श्रीमद्भागवत महापुराण
तृतीय स्कंधः– प्रथमोऽध्यायः
श्रीशुक उवाच ।
(अनुष्टुप)
एवमेतत्पुरा पृष्टो मैत्रेयो भगवान् किल ।
क्षत्त्रा वनं प्रविष्टेन त्यक्त्वा स्वगृह ऋद्धिमत् ॥ १ ॥
श्रीशुकदेवजीले भन्नुभयो–
राजन! तिमीले जुन कुराको प्रश्न गर्यौ, त्यै कुरा आफ्नो घरको सुख सुविधालाई त्यागेर वनमा गएका विदुरजीले मैत्रेयजीलाई सोधेका थिए ।।१।।
यद्वा अयं मंत्रकृद्वो भगवान् अखिलेश्वरः ।
पौरवेन्द्रगृहं हित्वा प्रविवेशात्मसात्कृतम् ॥ २ ॥
सर्बैश्वर भगवान् श्रीकृष्ण पाण्डवको दूत वनेर दुर्योधनको महललाई छाडेर नबोलाउदा पनि उनको घरमा उनको घरमा जानुभएको थियो ।।
राजोवाच ।
कुत्र क्षत्तुर्भगवता मैत्रेयेणास सङ्गमः ।
कदा वा सहसंवाद एतद् वर्णय नः प्रभो ॥ ३ ॥
राजाले सोधे– प्रभो! भगवान् मैत्रेयको साथ विदुरको समागम कहाँ र कहिले भएको थियो ? यस वारेमा मलाई वताउनु होस ।।३।।
न ह्यल्पार्थोदयस्तस्य विदुरस्य अमलात्मनः ।
तस्मिन् वरीयसि प्रश्नः साधुवादोपबृंहितः ॥ ४ ॥
पवित्र आत्मा भएका विदुरजीले मैज्ञेयजी संग साधारण प्रश्न त गरेका थिएनन् । उनलाई उनको प्रश्नको जवाफ दिएर साधुसिरोमणि मैत्रेयजीले खुसी बनाएका थिए ।।५।।
सूत उवाच –
स एवं ऋषिवर्योऽयं पृष्टो राज्ञा परीक्षिता ।
प्रत्याह तं सुबहुवित् प्रीतात्मा श्रूयतामिति ॥ ५ ॥
सूतजीले भने–
सर्बज्ञ सुकदेवले राजा परीक्षितको यस्तो प्रश्न सुन्दा अति खुसी भएर भने सुन ।।५।।
श्रीशुक उवाच ।
(इंद्रवज्रा)
यदा तु राजा स्वसुतानसाधून्
पुष्णन् न धर्मेण विनष्टदृष्टिः ।
भ्रातुर्यविष्ठस्य सुतान् विबन्धून्
प्रवेश्य लाक्षाभवने ददाह ॥ ६ ॥
श्रीशुकदेवजीले भन्नुभयो –
परीक्षित ! यो त्यस बैलाको कुरा हो जव अन्धा राजा धृतराष्ट्र्ले अन्याय पूर्वक आफ्ना छोराहरूलाई पालन पोषण गरेर, आफ्ना भाई पाण्डुका अनाथ छोराहरूलाई लाक्षागृहमा पठाएर आगो लगाइदिएका थिए ।।६।।
यदा सभायां कुरुदेवदेव्याः
केशाभिमर्शं सुतकर्म गर्ह्यम् ।
न वारयामास नृपः स्नुषायाः
स्वास्रैर्हरन्त्याः कुचकुङ्कुमानि ॥ ७ ॥
जस बेलामा उसकी पुत्रवधु महाराज युधिष्ठिरकी पटरानी द्रौपदीको केश सभाका विचमा दुशासनले समात्यो, त्यस बेला द्रौपदीको आँखाबाट आँसु बगिरहेको थियो, उसले वक्षस्थलमा लगाएको कपडा पनि उतार्यो तर आफ्ना छोराको त्यो कुकर्मलाई धृतराष्ट्र्ले रोकेनन ।।७।।
द्यूते त्वधर्मेण जितस्य साधोः
सत्यावलंबस्य वनं गतस्य ।
न याचतोऽदात् समयेन दायं
तमोजुषाणो यदजातशत्रोः ॥ ८ ॥
