श्रीमद्भागवत महापुराण
चतुर्थः स्कन्धः – अष्टादशोऽध्यायः
मैत्रेय उवाच –
(अनुष्टुप)
इत्थं पृथुमभिष्टूय रुषा प्रस्फुरिताधरम् ।
पुनराहावनिर्भीता संस्तभ्यात्मानमात्मना ॥ १ ॥
मैत्रेयजीले भने–
विदुरजी ! त्यतिवेला महारज पृथुको ओठ क्रोधले कामिरहेको थियो । वहाँँको यसरी स्तुति गररे पृथ्वीले आफ्नो हृदयलार्ई विचार पूर्वक समाहित गरेर डराउँदै भन्न लागिन् ।।१।।
सन्नियच्छाभिभो मन्युं निबोध श्रावितं च मे ।
सर्वतः सारमादत्ते यथा मधुकरो बुधः ॥ २ ॥
प्रभो ! तपाई आफ्नो क्रोधलार्ई शान्त गर्नुहोस् म जे भन्दछु ध्यानपूर्वक सुन्नुहोस् बुध्दिमान पुरुष भ्रमराको समान सबैबाट सार ग्रहण गर्दछन् ।।२।।
अस्मिन् लोकेऽथवामुष्मिन् मुनिभिः तत्त्वदर्शिभिः ।
दृष्टा योगाः प्रयुक्ताश्च पुंसां श्रेयःप्रसिद्धये ॥ ३ ॥
तत्वदर्शी मुनिले यसलोक र परलोकमा मानिसको कल्याण पार्नकोलागि कृषि, अग्निहोमादि धेरै उपायले काम लिएकाछन् ।।३।।
तानातिष्ठति यः सम्यग् उपायान् पूर्वदर्शितान् ।
अवरः श्रद्धयोपेत उपेयान् विन्दतेऽञ्जसा ॥ ४ ॥
तिनै प्राचीन ऋषिहरूले बताएको उपायलार्ई यस समयमा पनि जसले श्रध्दापूर्वक भलिभाँति आचरणको पालना गर्दछन् भने उसैले भलिभाँति फल पाउँदछ ।।४।।
तान् अनादृत्य योऽविद्वान् अर्थान् आरभते स्वयम् ।
तस्य व्यभिचरन्त्यर्था आरब्धाश्च पुनः पुनः ॥ ५ ॥
तर जो अज्ञानि पुरुष यसलार्ई अनादर गरेर आफ्नो मुढ उपायको आश्रय लिन्छ भने उसकोे सबै उपाय निष्फल हुन्छ ।।५।।
पुरा सृष्टा ह्योषधयो ब्रह्मणा या विशाम्पते ।
भुज्यमाना मया दृष्टा असद्भिः अधृतव्रतैः ॥ ॥ ६ ॥
राजन ! पूर्वकालमा ब्रम्हाजीले जुन धानआदि उत्पादन गर्नुभएको थियो त्यसलार्ई यम–नियमादि ब्रतको पालना नगर्ने दुराचारीहरूले खान लागेको मैले देखें ।।६।।
अपालितानादृता च भवद्भिः लोकपालकैः ।
चोरीभूतेऽथ लोकेऽहं यज्ञार्थेऽग्रसमोषधीः ॥ ७ ॥
लोक रक्षक ! तपाई जस्ता राजाहरूले मेरो पालन र आदर गर्न छोडिदिनुभयो । सबै चोर जस्तै भए त्यसैले सबै अन्न र औषधीहरू मैले लुकाएर राखेको छु ।।७।।
नूनं ता वीरुधः क्षीणा मयि कालेन भूयसा ।
तत्र योगेन दृष्टेन भवानादातुमर्हति ॥ ८ ॥
अहिले धेरैकाल भएकोले ती अन्न मेरो पेटमा जीर्ण भएकाछन् । अब तपाई पूर्वाचार्यहरूले बताएको उपाय अनुसार निकाल्नुहोस ।।८।।
वत्सं कल्पय मे वीर येनाहं वत्सला तव ।
धोक्ष्ये क्षीरमयान् कामान् अनुरूपं च दोहनम् ॥ ९ ॥
दोग्धारं च महाबाहो भूतानां भूतभावन ।
अन्नं ईप्सितमूर्जस्वद् भगवान् वाञ्छते यदि ॥ १० ॥
लोकपाल वीर ! तपाईलार्ई आफ्ना प्रजाहरूको अभिष्ट एवं वल बृध्दि गर्नका लागि अन्नको आवस्यक छ भने तपाई मेरो योग्य वाच्छो दुहने भााडो र दुहुने ब्यक्तिको ब्यवस्था गर्नुहोस म त्यस वाच्छोको मायाले पिलाएर दूधकोरूपमा सबै वस्तुहरू तपाईलार्ई दिन्छु ।।९।१०।।
समां च कुरु मां राजन् देववृष्टं यथा पयः ।
अपर्तावपि भद्रं ते उपावर्तेत मे विभो ॥ ११ ॥
