श्रीमद्भागवत महापुराण
तृतीय स्कंधः– प्रथमोऽध्यायः
श्रीशुक उवाच -
एवमेतत्पुरा
पृष्टो मैत्रेयो भगवान् किल ।
क्षत्त्रा
वनं प्रविष्टेन त्यक्त्वा स्वगृह ऋद्धिमत् ॥ १ ॥
नेपाली भावानुवादः
श्रीशुकदेवजीले भन्नुभयो– हे राजन्! तिमीले जुन
कुरा सोध्यौ, उस्तै कुरा पहिले आफ्नो घरको सुख–सुविधालाई त्यागेर वनमा जानुभएका विदुरजीले भगवान् मैत्रेयजीलाई
सोध्नुभएको थियो ।।१।।
यद्वा
अयं मन्त्रकृद्वो भगवान् अखिलेश्वरः । पौरवेन्द्रगृहं हित्वा
प्रविवेशात्मसात्कृतम् ॥ २ ॥
नेपाली भावानुवादः
जुन समयमा पाण्डवहरूका मन्त्रणाकार (दूत) बनेर जानुभएका सर्वेश्वर भगवान्
श्रीकृष्णले दुर्योधनको महललाई छोडेर विदुरजीको घरलाई आफ्नै सम्झी त्यहाँ प्रवेश
गर्नुभएको थियो ।।२।।
राजोवाच -
कुत्र
क्षत्तुर्भगवता मैत्रेयेणास सङ्गमः ।
कदा
वा सहसंवाद एतद् वर्णय नः प्रभो ॥ ३ ॥
नेपाली भावानुवादः
राजा परीक्षितले सोधे– हे प्रभो! भगवान्
मैत्रेयसँग विदुरजीको भेट कहाँ र कहिले भएको थियो? उनीहरूका
बीचमा भएको त्यस संवादका बारेमा मलाई विस्तारपूर्वक बताउनुहोस् ।।३।।
न
ह्यल्पार्थोदयस्तस्य विदुरस्य अमलात्मनः ।
तस्मिन्
वरीयसि प्रश्नः साधुवादोपबृंहितः ॥ ४ ॥
नेपाली भावानुवादः
पवित्र आत्मा भएका विदुरजीले मैत्रेयजीसँग पक्कै पनि साधारण प्रश्न त गर्नुभएको
थिएन। साधुहरूद्वारा प्रशंसित विदुरजीको त्यस प्रश्नमा पक्कै पनि परमार्थ लुकेको
हुनुपर्छ ।।४।।
सूत उवाच -
स
एवं ऋषिवर्योऽयं पृष्टो राज्ञा परीक्षिता ।
प्रत्याह
तं सुबहुवित् प्रीतात्मा श्रूयतामिति ॥ ५ ॥
नेपाली भावानुवादः
सूतजीले भन्नुभयो– सर्वज्ञ शुकदेवजी
राजा परीक्षितको यस्तो प्रश्न सुनेर निकै प्रसन्न हुनुभयो र भन्नुभयो— हे राजन्! सावधान भएर सुन ।।५।।
श्रीशुक उवाच -
यदा
तु राजा स्वसुतानसाधून्
पुष्णन्
न धर्मेण विनष्टदृष्टिः ।
भ्रातुर्यविष्ठस्य
सुतान् विबन्धून्
प्रवेश्य
लाक्षाभवने ददाह ॥ ६ ॥
नेपाली भावानुवादः
श्रीशुकदेवजीले भन्नुभयो– परीक्षित! यो त्यस
समयको कुरा हो, जब विवेक नष्ट भएका राजा धृतराष्ट्रले
अन्यायपूर्वक आफ्ना दुष्ट छोराहरूको पालनपोषण गर्दै आफ्ना भाइ पाण्डुका अनाथ
छोराहरूलाई लाक्षागृहमा पठाएर आगो लगाइदिएका थिए ।।६।।
यदा
सभायां कुरुदेवदेव्याः
केशाभिमर्शं
सुतकर्म गर्ह्यम् ।
न
वारयामास नृपः स्नुषायाः
स्वास्रैर्हरन्त्याः
कुचकुङ्कुमानि ॥ ७ ॥
नेपाली भावानुवादः
जब सभाको बीचमा दुशासनले आफ्नी बुहारी द्रौपदीको केश समातेर अपमान गर्दा द्रौपदीका
आँखाबाट आँसुको धारा बगिरहेको थियो,
त्यसबेला पनि धृतराष्ट्रले आफ्ना छोराको त्यस निन्दित कर्मलाई
रोकेनन् ।।७।।
द्यूते
त्वधर्मेण जितस्य साधोः
सत्यावलम्बस्य
वनं गतस्य ।
न
याचतोऽदात् समयेन दायं
तमोजुषाणो
यदजातशत्रोः ॥ ८ ॥
नेपाली भावानुवादः
अधर्मपूर्वक जुवामा जितेर वन पठाइएका सत्यपरायण युधिष्ठिर जब वनवास सकेर फर्के, तब उनले आफ्नो न्यायोचित हिस्सा मागे। तर
मोहमा परेका धृतराष्ट्रले अजातशत्रु युधिष्ठिरलाई उनको अंश दिएनन् ।।८।।
यदा
च पार्थप्रहितः सभायां
जगद्गुरुर्यानि
जगाद कृष्णः ।
न
तानि पुंसां अमृतायनानि
राजोरु
मेने क्षतपुण्यलेशः ॥ ९ ॥
नेपाली भावानुवादः
महाराज युधिष्ठिरले पठाउनुभएका जगद्गुरु श्रीकृष्णले कौरव सभामा जुन हितकारी र
अमृतमय वचनहरू भन्नुभएको थियो, पुण्य नष्ट भइसकेका धृतराष्ट्रले त्यसलाई पटक्कै स्वीकार गरेनन् ।।९।।
यदोपहूतो
भवनं प्रविष्टो
मन्त्राय
पृष्टः किल पूर्वजेन ।
अथाह
तन्मन्त्रदृशां वरीयान्
यन्मन्त्रिणो
वैदुरिकं वदन्ति ॥ १० ॥
नेपाली भावानुवादः
एकपटक सल्लाहका लागि विदुरजीलाई राजभवनमा बोलाइयो। त्यतिबेला मन्त्रिहरूमध्ये
श्रेष्ठ विदुरजीले आफ्ना दाजु धृतराष्ट्रलाई जुन नीतिपूर्ण सल्लाह दिनुभयो, त्यसैलाई विद्वान्हरू 'विदुर
नीति' भन्दछन् ।।१०।।
अजातशत्रोः
प्रतियच्छ दायं
तितिक्षतो
दुर्विषहं तवागः ।
सहानुजो
यत्र वृकोदराहिः
श्वसन
रुषा यत्त्वमलं बिभेषि ॥ ११ ॥
नेपाली भावानुवादः
विदुरजीले भन्नुभयो– "महाराज! तपाईं अजातशत्रु
युधिष्ठिरलाई उनको हिस्सा दिनुहोस्। उनी तपाईंका असह्य अपराधहरू सहिरहेका छन्।
भीमसेन रूपी कालो सर्प, जसको नाम सुन्दा पनि तपाईं
डराउनुहुन्छ, उनी आफ्ना भाइहरू सहित बदला लिन क्रोधले चुर
भएका छन्" ।।११।।
पार्थांस्तु
देवो भगवान् मुकुन्दो
गृहीतवान्
स क्षितिदेवदेवः ।
आस्ते
स्वपुर्यां यदुदेवदेवो
विनिर्जिताशेष
नृदेवदेवः ॥ १२ ॥
नेपाली भावानुवादः
"भगवान् श्रीकृष्ण पाण्डवहरूका पक्षमा हुनुहुन्छ। ब्राह्मण र
देवताहरूका पनि आराध्यदेव ती यदुश्रेष्ठ कृष्ण अहिले आफ्नो राजधानी द्वारकामा
हुनुहुन्छ, जसले पृथ्वीका सबै राजाहरूलाई जित्नुभएको छ"
।।१२।।
स
एष दोषः पुरुषद्विडास्ते
गृहान्
प्रविष्टो यमपत्यमत्या ।
पुष्णासि
कृष्णाद्विमुखो गतश्रीः
त्यजाश्वशैवं
कुलकौशलाय ॥ १३ ॥
नेपाली भावानुवादः
"जसलाई तपाईं छोरा सम्झेर पाल्दै हुनुहुन्छ, त्यो दुर्योधन त साक्षात् मूर्त्तिमान् दोष हो। उसले भगवान् श्रीकृष्णसँग
द्वेष गर्छ। त्यसैले तपाईं श्रीहीन हुनुभएको छ। यदि कुलको भलो चाहनुहुन्छ भने यस
दुष्टलाई तुरुन्तै त्याग्नुहोस्" ।।१३।।
इति
ऊचिवान् तत्र सुयोधनेन
प्रवृद्धकोपस्फुरिताधरेण
।
असत्कृतः
सत्स्पृहणीयशीलः
क्षत्ता
सकर्णानुजसौबलेन ॥ १४ ॥
नेपाली भावानुवादः
साधु स्वभाव भएका विदुरजीको यस्तो हितकारी कुरा सुनेर कर्ण, दुशासन र शकुनि सहित दुर्योधनको ओठ क्रोधले
काम्न थाल्यो र उसले विदुरजीलाई अपमान गर्दै भन्यो ।।१४।।
क
एनमत्रोपजुहाव जिह्मं
दास्याः
सुतं यद्बलिनैव पुष्टः ।
तस्मिन्
प्रतीपः परकृत्य आस्ते
निर्वास्यतामाशु
पुराच्छ्वसानः ॥ १५ ॥
नेपाली भावानुवादः
"यो कुटिल कमारीको छोरो (दासीपुत्र) लाई यहाँ कसले बोलायो?
