#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

पञ्चमः स्कन्धः – षड्विंशोऽध्यायः

श्रीमद्‌भागवत महापुराण
पञ्चमः स्कन्धः – षड्विंशोऽध्यायः



राजोवाच –
महर्ष एतद्वैचित्र्यं लोकस्य कथमिति ॥ १ ॥ 

राजा परीक्षितले सोधे–
महर्षि ! मानिसलाई जुन ऊच नीच गति प्राप्त हुन्छ त्यसमा यस्तो विभिन्नता किन हो ? ।।१।।

ऋषिरुवाच 
त्रिगुणत्वात्कर्तुः श्रद्धया कर्मगतयः पृथग्विधाः सर्वा एव सर्वस्य तारतम्येन भवन्ति ॥ २ ॥ 

शुकदेवजीले भन्नुभयो–
राजन् ! कर्म गर्ने पुरुष सात्विक, राजस र तामस—तीन प्रकारका हुन्छन । तथा त्यहि गुणले  गर्दा उसको श्रद्धामा पनि भिन्नता हुन्छ । यस प्रकार स्वभाव र श्रद्धाको असमानताको कारण उसको गतिमा पनि फरक फरक हुन्छ र न्युनाधिक रुपले यी सबै गति सबै कर्ताहरूलाई प्राप्त हुन्छन ।।२।।

अथेदानीं प्रतिषिद्धलक्षणस्याधर्मस्य तथैव कर्तुः श्रद्धाया वैसादृश्यात्कर्मफलं विसदृशं भवति 
या ह्यनाद्यविद्यया कृतकामानां तत्परिणामलक्षणाः सृतयः सहस्रशः प्रवृत्तास्तासां प्राचुर्येणानुवर्णयिष्यामः ॥ ३ ॥
 
यसै प्रकार निषिद्ध कर्मरूप पाप गर्नेहरूलाई पनि उसको श्रद्धाको असमानताका कारण समान फल मिल्दैन । त्यसैले अनादि अविद्यामा वशीभूत भएर कामनापूर्वक गरिएको ती निषिद्ध कर्मको परिणामले हजारौ प्रकारका नारकि गति हुन्छन, त्यसको विस्तार पूर्वक वर्णन गर्दछु ।।३।।

राजोवाच 
नरका नाम भगवन् किं देशविशेषा अथवा बहिस्त्रिलोक्या आहोस्विदन्तरालइति ॥ ४ ॥
 
राजा परीक्षितले सोधे–
भगवन् ! तपाईले जुन नरकको वर्णन गर्न हुन्छ त्यो नरक यस पृथ्वीको कुनै देशविशेष हो अथवा त्रीलोकी भन्दा बहिर या यस्को भित्र कुनै ठाँउको हो ? ।।४।।

ऋषिरुवाच 
अन्तराल एव त्रिजगत्यास्तु दिशि दक्षिणस्यामधस्ताद्धमेरुपरिष्टाच्च जलाद्यस्याम् अग्निष्वात्तादयः पितृगणा दिशि स्वानां गोत्राणां परमेण समाधिना सत्या एवाशिष आशासाना निवसन्ति ॥ ५ ॥ 

शुकदेवजीले भन्नुभयो–
राजन् ! यो त्रीलोकीको भित्र पनि छ र दक्षिणतिर पृथ्वीको तल जल माथि रहेको  छ । यस दिशामा अग्निख्वाता आदि पितृगणहरू रहन्छन ।उनीहरू अत्यन्त एकाग्रपूर्वक परम ध्यानले आफ्ना बंशको लागि मंगलमय कामना गरिरहन्छन ।।५।।

यत्र ह वाव भगवान् पितृराजो वैवस्वतः स्वविषयं प्रापितेषु स्वपुरुषैर्जन्तुषु सम्परेतेषु यथाकर्मावद्यं दोषमेवानुल्लङ्घितभगवच्छासनः सगणो दमं धारयति ॥ ६ ॥ 

त्यो नरकलोकमा सूर्यका पुत्र पितृराज यम आफ्ना सेवक सहित रहन्छन तथा भगवान्को आज्ञा उलंघन नगर्ने आफ्ना दूतहरूद्वारा त्यहा ल्याइएका मृत प्राणीहरूलाई उस्को दुष्कर्म अनुसारको पापको फल दिन्छन ।।६।।

तत्र हैके नरकानेकविंशतिं गणयन्ति अथ तांस्ते राजन्नामरूपलक्षणतोऽनुक्रमिष्यामस्तामिस्रोऽन्धतामिस्रो रौरवो महारौरवः कुम्भीपाकः कालसूत्रमसिपत्रवनं सूकरमुखयधकूपः कृमिभोजनः सन्दंशस्तप्तसूर्मिर्वज्रकण्टकशाल्मली वैतरणी पूयोदः प्राणरोधो विशसनं लालाभक्षः सारमेयादनमवीचिरयःपानमिति । किञ्च क्षारकर्दमो रक्षोगणभोजनः शूलप्रोतो दन्दशूकोऽवटनिरोधनः पर्यावर्तनः सूचीमुखमित्यष्टाविंशतिर्नरका विविधयातनाभूमयः ॥ ७ ॥ 

