श्रीमद्भागवत महापुराण
दशमस्कन्धः – षट्षष्टितमोऽध्यायः
श्रीशुक उवाच–
(अनुष्टुप्)
नन्दव्रजं गते रामे करूषाधिपतिर्नृप ।
वासुदेवोऽहमित्यज्ञो दूतं कृष्णाय प्राहिणोत् ॥ १ ॥
श्रीशुकदेवजी भन्नुहुन्छ– हे परीक्षित ! भगवान बलराम नन्दबाबाको ब्रजमा गएका बखतमा करुष देशको राजा पौंण्ड््रकले म नै भगवान वासुदेव हुँ भनेर श्रीकृष्णलाई भेट्नका लागि एउटा दुत पठायो ।।१।।
त्वं वासुदेवो भगवानवतीर्णो जगत्पतिः ।
इति प्रस्तोभितो बालैः मेन आत्मानमच्युतम् ॥ २ ॥
हजुर नै भगवान वासुदेव हुनुहुन्छ र जगतको पालन गर्न पृथ्वीमा अवतार लिनुभएको हो भन्ने यस्तो भ्रमका कुराहरु आफ्ना प्रशंसकलाई बोल्न लगाएर आफुलाई भगवान ठान्न थाल्यो ।।२।।
दूतं च प्राहिणोन्मन्दः कृष्णायाव्यक्तवर्त्मने ।
द्वारकायां यथा बालो नृपो बालकृतोऽबुधः ॥ ३ ॥
जसरी केटाकेटीहरू आपसमा खेल्दा एउटा बालकलाई आफ्नो राजा बनाउदछन् र त्यो बालकले म नै राजा हुँ भनेर सोच्दछ, त्यसरी नै त्यो अज्ञानी पौण्ड्कले आफुलाई नै वासुदेव हँुु भन्ने ठानेर द्वारकामा रहनु हुने श्रीकृष्णसामु एक दूत पठायो ।।३।।
दूतस्तु द्वारकामेत्य सभायामास्थितं प्रभुम् ।
कृष्णं कमलपत्राक्षं राजसन्देशमब्रवीत् ॥ ४ ॥
दूत द्वारकामा आएर राजसभामा बसिरहनु भएका श्रीकृष्णलाई आफ्नो राजाको पौण्ड्रकको सन्देश सुनायो ।।४।।
वासुदेवोऽवतीर्नोऽहं एक एव न चापरः ।
भूतानामनुकम्पार्थं त्वं तु मिथ्याभिधां त्यज ॥ ५ ॥
प्राणीहरूको कृपा गर्नको लागि मैले नै वासुदेवको अवतार लिएको हुँ । म बाहेक अरु कुनै वासुदेव छैन । तेरो वासुदेव भन्ने नाम झुटा हो त्यसैले आफ्नो झूटो वासुदेव नामलाई अब छोडिदे ।।५।।
यानि त्वमस्मच्चिह्नानि मौढ्याद् बिभर्षि सात्वत ।
त्यक्त्वैहि मां त्वं शरणं नो चेद् देहि ममाहवम् ॥ ६ ॥
हे यदुवंशी ! तैले मूर्खतापूर्वक मेरो प्रतीक जुन शंख चक्र धारण गरेको छस्, अब त्यो त्यागेर मेरो शरणमा आइज । यदि मैले भनेको कुरा स्वीकार गर्दैनस भने मसंग युध्द गर्न आइज ।।६।।
श्रीशुक उवाच–
कत्थनं तदुपाकर्ण्य पौण्ड्रकस्याल्पमेधसः ।
उग्रसेनादयः सभ्या उच्चकैर्जहसुस्तदा ॥ ७ ॥
श्री शुकदेवजी भन्नुहुन्छ– हे परीक्षित ! मन्दबुद्धि भएका पौण्ड्रकको यो कुरा सुनेर उग्रसेन र सभाका अन्य सदस्यहरू ठूलो स्वरले हाँस्न थाले ।।७ ।।
