श्रीमद्भागवत महापुराण
दशमः स्कंधः – एकविंशोऽध्यायः
शुक उवाच –
(अनुष्टुप्)
इत्थं शरत् स्वच्छजलं पद्माकरसुगन्धिना ।
न्यविशद् वायुना वातं स गोगोपालकोऽच्युतः ॥१॥
श्रीशुकदेवजी भन्नुहुन्छ– परीक्षित ! शरद ऋतुको कारणले त्यस वन जंगल निकै सुन्दर बनिरहेको थियो । पानी सफा थियो अनि बिस्तारै हावा चलिरहेको थियो, जलाशयहरूमा फुल्ने कमलको सुगन्धले सुगन्धित वायु चलेको थियो । यस्तो वृन्दावनमा भगवान श्रीकृष्ण गाई र गोठाला लिएर प्रवेश गर्नुभयो ।।१।।
(पुष्पिताग्रा)
कुसुमितवनराजिशुष्मिभृङ्ग
द्विजकुलघुष्टसरःसरिन्महीध्रम् ।
मधुपतिरवगाह्य चारयन् गाः
सहपशुपालबलश्चुकूज वेणुम् ॥२॥
सुन्दर फूलहरूले भरिएका हरियाली रूखहरूको लहराहरुमा भत्त भ्रवराहरु गुनगुनाइरहेका थिए । यसै गरी थरि थरिका चराहरु समूहमा बिभाजित भएर चिरवीर आवज निकालिरहेका थिए । त्यो वनको सरोवर, नदी र पर्वत पनि आफ्नै हिसावले गुन्जिएको थियो । बलराम श्रीकृष्ण र गोपबालकहरु त्यस वन भित्र पसेर गाई चराउँदै मधुर स्वरमा बाँसुरी बजाउन थाल्नुभयो ।।२।।
(अनुष्टुप्)
तद् व्रजस्त्रिय आश्रुत्य वेणुगीतं स्मरोदयम् ।
काश्चित् परोक्षं कृष्णस्य स्वसखीभ्योऽन्ववर्णयन् ॥३॥
श्रीकृष्णको वंशको त्यो आवाजले भगवानप्रतिको प्रेम र उहाँलाई भेट्ने इच्छा जगाउने खालको थियो । (जसलाई सुनेर गोपीहरूको हृदय प्रेमले भरियो) तिनीहरूले एकान्तमा उहाँको रूप, गुण र बाँसुरीको धुनको प्रभाव आफ्ना साथीहरूलाई बताउन थाले ।।३।।
तद् वर्णयितुमारब्धाः स्मरन्त्यः कृष्णचेष्टितम् ।
नाशकन् स्मरवेगेन विक्षिप्तमनसो नृप ॥४॥
गोपीनीहरु भगवान्को प्रेममा व्याकुल भएका थिए त्यसैले उनीहरुले भगवान्का रुप र गुणको वर्णन गर्न त लागे तर सकेनन् ।।४।।
(मंदाक्रांता)
बर्हापीडं नटवरवपुः कर्णयोः कर्णिकारं
बिभ्रद् वासः कनककपिशं वैजयन्तीं च मालाम् ।
रन्ध्रान् वेणोरधरसुधयापूरयन् गोपवृन्दै–
र्वृन्दारण्यं स्वपदरमणं प्राविशद् गीतकीर्तिः ॥५॥
(श्रीकृष्णको वासुरीको धन सुनेर प्रेमविह्वल भएका गोपिनीहरुले मनमनै ध्यान गर्दा वहाँलाई आफ्नो मनमा देख्न थाले) श्रीकृष्ण गोठाला केटाहरू लिएर वृन्दावनमा प्रवेश गर्दै हुनुहुन्छ । उहाँले शिरमा मयूरको प्वाँखको मुकुट धारण गर्नुभएको, कानमा पहेँलो चाँपको फूल, शरीरमा सुनौलो पहेँलो पीताम्वर र घाँटीमा पाँच प्रकारका सुगन्धित फूलबाट बनेको वैजयन्ती माला धारण गर्नुभएको छ यसरी सुन्दर नटझै बन्नुभएका श्रीकृष्ण बाँसुरीको प्वाललाई अधरामृतले भर्दै आफ्ना यशोगान गाईरहेका गोपहरुका साथमा वैकुण्ठ धाम भन्दा पनि उत्तम वृन्दावनमा प्रवेश गर्नुभयो ।।५।।
(अनुष्टुप्)
इति वेणुरवं राजन् सर्वभूतमनोहरम् ।
श्रुत्वा व्रजस्त्रियः सर्वा वर्णयन्त्योऽभिरेभिरे ॥६॥
