श्रीमद्भागवत महापुराण
पञ्चमः स्कन्धः – द्वितीयोऽध्यायः
श्रीशुक उवाच –
(भृंगनाद)
एवं पितरि सम्प्रवृत्ते तदनुशासने वर्तमान आग्नीधोजम्बूद्वीपौकसः प्रजा औरसवद्धर्मावेक्षमाण पर्यगोपायत् ॥ १ ॥
शुकदेवजी भन्नुहुन्छ– पिता पृयव्रत यसप्रकार तपस्यामा लागे पछि राजा आग्नीघ्रले उनको आज्ञालाई अनुशरण गर्दै जम्बूद्वीपका प्राणीहरूलाई धर्म अनुसार छोरा समान पालना गर्न लागे ।।१।।
स च कदाचित्पितृलोककामः सुरवरवनिताक्रीडाचलद्रोण्यां भगवन्तं विश्वसृजां पतिमाभृतपरिचर्योपकरण आत्मैकाग्र्येण तपस्त्वाराधयाम्बभूव ॥ २ ॥
एक पटक उनी पितृलोकको कामनाले सुपुत्रप्राप्तिका लागि पूजाको सबै सामग्री जुटाएर अप्सराहरूको कृडास्थल मन्दराचलको कन्दरामा गए । र तपस्यामा तत्पर भएर एकाग्र चित्तले प्रजापतिका पति ब्रम्हाजीको आराधना गर्न लागे ।।२।।
तदुपलभ्य भगवानादिपुरुषः सदसि गायन्तीं पूर्वचित्तिं नामाप्सरसमभियापयामास ॥ ३ ॥
आदि देव भगवान् ब्रम्हाजीले उनको अभिलाषा बुझेर आफ्नो सभाकी गायिका पूर्वचित्ति नामकी अप्सरालाई पठाउनु भयो ।।३।।
सा च तदाश्रमोपवनमतिरमणीयं विविधनिबिडविटपिविटपनिकरसंश्लिष्टपुरटलतारूढस्थलविहङ्गममिथुनैः प्रोच्यमानश्रुतिभिः प्रतिबोध्यमान सलिलकुक्कुटकारण्डवकलहंसादिभिर्विचित्रमुपकूजितामलजलाशयकमलाकरमुपबभ्राम ॥ ४ ॥
आग्नीध्रको आश्रममा अति रमणीय एक उपवन थियो । ती अप्सरा त्यहिं डुल्न लागिन । त्यस उपवनमा अनेक किसिमका रुखहरूको हाँगामा सुनौला लताहरू फैलिएका थिए । त्यसमा बसेका मयुरादि अनेक प्रकारका स्थलचर पक्षीका जोडीहरू मिठो बोली बोलिरहेका थिए । उनीहरूको षड्जादि स्वरयुक्त ध्वनि सुनेर सचेत भएका जलकुक्कुट, करण्डव, एव कलहंस आदि जलचरहरू अनेक किसिमको मिठो शव्द निकालेर बोलिरहेक थिए । यसले गर्दा त्यहाको कमलवनको निर्मल सरोवरनै आनन्दले कोलाहल गरेको जस्तो हुन्थ्यो ।।४।।
तस्याः सुललितगमनपदविन्यासगतिविलासायाश्चानुपदं खणखणायमानरुचिरचरणाभरणस्वनमुपाकर्ण्य नरदेवकुमारः समाधियोगेनामीलितनयननलिनमुकुलयुगलमीषद्विकचय्य व्यचष्ट ॥ ५ ॥
पूर्वचित्ति विलासपूर्ण चालले पाईला पाईलामा पाउजेवको छम छम आवाज निकाल्दै यताउति गर्न लागिन । उनको मधुर आवाजको चाल सुनेर राजकुमार आग्नीध्र समाधियोगमा लागेको आफ्नो कमलकली समाान सुन्दर आँखा अलिअलि खोलेर हेरे ।।५।।
