#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

तृतीय स्कंधः - त्रयोविंशोऽध्यायः

श्रीमद्भागवत महापुराण
तृतीय स्कंधः - त्रयोविंशोऽध्यायः



मैत्रेय उवाच ।
(अनुष्टुप)
पितृभ्यां प्रस्थिते साध्वी पतिं इङ्कितकोविदा ।
नित्यं पर्यचरत् प्रीत्या भवानीव भवं प्रभुम् ॥ १ ॥

मैत्रेयजीले भने—
विदुरजी! माता पिता गएपछि पतिको भावना लाई बुझ्न कुशल साध्वी देवहुति सधै आफ्ना पति कर्दमजीलाई जसरी पार्वतीले शंकर भगवानको सेवा गर्दथीइन् त्यसै गरी उनले पनि सेवा गर्न लागिन ।।१।।

विश्रम्भेणात्मशौचेन गौरवेण दमेन च ।
शुश्रूषया सौहृदेन वाचा मधुरया च भोः ॥ २ ॥

विसृज्य कामं दम्भं च द्वेषं लोभमघं मदम् ।
अप्रमत्तोद्यता नित्यं तेजीयांसमतोषयत् ॥ ३ ॥

उनले काम वासना, दम्भ, द्वेष, लोभ, पाप र मदलाई त्यागेर सावधानी पूर्वक लगनका साथ सेवामा तत्पर रहेर विश्वास, पवित्रता, गौरव, संयम, शुश्रुषा, प्रेम र मधुर वोली आदि गुणले आफ्ना परम तेजश्वी पति कर्दमलाई सन्तुष्ट पारिन ।।२।।३।

स वै देवर्षिवर्यस्तां मानवीं समनुव्रताम् ।
दैवाद्गरीयसः पत्युः आशासानां महाशिषः ॥ ४ ॥

कालेन भूयसा क्षामां कर्शितां व्रतचर्यया ।
प्रेमगद्गदया वाचा पीडितः कृपयाब्रवीत् ॥ ५ ॥

देवहुति विचार गर्दथिन कि पतिदेव दैव भन्दा पनि ठुला छन, त्यसैले उनीमाथि धेरै आश राखेर उनले सेवा गर्न लागिन । यसरी धेरै दिन सम्म आफ्नो सेवा गर्ने भएकि मनुपुत्रीलाई ब्रतादिको पालना गर्नाले दुब्ली भएको देखेर उनले प्रेमपूर्ण तरिकाले गदगद हुदै उनलाई भन्नलागे ।।४।।६।।

कर्दम उवाच -
(वसंततिलका)
तुष्टोऽहमद्य तव मानवि मानदायाः
        शुश्रूषया परमया परया च भक्त्या ।
यो देहिनामयमतीव सुहृत्स देहो
        नावेक्षितः समुचितः क्षपितुं मदर्थे ॥ ६ ॥

कर्दमजीले भने—
मुनिकी छोरी ! तिमीले मेरो धेरै आदर सम्मान गरेकी छ्यौ म तिम्रो सेवा र परम भक्तिबाट धेरै खुसी छु । सबै देहधारिलाई आफ्नो शरीर धेरै प्रिय र आदरको वस्तु हुन्छ तर तिमीले मेरो सेवाकालागि त्यसलाई क्षीण हुदा पनि कुनै परवाह गरिनौ ।।६।।

ये मे स्वधर्मनिरतस्य तपःसमाधि
        विद्यात्मयोगविजिता भगवत्प्रसादाः ।
तानेव ते मदनुसेवनयावरुद्धान्
        दृष्टिं प्रपश्य वितराम्यभयानशोकान् ॥ ७ ॥

अतः आफ्नो धर्मको पालन गर्नाले मलाई तप, समाधि, उपासना र योगद्वारा जुन भय र शोक रहित भगवत प्रसादस्वरूप विभूतिहरू प्राप्त भएको छ त्यसमा मेरो सेवाका कारण अव तिमीलाई पनि अधिकार प्राप्त भएको छ । म तिमीलाई दिब्यदृष्टि प्रदान गर्दछु, त्यसद्वारा तिमी सबैलाई देख्न सक्दछ्यौ ।।७।।