उवाच दूतं भगवान् परिहासकथामनु ।
उत्स्रक्ष्ये मूढ चिह्नानि यैस्त्वमेवं विकत्थसे ॥ ८ ॥
हाँसो रोकिएपछि, भगवान श्रीकृष्णले दूतलाई भन्नुभयो– तिमी गएर आफ्नो राजालाई सुनाउ, हे मूर्ख ! तँ यदि कसैको भनाईमा लागेर यस्तो भ्रमको कुरा गर्छस भने ठिकै छ । म युध्दमा नै आफ्नो शंख चक्र चिन्हहरु तलाइ छोडौला ।।८।।
मुखं तदपिधायाज्ञ कङ्कगृध्रवटैर्वृतः ।
शयिष्यसे हतस्तत्र भविता शरणं शुनाम् ॥ ९ ॥
हे मुर्ख ! तँ जसरी अहिले म माथि दुर्वचन प्रयोग गरिरहेछस्, त्यसैगरी तँ रणभूमिमा मारिएपछि त्यो मुख छोपेर सुत्न पुग्छस् अनि त्यतिबेला तेरो शरीर वरिपरी चील, गिध्द, वटेर आदि चराहरुहरुले घेर्नेछन् । त्यतिबेला तेरो शरण दिने कुकुर हुनेछ ।।९।।
इति दूतस्तदाक्षेपं स्वामिने सर्वमाहरत् ।
कृष्णोऽपि रथमास्थाय काशीमुपजगाम ह ॥ १० ॥
यसरीे दूतले भगवान् ले भन्नुभएको आक्षेपपूर्ण वचन आफनो मालिक पौण्ड्रकलाई सुनायो । यसैबीच भगवान कृष्ण पनि रथमा चढेर काशी देशमा आक्रमण गर्न जानुभयो । (किनभने त्यतिबेला पौड्र्क आफ्नो राज्य करुष राज्यमा नबसि काशीका राजासँग बसेकाले भगवान् त्यहाँ आक्रमण गर्न जानुभएको हो) १० ।।
पौण्ड्रकोऽपि तदुद्योगमुपलभ्य महारथः ।
अक्षौहिणीभ्यां संयुक्तो निश्चक्राम पुराद् द्रुतम् ॥ ११ ॥
भगवान कृष्णको आक्रमणको खबर पाएपछि राजा पौण्ड्रकले पनि दुई अक्षौहिणी सेना लिएर शहरबाट छिटो–छिटो बाहिर निस्क्यो ।।११।।
तस्य काशीपतिर्मित्रं पार्ष्णिग्राहोऽन्वयान्नृप ।
अक्षौहिणीभिस्तिसृभिरपश्यत् पौण्ड्रकं हरिः ॥ १२ ॥
शङ्खार्यसिगदाशार्ङ्गश्रीवत्साद्युपलक्षितम् ।
बिभ्राणं कौस्तुभमणिं वनमालाविभूषितम् ॥ १३ ॥
कौशेयवाससी पीते वसानं गरुडध्वजम् ।
अमूल्यमौल्याभरणं स्फुरन्मकरकुण्डलम् ॥ १४ ॥
काशिका राजा पौण्ड्रकका साथी थिए । त्यसैले उनी पनि आफ्नो मित्रलाई मद्दत गर्न तीन अक्षौहिणी सेना लिएर उनको पछि पछि लागे । यता भगवान श्रीकष्णले शङख, चक्र, तरबार, गदा, धन, श्रीवत्सचिन्ह, कौस्तुभमणि, वनमाला र पहेला रशमी वस्त्र पहिरिएर सुशोभित भएको पौण्ड््रकलाइ दख्नुभयो । त्यसैगरी उसलले शिरमा अमुल्य मुकुट धारण गरेको कानमा चम्किलो मकराकार कुण्डल धारण गरेको थियो । यसैगरी उसले आफु चढेका रथमा गरुडको झण्डा लगाएको थियो ।।१२–१३–१४।।