राजन ! एउटा कुरा केहो भने तपाईले मलार्ई सम्म पार्नु पर्दछ । यसले कि वर्षा ऋतु वित्दापनि इन्द्रले वर्षाएको जल सबैतिर रहिरहोस् । मेरो भित्रको आद्रता सुक्न नपाओस् यो तपाईका लागि मङ्गलदायक हुन्छ ।।११।।
इति प्रियं हितं वाक्यं भुव आदाय भूपतिः ।
वत्सं कृत्वा मनुं पाणौ अदुहत्सकलौषधीः ॥ १२ ॥
पृथ्वीले भनेको हितकारी कुरालार्ई मानेर महाराज पृथुले स्वायम्भूव मनुलार्ई वाछो बनाएर आफ्नै हातरुप पात्रमा सम्पूर्ण औषधि पृथ्वीबाट दोहे ।।१२।।
तथापरे च सर्वत्र सारमाददते बुधाः ।
ततोऽन्ये च यथाकामं दुदुहुः पृथुभाविताम् ॥ १३ ॥
पृथु जस्तै अरु विज्ञहरू पनि सबैतिरबाट सार ग्रहण गर्दछन् अतः उनीहरूले पनि पृथ्वीले वशमा लिएका पृथ्वीबाट आफ्नो आफ्नो इच्छाका वस्तु दुहे ।।१३।।
ऋषयो दुदुहुर्देवीं इन्द्रियेष्वथ सत्तम ।
वत्सं बृहस्पतिं कृत्वा पयश्छन्दोमयं शुचि ॥ १४ ॥
ऋषिहरूले बृहस्पतिलार्ई वाच्छो बनाएर इन्द्रिय (वाणी, मन र स्तोत्ररूप) पात्रमा पृथ्वीबाट वेदरूप पवित्र दूध दुह ।।१४।।
कृत्वा वत्सं सुरगणा इन्द्रं सोमं अदूदुहन् ।
हिरण्मयेन पात्रेण वीर्यमोजो बलं पयः ॥ १५ ॥
देवताहरूले इन्द्रलार्ई वाच्छोको रूपमा कल्पना गरेर सुवर्णमय पात्रोमा अमृत, वीर्य (मनोवल)ं ओज (इन्द्रिय वल) र शारिरीक वलरूप दूध दुहे ।।१५।।
दैतेया दानवा वत्सं प्रह्लादं असुरर्षभम् ।
विधायादूदुहन् क्षीरमयःपात्रे सुरासवम् ॥ १६ ॥
दैत्य र दानवहरूले असुरश्रेष्ठ प्रल्हादलार्ई वाच्छो बनाएर फलामको भाँडोमा मदिरा र आसवरूप दूध दुहे ।१६।।
गन्धर्वाप्सरसोऽधुक्षन् पात्रे पद्ममये पयः ।
वत्सं विश्वावसुं कृत्वा गान्धर्वं मधु सौभगम् ॥ १७ ॥
गन्धर्व र अप्सराहरूले विश्वावसुलार्ई वाछो बनाएर कमलरूपको भाँडोमा संगीत माधुर्य र शौन्दर्यरूप दुहे ॥ १७ ॥
वत्सेन पितरोऽर्यम्णा कव्यं क्षीरमधुक्षत ।
आमपात्रे महाभागाः श्रद्धया श्राद्धदेवताः ॥ १८ ॥
श्राध्दका अधिष्ठाता महाभाग पितृगणले अर्यमा वाच्छो बनाएर काँचो भाँडोमा श्रध्दापूर्वक कव्य (पितृहरूलार्ई अर्पण गरीने अन्न) रूप दूध दुहे ।।१८।।
प्रकल्प्य वत्सं कपिलं सिद्धाः सङ्कल्पनामयीम् ।
सिद्धिं नभसि विद्यां च ये च विद्याधरादयः ॥ १९ ॥
फेरी कपिलदेवजीलार्ई वाच्छो बनाएर आकाशरूप पात्रमा शिध्दहरूले अणिमादि अष्टसिध्दि, विद्याधरले आकास गमन आदि विद्याहरू दुहे ।।१९।।
अन्ये च मायिनो मायां अन्तर्धानाद्भुतात्मनाम् ।
मयं प्रकल्प्य वत्सं ते दुदुहुर्धारणामयीम् ॥ २० ॥
किम्पुरुष आदि मायाविहरूले मय दानवलार्ई वाच्छो बनाएर अन्तर्धान हुने, विचित्ररूप धारण गर्ने संकल्पमय मायालार्ई दूधकारूपमा दुहे ।।२०।।
यक्षरक्षांसि भूतानि पिशाचाः पिशिताशनाः ।
भूतेशवत्सा दुदुहुः कपाले क्षतजासवम् ॥ २१ ॥
यसप्रकार यक्ष राक्षस तथा भूत पीशाचादि मांसहारीहरूले भूतनाथ रुद्रलाई वाच्छो बनाएर कपालरूप पात्रमा रुधिरासवरूप दूध दुहे ।।२१।।
तथाहयो दन्दशूकाः सर्पा नागाश्च तक्षकम् ।