अन्ये पुनर्भगवतो भ्रुव उद्विजृम्भ
        विभ्रंशितार्थरचनाः किमुरुक्रमस्य ।
सिद्धासि भुङ्क्ष्व विभवान् निजधर्मदोहान्
        दिव्यान् नरैर्दुरधिगान् नृपविक्रियाभिः ॥ ८ ॥

अरु जति पनि भोग छन् त्यो त भगवान् श्रीहरिको भृकुटि विलास मात्रले नष्ट हुन्छ त्यसैले त्यो उनका अगाडि केहि पनि होइन । तिमी मेरो सेवा बाटै कृतार्थ भएकी छ्यौ । आफ्नो पतिब्रत पालना गनाले तिमीलाई यो भोग प्राप्त भएको छ, तिमी यसलाई भोग गर्न सक्छ्यौ । म राजा हुं मलाई सबै कुरा सुलभ छ यस प्रकार जसमा यस्तो अभिमान आदि विकार हुन्छ त्यो मानिसलाई यो दिब्य भोग प्राप्त गर्न गाह्रो छ ।।८।।

एवं ब्रुवाणमबलाखिलयोगमाया
        विद्याविचक्षणमवेक्ष्य गताधिरासीत् ।
सम्प्रश्रयप्रणयविह्वलया गिरेषद्
        व्रीडावलोकविलसद् हसिताननाह ॥ ९ ॥

कर्दमजीले यस प्रकार भन्दाखेरी, आफ्ना पतिदेवलाई सबै प्रकारको योगमाया र विद्याहरूले कुशल मानेर ती अवलाको सबै चिन्ता हटेर गयो । उनको मुख हँसिलो भयो र उनी विनय एवं प्रमले गदगद वाणीले यस प्रकार भन्न लागिन ।।९।।

देवहूतिरुवाच-
राद्धं बत द्विजवृषैतदमोघयोग
        मायाधिपे त्वयि विभो तदवैमि भर्तः ।
यस्तेऽभ्यधायि समयः सकृदङ्गसङ्गो
        भूयाद्गरीयसि गुणः प्रसवः सतीनाम् ॥ १० ॥

देवहुतीले भनिन—
द्विज श्रेष्ठ! स्वामी! म यो जान्दछु कि कहिले पनि निस्फल नहुने योग शक्ति र त्रिगुणात्मिका मायामा अधिकार राख्ने भएको हजूरको यो सबै ऐश्वर्य प्राप्त छ । तर प्रभो! हजूरले विवाहको समयमा प्रतिज्ञा गर्नुभएको थियोकि गर्भाधान नहुदा सम्म म तिमी संग गृहस्थ सुखको उपभोग गर्नेछु । त्यसलाई अव पुरा गर्नु प¥यो । किनकि श्रेष्ठ पति द्वारा सन्तान प्राप्त हुनु नै प्रतिव्रता नारीको लागि ठुलो लाभको कुरा हो ।।१०।।

तत्रेतिकृत्यमुपशिक्ष यथोपदेशं
        येनैष मे कर्शितोऽतिरिरंसयाऽऽत्मा ।
सिद्ध्येत ते कृतमनोभवधर्षिताया
        दीनस्तदीश भवनं सदृशं विचक्ष्व ॥ ११ ॥

हामी दुईको समागमको लागि शास्त्रले बताए अनुसार जुन कर्तब्य गर्नुपर्ने हो, त्यसको बारेमा मलाई उपदेस दिनुहोस र, भोजनादि उपभोगको सामाग्रीहरू पनि जुटाई दिनुहोस, जस्को मिलनको इच्छाले अत्यन्त दीन र दुर्वल भएको मेरो यो शरीर हजूरको अंगका लागि योग्य होस किनकि हजूरले नै बढाउनु भएको कामवेगले म पीडित छु । स्वामी! यस कामका लागि एउटा उपर्युक्त भवनको तयार होस यसबारे विचार गर्नुहोस ।।११।।

