श्रीमद्भागवत महापुराण
सप्तमः स्कंधः - नवमोऽध्यायः
नारद उवाच -
एवं सुरादयः सर्वे ब्रह्मरुद्रपुरः सराः ।
नोपैतुमशकन्मन्यु संरम्भं सुदुरासदम् ॥ १ ॥
नारदले भन्नुभयोनुभयो–
भगवान् नृसिंहको क्रोधलाई ब्रह्मा, शंकर आदि देवगणहरुले आफ्नो स्तुति बाट शान्त गराउन सकेनन् र वहाँको नजिक जान पनि सकेनन ।।१।।
साक्षात्श्रीः प्रेषिता देवैर्दृष्ट्वा तं महदद्भुतम् ।
अदृष्टाश्रुतपूर्वत्वात् सा नोपेयाय शङ्किता ॥ २ ॥
देवताहरुले वहाँलाई शान्त गराउनुका लागि लक्ष्मिलाई पठाए । लक्ष्मी जानु भयो तर वहाले भगवान्को यस्तो कहिल्यै नदेखेको महान अद्भूत रूप देखेर डराएर वहाँको नजिक जान पनि सक्नु भएन ॥ २ ॥
प्रह्रादं प्रेषयामास ब्रह्मावस्थितमन्तिके ।
तात प्रशमयोपेहि स्वपित्रे कुपितं प्रभुम् ॥ ३ ॥
त्यसपछि ब्रम्हाजीले आफ्ना अगाडि उभिएका प्रल्हादलाई सम्झाउँदै तिम्रा पिता माथि भगवान् कुपित हुनुभएको हो अब तिमी नै गएर वहाँलाई शान्त गराउ भनि पठाउनु भयो ।।३।।
तथेति शनकै राजन् महाभागवतोऽर्भकः ।
उपेत्य भुवि कायेन ननाम विधृताञ्जलिः ॥ ४ ॥
(इंद्रवज्रा)
स्वपादमूले पतितं तमर्भकं
विलोक्य देवः कृपया परिप्लुतः ।
उत्थाप्य तच्छीर्ष्ण्यदधात् कराम्बुजं
कालाहिवित्रस्तधियां कृताभयम् ॥ ५ ॥
भगवानका परम प्रेमी प्रल्हादले जो आज्ञा भनि बिस्तारै भगवान्को अगाडि गएर पृथ्वीमा लम्पसार परेर हात जोडेर उभिए । नृसिंह भगवान्ले आफ्नो चरणमा परेको त्यो सानो बालकलाई देख्नु भयो अनि प्रल्हादलाई उठाएर कालसर्पले भयभित भएको पुरुषलाई अभयदान दिने आफ्नो हात उनको सिरमा राखिदिनु भयो । ।।५।।
स तत्करस्पर्शधुताखिलाशुभः
सपद्यभिव्यक्तपरात्मदर्शनः ।
तत्पादपद्मं हृदि निर्वृतो दधौ
हृष्यत्तनुः क्लिन्नहृदश्रुलोचनः ॥ ६ ॥
भगवान्को करकमलको स्पर्शले गर्दा उनको अशुभ संस्कार सबै नष्ट भयो । तत्कालै उनलाई परमात्म तत्वको बारेमा साक्षात्कार भयो । उनको आँखाबाट प्रेमको आँसु बग्न लाग्यो उनले प्रेमले मग्न भएर भगवान्को चरणकमललाई आफ्नो हृदयमा धारण गरे । ।।६।।
(अनुष्टुप्)
अस्तौषीद्धरिमेकाग्र मनसा सुसमाहितः ।
प्रेमगद्गदया वाचा तन्न्यस्तहृदयेक्षणः ॥ ७ ॥
प्रल्हादले आफ्नो चित्त भगवान्मा लगाएर आनन्दले. भरिएको हृदयले वहाँलाई हेर्न लागे । अनि एकाग्र मनले भगावन्को गुणको चिन्तन गर्दै प्रेमपुर्ण वाणीले वहाँको स्तुति गर्न लागे ।।७।।
प्रह्राद उवाच -
(वसंततिलका)
ब्रह्मादयः सुरगणा मुनयोऽथ सिद्धाः
सत्त्वैकतानमतयो वचसां प्रवाहैः ।
नाराधितुं पुरुगुणैः अधुनापि पिप्रुः
किं तोष्टुमर्हति स मे हरिरुग्रजातेः ॥ ८ ॥
प्रल्हादले भने–
नित्य सत्व गुणमा आफ्नो बुद्धि स्थित भएका ब्रह्मादि देवता, ऋषि मुनि र सिद्ध पुरुषलहरुले आफनो बुद्धि अनुसार धारा प्रवाहमा तपाईको स्तुति गुणगानको बारेमा वर्णन गर्दा पनि तपाईलाई सन्तुष्ट गराउनु सकेनन भने म ता असुर जातिमा जन्मेको हुँ मैले आफ्नो स्तुतिबाट तपाईलाई कसरी सन्तुष्ट गर्न सकौंला र ।।८।।
मन्ये धनाभिजनरूपतपःश्रुतौजः
तेजःप्रभावबलपौरुषबुद्धियोगाः ।
नाराधनाय हि भवन्ति परस्य पुंसो
भक्त्या तुतोष भगवान् गजयूथपाय ॥ ९ ॥
धन, कुलिनता, रूप, तप, विद्या, ओज, तेज, प्रभाव, बल, पौरष, बुद्धि र योग यी सबै कुराले परम पुरुष भगवान्लाई सन्तुष्ट गराउन सक्तैन भन्ने म सम्झन्छु । तर भक्तिले गर्दा तपाई गजेन्द्र माथि पनि प्रसन्न हुनुभएको थियो ।।९।।