यो जसको अन्न खाएर बाँचेको छ, उसैको विरोध
गर्दै शत्रुको गुणगान गाउँछ। यसलाई जीवितै छोडिदेऊ तर तुरुन्तै हाम्रो नगरबाट
निकालिदेऊ" ।।१५।।
स
इत्थमत्युल्बणकर्णबाणैः
भ्रातुः
पुरो मर्मसु ताडितोऽपि ।
स्वयं
धनुर्द्वारि निधाय मायां
गतव्यथोऽयादुरु
मानयानः ॥ १६ ॥
नेपाली भावानुवादः
आफ्ना दाजुका अगाडि नै कानलाई बाण जस्तै बिझ्ने यस्तो कठोर वचनले मर्माहत भए तापनि
विदुरजीले यसलाई भगवान्को लीला सम्झेर दुःख मानेनन्। उनले आफ्नो धनुष राजद्वारमा
राखेर हस्तिनापुरबाट प्रस्थान गरे ।।१६।।
स
निर्गतः कौरवपुण्यलब्धो
गजाह्वयात्
तीर्थपदः पदानि ।
अन्वाक्रमत्पुण्यचिकीर्षयोर्व्यां
स्वधिष्ठितो
यानि सहस्रमूर्तिः ॥ १७ ॥
नेपाली भावानुवादः
कौरवहरूका लागि पुण्यस्वरूप विदुरजी हस्तिनापुरबाट निस्केर तीर्थयात्रा गर्ने
इच्छाले पृथ्वीमा डुल्न थाले। उनले ती स्थानहरूको दर्शन गरे जहाँ भगवान्
श्रीकृष्णका अनेक अवतारहरूका मूर्तिहरू विराजमान छन् ।।१७।।
पुरेषु
पुण्योपवनाद्रिकुञ्जे
ष्वपङ्कतोयेषु
सरित्सरःसु ।
अनन्तलिङ्गैः
समलङ्कृतेषु
चचार
तीर्थायतनेष्वनन्यः ॥ १८ ॥
नेपाली भावानुवादः
उनले पवित्र वन, पर्वत, निकुञ्ज, निर्मल जलले भरिएका नदी र सरोवरहरू तथा
भगवान्का अनन्त लिङ्ग र प्रतिमाले सुशोभित तीर्थहरूको एक्लै भ्रमण गरे ।।१८।।
गां
पर्यटन् मेध्यविविक्तवृत्तिः
सदाप्लुतोऽधः
शयनोऽवधूतः । अ
लक्षितः
स्वैरवधूतवेषो
व्रतानि
चेरे हरितोषणानि ॥ १९ ॥
नेपाली भावानुवादः
उनले अवधूतको भेष धारण गरी कसैले नचिन्ने गरी पृथ्वीको भ्रमण गरे। उनी पवित्र भोजन
गर्थे, जमिनमा सुत्थे र
भगवान्लाई प्रसन्न पार्ने व्रतहरू पालन गर्थे ।।१९।।
इत्थं
व्रजन् भारतमेव वर्षं कालेन
यावद्गतवान्
प्रभासम् ।
तावच्छशास
क्षितिमेक चक्रां
एकातपत्रामजितेन
पार्थः ॥ २० ॥
नेपाली भावानुवादः
यसरी भारतवर्षको भ्रमण गर्दागर्दै उनी प्रभास क्षेत्रमा पुगे। त्यतिबेला महाराज
युधिष्ठिर भगवान् श्रीकृष्णको सहायताले पृथ्वीमा एकछत्र राज्य गरिरहेका थिए ।।२०।।
तत्राथ
शुश्राव सुहृद्विनष्टिं व
नं
यथा वेणुज वह्निसंश्रयम् ।
संस्पर्धया
दग्धमथानुशोचन्
सरस्वतीं
प्रत्यगियाय तूष्णीम् ॥ २१ ॥
नेपाली भावानुवादः
त्यहाँ उनले बाँसको घर्षणबाट निस्केको डढेलोले वन डढे झैँ आपसमा लडेर आफ्ना बन्धुहरूको
विनाश भएको समाचार सुने। यो सुनेर उनी शोक गर्दै सरस्वती नदीको किनारतर्फ लागे
।।२१।।
तस्यां
त्रितस्योशनसो मनोश्च
पृथोरथाग्नेरसितस्य
वायोः ।
तीर्थं
सुदासस्य गवां गुहस्य
यत्
श्राद्धदेवस्य स आसिषेवे ॥ २२ ॥
नेपाली भावानुवादः
त्यहाँ उनले त्रित, उशना, मनु, पृथु, अग्नि, असित, वायु, सुदास, गुह र श्राद्धदेवका नामले प्रसिद्ध विभिन्न तीर्थहरूको दर्शन र सेवा गरे
।।२२।।
अन्यानि
चेह द्विजदेवदेवैः
कृतानि
नानायतनानि विष्णोः ।
प्रत्यङ्ग
मुख्याङ्कितमन्दिराणि यद्दर्शनात्
कृष्णमनुस्मरन्ति ॥ २३ ॥
नेपाली भावानुवादः
त्यसैगरी देवता र ब्राह्मणहरूले स्थापना गरेका विष्णुका यस्ता मन्दिरहरूको दर्शन
गरे, जसको शिखरमा भगवान्का
आयुध (शङ्ख-चक्र) का चिन्हहरू थिए र जसले श्रीकृष्णको सम्झना दिलाउँथे ।।२३।।
ततस्त्वतिव्रज्य
सुराष्ट्रमृद्धं
सौवीरमत्स्यान्
कुरुजाङ्गलांश्च ।
कालेन
तावद्यमुनामुपेत्य
तत्रोद्धवं
भागवतं ददर्श ॥ २४ ॥
नेपाली भावानुवादः
त्यहाँबाट उनी समृद्ध सौराष्ट्र, सौवीर, मत्स्य र कुरुजाङ्गल देश हुँदै केही समयपछि
यमुनाको तटमा पुगे। त्यहाँ उनको भेट भगवान्का परम भक्त उद्धवजीसँग भयो ।।२४।।
स
वासुदेवानुचरं प्रशान्तं
बृहस्पतेः
प्राक्तनयं प्रतीतम् ।
आलिङ्ग्य
गाढं प्रणयेन भद्रं
स्वानां
अपृच्छद् भागवत्प्रजानाम् ॥ २५ ॥
नेपाली भावानुवादः
विदुरजीले बृहस्पतिका शिष्य र श्रीकृष्णका शान्त सेवक उद्धवजीलाई देखेर
प्रेमपूर्वक अङ्गालो हाले र आफ्ना प्यारा भगवान् श्रीकृष्ण तथा अन्य स्वजनहरूको
कुशल–मङ्गल सोधे ।।२५।।
कच्चित्पुराणौ
पुरुषौ स्वनाभ्य
पाद्मानुवृत्त्येह
किलावतीर्णौ ।
आसात
