#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

तृतीय स्कंधः - पञ्चविंशोऽध्यायः


श्रीमद्भागवत महापुराण
तृतीय स्कंधः - पञ्चविंशोऽध्यायः




शौनक उवाच ।
(अनुष्टुप)
कपिलस्तत्त्वसङ्ख्याता भगवान् आत्ममायया ।
जातः स्वयमजः साक्षाद् आत्मप्रज्ञप्तये नृणाम् ॥ १ ॥

शौनकजीले सोधे—
सूतजी ! तत्वको संख्या बताउने भगवान् कपिल साक्षात आजन्मा नारायण भएर पनि लोकलाई आत्मज्ञान उपदेश गर्नाका लागि आफ्नो मायाले उत्पन्न हुनुभयो ।।१।।

न ह्यस्य वर्ष्मणः पुंसां वरिम्णः सर्वयोगिनाम् ।
विश्रुतौ श्रुतदेवस्य भूरि तृप्यन्ति मेऽसवः ॥ २ ॥

मैले भगवानको धेरै चरित्र सुनेको छु तापनि यी योगी प्रवर पुरुषश्रेष्ठ कपिलजीको कीर्ति सुनेर कहिल्यौ पनि इन्द्रिय तृप्त हुदैन ।।२।।

यद् यद् विधत्ते भगवान् स्वच्छन्दात्मात्ममायया ।
तानि मे श्रद्दधानस्य कीर्तन्यान्यनुकीर्तय ॥ ३ ॥

सर्बथा स्वतन्त्र श्रीहरि आफ्नो योगमायाद्वारा भक्तको इच्छा अनुसार शरीर धारण गरेर जुनजुन लीलाहरू गर्नुहुन्छ ती सबै सुनाउनु होस त्यो सुन्नमा मलाई धेरै इच्छा छ ।।३।।

सूत उवाच –
द्वैपायनसखस्त्वेवं मैत्रेयो भगवांस्तथा ।
प्राहेदं विदुरं प्रीत आन्वीक्षिक्यां प्रचोदितः ॥ ४ ॥

सूतजीले भने—
मुने ! हजूर कै जसरी जव विदुरले पनि यो आत्मज्ञान विषयको प्रश्न गरे त्यसपछि ब्यासजीका सखा मैत्रेयजी प्रशन्न भएर यस प्रकार भन्नलागे ।।४।।

मैत्रेय उवाच–
पितरि प्रस्थितेऽरण्यं मातुः प्रियचिकीर्षया ।
तस्मिन् बिन्दुसरेऽवात्सीत् भगवान् कपिलः किल ॥ ५ ॥

मैत्रेयजीले भने—
विदुरजी! पिताजी वनमा गएपछि भगवान् कपिलजी आमालाई खुसी तुल्याउने इच्छाले त्यहि विन्दुसरोवरमा रहनलागे ।।५।।

तमासीनमकर्माणं तत्त्वमार्गाग्रदर्शनम् ।
स्वसुतं देवहूत्याह धातुः संस्मरती वचः ॥ ६ ॥

एकदिन तत्व समुहका पारदर्शि भगवान् कपिल निश्चल भावले आशनमा बसेका बेला देवहुतिले ब्रह्माजीले भन्नुभएको कुरा संझेर भनिन ।।६।।

देवहूतिरुवाच ।
निर्विण्णा नितरां भूमन् असत् इन्द्रियतर्षणात् ।
येन सम्भाव्यमानेन प्रपन्नान्धं तमः प्रभो ॥ ७ ॥

देवहुतिले भनिन—
 हे मूमन् ! हे प्रभो! यी दुष्ट इन्द्रियहरूको विषय लालसाले म धेरै म हैरान भएकी छु र यीनको इच्छा पुर्ति गर्नमा लाग्नाले घोर अन्धकारमा परेकी छु ।।७।।

तस्य त्वं तमसोऽन्धस्य दुष्पारस्याद्य पारगम् ।
सच्चक्षुर्जन्मनामन्ते लब्धं मे त्वदनुग्रहात् ॥ ८ ॥