विप्राद् द्विषड्गुणयुताद् अरविन्दनाभ
पादारविन्दविमुखात् श्वपचं वरिष्ठम् ।
मन्ये तदर्पितमनोवचनेहितार्थ
प्राणं पुनाति स कुलं न तु भूरिमानः ॥ १० ॥
यी बाह्र गुणले युक्त भएका ब्रह्मण पनि यदि भगवानको चरणकमलबाट विमुख छ भने त्यो भन्दा त आफ्नो मन, वचन, कर्म, धन र प्राण भगवान्को चरणकमलमा समर्पित गर्ने चाण्डाल श्रेष्ठ हुन्छ किनकि त्यो चाण्डालले ता आफ्नो कुल पनि पवित्र गरिदिन्छ तर बढत्वको अभिमान राख्ने ब्राम्हणले आफुलाई पनि पवित्र राख्न सक्तैन ।।१०।।
नैवात्मनः प्रभुरयं निजलाभपूर्णो
मानं जनादविदुषः करुणो वृणीते ।
यद् यज्जनो भगवते विदधीत मानं
तच्चात्मने प्रतिमुखस्य यथा मुखश्रीः ॥ ११ ॥
सर्व शक्तिमान प्रभु ! तपाई आफ्नो स्वरूपको साक्षातकार बाटै परिपूर्ण हुनुहुन्छ । छुद्र पुरुषले गर्ने पूजाको तपाईलाई कुनै आवस्यकता पर्देन । तर आफ्ना भक्तहरुले गरेका पूजाहरु सजिलैसंग स्वीकार गर्नुहुन्छ । आफ्नो मुहारको सौन्दर्य ऐनामा पर्दा त्यहाँ देखिने प्रतिबिम्व पनि सुन्दर देखिन्छ त्यसरी नै भक्तले भगवान्का लागि जुन सम्मान प्रकट गर्दछ त्यो सबै उ आफैंलाई प्राप्त हुने हो ।।११।।
तस्मादहं विगतविक्लव ईश्वरस्य
सर्वात्मना महि गृणामि यथा मनीषम् ।
नीचोऽजया गुणविसर्गमनुप्रविष्टः
पूयेत येन हि पुमान् अनुवर्णितेन ॥ १२ ॥
त्यसैले सधैं अयोग्य र अनाधिकारी हुँदा पनि म आफ्नो बुद्धि अनुसार भगवान्को महिमाको वर्णन गर्दछु । तपाईको महिमाको वर्णनले अविद्याका कारण संसार चक्रमा फसेको जीव पनि तत्कालै पवित्र हुन्छ ।।१२।।
सर्वे ह्यमी विधिकरास्तव सत्त्वधाम्नो
ब्रह्मादयो वयमिवेश न चोद्विजन्तः ।
क्षेमाय भूतय उतात्मसुखाय चास्य
विक्रीडितं भगवतो रुचिरावतारैः ॥ १३ ॥
भगवान् ! तपाई सत्वगुणको आश्रय हुनुहुन्छ । यी ब्रह्मादि सबै देवताहरु तपाईको आज्ञाकारी भक्त हुन । हामी दैत्यझैं उनीहरु आफुमा द्वेष गर्दैनन । प्रभो ! तपाईले धेरै राम्रा अवतारहरु ग्रहण गरेर जगतको कल्याणका लागि, अभ्युदयका लागि तथा आनन्दका प्राप्ति गराउनुका लागि नाना प्रकारको लीला गर्नुहुन्छ ।।१३।।
तद् यच्छ मन्युमसुरश्च हतस्त्वयाद्य
मोदेत साधुरपि वृश्चिकसर्पहत्या ।
लोकाश्च निर्वृतिमिताः प्रतियन्ति सर्वे
रूपं नृसिंह विभयाय जनाः स्मरन्ति ॥ १४ ॥
जुन असुरलाई मार्नका लागि क्रोध गर्नुं भएको हो, त्यो मरिसकेको छ त्यसैले आफ्नो क्रोधलाई शान्त गर्नुहोस । जसरी विच्छि र सर्पको मृत्युले सज्जनहरुलाई आनन्द मिल्दछ, त्यसरी नै दैत्यको मृत्युले सबैलाई सुख मिलेको छ । अब तपाईको शान्त स्वरूपको दर्शनको आश गरिरहेका छन । नृसिंह देव ! भयबाट मुक्त हुनका लागि भक्तहरु तपाईको यस रूपको स्मरण गर्दछन ।।१४।।
नाहं बिभेम्यजित तेऽतिभयानकास्य
जिह्वार्कनेत्र भ्रुकुटीरभसोग्रदंष्ट्रात् ।
आन्त्रस्रजःक्षतजकेशरशङ्कुकर्णान्
निर्ह्रादभीतदिगिभादरिभिन्नखाग्रात् ॥ १५ ॥
हे परमात्मा ! तपाईको लपलपाइरहेका जिब्रो र मुख जुन धेरै डरलाग्दो छ । आँखा सूर्य समानका छन, तिखा दाह्रा, चन्चल आँखी भूई रगत लतपतिएको रौंहरु ठाडा र लामा कान र शस्त्र जस्ता नंग देखेर म कतिपनि डराएको छैन ।।१५।।
त्रस्तोऽस्म्यहं कृपणवत्सल दुःसहोग्र
संसारचक्रकदनाद् ग्रसतां प्रणीतः ।
