श्रीमद्भागवत महापुराण
षष्ठः स्कन्धः – त्रयोदशोऽध्यायः
(अनुष्टुप्)
वृत्रे हते त्रयो लोका विना शक्रेण भूरिद ।
सपाला ह्यभवन् सद्यो विज्वरा निर्वृतेन्द्रियाः ॥ १ ॥
शुकदेवजी भन्नु्हुन्छ–
परीक्षित् ! यसरी वृत्रासुरको मृत्यु भएपछि इन्द्र सहित तीनै लोकका लोकपालहरू धेरुै खुसि भए । उनीहरूको भय र चन्ता हराएको थियो ।।१।।
देवर्षिपितृभूतानि दैत्या देवानुगाः स्वयम् ।
प्रतिजग्मुः स्वधिष्ण्यानि ब्रह्मेशेन्द्रादयस्ततः ॥ २ ॥
यद्ध समाप्त भएपछि देवता, ऋषि, पितृगण दैत्य र देवताका अनुचरहरू इन्द्रसंग विदा लिएर आफ्ना आफ्ना घर फर्के । त्यस पछि ब्रम्हा, शङ्कर पनि त्यहाबाट आफ्नो लोकतिर लाग्नुभयो ।।२।।
श्रीराजोवाच–
इन्द्रस्यानिर्वृतेर्हेतुं श्रोतुमिच्छामि भो मुने ।
येनासन् सुखिनो देवा हरेर्दुःखं कुतोऽभवत् ॥ ३ ॥
राजा परीक्षितले सोधे–
भगवन् ! म देवराज इन्द्रको अप्रसन्नताको कारण सुन्न चाहान्छु । जब वृत्रासुरको बधमा सबै देवताहरू खुसी भए तर इन्द्र चाँहि दुःखी हुनुको कारण के हो ? ।।३।।
श्रीशुक उवाच–
वृत्रविक्रमसंविग्नाः सर्वे देवाः सहर्षिभिः ।
तद्वधायार्थयन् इन्द्रं नैच्छद् भीतो बृहद्वधात् ॥ ४ ॥
शुकदेवजीले भन्नुभयो–
परीक्षित् ! जब वृत्रासुरको पराक्रमले सबै देवता र ऋषि महर्षिहरू अत्यन्त डराएर तब उनीहरूले उसलाई मार्नका लागि इन्द्रसंग प्रार्थना गरे तर ब्रम्हहत्याका कारण इन्द्रले उसलाई मार्न चाहेका थिएनन ।।४।।
इन्द्र उवाच–
स्त्रीभूद्रुमजलैरेनो विश्वरूपवधोद्भवम् ।
विभक्तमनुगृह्णद्भिः वृत्रहत्यां क्व मार्ज्म्यहम् ॥ ५ ॥
इन्द्रले उनीहरूलाई भने–
देवता र ऋषिहरू ! मलाई विश्वरूपको बधले ब्रम्हहत्या लागेको थियो । त्यसलाई स्त्री, पृथ्वी, जल र वृक्षले कृपा गरेर बाँडेर लिए । तर अब फेरी यदि मैले वृत्रलाई मारे भने त्यसबाट लाग्ने ब्रम्हहत्याबाट छुटकारा कसरी हुन्छ ? ।।५।।
श्रीशुक उवाच–
ऋषयस्तदुपाकर्ण्य महेन्द्रं इदमब्रुवन् ।
याजयिष्याम भद्रं ते हयमेधेन मा स्म भैः ॥ ६ ॥
शुकदेवजीले भन्नुभयो–
देवराज इन्द्रको यस्तो कुरा सुनेर ऋषिहरूले उनलाई भने– देवराज ! तिम्रो कल्याण होस । यसबाट तिमी अलिकति पनि नडराउ, हामी अश्वमेध यज्ञ गराएर तिमीलाई सबै ब्रह्महत्यादि पापबाट मुक्त गराइदिन्छौं ।।६।।
हयमेधेन पुरुषं परमात्मानमीश्वरम् ।
इष्ट्वा नारायणं देवं मोक्ष्यसेऽपि जगद्वधात् ॥ ७ ॥
अश्वमेध यज्ञद्वारा सबैका अन्तर्यामी सर्वशक्तिमान परमात्मा नारायण्(ादेवको आराधना गर्नाले तिमीले गरेका सबै जगतको बध पापबाट समेत मुक्ति पाउन सक्नेछौ भने वृत्रासुरको वधको कुरा त के भयो र ।।७।।
ब्रह्महा पितृहा गोघ्नो मातृहाऽऽचार्यहाघवान् ।
श्वादः पुल्कसको वापि शुद्ध्येरन्यस्य कीर्तनात् ॥ ८ ॥
देवराज ! भगवान्को नाम कीर्तन मात्र ले नै ब्राम्हण, पिता, गाई माता, आचार्य आदिको हत्या गर्ने महापापी कुकुरको मासु खाने चाण्डाल र कसाई पनि शुद्ध हुन्छ ।।८।।
