श्रीमद्भानगवत महापुराण
द्वादश स्कन्ध– प्रथमोऽध्यायः
(कलियुगी राजवंश वर्णन)
राजोवाच –
स्वधामानुगते कृष्ण यदुवंशविभूषणे ।
कस्य वंशोऽभवत् पृथ्व्यामेतदाचक्ष्व मे मुने ।। १ ।।
नेपाली भावानुवादः राजा परीक्षितले सोध्नुभयो– हे मुने! यदुवंशका आभूषण स्वरूप भगवान् श्रीकृष्ण आफ्नो धाम (वैकुण्ठ) जानुभएपछि यस पृथ्वीमा कुन–कुन वंशको शासन सुरु भयो? कृपा गरेर मलाई यो कुरा बताउनुहोस् ।। १ ।।
शुक उवाच –
योऽन्त्यः पुरञ्जयो नाम भाव्यो बार्हद्रथः नृपो ।
तस्यामात्यस्तु शुनको हत्वा स्वामिनमात्मजम् ।। २ ।।
नेपाली भावानुवादः श्रीशुकदेवजीले भन्नुभयो– हे राजन्! बृहद्रथ वंशको अन्तिम राजा पुरञ्जय हुनेछन्। उनका मन्त्री ’शुनक’ ले आफ्ना स्वामी (राजा पुरञ्जय) को हत्या गरेर आफ्नै छोरालाई राजा बनाउनेछन्।। २ ।।
प्रद्योतसंज्ञं राजानं कर्ता यत्पालकः सुतः ।
विशाखयूपस्तत्पुत्रो भविता राजकस्ततः ।। ३ ।।
नेपाली भावानुवादः त्यस छोराको नाम ’प्रद्योत’ हुनेछ। प्रद्योतको छोरा ’पालक’, पालकको छोरा ’विशाखयूप’ र विशाखयूपको छोरा ’राजक’ हुनेछन्।। ३ ।।
नन्दिवर्धनस्तत्पुत्रः पञ्च प्रद्योतना इमे ।
अष्टत्रिंशोत्तरशतं भोक्ष्यन्ति पृथिवीं नृपाः ।। ४ ।।
नेपाली भावानुवादः राजकको छोरा ’नन्दिवर्धन’ हुनेछन्। प्रद्योत वंशका यी पाँच राजाहरूले पृथ्वीमा एक सय अठतीस वर्षसम्म शासन गर्नेछन् ।। ४ ।।
शिशुनागस्ततो भाव्यः काकवर्णस्तु तत्सुतः ।
क्षेमधर्मा तस्य सुतः क्षेत्रज्ञः क्षेमधर्मजः ।। ५ ।।
नेपाली भावानुवादः त्यसपछि ’शिशुनाग’ राजा हुनेछन्। उनको छोरा ’काकवर्ण’, काकवर्णको छोरा ’क्षेमधर्मा’ र क्षेमधर्माको छोरा ’क्षेत्रज्ञ’ हुनेछन्।। ५ ।।
विधिसारः सुतस्तस्याजातशत्रुर्भविष्यति ।
दर्भकस्तत्पुतो भावी दर्भकस्याजयः स्मृतः ।। ६ ।।
नेपाली भावानुवादः क्षेत्रज्ञको छोरा ’विधिसार’ हुनेछन् र विधिसारको छोरा ’अजातशत्रु’ हुनेछन्। अजातशत्रुको छोरा ’दर्भक’ र दर्भकको छोरा ’अजय’ हुनेछन्।। ६ ।।
नन्दिवर्धन आजेयो महानन्दिः सुतस्ततः ।
शिशुनागा दशैवैते षष्ट्युत्तरशतत्रयम् ।। ७ ।।
नेपाली भावानुवादः अजयको छोरा ’नन्दिवर्धन’ र नन्दिवर्धनको छोरा ’महानन्दि’ हुनेछन्। शिशुनाग वंशका यी १० राजाहरूले कलियुगमा तीन सय साठी वर्षसम्म पृथ्वीको शासन गर्नेछन्।। ७ ।।
महानन्दिसुतो राजन् शूद्रीगर्भोद्भवो बली ।
महापद्मपतिः कश्चिन्नन्दः क्षत्रविनाशकृत् ।। ८ ।।
