#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

दशमः स्कंधः–पंचमोऽध्यायः

 श्रीमद्‌भागवत महापुराण
दशमः स्कंधः–पंचमोऽध्यायः


(अनुष्टुप्)
शुक उवाच–
नन्दस्त्वात्मज उत्पन्ने जाताह्लादो महामनाः ।
आहूय विप्रान् वेदज्ञान् स्नातः शुचिरलङ्कृःतः ॥१॥

वाचयित्वा स्वस्त्ययनं जातकर्मात्मजस्य वै ।
कारयामास विधिवत् पितृदेवार्चनं तथा ॥२॥

श्रीशुकदेवजी भन्नुहुन्छ– हे परीक्षित ! नन्दबाबा धेरै दयालु र उदार थिए । छोरा जन्मिएपछि उनको मन असाध्यै खुसी भएको थियो । उनले स्नान गरेर पवित्र भई सुन्दर वस्त्र र गहना लगाए । त्यसपछि उनले वेद जान्ने ब्राह्मणहरूलाई बोलाए र छोराको लागि स्वस्तिवाचन, जप र जातकर्म संस्कार गराए । यसैगरी देवता र पितृको पूजा पनि गराए ।।१–२।।

धेनूनां नियुते प्रादाद् विप्रेभ्यः समलङ्‌कृते ।
तिलाद्रीन् सप्त रत्नौदघशातकौम्भाम्बरावृतान् ॥३॥

उनले ब्राह्मणहरूलाई लुगा र गहनाले सजिएका दुई लाख गाईहरू दान दिए । त्यसैगरी रत्न र सुनको वस्त्रले ढाकिएका तिलका सात पर्वतहरू दान गरे ।।३।।

कालेन स्नानशौचाभ्यां संस्कारैस्तपसेज्यया ।
शुध्यन्ति दानैः सन्तुष्ट्या द्रव्याण्यात्माऽऽत्मविद्यया ॥४॥

अनेक पदार्थ मध्ये कसैको शुध्द संस्कारबाट कसैको समयले, कुनै स्नानले शौचले, कुनै यज्ञले, कुनै दानले र कुनै सन्तोषले सुध्द हुन्छ तर आत्माको सुध्दिचाँही आत्मज्ञानले मात्र हुन्छ ।।४।। 

सौमङ्‌गल्यगिरो विप्राः सूतमागधवन्दिनः ।
गायकाश्च जगुर्नेदुर्भेर्यो दुन्दुभयो मुहुः ॥५॥

त्यस समयमा ब्राह्मण, सुत, मागध अनि अर्चकहरुले स्तुतिपाठ गरेर आशिर्वचनहरु दिए । गायकहरु गाउन थाले । भेरी र दुन्दुभी बारम्बार बज्न थाले ।।५।।

व्रजः सम्मृष्टसंसिक्तद्वाराजिरगृहान्तरः ।
चित्रध्वज पताकास्रक्‌चैलपल्लवतोरणैः ॥६॥

व्रजमण्डलका सबै घरका ढोका र आँगनहरू सफा गरेर त्यहा सुगन्धित वस्तु पानी छर्किएको थियो ।  त्यसैगरी  रंगी विरंगी झण्डाहरू, फूलहरूको माला, रंगीन वस्त्र र तोरणले सजाएर सुन्दर बनाइएको थियो ।।६।।

गावो वृषा वत्सतरा हरिद्रातैलरूषिताः ।
विचित्रधातुबर्हस्रग्वस्त्रकाञ्चनमालिनः ॥७॥

त्यहा भएका गाई, गोरु र बाच्छाका शरीरमा तेल–बेसारको लेपिएको थियो र गेरु, मयूरको प्वाँख, फूलको हार, विभिन्न सुन्दर वस्त्रहरू र सुनको सिक्रीले सजाइएको थियो ।।७।।

महार्हवस्त्राभरणकञ्चुकोष्णीषभूषिताः ।
गोपाः समाययू राजन् नानोपायनपाणयः ॥८॥

हे परीक्षित ! बहुमूल्य लुगाहरू, गहनाहरू, र पगरीहरू लगाएर र हातमा धेरै उपहारहरू लिएर गोपहरु पनि नन्दबाबाको घरमा आए ।।८।।