दृष्ट्वाm तमात्मनस्तुल्यवेषं कृत्रिममास्थितम् ।
यथा नटं रङ्गगतं विजहास भृशं हरीः ॥ १५ ॥
पौण्ड्रकले नक्कली र वनावटी भेषभूषा धारण गरेर रंगमञ्चमा आएको देखेर भगवान कृष्ण ठूलो स्वरले हाँस्न थाल्नुभयो ।।१५।।
शुलैर्गदाभिः परिघैः शक्त्यृष्टिप्रासतोमरैः ।
असिभिः पट्टिशैर्बाणैः प्राहरन्नरयो हरिम् ॥ १६ ॥
शत्रुहरुले त्रिशूल, गदा, मुद्गर, शक्ति, ऋषि, प्रस, तोमर, तरवार, पट्टी र बाण आदि हतियारहरूले भगवान श्रीकृष्णमाथि आक्रमण गरे ।।१६।।
(मिश्र)
कृष्णस्तु तत्पौण्ड्रककाशिराजयो(
र्बलं गजस्यन्दनवाजिपत्तिमत् ।
गदासिचक्रेषुभिरार्दयद् भृशं
यथा युगान्ते हुतभुक् पृथक् प्रजाः ॥ १७ ॥
जसरी विनाशको समयमा आगोले सबै प्रकारका जीवहरूलाई जलाउँछ, त्यसरी नै भगवान कृष्णले पौण्ड्रक र राजा काशीको हात्ती, रथ, घोडा र पैदल सहितको सेनालाई सजिलैसंग नष्ट गरिदिनुभयो ।।१७।।
आयोधनं तद्रथवाजिकुञ्जर(
द्विपत्खरोष्ट्रैररिणावखण्डितैः ।
बभौ चितं मोदवहं मनस्विना(
माक्रीडनं भूतपतेरिवोल्बणम् ॥ १८ ॥
त्यो युद्धभूमिमा भगवानको चक्रले टुक्रा–टुक्रा पारेका रथ, घोडा, हात्ती, मानिस, गधा र ऊँटहरूले भरिएको थियो । त्यतिबेला त्योे युध्दमैदान भगवान् रुद्रको कृडास्थल जस्तै डरलाग्दो देखिन्थ्यो । जुन वीर योद्धाहरूको उत्साह बढाउने खालको थियो ।।१८।।
(अनुष्टुप्)
अथाह पौण्ड्रकं शौरिः भो भो पौण्ड्रक यद्भवान् ।
दूतवाक्येन मामाह तान्यस्त्रण्युत्सृजामि ते ॥ १९ ॥
अब भगवान श्रीकृष्णले पौण्ड्रकलाई भन्नुभयो– हे पौण्ड्रक ! तैले आफ्नो दूत मार्फत मलाई सम्पूर्ण शस्त्र र शंख चक्र आदि चिन्ह छोड्न भनेको थिइस् अब म यो शस्त्रले तलाई प्रहार गर्दछु ।।१९।।
त्याजयिष्येऽभिधानं मे यत्त्वयाज्ञ मृषा धृतम् ।
व्रजामि शरणं तेऽद्य यदि नेच्छामि संयुगम् ॥ २० ॥
हे मुर्ख ! छलपूर्वक आफ्नो नाम वासुदेव नाम राखिस् अब आज म तेरो त्यो त्यो नाम पनि छुटाउनेछु । यदि म तँ देखि डराएर युध्द गर्न नचाहेको भए म अहिल्यै तेरो शरणमा आउँथे ।।२०।।
इति क्षिप्त्वा शितैर्बाणैर्विरथीकृत्य पौण्ड्रकम् ।
शिरोऽवृश्चद् रथाङ्गेन वज्रेणेन्द्रो यथा गिरेः ॥ २१ ॥