अव तपाईको कृपा बाटै यो दुस्तर अन्धकारबाट पार लगाउनका लागि सुन्दर नेत्ररूप तपाईप्राप्त हुनुभएको छ ।।८।।

य आद्यो भगवान् पुंसां ईश्वरो वै भवान्किल ।
लोकस्य तमसान्धस्य चक्षुः सूर्य इवोदितः ॥ ९ ॥

तपाई सम्पूर्ण जीवका स्वामी आदिपुरुष हुनुहुन्छ तथा अन्धकारबाट अन्धो भएका पुरुषलाइ नेत्र स्वरूप सूर्यको उदय भएको छ ।।९।।

अथ मे देव सम्मोहं अपाक्रष्टुं त्वमर्हसि ।
योऽवग्रहोऽहं मम इति इति एतस्मिन् योजितस्त्वया ॥ १० ॥

देव! यी देहगेह आदिमा जुन म र मेरो पनको दराग्रह हुन्छ त्यो पनि तपाईले नै गराउनु भएको हो । अतः तपाईले मेरो यो मायामोहलाई हटाइदिनुहोस ।।१०।।

 (इन्द्रवज्रा)
तं त्वा गताहं शरणं शरण्यं
         स्वभृत्यसंसारतरोः कुठारम् ।
जिज्ञासयाहं प्रकृतेः पूरुषस्य
         नमामि सद्धर्मविदां वरिष्ठम् ॥ ११ ॥

तपाई आफ्नो भक्तका संसाररूप वृक्षका लागि बन्चरो समान हुनुहुन्छ । म प्रकृति र पुरुषको  ज्ञान प्राप्त गर्ने इच्छाले तपाई भागवत् धर्म शरणगतवत्सलको शरणमा आएकी छु । तपाई भागवत् धर्म जान्नेमा श्रेष्ठ हुनुहुन्छ, म तपाईलाई प्रणाम गर्दछु ।।११।।

मैत्रेय उवाच–
इति स्वमातुर्निरवद्यमीप्सितं 
        निशम्य पुंसां अपवर्गवर्धनम् ।
धियाभिनन्द्यात्मवतां सतां गतिः 
        बभाष ईषत् स्मितशोभिताननः ॥ १२ ॥

मैत्रेयजीले भने—
यस प्रकार माता देवहुतिले आफ्नो जुन अभिलाष प्रकट गरिन् त्यो परम पवित्र र मानिसलाई मोक्षमार्गमा अनुराग उत्पन्न गराउने थियो । यसलाई सुनेर आत्मज्ञ शन्तपुरुषको गति श्री कपिलजीले उनको मनमनै प्रशंसा गर्नुभयो र फेरी मृदु मुस्कानले सुशोभित मुखारविन्दबाट यस प्रकार भन्नुलाग्नुभयो ।।१२।।

 श्रीभगवानुवाच –
(अनुष्टुप)
योग आध्यात्मिकः पुंसां मतो निःश्रेयसाय मे ।
अत्यन्तोपरतिर्यत्र दुःखस्य च सुखस्य च ॥ १३ ॥

भगवान् कपिलदेवजीले भन्नुभयो—
माता! मेरो यो निश्चय छ कि अध्यात्म योग नै मानिसको कल्याणको मुख्य साधन हो । जहाँ दुःख र सुखको सधै निवृत्ति हुन्छ ।।१३।।

तमिमं ते प्रवक्ष्यामि यं अवोचं पुरानघे ।
ऋषीणां श्रोतुकामानां योगं सर्वाङ्गनैपुणम् ॥ १४ ॥

हे अनघे! सबै अंगबाट पूर्ण भएको यो योगलाई मैले पहिले नारदादि ऋषिहरूले सुन्ने इच्छा गर्दाखेरी उनीहरुलाई बताएको थिए । त्यहि अहिले म तपाईलाई सुनाउदछु ।।१४।।

चेतः खल्वस्य बन्धाय मुक्तये चात्मनो मतम् ।
गुणेषु सक्तं बन्धाय रतं वा पुंसि मुक्तये ॥ १५ ॥

यस जीवनको मोक्ष र वन्धनको कारण मनलाई नै मानिएको छ । विषयमा आसक्त हुनाले त्यो वन्धनको कारण हुन्छ र परमात्मामा अनुरक्त मनमा त्यहि मोक्षको कारण बन्दछ ।।१५।।