परीक्षित ! कोहि कोहि नरकको शंख्या एक्काइस छ भनि बताउँदछन । अब म नाम रूप र लक्षण अनुसार ती सबै नरकको क्रमश वर्णन गर्दछु । जसको नाम यस प्रकार छ— तामिश्र, अन्धतामिश्र, रौरव, महारौरव, कुम्भीपाक, कालसूत्र, असिपत्रवन, सूकरमुख, अन्धकूप, कृमिभोजन, संदेश, तम्तभूमि, वज्रकण्टकशाल्मली, वैतरणी, पूयोद, प्राणरोध, विशासन, लालाभक्ष, सारमेयादन, अवीचि र अयःपान । यस बाहेक क्षारकर्दम, रक्षेगणभोजन, शूलप्रोत, दन्दशूक, अवटनिरोधन, पर्यावर्तंन र सूचीमुख यी सात मिलाएर जम्मा अठ्ठाइस नरकहरू अनेक किसिमको यातना भोग्ने ठाँउ हो ।।७।।

तत्र यस्तु परवित्तापत्यकलत्राण्यपहरति स हि कालपाशबद्धो यमपुरुषैरतिभयानकैस्तामिस्रे नरके बलान्निपात्यते अनशनानुदपानदण्डताडन संतर्जनादिभिर्यातनाभिर्यात्यमानो जन्तुर्यत्र कश्मलमासादित एकदैव मूर्च्छामुपयाति तामिस्रप्राये ॥ ८ ॥ 

जसले अरुको धन, सन्तान अथवा स्त्रिलाई हरण गर्दछ उसलाई अत्यन्त भयानक यमदूतले कालपाशमा बाँधेर बलपूर्वक तामिश्रमा फ्याकिदिन्छन । त्यस अन्धकारमय नरकमा उसलाई अन्न पानी नदिएर यातना दिने डर देखाउने आदि अनेक प्रकारक उपायले सजाय दिन्छन । यसले अत्यन्त दुखी भएर उ एकाएक मुर्छा हुन्छ ।।८।।

एवमेवमन्धतामिस्रे यस्तु वञ्चयित्वा पुरुषं दारादीनुपयुङ्क्ते यत्र शरीरी निपात्यमानो यातनास्थो वेदनया नष्टमतिर्नष्टदृष्टिश्च भवति यथा वनस्पतिर्वृश्च्यमानमूलस्तस्मादन्धतामिस्रं तमुपदिशन्ति ॥ ९ ॥ 

यस प्रकार जसले अरुलाई धोका दिएर उसको स्त्रीलाई भोग्दछ भने त्यो अन्धतामित्र नामको नरकमा पर्दछ । त्यहाँको यातनामा परेर उ काटेको रुख झैं समान, पीडाले गर्दा उसको होस हराउछद । त्यसैले यस  नरकलाई अन्धतामिश्र भनिएको हो ।।९।।

यस्त्विह वा एतदहमिति ममेदमिति भूतद्रोहेण केवलं स्वकुटुम्बमेवानुदिनं प्रपुष्णाति स तदिह विहाय स्वयमेव तदशुभेन रौरवे निपतति ॥ १० ॥ 

जो मानिस यस लोकमा यो शरीरनै मै हुँ र यो स्वस्नी धनादि मेरै भन्ने यस्तो दुर्वुद्धिले अरुको डाह गरेर निरन्तर आफ्नो कुटुम्बको पालन पोषणमा नै लाग्दछ भने त्यो आफ्नो शरीर छाडे पछि अनेके आफ्नै पापका कारण रौरव नरकमा पर्दछ ।।१०।।

ये त्विह यथैवामुना विहिंसिता जन्तवः परत्र यमयातनामुपगतं त एव रुरवो भूत्वा तथा तमेव विहिंसन्ति तस्माद्रौरवमित्याहू रुरुरिति सर्पादतिक्रूरसत्त्वस्यापदेशः ॥ ११ ॥ 

यसलोकमा उसले जुन जीवलाई जुन प्रकारले दुःख कष्ट दिएको हुन्छ परलोकमा यातना पाउने समय आएपछि तिनै जीवहरू रूरू भएर त्यसै गरि कष्ट दिन्छन । त्यसैले यस नरकको नाम रौरव हो । रूरू सर्प भन्दा धेरै क्रुर स्वभाव भएको एक जीवको नाम हो ।।११।।

एवमेव महारौरवो यत्र निपतितं पुरुषं क्रव्यादा नाम रुरवस्तं क्रव्येण घातयन्ति यः केवलं देहम्भरः ॥ १२ ॥ 

