#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

नवमः स्कंधः - एकादशोऽध्यायः

 

श्रीमद्‌भागवत महापुराण
नवमः स्कंधः - एकादशोऽध्यायः

श्रीरामचरितम् -


श्रीशुक उवाच ।
भगवान् आत्मनात्मानं राम उत्तमकल्पकैः ।
सर्वदेवमयं देवमीज आचार्यवान् मखैः ॥ १ ॥

शुकदेवजी भन्नुहुन्छ– हे परीक्षित भगवान् श्रीरामले गुरु वसिष्ठलाई गुरु बनाएर उत्तम सामग्रीहरुले युक्त यज्ञद्वारा सर्वदेवस्वरुप स्वंप्रकाश आत्माको यजन गर्नुभयो ।।१।।

होत्रेऽददाद् दिशं प्राचीं ब्रह्मणे दक्षिणां प्रभुः ।
अध्वर्यवे प्रतीचीं वा उदीचीं सामगाय सः ॥ २ ॥

उहाँले होतालाई पूर्व, ब्रह्मालाई दक्षिण, अध्वर्युलाई पश्चिम र उद्गातालाई दक्षिण दिशाको स्थान दिनुभयो ।।२।।

आचार्याय ददौ शेषां यावती भूस्तदन्तरा ।
मन्यमान इदं कृत्स्नं ब्राह्मणोऽर्हति निःस्पृहः ॥ ३ ॥

त्यसको बीचमा जति जमिन बाँकी थियो त्यो आचार्यलाई दिनुभयो । वहाँलाई सम्पूर्ण भूमण्डलको एकमात्र अधिकारी ब्राह्मण नै हुन् भन्ने थाहा थियो ।।३।।

इत्ययं तदलङ्‌कारवासोभ्यामवशेषितः ।
तथा राज्ञ्यपि वैदेही सौमङ्‌गल्यावशेषिता ॥ ४ ॥

यसरी भूमण्डल दान गरेर वहाँले आफ्नो शरीर वस्त्र र अलंकार मात्र आफुसंग राख्नुभयो । यसैगरी महारानी सीताजीसंग केवल मांगलिक वस्त्र र आभूषण मात्र बचेको थियो ।।४।।

ते तु ब्रह्मणदेवस्य वात्सल्यं वीक्ष्य संस्तुतम् ।
प्रीताः क्लिन्नधियस्तस्मै प्रत्यर्प्येदं बभाषिरे ॥ ५ ॥

भगवान् श्रीराम ब्राह्मणलाई नै आफ्नो इष्टदेव मान्नुहुन्छ भन्नेकुरा आचार्य र ब्राह्मणहरुलाई थाहा थियो । वहाँहरुको हृदयमा ब्राह्मण  प्रति अत्यन्त स्नेह थियो । त्यसपछि आचार्यहरुको हृदय प्रेमले द्रवित भयो । उनीहरुले प्रसन्न भएर सबै जमीन भगवानलाई नै फिर्ता गरे र भने ।।५।।

अप्रत्तं नस्त्वया किं नु भगवन् भुवनेश्वर ।
यन्नोऽन्तर्हृदयं विश्य तमो हंसि स्वरोचिषा ॥ ६ ॥

हे प्रभो ! तपाई सबै लोकका एकमात्र स्वामी हुनुहुन्छ । तपाई हाम्रो हृदयमा रहेर आफ्नो ज्योतिले सबै अज्ञान र अन्धकारलाई नाश गर्नुहुन्छ यस्तो स्थितिमा तपाईले हामीलाई के नै दिनुभएको छैन र ।।६।।

नमो ब्रह्मण्यदेवाय रामायाकुण्ठमेधसे ।
उत्तमश्लोकधुर्याय न्यस्तदण्डार्पिताङ्‌घ्र्यये ॥ ७ ॥

तपाईको ज्ञान अनन्त छ । पवित्र कीर्तिभएका पुरुषमा तपाई सर्वश्रेष्ठ हुनुहुन्छ । जसले कसैलाई पनि कुनै पीडा पुर्याउदैनन् उनीहरुलाई तपाईले आफ्नो चरणकमल दिइरहनु भएको छ । यसो हुँदा पनि तपाई ब्राह्मणलाई आफ्नो इष्टदेव मान्नुहुन्छ भगवान तपाईको यस रामरुपलाई हामी नमस्कार गर्दछौं ।।७।।