अहं ममाभिमानोत्थैः कामलोभादिभिर्मलैः ।
वीतं यदा मनः शुद्धं अदुःखं असुखं समम् ॥ १६ ॥

जुन समयमा यो “मन” म र मेरोपनको कारण भएको काम, क्रोध आदि विकारबाट मुक्त एवं सुध्दहुन्छ त्यस समयमा त्यो सुख र दुःख छुटेर सम अवस्थामा आँउछ ।।१६।।

तदा पुरुष आत्मानं केवलं प्रकृतेः परम् ।
निरन्तरं स्वयंज्योतिः अणिमानं अखण्डितम् ॥ १७ ॥

जव जीव आफ्नो ज्ञान, वैराग्य र भक्तिले युक्त हृदयले आत्मालाई प्रकृति भन्दा पर एकमात्र (अद्वितीय) भेद रहित स्वयंप्रकाश, सूक्ष्म अखण्ड — ।।१७।।

ज्ञानवैराग्ययुक्तेन भक्तियुक्तेन चात्मना ।
परिपश्यति उदासीनं प्रकृतिं च हतौजसम् ॥ १८ ॥

उदासीन (सुखदुःख सुन्य) देख्दछ र प्रकृतिलाई शक्तिहीन अनुभव गर्दछ ।।१८।।

न युज्यमानया भक्त्या भगवति अखिलात्मनि ।
सदृशोऽस्ति शिवः पन्था योगिनां ब्रह्मसिद्धये ॥ १९ ॥

योगीहरूका लागि भगवत् प्राप्तिको निमित्त सर्बात्मा श्रीहरिको भक्ति समान अरु कुनै मंगलमय मार्ग छैन ।।१९।।

प्रसङ्गमजरं पाशं आत्मनः कवयो विदुः ।
स एव साधुषु कृतो मोक्षद्वारं अपावृतम् ॥ २० ॥

विद्वानहरू आत्मालाई फसाउने मूल कारण संग वा आशक्तिलाई नै मान्दछन तर त्यहि संग वा आशक्ति साधु पुरुष संग भयो भने त्यो मोक्षको खुलाद्वार बन्दछ ।।२०।।

तितिक्षवः कारुणिकाः सुहृदः सर्वदेहिनाम् ।
अजातशत्रवः शान्ताः साधवः साधुभूषणाः ॥ २१ ॥

जो मानिस सहनशील, दयालु, सबै देहधारीहरूको हित चिताउने कसैमा सत्रुभाव नराख्ने, शान्त सरल स्वभाव र सत्पुरुषको सम्मान गर्ने भएको हुन्छ, — ।।२१।।

मय्यनन्येन भावेन भक्तिं कुर्वन्ति ये दृढाम् ।
मत्कृते त्यक्तकर्माणः त्यक्तस्वजनबान्धवाः ॥ २२ ॥

जो दृढ निश्चय भएर मलाई अनन्यभावले प्रेम गर्दछ, मेरो लागि सम्पूर्ण कर्म तथा आफ्नो संग सम्बन्धिलाई पनि त्यागिदिन्छ— ।।२२।।

मदाश्रयाः कथा मृष्टाः शृण्वन्ति कथयन्ति च ।
तपन्ति विविधास्तापा नैतान् मद्गतचेतसः ॥ २३ ॥

र मेरो परायण भएर मेरो पवित्र कथाको श्रवण कीर्तन गर्दछ तथा म मा नै चित्त लगाई रहन्छ त्यो भक्तलाई संसारको विभिन्न किसिमको तापले कुनै कष्ट पु¥याउदैन ।।२३।।

ते एते साधवः साध्वि सर्वसङ्गविवर्जिताः ।
सङ्गस्तेष्वथ ते प्रार्थ्यः सङ्गदोषहरा हि ते ॥ २४ ॥

साध्वी! यस्ता संग, आशक्तिलाई त्याग गर्ने महापुरुष नै साधु हुन्छन, तपाईले त्यस्तैको संगत गर्नु पर्दछ किनकि त्यसले आशक्तिबाट उत्पन्न सबै दोशहरूलाई मेटाइदिन्छन ।।२४।।