नेपाली भावानुवादः हे राजन्! महानन्दिको शूद्रा स्त्रीको गर्भबाट एउटा अत्यन्तै बलशाली छोरा जन्मनेछ, जसको नाम ’नन्द’ हुनेछ। ऊ महापद्म (अथाह सम्पत्ति) को स्वामी र क्षत्रीयहरूको विनाश गर्ने शासक हुनेछ।। ८ ।।
ततो नृपा भविष्यन्ति शूद्रप्रायास्त्वधार्मिकाः ।
स एकच्छत्रां पृथिवीमनुल्लङ्घितशासनः ।। ९ ।।
शासिष्यति महापद्मो द्वितीय इव भार्गवः ।। १० ।।
नेपाली भावानुवादः त्यसपछि प्रायः शूद्र र अधर्मी राजाहरू हुनेछन्। दोस्रो परशुराम जस्तै देखिने त्यो महापद्म नन्दले कसैले उल्लङ्घन गर्न नसक्ने शासन चलाएर पृथ्वीमा एकछत्र राज गर्नेछ ।। ९ –१० ।।
तस्य चाष्टौ भविष्यन्ति सुमाल्यप्रमुखाः सुताः ।
य इमां भोक्ष्यन्ति महीं राजानः स्म शतं समाः ।। ११ ।।
नेपाली भावानुवाद — ती महापद्म नन्दका सुमाल्य आदि आठ छोराहरू हुनेछन्। ती राजाहरूले यस पृथ्वीमा सय वर्षसम्म शासन गर्नेछन् ।।११।।
नव नन्दान् द्विजः कश्चित् प्रपन्नानुद्धरिष्यति ।
तेषामभावे जगतीं मौर्या भोक्ष्यन्ति वै कलौ ।। १२ ।।
नेपाली भावानुवाद — कुनै एक ब्राह्मणले (चाणक्यले) ती नौ नन्दहरूलाई उखेलेर फालिदिनेछन्। उनीहरूको नाश भएपछि कलियुगमा मौर्य वंशका राजाहरूले पृथ्वीको भोग गर्नेछन् ।।१२।।
स एव चन्द्रगुप्तं वै द्विजो राज्येऽभिषेक्ष्यति ।
तत्सुतो वारिसारस्तु ततश्चाशोकवर्धनः ।। १३ ।।
नेपाली भावानुवाद — ती ब्राह्मणले नै चन्द्रगुप्तलाई राज्यमा अभिषेक गर्नेछन्। चन्द्रगुप्तका छोरा वारिसार र उनका छोरा अशोकवर्धन हुनेछन् ।।१३।।
सुयशा भविता तस्य सङ्गतः सुयशःसुतः ।
शालिशूकस्ततस्तस्य सोमशर्मा भविष्यति ।। १४ ।।
नेपाली भावानुवाद — अशोकवर्धनका छोरा सुयशा, सुयशाका छोरा सङ्गत, सङ्गतका छोरा शालिशूक र शालिशूकका छोरा सोमशर्मा हुनेछन् ।।१४।।
शतधन्वा ततस्तस्य भविता तद् बृहद्रथः ।
मौर्या ह्येते दश नृपाः सप्तत्रिंशच्छतोत्तरम् ।
समा भोक्ष्यन्ति पृथिवीं कलौ कुरुकुलोद्वह ।। १५ ।।
नेपाली भावानुवाद — सोमशर्माका छोरा शतधन्वा र उनका छोरा बृहद्रथ हुनेछन्। हे कुरुनन्दन! मौर्य वंशका यी १० राजाहरूले कलियुगमा एक सय सैंतीस वर्षसम्म पृथ्वीमा शासन गर्नेछन् ।।१५।।
हत्वा बृहद्रथं मौर्यं तस्य सेनापतिः कलौ ।
पुष्यमित्रस्तु शुङ्गाह्वः स्वयं राज्यं करिष्यति ।। १६ ।।
नेपाली भावानुवाद — मौर्य राजा बृहद्रथको हत्या गरेर उनका सेनापति पुष्यमित्र शुङ्गले स्वयं राज्य गर्नेछन् ।।१६।।
अग्निमित्रस्ततस्तस्मात् सुज्येष्ठोऽथ भविष्यति ।
वसुमित्रो भद्रकश्च पुलिन्दो भविता सुतः ।। १७ ।।
नेपाली भावानुवाद — पुष्यमित्रका छोरा अग्निमित्र, उनका सुज्येष्ठ, सुज्येष्ठका वसुमित्र, वसुमित्रका भद्रक र भद्रकका छोरा पुलिन्द हुनेछन् ।।१७।।