मैत्रेय उवाच–
(अनुष्टुप)
प्रियायाः प्रियमन्विच्छन् कर्दमो योगमास्थितः ।
विमानं कामगं क्षत्तः तर्ह्येवाविरचीकरत् ॥ १२ ॥

मैत्रेयजीले भने—
विदुरजी! कर्दममुनिले आफ्नी प्रियाको इच्छा पुरा गर्नको लागि त्यसै समयमा योगमा स्थित भएर एउटा विमान प्रकट गरे ।
सर्वकामदुघं दिव्यं सर्वरत्नसमन्वितम् ।
सर्वर्द्ध्युपचयोदर्कं मणिस्तम्भैरुपस्कृतम् ॥ १३॥

त्यो विमान सबै प्रकारको कामना सुख प्रदान गर्ने खालको अत्यन्त सुन्दर एवं धेरै प्रकारका रत्नहरूले युक्त, सबै सम्पत्तिहरूले सम्पन्न तथा मणिमय खम्बाले सुशोभित थियो ।।१३।।

दिव्योपकरणोपेतं सर्वकालसुखावहम् ।
पट्टिकाभिः पताकाभिः विचित्राभिः अलङ्कृतम् ॥ १४ ॥

त्यो सबै समयका लागि सुख दायक थियो ।
त्यसमा चित्र विचित्रका रेसमी झण्डाहरू राखिएको थियो र त्यसमा सबैतिर दिब्य सामाग्रीहरूले राम्ररी सजाइएको थियो ।।१४।।

स्रग्भिर्विचित्रमाल्याभिः मञ्जुशिञ्जत् षडङ्घ्रिभिः ।
दुकूलक्षौमकौशेयैः नानावस्त्रैः विराजितम् ॥ १५ ॥

जसमा भ्रमराहरू गुनगुनाइ रहेका थिए । त्यसै गरी रंगि विरंगी फूलका माला र अनेक प्रकारका सुती र रेसमी कपडाले शोभायमान थियो ।।१५।।

उपर्युपरि विन्यस्त निलयेषु पृथक्पृथक् ।
क्षिप्तैः कशिपुभिः कान्तं पर्यङ्कव्यजनासनैः ॥ १६ ॥

एक माथि अर्को वनाइएको कोठामा वेग्लाबेग्लै रूपमा राखिएको सैया, पलङ, पंखा र मुगाका खटियाहरूका कारण त्यो धेरै सुन्दर देखिन्थ्यो ।।१६।।

तत्र तत्र विनिक्षिप्त नानाशिल्पोपशोभितम् ।
महामरकतस्थल्या जुष्टं विद्रुमवेदिभिः ॥ १७ ॥

जताततै भित्ताहरूमा शिल्परचनाका कारण त्यस्को अपूर्व शोभा देखिन्थ्यो । पन्ना छापिएको तथा वस्नका लागि मुगाको वेदि बनाइएको थियो ।।१७।।

द्वाःसु विद्रुमदेहल्या भातं वज्रकपाटवत् ।
शिखरेषु इन्द्रनीलेषु हेमकुम्भैः अधिश्रितम् ॥ १८ ॥

मुगाकै दहिलो थियो । ढोकाको द्वारमा हिरा जडिएको थियो, तथा इन्द्रनील मणिले बनेको भवनको  शिखरमा सुनको कलश राखिएको थियो ।।१८।।

चक्षुष्मत् पद्मरागाग्र्यैः वज्रभित्तिषु निर्मितैः ।
जुष्टं विचित्रवैतानैः महार्हैः हेमतोरणैः ॥ १९ ॥

