#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

नवमः स्कंधः - अष्टमोऽध्यायः

श्रीमद्‌भागवत महापुराण
नवमः स्कंधः - अष्टमोऽध्यायः


श्रीशुक उवाच -
हरितो रोहितसुतश्चम्पस्तस्माद्विनिर्मिता ।
चंपापुरी सुदेवोऽतो विजयो यस्य चात्मजः ॥ १ ॥

शुकदेवजी भन्नुहुन्छ– रोहितका हरित नामका छोरा थिए । हरितबाट चम्प भए । यीनै चम्पले चम्पापुरी नगर बनाए । चम्पबाट सुदेव भयो । सुदेवको छोरा विजय भए ।।१।।

भरुकस्तत्सुतस्तस्माद् वृकस्तस्यापि बाहुकः ।
सोऽरिभिर्हृतभू राजा सभार्यो वनमाविशत् ॥ २ ॥

विजयको भरुक, भरुकबाट वित्र र वित्रको छोरो बाहुक भयो । बाहुक उसका सत्रुहरुले आफ्नो राज्य हरण गरेकाले आफ्नी पत्नीका साथ वनतिर गएका थिए ।।२।।

वृद्धं तं पञ्चतां प्राप्तं महिष्यनु मरिष्यती ।
और्वेण जानताऽऽत्मानं प्रजावन्तं निवारिता ॥ ३ ॥

वन गएपछि बुढ्योलीका कारण बाहुकको मृत्यु भयो । उसको मृत्युपछि उसकी पत्नी सति जान लागेका बखत महर्षि और्वले उनको गर्भ रहेको थाहा पएर सति जान रोके ।।३।।

आज्ञायास्यै सपत्नीतभिर्गरो दत्तोऽन्धसा सह ।
सह तेनैव सञ्जातः सगराख्यो महायशाः ॥ ४ ॥

उनका सौताहरुले उनको गर्भ रहेको थाहा पाएर खाना विष हालेर खान दिएका थिए तर त्यस विषले गर्भको बालकलाई कुनै हानि पुर्याउन सकेन विष सहितै बालक जन्मियो जागर सहित पैदाभएकोले सो बालकको नाम सागर भयो ।।४।।

सगरश्चक्रवर्त्यासीत् सागरो यत्सुतैः कृतः ।
यस्तालजंघान् यवनाञ्छकान् हैहयबर्बरान् ॥ ५ ॥

नावधीद् गुरुवाक्येन चक्रे विकृतवेषिणः ।
मुण्डाञ्छ्मश्रुधरान् कांश्चिन्मुक्तकेशार्धमुण्डितान् ॥ ६ ॥

सागरका छोरा चक्रवर्ति राजा थिए । उनले पृथ्वीलाई खनेर समुद्र बनाएका थिए । सागरले आफ्ना गुरुको उपदेशमा राज्यका तालजंघ, यवन, शक, हैहय, र वर्वर जातिको हत्या गरेनन् बरु उनीहरुलाई कुरुप बनाइदिए । जसमा कसैको कपाल मुढ्ने कसैको दारी राखिदिने,  कसैको कपाल राखिदिने र कसैको आधि कपाल काटेर छाडिदिने काम गरे ।।५–६।।

अनन्तर्वाससः कांश्चिदबहिर्वाससोऽपरान् ।
सोऽश्वमेधैरयजत सर्ववेदसुरात्मकम् ॥ ७ ॥

और्वोपदिष्टयोगेन हरिमात्मानमीश्वरम् ।
तस्योत्सृष्टं पशुं यज्ञे जहाराश्वं पुरन्दरः ॥ ८ ॥

तिनीहरुलाई सागरले कपडा लगाउन दिएनन् ओड्न मात्र दिए भने कोही लंगौटिको भरमा बसे ओड्ने ओड्न पनि दिएनन् । त्यसपछि सागरले और्व ऋषिको उपदेशानुसार अश्वमेध यज्ञ गरेर सम्पूर्ण वेद तथा सर्वशक्तिमान भगवान् को आराधना गरेर घोडा छोडिएको थियो तर त्यो घोडालाई इन्द्रले हरण गरेका थिए ।।७–८।।