उर्व्याः कुशलं विधाय
कृतक्षणौ
कुशलं शूरगेहे ॥ २६ ॥
नेपाली भावानुवादः
"हे उद्धवजी! ब्रह्माजीको प्रार्थनाले पृथ्वीको भार उतार्न
वसुदेवजीको घरमा अवतार लिनुभएका पुराण पुरुष बलराम र श्रीकृष्ण अहिले कुशलै
हुनुहुन्छ?" ।।२६।।
कच्चित्
कुरूणां परमः सुहृन्नो
भामः
स आस्ते सुखमङ्ग शौरिः ।
यो वै स्वसॄणां पितृवद् ददाति
वरान्
वदान्यो वरतर्पणेन ॥ २७ ॥
नेपाली भावानुवादः
"हाम्रा परम सुहृद वसुदेवजी, जो आफ्नी
बहिनी कुन्ती आदिलाई बुबाले झैँ प्रेम र दानले सन्तुष्ट पार्नुहुन्छ, उहाँ सुखपूर्वक हुनुहुन्छ?" ।।२७।।
कच्चिद्
वरूथाधिपतिर्यदूनां
प्रद्युम्न
आस्ते सुखमङ्ग वीरः ।
यं रुक्मिणी भगवतोऽभिलेभे
आराध्य
विप्रान् स्मरमादिसर्गे ॥ २८ ॥
नेपाली भावानुवादः
"यादवका सेनापति वीर प्रद्युम्न कुशल हुनुहुन्छ? जसलाई रुक्मिणीले ब्राह्मण र भगवान्को आराधना गरेर पुत्रका रूपमा प्राप्त
गरेकी थिइन्" ।।२८।।
कच्चित्सुखं
सात्वतवृष्णिभोज
दाशार्हकाणां
अधिपः स आस्ते ।
यमभ्यषिञ्चत्
शतपत्रनेत्रो
नृपासनाशां
परिहृत्य दूरात् ॥ २९ ॥
नेपाली भावानुवादः
"सात्वत र वृष्णि कुलका अधिपति महाराज उग्रसेन आनन्दमा
हुनुहुन्छ? जसले राजपदको आशा त्यागिसकेका थिए तर कमलनेत्र
श्रीकृष्णले पुनः सिंहासनमा बसाउनुभयो" ।।२९।।
कच्चिद्
हरेः सौम्य सुतः सदृक्ष
आस्तेऽग्रणी
रथिनां साधु साम्बः ।
असूत
यं जाम्बवती व्रताढ्या
देवं
गुहं योऽम्बिकया धृतोऽग्रे ॥ ३० ॥
नेपाली भावानुवादः
"हे सौम्य! भगवान् श्रीकृष्णका पुत्र साम्ब, जो कार्तिकेय समान तेजस्वी छन्, उनी सन्चै छन्?
जसलाई व्रतपरायण जाम्बवतीले जन्म दिएकी थिइन्" ।।३०।।
क्षेमं
स कच्चिद् युयुधान आस्ते
यः
फाल्गुनात् लब्धधनूरहस्यः ।
लेभेऽञ्जसाधोक्षजसेवयैव
गतिं
तदीयां यतिभिर्दुरापाम् ॥ ३१ ॥
नेपाली भावानुवादः
"अर्जुनबाट धनुर्विद्या सिकेका सात्यकि कुशल हुनुहुन्छ?
उनी त श्रीकृष्णको सेवाले योगीहरूलाई पनि दुर्लभ हुने परम गतिमा
पुगिसकेका छन्" ।।३१।।
कच्चिद्
बुधः स्वस्त्यनमीव आस्ते
श्वफल्कपुत्रो
भगवत्प्रपन्नः ।
यः
कृष्णपादाङ्कितमार्गपांसु
ष्वचेष्टत
प्रेमविभिन्नधैर्यः ॥ ३२ ॥
नेपाली भावानुवादः
"भगवान्का शरणागत अक्रुरजी आरामै हुनुहुन्छ? जो श्रीकृष्णको चरण चिन्ह अङ्कित व्रजको धूलोमा प्रेमले लुटुपुटु हुनुभएको
थियो" ।।३२।।
कच्चिच्छिवं
देवकभोजपुत्र्या
विष्णुप्रजाया
इव देवमातुः ।
या
वै स्वगर्भेण दधार देवं
त्रयी
यथा यज्ञवितानमर्थम् ॥ ३३ ॥
नेपाली भावानुवादः
"देवकीजीलाई सन्चै छ? उहाँ त देवमाता
अदिति जस्तै साक्षात् विष्णुको माता हुनुहुन्छ। जसरी तीन वेदले यज्ञको अर्थ धारण
गर्छन्, उहाँले श्रीकृष्णलाई गर्भमा धारण गर्नुभयो"
।।३३।।
अपिस्विदास्ते
भगवान् सुखं वो
यः
सात्वतां कामदुघोऽनिरुद्धः ।
यमामनन्ति
स्म हि शब्दयोनिं
मनोमयं
सत्त्वतुरीयतत्त्वम् ॥ ३४ ॥
नेपाली भावानुवादः
"भक्तहरूको कामना पूरा गर्ने भगवान् अनिरुद्धजी सुखपूर्वक
हुनुहुन्छ? उहाँलाई शास्त्रहरूले मनको अधिष्ठाता र चतुर्थ
व्यूहका रूपमा वर्णन गरेका छन्" ।।३४।।
अपिस्विदन्ये
च निजात्मदैवं
अनन्यवृत्त्या
समनुव्रता ये ।
हृदीकसत्यात्मज
चारुदेष्ण
गदादयः
स्वस्ति चरन्ति सौम्य ॥ ३५ ॥
नेपाली भावानुवादः
"हे उद्धवजी! हृदयेश्वर श्रीकृष्णलाई अनन्य भावले पछ्याउने
हृदीक, चारुदेष्ण र गद आदि अन्य यदुवंशीहरू पनि कुशलै
हुनुहुन्छ होला नि?" ।।३५।।
अपि
स्वदोर्भ्यां विजयाच्युताभ्यां
धर्मेण
धर्मः परिपाति सेतुम् ।
दुर्योधनोऽतप्यत
यत्सभायां
साम्राज्यलक्ष्म्या
विजयानुवृत्त्या ॥ ३६ ॥
नेपाली भावानुवादः
"महाराज युधिष्ठिर श्रीकृष्ण र अर्जुनको सहायताले धर्मको
मर्यादा पालन गर्दै हुनुहुन्छ? जसको वैभव देखेर दुर्योधन
डाहले जलेको थियो" ।।३६।।
किं
वा कृताघेष्वघमत्यमर्षी
भीमोऽहिवद्दीर्घतमं
व्यमुञ्चत् ।
यस्याङ्घ्रिपातं
रणभूर्न सेहे
मार्गं
गदायाश्चरतो विचित्रम् ॥ ३७ ॥
नेपाली भावानुवादः
"अपराधीहरूप्रति क्रोधी भीमसेनले आफ्नो रिस शान्त पारे त?