बद्धः स्वकर्मभिरुशत्तम तेऽङ्घ्रिमूलं
प्रीतोऽपवर्गशरणं ह्वयसे कदा नु ॥ १६ ॥
दिनबन्धु ! म त यो असह्य र उग्र संसार चक्रमा पर्नाले मात्र डराएको छु । म आफ्नो कर्मपाशका बाँधिएर यस भयंकर जन्तुहरुको बिचमा परेको छु् । स्वामी ! तपाई प्रसन्न भएर मलाई कहिले आफ्नो चरणकमलमा बोलाउनु हुन्छ, जुन सबै जीबहरुको मोक्षको एकमात्र कारण हो ।।१६।।
यस्मात् प्रियाप्रियवियोगसंयोगजन्म
शोकाग्निना सकलयोनिषु दह्यमानः ।
दुःखौषधं तदपि दुःखमतद्धियाहं
भूमन्भ्रमामि वद मे तव दास्ययोगम् ॥ १७ ॥
प्रभो ! म जुन योनिमा पुगें त्यहा प्रियको बीयोग र अप्रियको संयोगले हुने शोकको आगोमा पर्दे आएको छु । त्यस दुःखलाई हटाउने औषधीको रूपमा रहेका कर्म पनि दुःखरूप नै हुन ।अब मलाई तपाईको भक्ति प्राप्त हुने साधन कुन हो त्यसैका बारेमा बताउनु होस । जुन साधनमा म निरन्तर लागि रहन सकुं ।।१७।।
सोऽहं प्रियस्य सुहृदः परदेवताया
लीलाकथास्तव नृसिंह विरिञ्चगीताः ।
अञ्जस्तितर्म्यनुगृणन् गुणविप्रमुक्तो
दुर्गाणि ते पदयुगालयहंससङ्गः ॥ १८ ॥
प्रभो ! तपाई अहैतुक हितैषि हाम्रो दयालु र प्रिय हुनुहुन्छ , सबैका आराध्य पनि हुनुहुन्छ । म ब्रह्माजीले गाउनु भएको तपाईका लीला कथाको गान गाएर तपाईको चरण चुगलको आश्रयमा रहने भक्त परमहंस महात्माको संगतको आश्रय लिएर सजिलै संग सबै प्राकृत गुणले मुक्त भएर यस संसारको कठिनाई बाट पार गरेर जान्छु । ।।१८।।
बालस्य नेह शरणं पितरौ नृसिंह
नार्तस्य चागदमुदन्वति मज्जतो नौः ।
तप्तस्य तत्प्रतिविधिर्य इहाञ्जसेष्टः
तावद् विभो तनुभृतां त्वदुपेक्षितानाम् ॥ १९ ॥
भगवान् नृसिंह ! संसारका दुःखी जीवहरुको दुःख हटाउनका लागि बताइएको उपाय त क्षणिक मात्र हो सदाको लागि होइन । जसरी आमाबाबुले आफ्ना बालकको रक्षा गर्न सकेका हुदैनन औषधिले रोगीलाई पनि निको पार्न सकेको हुदैन । समुद्रमा डुवेको डुङ्गा उत्रन सक्तैन त्यसै गरि ती उपाय पनि क्षणिक हुन तर सदा सबैका दुःख नाश गर्ने ता तपाईको चरण नै हो ।।१९।।
यस्मिन्यतो यर्हि येन च यस्य यस्माद्
यस्मै यथा यदुत यस्त्वपरः परो वा ।
भावः करोति विकरोति पृथक्स्वभावः
सञ्चोदितस्तदखिलं भवतः स्वरूपम् ॥ २० ॥
सत्वादि गुणका कारण भिन्न भिन्न स्वभाव भएका जीव पनि ब्रह्मादि देखि लिएर काल सम्मका कर्ता छन, उनीहरुलाई प्रेरित गर्ने पनि तपाई नै हुनुहुन्छ । उनीहरु तपाईका प्रेरणाले जुन आधारमा स्थिर भएर जुन माटो आदि जुन समयमा जुन साधन द्वारा जुन अदृष्ट आदिको सहायताबाट जुन प्रयोजनको उद्देश्यले जुन विधि बाट केहि उत्पन्न गर्दछन अथवा बदल्दछन, त्यो पनि तपाई कै रूप हो ।।२०।।
माया मनः सृजति कर्ममयं बलीयः
कालेन चोदितगुणानुमतेन पुंसः ।
छन्दोमयं यदजयार्पितषोडशारं
संसारचक्रमज कोऽतितरेत् त्वदन्यः ॥ २१ ॥
पुरुषको अनुमतिले कालद्वारा गुणमा क्षोभ भएर मायाले मन प्रधान लिङ्ग शरीरको निर्माण गर्दछिन । लिङ्ग शरीर वलवान् कर्ममय एवं अनेक नाम रूपमा आशक्त हुन्छ । यहि अविद्याद्वारा कल्पित मन दस इन्द्रिय र पाँच तन्मात्रा यी सोह्र विकार रूप आरोले युक्त भएको संसार चक्र हो । अजन्मा प्रभो ! यो मन रूप संसारबाट पार लागाउन सक्ने तपाई बाहेक अरु को भिन्न पुरुष छ र ? ।।२१।।
स त्वं हि नित्यविजितात्मगुणः स्वधाम्ना