पौण्ड्रकलाई यस्तो वचनले अपमान गरेपछि, भगवान कृष्णले आफ्ना तीखा बाणहरूले उनको रथलाई नष्ट पारिदिनुभयो र पहाडको चुचुरा काटेझैं गरी आफ्नो सुदर्शन चक्र प्रहार गरेर उसको शिर काटिदिनुभयो ।।२१।।
तथा काशीपतेः कायाच्छिर उत्कृत्य पत्रिभिः ।
न्यपातयत् काशीपुर्यां पद्मकोशमिवानिलः ॥ २२ ॥
त्यसैगरी भगवानले आफ्ना बाणहरूले काशीराजाको टाउको शरीरबाट काटेर हावाले फूल उडाएझै गरी उडाएर काशीपुरीमा खसालिदिनुभयो ।।२२।।
एवं मत्सरिणं हत्वा पौण्ड्रकं ससखं हरिः ।
द्वारकामाविशत् सिद्धैर्गीयमानकथामृतः ॥ २३ ॥
यसरी आफूप्रति ईष्र्या गर्ने पौण्ड्रक र उसको मित्र, काशीका राजालाई मारेर भगवान् श्रीकृष्ण आफ्नो राजधानी द्वारका फर्कनुभयो । त्यसबेला सिध्दहरुले भगवानका अमृतरूपी कथा गाइरहेका थिए ।।२३।।
स नित्यं भगवद्ध्यानप्रध्वस्ताखिलबन्धनः ।
बिभ्राणश्च हरे राजन् स्वरूपं तन्मयोऽभवत् ॥ २४ ॥
हे राजा परीक्षित ! पौण्ड्रक भगवान्को सत्रु भएर पनि सधैं भगवानकै स्वरूपको ध्यान गरिरहन्थ्यो यसै हुनाले उसको सबै कर्म वन्धन नष्ट भएर भगवान् मै मिल्न पुग्यो ।।२४।।
शिरः पतितमालोक्य राजद्वारे सकुण्डलम् ।
किमिदं कस्य वा वक्त्रमिति संशिशिरे जनाः ॥ २५ ॥
यता काशीमा दरबारको मूल ढोकामा कुण्डल सहितको शिर खसेको देखेर त्यहाँको मानिसहरू अनेक शंका गर्दै यो कसको टाउको हो भनेर भन्न थाले ।।२५।।
राज्ञः काशीपतेर्ज्ञात्वा महिष्यः पुत्रबान्धवाः ।
पौराश्च हा हता राजन् नाथ नाथेति प्रारुदन् ॥ २६ ॥
जब जब उनीहरु यो काशी राजाको टाउको हो भनेर थाहा पाए तब रानीहरू, राजकुमारहरू, राजपरिवारका सदस्यहरू र नागरिकहरू रुन र विलाप गर्न थाले ।।२६।।
सुदक्षिणस्तस्य सुतः कृत्वा संस्थाविधिं पितुः ।
निहत्य पितृहन्तारं यास्याम्यपचितिं पितुः ॥ २७ ॥
आफ्नो बुबाको अन्तिम संस्कार गरेपछि काशिनरेशका छोरा सुदक्षिणले इत्यात्मनाभिसन्धाय सोपाध्यायो महेश्वरम् ।
सुदक्षिणोऽर्चयामास परमेण समाधिना ॥ २८ ॥
आफ्नो बुबाको हत्यारालाई मारेर मात्र आफ्नो बुबाको ऋण बाट मुक्त हुनेछु भन्ने बिचार गरेर त्यो पौण्ड्रक पुत्र सुदिक्षणले आफ्ना उपाध्यायको साथमा एकाग्र भएर भगवान् शिवजीको पूजा गर्यो ।। २७–२८।।
प्रीतोऽविमुक्ते भगवांस्तस्मै वरमदाद् भवः ।