(इन्द्रवज्रा)
सतां प्रसङ्गान् मम वीर्यसंविदो
        भवन्ति हृत्कर्णरसायनाः कथाः ।
तज्जोषणादाश्वपवर्गवर्त्मनि
        श्रद्धा रतिर्भक्तिरनुक्रमिष्यति ॥ २५ ॥

सन्तपुरुष संग समागम हुदा भगवानको पराक्रमको बारेमा यथार्थ ज्ञान दिलाउने तथा हृदय र कानलाई प्रिय लाग्ने कथाहरू हुन्छ । त्यसको सेवन गर्दा छिट्टै नै मोक्ष मार्गमा श्रध्दा, प्रेम र भक्तिको क्रमशः विकास हुदै जान्छ ।।२५।।

भक्त्या पुमान्जातविराग ऐन्द्रियाद्
        दृष्टश्रुतान् मद्रचनानुचिन्तया ।
चित्तस्य यत्तो ग्रहणे योगयुक्तो
        यतिष्यते ऋजुभिर्योगमार्गैः ॥ २६ ॥

फेरी मेरो सृष्टि आदि लीलाको चिन्तन गर्नाले प्राप्त भएको भक्ति द्वारा लौकिक एवं परलौकिक सुखमा वैराग्य हुनाले मानिस सावधान पूर्वक योगको भत्तिःप्रधान सरल उपाय बाट समाहित भएर मनोनिग्रहका लागि प्रयास गर्दछ ।।२६।।

असेवयायं प्रकृतेर्गुणानां
        ज्ञानेन वैराग्यविजृम्भितेन ।
योगेन मय्यर्पितया च भक्त्या
        मां प्रत्यगात्मानमिहावरुन्धे ॥ २७ ॥

यस प्रकार प्रकृतिका गुणबाट उत्पन्न भएका शव्दादि विषयलाई त्याग गर्नाले, वैराग्युक्त ज्ञानले, योगले, र म प्रति भएको दृढ भक्तिले मानिसले म परमात्मालाई यस देहमा नै प्राप्त गर्दछ ।।२७।।

देवहूतिरुवाच ।
(अनुष्टुप)
काचित् त्वय्युचिता भक्तिः कीदृशी मम गोचरा ।
यया पदं ते निर्वाणं अञ्जसा अन्वाश्नवै अहम् ॥ २८ ॥

द्वहुतिले भनिन्—
भगवन्! हजूरको समुचित भक्तिको स्वरूप के हो ? म जस्ती अवलाका लागि कस्तो भक्ति उचित हुन्छ जो गर्दाले सहजै हजूरको निर्वाण पद प्राप्त गर्न सकुं ।।२८।।

यो योगो भगवद्बाणो निर्वाणात्मंस्त्वयोदितः ।
कीदृशः कति चाङ्गानि यतस्तत्त्वावबोधनम् ॥ २९ ॥

हे निर्वाण स्वरूप! जसद्वारा तत्वज्ञान हुन्छ जसले लक्षमा पु¥याउने वाण जस्तै भगवानको प्राप्ति गराउदछ, त्यो हजूरले बताउनु भएको योग कस्तो हो र उस्को कति अंग छन् ।।२९।।

तद् एतन्मे विजानीहि यथाहं मन्दधीर्हरे ।
सुखं बुद्ध्येय दुर्बोधं योषा भवदनुग्रहात् ॥ ३० ॥

अहो! यो सब मलाई यसरी बुझाउनुहोस कि जसबाट तपाईको कृपाले म मन्दमतीले पनि दुर्वेध विषयर्लाई सजिलै जान्न सकुं ।।३०।।

मैत्रेय उवाच ।
(इन्द्रवज्रा)
विदित्वार्थं कपिलो मातुरित्थं
        जातस्नेहो यत्र तन्वाभिजातः ।
तत्त्वाम्नायं यत्प्रवदन्ति साङ्ख्यं
        प्रोवाच वै भक्तिवितानयोगम् ॥ ३१ ॥