तामेवाविदूरे मधुकरीमिव सुमनस उपजिघ्रन्तीं दिविजमनुजमनोनयनाह्लाददुघैर्गतिविहारव्रीडाविनयावलोकसुस्वराक्षरावयवैर्मनसि नृणां कुसुमायुधस्य विदधतीं विवरं निजमुखविगलितामृतासवसहासभाषणामोदमदान्धमधुकरनिकरोपरोधेन द्रुतपदविन्यासेन वल्गुस्पन्दनस्तनकलशकबरभाररशनां देवीं तदवलोकनेन विवृतावसरस्य भगवतो मकरध्वजस्य वशमुपनीतो जडवदिति होवाच ॥ ६ ॥
उनले त्यहाँ ती अप्सरालाई देखे । ती भ्रमरा समानकी एक फूलबाट अर्को फूलमा गएर उसलाई सूंघ्दथिन । तथा देवता र मनुष्यको मन र आँखालाई प्रफुल्ल पार्ने आफ्नो विलाशपूर्ण गति, क्रीडा चापल्य, लज्जा एवं विनय युक्त हाँसो, मिठो बोली तथा शरीरको सुन्दर बनोटले पुरुषको हृदयमा कामदेव प्रवेशका निम्ति द्वार जस्तो बनाई दिन्थिन । उनी हाँस्दै बोल्दा उनको मुखबाट अमृतमय मधु माधक झरिरहेको जस्तो भान हुन्थ्यो । उनको बोलाइमा निस्कने श्वासको गन्धले अन्धो भएर भ्रमराहरू उनको मुख कमललाई घेर्दथे । तब उनी उनीहरूबाट बच्नका लागि छिटो छिटो पाइला चालेर हिंड्दा उनको कुचकलश, चुल्ठो र करधनी हल्लिनाले धेरै शोभा पाउथ्यो । यो सबै देखेर भगवान् कामदेवलाई आग्नीध्रको हृदयमा प्रवेश गर्ने अवसर मिल्यो । र उनी उनको अधिन भएर उनलाई प्रसन्न पार्नको लागि पागल झै भएर यस प्रकार भन्नलागे ।।६।।
(वसंततिलका)
कात्वंचिकीर्षसि च किं मुनिवर्य शैले
मायाऽसि कापि भगवत्परदेवतायाः ।
विज्ये बिभर्षि धनुषी सुहृदात्मनोऽर्थे
किं वा मृगान्गृगयसे विपिनेप्रमत्तान् ॥ ७ ॥
मुनिश्रेष्ठ ! तिमी को हौं ? यस पर्वतमा तिमी के गर्न लागेकी हो । तिमी परमपुरुष श्री नारायणको कुनै माया त होइनौ ? (आँखीभूइएतिर कर्के हेर्दै) सखे ! तिमीले यो विना डोरीको दुईवटा धनुष किन धारण गरेको हो ? के यसमा कुनै प्रयोजन छ, अथवा यस संसारण्यमा म जस्तो विषयरुपी मृगलाई शिकार गर्न चाहन्छौ ।।७।।
बाणाविमौ भगवतः शतपत्रपत्रौ
शान्तावपुङ्खरुचिरावतितिग्मदन्तौ ।
कस्मै युयुङ्क्षसि वने विचरन्न विद्मः
क्षेमाय नो जडधियां तव विक्रमोऽस्तु ॥ ८ ॥
(कटाक्षको लक्षले) तिम्रा यी हेराई वाण समान छन । दुई नेत्र पखेटा समान र हाव भावले रमणीय र शान्त देखिन्छन । यहाँ बनमा डुलेर तिमी कसलाई बाण छेड्न चाहान्छ्यौ । यहाँ तिमीसंग सामना गने कोहि देखिदैन । तिम्रो यो पराक्रम हामी जस्तो जड्बुद्धिका लागि कल्याणकारी होस ।।८।।