यस्तै महारौरव नरक पनि छ । यसमा त्यो व्यक्ति जान्छ जसले अरु कसैको मतलब नगरेर केवल आफ्नो मात्रै शरीर पालन पोषण गर्दछ । त्यहाँ काँचो मासु खाने रूरू नामको जीवले यसलाई मासुको लोभले टोक्दछ ।।१२।।

यस्त्विह वा उग्रः पशून् पक्षिणो वा प्राणत उपरन्धयति तमपकरुणं पुरुषादैरपि विगर्हितममुत्र यमानुचराः कुम्भीपाकेतप्ततैले उपरन्धयन्ति ॥ १३ ॥ 

जो क्रुर मानिस यसलोकमा आफ्नो पेट पाल्नका लागि जीवित पशु या पक्षिलाई मार्दछ त्यसलाई राक्षसले निन्दा गर्दछन । उसलाई यमदूतले कुम्भिपाक नरकमा तातिरहेको तेलमा हादिदिन्छन ।।१३।।

यस्त्विह पितृविप्रब्रह्मध्रुक् स कालसूत्रसंज्ञके नरके अयुतयोजनपरिमण्डले ताम्रमये तप्तखले उपर्यधस्तादग्न्यर्काभ्यामतितप्यमानेऽभिनिवेशितः क्षुत्पिपासाभ्यां च दह्यमानान्तर्बहिः शरीर आस्ते शेते चेष्टते ऽवतिष्ठति परि धावति च यावन्ति पशुरोमाणि तावद्वर्षसहस्राणि ॥ १४ ॥ 

जो मानिसले यस लोकमा आफ्ना माता पिता, ब्राम्हण र वेदको विरोध गर्दछ भने  उसलाई यमदूतहरूले कालसूत्र नाम गरेको नरकमा लिएर जान्छन । यसको घेरा दस हजार योजन छ । यसको भई तातो तातो तामाको हुन्छ  । यसमा तातो जमिन छ, त्यो भन्दा माथि सूर्य र तल अग्निको रापले जलि रहन्छ । त्यहा पुर्याएको पापी जीव भोक प्यासले आकुल व्याकुल हुन्छ र उसको शरीर बाहिर भित्र जल्न लाग्दछ । त्यो यति सम्म वचैन हुन्छकि उ कहिले बस्छ कहिले लड्छ, कहिले छटपटाउदछ , कहिले उभिन्छ । कहिले यताउती दौडन्छ । यसप्रकार त्यो नर पशुको शरीरमा जति रौं हुन्छ त्यति हजार वर्ष सम्म यस्तो दुर्गति हुन्छ ।।१४।।

यस्त्विह वै निजवेदपथादनापद्यपगतः पाखण्डं चोपगतस्तमसिपत्रवनं प्रवेश्य कशया प्रहरन्ति तत्र हासावितस्ततो धावमान उभयतोधारै( स्तालवनासिपत्रैश्छिद्यमानसर्वाङ्गो हा हतोऽस्मीति परमया वेदनया मूर्च्छितः पदे पदे निपतति स्वधर्महा पाखण्डानुगतं फलं भुङ्क्ते ॥ १५ ॥ 

जो पुरुष कुनै प्रकारको आपत्ति नआउँदा पनि आफ्नो वैदिक मार्गलाई छोडेर अन्य पाखण्डपूर्ण धर्मको आश्रय लिन्छ उसलाई यमदूतहरूले  असिपत्रवन नरकमा लिएर जान्छन र त्यहाँ काँडाले पिट्दछन ।  जब त्यो मारबाट उम्कन यताउता दौडन लाग्दछ तव उसको सबै अङ्गमा तालवनको तरवार जस्तै दुुवैतिर धार भएका पातमा ठोकिएर अङ्ग छिया छिया हुन्छ  । तव त्यो अत्यन्त वेदनाले हाय म मरे भनेर कराउन थाल्दछ र मुर्छा भएर लड्दछ । आफ्ुनो धर्मलाई छोडेर पाखण्ड मार्गमा चल्नाले  उसले यस्तो आफ्नो कुकर्मको फल भोग्दछ ।।१५।।

यस्त्विह वै राजा राजपुरुषोवा अदण्ड्ये दण्डं प्रणयति ब्राह्मणे वाशरीरदण्डं स पापीयान्नरकेऽमुत्र सूकरमुखे निपतति तत्रातिबलैर्विनिष्पिष्यमाणा वयवो यथै वे हे क्षुखण्ड आर्तस्वरेण स्वनयन् क्वचिन्मूर्च्छितः कश्मलमुपगतो यथैवेहादृष्टदोषा उपरुद्धाः ॥ १६ ॥ 