जसमा हिराको पर्खालमा उत्तम खालको लाल जडिएको थियो, जुन विमानको आँखा जस्तो देखिन्थ्यो । त्यसै गरी त्यसमा रंग विरंगको चदुवाहरू र बहुमूल्य सुनौला तोरणले सजाइएको थियो ।।१९।।

हंसपारावतव्रातैः तत्र तत्र निकूजितम् ।
कृत्रिमान् मन्यमानैः स्वान् अधिरुह्याधिरुह्य च ॥ २० ॥

त्यस विमानमा जताततै कृतिम हाँस र परेवा आदि पंक्षी बनाइएको थियो जुन देख्दामा सजीव जस्ता देखिन्थे । उनी संग सजीव सम्झेर धेरै हाँस र परेवाहरू सगै वसेरे आफ्ना बोली बोल्दथे ।।२०।।

विहारस्थानविश्राम संवेशप्राङ्गणाजिरैः ।
यथोपजोषं रचितैः व्प्स्मापनं इवात्मनः ॥ २१ ॥

जसमा सुविधा अनुसार खेल्ने ठाँउ नुहाउने कोठा, वैठक, आँगन र चोक आदि बनाइएको थियो । जसले गर्दा त्यो विमानले स्वयं कर्दमजीलाइ पनि अचम्मित बनाएको थियो ।।२१।।

ईदृग्गृहं तत्पश्यन्तीं नातिप्रीतेन चेतसा ।
सर्वभूताशयाभिज्ञः प्रावोचत् कर्दमः स्वयम् ॥ २२ ॥

निमज्ज्यास्मिन् ह्रदे भीरु विमानं इदमारुह ।
इदं शुक्लकृतं तीर्थं आशिषां यापकं नृणाम् ॥ २३ ॥

यस्तो सुन्दर घरलाई पनि जव देवहुतिले प्रसन्न चित्तले देखिनन अनि सबैको आन्तरिक भावलाई जान्ने कर्दमजीले भने ।  प्रिय ! तिमी यस विन्दु सरोवरमा स्नान गरेर विमानमा बस । यो विष्णु भगवानले रच्नुभएको तीर्थ मानिसको सबै कामनालाई प्राप्ति गराउने खालको हो ।।२३।।

सा तद्भर्तुः समादाय वचः कुवलयेक्षणा ।
सरजं बिभ्रती वासो वेणीभूतांश्च मूर्धजान् ॥ २४ ॥

कमललोचना देवहुतिले आफ्नो पतिको कुरा मानेर सरस्वतीको पवित्र जलले भरिएको त्यस सरोवरमा प्रवेश गरिन ।।२४।।

अङ्गं च मलपङ्केन सञ्छन्नं शबलस्तनम् ।
आविवेश सरस्वत्याः सरः शिवजलाशयम् ॥ २५ ॥

त्यस समयमा उनले धेरै मैलो र फाटेको सारी लगाएकी थिइन । उनको कपाल मैलोले टाँसिएका कारण लट्टा परेको थियो ।।२४।२५।।

सान्तः सरसि वेश्मस्थाः शतानि दश कन्यकाः ।
सर्वाः किशोरवयसो ददर्शोत्पलगन्धयः ॥ २६ ॥

उनी सरोवरमा डुब्ना साथ उनले त्यहा भित्र एक महलमा एकहजार कन्याहरू देखिन् उनीहरू सबै किशोरी अवस्थाका थिए र उनीहरूको शरीरबाट कमलको गन्ध आउँदथ्यो ।।२६।।

तां दृष्ट्वा सहसोत्थाय प्रोचुः प्राञ्जलयः स्त्रियः ।
वयं कर्मकरीस्तुभ्यं शाधि नः करवाम किम् ॥ २७ ॥

देवहुतिलाई देखेर ती कन्याहरू उठेर हात जोड्दै भन्नलागे हामीहरू हजूरको दाशीहरू हौं हामीलाई आज्ञा दिनुहोस हजूरको के सेवा गरौं ।।२७।।