सुमत्यास्तनया दृप्ताः पितुरादेशकारिणः ।
हयमन्वेषमाणास्ते समन्तान्न्यखनन् महीम् ॥ ९ ॥

सुमतिका गर्भबाट जन्मेका सगरका छोराहरु आफ्ना पिताको आज्ञा मानेर घोडा खोज्न भनि निक्लिए । उनी पृथ्वीको सबै भागमा खोज्दै हिंडे तर पनि घोडा पाउन सकेनन् ।।९।।

प्रागुदीच्यां दिशि हयं ददृशुः कपिलान्तिके ।
एष वाजिहरश्चौर आस्ते मीलितलोचनः ॥ १० ॥

हन्यतां हन्यतां पाप इति षष्टिसहस्रिणः ।
उदायुधा अभिययुरुन्मिमेष तदा मुनिः ॥ ११ ॥

यसरी खोज्दै जाँदा पृथ्वीको उत्तर पूर्वको कोणमा रहेको कपिल मुनिको आश्रममा आफ्नो घोडा बाँधिएको देखे घोडालाई देख्नासाथ सगरका साठीहजार छोराहरु हातमा सस्त्र लिएर कपिलमुनि भएतिर यो चोर हो मार मार भन्नथाले । त्यसै समयमा कपिल मुनिले आँखा खोले ।।१०–११।।

स्वशरीराग्निना तावन्महेन्द्रहृतचेतसः ।
महद्‌व्यतिक्रमहता भस्मसादभवन् क्षणात् ॥ १२ ॥

इन्द्रले ती राजकुमारहरुको बुध्दि हरेका थिए त्यसैले उनीहरुले कपिल मुनि जस्ता महापुरुषको हेला गरे  सोहीकारण उनीहरुको शरीरबाट आगोको ज्वाला निस्कियो र त्यही ज्वालाले जलेर सबै खरानी भए ।।१२।।

न साधुवादो मुनिकोपभर्जिता
         नृपेन्द्रपुत्रा इति सत्त्वधामनि ।
कथं तमो रोषमयं विभाव्यते
         जगत्पवित्रात्मनि खे रजो भुवः ॥ १३ ॥

परीक्षित ! सगरका छोराहरु कपिल मुनिको क्रोधले जलेका भन्नु गलत हो । किनकि कपिलदेव ता सधैं सत्वगुणका आश्रय हुन् । उनको शरीरले जगतलाई नै पार्दछ भने उनीमा तमोगुणी क्रोध कसरी उत्पन्न हुन सक्छ ? कहिलेकही  पृथ्वीका धुलोको पनि आकाशसंग सम्बन्ध हुन्छ ।।१३।।

यस्येरिता सांख्यमयी दृढेह नौ
         र्यया मुमुक्षुस्तरते दुरत्ययम् ।
भवार्णवं मृत्युपथं विपश्चितः
         परात्मभूतस्य कथं पृथङ्‌मतिः ॥ १४ ॥

यो संसार सागर एक मृत्युमय मार्ग हो । यसको पारपाउँन अत्यन्त कठिन छ । यसैको लागि कपिल मुनिले यस जगतको उध्दारका लागि सांख्यशास्त्र जस्तो बलियो डुंगा बनाइदिएका छन् । यदि मोक्षको चाहना गर्ने जो कोही पनि उनको योगको सहायताले समुद्रपार गर्न सक्दछ । उनी परम ज्ञानी मात्र नभएर स्वयं परमात्मा हुन् यस्ता महापुरुषमा यो सत्रु र यो मित्रु भन्ने भावना कसरी आउँन सक्छ र ? ।।१४।।

योऽसमञ्जस इत्युक्तः स केशिन्या नृपात्मजः ।
तस्य पुत्रोंऽशुमान्नाम पितामहहिते रतः ॥ १५ ॥

सागरकी अर्की पत्नीको नाम केशिनी थियो । उनको गर्भबाट असमञ्जस नाम गरेको छोरो भयो । असमञ्जसको छोरो अंशुमान भए उनी आफ्ना पितामहका आज्ञाकारी थिए ।।१५।।

असमञ्जस आत्मानं दर्शयन्नसमञ्जसम् ।
जातिस्मरः पुरा संगाद् योगी योगाद् विचालितः ॥ १६ ॥