जसको गदायुद्धको चाल र पदप्रहार पृथ्वीले पनि सहन सक्दैनथ्यो"
।।३७।।
कच्चिद्
यशोधा रथयूथपानां
गाण्डीव
धन्वोपरतारिरास्ते ।
अलक्षितो
यच्छरकूटगूढो
मायाकिरातो
गिरिशस्तुतोष ॥ ३८ ॥
नेपाली भावानुवादः
"जसको बाणको वर्षाले प्रभावित भएर किरातवेषी शिव प्रसन्न
हुनुभएको थियो, ती गाण्डीवधारी अर्जुन त प्रसन्न हुनुहुन्छ?
उहाँका शत्रुहरू त शान्त भए होलान्" ।।३८।।
यमावुतस्वित्तनयौ
पृथायाः
पार्थैर्वृतौ
पक्ष्मभिरक्षिणीव ।
रेमात
उद्दाय मृधे स्वरिक्थं
परात्सुपर्णाविव
वज्रिवक्त्रात् ॥ ३९ ॥
नेपाली भावानुवादः
"आँखाका पलक झैँ युधिष्ठिरबाट संरक्षित नकुल र सहदेव कुशल छन्?
उनीहरूले युद्धमा शत्रुबाट आफ्नो राज्य उसै गरी खोसे जसरी गरुडले
इन्द्रबाट अमृत ल्याएका थिए" ।।३९।।
अहो
पृथापि ध्रियतेऽर्भकार्थे
राजर्षिवर्येण
विनापि तेन ।
यस्त्वेकवीरोऽधिरथो
विजिग्ये
धनुर्द्वितीयः
ककुभश्चतस्रः ॥ ४० ॥
नेपाली भावानुवादः
"अहो! कुन्ती माता राजर्षि पाण्डुको वियोगमा पनि आफ्ना
बालकहरूका लागि प्राण धारण गरिरहनुभएको छ? महाराज पाण्डु त
एक्लै धनुषको भरमा चारै दिशा जित्ने वीर हुनुहुन्थ्यो" ।।४०।।
सौम्यानुशोचे
तमधःपतन्तं
भ्रात्रे
परेताय विदुद्रुहे यः ।
निर्यापितो
येन सुहृत्स्वपुर्या
अहं
स्वपुत्रान् समनुव्रतेन ॥ ४१ ॥
नेपाली भावानुवादः
"हे उद्धवजी! मलाई त अधोगतितर्फ लाग्नुभएका धृतराष्ट्रको शोक
लाग्छ, जसले आफ्ना दिवङ्गत भाइका छोराहरूसँग द्रोह गरे र
आफ्ना छोराको मोहमा परेर म जस्तो हितचिन्तकलाई पनि घरबाट निकाले" ।।४१।।
सोऽहं
हरेर्मर्त्यविडम्बनेन
दृशो
नृणां चालयतो विधातुः ।
नान्योपलक्ष्यः
पदवीं प्रसादात्
चरामि
पश्यन् गतविस्मयोऽत्र ॥ ४२ ॥
नेपाली भावानुवादः
"तर मलाई यसमा कुनै आश्चर्य छैन। भगवान् श्रीकृष्णले मानिसको
लीला गरेर उनीहरूको बुद्धिलाई भ्रमित गराइदिनुहुन्छ। म त उहाँकै कृपाले उहाँको
महिमा देख्दछु र विना कुनै चिन्ता एक्लै डुलिरहन्छु" ।।४२।।
नूनं
नृपाणां त्रिमदोत्पथानां
महीं
मुहुश्चालयतां चमूभिः ।
वधात्प्रपन्नार्तिजिहीर्षयेशो
ऽउपैक्षताघं
भगवान् कुरूणाम् ॥ ४३ ॥
नेपाली भावानुवादः
"कौरवहरूले धेरै अपराध गरे तापनि भगवान्ले उनीहरूलाई उपेक्षा
गर्नुभयो, किनकि उहाँ ती अहङ्कारी राजाहरूलाई मारेर पृथ्वीको
भार उतार्न र शरणार्थीको दुःख हटाउन चाहनुहुन्थ्यो" ।।४३।।
अजस्य
जन्मोत्पथनाशनाय
कर्माण्यकर्तुर्ग्रहणाय
पुंसाम् ।
नन्वन्यथा
कोऽर्हति देहयोगं
परो
गुणानामुत कर्मतन्त्रम् ॥ ४४ ॥
नेपाली भावानुवादः
"उद्धवजी! भगवान् अजन्मा र अकर्ता हुनुभए तापनि दुष्टहरूको नाश
गर्न र भक्तहरूलाई आकर्षित गर्न दिव्य जन्म र कर्म गर्नुहुन्छ। नत्र गुण र कर्मको
बन्धनभन्दा माथि रहनुभएका उहाँलाई देह धारण गर्ने के आवश्यकता थियो र?"
।।४४।।
तस्य
प्रपन्नाखिललोकपानां
अवस्थितानां
अनुशासने स्वे ।
अर्थाय
जातस्य यदुष्वजस्य
वार्तां
सखे कीर्तय तीर्थकीर्तेः ॥ ४५ ॥
नेपाली भावानुवादः
"त्यसैले हे मित्र! लोकपालहरूका पनि स्वामी, जो आफ्ना भक्तहरूको कल्याणका लागि यदुकुलमा जन्मनुभएको छ, ती तीर्थकीर्ति श्रीहरिको समाचार मलाई सुनाउनुहोस्" ।।४५।।
इति
श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
तृतीयस्कन्धे विदुरोद्धवसंवादे
प्रथमोऽध्यायः ।।१।।
श्रीशुक उवाच -
एवमेतत्पुरा पृष्टो मैत्रेयो भगवान् किल ।
क्षत्त्रा वनं प्रविष्टेन त्यक्त्वा स्वगृह ऋद्धिमत् ॥ १ ॥
नेपाली भावानुवादः श्रीशुकदेवजीले भन्नुभयो– हे राजन्! तिमीले जुन कुरा सोध्यौ, उस्तै कुरा पहिले आफ्नो घरको सुख–सुविधालाई त्यागेर वनमा जानुभएका विदुरजीले भगवान् मैत्रेयजीलाई सोध्नुभएको थियो ।।१।।
यद्वा अयं मन्त्रकृद्वो भगवान् अखिलेश्वरः ।
नेपाली भावानुवादः जुन समयमा पाण्डवहरूका मन्त्रणाकार (दूत) बनेर जानुभएका सर्वेश्वर भगवान् श्रीकृष्णले दुर्योधनको महललाई छोडेर विदुरजीको घरलाई आफ्नै सम्झी त्यहाँ प्रवेश गर्नुभएको थियो ।।२।।
राजोवाच -
कुत्र क्षत्तुर्भगवता मैत्रेयेणास सङ्गमः ।
कदा वा सहसंवाद एतद् वर्णय नः प्रभो ॥ ३ ॥
नेपाली भावानुवादः राजा परीक्षितले सोधे– हे प्रभो! भगवान् मैत्रेयसँग विदुरजीको भेट कहाँ र कहिले भएको थियो? उनीहरूका बीचमा भएको त्यस संवादका बारेमा मलाई विस्तारपूर्वक बताउनुहोस् ।।३।।
न ह्यल्पार्थोदयस्तस्य विदुरस्य अमलात्मनः ।
तस्मिन् वरीयसि प्रश्नः साधुवादोपबृंहितः ॥ ४ ॥
नेपाली भावानुवादः पवित्र आत्मा भएका विदुरजीले मैत्रेयजीसँग पक्कै पनि साधारण प्रश्न त गर्नुभएको थिएन। साधुहरूद्वारा प्रशंसित विदुरजीको त्यस प्रश्नमा पक्कै पनि परमार्थ लुकेको हुनुपर्छ ।।४।।
सूत उवाच -
स एवं ऋषिवर्योऽयं पृष्टो राज्ञा परीक्षिता ।