दुर्योधनले सत्य परायण र सिधासाधा युधिष्ठिरको राज्य जुवामा अन्यायले जित्यो र उनीहरूलाई वनमा पठायो । फेरी वनबाट फर्केपछि युधिष्ठिरले प्रतिज्ञा अनुसार आफ्नो न्यायोचित पैतृक सम्पत्ति मागे तर मोहमा परेर अजात सत्रु युधिष्ठिरलाई अंश दिएनन ।।८।।
यदा च पार्थप्रहितः सभायां
जगद्गुरुर्यानि जगाद कृष्णः ।
न तानि पुंसां अमृतायनानि
राजोरु मेने क्षतपुण्यलेशः ॥ ९ ॥
महाराज युधिष्ठिरले पठाएका कारण भगवान् श्रीकृष्णले कौरव सभामा हितका कुरा भन्नुभएको थियो जुनकुरा भीष्मादि सज्जनहरूका लागि अमृत वचन भयो तर कुरुराजले त्यस कुराको कुनै सुनुवाई गरेनन, गरुन पनि कसरी ? उनको पुण्य नष्ट भैसकेकोले बुध्दि पनि भष्ट भैसकेको थियो ।।९।।
यदोपहूतो भवनं प्रविष्टो
मंत्राय पृष्टः किल पूर्वजेन ।
अथाह तन्मंत्रदृशां वरीयान्
यन्मंत्रिणो वैदुरिकं वदन्ति ॥ १० ॥
एकपटक सल्लाहका लागि विदुरलाई राजभवनमा बोलाइयो त्यतिवेला मन्त्रि मध्देका श्रेष्ठ विदुरले आफ्ना दाजू धृतराष्ट्र्को प्रश्नमा जुन सहमति दिए त्यसलाई विदुर नीति भन्दछन् ।।१०।।
अजातशत्रोः प्रतियच्छ दायं
तितिक्षतो दुर्विषहं तवागः ।
सहानुजो यत्र वृकोदराहिः
श्वसन् रुषा यत्त्वमलं बिभेषि ॥ ११ ॥
उनले भने– महाराज ! तपाई अजात सत्रु युधिष्ठिरलाई उनको हिस्सा दिनुहोस । त्यो त तपाईको नसुहाउने अपराध हो । भीमरूपकालो सर्पबाट तपाई धेरै डराउनुहुन्छ, हेर्नुहोस उ आफ्ना भाईहरू सहित भएर बदला लिनको लागि रिषले चुर भएको छ ।।११।।
पार्थांस्तु देवो भगवान् मुकुन्दो
गृहीतवान् स क्षितिदेवदेवः ।
आस्ते स्वपुर्यां यदुदेवदेवो
विनिर्जिताशेष नृदेवदेवः ॥ १२ ॥
तपाईलाई थाहा छैन ? श्री कृष्ण पाण्डवहरूका पक्षमा छन् । वहाँ युध्दवीरको आराध्यदेव अहिले आफ्नो राजधानी द्वारकापुरीमा विराजमान हुनुहुन्छ । वहाँले पृथ्वीका सबै राजाहरूलाई परास्त गरी आफ्नो अधिनमा लिनुभएको छ ।।१२।।
स एष दोषः पुरुषद्विडास्ते
गृहान् प्रविष्टो यमपत्यमत्या ।
पुष्णासि कृष्णाद्विमुखो गतश्रीः
त्यजाश्वशैवं कुलकौशलाय ॥ १३ ॥
जसलाई तपाई आफ्नो छोरा सम्झेर पालिराख्नु भएको छ । जस्को कुरालाई समर्थन जनाईराख्नु भएको छ त्यो दुर्योधनको रूपमा मुर्तिमान दोष तपाईको घरमा बसिरहेको छ । त्यो त साक्षात भगवान् श्रीकृष्ण संग द्वेष गर्दछ । त्यसैकारण तपाई भगवान्बाट विमुख भएर श्रीहीन हुनुभएको छ । यदि तपाई आफ्नो परिवारको भलो चहानुहुन्छ भने यस्तो दुष्टलाई तुरुन्तै त्यागिदिनुहोस ।।१३।।
इति ऊचिवान् तत्र सुयोधनेन
प्रवृद्धकोपस्फुरिताधरेण ।
असत्कृतः सत्स्पृहणीयशीलः
क्षत्ता सकर्णानुजसौबलेन ॥ १४ ॥