कदाचिल्लोकजिज्ञासुः गूढो रात्र्यामलक्षितः ।
चरन् वाचोऽश्रृणोद् रामो भार्यामुद्दिश्य कस्यचित् ॥ ८ ॥

परीक्षित ! एकपटक भगवान् श्रीरामले प्रजाहरुको स्थिति बुझ्नको लागि कसैले थाहा नपाउने गरी घुमिरहनु भएको थियो । त्यसबेलामा वहाँले कसैले आफ्नी पत्नीलाई भनिरहेको यस्तो कुरा सुन्नुभयो ।।८।।

नाहं बिभर्मि त्वां दुष्टामसतीं परवेश्मगाम् ।
स्त्रैणो हि बिभृयात् सीतां रामो नाहं भजे पुनः ॥ ९ ॥

हे कुलटा ! तँ दुष्ट छेस । त पराइको घरमा गएर आएकी छस् । स्त्री लोभी राम सीतालाई राखुन् क्यै छैन तर म तलाई राख्न सक्तिन ।।९।।

इति लोकाद् बहुमुखाद् दुराराध्यादसंविदः ।
पत्या भीतेन सा त्यक्ता प्राप्ता प्राचेतसाश्रमम् ॥ १० ॥

त्यस अज्ञानी नीचबाट जव भगवान् श्रीरामले यस्तो कुरा सुन्नुभयो, लोकोपवादले केही डराउनुभयो । त्यसपछि वहाँले सीताजीलाई परित्याग गर्नुभयो र वहाँ वाल्मीकि मुनिको आश्रममा रहन लाग्नुभयो ।।१०।।

अन्तर्वत्या   गते काले यमौ सा सुषुवे सुतौ ।
कुशो लव इति ख्यातौ तयोश्चक्रे क्रिया मुनिः ॥११॥

त्यससमयमा सीताजी गर्भवती थिइन् । समय आएपछि उनले एकैपटक दुईवटा छोरालाई जन्म दिइन् । उनीहरुको नाम कुश र लव थियो ।वाल्मीकि मुनिले उनीहरुको जातकर्मादि संस्कार गरिदिए ॥११॥

अङ्‌गदश्चित्रकेतुश्च लक्ष्मणस्यात्मजौ स्मृतौ ।
तक्षः पुष्कल इत्यास्तां भरतस्य महीपते ॥ १२ ॥

लक्ष्मणका अंगद र चित्रकेतु नामका दुइ छोरा भए । परीक्षित ! यसैगरी भरतका पनि तक्ष र पुष्कल नामका दुई छोरा भए ।।१२।।

सुबाहुः श्रुतसेनश्च शत्रुघ्नस्य बभूवतुः ।
गन्धर्वान् कोटिशो जघ्ने भरतो विजये दिशाम् ॥ १३ ॥

त्यसैगरी सत्रुघ्नका पनि सुवाहु र श्रुतसेन नामा दुईपुत्र भए । दिग्विजयका क्रममा भरतले करोडौं गन्धर्वहरुको संहार गरे ।।१३।।

तदीयं धनमानीय सर्वं राज्ञे न्यवेदयत् ।
शत्रुघ्नश्च मधोः पुत्रं लवणं नाम राक्षसम् ।
हत्वा मधुवने चक्रे मथुरां नाम वै पुरीम् ॥ १४ ॥

उनले उनीहरुको सबै धन ल्याएर आफ्ना दाजु श्रीरामको सेवामा चढाए । सत्रुघ्नले मधुवनमा मधुका पुत्र लवण नाम गरेको राक्षसलाई मारेर त्यहाँ मथुरा नामको सहर बसाए ।।१४।।

मुनौ निक्षिप्य तनयौ सीता भर्त्रा विवासिता ।
ध्यायन्ती रामचरणौ विवरं प्रविवेश ह ॥ १५ ॥

भगवान् श्रीरामद्वारा निर्वासित भएकी सीताजीले आफ्ना छोराहरु वाल्मीकिजीलाई सुम्पेर आफु भगवान् श्रीरामको चरणकमलको ध्यान गरेर पृथ्वीदेवीको लोकमा गइन् ।।१५।।