स्नानेन तां महार्हेण स्नापयित्वा मनस्विनीम् ।
दुकूले निर्मले नूत्ने ददुरस्यै च मानदाः ॥ २८ ॥

विदुरजी! ती रमणीहरूले बुकुवा तथा गन्ध आदिले मिसिएको जल
ले मनस्विनी देवहुतिलाई स्नान गराए । उनलाई दुईवटा नयाँ वस्त्र लगाउनका लागि दिए ।।२८।।

भूषणानि परार्ध्यानि वरीयांसि द्युमन्ति च ।
अन्नं सर्वगुणोपेतं पानं चैवामृतासवम् ॥ २९ ॥

फेरी उनीहरूले धेरै मुल्य पर्ने राम्रा र कान्तिमान आभुषण, सर्बैगुण सम्पन्न भोजन र पिउनको लागि अमृत समान स्वादिष्ट आसव प्रस्तुत गरे ॥ २९ ॥

अथादर्शे स्वमात्मानं स्रग्विणं विरजाम्बरम् ।
विरजं कृतस्वस्त्ययनं कन्याभिर्बहुमानितम् ॥ ३० ॥

तव देवहुतिले ऐनामा आफ्नो प्रतिविम्ब देखिन अनि उनलाई थाहा भयो कि उनी अनेक किसिमका सुगन्धित फूलका हारहरूले विभुषित छिन, स्वच्छ वस्त्र धारण गर्नाले उनको शरीर पनि निर्मल र कान्तिमान भयो । ती कन्याहरूले ठुलो आदर संग उनलाई सृङ्गार गरेको देखिन ।।३०।।

स्नातं कृतशिरःस्नानं सर्वाभरणभूषितम् ।
निष्कग्रीवं वलयिनं कूजत् काञ्चननूपुरम् ॥ ३१ ॥

उनलाई पहिला सिर देखि स्नान गराए, स्नान पछि अंगअंगमा सबप्रकारको आभुषणले सजाए, उनको गलामा हार, हातमा कंकण चरणमा सुनको पाउजेव थिए ।।३१।।

श्रोण्योरध्यस्तया काञ्च्या काञ्चन्या बहुरत्नया ।
हारेण च महार्हेण रुचकेन च भूषितम् ॥ ३२ ॥

कम्मरमा सुन जडान भएको कर्धनील, बहुमूल्य हारले त्यस्तै कुंकुमादि मंगल द्रव्यले उनको अपूर्व शोभा भएको थियो ।।३२।।

सुदता सुभ्रुवा श्लक्ष्ण स्निग्धापाङ्गेन चक्षुषा ।
पद्मकोशस्पृधा नीलैः अलकैश्च लसन्मुखम् ॥ ३३ ॥

उनी राम्रो मुख, मिलेको दाँत, मनोहर आँखिभूई, कमलको पात संग दाँज्न हुने प्रेमकटाक्ष सुन्दर नेत्र र नीलो अलकावलीले वडो सुन्दर देखिन्थिन ।।३३।।

यदा सस्मार ऋषभं ऋषीणां दयितं पतिम् ।
तत्र चास्ते सह स्त्रीभिः यत्रास्ते स प्रजापतिः ॥ ३४ ॥

विदुरजी! जव देवहुतिले यस्तो आफ्नो प्रतिविम्वलाई देखेर आफ्ना प्रिय पतिदेवलाई स्मरण गरिन अनि आफ्ना सहेलीहरूको साथ त्यहि पाइन, जहाँ प्रजापति कर्दम विराजमान थिए ।।३४।।

भर्तुः पुरस्तादात्मानं स्त्रीसहस्रवृतं तदा ।
निशाम्य तद्योगगतिं संशयं प्रत्यपद्यत ॥ ३५ ॥

त्यस समयमा हाजारौं स्त्रीहरूका साथ आफ्नो प्राणनाथलाई देखेर वहाँको योग प्रभाव ठानेर देवुतिलाई धेरै विष्मय भयो ।।३५।।