प्रत्याह तं सुबहुवित् प्रीतात्मा श्रूयतामिति ॥ ५ ॥
नेपाली भावानुवादः सूतजीले भन्नुभयो– सर्वज्ञ शुकदेवजी राजा परीक्षितको यस्तो प्रश्न सुनेर निकै प्रसन्न हुनुभयो र भन्नुभयो— हे राजन्! सावधान भएर सुन ।।५।।
श्रीशुक उवाच -
यदा तु राजा स्वसुतानसाधून्
पुष्णन् न धर्मेण विनष्टदृष्टिः ।
भ्रातुर्यविष्ठस्य सुतान् विबन्धून्
प्रवेश्य लाक्षाभवने ददाह ॥ ६ ॥
नेपाली भावानुवादः श्रीशुकदेवजीले भन्नुभयो– परीक्षित! यो त्यस समयको कुरा हो, जब विवेक नष्ट भएका राजा धृतराष्ट्रले अन्यायपूर्वक आफ्ना दुष्ट छोराहरूको पालनपोषण गर्दै आफ्ना भाइ पाण्डुका अनाथ छोराहरूलाई लाक्षागृहमा पठाएर आगो लगाइदिएका थिए ।।६।।
यदा सभायां कुरुदेवदेव्याः
केशाभिमर्शं सुतकर्म गर्ह्यम् ।
न वारयामास नृपः स्नुषायाः
स्वास्रैर्हरन्त्याः कुचकुङ्कुमानि ॥ ७ ॥
नेपाली भावानुवादः जब सभाको बीचमा दुशासनले आफ्नी बुहारी द्रौपदीको केश समातेर अपमान गर्दा द्रौपदीका आँखाबाट आँसुको धारा बगिरहेको थियो, त्यसबेला पनि धृतराष्ट्रले आफ्ना छोराको त्यस निन्दित कर्मलाई रोकेनन् ।।७।।
द्यूते त्वधर्मेण जितस्य साधोः
सत्यावलम्बस्य वनं गतस्य ।
न याचतोऽदात् समयेन दायं
तमोजुषाणो यदजातशत्रोः ॥ ८ ॥
नेपाली भावानुवादः अधर्मपूर्वक जुवामा जितेर वन पठाइएका सत्यपरायण युधिष्ठिर जब वनवास सकेर फर्के, तब उनले आफ्नो न्यायोचित हिस्सा मागे। तर मोहमा परेका धृतराष्ट्रले अजातशत्रु युधिष्ठिरलाई उनको अंश दिएनन् ।।८।।
यदा च पार्थप्रहितः सभायां
जगद्गुरुर्यानि जगाद कृष्णः ।
न तानि पुंसां अमृतायनानि
राजोरु मेने क्षतपुण्यलेशः ॥ ९ ॥
नेपाली भावानुवादः महाराज युधिष्ठिरले पठाउनुभएका जगद्गुरु श्रीकृष्णले कौरव सभामा जुन हितकारी र अमृतमय वचनहरू भन्नुभएको थियो, पुण्य नष्ट भइसकेका धृतराष्ट्रले त्यसलाई पटक्कै स्वीकार गरेनन् ।।९।।
यदोपहूतो भवनं प्रविष्टो
मन्त्राय पृष्टः किल पूर्वजेन ।
अथाह तन्मन्त्रदृशां वरीयान्
यन्मन्त्रिणो वैदुरिकं वदन्ति ॥ १० ॥
नेपाली भावानुवादः एकपटक सल्लाहका लागि विदुरजीलाई राजभवनमा बोलाइयो। त्यतिबेला मन्त्रिहरूमध्ये श्रेष्ठ विदुरजीले आफ्ना दाजु धृतराष्ट्रलाई जुन नीतिपूर्ण सल्लाह दिनुभयो, त्यसैलाई विद्वान्हरू 'विदुर नीति' भन्दछन् ।।१०।।
अजातशत्रोः प्रतियच्छ दायं
तितिक्षतो दुर्विषहं तवागः ।
सहानुजो यत्र वृकोदराहिः
श्वसन रुषा यत्त्वमलं बिभेषि ॥ ११ ॥
नेपाली भावानुवादः विदुरजीले भन्नुभयो– "महाराज! तपाईं अजातशत्रु युधिष्ठिरलाई उनको हिस्सा दिनुहोस्। उनी तपाईंका असह्य अपराधहरू सहिरहेका छन्। भीमसेन रूपी कालो सर्प, जसको नाम सुन्दा पनि तपाईं डराउनुहुन्छ, उनी आफ्ना भाइहरू सहित बदला लिन क्रोधले चुर भएका छन्" ।।११।।
पार्थांस्तु देवो भगवान् मुकुन्दो
गृहीतवान् स क्षितिदेवदेवः ।
आस्ते स्वपुर्यां यदुदेवदेवो
विनिर्जिताशेष नृदेवदेवः ॥ १२ ॥
नेपाली भावानुवादः "भगवान् श्रीकृष्ण पाण्डवहरूका पक्षमा हुनुहुन्छ। ब्राह्मण र देवताहरूका पनि आराध्यदेव ती यदुश्रेष्ठ कृष्ण अहिले आफ्नो राजधानी द्वारकामा हुनुहुन्छ, जसले पृथ्वीका सबै राजाहरूलाई जित्नुभएको छ" ।।१२।।
स एष दोषः पुरुषद्विडास्ते
गृहान् प्रविष्टो यमपत्यमत्या ।
पुष्णासि कृष्णाद्विमुखो गतश्रीः
त्यजाश्वशैवं कुलकौशलाय ॥ १३ ॥
नेपाली भावानुवादः "जसलाई तपाईं छोरा सम्झेर पाल्दै हुनुहुन्छ, त्यो दुर्योधन त साक्षात् मूर्त्तिमान् दोष हो। उसले भगवान् श्रीकृष्णसँग द्वेष गर्छ। त्यसैले तपाईं श्रीहीन हुनुभएको छ। यदि कुलको भलो चाहनुहुन्छ भने यस दुष्टलाई तुरुन्तै त्याग्नुहोस्" ।।१३।।
इति ऊचिवान् तत्र सुयोधनेन
प्रवृद्धकोपस्फुरिताधरेण ।
असत्कृतः सत्स्पृहणीयशीलः
क्षत्ता सकर्णानुजसौबलेन ॥ १४ ॥
नेपाली भावानुवादः साधु स्वभाव भएका विदुरजीको यस्तो हितकारी कुरा सुनेर कर्ण, दुशासन र शकुनि सहित दुर्योधनको ओठ क्रोधले काम्न थाल्यो र उसले विदुरजीलाई अपमान गर्दै भन्यो ।।१४।।
क एनमत्रोपजुहाव जिह्मं
दास्याः सुतं यद्बलिनैव पुष्टः ।
तस्मिन् प्रतीपः परकृत्य आस्ते
निर्वास्यतामाशु पुराच्छ्वसानः ॥ १५ ॥
नेपाली भावानुवादः "यो कुटिल कमारीको छोरो (दासीपुत्र) लाई यहाँ कसले बोलायो? यो जसको अन्न खाएर बाँचेको छ, उसैको विरोध गर्दै शत्रुको गुणगान गाउँछ। यसलाई जीवितै छोडिदेऊ तर तुरुन्तै हाम्रो नगरबाट निकालिदेऊ" ।।१५।।
स इत्थमत्युल्बणकर्णबाणैः
भ्रातुः पुरो मर्मसु ताडितोऽपि ।
स्वयं धनुर्द्वारि निधाय मायां
गतव्यथोऽयादुरु मानयानः ॥ १६ ॥
नेपाली भावानुवादः आफ्ना दाजुका अगाडि नै कानलाई बाण जस्तै बिझ्ने यस्तो कठोर वचनले मर्माहत भए तापनि विदुरजीले यसलाई भगवान्को लीला सम्झेर दुःख मानेनन्। उनले आफ्नो धनुष राजद्वारमा राखेर हस्तिनापुरबाट प्रस्थान गरे ।।१६।।