यसलोकमा जो पुरुष राजा या राजकर्मचारी भएर निरापराधि मानिसलाई दण्ड दिन्छन भने त्यो महापापी मरेपछि सूकरमुख नरकमा पर्दछ । त्यहाँ जब महावली यमदूत उसको शरीरका अंङ्गमा कुल्चन्छन तव कोलमा पिनिएको उखु झैं पीडित भएर, जसरी उसले पहिला उसले सताएका ब्यक्तिहरू पीडित भएर कराउँदथे त्यसरी नै कहिले आर्त स्वरले कराउँदछ र कहिले मुर्छा हुन्छ ।।१६।।

यस्त्विह वै भूतानामीश्वरोपकल्पितवृत्तीना मविविक्तपरव्यथानां स्वयं पुरुषोपकल्पितवृत्तिर्विविक्तपरव्यथो व्यथामाचरति स परत्रान्धकूपे तदभिद्रोहेणनिपतति हासौ तैर्जन्तुभिःपशुमृगपक्षिसरीसृपैर्मशकयूकामत्कुणमक्षिकादिभिर्ये के चाभिद्रुग्धास्तैः सर्वतोऽभिद्रुह्यमाणस्तमसि विहतनिद्रानिर्वृतिरब्धावस्थानः परिक्रामति यथा कुशरीरे जीवः ॥ १७ ॥ 

जो मानिस यस लोकमा उडुस आदि जीवको हिंसा गर्दछ त्यो उनीहरूसंग द्रोह गरेका कारण अन्धकूप नरकमा पर्दछ । किनकि स्वयं भगवान्ले नै रक्तपान गर्ने उसको वृत्ति वनाइदिएका छन । त्यसैकारण उसलाई अरुलाई दुःख दिदाँको ज्ञान पनि हुदैन । तर मानिसको वृत्ति भगवान्ले विधि निषेध पूर्वक बनाएका छन र उसलाई अरुले पाउने कष्टको ज्ञान पनि हुन्छ । त्यस नरकमा उसले. पशु, मृग, पक्षी, साँप आदि जीवआदि जो संग जस्तो गरेको थियो त्यसैगरी तिनै जीवहरू चारैतिरबाट डस्न थाल्दछन । जसले गर्दा उसको निद्रा र शान्ति भंग हुन्छ र कतै टेक्ने ठाँउ नपाउँदा पनि उ वेचैनीले गर्दा घोर अन्धकारमा रहेर जसरी रोग ग्रस्त शरीरमा जीव छटपटाउँछ यसरी भटकीरहन्छ ।।।१७।।

यस्त्विह वा असंविभज्याश्नाति यत्किञ्चनोपनतमनिर्मितपश्चयज्ञो वायससंस्तुतः स परत्र 
कृमिभोजने नरकाधमे निपतति तत्र शतसहस्रयोजने कृमिकुण्डे कृमिभूतः स्वयं कृमिभिरेव भक्ष्यमाणः कृमिभोजनो यावत्तदप्रत्ताप्रहुतादोऽनिर्वेशमात्मानं यातयते ॥ १८ ॥ 

जो मानिस यसलोकमा पञ्चमहायज्ञ नगरिकन तथा खानेकुराहरू वालक वृद्ध अतिथिलाई नदिकन आफैमात्र खान्छ भने उसलाई कौवा समान भनिएको छ । त्यो परलोकमा कृमिभोजन नामक अधम नरकमा पर्दछ । त्यहाँ एकलाख योजन लामो चौडाको कीरै कीराको कुण्ड छ त्यसैमा उ पनि कीरा बनेर रहनु पर्दछ र जब सम्म आफ्नो पापको प्रायश्चित्त नगर्ने त्यो पापीको र जवसम्म उसको प्रायश्चित्त हुदैन तवसम्म उसैमा परेर कष्ट भोगिरहन्छ । त्यहाँका कीराले उसलाई खान्छन र उसले पनि त्यहि कीरा खाएर रहन्छ ।।१९।।

यस्त्विह वै स्तेयेन बलाद्वा हिरण्यरत्नाछदीनि ब्राह्मणस्य वापहरत्यन्यस्य वानापदि पुरुषस्तममुत्र राजन् यमपुरुषा अयस्मयैरग्निपिण्डैः सन्दंशैस्त्वचि निष्कृषन्ति ॥ १९ ॥ 

यस्त्विह वा अगम्यां स्त्रियमगम्यं वा पुरुषं योषिदभिगच्छति तावमुत्र कशया ताडयन्तस्तिग्मया सूर्म्या लोहमय्या पुरुषमालिङ्गयन्ति स्त्रियं च पुरुषरूपया सूर्म्या ॥ २० ॥ 

यसलोकमा यदि कुनै पुरुष अगम्या स्त्रीका साथ सम्भोग गर्दछ । अथवा कुनै स्त्री अगम्य पुरुषका साथ व्यभिचार गर्दछे भने यमदूत उसलाई तप्तसूमि लिएर जान्छन् र पुरुषलाई स्त्री मुर्ति भएको तातो फलाम र स्त्रीलाई पुरुषलाई पुरुष मुर्ति भएको तातो फलाममा समाउन लगाएउछन ।।२०।।   
                                                 