ततो घोषः सुतस्तस्माद् वज्रमित्रो भविष्यति ।
ततो भागवतस्तस्मात् देवभूतिरिति श्रुतः ।
शुङ्गा दशैते भोक्ष्यन्ति भूमिं वर्षशताधिकम् ।। १८ ।।
नेपाली भावानुवाद — पुलिन्दका छोरा घोष, उनका वज्रमित्र, वज्रमित्रका भागवत र भागवतका छोरा देवभूति हुनेछन्। यी १० शुङ्गवंशी राजाहरूले एक सय वर्षभन्दा बढी शासन गर्नेछन् ।।१८।।
ततः काण्वानियं भूमिर्यास्यत्यल्पगुणान् नृप ।
शुङ्गं हत्वा देवभूतिं कण्वोऽमात्यस्तु कामिनम् ।। १९ ।।
नेपाली भावानुवाद — हे राजन्! त्यसपछि यो पृथ्वी अल्पगुणी कण्व वंशका राजाहरूको हातमा जानेछ। शुङ्ग वंशका विलासी राजा देवभूतिको हत्या गरी उनका मन्त्री वसुदेव कण्वले राज्य लिनेछन् ।।१९।।
स्वयं करिष्यते राज्यं वसुदेवो महामतिः ।
तस्य पुत्रस्तु भूमित्रस्तस्य नारायणः सुतः ।
नारायणस्य भविता सुशर्मा नाम विश्रुतः ।। २० ।।
नेपाली भावानुवाद — महामति वसुदेवले राज्य गर्नेछन्। उनका छोरा भूमित्र, उनका नारायण र नारायणका छोरा प्रख्यात सुशर्मा हुनेछन् ।।२०।।
काण्वायना इमे भूमिं चत्वारिंशच्च पञ्च च ।
शतानि त्रीणि भोक्ष्यन्ति वर्षाणां च कलौ युगे ।। २१ ।।
नेपाली भावानुवाद — यी कण्ववंशी चार राजाहरूले कलियुगमा तीन सय पैंतालिस वर्षसम्म पृथ्वीको भोग गर्नेछन् ।।२१।।
हत्वा काण्वं सुशर्माणं तद्भृत्यो वृषलो बली ।
गां भोक्ष्यत्यन्ध्रजातीयः कञ्चित् कालमसत्तमः ।। २२ ।।
नेपाली भावानुवाद — कण्व राजा सुशर्माको हत्या गरी उनका सेवक ’सिमुक’ नामक बलवान् नीच आन्ध्रजातीय व्यक्तिले केही समय पृथ्वीमा शासन गर्नेछन् ।।२२।।
कृष्णनामाथ तद्भ्राता भविता पृथिवीपतिः ।
श्रीशान्तकर्णस्तत्पुत्रः पौर्णमासस्तु तत्सुतः ।। २३ ।।
नेपाली भावानुवाद — त्यसपछि उनका भाइ कृष्ण राजा हुनेछन्। उनका छोरा श्रीशान्तकर्ण र उनका छोरा पौर्णमास हुनेछन् ।।२३।।
लम्बोदरस्तु तत्पुत्रस्तस्माच्चिबिलको नृपः ।
मेघस्वातिश्चिबिलकादटमानस्तु तस्य च ।। २४ ।।
नेपाली भावानुवाद — पौर्णमासका छोरा लम्बोदर, उनका चिबिलक, चिबिलकका मेघस्वाति र मेघस्वातिका छोरा अटमान हुनेछन् ।।२४।।
अनिष्टकर्मा हालेयस्तलकस्तस्य चात्मजः ।
पुरीषभीरुस्तत्पुत्रस्ततो राजा सुनन्दनः ।। २५ ।।
नेपाली भावानुवाद — अटमानका छोरा अनिष्टकर्मा, उनका हालेय, हालेयका तलक र तलकका छोरा पुरीषभीरु हुनेछन्, त्यसपछि सुनन्दन राजा हुनेछन् ।।२५।।
चकोरो बहवो यत्र शिवस्वातिररिन्दमः ।