शिष्या इमे भगवतः परितः पतन्ति
गायन्ति साम सरहस्यमजस्रमीशम् ।
युष्मच्छिखाविलुलिताः सुमनोऽभिवृष्टीः
सर्वे भजन्त्यृषिगणा इव वेदशाखाः ॥ ९ ॥
(आँखाले अन्त हेर्दै) भगवन् तिम्रो चारैतिर जुन यी शिष्यगण अध्ययन गरिरहेकाछन् ती ता निरन्तर रहस्ययुक्त सामवदेदको गान गरेर मानौ भगवानको स्तुति गरिरहेका छन् । ऋषिगण जसरी वेदका शाखाहरूको अनुसरण गर्दछन उसैगरी यी सबै तिम्रो प्रहारले चुल्ठोबाट झरेका फूल सेवन गरिरहेका छन् ।।९।।
वाचं परं चरणपञ्जरतित्तिरीणां
ब्रह्मन्नरूपमुखरां शृणवाम तुभ्यम् ।
लब्धा कदम्बरुचिरङ्कविटङ्कबिम्बे
यस्यामलातपरिधिः क्व च वल्कलं ते ॥ १० ॥
(पाउजेवको शव्दलाई संकेत गरेर) ! तिम्रो चरणरूप पिजडामा बन्द भएका तित्राहरूको शब्द त सुनिन्छ तर रूपदेख्न सकिदैन । (करधनी सहित पहेलो साडिलाई अंगको कान्ति मानेर भन्दछन ) तिम्म्रो नितम्बमा यो कदम्ब कुसुमको कान्ति कहाँबाट आयो ? यसको माथि बलिरहेको आगोको मण्डल जस्तै के देखिएको हो ? तिम्रो वल्कल वस्त्र कहाँ छ ? ।।१०।।
किं सम्भृतं रुचिरयोर्द्विज शृङ्गयोस्ते
मध्ये कृशो वहसि यत्र दृशिः श्रिता मे ।
पङ्कोऽरुणः सुरभिरात्मविषाण ईदृग्
येनाश्रमं सुभग मे सुरभीकरोषि ॥ १ १ ॥
द्विज ! तिम्रा यी दुबै सुन्दर सिंगमा के भरिराखेको छ ! अवश्य पनि यसमा अमुल्य रत्नहरू रहेको हुनुपर्दछ । यसैले तिम्रो पातलो कम्मर हुँदा पनि तिमीले यसको बोझ उठाइरहेकी छ्यौ । त्यहाँ मेरो दृष्टि पनि परिरहेको छ । हे सुभग ! यस सिंगमा तिमिले रातो रातो हिलो जस्तो के लगाएको हो । यसको गन्धले मेरो आश्रमलाई नै सुगन्धित गराएको छ ।।११।।
लोकं प्रदर्शय सुहृत्तम तावकं मे
यत्रत्य इत्थमुरसावयवावपूर्वौ ।
अस्मद्विधस्य मनउन्नयनौ बिभर्ति
बह्वद्भुतं सरसराससुधादि वक्त्रे ॥ १२ ॥
मित्रवर ! मलाई आफ्नो बासस्थान देखाइ दिनुहोस । जहाँ बस्नेले आफ्नो वक्षस्थलमा ऐसे अद्भुत अवयव धरण गर्दछन् । तथा मुखमा विचित्र हाव भाव, सरस भाषण र अधरामृत जस्तो अनौठो वस्तु राख्दछन् ।।१२।।
कावाऽऽत्मवृत्तिरदनाद्धविरङ्गवाति
विष्णोःकलास्यनिमिषोन्मकरौ च कर्णौ ।
उद्विग्नमीनयुगलं द्विजपङ्क्तिशोचि
रासन्नभृङ्गनिकरं सर इन्मुखं ते ॥ १३ ॥