यस्त्विह वै सर्वाभिगमस्तममुत्र निरये वर्तमानं वज्रकण्टकशाल्मलीमारोप्य निष्कर्षन्ति ॥ २१ ॥ 

जो पुरुष यस लोकमा पशु आदिका साथ व्यभिचार गर्दछ भने उ मरेपछि वज्रकण्टकशाल्मली नामको नाम गरेको नरकमा लिएर जान्छन र वज्र समान काडाँको लठ्ठिले पिट्दछन । तथा त्यस पुरुषलाई रुखमा चढाएर तलतिर खसाल्दछन ।।२१।।

ये त्विह वै राजन्या राजपुरुषा वा अपाखण्डा धर्मसेतून् भिन्दन्ति ते सम्परेत्य वैतरण्यां निपतन्ति भिन्नमर्यादास्तस्यां निरयपरिखाभूतायां नद्यां यादोगणैरितस्ततो भक्ष्यमाणा आत्मना न वियुज्यमानाश्चासुभिरुह्यमानाः स्वाघेन कर्मपाकमनुस्मरन्तो विण्मूत्रपूयशोणितकेशनखास्थिमेदोमांसवसावाहिन्यामुपतप्यन्ते ॥ २२ ॥ 

जो राजा वा मानिसले यसलोकमा श्रेष्ठ कुलमा जन्मेर पनि धर्मको मर्यादालाई उल्लंघन गर्दछ भने त्यो मर्यादा उल्लंघन गरेका कारण मरेपछि वैतरणी नदीमा पर्दछ  । यस नदीले नरकलाई खाल्डो जस्तो बनाएर चारैतिरबाट घेरेको छ । त्यसमा मल, मुत्र, पीप, रगत, कपाल, नङ, हाड, मासु, र बोसो आदि दुर्गन्धित चिजहरू भरिएको छ । त्यहाँ परेपछि त्यहाँ भएका जीवले उसलाई टेक्न थाल्दछन । तर त्यहाँ उसको शरीरको अन्त्य हुदैन । पापका कारण प्राण रहिरहन्छ । त्यो दुर्गतिलाई आफ्नो कुकर्मको कारण सम्झेर मन मनै सन्तप्त हुन्छ ।।२२।।

ये त्विह वै वृषलीपतयो नष्टशौचाचारनियमास्त्यक्तलज्जाः पशुचर्यां चरन्ति ते चापि प्रेत्य पूयविण्मूत्रश्लेष्ममलापूर्णार्णवे निपतन्तित देवाति बीभत्सितमश्नन्ति ॥ २३ ॥ 

जसले शौच र आचरणको नियम परित्याग गरेर तथा लज्जालाई तिलान्जली दिएर सूद्रसंग सम्बन्ध जोेडेर पशु समान आचरण गर्दछ भने त्यो पनि मरे पछि पीप, विष्टा, मुत्र, कफ र मलले भरिएको पूयोद नामको समुद्रमा खसेर अत्यन्त घृणित वस्तु खाएर रहन्छ ।।२३।। 

ये त्विह वै श्वगर्दभपतयो ब्राह्मणादयो मृगया विहारा अतीर्थे च मृगान्निघ्नन्ति तानपि सम्परेताँ( ल्लक्ष्यभूतान् यमपुरुषा इषुभिर्विध्यन्ति ॥ २४ ॥
 
यस लोकमा जो ब्राम्हणादि उच्च वर्गका मानिस कुकुर तथा गधा पाल्दछन र शिकार आदिमा लग्दछन तथा शास्त्र विपरित पशुको वध गर्दछन भने मरेपछि उ प्राणरोध नरकमा पर्दछ । त्यहाँ यमदूतले उसलाई बाणले छेड्दछन ।।२४।।

ये त्विह वै दाम्भिका दम्भयज्ञेषु पशून् विशसन्ति तानमुष्मिँल्लोके वैशसे नरके पतितान्निरयपतयो यातयित्वा विशसन्ति ॥ २५ ॥ 

जो पाखण्डिहरू दम्भ देखाउनको लागि पाखण्डपूर्ण ढंगले यज्ञमा पशुका बध गर्दछ भने उसलाई परलोकमा वैशस (विशसन) नामको नरकमा हालेर त्यहाँका अधिकारीहरूले धेरै पीडा दिएर काट्दछन ।।२५।।

य स्त्विह वै सवर्णां भार्यां द्विजो रेतः पाययति काममोहितस्तं पापकृतममुत्र रेतःकुल्यायां पातयित्वा रेतः सम्पाययन्ति ॥ २६ ॥ 

जो द्विजले कामातुर भएर सवर्णा भार्यालाई पिर्यपान गराउँदछ भने त्यस पापी मरेपछि यमदूतले वीर्यको नदी (लालाभक्ष नामको नरक) मा हालेर वीर्य पिलाउँछन ।।२६।।