गोप्यश्चाकर्ण्य मुदिता यशोदायाः सुतोद्भ वम् ।
आत्मानं भूषयाञ्चक्रुर्वस्त्राकल्पाञ्जनादिभिः ॥९॥

यशोदाजीको पुत्र भएको भन्ने सुनेर गोपीहरू पनि धेरै खुसी भए । उनले आफूलाई सुन्दर वस्त्र, आभूषण आदिले सजिए ।।९।। 

नवकुंकुमकिञ्जल्कमुखपङ्‌कजभूतयः ।
बलिभिस्त्वरितं जग्मुः पृथुश्रोण्यश्चलत्कुचाः ॥१०॥

कुमकुम तिलक आदि लेपन गरेकाले गोपीहरुको अनुहार निकै सुन्दर देखिन्थ्यो । ठुला नितम्ब भएका गोपीहरु उपहार सामग्री बोकेर हतार हतार स्तन हल्लाउँदै यशोदाजी कहाँ गए ।।१०।।

(वसंततिलका)
गोप्यः सुमृष्टमणिकुण्डल निष्ककण्ठ्य–  ।
     श्चित्राम्बराः पथि शिखाच्युतमाल्यवर्षाः ।
नन्दालयं सवलया व्रजतीर्विरेजु–
     र्व्यालोलकुण्डल पयोधरहारशोभाः ॥११॥

गोपीहरूको कानमा मणिमय कुण्डल झम्किएको थियो, घाँटीमा सुनको हार, चम्किरहेको थियो उनीहरुले धेरै सुन्दर र रंगीन लुगा लगाएका थिए । कपालको चुल्ठोबाट फूल खस्दथे भने उनीहरुले हातमा बाला लगाएका थिए । यसरी हिँडेर नन्द बाबाको घरमा जाँदा हार, झुम्का हल्लदा उनीहिरु शौन्दर्यताले सुशोभित देखिन्थे । ।।११।। 

(अनुष्टुप्)
ता आशिषः प्रयुञ्जानाश्चिरं पाहीति बालके ।
हरिद्राचूर्णतैलाद्‌भिः सिञ्चन्त्यो जनमुज्जगुः ॥१२॥

उनी नन्दबाबाको घरमा गएर नवजात शिशुलाई आशीर्वाद दिएर ‘हे भगवान ! बालकको रक्षा गर भनेर बेसार, तेल र पानी छर्केर ठुलो स्वरमा गीत गाए ।।१२।।

अवाद्यन्त विचित्राणि वादित्राणि महोत्सवे ।
कृष्णे विश्वेश्वरेऽनन्ते नंदस्य व्रजमागते ॥१३॥

सम्पूर्ण ब्रह्माण्डको मालिक भगवान श्रीकृष्ण नन्द बाबाको घरमा आउँनु भएपछि मनाइएको यस महोत्सवमा विचित्र र शुभ वाद्यवादन गरिएको थियो ।।१३ 

गोपाः परस्परं हृष्टा दधिक्षीरघृतांबुभिः ।
आसिञ्चन्तो विलिंपन्तो नवनीतैश्च चिक्षिपुः ॥१४॥

गोपहरू खुसीले रमाउँदै एक अर्कामा दही, दूध, घिउ र पानी छ्पाछ्याप गरेर जन्म उत्सव मनाउन थाले ।।१४।। 

नन्दो महामनास्तेभ्यो वासोऽलङ्‌कारगोधनम् ।
सूतमागधवन्दिभ्यो येऽन्ये विद्योपजीविनः ॥१५॥

तैस्तैः कामैरदीनात्मा यथोचितमपूजयत् ।
विष्णोराराधनार्थाय स्वपुत्रस्योदयाय च ॥१६॥

नन्द बाबा स्वभावले अत्यन्त उदार र दयालु थिए । उनले छोरा जन्मेको खुसीमा गोपहरूलाई धेरै वस्त्र, गहना र गाईहरू दिए । सुत, मागध आदि स्तुति पाठ गर्नेहरु, गायन, नृत्य, वाद्य बजाउनेलाई पनि उनीहरूले मागेको कुरा दिएर खुशीसाथ सम्मान गरे  यसो गर्नुको कारण यी कर्मबाट भगवान विष्णु प्रसन्न होउन् र नवजात बालकको कल्याण होस् भन्नाका लागि थियो ।।१५–१६।।