परीक्षित ! यो बाँसुरीको धुनले जड चेतन सबैको मन आनन्दित बनाउदथ्यो । यस्तो धुनलाई गोपिनीहरुले सुनेर त्यसको वर्णन गर्दै एक आपसमा आलिंगन गर्नथाले ।।६।।
गोप्य ऊचुः–
(वसंततिलका)
अक्षण्वतां फलमिदं न परं विदामः
सख्यः पशूननु विवेशयतोर्वयस्यैः ।
वक्त्रं व्रजेशसुतयोरनवेणुजुष्टं
यैर्वा निपीतमनुरक्तकटाक्षमोक्षम् ॥७॥
गोपीहरू आपसमा भन्न थाले– हे सखीहरु ! श्रीकृष्ण र बलराम बाँसुरी बजाउँदै साथीहरुसंग गाईहरूलाई लिएर वनमा लैजाँदा वहाँले कर्के नजरले जसलाई हेर्नुहुन्छ, त्यो मुहारको जसले दर्शन गर्न पाएको हुन्छ उसलाई नै धन्य भन्नुपर्छ किनकि हाम्रो बिचारमा आँखा भएकाहरुका लागि परम फल नै यही हो यो भन्दा उत्तम फल अरु कुनैछैन ।।७।।
चूतप्रवालबर्हस्तबकोत्पलाब्ज–
मालानुपृक्तपरिधानविचित्रवेषौ ।
मध्ये विरेजतुरलं पशुपालगोष्ठ्यां
रङ्गे यथा नटवरौ क्व च गायमानौ ॥८॥
हे साथी ! जब वहाँहरुले शिरमा नयाँ आँप पालुवा, मयुरको प्वाख, फूलका गुच्छा, रंगीन कमलको फूलको माला साथै शरीरमा पहेँलो वस्त्र धारण गरी विचित्ररुपमा सजिनु भएर गाउँन लाग्दा रंगमंचका नट जस्तै देखिनुहुन्छ।।८।।
गोप्यः किमाचरदयं कुशलं स्म वेणु–
र्दामोदराधरसुधामपि गोपिकानाम् ।
भुङ्क्ते स्वयं यदवशिष्टरसं हृदिन्यो
हृष्यत्त्वचोऽश्रु मुमुचुस्तरवो यथाऽऽर्याः ॥९॥
हे गोपीनीहरु ! यस बाँसुरीले पुर्वजन्ममा कुन त्यस्तो पुण्यकर्म गरेको रहेछ जसका कारण आज गोपीहरुका लागि पनि दुर्लभ भएको दामोदरको अधरामृतलाई अलि अलि मात्र छोडि अरु सबै आफैं एक्लै पान गरिरहेको छ । जसरी आफ्नो वंशमा भगवान्को कृपा प्राप्त सन्तानलाई देखेर कुलबृध्दहरु खुसीहुन्छन् । त्यसै गरी आफ्ना जलबाट सिंचित भएको बाँसबाट बनेको यस बाँसुरीको भाग्यलाई देखेर नदीले आफ्नो वंशले प्राप्त गरेको सौभाग्यलाई देखेर रोमाञ्चित भएका छन् । यस्तो आनन्द देखेर वृक्षहरुले पनि आँखाबाट हर्षका आासु बगाइरहेका छन् ।।९।।
वृन्दावनं सखि भुवो वितनोति कीर्तिं
यद् देवकीसुतपदाम्बुजलब्धलक्ष्मि ।
गोविन्दवेणुमनु मत्तमयूरनृत्यं
प्रेक्ष्याद्रिसान्ववरतान्यसमस्तसत्त्वम् ॥१०॥
हे साथी ! यो वृन्दावनले लोकलोकसम्म पृथ्वीको कीर्ति फैलाइरहेको छ । किनकी यो वन देवकीपुत्र श्रीकृष्णको चरणकमलका चिन्हले शोभित भएको छ । हे सखी जब भगवान् श्रीकृष्णले यस वृन्दावनमा बाँसुरी बजाउँनुहुन्छ तब त्यसको धुन सुनेर बादलको गर्जन सम्झेर मयुरहरु नाच्न थाल्दछन त्यो देखेर पहाडका चुचुरोमा घुम्ने सबै पशुपक्षी शान्त भएर रहन्छन् ।।१०।।
धन्याः स्म मूढमतयोऽपि हरिण्य एता
या नन्दनन्दनमुपात्त विचित्रवेशम् ।
आकर्ण्य वेणुरणितं सहकृष्णसाराः
पूजां दधुर्विरचितां प्रणयावलोकैः ॥११॥