कालो वशीकृतविसृज्यविसर्गशक्तिः ।
चक्रे विसृष्टमजयेश्वर षोडशारे
निष्पीड्यमानमुपकर्ष विभो प्रपन्नम् ॥ २२ ॥
सर्वशक्तिमान प्रभो ! मायाले यस सोह्र आरो भएको संसार चक्रमा पारेर मलाई जस्तै गरि पेल्दैछ । तपाईले आफ्नो चैतन्य शक्तिले बुद्धिको सबै गुणलाई जित्नु भएको छ र कालरूपले सम्पूण साध्य र साधनलाई आफ्नो अधिनमा राख्नु भएको छ । म तपाईको शरणमा परेको छु मलाई यसबाट बचाएर आफ्नो नजिक राख्नु होस ।।२२।।
दृष्टा मया दिवि विभोऽखिलधिष्ण्यपानाम्
आयुः श्रियो विभव इच्छति यान्जनोऽयम् ।
येऽस्मत्पितुः कुपितहासविजृम्भितभ्रू
विस्फूर्जितेन लुलिताः स तु ते निरस्तः ॥ २३ ॥
भगवान् जसका लागि सांसारका प्राणीहरु धेरै चाहना गर्दछन, स्वर्गमा मिल्ने समस्त लेकपालको त्यो आयु, लक्ष्मी र ऐश्वर्य मैले धेरै देखें । जुन समय मेरा पिता अधिक क्रोध गरेर हाँस्नुहुँदा वहाँको आँखीभूई टेढो हुन्थ्यो त्यसबेला त्यो स्वर्गको सम्पत्ति सबै लुटिन्थे । तर तपाईले मेरा ती पितालाई पनि मार्नुभयो ।।२३।।
तस्मादमूस्तनुभृतां अहमाशिषोऽज्ञ
आयुः श्रियं विभवमैन्द्रियमा विरिञ्च्यात् ।
नेच्छामि ते विलुलितानुरुविक्रमेण
कालात्मनोपनय मां निजभृत्यपार्श्वम् ॥ २४ ॥
कुत्राशिषः श्रुतिसुखा मृगतृष्णिरूपाः
क्वेदं कलेवरमशेषरुजां विरोहः ।
निर्विद्यते न तु जनो यदपीति विद्वान्
कामानलं मधुलवैः शमयन्दुरापैः ॥ २५ ॥
त्यसैले ब्रह्माको आयु, लक्ष्मी, ऐश्वर्य र इन्द्रियभोगलाई संसारका मानिसले चाहेका हुन्छन तर पाउन सक्तैनन । किनकि अत्यन्त शक्ति कालरूप धारण गरेर तपाईले उसलाई ग्रस्त पार्नु भएको छ । विषय भोगको कुरा सुन्दा त राम्रो हुन्छ तर मृगतृष्णाको जल समान झुट्टा हुन्छ र यो शरीर पनि जसले भोग्दछ त्यो अनेकौं रोगको उद्गमस्थान हो । कहाँ त्यो मिथ्या विषय भोग र कहाँ यो रोग युक्त शरीर यी दुवैलाई क्षण भंगुरता र असारता जानेर मानिस यसबाट विरक्त हुदैन । त्यो कठिनाइबाट प्राप्त हुने भोग नयाँ नयाँ कामनाको आगोमा शान्त गर्ने चेष्टा गर्दछ ।।२५।।
क्वाहं रजःप्रभव ईश तमोऽधिकेऽस्मिन्
जातः सुरेतरकुले क्व तवानुकम्पा ।
न ब्रह्मणो न तु भवस्य न वै रमाया
यन्मेऽर्पितः शिरसि पद्मकरः प्रसादः ॥ २६ ॥
यस तमोगुणि असुरमा उत्पन्न भएको कहाँ म र कहाँ तपाईको अनन्त कृपा । धन्य छ । तपाईले आफ्ना परम प्रसाद स्वरूप सबै सन्तापलाई नाश गर्ने त्यो करकमल मेरो सिरमा राख्नु भयो । जुन ब्रह्मा शंकर र लक्ष्मीको सिरमा पनि कहिल्यै राख्नु् भएन ।।२६।।
नैषा परावरमतिर्भवतो ननु स्याजत्
जन्तोर्यथाऽऽत्मसुहृदो जगतस्तथापि ।
संसेवया सुरतरोरिव ते प्रसादः
सेवानुरूपमुदयो न परावरत्वम् ॥ २७ ॥
अर्को संसारी जीव समान तपाईमा सानो ठुलोको कुनै भेद छैन । किनकि तपाई सबैका आत्मा र प्रेमी हुनुहुन्छ । फेरी पनि कल्प वृक्ष समान तपाईको कृपा प्रसाद पनि सेवन भजन बाट प्राप्त हुन्छ । सेवाको अनुसार नै जीवहरुमा आफ्नो कृपाको उदय हुन्छ । उसमा जातिगत उच्चता या निचताको कारण हुदैन ।।२७।।
एवं जनं निपतितं प्रभवाहिकूपे
कामाभिकाममनु यः प्रपतन् प्रसङ्गात् ।
कृत्वाऽऽत्मसात् सुरर्षिणा भगवन् गृहीतः
सोऽहं कथं नु विसृजे तव भृत्यसेवाम् ॥ २८ ॥