रोहिणी च महाभागा नन्दगोपाभिनन्दिता ।
व्यचरद् दिव्यवासःस्रक्कण्ठाभरणभूषिता ॥१७॥

नन्द र गोपद्वारा सम्मानित भएकी रोहिणी पनि दिव्य वस्त्र, माला र विभिन्न गहनाहरूले सजिएर उत्सवमा सहभागि भएकी थिइन् ।।१७।।

तत आरभ्य नंदस्य व्रजः सर्वसमृद्धिमान् ।
हरेर्निवासात्मगुणै रमाक्रीडमभून्नृप ॥१८॥

हे महाराज परीक्षित ! सोही दिनदेखि नन्दबाबाको व्रजमा भगवान श्रीकृष्णको वास भएपछि सबै प्रकारका रिद्धि–सिद्धिहरूले युक्त लक्ष्मीजीको कृडा मैदान बन्यो ।।१८।।

गोपान् गोकुलरक्षायां निरूप्य मथुरां गतः ।
नंदः कंसस्य वार्षिक्यं करं दातुं कुरूद्वह ॥१९॥

हे परीक्षित ! कृष्ण जम्मेको केही दिनपछि नन्दवावाले गोकुलको रेखदेख गर्ने जिम्मा गोपहरुलाई सुम्पेर उनी कंसलाई वार्षिक कर बुझाउन मथुरा गए ।।१९।।

वसुदेव उपश्रुत्य भ्रातरं नन्दमागतम् ।
ज्ञात्वा दत्तकरं राज्ञे ययौ तदवमोचनम् ॥२०॥

नन्दवावा मथुरा आएर कर बुझाएको थाहा पाएपछि वसुदेवजी उनलाई भेट्न जानुभयो ।।२०।

तं दृष्ट्वा् सहसोत्थाय देहः प्राणमिवागतम् ।
प्रीतः प्रियतमं दोर्भ्यां सस्वजे प्रेमविह्वलः ॥२१॥

वसुदेवजी आफुकहाँ आएको देखेर मृत शरीरमा प्राण फर्किए जसरी नन्दवावा हत्तपत्त उठेर खुसी हुँदै भावविभोर भएर वसुदेवलाई दुवैहातले अंकमाल गरेर स्वागत गरे ।।२१

पूजितः सुखमासीनः पृष्ट्वा नामयमादृतः ।
प्रसक्तधीः स्वात्मजयोरिदमाह विशांपते ॥२२॥

हे राजन ! यसरी स्वागत गरिसकेपछि आसनमा बसेका वसुदेवलाई नन्दले कुशल मंगलका बारेमा सोधे त्यसपछि आत्मज (बलराम र श्रीकृष्ण) को बारेमा सोचिरहेका वसुदेवले भन्नुभयो–।।२२।।

दिष्ट्या भ्रातः प्रवयस इदानीमप्रजस्य ते ।
प्रजाशाया निवृत्तस्य प्रजा यत् समपद्यत ॥२३॥

हे भाई ! तिम्रो उमेर पनि बितिसकेको थियो, अहिलेसम्म तिम्रो सन्तान नभएकोले अब सन्तान होला भन्ने आशा थिएन तर भाग्यवश तिम्रो सन्तान भएको छ ।।२३।।

दिष्ट्या संसारचक्रेऽस्मिन् वर्तमानः पुनर्भवः ।
उपलब्धो भवानद्य दुर्लभं प्रियदर्शनम् ॥२४॥

आज शौभाग्यले तिमीसंग भोट भयो किनकि सांसारिक चक्रमा रहेको बखतमा यसरी भेट हुनु पुनर्जन्म भए जस्तै हुन्छ । किनकि भाग्यले मात्रै आफ्ना प्रियजनसंग भेटघाट हुन्छ ।।२४।।

नैकत्र प्रियसंवासः सुहृदां चित्रकर्मणाम् ।
ओघेन व्यूह्यमानानां प्लवानां स्रोतसो यथा ॥२५॥