विदुरको यस्तो सुन्दर स्वभाव भएका कारण साधुहरू पनि उनलाई मन पराउदथे । उनको यस्तो कुरा सुनेर कर्ण, दुशासन, सकुनि सहित दुर्योधनको ओठ अत्यन्तै फराउन लाग्यो अनि उनलाई हेंला गर्दे भन्नलाग्यो ।।१४।।
क एनमत्रोपजुहाव जिह्मं
दास्याः सुतं यद्बलिनैव पुष्टः ।
तस्मिन् प्रतीपः परकृत्य आस्ते
निर्वास्यतामाशु पुराच्छ्वसानः ॥ १५ ॥
अहो! यो कुटील दाशीपुत्रलाई यहाँ कसले बोलायो ? यो जस्को अन्न खाएर बाँचेको छ उसैलाई अप्ठेरो पार्ने गरी सत्रुको गुणगान गाउदछ । यसलाई मार्न त नमार तर तुरुन्तै हाम्रो सहरबाट निकालिदेओ ।।१५।।
स इत्थमत्युल्बणकर्णबाणैः
भ्रातुः पुरो मर्मसु ताडितोऽपि ।
स्वयं धनुर्द्वारि निधाय मायां
गतव्यथोऽयादुरु मानयानः ॥ १६ ॥
आफ्ना दाजुका अगाडि नै यस्तो अत्यन्त कठोर वचनले मर्माहत भए तापनि विदुरले अन्यथा सोचेनन अनि भगवानको मायाको प्रवल इच्छा सम्झेर आफ्नो धनुषलाई राजद्वारमा राखेर उनी हस्तिनापुरबाट निस्के ।।१६।।
स निर्गतः कौरवपुण्यलब्धो
गजाह्वयात् तीर्थपदः पदानि ।
अन्वाक्रमत्पुण्यचिकीर्षयोर्व्यां
स्वधिष्ठितो यानि सहस्रमूर्तिः ॥ १७ ॥
कौरवका लागि विदुर जस्ता महात्मा त ठुलो पुण्यले नै प्राप्त भएको थियो । उनी हस्तिनापुरबाट निस्केर पृथ्वीको तीर्थ गर्ने इच्छाले भगवानको क्षेत्रहरूमा डुल्न लागे । जहाँ श्रीहरि, ब्रह्मा, रुद्र, अनन्त आदि अनेक मुर्तिका रूपमा विराजमान हुनुहन्छ ।।१७।।
पुरेषु पुण्योपवनाद्रिकुञ्जे
ष्वपङ्कतोयेषु सरित्सरःसु ।
अनन्तलिङ्गैः समलङ्कृतेषु
चचार तीर्थायतनेष्वनन्यः ॥ १८ ॥
जहाँ जहाँ भगवानको प्रतिमाले सुशोभित भएको तीर्थस्थान, नगर, पवित्र वन, पर्वत, निकुन्ज, निर्मल जलले भरिएको नदी तथा तलाउ आदि थिए । उनी पृथ्वीको यस्तो धेरै ठाउमा एक्लै डुले ।१८।।
गां पर्यटन् मेध्यविविक्तवृत्तिः
सदाप्लुतोऽधः शयनोऽवधूतः ।
अलक्षितः स्वैरवधूतवेषो
व्रतानि चेरे हरितोषणानि ॥ १९ ॥
यसरी डुल्दा उनका आत्मिय जनहरूले पनि उनलाई चिन्न सकेनन । उनी शरीरलाई राम्रो बनाउदैन थिए । राम्रो र पवित्र भोजन गर्दथे र शुध्द वृत्तिले जीवन निर्वाह गर्दथे । प्रत्तेक तीर्थमा स्नान गर्दथे, जमीनमा सुत्दथे र भगवान् लाई प्रशन्न गराउने ब्रत गर्दथिए
इत्थं व्रजन् भारतमेव वर्षं
कालेन यावद्गतवान् प्रभासम् ।
तावच्छशास क्षितिमेक चक्रां
एकातपत्रामजितेन पार्थः ॥ २० ॥
सरी भारत वर्षमा डुल्दाडुल्दै उनी प्रभास क्षेत्रमा पुगे त्यतिबेला महाराज युधिष्ठिर श्रीकृष्णको सहायताले पृथ्वीको अटक राज्य गरिरहेका थिए ।।२०।।
तत्राथ शुश्राव सुहृद्विनष्टिं
