श्रीमद्भागवत महापुराण
अष्टमः स्कन्धः - द्वादशोऽध्यायः
श्रीबादरायणिरुवाच -
(अनुष्टुप्)
वृषध्वजो निशम्येदं योषिद् रूपेण दानवान् ।
मोहयित्वा सुरगणान् हरिः सोममपाययत् ॥ १ ॥
वृषमारुह्य गिरिशः सर्वभूतगणैर्वृतः ।
सह देव्या ययौ द्रष्टुं यत्रास्ते मधुसूदनः ॥ २ ॥
शुकदेवजी भन्नुहुन्छ–
परीक्षित ! जब भगवान् श्रीहरिले स्त्रीको रुप धारण गरेर असुरहरुलाई मोहित गराएर देवताहरुलाई अमृत पिलाउनु भयो भन्ने कुरा महाददेवले सुन्नु भयो । त्यसपछि वहाँ सतिदेवी सहित भूतगणहरुलाई साथै लिएर वृषमा चढेर भगवान मधुसुदन निवास गर्नु भएको ठाँउमा आउनु भयो ।।१।२।।
सभाजितो भगवता सादरं सोमया भवः ।
सूपविष्ट उवाचेदं प्रतिपूज्य स्मयन्हरिम् ॥ ३ ॥
भगवान् श्रीहरिले पनि आदर सम्मान पूर्वक गौरी शंकर भगवान्को स्वागत गर्नुभयो । शंकर भगवान पनि खुसीले मुस्कारउदै भगवान्को सम्मान गरेर भन्नु भयो ।।३।।
श्रीमहादेव उवाच -
देवदेव जगद्व्यापिन् जगदीश जगन्मय ।
सर्वेषामपि भावानां त्वमात्मा हेतुरीश्वरः ॥ ४ ॥
महादेवले भन्नुभयो–
समस्त देवका आराध्यदेव ! तपाई विश्वब्यापि जगदिश्वर एवं जगतस्वरुप हुनुहुन्छ । समस्त चराचर पदार्थंको मूल कारण ईश्वर र आत्मा पनि तपाई नै हुनुहुन्छ ।।४।।
आद्यन्तौ अस्य यन्मध्यं इदं अन्यदहं बहिः ।
यतोऽव्ययस्य नैतानि तत्सत्यं ब्रह्म चिद्भहवान् ॥ ५ ॥
यस जगतको आदि, मध्य र अन्त पनि तपाई नै हुनुहुन्छ । तपाईको अविनाशी स्वरुपमा द्रष्टा, दृश्य, भोग्य र भोक्ताको भेदभाव छैन । वास्तवमा तपाई सत्य चिन्मात्र ब्रह्म नै हो ।।५।।
तवैव चरणाम्भोजं श्रेयस्कामा निराशिषः ।
विसृज्योभयतः संगं मुनयः समुपासते ॥ ६ ॥
यसलोक र परलोक दुवैको आशक्ति एवं समस्त कामनालाई छाडेर कल्याणको कामना गर्ने महात्माहरु पनि तपाईकै चरणकमलको उपासना गर्दछन ।।६।।
त्वं ब्रह्म पूर्णममृतं विगुणं विशोकं
आनन्दमात्रमविकारमनन्यदन्यत् ।
विश्वस्य हेतुरुदयस्थितिसंयमानां
आत्मेश्वरश्च तदपेक्षतयानपेक्षः ॥ ७ ॥
तपाई अमृतस्वरुप, समस्त प्राकृत गुणले रहित, शोकको छायाबाट पनि पर स्वयं परिपूर्ण ब्रह्म हुनुहुन्छ । तपाई केवल आनन्दस्वरुप हुनुहुन्छ, तपाई निर्विकार हुनुहुन्छ । तपाईबाट भिन्न कोहि पनि छैन । तर तपाई सबैबाट भिन्न हुनुहुन्छ । तपाई विश्वको उत्पत्ति, स्थति र प्रलयको परम कारण हुनुहुन्छ । तपाई समस्त जीवलाई उसको शुभाशुभ कर्मको फल दिने स्वामी हुनुहुन्छ ।।७।।
एकस्त्वमेव सदसद् द्वयमद्वयं च