स निर्गतः कौरवपुण्यलब्धो
गजाह्वयात् तीर्थपदः पदानि ।
अन्वाक्रमत्पुण्यचिकीर्षयोर्व्यां
स्वधिष्ठितो यानि सहस्रमूर्तिः ॥ १७ ॥
नेपाली भावानुवादः कौरवहरूका लागि पुण्यस्वरूप विदुरजी हस्तिनापुरबाट निस्केर तीर्थयात्रा गर्ने इच्छाले पृथ्वीमा डुल्न थाले। उनले ती स्थानहरूको दर्शन गरे जहाँ भगवान् श्रीकृष्णका अनेक अवतारहरूका मूर्तिहरू विराजमान छन् ।।१७।।
पुरेषु पुण्योपवनाद्रिकुञ्जे
ष्वपङ्कतोयेषु सरित्सरःसु ।
अनन्तलिङ्गैः समलङ्कृतेषु
चचार तीर्थायतनेष्वनन्यः ॥ १८ ॥
नेपाली भावानुवादः उनले पवित्र वन, पर्वत, निकुञ्ज, निर्मल जलले भरिएका नदी र सरोवरहरू तथा भगवान्का अनन्त लिङ्ग र प्रतिमाले सुशोभित तीर्थहरूको एक्लै भ्रमण गरे ।।१८।।
गां पर्यटन् मेध्यविविक्तवृत्तिः
सदाप्लुतोऽधः शयनोऽवधूतः । अ
लक्षितः स्वैरवधूतवेषो
व्रतानि चेरे हरितोषणानि ॥ १९ ॥
नेपाली भावानुवादः उनले अवधूतको भेष धारण गरी कसैले नचिन्ने गरी पृथ्वीको भ्रमण गरे। उनी पवित्र भोजन गर्थे, जमिनमा सुत्थे र भगवान्लाई प्रसन्न पार्ने व्रतहरू पालन गर्थे ।।१९।।
इत्थं व्रजन् भारतमेव वर्षं कालेन
यावद्गतवान् प्रभासम् ।
तावच्छशास क्षितिमेक चक्रां
एकातपत्रामजितेन पार्थः ॥ २० ॥
नेपाली भावानुवादः यसरी भारतवर्षको भ्रमण गर्दागर्दै उनी प्रभास क्षेत्रमा पुगे। त्यतिबेला महाराज युधिष्ठिर भगवान् श्रीकृष्णको सहायताले पृथ्वीमा एकछत्र राज्य गरिरहेका थिए ।।२०।।
तत्राथ शुश्राव सुहृद्विनष्टिं व
नं यथा वेणुज वह्निसंश्रयम् ।
संस्पर्धया दग्धमथानुशोचन्
सरस्वतीं प्रत्यगियाय तूष्णीम् ॥ २१ ॥
नेपाली भावानुवादः त्यहाँ उनले बाँसको घर्षणबाट निस्केको डढेलोले वन डढे झैँ आपसमा लडेर आफ्ना बन्धुहरूको विनाश भएको समाचार सुने। यो सुनेर उनी शोक गर्दै सरस्वती नदीको किनारतर्फ लागे ।।२१।।
तस्यां त्रितस्योशनसो मनोश्च
पृथोरथाग्नेरसितस्य वायोः ।
तीर्थं सुदासस्य गवां गुहस्य
यत् श्राद्धदेवस्य स आसिषेवे ॥ २२ ॥
नेपाली भावानुवादः त्यहाँ उनले त्रित, उशना, मनु, पृथु, अग्नि, असित, वायु, सुदास, गुह र श्राद्धदेवका नामले प्रसिद्ध विभिन्न तीर्थहरूको दर्शन र सेवा गरे ।।२२।।
अन्यानि चेह द्विजदेवदेवैः
कृतानि नानायतनानि विष्णोः ।
प्रत्यङ्ग मुख्याङ्कितमन्दिराणि
नेपाली भावानुवादः त्यसैगरी देवता र ब्राह्मणहरूले स्थापना गरेका विष्णुका यस्ता मन्दिरहरूको दर्शन गरे, जसको शिखरमा भगवान्का आयुध (शङ्ख-चक्र) का चिन्हहरू थिए र जसले श्रीकृष्णको सम्झना दिलाउँथे ।।२३।।
ततस्त्वतिव्रज्य सुराष्ट्रमृद्धं
सौवीरमत्स्यान् कुरुजाङ्गलांश्च ।
कालेन तावद्यमुनामुपेत्य
तत्रोद्धवं भागवतं ददर्श ॥ २४ ॥
नेपाली भावानुवादः त्यहाँबाट उनी समृद्ध सौराष्ट्र, सौवीर, मत्स्य र कुरुजाङ्गल देश हुँदै केही समयपछि यमुनाको तटमा पुगे। त्यहाँ उनको भेट भगवान्का परम भक्त उद्धवजीसँग भयो ।।२४।।
स वासुदेवानुचरं प्रशान्तं
बृहस्पतेः प्राक्तनयं प्रतीतम् ।
आलिङ्ग्य गाढं प्रणयेन भद्रं
स्वानां अपृच्छद् भागवत्प्रजानाम् ॥ २५ ॥
नेपाली भावानुवादः विदुरजीले बृहस्पतिका शिष्य र श्रीकृष्णका शान्त सेवक उद्धवजीलाई देखेर प्रेमपूर्वक अङ्गालो हाले र आफ्ना प्यारा भगवान् श्रीकृष्ण तथा अन्य स्वजनहरूको कुशल–मङ्गल सोधे ।।२५।।
कच्चित्पुराणौ पुरुषौ स्वनाभ्य
पाद्मानुवृत्त्येह किलावतीर्णौ ।
आसात उर्व्याः कुशलं विधाय
कृतक्षणौ कुशलं शूरगेहे ॥ २६ ॥
नेपाली भावानुवादः "हे उद्धवजी! ब्रह्माजीको प्रार्थनाले पृथ्वीको भार उतार्न वसुदेवजीको घरमा अवतार लिनुभएका पुराण पुरुष बलराम र श्रीकृष्ण अहिले कुशलै हुनुहुन्छ?" ।।२६।।
कच्चित् कुरूणां परमः सुहृन्नो
भामः स आस्ते सुखमङ्ग शौरिः ।
यो वै स्वसॄणां पितृवद् ददाति
वरान् वदान्यो वरतर्पणेन ॥ २७ ॥
नेपाली भावानुवादः "हाम्रा परम सुहृद वसुदेवजी, जो आफ्नी बहिनी कुन्ती आदिलाई बुबाले झैँ प्रेम र दानले सन्तुष्ट पार्नुहुन्छ, उहाँ सुखपूर्वक हुनुहुन्छ?" ।।२७।।
कच्चिद् वरूथाधिपतिर्यदूनां
प्रद्युम्न आस्ते सुखमङ्ग वीरः ।
यं रुक्मिणी भगवतोऽभिलेभे
आराध्य विप्रान् स्मरमादिसर्गे ॥ २८ ॥
नेपाली भावानुवादः "यादवका सेनापति वीर प्रद्युम्न कुशल हुनुहुन्छ? जसलाई रुक्मिणीले ब्राह्मण र भगवान्को आराधना गरेर पुत्रका रूपमा प्राप्त गरेकी थिइन्" ।।२८।।
दाशार्हकाणां अधिपः स आस्ते ।
यमभ्यषिञ्चत् शतपत्रनेत्रो
नृपासनाशां परिहृत्य दूरात् ॥ २९ ॥
नेपाली भावानुवादः "सात्वत र वृष्णि कुलका अधिपति महाराज उग्रसेन आनन्दमा हुनुहुन्छ? जसले राजपदको आशा त्यागिसकेका थिए तर कमलनेत्र श्रीकृष्णले पुनः सिंहासनमा बसाउनुभयो" ।।२९।।
कच्चिद् हरेः सौम्य सुतः सदृक्ष