तच्छ्रुत्वा भगवान् रामो रुन्धन्नपि धिया शुचः ।
स्मरंस्तस्या गुणांस्तांस्तान्नाशक्नोत् रोद्धुमीश्वरः ॥ १६ ॥

यो कुरा सुनेर भगवान् श्रीरामले आफ्नो शोक र आवेश वुध्दिले रोक्न खोज्नुभयो तर सामथ्र्य भएर पनि उनलाई रोक्न सक्नुभएन । किनकि वहाँलाई जानकीजीको पवित्र गुणहरुको स्मरण भइरहन्थ्यो ।।१६।।

स्त्रीपुंप्रसङ्‌ग एतादृक्‌सर्वत्र त्रासमावहः ।
अपीश्वराणां किमुत ग्राम्यस्य गृहचेतसः ॥ १७ ॥

परीक्षित ! यो स्त्री र पुरुषको सम्त्रन्ध कुनै प्रकारको दुःखको कारण हुन्छ । यो कुरा धेरै सामर्थ्यवान ब्यक्तिको विषयमा पनि हुन्छ । फेरी गृहासक्त विषयी पुरुषको विषयमा भन्नु नै के छ र ।।१७।। 

तत ऊर्ध्वं ब्रह्मचर्यं धारयन्नजुहोत् प्रभुः ।
त्रयोदशाब्दसाहस्रमग्निहोत्रमखण्डितम् ॥ १८ ॥

त्यसपछि भगवान् श्रीरामले व्रह्मचर्य धारण गरेर तेह्र हजार वर्ष सम्म अखण्डरुपले अग्निहोत्र गर्नुभयो ।।१८।।

स्मरतां हृदि विन्यस्य विद्धं दण्डककण्टकैः ।
स्वपादपल्लवं राम आत्मज्योतिरगात् ततः ॥ १९ ॥

त्यसपछि आफ्नो हृदय आफ्नो स्मरण गर्ने भक्तको हृदयमा आफ्नो चरणकमल स्थापित गरेर आफ्नो स्वयंप्रकाश परम ज्योतिर्मय धाममा पाल्नुभयो ।।१९।।

नेदं यशो रघुपतेः सुरयाच्ञयात्त ।
             लीलातनोरधिकसाम्यविमुक्तधाम्नः ॥
रक्षोवधो जलधिबन्धनमस्त्र पूगैः ।
             किं तस्य शत्रुहनने कपयः सहायाः ॥ २० ॥

परीक्षित ! भगवान समान प्रतिभाशाली अरु कोहीपनि छैनन फेरी वहाँ भन्दा बढी कसरी हुन सक्छ । वहाँले देवताहरुको प्रार्र्थनाका कारण यो विग्रह धारण गनुभएको थियो । यस्तो परिस्थितिमा रघुवंश शिरोमणि भगवान् श्रीरामका लागि अस्त्र शस्त्रले राक्षसलाई मार्नु, पुल बाँध्नु यो कुनै गौरवको कुरा होइन । वहाँलाई सत्रु मार्नका लागि वादरको सहायता पनि पर्ने होइन यो सबै वहाँको लीला हो ।।२०।।

यस्यामलं नृपसदस्सु यशोऽधुनापि ।
             गायन्त्यघघ्नमृषयो दिगिभेन्द्रपट्टम् ॥
तं नाकपालवसुपालकिरीटजुष्ट- ।
             पादाम्बुजं रघुपतिं शरणं प्रपद्ये ॥ २१ ॥

भगवान् श्रीरामको निर्मल यशले सबै पापलाई नाश गरिदिन्छ । यो यसरी फैलिएको  छ कि दिग्गजको श्यामल शरीरलाई ढाक्ने उपमा बन्न गएको छ । आज पनि ठुला ठुला ऋषि महर्षिहरु राजाहरुको सभामा वहाँको गान गर्दछन् । स्वर्गका देवातहरु र पृथ्वीका नरपति आफ्नो कमनीय किरीटले उनको चरणकमलको सेगा गर्दछन् । म पनि उनै रघुवंश शिरोमणि भगवान् रामचन्द्रको शरण ग्रहण गर्दछु ।।२१।।