मैत्रेयजीले भने—                                                                                             
 विदुरजी! जस्को शरीरबाट उनले स्वयं जन्म लिएका थिए ती आफ्नी आमाको यस्तो अभिप्राय देखेर कपिलजीको हृदयमा स्नेहको उमंग उर्लेर आयो र उनले प्रकृति आदि तत्वको निरूपण गर्ने शास्त्र, जसलाई शांख्यशास्त्र भन्दछ, त्यसको उपदेश गरे । साथै भक्तिको विस्तार एवं योगको पनि वर्णन गरे ।।३१।।

श्रीभगवानुवाच–
(अनुष्टुप)
देवानां गुणलिङ्गानां आनुश्रविककर्मणाम् ।
सत्त्व एवैकमनसो वृत्तिः स्वाभाविकी तु या ॥ ३२ ॥

अनिमित्ता भागवती भक्तिः सिद्धेर्गरीयसी ।
जरयत्याशु या कोशं निगीर्णमनलो यथा ॥ ३३ ॥

श्री भगवानले भन्नुभयो —
माता! एक मात्र भगवानको भक्तिमा जस्को चित्त लागेको हुन्छ त्यस्तो मानिसको, वेद विहित कर्ममा लागेको तथा विषयको ज्ञान गराउने (कर्मेन्द्रिय एवं ज्ञानेन्द्रिय दुवैप्रकारको) इन्द्रियहरूको जुन सत्वमुर्ति श्रीहरिमा स्वाभाविक प्रवृति हुन्छ त्यहि नै भगवानको अहैतुकि भक्ति हो । यो भक्ति मुक्तिभन्दा बढि छ किनकि जठरानलले जसरी खाएको अन्न पचाउदछ त्यसै गरी यो पनि कर्मसंस्कारको भण्डाररूप लिंग शरीरलाई तत्कालै नष्ट गरिदिन्छ ।।३२–३३।।

(इन्द्रवज्रा)
नैकात्मतां मे स्पृहयन्ति केचिन् 
        मत्पादसेवाभिरता मदीहाः ।
येऽन्योन्यतो भागवताः प्रसज्य
        सभाजयन्ते मम पौरुषाणि ॥ ३४ ॥

मेरो चरण सेवामा नै रहने र मेरै प्रसन्नताको लागि सबै कार्य गर्ने जो प्रेम पूर्वक मेरै पराक्रमको चर्चा गर्दछ त्यस्तो भगवद्भक्त मेरो साथ एकीभाव सायुज्य मोक्ष को पनि इच्छा गर्दैन ।।३४।।

 पश्यन्ति ते मे रुचिराण्यम्ब सन्तः
        प्रसन्नवक्त्रारुणलोचनानि ।
रूपाणि दिव्यानि वरप्रदानि
        साकं वाचं स्पृहणीयां वदन्ति ॥ ३५ ॥

आमा! त्यो मेरो परम सुन्दर वरदायक दिब्यरूपको मुर्तिलाई दर्शन गर्ने र त्यसैमा सप्रेम संकीर्तन गर्नका लागि ठुला ठुला तपस्वि पनि लालयीत हुन्छन ।।३५।।

तैर्दर्शनीयावयवैरुदार
        विलासहासेक्षितवामसूक्तैः ।
हृतात्मनो हृतप्राणांश्च भक्तिः
        अनिच्छतो मे गतिमण्वीं प्रयुङ्क्ते ॥ ३६ ॥

दर्शनीय अंग प्रत्यंग, उदार हास विलास, मनोहर कृपा र समधुर वाणीले युक्त मेरो त्यो रूपको माधुरीमा उसको मन र इन्द्रियहरू फस्दछ । यस्तो मेरो भक्तिले गर्दा नचाहदा पनि उसलाई परमपदको प्राप्ति गराईदिन्छ ।।३६।।

अथो विभूतिं मम मायाविनस्तां
        ऐश्वर्यमष्टाङ्गमनुप्रवृत्तम् ।
श्रियं भागवतीं वास्पृहयन्ति भद्रां
        परस्य मे तेऽश्नुवते तु लोके ॥ ३७ ॥