वनं यथा वेणुज वह्निसंश्रयम् ।
संस्पर्धया दग्धमथानुशोचन्
सरस्वतीं प्रत्यगियाय तूष्णीम् ॥ २१ ॥
त्यहाँ उनले आफ्ना कौरव वन्धुहरूको विनाश भएको समाचार सुने । जो आपसि कलहका कारण लडभिड गरेर विनास भए जसरी आफ्नै घर्षणबाट उत्पन्न भएको आगोबाट सबै जंगल जलाउदछ । यो कुरा सुनेर उनी सरस्वतीको कीनारमा आए ।।२१।।
तस्यां त्रितस्योशनसो मनोश्च
पृथोरथाग्नेरसितस्य वायोः ।
तीर्थं सुदासस्य गवां गुहस्य
यत् श्राद्धदेवस्य स आसिषेवे ॥ २२ ॥
त्यहाँ उनले त्रित, उशना, मनु पृथु, अग्नि, असित, वायु, सुदास, गुह र श्राध्ददेवको नामले प्रसिध्द एघार तीर्थको दर्शन गरे ।।२२।।
अन्यानि चेह द्विजदेवदेवैः
कृतानि नानायतनानि विष्णोः ।
प्रत्यङ्ग मुख्याङ्कितमन्दिराणि
यद्दर्शनात् कृष्णमनुस्मरन्ति ॥ २३ ॥
त्यसै गरी देवताहरू तथा ब्राह्मणहरूले स्थापना गरेका जति पनि विष्णु मन्दिरहरू थिए जुन मन्दिरका छानाहरू भगवानको आयुध शंख चक्र चिन्हले युक्त थियो । उनले ती सबैको दर्शन गरे जस्को दर्शनले श्रीकृष्णको सम्झना दिलाउथ्यो ।।२३।।
ततस्त्वतिव्रज्य सुराष्ट्रमृद्धं
सौवीरमत्स्यान् कुरुजाङ्गलांश्च ।
कालेन तावद्यमुनामुपेत्य
तत्रोद्धवं भागवतं ददर्श ॥ २४ ॥
त्यहाँबाट उनी समृध्दले युक्त भएको शौराष्ट, शौवीर, मत्स्य, कुरुजांगलादि देश हुंदै केही दिनपछि यमुनाजीको तटम पुगे त्यहाँ उनको उध्दव संग भेट भयो ।। उनी भगवान् श्रीकृष्णको प्रख्यात सेवक तथा शान्त स्वभावका थिए ।।२४।।
स वासुदेवानुचरं प्रशान्तं
बृहस्पतेः प्राक्तनयं प्रतीतम् ।
आलिङ्ग्य गाढं प्रणयेन भद्रं
स्वानां अपृच्छद् भागवत्प्रजानाम् ॥ २५ ॥
उनी बृहस्पतिको पहिलो शिष्य भएका थिए । विदुरजीले उनलाई देखेर अत्यन्तै पे्रमले आलिंगन गरेर आफ्ना प्यारा आराध्यदेव श्रीकृष्ण अनि आफ्ना स्वजनहरूको बारेमा सोधपुछ गरे ।।२५।।
कच्चित्पुराणौ पुरुषौ स्वनाभ्य
पाद्मानुवृत्त्येह किलावतीर्णौ ।
आसात उर्व्याः कुशलं विधाय
कृतक्षणौ कुशलं शूरगेहे ॥ २६ ॥
उध्दवजी! पुराण पुरुष वलरामजी र श्रीकृष्णले आफ्ना नाभिकमलबाट उत्पत्ति हुनुभएका ब्रह्माजीको प्रार्थनाबाट यस जगतमा अवतार लिनुभएको हो । वहाँ पृथ्वीको भार उतारेर सबैमा आनन्द दिलाउदै अहिले शुरसेनको घरमा कुशलै त हुनुहुन्छ ? २६।।
कच्चित् कुरूणां परमः सुहृन्नो
भामः स आस्ते सुखमङ्ग शौरिः ।
यो वै स्वसॄणां पितृवद् ददाति
वरान् वदान्यो वरतर्पणेन ॥ २७ ॥
पृयवर! हामी कुरुवंशहरूको परम सुध्द र पूज्य वसुदेवजी जो वाबुको समान उदारता पूर्वक आफ्नी कुन्ती आदि बहिनीका साथ उनको स्वामीको साथ सन्तोष गरेर उनलाई मनले मागेको कुरा दिनुहुन्थ्यो । वहाँ आनन्द पूर्वक नै ता हुनुहुन्छ ।