स यैः स्पृष्टोऽभिदृष्टो वा संविष्टोऽनुगतोऽपि वा ।
कोसलास्ते ययुः स्थानं यत्र गच्छन्ति योगिनः ॥ २२ ॥

जसले भगवान् श्रीरामको दर्शन र स्पर्श गरका हन्छन् अथवा वहाँसितको सहवास वा अनुगमन गरेका हुन्छन् ती सबै कोसलदेशका निवासी पनि उही लोकामा गए जहाँ ठुला ठुला योगीहरु आफ्नो योगको साधना द्वार जान्छन् ।।२२।।

पुरुषो रामचरितं श्रवणैरुपधारयन् ।
आनृशंस्यपरो राजन् कर्मबन्धैर्विमुच्यते ॥ २३ ॥

जसले आफ्नो कानले भगवान् श्रीरामको चरित्र सुन्दछ उसमा सरलता कोमलता आदि गुण प्राप्त हुन्छ ।।२३।।

श्रीराजोवाच ।
कथं स भगवान् रामो भ्रातॄन् वा स्वयमात्मनः ।
तस्मिन् वा तेऽन्ववर्तन्त प्रजाः पौराश्च ईश्वरे ॥ २४ ॥

राजा परीक्षितले सोधे– भगवान् श्रीराम स्वयं आफ्ना भाईहरु संग कस्तो व्यवहार गर्नुहुन्थ्यो ? तथा भरत आदि भाई, प्रजाहरु र अयोध्यावासीहरु भगवान् श्रीरामसं कस्तो ब्यवहार गर्दथे ।।२४।।

श्रीशुक उवाच ।
अथादिशद् दिग्विजये भ्रातॄंस्त्रिभुवनेश्वरः ।
आत्मानं दर्शयन् स्वानां पुरीमैक्षत सानुगः ॥ २५ ॥

श्री शुकदेवजी भन्नुहुन्छ– हे त्रिभुपनपति महाराज श्रीरामले राजसिंहासनमा बसेपछि आफ्ना भाईहरुलाई दिग्विजयका  लागि आज्ञा दिनुभयो आफ्ना पुरवासीहरुलाई दर्शन दिएर पुरै रेखदेख गर्नुभयो ।।२५।।

आसिक्तमार्गां गन्धोदैः करिणां मदशीकरैः ।
स्वामिनं प्राप्तमालोक्य मत्तां वा सुतरामिव ॥ २६ ॥

त्यस समयमा अयोध्यापुरी मार्ग सुगन्धित जल र हात्तीहरुको मदजलले भिजेको जस्तो देखिन्थ्यो, यस्तो कि त्यो सहर नै श्रीरामलाई देखेर भगवान् श्रीराम अत्यन्त मतवाला जस्तो देखिन्थ्यो ।।२६।।

प्रासादगोपुरसभाचैत्यदेवगृहादिषु ।
विन्यस्तहेमकलशैः पताकाभिश्च मण्डिताम् ॥ २७ ॥

जहाँ अनेक महल, फाटक सभाभवन, विहार र देवालय आदिमा सुनका कलश राखिएका थिए र ठाउँ ठाउँमा ध्वजा पताहरु फहरइएका थिए ।।२७।।

पूगैः सवृन्तै रम्भाभिः पट्टिकाभिः सुवाससाम् ।
आदर्शैरंशुकैः स्रग्भिः कृतकौतुकतोरणाम् ॥ २८ ॥

यहाँ ठाउँ ठाउँमा सुपारीका झुप्पा केराको खम्बा र सुन्दर वस्त्रले बेरेर सजाइएको थियो । ऐना वस्त्र र पुष्पमालले तथा मांगलिक चित्रकारी र तोरणले सारा सहर झपक्क भएर जगमग गरिरहन्थ्यो ।।२८।।

तमुपेयुस्तत्र तत्र पौरा अर्हणपाणयः ।
आशिषो युयुजुर्देव पाहीमां प्राक् त्वयोद्‌धृताम् ॥ २९ ॥

नगरवासीहरु आफ्नो हातमा अनेक किसिमका सामान लिएर भगवान् संग गएर प्रार्थना गर्दै भन्थे कि हे देव ! पहिला तपाईले नै वराहरुपले पृथ्वीको उध्दार गर्नुभएको थियो अब तपाईले नै यसको रक्षा गर्नुहोस् ।।२९।।