स्वर्णं कृताकृतमिवेह न वस्तुभेदः ।
अज्ञानतस्त्वयि जनैर्विहितो विकल्पो ।
यस्माद् गुणव्यतिकरो निरुपाधिकस्य ॥ ८ ॥
स्वामी ! जसरी आभुषणको रुपमा रहेको सुन र मूल सुनको रुपमा कुनै फरक हुदैन त्यसरी नै कार्य र कारण, द्वैत र अद्वैत जे जति छन त्यो सबै एकमात्र तपाई नै हो । मानिसहरुलाई तपाईको स्वरुप थाहा नहुनाले अनेक प्रकारको भेदभाव र विकल्पको कल्पना गर्दछन् यसो हुनुमा तपाईमा कुनै प्रकारको उपाधि नहुदा पनि गुणको संगको सम्बन्धका कारण भेदको भान हुन्छ ।।८।।
त्वां ब्रह्म केचिदवयन्त्युत धर्ममेके
एके परं सदसतोः पुरुषं परेशम् ।
अन्येऽवयन्ति नवशक्तियुतं परं त्वां
केचिन्महापुरुषमव्ययमात्मतन्त्रम् ॥ ९ ॥
प्रभो ! कसैले तपाई ब्रह्म भन्दछन । भने कसैले तपाईलाईं धर्म भन्दछन । कोहीले तपाईलाई प्रकृति र पुरुष देखि परका परमेश्वर मान्दछन भने कोहि विमला, उत्कर्षणी ज्ञान, कृया, योग, प्रह्वी, सत्या, इशाना र अनुग्रहा यी नौ शक्तिले युक्त परम पुरुष तथा कोहीले सबै बन्धनबाट परका पूर्वका पनि पूर्र्वज, अविनाशी पुरुषको रुपमा वर्णन गर्दछन ।।९।।
नाहं परायुरृषयो न मरीचिमुख्या
जानन्ति यद्विरचितं खलु सत्त्वसर्गाः ।
यन्मायया मुषितचेतस ईश दैत्य
मर्त्यादयः किमुत शश्वदभद्रवृत्ताः ॥ १० ॥
प्रभो ! सत्वगुणको सृष्टिको अन्तर्गतका म, ब्रह्मा र मरिचि आदि ऋषिहरु पनि तपाईले बनाएको सृष्टिको पनि रहस्य जान्दैनौं भने तपाईलाई ता कसरी जान्ने ? तपाईलाई जान्न हामी ता असमर्थ छौं भने, मायाले आफ्नो वशमा परेका र सधैं रजोगुणी र तमोगुणी कर्ममा मात्र लागेका ती असुर र मनुष्यले झन् कसरी बुझ्नु ?।।११।।
स त्वं समीहितमदः स्थितिजन्मनाशं
भूतेहितं च जगतो भवबन्धमोक्षौ ।
वायुर्यथा विशति खं च चराचराख्यं
सर्वं तदात्मकतयावगमोऽवरुन्त्से ॥ ११ ॥
हे प्रभो ! तपाई सबैका आत्मा र ज्ञानस्वरुप हुनुमुन्छ त्यसैले तपाई आकाशमा वायु व्याप्त भए झैं तपाई यो संपूर्ण जगतमा आत्मस्वरुपले विद्यमान रहुनुहुन्छ र जेष्टा, स्थिति, जन्म, नाश, प्राणीहरुको कर्म र संसारको बन्धन मोक्ष आदि सबैका बारेमा जान्नुहुन्छ ।।११।।
(अनुष्टुप्)
अवतारा मया दृष्टा रममाणस्य ते गुणैः ।
सोऽहं तद् द्रष्टुमिच्छामि यत्ते योषिद् वपुर्धृतम् ॥ १२ ॥
प्रभो ! तपाई जब गुणलाई स्वीकार गरेर लीला गर्नको लागि जुन अवतार ग्रहण गर्नु हुन्छ, ति अवतारहरुको मैले दर्शन पाईरहेको छु । अब म तपाईले ग्रहण गर्नु भएको स्त्रीरुपको मोहिनी अवतारको दर्शन गर्न चाहान्छु ।।१२।।