स तां कृतमलस्नानां विभ्राजन्तीमपूर्ववत् ।
आत्मनो बिभ्रतीं रूपं संवीतरुचिरस्तनीम् ॥ ३६ ॥

सत्रु विजयी विदुर! जव कर्दमजीले देखे कि देवहुतिको शरीर स्नान द्वारा अत्यन्त निर्मल भएको थियो र विवाहकाल भन्दा पहिले जुन रूप थियो त्यहिरूप पाएर अपूर्व शोभाले सम्पन्न भएकी थिइन । उनको सुन्दर वक्षस्थल चोलीले ढाकिएको थियो ।।३६।।

विद्याधरीसहस्रेण सेव्यमानां सुवाससम् ।
जातभावो विमानं तद् आरोहयद् अमित्रहन् ॥ ३७ ॥

हजारौं विद्याधरीहरू उनको सेवामा लागेका थिए उनको शरीरमा राम्राराम्रा वस्त्रहरूले शोभा पाएको थियो । अनि कर्दमले उनलाई बडो प्रेमले विमानमा चढाए ।।३७।।

 (वसंततिलका)
तस्मिन् अलुप्तमहिमा प्रिययानुरक्तो
        विद्याधरीभिरुपचीर्णवपुर्विमाने ।
बभ्राज उत्कचकुमुद्गणवानपीच्यः
        ताराभिरावृत इव उडुपतिः नभःस्थः ॥ ३८ ॥

त्यस समयमा आफ्नी प्रिया प्रति अनुरक्त हुदा पनि कर्दमजीको महिमा (मन र इद्रिय) प्रतिको प्रभूतामा कम भएन । विद्याधर हरू उनको सेवा गरिरहेका थिए । फूलेको कुदुमको फूलको सृंगारले अत्यन्त सुन्दर बनेका उनी विमानमा यस्तो शोभा पाईरहेका थिए । मानौं आकाशमा तारागणले घेरिएका चन्द्रमा विराजमान भए जस्तै ।।३८।।

तेनाष्टलोकपविहारकुलाचलेन्द्र
        द्रोणीष्वनङ्गसखमारुतसौभगासु ।
सिद्धैर्नुतो द्युधुनिपातशिवस्वनासु
        रेमे चिरं धनदवल्ललनावरूथी ॥ ३९ ॥

त्यस विमानमा बसेर लामो समय सम्म कुवेरको समान मेरूपर्वतको कन्दराहरूमा विहार गरे । यी कन्दराहरू आठौं लोकपालहरूको विहार भूमि हो । यहाँ कामदेवलाई बढाउने शितल मन्द सुगन्द वायु चल्दछ । तथो स्वर्गलोकबाट झरेकी गंगाजीका मंगलमय ध्वनि निरन्तर गुन्जिरहस्छ । त्यस समयमा दिव्य विद्याधरहरूको समुह उनको सेवामा उपस्थित थिए र सिध्दगणहरू वन्दना गर्दथे ।।३९।।

(अनुष्टुप)
वैश्रम्भके सुरसने नन्दने पुष्पभद्रके ।
मानसे चैत्ररथ्ये च स रेमे रामया रतः ॥ ४० ॥

यसरी प्राण प्रिया देवहुतिका साथ उनले वेश्रम्भक, सुरसेन, नन्दन, पुष्पभद्र, र चैत्ररथ आदि अनेक देवोद्यान तथा मानसरोवरमा अनुराग पूर्वक विहार गरे ।।४०।।

भ्राजिष्णुना विमानेन कामगेन महीयसा ।
वैमानिकानत्यशेत चरन् लोकान यथानिलः ॥ ४१ ॥

त्यस कान्तिमान इच्छा अनुसार चल्ने श्रेष्ठ विमानमा बसेर वायुको समान सबै लोकमा विचरण गरेर कर्दमजी विमान विहारी देवता भन्दा पनि अगाडि लागे ।।४१।।