ये त्विह वै दस्यवोऽग्निदा गरदा ग्रामान् सार्थान् वा विलुम्पन्ति राजानो राजभटा वा तांश्चापि हि परेत्य यमदूता वज्रदंष्ट्राः श्वानः सप्तशतानि विंशतिश्च सरभसं खादन्ति ॥ २७ ॥ 

राजा या राजपुरुष भएर कसैको घरमा आगो लागाउने काम गर्दछन अथवा कसैलाई विष दिन्छन भने अथवा गाँउमा वा व्यापारीको टोलमा लुटपाट मच्चाउँछन भने त्यो मरेपछि सारमेयादान नामको नरकमा वज्रजस्तो दाह्रा भएका सातसय बीस यमदूत कुकुर बनेर ठुलो बेगले टोक्दछन ।।२७।।

यस्त्विह वाअनृतं वदति साक्ष्ये द्रव्यविनिमये दाने वा कथञ्चित्स वै प्रेत्य नरकेऽवीचिमत्यधःशिरा निरवकाशे योजनशतोच्छ्रायाद् गिरिमूर्ध्रः सम्पात्यते यत्र जलमिव स्थलमश्मपृष्ठमवभासते तदवीचिमत्तिलशो विशीर्यमाणशरीरो न म्रियमाणः पुनरारोपितो निपतति ॥ २८ ॥ 

यस लोकमा जुन मानिस कसैको साक्षी बस्ने काममा, व्यापार अथवा दानको समयमा झुट बोल्दछ भने त्यो मरेपछि आधारसून्य अवीचिमान् नरकमा पर्दछ । त्यहाँ उसलाई सय योजन अग्लो पहाडको शिखरबाट तल सिर गरेर खसाल्दछन । त्यस नरकको पत्थरको भूमि जल समान देखिन्छ । त्यसैले यसको नाम अवीचिमान हो । । त्यहाँ खसाल्नाले उसको शरीर टुक्रा टुक्रा हुँदा पनि प्राण जादैन । त्यसैले उसलाई पटक पटक माथि लगेर खसाल्दछन ।।२८।।

यस्त्विह वै विप्रो राजन्यो वैश्यो वा सोमपीथस्तत्कलत्र वा सुरां व्रतस्थोऽपि वा पिबति प्रमाद तस्तेषां निरयं नीतानामुरसि पदाऽऽक्रम्यास्ये वह्निना द्रवमाणं कार्ष्णायसं निषिश्चन्ति ॥ २९ ॥ 

अथ च यस्त्विह वा आत्मसम्भावनेन स्वयमधमो जन्मतपोविद्याचारवर्णाश्रमवतो वरीयसो न बहु मन्येत स मृतक एव मृत्वा क्षारकर्दमे निरयेऽवाक् शिरा निपातितो दुरन्ता यातना ह्यश्रुते ॥ ३० ॥ 

जो ब्राम्हण या ब्राम्हणी अथवा ब्रतमा रहेको कोहि पनि प्रमादवश मद्यपान गर्दछन अथवा क्षेत्रीय तथा वैश्य भएर सोमपान गर्दछ भने उसलाई यमदूतले अयःपान नाम गरेको नरकमा लिएर जान्छन र उसको छातीमा खुट्टा राखेर उसको मुखमा आगोले तातेको फलाम हालिदिन्छन । जो मानिस यसलोकमा निम्नश्रेणिको भएर आफुलाई ठुलो मान्नेको कारण जन्म, तप, विद्या, आचार, वर्ण आश्राममा आफुभन्दा ठुलालाई सत्कार गदैन त्यो बाँचेर पनि मरे समान हो । उसलाई मरेपछि क्षारकर्दम नामको नरकमा तल सिर गरेर खसाल्दछन । त्यहाँ उसले धेरै पीडा भोग्नु पर्दछ ।।३०।।

ये त्विह वै पुरुषाः पुरुषमेधेन यजन्ते याश्च स्त्रियो नृपशन् खादन्ति तांश्च ते पशव इव निहता यमसदने यातयन्तो रक्षोगणाः सौनिका इव स्वधितिनाऽवदायासृक् पिबन्ति नृत्यन्ति च गायन्ति च हृष्यमाणा यथेह पुरुषादाः ॥ ३१ ॥ 

यस लोकमा नरमेधादिद्वारा वैभव, यक्ष, राक्षस, आदिको यजन गर्ने पुरुष झैं जो स्त्री पशु समान पुरुषलाई खान्छिन भने उनले त्यो पशु जस्तै मारिएका तिनै पुरुषले यमलोकमा राक्षस भएर अनेक किसिमको यातना दिन्छ । र रक्षोगण भोजन नामक नरकमा कसाइले झैं सस्त्रले काटेर त्यसको रगत पिउछन । तथा जुन प्रकार त्यो मांस भोजी पुरुष यसलोकमा उसको मासु भोजन गर्दा आनन्द मान्दथ्यो त्यसैगरि उनीहरू पनि उसको रगत पिएर आनन्दित भएर नाच्ने गाउँने गर्दछन ।।३१।।

