहण गर ।।३०।।

यावानहं यथाभावो यद् रूपगुणकर्मकः
तथैव तत्त्वविज्ञानं अस्तु ते मदनुग्रहात् ३१

मेरो जति लीला, गुण, रूप, लक्षणहरू छन् त्यसको ठिकठिक तत्वको बारेमा जस्ताको तस्तै अनुभव गर।।३१।।

अहमेवासमेकोऽग्रे नान्यत् यत्सदसत्परम्
पश्चादहं यदेतच्च योऽवशिष्येत सोऽस्म्यहम् ३२

सृष्टि भन्दा पहिले केवल मात्रै थिएं बाहेक स्थूल सूक्ष्म थियो नत दुवैका कारण प्रकृति नै थियो जहाँ यो सृष्टि छैन त्यहाँ नै छु ।।३२।।

ऋतेऽर्थं यत्प्रतीयेत प्रतीयेत चात्मनि
तद्विद्याद् आत्मनो मायां यथाभासो यथा तमः ३३

नहुँदा पनि जुन अवर्चनिय वस्तु मेरो अतिरिक्त परमात्मा मा दुई चन्द्रमा जस्तै झुटा हुन्छ तथा राहु नक्षत्र मण्डलमा नदेखिए जस्तै आत्मा पनि विना नदेखिने हुन्छ, यसलार्ई मेरो माया भनि बुझ्नु पर्दछ ।।३३।।

यथा महान्ति भूतानि भूतेषूच्चावचेष्वनु
प्रविष्टानि अप्रविष्टानि तथा तेषु तेष्वहम् ३४

जसरी पाँचभूतबाट बनेको प्राणीको सानो ठुलो शरीरमा आकासादि पञ्चमहाभूतको रूपमा प्रविष्ट छन् छैनन पनि त्यसैगरी प्राणीको शरीरको दृष्टिमा आत्माको रूपले प्रवेश गर्दछु तर आत्मदृष्टिले आफुभन्दा बाहेक अरु कुनै वस्तु नहुने भएकोले प्रवेश नगर्न पनि सक्दछु ।।३४।।

एतावदेव जिज्ञास्यं तत्त्वजिज्ञासुनाऽऽत्मनः
अन्वयव्यतिरेकाभ्यां यत्स्यात् सर्वत्र सर्वदा ३५

अन्वय व्यतिरेक पध्दतिले यो सिध्द हुन्छकि सर्बातीत एवं सर्वस्वरूप भगवान् नै सधैभरि सबैतिर विद्यमान रहनुहुन्छ यहि नै वास्तविक तत्व हो जसले आत्मा परमात्मा तत्वको जान्दछ उसका लागि यति नै जान्नु उचित हुन्छ ।।३५।।

एतन्मतं समातिष्ठ परमेण समाधिना
भवान् कल्पविकल्पेषु विमुह्यति कर्हिचित् ३६

ब्रम्हाजी! तिमी निश्चल समाधि द्वारा मेरो यस सिद्धान्तको पूर्णरूपमा पालना गर, यसैबाट तिमीलार्ई कल्पकल्प सम्म अनेकौं सृष्टि गर्दा पनि मोह हुदैन ।।३६।।

श्रीशुक उवाच -
सम्प्रदिश्यैवमजनो जनानां परमेष्ठिनम्
पश्यतः तस्य तद् रूपं आत्मनो न्यरुणद्धरिः ३७

श्रीशुकदेवजीले भन्नुभयो—
लोकपितामह ब्रम्हाजीलार्ई यसरी उपदेश दिएर आजन्मा भगवान् उनकै अगाडि अलप हुनुभयो ।।३७।।

अन्तर्हितेन्द्रियार्थाय हरये विहिताञ्जलिः
सर्वभूतमयो विश्वं ससर्जेदं पूर्ववत् ३८

भगवान्ले इन्द्रिय गोचर स्वरूप आफ्नै अगाडि अन्तर्धान भएको ब्रम्हाजीले अनुभव गर्नुभयो अनि हात जोडर प्रणाम गनुभयो त्यसपछि पहिलो कल्पको सृष्टि अनुसार विश्वको रचना गर्न लाग्नुभयो ।। ३८।।

प्रजापतिर्धर्मपतिः एकदा नियमान् यमान्
भद्रं प्रजानामन्विच्छन् नातिष्ठत्स्वार्थकाम्यया ३९

एकपटक धर्मप्रति, प्रजापति ब्रम्हाजीले सबै जीवहरूको कल्याण होस भन्ने स्वार्थ पुर्तिका लागि विधिपूर्वक यम नियमको धारणा गर्नुभयो ।।३९।।

तं नारदः प्रियतमो रिक्थादानामनुव्रतः
शुश्रूषमाणः शीलेन प्रश्रयेण दमेन ४०

त्यससमय तपको वेलामा उहाँका सारै प्रिय परमभक्त पुत्र नारदजीले धैर्य विनय सौम्यता पूर्वक वहाँको सेवा गरे ।।४०।।

मायां विविदिषन् विष्णोः मायेशस्य महामुनिः
महाभागवतो राजन् पितरं पर्यतोषयत् ४१

राजन! विष्णु भगवान्को मायाको तत्व जान्ने इच्छाले यसरी उनले आफ्ना पितालाई सन्तुष्ट गरे ।।४१।।

तुष्टं निशाम्य पितरं लोकानां प्रपितामहम्
देवर्षिः परिपप्रच्छ भवान् यन्मानुपृच्छति ४२

परीक्षित! नारदजीले आफ्ना पित लोकपितामह ब्रम्हाजी सन्तुष्ट हुनु भएको देखेर उनले वहाँसंग यहि प्रश्न सोधेका थिए जुन तिमीले मलार्ई सोधिरहेका छौ ।।४२।।

तस्मा इदं भागवतं पुराणं दशलक्षणम्
प्रोक्तं भगवता प्राह प्रीतः पुत्राय भूतकृत् ४३

उनको प्रश्नबाट ब्रम्हाजी धेरै खुसी हुनुभयो त्यसपछि वहाँले यो दस लक्षणले युक्त भएको भागवतपुराण आफ्ना छोरा नारदजीलार्ई सुनाउनुभयो जुन स्वयं भगवान्ले उपदेश दिनुभएको थियो ।।४३।।

नारदः प्राह मुनये सरस्वत्यास्तटे नृप
ध्यायते ब्रह्म परमं व्यासाय अमिततेजसे ४४

परीक्षित! जुनसमयमा मेरो परम तेजस्वी पिता सरस्वतीको किनारमा बसेर ध्यानमा मग्न हुनुहुन्थ्यो त्यसै समयमा देवर्षि नारदजीले यो भागवतपुराण वहाँलार्ई सुनाउनु भयो ।।२४।।

यदुताहं त्वया पृष्टो वैराजात्पुरुषादिदम्
यथासीत् तदुपाख्यास्ते प्रश्नान् अन्यांश्च कृत्स्नशः ४५

इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
द्वितीयस्कंधे नवमोऽध्यायः