तस्यापि गोमती पुत्रः पुरीमान् भविता ततः ।। २६ ।।
नेपाली भावानुवाद — त्यसपछि चकोर र त्यसपछि शत्रुदमन गर्ने शिवस्वाति राजा हुनेछन्। शिवस्वातिका छोरा गोमती र उनका छोरा पुरीमान् हुनेछन् ।।२६।।
मेदःशिराः शिवस्कन्दो यज्ञश्रीस्तत्सुतस्ततः ।
विजयस्तत्सुतो भाव्यश्चन्द्रविज्ञः सलोमधिः ।। २७ ।।
नेपाली भावानुवाद — पुरीमान्का छोरा मेदःशिरा, उनका शिवस्कन्द, शिवस्कन्दका यज्ञश्री, उनका विजय र विजयका छोरा चन्द्रविज्ञ (सलोमधि) हुनेछन् ।।२७।।
एते त्रिंशन्नृपतयः चत्वार्यब्दशतानि च ।
षट्पञ्चाशच्च पृथिवीं भोक्ष्यन्ति कुरुनन्दन ।। २८ ।।
नेपाली भावानुवाद — हे कुरुनन्दन! यी च.तीस आन्ध्रवंशी राजाहरूले पृथ्वीमा चार सय छपन्न वर्षसम्म शासन गर्नेछन् ।।२८।।
सप्ताभीरा आवभृत्या दश गर्दभिनो नृपाः ।
कङ्काः षोडश भूपाला भविष्यन्त्यतिलोलुपाः ।। २९ ।।
नेपाली भावानुवाद — त्यसपछि सात आभीर, दस गर्दभी र अत्यन्तै लोभी सोह्र कङ्क राजाहरू हुनेछन् ।।२९।।
ततोऽष्टौ यवना भाव्याश्चतुर्दश तुरुष्ककाः ।
भूयो दश गुरुण्डाश्च मौला एकादशैव तु ।। ३० ।।
नेपाली भावानुवाद — त्यसपछि आठ यवन, चौध तुरुष्क (तुर्क), दस गुरुण्ड र एघार मौल राजाहरू हुनेछन् ।।३०।।
एते भोक्ष्यन्ति पृथिवीं दश वर्षशतानि च ।
नवाधिकां च नवतिं मौला एकादश क्षितिम् ।। ३१ ।।
नेपाली भावानुवाद — यी राजाहरूले जम्मा एक हजार नब्बे वर्ष शासन गर्नेछन्। जसमा एघार मौलहरूले मात्र तीन सय वर्ष शासन गर्नेछन् ।।३१।।
भोक्ष्यन्त्यब्दशतान्यङ्ग त्रीणि तैः संस्थिते ततः ।
किलकिलायां नृपतयो भूतनन्दोऽथ वङ्गिरिः ।। ३२ ।।
नेपाली भावानुवाद — हे अङ्ग! त्यसपछि किलकिला नगरीमा भूतनन्द र वङ्गिरि राजाहरू हुनेछन् ।।३२।।
शिशुनन्दिश्च तद्भ्राता यशोनन्दिः प्रवीरकः ।
इत्येते वै वर्षशतं भविष्यन्त्यधिकानि षट् ।। ३३ ।।
नेपाली भावानुवाद — उनका भाइ शिशुनन्दि, यशोनन्दि र प्रवीरकले एक सय छ वर्षसम्म राज्य गर्नेछन् ।।३३।।
तेषां त्रयोदश सुता भवितारश्च बाह्लिकाः ।
पुष्पमित्रोऽथ राजन्यो दुर्मित्रोऽस्य तथैव च ।। ३४ ।।
नेपाली भावानुवाद — उनीहरूका १३ छोराहरू बाह्लिक राजा हुनेछन्। त्यसपछि पुष्पमित्र र उनका छोरा दुर्मित्र राजा हुनेछन् ।।३४।।
एककाला इमे भूपाः सप्तान्ध्राः सप्त कौसलाः ।
विदूरपतयो भाव्या निषधास्तत एव हि ।। ३५ ।।
नेपाली भावानुवाद — यी राजाहरू एकै समयमा हुनेछन्। सात आन्ध्र, सात कौशल, विदूर र निषध देशका राजाहरूले पनि शासन गर्नेछन् ।।३५।।
मागधानां तु भविता विश्वस्फूर्जिः पुरञ्जयः ।