ये त्विह वा अनागसोऽरण्ये ग्रामे वा वैश्रम्भकैरुपसृतानुपविश्रम्भय्य जिजीविषून् शूलसूत्रादिषूपप्रोतान् क्रीडनकतया यातयन्ति तेऽपि च प्रेत्य यमयातनासु शूलादिषु प्रोतात्मानः क्षुतृड्भ्यां चाभिहताः कङ्कवटादिभिश्चेतस्ततस्तिग्मतुण्डैराहन्यमाना आत्मशमलं स्मरन्ति ॥ ३२ ॥ 

यसलोकमा जसले वन या गाँउका निरापराध पशु जीवलाइ अनेक किसिमको उपायले फकाएर आफ्नो डोरीको बन्धनमा पारेर अनेक कष्ट दिन्छ भने उसले पनि मरेपछि यम यतनाको समयमा सूलप्रोत नामको नरकमा सूलीले छेड्दछन । त्यस बखतमा जब उसलाई भोक प्यासले सताउँदछ र कंक वट आदि गरेका तीखो चुच्चा भएका नरकका ठुला पक्षीले ठुंदछन । तब उसलाई आफुले गरेका सबै पापको याद आँउछ ।।३२।।

ये त्विह वै भूतान्युद्वेजयन्ति नरा उल्बणस्वभावा यथा दन्दशूकास्तेऽपि प्रेत्य नरके दन्दशूकाख्ये निपतन्ति यत्र नृप दन्दशूकाः पञ्चमुखाः सप्तमुखा उपसृत्य ग्रसन्ति यथा बिलेशयान् ॥ ३३ ॥ 

राजन् ! यसलोकमा जुन सर्पको समान उग्रस्वभावको पुरुषले अर्को जीवलाई पीडा पुर्याउँदछ भने त्यो मरेपछि दन्दशूक नमको नरकमा पर्दछ । त्यहाँ पाँच पाँच सात सात मुख भएका सर्पहरू उस्को नजिक आएर उसलाई मुसालाई झैं निल्दछन ।।३३।।

ये त्विह वा अन्धावटकुसूलगुहादिषु भूतानि निरुन्धन्ति तथामुत्र तेष्वेवोपवेश्य सगरेण वह्निना धूमेन निरुध्यधन्ति ॥ ३४ ॥ 

जे ब्यक्ति यहाँ अर्को प्राणीलाई अध्यारो, खाल्डो, कोठा वा गुफामा हाल्दछ भने उसले परलोकमा यमदूतले पनि यस्तै ठाँउमा हालिदिन्छन जहाँ विषालु आगोको धुवाले उकुस मुकुस हुन्छ । यसैले यस नरकालाई अवटनितरोधन भनिएको हो ।। ३४।।

यस्त्विह वा अतिथीनभ्यागतान् वा गृहपतिरसकृदुपगतमन्युर्दिधक्षुरिव पापेन चक्षुषा निरीक्षते तस्य चापि निरये पापदृष्टेरक्षिणी वज्रतुण्डा गृध्राः कङ्ककाकवटादयः प्रसह्योरुबलादुत्पाटयन्ति ॥ ३५ ॥ 

जो गृहस्थले आफ्ना घरमा आएका अतिथि अभ्यागतलाई रिसाएर कुटिल आँखाले हेर्दछ भने जब उ नरकमा पर्दछ तब उसको पापदृष्टिको आँखालाई गिद्ध, कंक, काग, र बट आदि वज्रजस्तो कठोर चुच्चा भएका पक्षीले बलसंग उस्को आँखा निकालि दिन्छन । यस नरकलाई पर्यावर्तन भन्दछन ।।३५।।

यस्त्विह वा आढ्याभिमतिरहङ्कृतिस्तिर्यक्प्रेक्षणः सर्वतोऽभिविशङ्की अर्थव्ययनाशचिन्तया परिशुष्यमाणहृदयवदनो निर्वृतिमनवगतो ग्रह इवार्थमभिरक्षति स चापि प्रेत्य तदुत्पादनोत्कर्षण संरक्षणशमलग्रहः सूचीमुखे नरके निपतति यत्र ह वित्तग्रहं पापपुरुषं धर्मराजपुरुषा वायका इव सर्वतोऽङ्गेषु सूत्रैः परिवयन्ति ॥ ३६ ॥ 