किं दुरापादनं तेषां पुंसां उद्दामचेतसाम् ।
यैराश्रितस्तीर्थपदः चरणो व्यसनात्ययः ॥ ४२ ॥

विदुरजी! जसले भगवानको भवभयहारी पवित्र चरणकमलको आश्रय लिएको छ त्यो धीर पुरुषका लागि कुनचाँहि वस्तु र शक्ति दुर्लभ हुन्छ र ।।४२।।

प्रेक्षयित्वा भुवो गोलं पत्न्यै यावान् स्वसंस्थया ।
बह्वाश्चर्यं महायोगी स्वाश्रमाय न्यवर्तत ॥ ४३ ॥

यस प्रकार महायोगी कर्दमजी यो साह्रा भूमण्डल जुन द्विप वर्ष आदिका विचत्र रचानाका कारण धेरै आश्चर्यमय प्रतित हुन्थ्यो । ती सबै आफ्नी प्रियालाई देखाएर आफ्नो आश्रममा फर्के ।।४३।।

विभज्य नवधाऽऽत्मानं मानवीं सुरतोत्सुकाम् ।
रामां निरमयन् रेमे वर्षपूगान् मुहूर्तवत् ॥ ४४ ॥

त्यसपछि आफुलाई नौरूपमा विभक्त गरेर रति सुखका लागि उत्सुक मनुकुमारी देवहुतिलाई आनन्द गराउदैं उनको सथमा वर्षौ विहार गरे तर उनको यति लामो समय एक मुहुर्तमा वित्यो ।।४४।।

तस्मिन् विमान उत्कृष्टां शय्यां रतिकरीं श्रिता ।
न चाबुध्यत तं कालं पत्यापीच्येन सङ्गता ॥ ४५ ॥

त्यस विमानमा रतिसुखलाई बढाउने सुन्दर सैया को आश्रयले आफ्नो परम रूपवान प्रियत्तमको साथ रहेकी देवहुतिलाई यति लामो समयको केहि पत्ता भएन ।।४५।।

एवं योगानुभावेन दम्पत्यो रममाणयोः ।
शतं व्यतीयुः शरदः कामलालसयोर्मनाक् ॥ ४६ ॥

यस प्रकार ती कामाशक्त दम्पत्तिले आफ्नो योगवलले सायौ वर्ष विहार गर्दा पनि त्यो काल (समय) थोरै समय भयो ।।४६।।

तस्यां आधत्त रेतस्तां भावयन् आत्मनाऽऽत्मवित् ।
नोधा विधाय रूपं स्वं सर्वसङ्कल्पविद्विभुः ॥ ४७ ॥

आत्मज्ञानी कर्दमजी सबै प्रकारको संकल्पलाई जान्दथिए त्यसैले देवहुतिलाई सन्तान प्राप्तिको लागि उत्सुक देखेर भगवानको आदेशलाई स्मरण गरेर उनले आफ्नो शरीरलाई नौ भाग गरे र कन्याहरूको उत्पत्तिको लागि एकाग्र चित्तले अर्धांगरूपमा आफ्नी पत्नीको गर्भमा स्थापित गरे ।।४७।।

 अतः सा सुषुवे सद्यो देवहूतिः स्त्रियः प्रजाः ।
सर्वास्ताश्चारुसर्वाङ्ग्यो लोहितोत्पलगन्धयः ॥ ४८ ॥

यसबाट देवहुतिले एकैपटक नौ कन्याहरू पैदा गरिन । उनीहरू सबै सर्बांग सुन्दरी थिए र उनीहरूको शरीरबाट रातो कमलको सुगन्ध निस्कन्थ्यो ।।४८।।

पतिं सा प्रव्रजिष्यन्तं तदाऽऽलक्ष्योशती बहिः ।
स्मयमाना विक्लवेन हृदयेन विदूयता ॥ ४९ ॥

लिखन्त्यधोमुखी भूमिं पदा नखमणिश्रिया ।
उवाच ललितां वाचं निरुध्याश्रुकलां शनैः ॥ ५० ॥