आचरन् गर्हितं लोके ज्ञातीनां कर्म विप्रियम् ।
सरय्वां क्रीडतो बालान् प्रास्यदुद्वेजयञ्जनम् ॥ १७ ॥

असमञ्जस पहिलो जन्ममा योगी थिए खराव संगतका कारण योगबाट बिचलित भएका थिए, उनलाई अहिले पनि पहिलो जन्मको सम्झना भई रहन्थ्यो । त्यसैले उने गरेका कामलाई उनका भाईबहिनीहरुले मन पराउंदैन थिए । उनी कहिले पागल जस्तो हुन्थे भने कहिले खराव काम पनि गर्दथे भने कहिले त खेलिरहेका केटाकेटीलाई उचालेर सरयुमा हालिदिन्थे ।।१६–१७।।

एवंवृत्तः परित्यक्तः पित्रा स्नेहमपोह्य वै ।
योगैश्वर्येण बालांस्तान् दर्शयित्वा ततो ययौ ॥ १८ ॥

उनको यस्तो काम देखेर उनका बाबुले उनलाई त्यागिदिए । त्यसपछि भष्म भएका बालकलाई जीवित भएको  आफ्ना बाबुलाई देखाएर वनमा गए ।।१८।।

अयोध्यावासिनः सर्वे बालकान् पुनरागतान् ।
दृष्ट्वा विसिस्मिरे राजन् राजा चाप्यन्वतप्यत ॥ १९ ॥

बितेका बालक यसरी फर्केर आएको देखेर अयोध्यावासीहरु आश्चर्यचकित परे राजा सगरलाई पनि पश्चाताप भयो ।।१९।।

अंशुमांश्चोदितो राज्ञा तुरगान्वेषणे ययौ ।
पितृव्यखातानुपथं भस्मान्ति ददृशे हयम् ॥ २० ॥

त्यसपछि सगरको आज्ञा लिएर अंसुमान घोडा खोज्न भनि गए उनी आफ्ना काकले खोजेको समुद्रको किनार हुंदै पहिला जहाँ उनीहरुको शरीर भष्म भएको  थियो त्यही ठाउँमा घोडा देखे ।।२०।।

तत्रासीनं मुनिं वीक्ष्य कपिलाख्यमधोक्षजम् ।
अस्तौत् समाहितमनाः प्राञ्जलिः प्रणतो महान् ॥ २१ ॥

त्यहाँ भगवान् कपिलदेव बस्नुभएको थियो । वहाँलाई देखेर अंशुमानले स्तुति गर्न लागे ।।२१।।

अंशुमानुवाच ।
न पश्यति त्वां परमात्मनोऽजनो
             न बुध्यतेऽद्यापि समाधियुक्तिभिः ।
कुतोऽपरे तस्य मनःशरीरधी-
             विसर्गसृष्टा वयमप्रकाशाः ॥ २२ ॥

अंसुमानले भने– हे भगवन् ! तपाई आजन्मा ब्रह्माजी भन्दा पनि पर हुनुहुन्छ त्यसैले तपाईलाइ प्रत्यक्ष देख्न सकिदैन । देख्नु त परै जावस जसले योग समाधि बाट समेत हार खाए, तपाईको विषयमा अनुमान लागउन सकेनन् भने हामी त सृष्टिद्वारा बनेका अज्ञानी जीव हौं त्यसैले हामीले तपाईलाई कसरी बुझ्न सक्छौं ।।२२।।

ये देहभाजस्त्रिगुणप्रधाना
             गुणान् विपश्यन्त्युत वा तमश्च ।
यन्मायया मोहितचेतसस्ते
             विदुः स्वसंस्थं न बहिःप्रकाशाः ॥ २३ ॥

शरीरधारी ब्यक्ति सत्व, रज, तम प्रधान हुन्छन उनीहरु स्वप्न र जाग्रत अवस्थामा गुणमय पदार्थ विषय र सुसुप्ति अवस्थामा अज्ञान नै अज्ञान देख्छन् यसो हुनुमा तपाईको मायाले मोहित भएर हो ।।२३।।

तं त्वां अहं ज्ञानघनं स्वभाव-
             प्रध्वस्तमायागुणभेदमोहैः ।
सनन्दनाद्यैर्मुनिभिर्विभाव्यं
             कथं विमूढः परिभावयामि ॥ २४ ॥

