श्रीमद्भागवत महापुराण
पञ्चमः स्कन्धः – चतुर्थोऽध्यायः
श्रीशुक उवाच–
(भृंगनाद)
अथ ह तमुत्पत्त्यैवाभिव्यज्यमानभगवल्लक्षणं साम्योपशमवैराग्यैश्वर्यमहाविभूतिभिरनुदिनमेधमानानुभावं प्रकृतयः प्रजा ब्राह्मणा देवता( श्चावनितलसमवनायातितरां जगुश्चः ॥ १ ॥
सुकदेवजीले भन्नुभयो—
राजन ! नाभिका छोरा ऋषभदेवको शरीरमा जन्मदा खेरी नै विष्णु भगवानको वज्र अंकुश आदि चिन्हले प्रकट भएको थियो जसका कारण उनको प्रभाव दिनदिनै बढ्दै गयो । यस्तो देखेर यिनले पृथ्वीमा शासन गर्छन भन्ने कुरा मन्त्रि, प्रजाहरू, ब्राम्हण, देवताहरूको मनमा मनमा समेत आशा भयो ।।१।।
तस्य हवा इत्थं वर्ष्मणा वरीयसा बृहच्छ्लोकेन चौजसा बलेन श्रिया यशसा वीर्यशौर्याभ्यां च पिता ऋषभ इतीदं नाम चकार ॥ २ ॥
सुन्दर र मिलेको शरीर, विपुल कीर्ति, तेज, वल, ऐश्वर्य, यस, पराक्रम र उत्साह आदि गुण भएकाले महाराज नाभिले उनको नाम ऋषभ राखे ।।२।।
तस्य हीन्द्रः स्पर्धमानो भगवान् वर्षे न ववर्ष तदवधार्य भगवानृषभदेवो योगेश्वरः प्रहस्यात्मयोगमायया स्ववर्षमजनाभं नामाभ्यवर्षत् ॥ ३ ॥
एकपटक उनको राज्यमा इन्द्रले डाहका कारण जल वर्षा गराएनन् त्यतिबेला भगवान् योगेश्वर ऋषभले इन्द्रको मुख्र्याई देखेर हाँस्दै आफ्नो योगवलले भारि वर्षा गराए ।।३।।
नाभिस्तु यथाभिलषितं सुप्रजस्त्वमवरुध्यातिप्रमोदभरविह्वलो गद्गदाक्षरया गिरा स्वैरं गहीतनरलोकसधर्मं भगवन्तं पुराणपुरुषं मायाविलसितमतिर्वत्स तातेति सानुरागमुपलालयन् परा निर्वृतिमुपगतः ॥ ४ ॥
महाराज नाभि पनि आफुले इच्छा गरे अनुसार छोरा पाएर अत्यन्त आनन्द संग रहे र आफ्नै इच्छाले मनुष्य शरीर धारण गर्नुभएका भगवान् श्रीहरीलाई प्रेम पुर्वक हे पुत्र ! हे वत्स ! भन्ने शव्दले आदर गरेर लालन पालन गर्नै भगवान्को लीलाबाट आनन्द मग्न भए ।।४।।
विदितानुरागमापौरप्रकृति जनपदो राजा नाभिरात्मजं समयसेतुरक्षायामभिषिच्य ब्राह्मणेषूपनिधाय सह मेरुदेव्या विशालायां प्रसन्ननिपुणेन तपसा समाधियोगेन नरनारायणाख्यं भगवन्तं वासुदेवमुपासीनः कालेन तन्महिमानमवाप ॥ ५ ॥
यस्य ह पाण्डवेयश्लोकावुदाहरन्तिको नु तत्कर्म राजर्षेर्नाभेरन्वाचरेत्पुमान् । अपत्यतामगाद्यस्य हरिः शुद्धेन कर्मणा ॥ ६ ॥
ब्रह्मण्योऽन्यः कुतो नाभेर्विप्रा मङ्गलपूजिताः ।
यस्य बर्हिषि यज्ञेशं दर्शयामासुरोजसा ॥ ७ ॥