कच्चिद् वरूथाधिपतिर्यदूनां
प्रद्युम्न आस्ते सुखमङ्ग वीरः ।
यं रुक्मिणी भगवतोऽभिलेभे
आराध्य विप्रान् स्मरमादिसर्गे ॥ २८ ॥
पृय उध्दवजी! यादवका सेनापति वीर प्रद्युम्न ता प्रशन्नै हुनुहुन्छ होला जो पूर्व जन्ममा कामदेव थिए । उनकी पत्नी रुक्मिणीले ब्रह्मणलाई आराधना गरेर भगवान् बाट वहाँ लाई प्राप्त गरेकी थिइन ।।२८।।
कच्चित्सुखं सात्वतवृष्णिभोज
दाशार्हकाणामधिपः स आस्ते ।
यमभ्यषिञ्चत् शतपत्रनेत्रो
नृपासनाशां परिहृत्य दूरात् ॥ २९ ॥
सत्वत, वृष्णि, भोज र दशार्हवंशी यादवका अधिपति महाराज उग्रसेन ता आनन्दै हुनुहुन्छ जसले वैभवलाई सर्बथा त्यागेका थिए तर कमलनयन भगवान् श्रीकृष्णले पछि फेरी राज्य सिंहासनमा वसाउनु भएको थियो ।।२९।।
कच्चिद् हरेः सौम्य सुतः सदृक्ष
आस्तेऽग्रणी रथिनां साधु साम्बः ।
असूत यं जाम्बवती व्रताढ्या
देवं गुहं योऽम्बिकया धृतोऽग्रे ॥ ३० ॥
सौम्य! पिता समान रथिहरूमा अग्रगण्य भएका श्री कृष्णका छोरा साम्व कुशलै त छन् जुन पहिल पार्वतीले गर्भमा धागरण गर्नु भएकी स्वामी कार्तिकेयका अवतार हुन् । धेरै ब्रत गरेपछि जाम्ववतिले उनलाईजन्म दिएकी हुन ।।३०।
क्षेमं स कच्चिद् युयुधान आस्ते
यः फाल्गुनात् लब्धधनूरहस्यः ।
लेभेऽञ्जसाधोक्षजसेवयैव
गतिं तदीयां यतिभिर्दुरापाम् ॥ ३१ ॥
जसले अर्जुनबाट रहस्ययुक्त धनुर्विद्याको शिक्षा पाएका थिए ती सात्यकि ता कुशल पूर्वक नै छन् ? उनी भगवान् श्रीकृष्णको सेवाबाट भगवज्जनको महान स्थिति मा सहजै पुगेका छन । जुन ठुला ठुला योगीहरूलाई समेत दुर्लभ छ ।।३१।।
कच्चिद् बुधः स्वस्त्यनमीव आस्ते
श्वफल्कपुत्रो भगवत्प्रपन्नः ।
यः कृष्णपादाङ्कितमार्गपांसु
ष्वचेष्टत प्रेमविभिन्नधैर्यः ॥ ३२ ॥
भगवान् का सरणागत निर्मल भक्त बुध्दिमान स्वफल्कका छोरा अक्रुरजी पनि आराम नै हुनुहुन्छ ?, जो श्रीकृष्णको चरण चिन्हबाट अंकित व्रजको धुलोमा प्रेमले हर्षित भएर लड्नु भएको थियो ।।३२।।
कच्चिच्छिवं देवकभोजपुत्र्या
विष्णुप्रजाया इव देवमातुः ।
या वै स्वगर्भेण दधार देवं
त्रयी यथा यज्ञवितानमर्थम् ॥ ३३ ॥
भोजवंशी देवककी छोरी देवकीलाई ता ठिक छ होलानि ? वहाँ देवमाता अदिति सरह साक्षात विष्णु भगवान्की माता हुनुहुन्छ । जसरी तीनवेद यज्ञ विस्ताररूप अर्थलाई आफ्नो मन्त्रमा धारण गरिन्छ त्यसरी नै उनले श्रीकृष्णलाई आफ्नो गर्भमा धारण गरेकी थिइन ।।३३।
अपिस्विदास्ते भगवान् सुखं वो
यः सात्वतां कामदुघोऽनिरुद्धः ।