तपाई एकरस ज्ञानघन हुनुहुन्छ आत्मानुभवले मायाको गुणद्वारा हुने भेदभाव र अज्ञान नष्ट भएका सनन्दन मुनि तपाईको निरन्तर चिन्तन गर्छन् भने मायाको गुणमा भुलिएको म जस्तो अन्जानले तपाईको चिन्तन कसरी गरुं ।।२४।।

प्रशान्तमायागुणकर्मलिंग-
             मनामरूपं सदसद्विमुक्तम् ।
ज्ञानोपदेशाय गृहीतदेहं
             नमामहे त्वां पुरुषं पुराणम् ॥ २५ ॥

मायाको गुण र गुणको कर्मद्वारा हुने संस्कारले बनेको लिंग शरीर तपाईको होइन । तपाई न नाम हो न रुप नै हो । तपाई न कार्य हो न कारण, तपाई ता सनातन आत्मा हुनुुुहुन्छ । ज्ञानको उपदेश दिनलाई नै तपाईले यस धर्तीमा शरीरको रुप धारण गर्नु भएको हो, म तपाईलाइ नमस्कार गर्दछु ।।२५।।

त्वन्मायारचिते लोके वस्तुबुद्ध्या गृहादिषु ।
भ्रमन्ति कामलोभेर्ष्या-मोहविभ्रान्तचेतसः ॥ २६ ॥

हे प्रभो ! यो संसार तपाईको मायाको करामत हो । यसलाई सत्य सम्झेर काम, लोभ, इष्र्या र मोहले मानिसको चित्त र शरीर घर आदि विषयमा लागेर फस्दछ ।।२६।।

अद्य नः सर्वभूतात्मन् कामकर्मेन्द्रियाशयः ।
मोहपाशो दृढश्छिन्नो भगवंस्तव दर्शनात् ॥ २७ ॥

हे समस्त प्राणीका आत्मा ! आज तपाईको दर्शन पाएर मेरो मोहको डोरी चुडिएको छ । जसले अनेकौं कामना र  इन्द्रियलाई जीवन दान दिन्छ ।।२७।।

श्रीशुक उवाच ।
इत्थं गीतानुभावस्तं भगवान् कपिलो मुनिः ।
अंशुमन्तमुवाचेदमनुगृह्य धिया नृप ॥ २८ ॥

शुकदेवजी भन्नुहुन्छ– हे परीक्षित ! अंसुमानले यसरी भगवान् को स्तुति गरेपछि भगवान्ले उनलाई अनुग्रह गर्दै भन्नुमयो–॥२८॥ 

श्रीभगवानुवाच–
अश्वोऽयं नीयतां वत्स पितामहपशुस्तव ।
इमे च पितरो दग्धा गंगाम्भोऽर्हन्ति नेतरत् ॥ २९ ॥

श्रीभगवान्ले भन्नुभयो –
बाबु ! यो घोडा तिम्रो बाजेको यज्ञ पशु हो । तिमी यसलाई लिएर जाऊ । तिम्रा जलेका काकाको उध्दार गंगाजलले मात्र हुन्छ । अरु उपाय छैन ।।२९।।

तं परिक्रम्य शिरसा प्रसाद्य हयमानयत् ।
सगरस्तेन पशुना क्रतुशेषं समापयत् ॥ ३० ॥

त्यसपछि अंसुमानले नम्र भएर प्रसन्न हुंदै कपिलदेवजीको परिक्रमा गरेर घोडा लिएर आए । सगरले त्यस यज्ञपशुद्वार यज्ञको बाँकी कार्य समाप्त गरे ।।३०।।

राज्यमंशुमते न्यस्य निःस्पृहो मुक्तबन्धनः ।
और्वोपदिष्टमार्गेण लेभे गतिमनुत्तमाम् ॥ ३१ ॥

त्यसपछि राजा सगरले अंसुमानलाई राज्य सुम्पेर बन्धन मुक्त भएर महर्षि और्वले बताएको मार्ग अवलम्वन गरेर परमपद प्राप्त गरे ।।३१।।

इति श्रीमद्भारगवते महापुराणे पारमहंस्यां 
संहितायां नवमस्कन्धे अष्टमोऽध्यायः ॥ ८ ॥