(इंद्रवज्रा)
तमश्वमेधेन महामखेन
श्रद्धान्वितोऽस्माभिरनुष्ठितेन ।
हत्वापि सब्रह्मचराचरं त्वं
न लिप्यसे किं खलनिग्रहेण ॥ ९ ॥
हामीहरू अश्वमेध नामको महायज्ञको अनुष्ठान गर्दछौं । त्यहाँ निमीले श्रद्धापूर्वक भगवान्को आराधना गर्नाले समस्त चराचर जगतको हत्याको पापबाट पनि लिप्त हुदैनौ भने यस दुष्टलाई दण्ड दिएको पापबाट छुट्ने कुरा त के नै हो र ? ।।९।।
(अनुष्टुप्)
श्रीशुक उवाच–
एवं सञ्चोदितो विप्रैः मरुत्वानहनद् रिपुम् ।
ब्रह्महत्या हते तस्मिन् आससाद वृषाकपिम् ॥ १० ॥
शुकदेवजी भन्नुहुन्छ–
परीक्षित् ! यस प्रकार ब्राम्हणहरूको प्रेरणा प्राप्त गरेर देवराज इन्द्रले वृत्रासुरको वध गरेका थिए । अहिले उसलाई मार्नाले इन्द्रलाई ब्रम्हहत्या लाग्यो ।।१०।।
तयेन्द्रः स्मासहत् तापं निर्वृतिर्नामुमाविशत् ।
ह्रीमन्तं वाच्यतां प्राप्तं सुखयन्त्यपि नो गुणाः ॥ ११ ॥
त्यसैको कारण इन्द्रले ठुलो राप र ताप सहनु पर्यो । उनलाई एक छिन पनि चैन भएन । जब कुनै सङ्कोची सज्जनमाथि कलङ्क लाग्यो तब उसको धैर्य आदि सबै गुणले पनि उसलाई सुखी गराउँदैन ।।११।।
तां ददर्शानुधावन्तीं चाण्डालीमिव रूपिणीम् ।
जरया वेपमानाङ्गीं यक्ष्मग्रस्तामसृक्पटाम् ॥ १२ ॥
देवराज इन्द्रले देखेकि ब्रम्हहत्या साक्षात चाण्डाली झै आफ्नो पछाडि दौडदै आएकी रहेकी छ । यसै कारण उनको सबै शरीर कामिरहेको थियो भने क्षय रोगले समेत उनलाई सताइ रहेको थियो । उनको सबै कपडा रगतले लतपतिएको थियो ।।१२।।
विकीर्य पलितान् केशान् तिष्ठ तिष्ठेति भाषिणीम् ।
मीनगन्ध्यसुगन्धेन कुर्वतीं मार्गदूषणम् ॥ १३ ॥
उनका ति सेता कपाल विग्रिएर पख पख. भनेर कराईरहेकी थिइ । उनको सास बाट माछोको जस्तो दुर्गन्ध आईरहेको थियो । उनी हिडेको बाटो पनि दुषित भएको थियो ।।१३।।
नभो गतो दिशः सर्वाः सहस्राक्षो विशाम्पते ।
प्राग् उदीचीं दिशं तूर्णं प्रविष्टो नृप मानसम् ॥ १४ ॥
राजन् ! देवराज इन्द्र डरले दिशाहरू र आकासतिर भाग्न लागे । अन्तमा कतैपनि शरण नपाएका कारण उनी पूर्व र उत्तर कोणमा स्थित मान सरोवरमा पसे ।।१४।।
(इंद्रवज्रा)
स आवसत्पुष्करनालतन्तून्
अलब्धभोगो यदिहाग्निदूतः ।
वर्षाणि साहस्रमलक्षितोऽन्तः
स चिन्तयन् ब्रह्मवधाद् विमोक्षम् ॥ १५ ॥
देवराज इन्द्र मानसरोवरको कमलनालको डाँठमा एक हजार वर्ष सम्म लुकेर बसे । उनी ब्रम्हहत्याबाट छुटकारा कसरी हुने हो भनि सोच्न लागे । यति दिनसम्म पनि उनलाई भोजनको कुनै सामग्री मिलेन । उनी अग्नि देवताको मुखले भोजन गर्दथे । र अग्नि देवता जल भित्र कमलको डाँठमा जान सक्तैन थिए ।।१५।।
तावत्त्रिणाकं नहुषः शशास
विद्यातपोयोगबलानुभावः ।
स सम्पदैश्वर्यमदान्धबुद्धिः
नीतस्तिरश्चां गतिमिन्द्रपत्न्या ॥ १६ ॥