यमामनन्ति स्म हि शब्दयोनिं
मनोमयं सत्त्वतुरीयतत्त्वम् ॥ ३४ ॥
तपाई जस्ता भक्तको कामना पुरा गराउने भगवान् अनिरुद्रजी सुखपूर्वक ता रहनु भएको छ, जसलाई शास्त्र वेदको आदिकारण र अन्तःकरण चतुष्टयको चौथो अंश मनको अधिष्ठाता वताएएको छ ।।३४।।
अपिस्विदन्ये च निजात्मदैवं
अनन्यवृत्त्या समनुव्रता ये ।
हृदीकसत्यात्मज चारुदेष्ण
गदादयः स्वस्ति चरन्ति सौम्य ॥ ३५ ॥
सौम्य स्वभाव उध्दवजी! तपाईले हृदयेश्वर भगवान् श्रीकृष्णलाई अनन्य भावले अनुशरण गर्नु भएका हृदिक, सत्यभामाका छोरा चारुदेष्ण र गद आदि गरिएका अरूपनि भगवान्का छोरा छन् । उनीहरू ता कूशल पूर्वक नै रहेका छन् होला नि ? ।।३५।
अपि स्वदोर्भ्यां विजयाच्युताभ्यां
धर्मेण धर्मः परिपाति सेतुम् ।
दुर्योधनोऽतप्यत यत्सभायां
साम्राज्यलक्ष्म्या विजयानुवृत्त्या ॥ ३६ ॥
महाराज युधिष्ठिर श्रीकृष्ण र अर्जुनरूप दुवै हातको सहायताले न्यायपूर्वक धर्म मर्यादाको पालन गर्दछन् होलानि ? मयदानवले बनाएको सभामा यीनको राज्य वैभव र विजय परंपरालाई देखेर दुर्योधनआदिलाई धेरै डाह भएको थियो ।।३६।।
किं वा कृताघेष्वघमत्यमर्षी
भीमोऽहिवद्दीर्घतमं व्यमुञ्चत् ।
यस्याङ्घ्रिपातं रणभूर्न सेहे
मार्गं गदायाश्चरतो विचित्रम् ॥ ३७ ॥
भिमसेन अपराधिहरू प्रति अत्यन्त क्रोधी थिए, उनले गदायुध्दमा विभिन्न किसिमले पैताला चाल्दथे उनको पादप्रहारलाई पृथ्वले पनि सहन सक्तैन थिन ।।३७।।
कच्चिद् यशोधा रथयूथपानां
गाण्डीव धन्वोपरतारिरास्ते ।
अलक्षितो यच्छरकूटगूढो
मायाकिरातो गिरिशस्तुतोष ॥ ३८ ॥
जस्को वाणको वर्षाले ढाक्दा किरात भेषधारी शंकर प्रसन्न भएका थिए । ती रथी र यूथपतिको सुयश बढाउने अर्जुन त प्रसन्न छन् ? अहिले ता उनका सबै सत्रु पनि शान्त भैसकेका होलान ।।३८।।
यमावुतस्वित्तनयौ पृथायाः
पार्थैर्वृतौ पक्ष्मभिरक्षिणीव ।
रेमात उद्दाय मृधे स्वरिक्थं
परात्सुपर्णाविव वज्रिवक्त्रात् ॥ ३९ ॥
जसरी पलकले आँखालाई रक्षा गर्दछ त्यसै गरी कुन्तीपुत्र युधिष्ठिरादि जस्को सधैं रक्षा गर्दथे र कुन्तीले पनि जस्को लालन पालन गर्दथिन ती माद्रीका छोरा नकुल र सहदेव कूशल नै ता छन ? उनीहरूले युध्दमा सत्रुबाट आफ्नो राज्य उसै गरी खोसेका थिए जसरी दुई वटा गरुडले इन्द्रको मुखबाट अमृत निकालेर ल्याए ।।३९।।
अहो पृथापि ध्रियतेऽर्भकार्थे
राजर्षिवर्येण विनापि तेन ।
यस्त्वेकवीरोऽधिरथो विजिग्ये
धनुर्द्वितीयः ककुभश्चतस्रः ॥ ४० ॥