प्रियवर ! तिम्रो भोजन के हो ? जुन खानाले तिम्रो मुखबाट हवन सामाग्री जस्तै सुगन्ध फैलिरहेको छ । मलाई त तिमी विष्णु भगवानको कला जस्तै लाग्दछ । यसैले तिम्रो कानम कहिल्यै आँखा झुम्म नगर्ने मकरको आकारको दुइ कुण्डल छ । तिम्रो मुख सुन्दर सरोवर जस्तै छ । जहा तिम्रो चञ्चल नेत्र भयले कामेको दुइ माछो समान, हासको जस्तो दन्तपंक्ति र घुम्रिएको अलकावली भ्रमरा समान शोभायमान छ ।।१३।।
योऽसौत्वयाकरसरोजहतः पतङ्गो
दिक्षु भ्रमन् भ्रमत एजयतेऽक्षिणी मे ।
मुक्तं न ते स्मरसि वक्रजटावरूथं
कष्टोऽनिलो हरति लम्पट एष नीवीम् ॥ १४ ॥
तिमी जव आफ्नो करकमलले धाप मारेर उफ्रदा यो दिशा विदिशाहरूमा आँखा जान्छ । साथै मेरो मनमा पनि खुलदुली पैदा हुन्छ । तिम्रो घुम्रिएको जटाजूट खुलेको छ तिमी थाहा नभए जस्तो छ । अहो ! यो धूर्त वायु कस्तो दुष्ट छ जुन बारम्बार तिम्रो कटिको वस्त्रलाइ उडाइदिन्छ ।।१४।।
रूपं तपोधन तपश्चरतां तपोघ्नं
ह्येतत्तु केन तपसा भवतोपलब्धम् ।
चर्तुं तपोऽर्हसि मया सह मित्र मह्यं
किं वा प्रसीदति स वै भवभावनो मे ॥ १५ ॥
तपोधन ! तपस्विहरूको तपलाई भ्रष्ट गराउने यो अनूप रूप तिमीले कसका तपको प्रभावले पायौ ? मित्र ! आउ केहि दिन मेरो साथमा रहेर तपस्या गर अथवा कतै विश्वको सृष्टि गने ब्रम्हाजीले सृष्टि विस्ताका लागि म माथि क्रिपा गर्नु भएको त होइन ।।१५।।
न त्वां त्यजामि दयितं द्विजदेवदत्तं
यस्मिन्मनो दृगपि नो न वियाति लग्नम् ।
मां चारुशृङ्ग्यर्हसि नेतुमनुव्रतं ते
चित्त यतः प्रतिसरन्तु शिवाः सचिव्यः ॥ १६ ॥
तिमी ब्रम्हाको प्यारा हौं । अब म तिमीलाई छोड्न सक्तिन । तिमीले त मेरो मन र आँखालाई यस्तो गर्यौ कि अन्त जानै चादैन । हे सुन्दर सींग भएकी ! तिमी जता जान्छ्यौ त्यहिं मलाई पनि लिएर जाउ । म त तिम्रो अनुचर हुं । र तिम्रो यी कल्याणमयी सखिहरू प्नि तिम्रा साथमा रहुन ।।१६।।
श्रीशुकउवाच –
(भृंगनाद)
इति ललनानुनयातिविशारदो ग्राम्यवैदध्यया परिभाषया तां विबुधवधूं विबुधमतिरधिसभाजयामास ॥ १७ ॥
सुकदेवजी भन्दछन्— राजन् ! आग्नीध्र देवताहरू समनका बुध्दिमान र स्त्रीहरूलाइ खुसि गराउनमा सिपालु थिए । उनले यसरी मिठा कुरा गरेर ती अप्सरालाई खुसि गराए ।।१७।।
सा च ततस्तस्य वीरयूथपतेर्बुद्धिशीलरूपवयःश्रियौदार्येण पराक्षिप्तमनास्तेन सहायुतायुतपरिवत्सरोपलक्षणं कालं जम्बूद्वीपपतिना भौमस्वर्गभोगान् बुभुजे ॥ १८ ॥