जसरी एउटै कीनारमा रहेका डुंगा पनि नदीको प्रवाहले एकै ठाएमा रहदैनन् त्यसैगरी आफ्ना प्रियजनहरुसं भेट पनि दुर्लभ हुन्छ ।।२५।।

कच्चित् पशव्यं निरुजं भूर्यम्बुतृणवीरुधम् ।
बृहद्वनं तदधुना यत्रास्से त्वं सुहृद्‌वृतः ॥२६॥

आजकल, तिमी आफ्ना दाजुभाइ र आफन्तहरू संग बसोबास गर्ने वृन्दावनमा, पानी, घाँस र स्याउलाहरू प्रशस्त छन होलान् नि होइन ? के त्यो पशुहरुका लागि उपयुक्त र सबै प्रकारका रोगबाट मुक्त छ ? ।।२६।।

भ्रातर्मम सुतः कच्चिन्मात्रा सह भवद्‌व्रजे ।
तातं भवन्तं मन्वानो भवद्भ्या मुपलालितः ॥२७॥

हे भाइ मेरो छोरो बलराम तिम्रो राज्यमा आमा (रोहिणी) संग बस्छ । उसलाई तिमी र यशोदाले हुर्काएको हो, त्यसैले उसले तिमीलाई आफ्नो पिताको रूपमा मान्छ । के उसलाई संन्चै छ त ? ।।२७।।

पुंसस्त्रिवर्गो विहितः सुहृदो ह्यनुभावितः ।
न तेषु क्लिश्यमानेषु त्रिवर्गोऽर्थाय कल्पते ॥२८॥

आफन्तका लागि सुख दिने धर्म, अर्थ र कामका बारेमा शास्त्रमा ब्यवस्था गरिएको हुन्छ । जहाँ आफन्तहरु दुःखी हुन्छ भने त्यो धर्म, धन र कर्मले कल्याण गर्दैन ।।२८।।

नन्द उवाच–
अहो ते देवकी पुत्राः कंसेन बहवो हताः ।
एकावशिष्टावरजा कन्या सापि दिवं गता ॥२९॥

नन्द बाबाले भने– हे दाई वसुदेव ! देवकीको गर्भबाट जन्मेका धेरै छोराहरूलाई कंसले मार्यो । अन्तमा एउटी कान्छी छोरी मात्र बाँकी रहेकी थिइन् उनीपनि पनि स्वर्ग गइन् ।।२९।।

नूनं ह्यदृष्टनिष्ठोऽयमदृष्टपरमो जनः ।
अदृष्टमात्मनस्तत्त्वं यो वेद न स मुह्यति ॥३०॥

प्राणीको सुख–दुःख भाग्यमा निभर हुन्छ भन्ने कुरामा कुनै शंका छैन । जसले जीवनमा आउने सुखदुःखको कारण भाग्य नै हो भन्ने ठान्दछ अथवा बुझ्दछ भने उसलाई सुखले अथवा दुःखले कुनै प्रभाव पार्दैन ।।३०।। 

वसुदेव उवाच–
करो वै वार्षिको दत्तो राज्ञे दृष्टा वयं च वः ।
नेह स्थेयं बहुतिथं सन्त्युत्पाताश्च गोकुले ॥३१॥

वासुदेवजीले भने– हे भाइ ! तिमीले राजा कंसलाई वार्षिक कर तिरिसक्यौ । हामी दुवैको भेट भइसकेको छ । अब तिमी यहाँ धेरै दिन यहाँ बस्नु हुँदैन । किनकी आजकल गोकुलमा ठूला उत्पातहरु भइरहेका छन् ।।३१।।

शुक उवाच–
इति नन्दादयो गोपाः प्रोक्तास्ते शौरिणा ययुः ।
अनोभिरनडुद्युक्तैस्तमनुज्ञाप्य गोकुलम् ॥३२॥

श्रीशुकदेवले भन्नुभयो– परीक्षित ! वसुदेवले यसो भन्नुभएपछि ती नन्दादि गोपहरु वसुदेवसंग विदा भएर गोरुगाडामा बसेर गोकुलतिर लागे ॥३२॥

इति श्रीमद्भाकगवते महापुराणे पारमहंस्यां
संहितायां दशमस्कन्धे पूर्वार्धे पञ्चमोऽध्यायः ॥ ५ ॥