अहो विचरी कुन्ती राजर्षि श्रेष्ठ पाण्डुको वियोगमा मरे जस्तै भएर यीनै बालकहरूको लागि प्राण धारण गरेकी हुन । रथीहरू मध्दे श्रेष्ठ महाराज पाण्डु यस्ता अनुपम वीर थिए कि उनले केवल एउटा धनुष लिएर नै एक्लै नै चारै दिशामा विजय प्राप्त गरेका थिए ।।४०।।
सौम्यानुशोचे तमधःपतन्तं
भ्रात्रे परेताय विदुद्रुहे यः ।
निर्यापितो येन सुहृत्स्वपुर्या
अहं स्वपुत्रान् समनुव्रतेन ॥ ४१ ॥
सौम्यस्वभाव उध्दवजी! मलाई त अधोगति तिर जान लागेका धृतराष्ट्रको वारेमा शोक भइरहेको छ जसले पाण्डवकोरूपमा आफ्ना परलोकवासी भाई सग नै द्रोह गरे, आफ्नो छोरालाई समर्थन जनाएर उनका हितचिन्तक मलाई पनि सहरबाट निकालिदिए ।।४१।।
सोऽहं हरेर्मर्त्यविडम्बनेन
दृशो नृणां चालयतो विधातुः ।
नान्योपलक्ष्यः पदवीं प्रसादात्
चरामि पश्यन् गतविस्मयोऽत्र ॥ ४२ ॥
तर मलाई यसमा कुनै चिन्त छैन त्यस्तै आश्चर्य पनि छैन । जगद्विधाता भगवान् श्रीकृष्णले नै मनुष्यको लीला गरेर उनीहरूको मनोवृत्तिलाई भ्रमित गराइदिनुहुन्छ । म त वहाँकै कृपाबाट वहाँको महिमालाई देख्दछु । अरुको दृष्टिबाट टाढा भएर डुलिरहन्छु ।।४२।।
नूनं नृपाणां त्रिमदोत्पथानां
महीं मुहुश्चालयतां चमूभिः ।
वधात्प्रपन्नार्तिजिहीर्षयेशोऽपि
उपैक्षताघं भगवान् कुरूणाम् ॥ ४३ ॥
कौरवहरूले उनी माथि धेरै अपराध गरे तापनि भगवानले के कारण उनीहरुलाई उपेक्षा गर्नु भयो भने वहाँ उनीहरूको साथै दुष्ट राजालाई पनि मारेर आफ्ना शरणगतको दुःख हटाउनु चहानु हुन्थ्यो । जो धन विद्या र जातिको मद्बाट अन्धो भएर कुमार्गगामी भएका थिए जस्को सेनाले गर्दा पृथ्वी कामिरहेकी थीइन ।।४३।।
अजस्य जन्मोत्पथनाशनाय
कर्माण्यकर्तुर्ग्रहणाय पुंसाम् ।
नन्वन्यथा कोऽर्हति देहयोगं
परो गुणानामुत कर्मतंत्रम् ॥ ४४ ॥
उध्दवजी ! भगवान् श्रीकृष्ण जन्म र कर्मबाट रहित हुनुहुन्छ तापनि दुष्टहरूलाईनष्ट गर्नको लागि र लोकलाई आफुतिर आकर्षण गराउनको लागि उनको दिव्य जन्म कर्महरू हुने गर्दछन् । नत्र भगवानको कुरा नै के हो र जो ब्यक्ति गुणबाट पार भएकाछन् उनीहरूमा पनि यस्ता को छन्, जो यस्तो कर्मको अधिनमा भएको वन्धनमा पर्न चाहान्छन् ।।४४।।
तस्य प्रपन्नाखिललोकपानां
अवस्थितानां अनुशासने स्वे ।
अर्थाय जातस्य यदुष्वजस्य
वार्तां सखे कीर्तय तीर्थकीर्तेः ॥ ४५ ॥
त्यसकारण मित्र जसले आजन्म भएर पनि आफ्नो शरणमा आएका सबै लोकपाल र आज्ञाकारी भक्तलाई प्रिय गर्नको लागि यदुकुलमा जन्म लिएका हुन, उनै पवित्र कीर्ति श्रीहरिको कुरा बताउनुहोस ।।४५।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां तृतीयस्कन्धे विदुरोद्धवसंवादे प्रथमोऽध्यायः ॥ १ ॥