त्यसै समय सुध्द स्वभाव भएकी देवहुतिले देखिनि कि पूर्व प्रतिज्ञा अनुसार उनकी पतिदेव सन्यास ग्रहण गरेर वन जान चाहान्छन । त्यस समय उनले शिर निहु¥याएकी थिइन र आफ्नो नखमण्डित चरणकमलले भुई खोस्रदै रहेकी थिइन, आफ्नो आँसुलाई रोकेर  मुस्कुराउदै व्याकुल एवं सन्तप्त हृदयले विस्तारै अति मधुर वाणीमा भन्न लागिन ।। ४९।५०।।

देवहूतिरुवाच—
सर्वं तद्भगवान् मह्यं उपोवाह प्रतिश्रुतम् ।
अथापि मे प्रपन्नाया अभयं दातुमर्हसि ॥ ५१ ॥

देवहुतिले भनिन्—
भगवान्! हजूरले जुन प्रतित्रा गर्नु भएको थियो त्यो सबै पूर्ण गर्नु भयो । त्यसैले म हजूरको शरणागत छु अतः हजूर मलाई अभयदान दिनुहोस ।।५१।।

ब्रह्मन् दुहितृभिस्तुभ्यं विमृग्याः पतयः समाः ।
कश्चित्स्यान्मे विशोकाय त्वयि प्रव्रजिते वनम् ॥ ५२ ॥

ब्रह्मन्! यी कन्याहरूका लागि योग्य वर खोज्नु पर्दछ र हजूर बनमा गएपछि यो जन्म मरणरूप शोकलाई पार गर्नका लागि पनि केहि हुनुपर्दछ ।।५२।।

एतावतालं कालेन व्यतिक्रान्तेन मे प्रभो ।
इन्द्रियार्थप्रसङ्गेन परित्यक्तपरात्मनः ॥ ५३ ॥

प्रभो! अहिले सम्म परमात्माबाट विमुख रहेर मेरो सबै समय भोगमा नै वित्यो त्यो सबै निरर्थक भयो ।।५३।।

इन्द्रियार्थेषु सज्जन्त्या प्रसङ्गस्त्वयि मे कृतः ।
अजानन्त्या परं भावं तथाप्यस्तु अभयाय मे ॥ ५४ ॥

हजूरको परम प्रभावलाई नजान्नाले मैले इन्द्रियको विषयका आशक्त रहेर हजूरसंग अनुराग गरें । तथापि यो पनि मेरो संसार भयलाई हटाउनका लागि हुनुपर्दथ्यो ।।५४।।

सङ्गो यः संसृतेर्हेतुः असत्सु विहितोऽधिया ।
स एव साधुषु कृतो निःसङ्गत्वाय कल्पते ॥ ५५ ॥

अज्ञानवश असत पुरुषको साथ गरेको जुन संग संसार वन्धनको कारण हुन्छ त्यहि सतपुरुष संग गर्नाले असंगता प्रदान गर्दछ ।।५५।,

नेह यत्कर्म धर्माय न विरागाय कल्पते ।
न तीर्थपदसेवायै जीवन्नपि मृतो हि सः ॥ ५६ ॥

संसारमा जुन पुरुषको कर्मले नत धर्म सम्पादन हुन्छ नत वैराग्य हुन्छ र न भगावन्को सेवा नै सम्पन्न हुन्छ त्यो पुरुष वाचेर पनि मुर्दा समान हो ५६।।

साहं भगवतो नूनं वञ्चिता मायया दृढम् ।
यत्त्वां विमुक्तिदं प्राप्य न मुमुक्षेय बन्धनात् ॥ ५७ ॥

अवस्यपनि म भगवानको मायाले ठगिएं हजूर जस्तो मुक्तिदाता पति पाएर पनि मैले संसार वन्धनबाट छुट्ने इच्छा गरिन ।।५७।।

इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
तृतीयस्कन्धे त्रयोविंशोऽध्यायः ॥ २३ ॥