यस लोकमा जो व्यक्ति आफुलाई बडा धनवान सम्झेर घमण्डि भएर सबैलाई टेढो आँखाले हेर्दछ र  धनको नाशको चिन्ताले सधै मुख सुकाइरहन्छ र जसका कारण एकक्षण पनि आनन्द पाउदैन खालि धनको रक्षाको लागि मात्र लागिरहन्छ, पैसा बचाउँने र बढाउनमा अनेक पाप गरिरहन्छ भने त्यो नराधम मरेपछि सूचीमुख नरकमा पर्दछ । त्यहाँ त्यस अर्थ पिशाच पापात्माको सबै शरीरलाई यमराजका दूतहरूले सूचिकारले झैं सीयो धागोले सिउदिन्छन ।। ३६।।

एवंविधा नरका यमालये सन्ति शतशः सहस्रशस्तेषु सर्वेषु च सर्व एवाधर्मवर्तिनो ये केचिदिहोदिता अनुदिताश्चावनिपते पर्यायेण विशन्ति तथैव धर्मानुवर्तिन इतरत्र इह तु पुनर्भवे त उभयशेषाभ्यां निविशन्ति ॥ ३७ ॥ 

राजन् ! यमलोकमा यस प्रकार सैकडौं हजारौं नरक छन । ती मध्ये जुनको यहाँ उल्लेख भएको छ जसको विषयमा केहि भनिएको छैन ती सबै अधर्मपरायण जीव आफ्नो कर्म अनुसार यसमा पर्दछन । यसै गरि धर्मात्मा पुरुष स्वर्गादिलोकमा जान्छन । यसप्रकार नरक र स्वर्गको भोगले अधिकांश पाप र पुण्य क्षीण हुदैजान्छ र बाँकी बचेको पुण्य र पापरूपकर्मलाई लिएर फेरी यसलोकमा जन्म लिनका लागि फर्केर आँउछ ।।३७।।

निवृत्तिलक्षणमार्ग आदावेव व्याख्यातः । एतावानेवाण्डकोशो यश्चतुर्दशधा पुराणेषु विकल्पित उपगीयते यत्तद्‌भगवतो नारायणस्य साक्षान्महापुरुषस्य स्थविष्ठं रूपमात्ममायागुणमयमनुवर्णितमादृतः पठति शृणोति श्रावयति स उपगेयं भगवतः परमात्मनोऽग्राह्यमपि श्रद्धाभक्तिविशुद्धबुद्धिर्वेद ॥ ३८ ॥ 

यो धर्म र अधर्म दुबैबाट विलक्षण जुन विवृत्त मार्ग छ त्यसका बारेमा पहिले नै –द्वितीय स्कन्धमा ) बर्णन भैसकेको छ । पुराणमा जसको चौध भूवनाको रुपमा वर्णन गरिएको छ , त्यो ब्रम्हाण्डकोश यति नै हो यो साक्षत परमपुरुष श्रीनारायणको आफ्नो मायाको गुणले युक्त अत्यन्त स्थूल स्वरूपहो । यसको वर्णन मैले तिमीलाई सुनाएं । परमात्मा भगवान्लाई उपनिषदमा वर्णित निर्गुण स्वरूप यद्यपि मन बुद्धिको पहुँच बाहिर नै छ तापनि जो पुरुष यस स्थूलरुपको वर्णनका बारे आदर पूर्वक पढ्दछ, सुन्दछ अथवा सुनाउँछ भने उस्को  बुद्धि श्रद्धा र भक्तिको कारण सुद्ध हुन्छ र त्यो उस सूक्ष्मरुपको पनि अनुभव गर्न सक्दछ ।।३८।।

श्रुत्वा स्थूलं तथा सूक्ष्मं रूपं भगवतो यतिः । स्थूले निर्जितमात्मानं शनैःसूक्ष्मं धिया नयेदिति ॥ ३९ 

योगीहरूले भगवान्को स्थूल र सूक्ष्म दुवै प्रकारको रुपको श्रवण गरेर पहिले स्थूलरुपमा चित्तलाई स्थिर गरोस र फेरी विस्तारै विस्तारै त्यहाँबाट हटाएर सूक्ष्ममा लगाओस ।।३९।।

भूद्वीपवर्षसरिदद्रिनभःसमुद्र
     पातालदिङ्नरकभागणलोकसंस्था । 
गीता मया तव नृपाद्‌भुतमीश्वरस्य 
     स्थूलं वपुः सकलजीवनिकायधाम ॥ ४० ॥ 

परीक्षित ! मैले तिमीलाई पृथ्वी र त्यस अन्तर्गत द्वीप, वर्ष, नदी, पर्वत, आकाश, समुद्र, पाताल, दिशा, नरक, ज्योतिर्गण र लोकको स्थितिको वर्णन गरें । यहि भगवानको अति अद्भुत स्थूल रूपहो जुन सबै जीवहरूको आश्रय हो ।।४०।।

इति श्रीमद्‌भागवते महापुराणे पारमहंस्यां संहितायां 
पञ्चमस्कन्धे नरकानुवर्णनं नाम षड्विशोऽध्यायः ॥ २६ ॥