हेर साथी ! जब प्रणवल्लभ श्रीकृष्णले अनौठो रूप धारण गरी बाँसुरी बजाउँछन्, तब यी अज्ञानी मृगहरू पनि वंशीको धुन सुनेर आफ्ना पति कृष्णासार साथमा श्रीकृष्ण नजिक आएर प्रेमले भरिएको ठुलो आँखाले हेरेर श्रीकृष्णको सम्मान गर्छन् । तर हामी यही वृन्दावनका गोपीनी भएर पनि हामीले त्यस्तो मौका पाएका छैनौं ।।११।।
कृष्णं निरीक्ष्य वनितोत्सवरूपशीलं
श्रुत्वा च तत्क्वणितवेणुविविक्तगीतम् ।
देव्यो विमानगतयः स्मरनुन्नसारा
भ्रश्यत्प्रसूनकबरा मुमुहुर्विनीव्यः ॥१२॥
हे साखी ! मृगको कुरा त के भयो र जब स्वर्गका देवीहरूले सुन्दरता र विनम्रताका खानी केटीहरूलाई प्रसन्न पार्ने श्रीकृष्णलाई देख्छन्, र वहाँले बजाएको बाँसुरीको मीठो संगीत सुनेर, विमानमा उडीरहेका देवीहरु भगवान् प्रतिको प्रेमको कारण आफ्नो धैर्य गुमाउँछन, त्यतिबेला बेहोश भएर उनीहरुलाई आफ्नो चुल्ठोका घुसारेको फूल भुईमा खसेको पनि पत्ता हुँदैन । जहाँ सम्म उनीहरुलाई आफुले लगाएको साडीको गाँठो फुस्कदा पनि पत्ता पाउँदैनन् ।।१२।।
गावश्च कृष्णमुखनिर्गतवेणुगीत–
पीयूषमुत्तभितकर्णपुटैः पिबन्त्यः ।
शावाः स्नुतस्तनपयःकवलाः स्म तस्थु–
र्गोविन्दमात्मनि दृशाश्रुकलाः स्पृशन्त्यः ॥१३॥
हे सखी ! तिमीहरु देवीको के कुरा गरिरहेका छौं गाईहरुलाई देख्दैनौ ? जब हाम्रा प्रिय कृष्णले आफ्नो मुखबाट बाँसुरी बजाउँनुहुन्छ, गाईहरूले उभिएर दुवै कानले उहाँको मीठो संगीत सुन्छन् र अमृत पिएझैं, संगीतको आनन्द लिन थाल्छन् । तिनीहरूको बाछोको अवस्था अद्वितीय हुन्छ । गाईको थुनबाट आफैं दूध बगिरहँदा पनि वंशीको आवाज सुनेपछि मुखमा लिएको दूध पनि ननिलिकन उभिएर स्थिर हुन्छन् ।।१३।।
प्रायो बताम्ब विहगा मुनयो वनेऽस्मिन्
कृष्णेक्षितं तदुदितं कलवेणुगीतम् ।
आरुह्य ये द्रुमभुजान् रुचिरप्रवालान्
शृण्वत्यमीलितदृशो विगतान्यवाचः ॥१४॥
हे साथीहरु ! यहाँका पंक्षीहरुलाई हेर त ! उनीहरुलाई चरा भन्नु गल्ती हुन्छ ! साँच्चै भन्नुपर्दा, तिनीहरूमध्ये अधिकांश महान् ऋषिहरू जस्ता देखिन्छन् । वृन्दावनका सुन्दर रुखका हाँगाहरूमा नयाँ र सुन्दर गुँडमा तिनीहरू चुपचाप बस्छन् र आँखा बन्द नगरिकन श्रीकृष्णको मधुर अनुहारलाई हेर्छन् र उहाँका बाँसुरीको मधुर संगीत मात्र सुनिरहन्छन् ।।१४।।
नद्यस्तदा तदुपधार्य मुकुन्दगीत–
मावर्तलक्षित मनोभवभग्नवेगाः ।
आलिङ्गनस्थगितमूर्मिभुजैर्मुरारे–
र्गृह्णन्ति पादयुगलं कमलोपहाराः ॥१५॥
हे साथी ! किन देवता, गाई र पंक्षीको कुरा गर्छौ ? यी वृन्दावनमा बग्ने जड नदीहरु त्यो बाँसुरीको धुनलाई सुनेर छालरुपी आफ्ना हातले भगवान्का चरणकमललाई श्पर्श गर्दै कमलका फूलहरु चढाई रहेकाहुन्छन् ।।१५।।
दृष्ट्वा ऽऽतपे व्रजपशून् सह रामगोपैः
सञ्चारयन्तमनु वेणुमुदीरयन्तम् ।
प्रेमप्रवृद्ध उदितः कुसुमावलीभिः