देवराज इन्द्र कमलडाँठमा बसुन्जेल यता राजा नहुषले आफ्नो विद्या, तपस्या र योगबलको प्रभावले स्वर्गको शासन गरि रहे । तर जब उनी सम्पत्ति र ऐश्वर्यको मदले अन्धो भएर इन्द्रपत्नी सचीसंग अनाचार गर्न खोजे तब सचीका कारण उसलाई ऋषिहरूको मुखबाट श्राप गराइन जसका कारण उनी सर्प भए ।।१६।।
ततो गतो ब्रह्मगिरोपहूत
ऋतम्भरध्याननिवारिताघः ।
पापस्तु दिग्देवतया हतौजान्
त नाभ्यभूदवितं विष्णुपत्न्या ॥ १७ ॥
त्यसपछि इन्द्रले सत्यका परम पोषक भगवान्को ध्यान गर्नलागे जसले गर्दा उनको पाप नष्ट भयो, तब ब्राम्हणहरूको वचनले उनी फेरी स्वर्गलोक गए । कमलवन विहारिणी विष्णु पत्नी लक्ष्मीले इन्द्रको रक्षा गरिरहनु भएको थियो र पूर्वोत्तर दिशाका अधिपति रुद्रले पहिल्यै पापलाई निस्तेज गरेका थिए । जसले गर्दा ब्रह्महत्याले इन्द्रमाथि आक्रमण गर्न सकेन ।।१७।।
(अनुष्टुप्)
तं च ब्रह्मर्षयोऽभ्येत्य हयमेधेन भारत ।
यथावद् दीक्षयां चक्रुः पुरुषाराधनेन ह ॥ १८ ॥
परीक्षित् ! इन्द्र स्वर्गमा गएपछि ब्रम्हर्षिहरू त्यहाँ आएर भगवान्को आराधनाका लागि अश्वमध यज्ञको दिक्षा दिएर अश्वमेध यज्ञ गराए ।।१८।।
अथेज्यमाने पुरुषे सर्वदेवमयात्मनि ।
अश्वमेधे महेन्द्रेण वितते ब्रह्मवादिभिः ॥ १९ ॥
स वै त्वाष्ट्रवधो भूयान् अपि पापचयो नृप ।
नीतस्तेनैव शून्याय नीहार इव भानुना ॥ २० ॥
जव वेदवादी ऋषिहरूबाट गरिएको अश्वमेध यज्ञमा देवराज इन्द्रले सर्वदेव स्वरूप भगवान् पुरुषोत्तमको आराधना गरे तब भगवान् आराधनाको प्रभावले वृत्रासुरको वधबाट भएका ठुला पापहरू सबै सूर्योदय भएपछि कुहिरोको फाटे झै नाश भयो ।।१९।२०।।
(इंद्रवज्रा)
स वाजिमेधेन यथोदितेन
वितायमानेन मरीचिमिश्रैः ।
इष्ट्वाधियज्ञं पुरुषं पुराणं
इन्द्रो महानास विधूतपापः ॥ २१ ॥
जब मरिचि आदि मुनिश्वरहरूले विधिपूर्वक अश्वमेध यज्ञ गराए तब सनातन पुरुष यज्ञपति भगवान्को आराधना गरेर इन्द्रले सबै पापबाट छुटकारा पाए र पहिला झैं पूजनीय भए ।।२१।
इदं महाख्यानमशेषपाप्मनां
प्रक्षालनं तीर्थपदानुकीर्तनम् ।
भक्त्युच्छ्रयं भक्तजनानुवर्णनं
महेन्द्रमोक्षं विजयं मरुत्वतः ॥ २२ ॥
परीक्षित् ! यस महान आख्यानमा इन्द्रको विजय, उनको पापबाट मुक्ति र भागवान्का प्यारा भक्त वृत्रासुरको वर्णन भयो । यसमा तीर्थलाई पनि तीर्थ बनाउँने भगवान्को अनुग्रह आदि गुणको सङ्कीर्तन छ । यसले सबै पापलाई पखाल्दछ र भक्ति बढाउँदछ ।।२२।
पठेयुराख्यानमिदं सदा बुधाः
श्रृण्वन्त्यथो पर्वणि पर्वणीन्द्रियम् ।
धन्यं यशस्यं निखिलाघमोचनं
रिपुञ्जयं स्वस्त्ययनं तथायुषम् ॥ २३ ॥
बुद्धिमान पुरुसले ये इन्द्र सम्बन्धी आख्यानलाई सधै पढ्नु र सुन्नु पर्दछ । विशेषतः पर्वको अवसरमा यसलाई अवस्य सुन्नु पर्दछ । यसले धन र यस बढाउँदछ, सबै पापबाट छुटकारा दिलाउँदछ , सत्रुमाथि विजय प्राप्त हुन्छ र आयु र मङ्घलको अभिवृद्धि गराउँदछ ।।२३।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
षष्ठस्कन्धे इन्द्रविजयो नाम त्रयोदशोऽध्यायः ॥ १३ ॥