ततः प्रजा वीक्ष्य पतिं चिरागतं
         दिदृक्षयोत्सृष्टगृहाः स्त्रियो नराः ।
आरुह्य हर्म्याण्यरविन्दलोचन-
         मतृप्तनेत्राः कुसुमैरवाकिरन् ॥ ३० ॥

परीक्षित ! त्यस समयमा धेरै समय पछि भगवान श्रीराम यस धर्तिमा आउँनु भएका हो भन्ने भान प्रजाहरुलाई हुन्थ्यो । त्यसैले स्त्री पुरुष वहाँको दर्शनको लागि घरका सबै काम छोडेर दौडेका थिए । उनीहरु आफ्ना अग्ला अटालीमा बसेर आफ्ना आँखाले कमलनयन भगवानलाई हेरेर वहाँलाई पुष्पवृष्टि गरिरहेका थिए ।।३०।।

अथ प्रविष्टः स्वगृहं जुष्टं स्वैः पूर्वराजभिः ।
अनन्ताखिलकोषाढ्यमनर्घ्योरुपरिच्छदम् ॥ ३१ ॥

यसरी प्रजाको निरिक्षण गरेर भगवान् फेरी आफ्नो महलमा जानुहुन्थ्यो । वहाँको त्यो महल आफ्ना पुर्खा राजाद्वारा भोग गरिएको थियो । त्यसमा धेरै प्रकारका खजानाहरु थिए जुन कहिले पनि सकिदैन थियो र त्यो महल धेरै  मुल्यवान र धेरै सामाग्रीहरुले सुसज्जित थिए ।।३१।।

विद्रुमोदुम्बरद्वारैः वैदूर्य स्तंभपङ्‌क्तिभिः ।
स्थलैर्मारकतैः स्वच्छैर्भाजत्स्फटिकभित्तिभिः ॥ ३२ ॥

महलको ढोका, दैलो मुगाले बनेको थियो । जसमा जुन खम्बा (थाम) थियो त्यो वैदुर्र्यमणिले बनेको थियो । मरतकमणिको भूई र स्फटकमणिले पर्खाल चम्किरहन्थ्यो ।।३२।।

चित्रस्रग्भिः पट्टिकाभिर्वासोमणिगणांशुकैः ।
मुक्ताफलैश्चिदुल्लासैः कान्तकामोपपत्तिभिः ॥ ३३ ॥

धूपदीपैः सुरभिभिर्मण्डितं पुष्पमण्डनैः ।
स्त्रीपुम्भिः सुरसङ्‌काशैर्जुष्टं भूषणभूषणैः ॥ ३४ ॥

रंग विरंगी मालाहरु ध्वजापताहरु, मणिका चमक, शुध्द चेतनका समानका उज्जाल मोती, सुन्दर भोग सामाग्री, सुगन्धित धूप दीप तथा फुलका मालाले त्यो महल सजाइएको थियो । आभुषणलाई पनि भूषित गराउने देवताहरु समान स्त्री पुरुष त्यहाँ सेवामा लागेका थिए ।।३३–३४।।

तस्मिन् स भगवान् रामः स्निग्धया प्रिययेष्टया ।
रेमे स्वारामधीराणामृषभः सीतया किल ॥ ३५ ॥

परीक्षित ! भगवान् श्रीरामजी आत्माराम जितेन्द्रिय पुरुषका शिरोमणि वहाँ त्यसै महलमा आफ्नी प्राणप्रया प्रेममयी पत्नी श्रीसिताजीका साथमा विहार गर्नुहुन्थयो ।।३५।।

बुभुजे च यथाकालं कामान् धर्ममपीडयन् ।
वर्षपूगान् बहून् नृणामभिध्यातांघ्रिपल्लवः ॥ ३६ ॥

सबै स्त्री पुरुष जसको चरणकमलको ध्यान गर्दछन, उनै भगवान् श्रीराम धेरै वर्ष सम्म धर्मको मर्यादाको पालन गरेर समयानुसारको उपभोग पनि गर्नुहुन्छ ।।३६।।

इति श्रीमद्भा्गवते महापुराणे पारमहंस्यां 
संहितायां नवमस्कन्धे एकादशोऽध्यायः ॥ ११ ॥