सख्युर्व्यधात् स्ववपुषाम्बुद आतपत्रम् ॥१६॥
हे साथी ! यी बादलहरूलाई पनि हेर ! जब उनीहरुले बलरामजी घाममा गाईहरू चराइरहेको र बाँसुरी बजाइरहेको श्यामवर्णका श्रीकृष्णलाई देख्दछन् तब तिनीहरूको हृदयमा प्रेम उर्लिएर आउँछ । प्रेमले गदगद भएर तुसारो रुपी फूल चढाउँछन् र आफ्नो शरीर रुप वादलको छाता ओढाउँछन् ।।१६।।
पूर्णाः पुलिन्द्य उरुगायपदाब्जराग–
श्रीकुङ्कुमेन दयितास्तनमण्डितेन ।
तद्दर्शनस्मररुजस्तृणरूषितेन
लिम्पन्त्य आननकुचेषु जहुस्तदाधिम् ॥१७॥
यो पनि सुन हामीले वृन्दावनी र यी भिल्लनीहरूलाई धन्य र कृतकृत्त्य मान्नुपर्छ । किनकि वृन्दावनका गोपीनीहरुले आफ्नो स्तनमा लगाएको कुमकुम आदि चन्दनहरु कृडाका समयमा भगवान्को चरणमा परेको थियो, पछि त्यही झारपातमा परेको थियो । त्यसलाई उठाएर भिल्लपत्नीहरुले आफ्नो अनुहारमा स्तनमा लगाएर आफुलाई धन्य सम्झे ।।१७।।
हन्तायमद्रिरबला हरिदासवर्यो
यद् रामकृष्णचरणस्पर्शप्रमोदः ।
मानं तनोति सहगोगणयोस्तयोर्यत्
पानीयसूयवसकन्दरकन्दमूलैः ॥१८॥
हे गोपीहरु ! यी गोवर्धन पर्वत भगवानका भक्तहरूमा श्रेष्ठ छन् । यिनको भाग्य पनि धन्य छ । भगवान् श्रीकृष्ण र बलरामको चरणकमलको स्पर्शलाई पाएर उनी धेरै खुसी छन् । उन गिरिराज गोबर्धनले त गाई र ग्वालवाला सहित बलराम श्रीकृष्णलाई नुहाउन र पीउनका जल दिन्छन् गाईहरूको हरियो घाँस प्रदान गर्दछ । यसले आरामको लागि कंदरा र खानको लागि कन्दमुल दिन्छन् ।।१८।।
गा गोपकैरनुवनं नयतोरुदार–
वेणुस्वनैः कलपदैस्तनुभृत्सु सख्यः ।
अस्पन्दनं गतिमतां पुलकस्तरुणां
निर्योगपाशकृतलक्षणयोर्विचित्रम् ॥१९॥
हे साथी ! जब तिनीहरूले आफ्नो टाउकोमा निहिन र दाम्लो (गाईको खुट्टा बाँध्ने डोरी) र (भागेर जाने गाईहरूलाई समात्ने डोरी) काँधमा राखेर शोभित भई गाईहरूलाई एक जंगलबाट अर्को जंगलमा लैजान्छन्, ग्वालवाल पनि साथैमा हुन्छन् साथमा बाँसुरीको धुन बजाएर सुमधुर सङ्गीत गाउँछन्, त्यतिखेर मानिसलाई को त के कुरा अन्य शारीर धारी प्राणीहरूमध्ये पनि पशु, पंक्षी, निर्जीव नदी आदि स्थिर हुन्छन्, अचल रुखहरू पनि प्रेमले रोमाञ्चित हुन्छन् । यस्तो जादु वंशीको बारेमा मैले अरू के आश्चर्य के सुनाउँ ? ।।१९।।
(अनुष्टुप्)
एवंविधा भगवतो या वृन्दावनचारिणः ।
वर्णयन्त्यो मिथो गोप्यः क्रीडास्तन्मयतां ययुः ॥२०॥
परीक्षित । वृन्दावन विहारी श्री कृष्णको एक मात्र होइन धेरै यस्ता मनोरञ्जनहरू छन् । गोपीहरूले दिनहुँ आफैंले उसको वर्णन गर्थे र त्यसमा मग्न हुन्थे। भगवान्का लीलाहरु वर्णन गरेर उनीहरु भगवान्कै स्वरुप प्राप्त गरे ।।२०।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां
संहितायां दशमस्कन्धे पूर्वार्धे एकविंशोऽध्यायः ॥२१॥