करिष्यत्यपरो वर्णान् पुलिन्दयदुमद्रकान् ।। ३६ ।।
नेपाली भावानुवाद — मगधमा विश्वस्फूर्जि (पुरञ्जय) राजा हुनेछन्, जसले पुलिन्द, यदु र मद्रक जस्ता जातिहरूलाई वर्णसंकर बनाउनेछन् ।।३६।।
प्रजाश्चाब्रह्मभूयिष्ठाः स्थापयिष्यति दुर्मतिः ।
वीर्यवान् क्षत्रमुत्साद्य पद्मवत्यां स वै पुरि ।
अनुगङ्गामाप्रयागं गुप्तां भोक्ष्यति मेदिनीम् ।। ३७ ।।
नेपाली भावानुवाद — ती दुर्मति राजाले प्रजालाई ब्रह्मतेजहीन बनाउनेछन्। क्षत्रीयहरूको विनाश गरी उनले पद्मवती पुरी (हस्तिनापुर) देखि प्रयागसम्म गङ्गाको तटवर्ती इलाकामा राज्य गर्नेछन् ।।३७।।
सौराष्ट्रावन्त्याभीराश्च शूरा अर्बुदमालवाः ।
व्रात्या द्विजा भविष्यन्ति शूद्रप्राया जनाधिपाः ।। ३८ ।।
नेपाली भावानुवाद — सौराष्ट्र, अवन्ती, आभीर, अर्बुद र मालवा क्षेत्रमा संस्कारहीन (व्रात्य) ब्राह्मण र शूद्र समान राजाहरू हुनेछन् ।।३८।।
सिन्धोस्तटं चन्द्रभागां कौन्तीं काश्मीरमण्डलम् ।
भोक्ष्यन्ति शूद्रा व्रात्याद्या म्लेच्छाश्चाब्रह्मवर्चसः ।। ३९ ।।
नेपाली भावानुवाद — सिन्धु तट, चन्द्रभागा, कौन्ती र कश्मीर मण्डलमा ब्रह्मतेज नभएका शूद्र, व्रात्य र म्लेच्छहरूले शासन गर्नेछन् ।।३९।।
तुल्यकाला इमे राजन् म्लेच्छप्रायाश्च भूभृतः ।
एते अधर्मानृतपराः फल्गुदास्तीव्रमन्यवः ।। ४० ।।
नेपाली भावानुवाद — हे राजन्! यी राजाहरू एकै समयमा हुनेछन् र प्रायः म्लेच्छ जस्तै हुनेछन्। उनीहरू अधर्मी, असत्यवादी, कञ्जुस र क्रोधी हुनेछन् ।।४०।।
स्त्रीबालगोद्विजघ्नाश्च परदारधनादृताः ।
उदितास्तमितप्राया अल्पसत्त्वाल्पकायुषः ।। ४१ ।।
नेपाली भावानुवाद — उनीहरू स्त्री, बालक, गाई र ब्राह्मणको हत्या गर्ने, अर्काकी पत्नी र धन हरण गर्ने स्वभावका हुनेछन्। उनीहरूको आयु र शक्ति थोरै हुनेछ ।।४१।।
असंस्कृताः क्रियाहीना रजसा तमसाऽऽवृताः ।
प्रजास्ते भक्षयिष्यन्ति म्लेच्छा राजन्यरूपिणः ।। ४२ ।।
नेपाली भावानुवाद — संस्कारहीन र कर्महीन ती राजाको भेषमा रहेका म्लेच्छहरूले आफ्नै प्रजालाई भक्षण (शोषण) गर्नेछन् ।।४२।।
तन्नाथास्ते जनपदास्तच्छीलाचारवादिनः ।
अन्योन्यतो राजभिश्च क्षयं यास्यन्ति पीडिताः ।। ४३ ।।
नेपाली भावानुवाद — त्यस्ता राजा भएका देशका प्रजाहरू पनि राजाकै जस्तो स्वभाव र आचरणका हुनेछन्। उनीहरू आपसमा र राजाबाट पीडित भई अन्त्यमा नष्ट हुनेछन् ।।४३।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
द्वादशस्कन्धे प्रथमोऽध्यायः ॥ १ ॥
No comments:
Post a Comment