येन सम्मोहिता दैत्याः पायिताश्चामृतं सुराः ।
तद् दिदृक्षव आयाताः परं कौतूहलं हि नः ॥ १३ ॥
स्वामी ! त्यस अवतारमा तपाईले दैत्यलाई मोहित बनाएर देवताहरुलाई अमृत पिलाउनु भयो । हामीलाई त्यो अवतार हेर्ने इच्छा जागेकाले सबै यहाँ आएको छौं ।।१३।।
श्रीशुक उवाच -
एवं अभ्यर्थितो विष्णुः भगवान् शूलपाणिना ।
प्रहस्य भावगम्भीरं गिरिशं प्रत्यभाषत ॥ १४ ॥
शुकदेवजी भन्नुहुन्छ–
जब भगवान् शंकरले विष्णु भगवान् संग यस्तो प्रार्थन गर्नुभयो तब वहाँले हासेर गंभिर भावले हाँसेर शंकरलाई भन्नु भयो ।।१४।।
श्रीभगवानुवाच -
कौतूहलाय दैत्यानां योषिद्वेषो मया कृतः ।
पश्यता सुरकार्याणि गते पीयूषभाजने ॥ १५ ॥
भगवान् विष्णुले भन्नुभयो–
शंकरजी ! त्यस समय अमृतको कलश दैत्यको हातमा पुगेकोले देवताहरुको काम सिद्ध गर्नाका लागि र दैत्यहरुको मनमा कौतुहल गराउन मैले त्यो स्त्रीरुप धारण गरेको थिएं ॥ १५ ॥
तत्तेऽहं दर्शयिष्यामि दिदृक्षोः सुरसत्तम ।
कामिनां बहु मन्तव्यं संकल्पप्रभवोदयम् ॥ १६ ॥
देवशिरोमणे तपाई त्यसलाइै हेर्न चाहानुहुन्छ भने म त्यो रुप देखाउँदछु । त्यो रुप त कामी पुरुषका लागि मात्रै आदरणीय छ । किनकि त्यसले कामाभावलाई उत्तेजित गर्दछ ।।१६।।
श्रीशुक उवाच -
इति ब्रुवाणो भगवान् तत्रैवान्तरधीयत ।
सर्वतश्चारयन् चक्षुः भव आस्ते सहोमया ॥ १७ ॥
शुकदेवजी भन्नुहुन्छ–
यसो भन्दा भन्दै विष्णु भगवान त्यहाँबाट अन्तर्धान हुनुभयो यता सतीदेवीका साथ रहनुभएका शंकर आफ्नो दृष्टि चारैतिर फैलाउन लाग्नुभयो ।।१७।।
ततो ददर्शोपवने वरस्त्रियं
विचित्रपुष्पारुणपल्लवद्रुमे ।
विक्रीडतीं कन्दुकलीलया लसद्
दुकूलपर्यस्तनितम्बमेखलाम् ॥ १८ ॥
त्यतिकैमा वहाँले आफ्नो अगाडि एउटा धेरै राम्रो उपवन देख्नु भयो । त्यमा अनेक प्रकारका रुखहरु थिए । त्यस्तै अनेक किसिमका फूलहरु र राता राता कोपिला भएका रुख भएको उपवन थियो । त्यतिकैमा वहाँले त्यस उपवनमा एउटी सुन्दरी स्त्रीलाई देख्नु भयो । जसले पहेलो सारी लगाएकी, कम्मरमा कर्धनी लगाएकी थिइन, उनी हातमा भकुण्डो खेलिरहेकी अवस्थामा थिइन । ।१८।।
आवर्तनोद्वर्तनकम्पितस्तन
प्रकृष्टहारोरुभरैः पदे पदे ।
प्रभज्यमानामिव मध्यतश्चलउ
पदप्रवालं नयतीं ततस्ततः ॥ १९ ॥
