श्रीमद्भागवत महापुराण
नवमः स्कंधः - त्रयोदशोऽध्यायः
श्रीशुक उवाच ।
निमिरिक्ष्वाकुतनयो वसिष्ठमवृतर्त्विजम् ।
आरभ्य सत्रं सोऽप्याह शक्रेण प्राग्वृतोऽस्मि भोः ॥ १ ॥
तं निर्वर्त्यागमिष्यामि तावन्मां प्रतिपालय ।
तूष्णीमासीद् गृहपतिः सोऽपीन्द्रस्याकरोन्मखम् ॥ २ ॥
श्रीशुकदेवजी भन्नुहुन्छ– परीक्षित ! इक्ष्वाकुका छोरा निमी थिए । उनले यज्ञ आरम्भ गरेपछि उनले महर्षि वशिष्ठलाई ऋत्विकका रूपमा वरण गरे । वशिष्ठजीले भने, कि हे राजा ! इन्द्रले मलाई आफ्नो यज्ञका लागि पहिले नै वरण गरिसकेका छन् । उहाँको यज्ञ पूरा गरेर म तिमीकहाँ आउनेछु । त्यतिन्जेल तिमी मलाई पर्ख । यो सुनेर राजा निमी चुपो लागे त्यसपछि वसिष्ठजी इन्द्रको यज्ञ गर्न गए ।।१–२।।
निमिश्चलमिदं विद्वान् सत्रमारभतात्मवान् ।
ऋत्विग्भिरपरैस्तावन्नागमद् यावता गुरुः ॥ ३ ॥
आत्मज्ञानी निमिले जीवन क्षणभंगुर छ भनी ढिलाइ गर्नु उचित ठानेन र यज्ञ सुरु गरे । गुरु वशिष्ठजी नफर्किए सम्मलाई उनले अरु ऋत्विजहरू वरण गरे ॥३॥
शिष्यव्यतिक्रमं वीक्ष्य तं निर्वर्त्य गुरुरागतः ।
अशपत् पतताद् देहो निमेः पण्डितमानिनः ॥ ४ ॥
जब गुरु वशिष्ठजी इन्द्रको यज्ञ पूरा गरेर फर्के, तव आफ्ना शिष्य निमिले यज्ञ सुरु गरेको देखेर उनले ‘निमिलाई आफ्नो विवेक र पाडित्याइमा धेरै घमण्ड रहेछ त्यसैले तिम्रो शरीर छिट्टै नष्ट होस भनी श्राप दिए ।।४।।
निमिः प्रतिददौ शापं गुरवेऽधर्मवर्तिने ।
तवापि पतताद् देहो लोभाद् धर्ममजानतः ॥ ५ ॥
निमिकीको विचारमा गुरु वशिष्ठको दिएको श्राप धर्मको पक्षमा नभई प्रतिकूल थियो । त्यसैले पनि उनले पनि गुरुलाई श्राप दिएर भने कि तपाईले धनको लोभमा धर्मको इज्जत गर्नुभएन, त्यसैले तपाईको शरीर पनि ढलोस ।।५।।
इत्युत्ससर्ज स्वं देहं निमिरध्यात्मकोविदः ।
मित्रावरुणयोर्जज्ञे उर्वश्यां प्रपितामहः ॥ ६ ॥
यसो भन्दै आध्यात्मिक विद्यामा निपुण निमीले शरीर त्यागे । परीक्षित ! यहाँ हाम्रा बृध्दपितामह महर्षि वसिष्ठजीले पनि आफ्नो देह त्यागेर उर्वशीको गर्भबाट मित्रवरुणको भएर जन्म लिनुभयो ।।६।।
गन्धवस्तुषु तद् देहं निधाय मुनिसत्तमाः ।
समाप्ते सत्रयागेऽथ देवान् ऊचुः समागतान् ॥ ७ ॥
राजा निमिकाको यज्ञमा आएका वरिष्ठ ऋषिहरूले राजाको शरीरलाई सुगन्धित वस्तुमा राखेका थिए । जब सत्रयागको समाप्त भयो, देवताहरू आए, तब उनीहरुले उनको प्रार्थना गरे ।।७।।
राज्ञो जीवतु देहोऽयं प्रसन्नाः प्रभवो यदि ।
तथेत्युक्ते निमिः प्राह मा भून्मे देहबन्धनम् ॥ ८ ॥
महानुभावहरु यदि तपाईहरु प्रसन्न हुनुहुन्छ भने राजा निमिको यो शरीर पुन जीवित होस । देवताहरुले यस्तौ होस भनेर भने । त्यतिबेला निमीले भने मलाई यो देहको बन्धन चाहिदैन ।।८।।