वीर समाजमा अग्रगण्य आग्नीध्रको बुध्दि, शील, रूप, अवस्था, लक्ष्मी र उदारताले आकर्षित भएर ती अप्सरा जम्बुद्विपको अधिपतिको साथ हजारौ वर्ष सम्म पृथ्वी र स्वर्गको भोग भागेर रहिन ।।१८।।
तस्यामु ह वाआत्मजान् स राजवरआग्नीध्रो नाभिकिम्पुरुषहरिवर्षेलावृतरम्यकहिरण्मयकुरुभद्राश्वकेतुमालसंज्ञान्नवपुत्रानजनयत् ॥ १९ ॥
त्यस पछि ती श्रेष्ठराजा आग्नीध्रले उनको गर्भबाट नाभि, किम्पुरुष, हरिवर्ष, इलावृत, रम्यक, हिरण्मय, कुरु, भद्राश्व र केतुमाल नामका नौ छोरा उत्पन्न गरे ।।१९।।
सा सूत्वाथ सुतान्नवानुवत्सरं गृह एवापहाय पूर्वचित्तिर्भूय एवाजं देवमुपतस्थे ॥ २० ॥
यसरी पूर्वचित्तिले प्रति वर्ष एउटाका दरले नौ वर्षमा नौ छोराहरू उत्पन्न गरेर उनी राजभवनमा छाडेर फेरी ब्रम्हाजीको सेवामा हाजिर भइन् ।।२०।।
आग्नीधसुतास्ते मातुरनुग्रहादौत्पत्तिकेनैव संहननबलोपेताःपित्रा विभक्ताआत्मतुल्यनामानि य्थाभागं जम्बूद्वीपवर्षाणि बुभुजुः ॥ २१ ॥
आग्नीध्रका छोराहरू आमाको अनुग्रहले स्वभावले नै सुदृढ शरीर भएका र वलशाली थिए । आग्नीध्रले जम्बुद्विपलाई विभाजन गरे । ती खण्डहरूको नाम छोराको नाम अनुसार नै राखे र उनले एक एक छोरा हरूलाई राज्य सुम्पिए । उनीहरू सबै आ–आफ्नो वर्षको राज्य भोग्न लागे ।। २१ ।।
आग्नीध्रो राजाऽतृप्तः कामानामप्सरमेवानुदिनमधिमन्यमानस्तस्याः सलोकतां श्रुतिभिरवारुरुन्ध यत्र पितरो मादयन्ते ॥ २२ ॥
यसरी अप्सरासंग दिन दिन भोग भोग गर्दा पनि राजा आग्नीध्र तृप्त हुन सकेनन् । उनी ती अप्सरालाई नै परम पुरुषार्थ सम्झन्थे । यसैले उनले आफ्नो पूर्व कर्मले पितृलोकमा ती अप्सरालाई पाए जहाँ पितृहरू आफ्नो सुकृत कर्मका कारण अनेक भोगमा मस्त हुन्छन ।।२२।।
सम्परेते पितरि नव भ्रातरो मेरुदुहितॄर्मेरुदेवीं प्रतिरूपामुग्रदंष्ट्रीं लतां रम्यां श्यामां नारीं भद्रां देववीतिमितिसंज्ञा नवोदवहन् ॥ २३ ॥
पिताको परलोक गमन पछि नाभि आदि गरेका नौ भाइहरूले मेरुकी छोरी मेरुदेवी, प्रतिरुपा, उगदंष्ट्र्रिी लता, रम्या, श्यामा, नारी, भद्रा, र देववीति नाम गरेका नौ कन्या संग विवाह गरे ।२३ ।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
पञ्चमस्कन्धे आग्नीध्रवर्णनं नाम द्वितीयोऽध्यायः ॥ २ ॥