भकुण्डोलाई समतेर उफार्दा दौडने क्रममा उनको स्तन र त्यहाँ लगाएको हार हल्लन्थ्यो ।यसरी पाइला चाल्दा उनको कम्मर लच्किन्थ्यो । उनी आफ्नो राता राता मुगा समानको सुकुमार पाईला टुमुक टुमुक गरि चलाएर हिड्दथिन ।।१९।।
दिक्षु भ्रमत्कन्दुकचापलैर्भृशं
प्रोद्विग्नतारायतलोललोचनाम् ।
स्वकर्णविभ्राजितकुण्डलोल्लसत्
कपोलनीलालकमण्डिताननाम् ॥ २० ॥
हातले उफारेको भकुण्डो जब अन्ततिर मोडिन्थ्यो तब त्यसलाई उफ्रेर समाउन खोज्दा उनका आँखा चञ्चल हुन्थ्यो । कानमा लगाएको सुनको कुण्डलको चमकलले उनको गाला अझ राम्रो देखिन्थ्यो । घुम्रिएको कालो कालो कपाल त्यहाँ लर्कि राखेको थियो । जसले गर्दा उनको मुख अझ शोभायमान देखिन्थ्यो ।।२०।।
श्लथद् दुकूलं कबरीं च विच्युतां
सन्नह्यतीं वामकरेण वल्गुना ।
विनिघ्नतीमन्यकरेण कन्दुकं
विमोहयन्तीं जगदात्ममायया ॥ २१ ॥
साडी सर्दा खेरी र कपालको चुल्ठो फुस्किन लाग्दा उनी आफ्नो अत्यन्त सुकुमार देव्रे हातले त्यसलाई सम्हाल्न लाग्दथिन । त्यस समय पनि उनी दाहिलने हातले भकुण्डो उठाएर सारा जगतलाई मायाले मोहित गर्दथिन ।।२१।।
तां वीक्ष्य देव इति कन्दुकलीलयेषद्
व्रीडास्फुटस्मितविसृष्टकटाक्षमुष्टः ।
स्त्रीप्रेक्षणप्रतिसमीक्षणविह्वलात्मा
नात्मानमन्तिक उमां स्वगणांश्च वेद ॥ २२ ॥
यसरी भकुण्डो खेल्दा खेल्दै उनी केहि लजाए जस्तो गरि मुस्कुराउदै शंकरजी तिर हेर्दथिन । बस, यस्तो हेराईले शंकरको मन आफ्ने ठाउँमा रहेन । उनी मोहिनीको रुपले यति विह्वल भएकि उनले आफु र आफुसंगै रहेकी सतिदेवीको पनि हेक्का भएन भने भूतगणलाई त कसरी सम्झुन ।।२२।।
तस्याः कराग्रात्स तु कन्दुको यदा
गतो विदूरं तमनुव्रजत्स्त्रियाः ।
वासः ससूत्रं लघु मारुतोऽहरद्
भवस्य देवस्य किलानुपश्यतः ॥ २३ ॥
एक पटक मोहिनीको हातबाट खसेर भकुण्डो केहि पर पुग्यो त्यसलाई समाउन पछि पछि दौडिन । त्यसै समय शंकरजीले हेर्दा हेर्द वायुले उनको पातलो साडी, करधनीको साथै उडायो ।।२३।।
(अनुष्टुप्)
एवं तां रुचिरापाङ्गीं दर्शनीयां मनोरमाम् ।
दृष्ट्वा तस्यां मनश्चक्रे विषज्जन्त्यां भवः किल ॥ २४ ॥
मोहिनीका प्रत्तेक अंगले मनलाई नै लठ्ड पार्ने थियो । जहाँ आँखा लाग्दथ्यो मन त्यतै तिर दौडन्थ्यो । यसरी भगवान् शंकर मोहिनीको रुपमा फस्नुभयो ।।२४।।
तयापहृतविज्ञानः तत्कृतस्मरविह्वलः ।
भवान्या अपि पश्यन्त्या गतह्रीस्तत्पदं ययौ ॥ २५ ॥
शंकरजीको विवेक हराईसकेको थियो । उनको हावभावले हावभावले गर्दा उनी सतिदेवीकै अगाडि सबै लज्जालाई छोडेर मोहिनी भए तिर दौडिनलागे ।।२५।।