भगवन् ! यो संसार यस्तो अंध्यारो कुवा हो जसमा कालरूप सर्प डस्नकालागि सधै तयार भएर रहेको हुन्छ । विषय भोगको इच्छा गर्ने पुरुष त्यसैमा डुब्दछ । म पनि संगतले गर्दा त्यसैमा डुब्न लागेका थिएं तर भगवान् देवर्षि नारदले मलाई बचाउनु भयो । तव म तपाईको भक्तजनको सेवालाई कसरी छोड्न सक्दछु ।।२८।।
मत्प्राणरक्षणमनन्त पितुर्वधश्च
मन्ये स्वभृत्यऋषिवाक्यमृतं विधातुम् ।
खड्गं प्रगृह्य यदवोचदसद् विधित्सुः
त्वामीश्वरो मदपरोऽवतु कं हरामि ॥ २९ ॥
अनन्त ! जुन समयमा मेरा पिताले अन्याय गर्नाका लागि मेरो हातमा खड्ग लिएर यदि म बाहेक अरु कोहि इश्वर छ भने आफुलाई बचा नत्र म तेरो टाउको काटिदिनेछु, भन्नुभयो त्यस समय तपाईले मेरो प्राण रक्षा गर्नु भयो र मेरा पितालाई वध गर्नु भयो । तपाईले आफ्ना भक्त सनकादि ऋषिहरुको वचन पुरा गर्नाका लागि नै यस्तो गर्नु भएको हो भन्ने म सम्झन्छु ।।२९।।
एकस्त्वमेव जगदेतममुष्य यत्त्वं
आद्यन्तयोः पृथगवस्यसि मध्यतश्च ।
सृष्ट्वा गुणव्यतिकरं निजमाययेदं
नानेव तैरवसितस्तदनुप्रविष्टः ॥ ३० ॥
भगवन् ! तपाई नै यो सम्पूर्ण जगतको स्वरूप हुनुहुन्छ । तपाई आदिमा कारण रूप, अन्त्यमा तपाई नै अबधिको रूपमा रहनु हुन्छ । तपाई आफ्ना मायाले गुणको परिणाम स्वरूप जगतको सृष्टि गरेर यसैमा रहेर पनि लीला गर्नु हुन्छ ।।३०।।
त्वं वा इदं सदसदीश भवांस्ततोऽन्यो
माया यदात्मपरबुद्धिरियं ह्यपार्था ।
यद् यस्य जन्म निधनं स्थितिरीक्षणं च
तद् वै तदेव वसुकालवदष्टितर्वोः ॥ ३१ ॥
भगवन् ! यो कार्य कारणको रूपमा प्रतीत भएको सबै तपाई नै हो र यसबाट पृथक छ भने त्यो पनि तपाई नै हो । आफ्नो अर्को भन्नु मायाको भेद हो । जुन अर्थहीन भ्रम हो । यसैमा जन्म स्थिति र लयको प्रकाश हुन्छ , त्यसैको रूप हुन्छ । जसरी विज र रुख कार्य र कारणको हिसावले फरक छ तर गन्ध र तन्मात्राको हिसावले दुवै एकै हो ।।३१।।
न्यस्येदमात्मनि जगद् विलयाम्बुमध्ये
शेषैऽऽत्मना निजसुखानुभवो निरीहः ।
योगेन मीलितदृगात्मनिपीतनिद्रः
तुर्ये स्थितो न तु तमो न गुणांश्च युङ्क्षे ॥ ३२ ॥
भगवन् ! यो सबै विश्वलाई नै तपाईले आफैमा समेटेर निष्कृय भएर आत्मानन्दको अनुभव गर्दै प्रलयकालिन जलमा सुत्नुहुन्छ । त्यस समय आफ्नो योग द्वारा बाहिरी दृष्टि बन्द गरेर आफ्नो स्वरूपको प्रकाशमा निन्द्रालाई लीन गराउनु हुन्छ र तुरिय ब्रह्म पदमा रहुनु हुन्छ । त्यस समयमा कुनै विषयलाई स्वीकार गर्नु हुदैन र तमोगुण पनि हुदैन ।।३२।।
तस्यैव ते वपुरिदं निजकालशक्त्या
सञ्चोदितप्रकृतिधर्मण आत्मगूढम् ।
अम्भस्यनन्तशयनाद् विरमत्समाधेः
नाभेरभूत् स्वकणिकावटवन्महाब्जम् ॥ ३३ ॥
तपाई आफ्नो काल शक्तिले प्रकृतिको गुणलाई प्रेरित गर्नु हुन्छ । त्यसैले यो ब्रम्हण्ड नै तपाईको शरीर हो । पहिले यो तपाई मा नै लीन थियो । प्रलय कालिन सैयामा सयन गर्नु हुने तपाईले योग निद्राको समाधि त्यगिदिनु भयो अनि वरको रुख झैं तपाईको नाभिबाट कमल प्रकट भयो ।।३३।।
तत्सम्भवः कविरतोऽन्यदपश्यमानः
त्वां बीजमात्मनि ततं स बहिर्विचिन्त्य ।
नाविन्ददब्दशतमप्सु निमज्जमानो
जातेऽङ्कुरे कथमु होपलभेत बीजम् ॥ ३४ ॥
कमलमा ब्रह्माजी रहनु भएको थियो । ब्रह्माले कमल बाहेक अरु केहि देख्नु भएन तब विजरूपमा व्याप्त भएका तपाईलाई जान्न सक्नु भएन । तपाईलाई आफु भन्दा बाहिर सम्झेर एकसय वर्ष सम्म जल भित्र खोज्नु भयो तर पाउन सक्नु भएन । टुसा पलाएको बीउमा व्याप्त विजलाई बाहिर अलगरूपमा कस्ले देख्न सक्छ र ।।३४।।