आस्तेऽग्रणी रथिनां साधु साम्बः ।
असूत यं जाम्बवती व्रताढ्या
देवं गुहं योऽम्बिकया धृतोऽग्रे ॥ ३० ॥
नेपाली भावानुवादः "हे सौम्य! भगवान् श्रीकृष्णका पुत्र साम्ब, जो कार्तिकेय समान तेजस्वी छन्, उनी सन्चै छन्? जसलाई व्रतपरायण जाम्बवतीले जन्म दिएकी थिइन्" ।।३०।।
क्षेमं स कच्चिद् युयुधान आस्ते
यः फाल्गुनात् लब्धधनूरहस्यः ।
लेभेऽञ्जसाधोक्षजसेवयैव
गतिं तदीयां यतिभिर्दुरापाम् ॥ ३१ ॥
नेपाली भावानुवादः "अर्जुनबाट धनुर्विद्या सिकेका सात्यकि कुशल हुनुहुन्छ? उनी त श्रीकृष्णको सेवाले योगीहरूलाई पनि दुर्लभ हुने परम गतिमा पुगिसकेका छन्" ।।३१।।
कच्चिद् बुधः स्वस्त्यनमीव आस्ते
श्वफल्कपुत्रो भगवत्प्रपन्नः ।
यः कृष्णपादाङ्कितमार्गपांसु
ष्वचेष्टत प्रेमविभिन्नधैर्यः ॥ ३२ ॥
नेपाली भावानुवादः "भगवान्का शरणागत अक्रुरजी आरामै हुनुहुन्छ? जो श्रीकृष्णको चरण चिन्ह अङ्कित व्रजको धूलोमा प्रेमले लुटुपुटु हुनुभएको थियो" ।।३२।।
कच्चिच्छिवं देवकभोजपुत्र्या
विष्णुप्रजाया इव देवमातुः ।
या वै स्वगर्भेण दधार देवं
त्रयी यथा यज्ञवितानमर्थम् ॥ ३३ ॥
नेपाली भावानुवादः "देवकीजीलाई सन्चै छ? उहाँ त देवमाता अदिति जस्तै साक्षात् विष्णुको माता हुनुहुन्छ। जसरी तीन वेदले यज्ञको अर्थ धारण गर्छन्, उहाँले श्रीकृष्णलाई गर्भमा धारण गर्नुभयो" ।।३३।।
अपिस्विदास्ते भगवान् सुखं वो
यः सात्वतां कामदुघोऽनिरुद्धः ।
यमामनन्ति स्म हि शब्दयोनिं
मनोमयं सत्त्वतुरीयतत्त्वम् ॥ ३४ ॥
नेपाली भावानुवादः "भक्तहरूको कामना पूरा गर्ने भगवान् अनिरुद्धजी सुखपूर्वक हुनुहुन्छ? उहाँलाई शास्त्रहरूले मनको अधिष्ठाता र चतुर्थ व्यूहका रूपमा वर्णन गरेका छन्" ।।३४।।
अपिस्विदन्ये च निजात्मदैवं
अनन्यवृत्त्या समनुव्रता ये ।
हृदीकसत्यात्मज चारुदेष्ण
गदादयः स्वस्ति चरन्ति सौम्य ॥ ३५ ॥
नेपाली भावानुवादः "हे उद्धवजी! हृदयेश्वर श्रीकृष्णलाई अनन्य भावले पछ्याउने हृदीक, चारुदेष्ण र गद आदि अन्य यदुवंशीहरू पनि कुशलै हुनुहुन्छ होला नि?" ।।३५।।
अपि स्वदोर्भ्यां विजयाच्युताभ्यां
धर्मेण धर्मः परिपाति सेतुम् ।
दुर्योधनोऽतप्यत यत्सभायां
साम्राज्यलक्ष्म्या विजयानुवृत्त्या ॥ ३६ ॥
नेपाली भावानुवादः "महाराज युधिष्ठिर श्रीकृष्ण र अर्जुनको सहायताले धर्मको मर्यादा पालन गर्दै हुनुहुन्छ? जसको वैभव देखेर दुर्योधन डाहले जलेको थियो" ।।३६।।
किं वा कृताघेष्वघमत्यमर्षी
भीमोऽहिवद्दीर्घतमं व्यमुञ्चत् ।
यस्याङ्घ्रिपातं रणभूर्न सेहे
मार्गं गदायाश्चरतो विचित्रम् ॥ ३७ ॥
नेपाली भावानुवादः "अपराधीहरूप्रति क्रोधी भीमसेनले आफ्नो रिस शान्त पारे त? जसको गदायुद्धको चाल र पदप्रहार पृथ्वीले पनि सहन सक्दैनथ्यो" ।।३७।।
कच्चिद् यशोधा रथयूथपानां
गाण्डीव धन्वोपरतारिरास्ते ।
अलक्षितो यच्छरकूटगूढो
मायाकिरातो गिरिशस्तुतोष ॥ ३८ ॥
नेपाली भावानुवादः "जसको बाणको वर्षाले प्रभावित भएर किरातवेषी शिव प्रसन्न हुनुभएको थियो, ती गाण्डीवधारी अर्जुन त प्रसन्न हुनुहुन्छ? उहाँका शत्रुहरू त शान्त भए होलान्" ।।३८।।
यमावुतस्वित्तनयौ पृथायाः
पार्थैर्वृतौ पक्ष्मभिरक्षिणीव ।
रेमात उद्दाय मृधे स्वरिक्थं
परात्सुपर्णाविव वज्रिवक्त्रात् ॥ ३९ ॥
नेपाली भावानुवादः "आँखाका पलक झैँ युधिष्ठिरबाट संरक्षित नकुल र सहदेव कुशल छन्? उनीहरूले युद्धमा शत्रुबाट आफ्नो राज्य उसै गरी खोसे जसरी गरुडले इन्द्रबाट अमृत ल्याएका थिए" ।।३९।।
राजर्षिवर्येण विनापि तेन ।
यस्त्वेकवीरोऽधिरथो विजिग्ये
धनुर्द्वितीयः ककुभश्चतस्रः ॥ ४० ॥
नेपाली भावानुवादः "अहो! कुन्ती माता राजर्षि पाण्डुको वियोगमा पनि आफ्ना बालकहरूका लागि प्राण धारण गरिरहनुभएको छ? महाराज पाण्डु त एक्लै धनुषको भरमा चारै दिशा जित्ने वीर हुनुहुन्थ्यो" ।।४०।।
सौम्यानुशोचे तमधःपतन्तं
भ्रात्रे परेताय विदुद्रुहे यः ।
निर्यापितो येन सुहृत्स्वपुर्या
अहं स्वपुत्रान् समनुव्रतेन ॥ ४१ ॥
नेपाली भावानुवादः "हे उद्धवजी! मलाई त अधोगतितर्फ लाग्नुभएका धृतराष्ट्रको शोक लाग्छ, जसले आफ्ना दिवङ्गत भाइका छोराहरूसँग द्रोह गरे र आफ्ना छोराको मोहमा परेर म जस्तो हितचिन्तकलाई पनि घरबाट निकाले" ।।४१।।
सोऽहं हरेर्मर्त्यविडम्बनेन
दृशो नृणां चालयतो विधातुः ।
नान्योपलक्ष्यः पदवीं प्रसादात्
चरामि पश्यन् गतविस्मयोऽत्र ॥ ४२ ॥
नेपाली भावानुवादः "तर मलाई यसमा कुनै आश्चर्य छैन। भगवान् श्रीकृष्णले मानिसको लीला गरेर उनीहरूको बुद्धिलाई भ्रमित गराइदिनुहुन्छ। म त उहाँकै कृपाले उहाँको महिमा देख्दछु र विना कुनै चिन्ता एक्लै डुलिरहन्छु" ।।४२।।
नूनं नृपाणां त्रिमदोत्पथानां
महीं मुहुश्चालयतां चमूभिः ।
वधात्प्रपन्नार्तिजिहीर्षयेशो