सा तं आयान्तमालोक्य विवस्त्रा व्रीडिता भृशम् ।
निलीयमाना वृक्षेषु हसन्ती नान्वतिष्ठत ॥ २६ ॥
मोहिनी को वस्त्र हावाले पहिल्यै उडाएकोले वस्त्रहीन अवस्थामा थिइन । शंकरी आफुतिर आउन लागेको देखेर धेरै लजाउदै उनी एक रुखबाट अर्को रुखमा गएर लुक्दथिन र कुनै समय हाँस्दै उभिन्थिन ।।२६।।
तां अन्वगच्छद् भगवान् भवः प्रमुषितेन्द्रियः ।
कामस्य च वशं नीतः करेणुमिव यूथपः ॥ २७ ॥
शंकरको इन्द्रिय आफ्नो वशमा रहेनन । उनी कामावश भएका थिए, त्यसैले हात्तिनीको पछाडि हात्ति दौडे झैं उनको पछाडि पछाडि दौडन लागे ।।२७।।
सोऽनुव्रज्यातिवेगेन गृहीत्वानिच्छतीं स्त्रियम् ।
केशबन्ध उपानीय बाहुभ्यां परिषस्वजे ॥ २८ ॥
उनले अत्यन्त वेगले दौगुरेर गरेर उनले नचहादा पनि दुवै हात पक्रेर आफ्नो अंगालो हाले ।।२८।।
सोपगूढा भगवता करिणा करिणी यथा ।
इतस्ततः प्रसर्पन्ती विप्रकीर्णशिरोरुहा ॥ २९ ॥
जसरी हात्तीले हत्तिनीलाई अंगाले हाल्दछ गर्दछ त्यसरी नै भगवान् शंकरले उनलाई अंगाले हाले । मोहिनीले यता उता गरेर आफु छुट्टिनका लागि कोशिस गरीन् । यसो गर्दा गर्दै उनको कपाल फुस्कियो ।।२९।।
आत्मानं मोचयित्वाङ्ग सुरर्षभभुजान्तरात् ।
प्राद्रवत्सा पृथुश्रोणी माया देवविनिर्मिता ॥ ३० ॥
वास्तवमा ती सुन्दरी भगवान्ले रच्नुभएको माया थिइन । यसैले उनले शंकरको बाहुपाश बाट आफुलाइ छुटाइन र वेगले दौडिन।।३०।।
तस्यासौ पदवीं रुद्रो विष्णोरद्भुवतकर्मणः ।
प्रत्यपद्यत कामेन वैरिणेव विनिर्जितः ॥ ३१ ॥
अद्भुत कर्म गर्ने मोहिनी रुप धारी भगवान् विष्णुको पछि पछि महादेव पनि दौडिन लागे । उनी पैलाको वैरले गर्दा कामदेवले वशमा पारेको जस्ता भए ।।३१।।
तस्यानुधावतो रेतः चस्कन्दामोघरेतसः ।
शुष्मिणो यूथपस्येव वासितामनुधावतः ॥ ३२ ॥
महादेव मदोन्मत्त भएर हाथिनीको पछाडि हात्ती दौडिएझै पछाडि पछाडि दौडिरहनु भएको थियो । यद्यपि भगवान् शंकरको वीर्य अमोघ भए तापनि मोहिनीको मायाले स्खलित हुनगयो ।।३२।।
यत्र यत्रापतन् मह्यां रेतस्तस्य महात्मनः ।
तानि रूप्यस्य हेम्नश्च क्षेत्राण्यासन् महीपते ॥ ३३ ॥
भगवान् शंकरको वीर्य पृथ्वीमा जहाँ जहाँ खस्यो त्यहाँ त्यहाँ सुन चाँदिको खानी बन्यो ।।३३।।
सरित्सरःसु शैलेषु वनेषु उपवनेषु च ।
यत्र क्व चासन् ऋषयः तत्र सन्निहितो हरः ॥ ३४ ॥
परीक्षित ! नदी, सरोवर, पर्वत, वन र उपवन एवं जहाँ जहाँ ऋषिमुनि निवास गर्दथे, त्यहाँ त्यहाँ मोहिनीको पछि पछि भगवान् शंकर जानु भएको थियो ।।३४।।