स त्वात्मयोनिरतिविस्मित आस्थितोऽब्जं
कालेन तीव्रतपसा परिशुद्धभावः ।
त्वामात्मनीश भुवि गन्धमिवातिसूक्ष्मं
भूतेन्द्रियाशयमये विततं ददर्श ॥ ३५ ॥
ब्रम्हलाई धेरै आश्चर्य भयो वहाँ हार मानेर कमलमा बस्नु भयो । धेरै बर्ष सम्म ठुलो तपस्या गर्नु भयो तपस्याका कारण वहाँको हृदय सुद्ध भयो, तव वहाँले भूत, इन्द्रिय र अन्तःकरण रूप तपाईलाई आफ्नै शरीरमा नै देख्नु भयो ।।३५।।
एवं सहस्रवदनाङ्घ्रिशिरःकरोरु
नासास्यकर्ण नयनाभरणायुधाढ्यम् ।
मायामयं सदुपलक्षितसन्निवेशं
दृष्ट्वा महापुरुषमाप मुदं विरिञ्चः ॥ ३६ ॥
विराट पुरुषका सहस्र मुख, चरण, सिर, हात, जाँघ, कान, आँखा, गहना र अस्त्रहरुले सजिएको थियो । चौधलोक विभिन्न अंगको रूपमा शोभायमान थियो । त्यो भगवान्को लीलामयी मुर्ति थियो । यस्तो स्वरूपलाई देखेर ब्रह्मालाई धेरै आनन्द भयो ।।३६।।
तस्मै भवान् हयशिरस्तनुवं च बिभ्रद्
वेदद्रुहावतिबलौ मधुकैटभाख्यौ ।
हत्वाऽऽनयत् श्रुतिगणांश्च रजस्तमश्च
सत्त्वं तव प्रियतमां तनुमामनन्ति ॥ ३७ ॥
वेदलाई मधु र कैटव नामका दुईवटा ठुला रजोगुणि र तमोगुणि दैत्यले चोरेर लगेका बखत तपाईले हयगृव अवतार लिएर दुवैलार्ई मार्नु भयो र सत्वरूप वेद ब्रह्मालार्ई फिर्ता गर्नु भयो । त्यो सत्व गुण नै तपाईको प्रिय शरीर हो । महात्मा हरु यसरी नै वर्णन गर्दछन ।।३७।।
इत्थं नृतिर्यग् ऋषिदेवझषावतारैः
लोकान् विभावयसि हंसि जगत्प्रतीपान् ।
धर्मं महापुरुष पासि युगानुवृत्तं
छन्नः कलौ यदभवस्त्रियुगोऽथ स त्वम् ॥ ३८ ॥
पुरुषोत्तम ! तपाईले यसरी नै मानिस पशु, पक्षी, ऋषि, देवता र मत्स्य आदि अवतार लिएर लोकको पालन तथा द्रोहीलार्ई संहार गर्नु हुन्छ । अवतार द्वारा नै प्रत्येक युगमा धर्मको रक्षा गर्नु हुन्छ । कलियुगमा तपाई गुप्तरूपले रहनु हुन्छ त्यसैले तपाई त्रियुग नामले रहनु हुन्छ । ।।३८।।
नैतन्मनस्तव कथासु विकुण्ठनाथ
सम्प्रीयते दुरितदुष्टमसाधु तीव्रम् ।
कामातुरं हर्षशोकभयैषणार्तं
तस्मिन्कथं तव गतिं विमृशामि दीनः ॥ ३९ ॥
भक्तका रक्षक ! यो मन पाप वासनाहरुबाट कलुषित दुष्ट पनि छ । बिभिन्न कामनाले गर्दा सधैं आतुर रहन्छ र हर्ष शोक एवं लोक–परलोक पत्नी पुत्र आदिको चिन्ताले तपाईका लीला कथामा कुनै रुची हुदैन त्यसैले दुर्दशाले सताएको मनले तपाईको चिन्तन कसरी गरुं ? ।।३९।।
जिह्वैकतोऽच्युत विकर्षति मावितृप्ता
शिश्नोऽन्यतस्त्वगुदरं श्रवणं कुतश्चित् ।
घ्राणोऽन्यतश्चपलदृक् क्व च कर्मशक्तिः
बह्व्यः सपत्न्य इव गेहपतिं लुनन्ति ॥ ४० ॥
अच्युत ! यो कहिल्यै नअघाउने जिब्रो अनेक स्वादिला रसका लागि यसरी खिच्दछ कि जसरी धेरै पत्नी भएकालार्ई स्त्रीहरु आफ्नो आफ्नो कोठामा लान प्रयास गर्दछन यो कर्मेन्द्रियको दशा पनि यस्तै हो आफ्नो विषय तिर नै तान्न खोज्दछ ।।४०।।
एवं स्वकर्मपतितं भववैतरण्याम्
अन्योन्यजन्म मरणाशनभीतभीतम् ।
पश्यन्जनं स्वपरविग्रहवैरमैत्रं
हन्तेति पारचर पीपृहि मूढमद्य ॥ ४१ ॥
यसप्रकार यो जीव आफ्नो कर्मवन्धनको का कारण यस संसाररूप वैतरणीमा खसिराखेका छ । जन्मबाट मृत्यु र मृत्युबाट जन्म दुवैद्वारा कर्मभोग गर्दे गर्दै अत्यन्त थकित भएर डराएको छ । यो आफ्नो हो र यो अर्काको भन्ने यस्तो प्रकारको भेदभावले युक्त भएर कहिले कसैसित मित्रता गर्दछ भने कहिले सत्रुता गर्दछ । तपाई यस्ता मुढ जातिको यस्तो दुर्दशा देखेर करुणाले यस भवनदी बाट पार लगाउनु होस ।।४१।।