ऽउपैक्षताघं भगवान् कुरूणाम् ॥ ४३ ॥
नेपाली भावानुवादः "कौरवहरूले धेरै अपराध गरे तापनि भगवान्ले उनीहरूलाई उपेक्षा गर्नुभयो, किनकि उहाँ ती अहङ्कारी राजाहरूलाई मारेर पृथ्वीको भार उतार्न र शरणार्थीको दुःख हटाउन चाहनुहुन्थ्यो" ।।४३।।
अजस्य जन्मोत्पथनाशनाय
कर्माण्यकर्तुर्ग्रहणाय पुंसाम् ।
नन्वन्यथा कोऽर्हति देहयोगं
परो गुणानामुत कर्मतन्त्रम् ॥ ४४ ॥
नेपाली भावानुवादः "उद्धवजी! भगवान् अजन्मा र अकर्ता हुनुभए तापनि दुष्टहरूको नाश गर्न र भक्तहरूलाई आकर्षित गर्न दिव्य जन्म र कर्म गर्नुहुन्छ। नत्र गुण र कर्मको बन्धनभन्दा माथि रहनुभएका उहाँलाई देह धारण गर्ने के आवश्यकता थियो र?" ।।४४।।
तस्य प्रपन्नाखिललोकपानां
अवस्थितानां अनुशासने स्वे ।
अर्थाय जातस्य यदुष्वजस्य
वार्तां सखे कीर्तय तीर्थकीर्तेः ॥ ४५ ॥
नेपाली भावानुवादः "त्यसैले हे मित्र! लोकपालहरूका पनि स्वामी, जो आफ्ना भक्तहरूको कल्याणका लागि यदुकुलमा जन्मनुभएको छ, ती तीर्थकीर्ति श्रीहरिको समाचार मलाई सुनाउनुहोस्" ।।४५।।
तृतीयस्कन्धे विदुरोद्धवसंवादे प्रथमोऽध्यायः ।।१।।
🌸 यस अध्यायको सार तथा दर्शन 🌸
अध्याय सारांश
श्रीमद्भागवतको यो अध्याय विदुरजीको तीर्थाटन र उद्धवजीसँगको भेटमा केन्द्रित छ। राजा परीक्षितको जिज्ञासापछि शुकदेवजीले विदुर र मैत्रेयको संवाद सुरु भएको पृष्ठभूमि बताउनुहुन्छ। यो कथा हस्तिनापुरको द्वन्द्व र विदुरजीको निष्कासनबाट सुरु हुन्छ। धृतराष्ट्रले आफ्ना छोराहरूको मोहमा परी पाण्डवहरूलाई लाक्षागृहमा जलाउने कोसिस गरे र द्रौपदीको अपमान हुँदा मौन बसे। पाण्डवहरूले वनवास पूरा गरेर फर्कँदा पनि उनीहरूको न्यायोचित पैतृक सम्पत्ति फिर्ता गरिएन। यसै बीचमा भगवान् श्रीकृष्णले दूत बनेर शान्तिको प्रस्ताव राख्नुभयो, जसलाई धृतराष्ट्रले अस्वीकार गरे। एकपटक धृतराष्ट्रले विदुरजीलाई सल्लाहका लागि बोलाउँदा विदुरजीले नीतिपूर्ण कुराहरू राख्नुभयो। विदुरजीले पाण्डवहरूको पक्ष लिँदै दुर्योधनलाई 'साक्षात् दोष' को रूपमा त्याग्न सल्लाह दिनुभयो। यसबाट क्रोधित भई दुर्योधनले विदुरजीलाई 'दासीपुत्र' भन्दै अपमान गरेर दरबारबाट निकाल्ने आदेश दियो। विदुरजीले यसलाई भगवान्को इच्छा र माया सम्झेर शान्तपूर्वक स्वीकार गर्नुभयो। उनले आफ्नो धनुष राजद्वारमा राखेर हस्तिनापुर त्याग गरे। विदुरजी हस्तिनापुरबाट निस्केर भारतवर्षका विभिन्न तीर्थस्थलहरूको भ्रमणमा लागे। उनले अवधूतको भेष धारण गरी कसैले नचिन्ने गरी एक्लै भ्रमण गरे। भ्रमणका क्रममा उनले यमुनाको तटमा भगवान् श्रीकृष्णका परम सखा उद्धवजीलाई भेटे। उद्धवजीलाई देख्नासाथ विदुरजीले प्रेमपूर्वक अङ्गालो हाले र आफ्ना स्वजनहरूको हालखबर सोध्न थाले। उनले वसुदेव, देवकी, उग्रसेन र श्रीकृष्णका पुत्रहरूको बारेमा सोधपुछ गरे। उनले पाण्डवहरूको विजय र दुर्योधनको पतनको बारेमा पनि जिज्ञासा राखे। विदुरजीले धृतराष्ट्रको अधोगतिका बारेमा दुःख व्यक्त गरे। उनले भगवान् श्रीकृष्णको अवतारको रहस्य र महिमाको चर्चा गरे। विदुरजीले यो महसुस गरे कि भगवान्ले नै कौरवहरूको विनाशको लीला रच्नुभएको थियो। उनले उद्धवले सुनाउने श्रीकृष्णका लीलाहरू सुन्नका लागि आतुरता देखाए। यो अध्यायले भक्तको हृदयमा हुने भगवान् र भक्तहरूप्रतिको प्रेमलाई दर्शाउँछ। तीर्थाटनले मानिसको मन कसरी शुद्ध पार्छ भन्ने कुरा यहाँ देखाइएको छ। विदुरजीको प्रश्नहरूले उनको गहिरो भगवत्प्रेम र स्वजनप्रतिको स्नेह प्रकट गर्दछ। अन्ततः, यस अध्यायले श्रीमद्भागवतको ज्ञान प्रवाहको अर्को एउटा महत्त्वपूर्ण मार्ग प्रशस्त गर्दछ।
दार्शनिक पक्ष
यस अध्यायको मुख्य दार्शनिक पक्ष 'संसारको नश्वरता र भगवत्शरण' हो। विदुरजीले अपमानलाई पनि भगवान्को कृपा ठानेर स्वीकार गर्नु उच्च कोटिको वैराग्य हो। यसले सिकाउँछ कि जस्तोसुकै कठिन परिस्थितिमा पनि भक्त विचलित हुँदैन। 'विदुर नीति' मार्फत धर्म र राजनीतिको समन्वयलाई दार्शनिक रूपमा प्रस्तुत गरिएको छ। भगवान् श्रीकृष्णको अवतार केवल दुष्टको नाशका लागि मात्र नभई भक्तलाई दर्शन र आनन्द दिनका लागि हो भन्ने कुरा स्पष्ट पारिएको छ। तीर्थाटनको अर्थ केवल स्थान भ्रमण नभई अन्तहृदयको शुद्धीकरण हो। यस अध्यायले 'अहङ्कार' विनाशको कारण हो र 'नम्रता' भक्तिको जग हो भन्ने देखाउँछ। विदुरजीको धनुष त्याग्नु भनेको 'ममत्व र अहङ्कार' को त्याग हो। उद्धव र विदुरको भेटले दुई भक्तहरू बीचको संवाद नै संसारको सबैभन्दा ठुलो धन हो भन्ने पुष्टि गर्छ। दार्शनिक रूपमा, ईश्वरको लीला बुझ्नका लागि भक्तको दृष्टि चाहिन्छ। अन्ततः, यो अध्यायले सबै कर्महरू भगवान्मा समर्पण गर्नाले नै परम शान्ति मिल्छ भन्ने सन्देश दिन्छ।