अविद्याको निवृत्ति हुनाले यद्यपि त्यो म मायाप्रति को सत्यादिलोकको भोग सम्पत्ति, भक्तिको प्रबृत्तिको पश्चात स्वयं प्राप्त हुने अष्टसिध्द अथावा वैकुण्ठलोकको ऐश्वर्यको इच्छा पनि गर्दैन । यद्यपि मेरो धाममा पुगेपछि उसलाईयो सब विभूतीहरू स्वयं प्राप्त हुन्छ ।।३७।।

न कर्हिचिन्मत्पराः शान्तरूपे
        नङ्क्ष्यन्ति नो मेऽनिमिषो लेढि हेतिः ।
येषामहं प्रिय आत्मा सुतश्च
        सखा गुरुः सुहृदो दैवमिष्टम् ॥ ३८ ॥

जस्को एकमात्र म नै प्रिय, आत्मा, पुत्र, मित्र, गुरु, सुहृद, र इष्टदेव हुँ । त्यो मेरै आश्रममा रहने भएको भक्तजन शान्तिमय वैकुण्ठ धाममा पुगपछि कुनै प्रकारको पनि यस दिब्य भोगले रहित हुदैन र न उसलाई मेरो कालचक्रले नै ग्रसित गर्न सक्दछ ।।३८।।

 (अनुष्टुप)
इमं लोकं तथैव अमुं आत्मानं उभयायिनम् ।
आत्मानं अनु ये चेह ये रायः पशवो गृहाः ॥ ३९ ॥

माताजी! जो ब्यक्ति यसलोक र परलो वा दुवैलोकमा साथै जाने वासना लिंगदेह (उपाधियुक्त आत्मा)  को तथा शरीरमा सम्बन्ध राख्ने जुन धन, पशु, एवं घर—।।३९।।

विसृज्य सर्वान् अन्यांश्च मामेवं विश्वतोमुखम् ।
भजन्ति अनन्यया भक्त्या तान्मृत्योरतिपारये ॥ ४० ॥

आदि पदार्थ छ ती सबै र अरुहरू संग्रहलाई पनि छाडेर अनन्य भक्तिले सबप्रकार मेरो नै भक्ति गर्दछ भने उसलाई म मृत्युरूप संसारबाट पार लगाउदछु ।।४०।।

नान्यत्र मद्भगवतः प्रधानपुरुषेश्वरात् ।
आत्मनः सर्वभूतानां भयं तीव्रं निवर्तते ॥ ४१ ॥

म साक्षात भगवान् हुँ । तथा समस्त प्राणीको आत्मा हुँ । म बाहेक अरु कसैंको आश्रय लिनाले मृत्युरूप भयबाट छुटकारा मिल्न सक्तैन । ।।४१।।

मद्भयाद् वाति वातोऽयं सूर्यस्तपति मद्भयात् ।
वर्षतीन्द्रो दहत्यग्निः मृत्युश्चरति मद्भयात् ॥ ४२ ॥

मेरो डरले यो हावा चल्दछ, मेरो डरले अग्निले तताँउदछ मेरै भयले इन्द्र वर्षा गर्दछ र मैरै डरले मुत्यु आफ्नो कार्यमा प्रवृत्त हुन्छ ।।४२।।

ज्ञानवैराग्ययुक्तेन भक्तियोगेन योगिनः ।
क्षेमाय पादमूलं मे प्रविशन्ति अकुतोभयम् ॥ ४३ ॥

योगिजन ज्ञान, वैराग्यले युक्त भक्तिले योगद्वारा शान्ति प्राप्त गर्नका लगि मेरै चरणकमलको आश्रय लिन्छन् ।।४३।।

एतावान् एव लोकेऽस्मिन् पुंसां निःश्रेयसोदयः ।
तीव्रेण भक्तियोगेन मनो मय्यर्पितं स्थिरम् ॥ ४४ ॥

संसारका मानिसका लागि सबैभन्दा वढि कल्याण प्राप्ति भनेका उसको चित्त तिव्र भक्तियोग द्वारा ममा लगाएर स्थीर गराउनु नै हो ।।४४।।

इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
तृतीयस्कन्धे पञ्चविंशोऽध्यायः ॥ २५ ॥