यस्य योगं न वाञ्छन्ति वियोगभयकातराः ।
भजन्ति चरणाम्भोजं मुनयो हरिमेधसः ॥ ९ ॥
विचारशील ऋषिहरूले आफ्नो बुद्धि पूर्णतया भगवानमा लगाएका हुन्छन् र उनैको चरणकमलको पूजा गर्छन् । एक न एक दिन अवश्य यो शरीर छोडेर जानेछ भन्ने सोचेर शरीरसँग कहिल्यै सम्बन्ध राख्न चाहँदैनन् । उनीहरु त मुक्तिको कामना मात्र गर्दछन् ।।९।।
देहं नावरुरुत्सेऽहं दुःखशोकभयावहम् ।
सर्वत्रास्य यतो मृत्युर्मत्स्यानामुदके यथा ॥ १० ॥
अब म दुःख, शोक र भयको मूल कारण भएको यो शरीर राख्न चाहन्न । जसरी जलमा रहेको माछाको लागि जताततै मृत्युको भय हुन्छ, त्यसैगरी यस शरीरको लागि पनि जताततै मृत्यु नै मृत्यु छ ।।१०।।
देवा ऊचुः ।
विदेह उष्यतां कामं लोचनेषु शरीरिणाम् ।
उन्मेषणनिमेषाभ्यां लक्षितोऽध्यात्मसंस्थितः ॥ ११ ॥
देवताले भने– ऋषिहरु ! राजा निमीले बिना शरीर नै प्राणीहरूको नजरमा निवास गरून् । त्यहाँ बसेर आफ्नो सूक्ष्म शरीरद्वारा भगवानको चिन्तन गरिरहन्छन । परेला उघार्दा वा चिम्लिदा उनीहरुको अस्तित्वको बारेमा थाहा हुन्छ ।।११।।
अराजकभयं नॄणां मन्यमाना महर्षयः ।
देहं ममन्थुः स्म निमेः कुमारः समजायत ॥ १२ ॥
यसपछि महर्षिले राजा नभए जनतामा अराजकता फैलिन्छ भन्ने सोचेर निमीको शरीर मन्थन गरे । त्यस मन्थनबाट एक कुमारको जन्म भयो ।।१२।।
जन्मना जनकः सोऽभूद् वैदेहस्तु विदेहजः ।
मिथिलो मथनाज्जातो मिथिला येन निर्मिता ॥१३॥
उनको जन्मको कारण उनको नाम जनक राखियो । विना देहबाट जन्मेकोले वैदेह र मन्थनबाट जन्मेकोले त्यही बच्चाको नाम ‘मिथिल’ राखियो । उनले नै मिथिलापुरी स्थापना गरे ।।१३।।
तस्मादुदावसुस्तस्य पुत्रोऽभून्नन्दिवर्धनः ।
ततः सुकेतुस्तस्यापि देवरातो महीपते ॥ १४ ॥
तस्माद् बृहद्रथस्तस्य महावीर्यः सुधृत्पिता ।
सुधृतेर्धृष्टकेतुर्वै हर्यश्वोऽथ मरुस्ततः ॥ १५ ॥
परीक्षित ! जनकको उदावसु, उनबाट नन्दीवर्धन नन्दीवर्धनबाट सुकेतु, सुकेतुबाट देवरथ, देवरथबाट बृहद्रथ, बृहद्रथबाट महावीर्य, महावीर्यबाट सुधृति, सुधृतिबाट धृष्टकेतु, धृष्टकेतुबाट हर्यश्व र हर्यस्वका छोरा मरु भयो ।।१४–१५।।
मरोः प्रतीपकस्तस्माज्जातः कृतिरथो यतः ।
देवमीढस्तस्य सुतो विश्रुतोऽथ महाधृतिः ॥ १६ ॥
मरुबाट प्रतिपक, प्रतिपकबाट कृतिरथ, कृतिरथबाट देवमिढ देवमिढबाट विश्रुत र विश्रुतबाट महाधृतिको जन्म भयो ।।१६।। ।
कृतिरातस्ततस्तस्मान्महारोमाथ तत्सुतः ।
स्वर्णरोमा सुतस्तस्य ह्रस्वरोमा व्यजायत ॥ १७ ॥
महाधृतिको कृतिरात, कृतिरातको महारोमा, महारोमाको स्वर्णरोमा र स्वर्णरोमाका पुत्र ह्रस्वरोमा भए ।।१७।।
ततः शीरध्वजो जज्ञे यज्ञार्थं कर्षतो महीम् ।
सीता शीराग्रतो जाता तस्मात् सीरध्वजः स्मृतः ॥ १८ ॥