मन्त्रीमण्डल तथा देशवासीहरूले समेत ऋषभदेवलाई धेरै प्रेम गर्न लागेको देखेर राजाले धर्म मर्यादाको रक्षाका लागि राज्याभिषेक गरेर ब्राम्हणहरूको रेखदेखमा छोडिदिए र आफ्नी रानी मेरुदेवीलाई लिएर वदरिकाश्रम तिर लागे । त्यहाँ रहँदा उनले अहिंसाबृत्तिले कसै प्रति द्वेश नराखि तपस्या तथा समाधियोग द्वारा भगवान वासुदेवको नर–नारायणरुपको आराधना गर्नलागे र पछि वहाँमा नै लीन भए । हे पाण्डुनन्दन ! राजा नाभिको विषयमा यो दुई श्लोक प्रसिद्ध छ— राजा नाभिको जस्तो उदार कर्मको आचरण अरु कस्ले गर्न सक्छ र, उनको पवित्रताबाट सन्तुष्ट भएर स्वयं श्रीहरिले उनको छोरा भएर जन्मनुभयो । महाराज नाभि समान ब्राम्हण भक्त अरु कोहि हुन सक्तैनन । उनको दक्षिणाले सन्तुष्ट भएर ब्राम्हणहरूले आफ्ना मन्त्रवलले उनलाई यज्ञशालामा साक्षात भगवान् श्रीष्णुको दर्शन गराए ।।५,६,७।।
अथ ह भगवानृषभदेवः स्ववर्षं कर्मक्षेत्रमनमन्यमानः प्रदर्शितगुरुकुलवासो लब्धवरैर्गुरुभिरनुज्ञातो गृहमेधिनां धर्माननुशिक्षमाणो जयन्त्यामिन्द्रदत्तायामुभयलक्षणं कर्मसमाम्नायाम्नातमभियुञ्जन्नात्मजानामात्मसमानानां शतं जनयामास ॥ ८ ॥
लोकलाई शिक्षा दिनका लागि भगवान् ऋषभदेवले आफ्नो देश अजनाभ खण्डलाई कर्मक्षेत्र मानेर केहि समय गुरुकुलमा बस्नुभयो । गुरुलाई दक्षिणा दिएर वहाँको आज्ञा लिएर आफ्नो गृह प्रवेश गर्नुभयो । त्यसपछि देवराज इन्द्रकी जयन्ती नामकी छोरीसंग विवाह गरेर गार्हस्थहरूलार्ई गृहधर्मको शिक्षा दिनुभयो । वहाँले शास्त्रले उल्लेख गरेका श्रुति–स्मृति दुवैप्रकारको कर्मको आचरण गरेर रहनुभयो । वहाँका जयन्तीको गर्भबाट सय छोराहरू उत्पन्न भए ।।८।।
येषां खलु महायोगी भरतो ज्येष्ठः श्रेष्ठगुण आसीद्येनेदं वर्षं भारतमिति व्यपदिशन्ति ॥ ९ ॥
तमनु कुशावर्त इलावर्तो ब्रह्मावर्तो मलयः केतुर्भद्रसेन इन्द्रस्पृग्विदर्भः कीकट इति नव नवतिप्रधानाः ॥ १० ॥
जसमा महायेगी भरत धेरै गुणले युक्त थिए । उनैको नामले अजनाभखण्डलाई लोकले भारतवर्ष भन्नलागे । उनका भाईहरूमा कुशावर्त,इलावर्त, ब्रम्हावर्त, मलय, केतु, भद्रसेन, इन्द्रस्पृक्, विदर्भ र कीकट–अरु नब्बे भाईहरू भन्दा श्रेष्ठ थिए ।।१०।।
कविर्हरिरन्तरिक्षः प्रबुद्धः पिप्पलायनः । आविर्होत्रोऽथ द्रुमिलश्चमसः करभाजनः ॥ ११ ॥
इति भागवतधर्मदर्शना नव महाभागवताः तेषांसुचरितं भगवन्महिमोपबृंहितवसुदेवनारदसंवादमुपशमायनमुपरिष्टाद्वर्णयिष्यामः ॥ १२ ॥
यी पछिका कवि, हरि, अन्तरिक्ष, प्रवुद्ध, पिपलायन, आर्विहोत्र, द्रुमिल, चमस र करभाजन यी नौ राजकुमार भगवत धर्मको प्रचार गर्ने भगवान्का भक्त थिए । भगवान्को महिमाबाट प्रभावित भएको कुरा (एकादसस्कन्धमा) नारद वसुदेव प्रसंगमा बताइने छ ।।११।१२।।
यवीयांस एकाशीतिर्जायन्तेयाः पितुरादेशकरा महाशालीना महाश्रोत्रिया यज्ञशीलाः कर्मविशुद्धा ब्राह्मणा बभूवुः ॥ १३ ॥