स्कन्ने रेतसि सोऽपश्यत् आत्मानं देवमायया ।
जडीकृतं नृपश्रेष्ठ सन्न्यवर्तत कश्मलात् ॥ ३५ ॥
परीक्षित ! वीर्यपात भएपछि भने भगवान्को मायाले आफुलाई छक्याएको भन्ने, आफ्नो पूर्व स्थितिको सम्झना भयो त्यसपछि वहाँ विषयाशक्तिबाट अलग हुनुभयो ।।३५।।
अथ अवगतमाहात्म्य आत्मनो जगदात्मनः ।
अपरिज्ञेयवीर्यस्य न मेने तदु हाद्भुलतम् ॥ ३६ ॥
यो सबै आत्मस्वरुप परमात्माको यो माया हो भन्ने बुझेर वहाँमा कुनै आश्चर्य भएन । भगवान्को शक्तिबाट कसैले पनि पार पाउँन सक्तैन भन्नेकुरा पनि वहाँ जान्न्ुहुन्थ्यो ।।३६।।
तमविक्लवमव्रीडं आलक्ष्य मधुसूदनः ।
उवाच परमप्रीतो बिभ्रत् स्वां पौरुषीं तनुम् ॥ ३७ ॥
शंकर भगवान्लाई यसबाट विषाद वा लज्जा भएका भएको छैन भन्नेकुरा बुझेर भगवान्ले आफ्नो स्वरुप धारण गरेर फेरी प्रकट हुनुभयो र प्रसन्न हुदै भन्नुभयो ।।३७।।
श्रीभगवानुवाच -
दिष्ट्या त्वं विबुधश्रेष्ठ स्वां निष्ठां आत्मना स्थितः ।
यन्मे स्त्रीरूपया स्वैरं मोहितोऽप्यङ्ग मायया ॥ ३८ ॥
भगवान्ले भन्नुभयो–
देव श्रेष्ठ ! मेरी स्त्रीरुपिणी मायाले मोहित भएर पनि तपाई आफ्नो निष्ठामा स्थित हुनुभयो । यो धेरै आनन्दको कुरा हो ।।२८।।
को नु मेऽतितरेन्मायां विषक्तस्त्वदृते पुमान् ।
तान् तान् विसृजतीं भावान् दुस्तरामकृतात्मभिः ॥ ३९ ॥
मेरो माया अपार छ । एक पटक यस माया फसेपछि तपाई बाहेक कुनै अजितेन्द्रिय पुरुष कुनै प्रकारले पनि त्यसबाट छुटकारा पाउन सक्तैन ।।३९।।
सेयं गुणमयी माया न त्वां अभिभविष्यति ।
मया समेता कालेन कालरूपेण भागशः ॥ ४० ॥
मेरो यो गुणमयी मायाले ठुलाठुलालाई पनि मोहित गर्दछिन तापनि उनले तपाईलाई फेरी कहिल्यै मोहित गर्दिनन । किनकि सृष्टि आदिको समयमा उसलाई क्षोभित गर्ने काल मै हुं । यसैले मेरो इच्छा विपरीत उनी रजो गुण आदिको सृष्टि गर्न सक्तिनन ।।४०।।
श्रीशुक उवाच -
एवं भगवता राजन् श्रीवत्सांकेन सत्कृतः ।
आमंत्र्य तं परिक्रम्य सगणः स्वालयं ययौ ॥ ४१ ॥
परीक्षित ! यस प्रकार भगवान् विष्णुले भगवान् शंकरको सत्कार गर्नु भयो । तब शंकरजी पनि वहाँलाई परिक्रमा गरेर बिदाभै सतिदेवी सहित आफ्ना गणका साथ कैलाशमा जानु भयो ।।४१।।
आत्मांशभूतां तां मायां भवानीं भगवान् भवः ।
शंसतां ऋषिमुख्यानां प्रीत्याचष्टाथ भारत ॥ ४२ ॥