को न्वत्र तेऽखिलगुरो भगवन्प्रयास
उत्तारणेऽस्य भवसम्भवलोपहेतोः ।
मूढेषु वै महदनुग्रह आर्तबन्धो
किं तेन ते प्रियजनाननुसेवतां नः ॥ ४२ ॥
जगद्गुरु ! यस्तो अवस्थामा फसेका जीवलार्ई यस भवसागरबाट पार लगाउन खासै प्रयास गर्न त नपर्ने हो । हे परम हितैषि प्रभो ! हामीलार्ई त्यसको कुनै आवस्यकता छैन किनकि हामी तपाईको प्रियजनको सेवामा लागि रहन्छौं यसैले हामीलाई यो भवसागर बाट पार गर्ने चिन्ता कहिल्यै हुदैन तर महापुरुषको कृपा ता दीन दुःखी तथा मूढहरु माथि हुनुपर्दछ ।।४२।।
नैवोद्विजे पर दुरत्ययवैतरण्याः
त्वद्वीर्यगायनमहामृतमग्नचित्तः ।
शोचे ततो विमुखचेतस इन्द्रियार्थ
मायासुखाय भरमुद्वहतो विमूढान् ॥ ४३ ॥
प्रभो ! यस वैतरणीबाट पार गर्न अत्यन्त कठिन छ तर मलार्ई यसमा कुनै डर वा चिन्ता छैन । मेरो चित्त वैतरणीमा होइन तपाईको लीलाको गानमा मग्न रहन्छ, जुन परमामृत सरह हो तर मेरो मन ता तपाईको भजन गुणगान बाट विमुख भएका ती मुर्ख प्राणीहरुका चिन्तामा नै लागिरहन्छ । ।।४३।।
प्रायेण देव मुनयः स्वविमुक्तिकामा
मौनं चरन्ति विजने न परार्थनिष्ठाः ।
नैतान्विहाय कृपणान्विमुमुक्ष एको
नान्यं त्वदस्य शरणं भ्रमतोऽनुपश्ये ॥ ४४ ॥
स्वामी ! ठुला ठुला ऋषिमुनिहरु प्राय आफ्नो मुक्तिका लागि निर्जन वनमा गएर मौन व्रत धारण गर्दछन । उनीहरु अरुको हितका लागि कुनै प्रयास गर्दैनन तर मेरो चित्त अरुका लागि लागेको ले म यी असहायलार्ई छाडेर एक्लै भक्त हुन चाहान्न । यी संसार चक्रमा फसेका प्राणीहरुका लागि तपाई बाहेक साहारा दिने अरु कोहि देख्दिन ।।४४।।
यन्मैथुनादिगृहमेधिसुखं हि तुच्छं
कण्डूयनेन करयोरिव दुःखदुःखम् ।
तृप्यन्ति नेह कृपणा बहुदुःखभाजः
कण्डूतिवन्मनसिजं विषहेत धीरः ॥ ४५ ॥
घरमै प्राप्त हुने जुन मैथुनादि सुख छ, त्यो अत्यन्त दुःखरूपी लुतो जस्तो हो । जसरी लुतोलाई कन्याउदा पहिला त केहि सुख मिल्दछ तर पछि झन बढि दुःख हुन्छ । यस्ता कुरा भुलेका अज्ञानीहरु अनेकौं दुःख गर्दा पनि यो गृहाश्रम रूपी विषयबाट अघाउदैन । तर बुद्धिमान पुरुषहरु यस्ता सबै लुतोरूपी दुःखलाई, सहन गर्दछन जसले गर्दा त्यो आफैं नाश भएर जान्छ ।।४५।।
मौनव्रतश्रुततपोऽध्ययनस्वधर्म
व्याख्यारहोजपसमाधय आपवर्ग्याः ।
प्रायः परं पुरुष ते त्वजितेन्द्रियाणां
वार्ता भवन्त्युत न वात्र तु दाम्भिकानाम् ॥ ४६ ॥
पुरुषोत्तम ! मोक्षको दस साधन प्रसिद्ध छन्– मौन, ब्रम्हचर्य, शास्त्र श्रवण, तपस्या, स्वाध्याय, स्वधर्मपालन, युक्तिद्वारा शास्त्रको ब्याख्या, एकान्त, जप र समाधि । तर जसको इन्द्रिय वशमा हुदैन उसका लागि यो सबै जोखिमको साधन ब्यापार मात्र हो । पाखण्डिहरुको जबसम्म उसको पोल खुल्दैन यसबाट जीवन चलाउने साधन बनाउछन तर पोल खुलेपछि भएपछि त्यो रहदैन ।।४६।।
रूपे इमे सदसती तव वेदसृष्टे
बीजाङ्कुराविव न चान्यदरूपकस्य ।
युक्ताः समक्षमुभयत्र विचक्षन्ते त्वां
योगेन वह्निमिव दारुषु नान्यतः स्यात् ॥ ४७ ॥
वेदले बीज र अंकुर समान तपाईको दुइ रूप बताएको छ तर कारण रूप बाहेक तपाईको ज्ञानको कुनै साधन छैन । जसरी काठबाट अग्नि प्रकट गरिन्छ त्यसै गरी योगीहरु भक्तियोगको साधनाले तपाईको कार्यकारण दुवैको बारेमा थाहा पाउदछन किनकि यी दुवै तपाई भन्दा भिन्न छैनन तपाईकै स्वरूप हुन ।।४७।।