यी भन्दा पछिका बाँकी अरु एकासी छोराहरू पिताको आज्ञाको पालन गर्ने अति नम्र वेदज्ञ र निरन्त यज्ञ गर्ने भएका थिए । उनीहरू सबै पुण्यकर्मको अनुष्ठान गर्नाले ब्राम्हण भए ।।१३।।
भगवानृषभसंज्ञ आत्मतन्त्रः स्वयं नित्यनिवृत्तानर्थपरम्परः केवलानन्दानुभव ईश्वर एव विपरीतवत्कर्माण्यारभमाणः कालेनानुगतं
धर्ममाचरणेनोपशिक्षयन्नतद्विदां सम उपशान्तो मैत्रः कारुणिको धर्मार्थयशःप्रजानन्दामृतावरोधेन गृहेषु लोकं नियमयत् ॥ १४ ॥
भगवान् ऋषभदेव स्वतन्त्र हुनुुहुन्थ्यो त्यसैल सबैप्रकारको अनर्थ बाट रहित हुनुहुन्थ्यो र साक्षात आनन्दमय ईश्वर हुनुहुन्थ्यो तापनि अज्ञानी मानिसका झैं कार्यहरू गर्नुहुन्थ्यो । धर्म तत्व नबुझेकालाई उचित शिक्षा दिनुहुन्थ्यो । साथै सम, शान्त, सुहृद, र कारुणिक भएर धर्म, अर्थ, यस, सन्तान भोग–सुख र मोक्षको संग्रह बारेमा गृहस्थलाई बुझाँउनु भयो ।।१४।।
यद्यच्छीर्षण्याचरितं तत्तदनुवर्तते लोकः ॥ १५ ॥
किनकि महापुरुषहरू जस्तो आचरण गर्दछन्, अरु साधारण पनि त्यस्तै आचरण गर्दछन ।।१५।।
यद्यपि स्वविदितं सकलधर्मं ब्राह्मं गुह्यं ब्राह्मणैर्दर्शितमार्गेण सामादिभिरुपायैर्जनतामनुशशास ॥ १६ ॥
उहाँ सबै धर्मका साररूपवेदको रहस्य जान्नुहुन्थ्यो तापनि ब्राम्हणले बताए अनुसारको सामदानादि निति अनुसार नै प्रजाको पालन गर्नुहुन्थ्यो ।।१६।।
द्रव्यदेशकालवयः श्रद्धर्त्विग्विधोद्देशोपचितैः सर्वैरपि क्रतुभिर्यथोपदेशं शतकृत्व इयाज ॥ १७ ॥
वहाँले शास्त्र र ब्राम्हणको उपदेशानुसार विभिन्न देवताहरूको उद्देश्यले उचित समय र कालमा द्रव्य, देश, काल, श्रद्धा, र ऋत्विज आदिले सय यज्ञ गर्नुभयो ।।१७।।
भगवतर्षभेण परिरक्ष्यमाण एतस्मिन् वर्षे न कश्चन पुरुषो वाञ्छत्यविद्यमानमिवात्मनोऽन्यस्मात्कथञ्चन किमपि कर्हिचिदवेक्षते भर्तर्यनुसवन विजृम्भितस्नेहातिशयमन्तरेण ॥ १८ ॥
भगवान् ऋषभदेवको शासनकालमा कुनै पनि मानिसले आफ्ना लागि भगवान्को प्रेम बढाउने अनुराग बाहेक अरु वस्तुको इच्छा गर्दैन थे । साथै आकाश कुसुमादि अविद्यमान वस्तुझैं कुनै चिजमा दृष्टिपात पनि गर्दैनथे ।।१८।।
स कदाचिदटमानो भगवानृषभो ब्रह्यावर्तगतो ब्रह्मर्षिप्रवरसभायां प्रजानां निशामयन्तीनामात्मजानवहितात्मनः प्रश्रयप्रणयभरसुयन्त्रिता( नप्युपशिक्षयन्नितिहोवाच ॥ १९ ॥
एकपटक भगवान् ऋषभदेव घुम्दै घुम्दै ब्रम्हावर्त देशमा पुग्नुभयो । त्यहाँ ठुला ठुला ब्रम्हर्षिहरूको सभामा वहाँले प्रजाको अगाडि नै आफ्नो तथा विनय र प्रेमले पूर्ण आफ्ना छोराहरूलाई शिक्षा दिनका लागि यसप्रकार भन्नुभयो ।।१९।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
संहितायां पञ्चमस्कन्धे चतुर्थोऽध्यायः ॥ ४ ॥