विधाय वत्सं दुदुहुः बिलपात्रे विषं पयः ॥ २२ ॥
फणा भएका, फणाँ नभएका साँपहरू, नाग र विच्छि आदि विष भएका जीवले तक्षकलार्ई वाछो बनाएर मुखरूप पात्रमा विषरूप दूध दुहे ।।२२।।
पशवो यवसं क्षीरं वत्सं कृत्वा च गोवृषम् ।
अरण्यपात्रे चाधुक्षन् मृगेन्द्रेण च दंष्ट्रिणः ॥ २३ ॥
क्रव्यादाः प्राणिनः क्रव्यं दुदुहुः स्वे कलेवरे ।
सुपर्णवत्सा विहगाः चरं च अचरमेव च ॥ २४ ॥
पशुहरूले भगवान् रुद्रका वाहन साँढेलार्ई वाच्छो बनाएर वनरूप पात्रमा तृणरूप दूध दोहे । ठुलठुला दाह्रा भएका मांस भक्षि जीवहरूले सिंहरूप वाच्छो बनाएर आफ्नो शरीररूप पात्रमा काँचो मासुरूप दूध दुहे । त्यस्तै गरुडजीलार्ई वाछो बनाएर पंक्षीहरूले कीट पतंगादि चर र फलादि अचर पदार्थलार्ई दूधकारूपमा दुहे ।।२३।२४।।
वटवत्सा वनस्पतयः पृथग्रसमयं पयः ।
गिरयो हिमवद्वत्सा नानाधातून् स्वसानुषु ॥ २५ ॥
वृक्षहरूले वरलार्ई बाटो बनाएर अनेकप्रकारका रसरूप दूध दोहे । पर्वतहरूले हिमालयरूप बाटोद्वारा आफ्नो शिखररूप पात्रमा अनेकप्रकारका धातुहरू दुहे ।।२५।।
सर्वे स्वमुख्यवत्सेन स्वे स्वे पात्रे पृथक्पयः ।
सर्वकामदुघां पृथ्वीं दुदुहुः पृथुभाविताम् ॥ २६ ॥
पृथ्वीले सबैप्रकारका अभिष्ट वस्तुहरू दिइन् किनकि त्यतिबेला उनी पृथुको अधिनमा थिइन् । त्यसैले सबैले आ–आफ्ना मुखियालार्ई बाटो बनाएर भिन्न भिन्न पात्रमा भिन्न भिन्न प्रकारका वस्तुहरू दुहे ।।२६।।
एवं पृथ्वादयः पृथ्वीं अन्नादाः स्वन्नमात्मनः ।
दोहवत्सादिभेदेन क्षीरभेदं कुरूद्वह ॥ २७ ॥
ततो महीपतिः प्रीतः सर्वकामदुघां पृथुः ।
दुहितृत्वे चकारेमां प्रेम्णा दुहितृवत्सलः ॥ २८ ॥
यसबाट महाराज पृथु धेरै खुसि भए । सबैकाम सम्पन्न भयो उनकोे पृथ्वीप्रति छोरी समान स्नेह भयो र उनलार्र्ई कन्याकारूपमा स्वीकार गरे ।।२८।।
चूर्णयन्स्वधनुष्कोट्या गिरिकूटानि राजराट् ।
भूमण्डलं इदं वैन्यः प्रायश्चक्रे समं विभुः ॥ २९ ॥
फेरी राजश्वर पृथुले आफ्नो धनुषको टुप्पाले पर्वत फुटाएर सबै भूमण्डललार्ई समतल गरीदिए ।।२९।।
अथास्मिन् भगवान् वैन्यः प्रजानां वृत्तिदः पिता ।
निवासान् कल्पयां चक्रे तत्र तत्र यथार्हतः ॥ ३० ॥
उनी बाबुझै भएर आफ्ना प्रजाहरूको पालन पोषणमा लागे । उनले सम्म र योग्य जग्गामा प्रजाहरूको लागि वासस्थानको ब्यवस्था गरे ।।३०।।
ग्रामान्पुरः पत्तनानि दुर्गाणि विविधानि च ।
घोषान् व्रजान् सशिबिराब् आकरान् खेटखर्वटान् ॥ ३१ ॥
अनेक गाँउ, सहर, किल्लाहरु, घोष (अहीरहरुको वस्ती) व्रज (पशुहरू बस्नेस्थान) खेट (किसान वस्ति) बानाएर प्रजाहरुलाई बसाए ।।३१।।
प्राक्पृथोरिह नैवैषा पुरग्रामादिकल्पना ।
यथासुखं वसन्ति स्म तत्र तत्राकुतोभयाः ॥ ३२ ॥
महाराज पृथुले महाराज पृथुभन्दा पहिले पृथ्वीमा सहर, गाउँ आदिको ब्यबस्था थिएन । सबैजना आफ्नो सुविधा अनुसार जहाँमिल्छ त्यहिं बस्दथे ।।३१।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
चतुर्थस्कन्धे अष्टादशोऽध्यायः ॥ १८ ॥