त्वं वायुरग्निरवनिर्वियदम्बु मात्राः
प्राणेन्द्रियाणि हृदयं चिदनुग्रहश्च ।
सर्वं त्वमेव सगुणो विगुणश्च भूमन्
नान्यत् त्वदस्त्यपि मनोवचसा निरुक्तम् ॥ ४८ ॥
अनन्त प्रभो ! वायु, अग्नि, पृथ्वी, आकाश, जल, पाँच तन्मात्रा, प्राण, इन्द्रिय, मन, चित्त र अहंकार सम्पूर्ण जगत एवं सगुण निर्गुण सब तपाई नै हुनुहुन्छ यी कुनै पनि तपाई बाट भिन्न छैनन ।।४८।।
नैते गुणा न गुणिनो महदादयो ये
सर्वे मनः प्रभृतयः सहदेवमर्त्याः ।
आद्यन्तवन्त उरुगाय विदन्ति हि त्वाम्
एवं विमृश्य सुधियो विरमन्ति शब्दात् ॥ ४९ ॥
सबका कीर्तिका आश्रय भगवन् ! यी सत्वादि गुण र यसको परिणाम महत्वादि देवता मानिस एवं मन आदि कसैले पनि तपाईको स्वरूपलार्ई जान्न सक्तैनन । किनकि सबै आदि र अन्त भएका हुन तर तपाई अनादि हुनुहुन्छ ।।४९।।
तत्तेऽर्हत्तम नमः स्तुतिकर्मपूजाः
कर्म स्मृतिश्चरणयोः श्रवणं कथायाम् ।
संसेवया त्वयि विनेति षडङ्गया किं
भक्तिं जनः परमहंसगतौ लभेत ॥ ५० ॥
परमपूज्य ! नमस्कार, स्तुति, सबै कर्मको समर्पण, सेवापूजा, चरणकमलको चिन्तन र लीलाकथा श्रवण यी तपाईका सेवकका छ अंग हुन यी छ अंगको सेवा नगरिकन तपाईको चरणको भक्ति कसरी प्राप्त हुन सक्छ ? भक्ति विना तपाईलार्ई पाउन पनि कसरी सकिन्छ र ? प्रभो ! आफ्ना भक्तका सर्वस्व हुनुभएकोले तपाईलाइ उनीहरुले मात्र प्राप्त गर्न सक्दछन ।।५०।।
नारद उवाच -
(अनुष्टुप्)
एतावद् वर्णितगुणो भक्त्या भक्तेन निर्गुणः ।
प्रह्रादं प्रणतं प्रीतो यतमन्युरभाषत ॥ ५१ ॥
नारदजी भन्दछन्–
यस प्रकार बडो प्रेमले प्रल्हादले भगवानको स्वरूपको वर्णन गरे त्यसपछि भगवान् मा सिर झुकाएर चुपो लागेर बसे । नृसिंह भगावन्को क्रोध शान्त मयो अनि प्रेम पूर्वक प्रसन्न भएर प्रल्हादलाई भन्नुभयो ।।५१।।
श्रीभगवानुवाच -
प्रह्राद भद्र भद्रं ते प्रीतोऽहं तेऽसुरोत्तम ।
वरं वृणीष्वाभिमतं कामपूरोऽस्म्यहं नृणाम् ॥ ५२ ॥
नृसिंह भगवान्ले भन्नुभयो –
कल्याणस्वरूप प्रल्हाद ! तिम्रो कल्याण होस । म तिमी सित अत्यन्त खुसि छु तिमीले आफुलाई जे इच्छा लाग्दछ त्यो माग म जीवहरुको सबै कामलाई पूर्ण गर्दंछु ।।५२।।
मामप्रीणत आयुष्मन् दर्शनं दुर्लभं हि मे ।
दृष्ट्वा मां न पुनर्जन्तुः आत्मानं तप्तुमर्हति ॥ ५३ ॥
हे आयुष्मान ! जसले मलार्ई प्रसन्न गराउदैन उसले मेरो दर्शन पाउन अत्यन्त कठिन छ । तर जसले मेरो दर्शन पाउछ फेरी उसमा कुनै प्रकारको ताप हुदैन ।।५३।।
प्रीणन्ति ह्यथ मां धीराः सर्वभावेन साधवः ।
श्रेयस्कामा महाभाग सर्वासां आशिषां पतिम् ॥ ५४ ॥
म सबै प्रकारको मनोरथलार्ई गर्ने भएकाले सबै परम कल्याणकामी भक्त साधुजन आफ्ना सबै भावले मलार्ई प्रसन्न पार्ने प्रयत्न गर्दछन ।।५४।।
श्रीनारद उवाच -
एवं प्रलोभ्यमानोऽपि वरैर्लोकप्रलोभनैः ।
एकान्तित्वाद् भगवति नैच्छत्तानसुरोत्तमः ॥ ५५ ॥
प्रल्हाद भगवानका अनन्य प्रेमी भक्त थिए त्यसैले लोकलाई नै प्रलोभनमा पार्ने बरले लाभ्याउदा पनि त्यसमा उनले कुनै रुचि राखेनन ।।५५।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
सप्तमस्कन्धे प्रह्रादचरिते भगवत्सवो नवमोऽध्यायः ॥ ९ ॥