यिनै ह्रस्वरोमाका पुत्र महाराज सिरध्वज थिए । यज्ञका लागि जमिन जोत्दै गर्दा उनको हलोको टुक्राबाट सीताजीको जन्म भयो । त्यसैले उनलाई ‘सीरध्वज’ नाम दिइएको हो ।।१८।।
कुशध्वजस्तस्य पुत्रस्ततो धर्मध्वजो नृपः ।
धर्मध्वजस्य द्वौ पुत्रौ कृतध्वजमितध्वजौ ॥ १९ ॥
सीरध्वजका कुशध्वज थिए, कुशध्वजका धर्मध्वज नामका छोरा थिए र धर्मध्वजका दुई छोरा थिए– कृतध्वज र मितध्वज ।।१९।।
कृतध्वजात् केशिध्वजः खाण्डिक्यस्तु मितध्वजात् ।
कृतध्वजसुतो राजन्नात्मविद्याविशारदः ॥ २० ॥
कृतध्वज केशीध्वज र मितध्वजबाट खाण्डिक्य भए। परीक्षित ! केशीध्वज आत्मविद्यामा निपुण थिए ।।२०।।
खाण्डिक्यः कर्मतत्त्वज्ञो भीतः केशिध्वजाद् द्रुतः ।
भानुमांस्तस्य पुत्रोऽभूत् शतद्युम्नस्तु तत्सुतः ॥ २१ ॥
खाण्क्यि कर्मकाण्डका ज्ञाता थिए । उनी केशिध्वज देखि डराएर भागे । केशिध्वजको छोरो भानुमान र भानुमानको छोरा सतद्युम्न थियो ।।२१।।
शुचिस्तत्तनयस्तस्मात् सनद्वाजस्ततोऽभवत् ।
ऊर्ध्वकेतुः सनद्वाजादजोऽथ पुरुजित्सुतः ॥ २२ ॥
अरिष्टनेमिस्तस्यापि श्रुतायुस्तत्सुपार्श्वकः ।
ततश्चित्ररथो यस्य क्षेमाधिर्मिथिलाधिपः ॥ २३ ॥
शतद्युम्नबाट शुचि, शुचिसबाट सनध्द्वाज, सनद्वाजबाट उर्ध्वकेतु, उर्ध्वकेतुबाट अज, अजबाट पुरुजित, पुरुजितबाट, अरिष्टनेमी, अरिष्टनेमीबाट, श्रुतायु, श्रुतायु, सुपाश्र्वक सुपाश्र्वकबाट, चित्ररथ, र चित्ररथ बाट मिथिलाधिपति क्षेमधिको जन्म भयो ।।२२–२३।।
तस्मात् समरथस्तस्य सुतः सत्यरथस्ततः ।
आसीदुपगुरुस्तस्मादुपगुप्तोऽग्निसंभवः ॥ २४ ॥
क्षेमधिबाट समरथ नामको पुत्र, भयो । समरथबाट सत्यरथ, सत्यरथबाट उपगुरु र उपगुरुबाट उपगुप्त नामका पुत्र जन्मिए यीन अग्निका एक अंश थिए ।।२४।।
वस्वनन्तोऽथ तत्पुत्रो युयुधो यत् सुभाषणः ।
श्रुतस्ततो जयस्तस्माद् विजयोऽस्मादृतः सुतः ॥ २५ ॥
उपगुप्तका वस्वानन्त, वस्वानन्तका युयुध, युयुधका सुभाषण, सुभाषणका श्रुत, श्रुतका जय, जयका विजय र विजयका ऋत नामका छोरा भए ।।२५।।
शुनकस्तत्सुतो जज्ञे वीतहव्यो धृतिस्ततः ।
बहुलाश्वो धृतेस्तस्य कृतिरस्य महावशी ॥ २६ ॥
ऋतकको शौनक, शौनक वीतहव्य, वीतहव्यको धृति, धृतिको बहुलाश्व, बहुलाश्वको कृति र कृतिकाको छोरा महावशी भए ।।२६।।
एते वै मैथिला राजन्नात्मविद्याविशारदाः ।
योगेश्वरप्रसादेन द्वन्द्वैर्मुक्ता गृहेष्वपि ॥ २७ ॥
परीक्षित ! मिथिलाको वंशमा जन्मेका सबै राजालाई ‘मैथिल’ भनिन्छ । घरपरिवारमा बसेर पनि सबै आत्मज्ञानले भरिपूर्ण र सुख–दुःख जस्ता द्वन्द्वबाट मुक्त थिए । हुनपति किन नहोस, याज्ञवल्क्य आदि जस्ता ठुला ठुला योगेश्वरहरूको उनीहरु माथि ठूलो आशीर्वाद थियो ।।२७।।
इति श्रीमद्भाुगवते महापुराणे पारमहंस्यां
संहितायां नवमस्कन्धे त्रयोदशोऽध्यायः ॥ १३ ॥