भरतवंशशिरोमणे ! भगवान् शंकरले ठुला ठुला ऋषिहरुको सभामा आफ्नो सती देवीसंग आफ्नो विष्णुरुपकी विष्णुरुप बाट उत्पन्न भएको मोहिनीको यस प्रकार बडो प्रेमले वर्णन गर्दै सतिदेवीलाई भन्नुभयो ।।४२।।
अयि व्यपश्यस्त्वमजस्य मायां
परस्य पुंसः परदेवतायाः ।
अहं कलानां ऋषभो विमुह्ये
ययावशोऽन्ये किमुतास्वतंत्राः ॥ ४३ ॥
शुकदेवले भन्नुभयो–
हे देवी ! तिमीले परम पुरुष परमेश्वर भगवान् विष्णुको माया देख्यौ ? हेर म समस्त कलाकौशल, विद्या आदिका स्वामी र स्वतन्त्र हुँ, फेरी पनि विवश भएर यस मायाले मोहित भएं भने । जीव त परतन्त्र जीवको बारेमा त के नै भन्नु छ र ? ।।४३।।
यं मां अपृच्छस्त्वमुपेत्य योगात्
समासहस्रान्त उपारतं वै ।
स एष साक्षात्पुरुषः पुराणो
न यत्र कालो विशते न वेदः ॥ ४४ ॥
जब म एक हजार वर्षको समाधिमा रहेको समयमा तब तिमीले तपाई कसको उपासना गर्दै हुनुुहुन्छ सोध्दथ्यौ, त्यो वहाँ नै साक्षात सनातन पुरुष हुनुहुन्छ । वहाँको वास्तविक स्वरुप अनन्त र अवर्चनीय छ न त कालनै वहाँलाई आफ्नो सीमामा बाँधन सक्दछ, न वेदले नै यिनको वर्णन गर्न सक्दछ । ।।४४।।
श्रीशुक उवाच -
इति तेऽभिहितस्तात विक्रमः शारंगधन्वनः ।
सिन्धोर्निर्मथने येन धृतः पृष्ठे महाचलः ॥ ४५ ॥
सुकदेवजी भन्नुहुन्छ–
प्रिय परीक्षित ! मैले समुद्रमन्थनको समय आफ्नो पीठमा मन्दराचल धारण गरेका भगवान्को वर्णन सहति सम्पूर्ण लीलाहरु तपाईलाई सुनाएं ।।४५।।
एतन्मुहुः कीर्तयतोऽनुश्रृण्वतो
न रिष्यते जातु समुद्यमः क्वचित् ।
यदुत्तमश्लोकगुणानुवर्णनं
समस्तसंसारपरिश्रमापहम् ॥ ४६ ॥
जसले बारम्बार यस लीला कथाहरुको श्रवण गर्दछ । उसका कुनै उद्योग पनि निष्फल हुदैन । किनकि पवित्र कीर्ति भगवान्को गुण र लीलाको कीर्तनले संसारको समस्त क्लेश र परिश्रमलाई हटाइदिन्छ ।।४६।।
असद् अविषयमङ्घ्रिं भावगम्यं प्रपन्नान्
अमृतममरवर्यानाशयत् सिन्धुमथ्यम् ।
कपटयुवतिवेषो मोहयन् यः सुरारीन्
तमहमुपसृतानां कामपूरं नतोऽस्मि ॥ ४७ ॥
भक्तिभावले युक्त पुरुषले मात्र वहाँलाई प्राप्त गर्न सक्दछ । यसै कारण भगवान्ले स्त्रीको मायामय रुप धारण गरेर दैत्यलाई मोहित गराउनु भयो र आफ्नो चरणकमलको शरणगत देवताहरुलाई समुद्र मन्थनबाट निक्लिएको अमृत पिलाउनु भयो । जोसकैले पनि वहाँको चरणको शरण ग्रहण गर्यो भने भगवानले उसका समस्त कामनाहरु पूर्ण गर्नु हुन्छ । म पनि उनै परमात्मालाई नमस्कार गर्दछु ।।४७।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
अष्टमस्कन्धे शंकरमोहनं द्वादशोध्याऽयः ॥ १२ ॥