पितृहन्तृवधोपायं स वव्रे वरमीप्सितम् ॥ २९ ॥
अविमुक्त नामको काशी नगर रहने त्यो सुदक्षिणले पिताको हत्याराको बदला लिने उपायले भगवान शिवजीसंग वरमागेकोले शिवजीले उसलाई उपाय बताउनुभयो ।।२९।।
दक्षिणाग्निं परिचर ब्राह्मणैः सममृत्विजम् ।
अभिचारविधानेन स चाग्निः प्रमथैर्वृतः ॥ ३० ॥
साधयिष्यति सङ्कल्पमब्रह्मण्ये प्रयोजितः ।
इत्यादिष्टस्तथा चक्रे कृष्णायाभिचरन् व्रती ॥ ३१ ॥
भगवान शिवले भन्नुभयो– तिमी ब्राह्मणहरूको साथमा ऋत्विक् भएको दक्षिणाग्निको सत्रुमारण विधि अनुसार पूजा गर । त्यहाँ मेरा प्रमथगणहरु भएको अग्नि प्रकट हुनेछ । यो अग्नि ब्राह्मणका अभक्तमाथि प्रयोग भएको छ भने यसले तिम्रो संकल्प पूरा गर्नेछ । भगवान शिवबाट यस्तो आदेश पाएपछि कृष्णमा द्रोहभाव राख्ने सुदक्षिणले दक्षिणाग्निको अनुष्ठान गर्यो ।।३०–३१।।
ततोऽग्निरुत्थितः कुण्डान्मूर्तिमानतिभीषणः ।
तप्तताम्रशिखाश्मश्रुरङ्गारोद्गारिलोचनः ॥ ३२ ॥
दंष्ट्रोग्रभ्रुकुटीदण्डकठोरास्यः स्वजिह्वया ।
आलिहन् सृक्वणी नग्नो विधुन्वंस्त्रिशिखं ज्वलत् ॥ ३३ ॥
त्यस यज्ञको अनुष्ठान पूरा हुने बित्तिकै त्यो यज्ञकुण्डबाट तताएको तातो तामा जस्तै कपाल र दाह्री भएको आँखाबाट आगोको झिल्काहरू निक्लिरहेको तीखा दारा र बाङ्गो आँखीभौंका रेखाका कारण उनको अनुहारमा क्रूर भएको, आफ्नो जिब्रोले मुखको तल माथि चाटिरहेको,े हातमा त्रिशूल समातेर बारम्बार घुमाइरहेको यस्तो किसिमको डरलाग्दो अग्नि त्यस यज्ञकुण्डबाट प्रकट भयो ।।३३–३२।।
पद्भ्यां तालप्रमाणाभ्यां कम्पयनवनीतलम् ।
सोऽभ्यधावद् वृतो भूतैर्द्वारकां प्रदहन् दिशः ॥ ३४ ॥
प्रमथगण सहित उत्पन्न भएको त्यो अग्निले सबै दिशाहरुलाई डढाउला जस्तो गर्दै आफ्ना ताडका रूख जस्तै अग्ला–अग्ला खुट्टाले पृथ्वी हल्लाउँदै केही समयमै प्रमथगण सहित द्वारका पुग्यो ।।३४।।
तमाभिचारदहनमायान्तं द्वारकौकसः ।
विलोक्य तत्रसुः सर्वे वनदाहे मृगा यथा ॥ ३५ ॥
जसरी वनमा लागेको आगो देख्दा मृग भाग्दछन् त्यसरी नै त्यो अभिचार अग्निलाई देखेर द्वारकाका बासिन्दाहरू डराए ।।३५।।
अक्षैः सभायां क्रीडन्तं भगवन्तं भयातुराः ।
त्राहि त्राहि त्रिलोकेश वह्नेः प्रदहतः पुरम् ॥ ३६ ॥
ती डराएका द्वारकावासीहरुले जुवा खेलिरहनु भएको भगवान श्रीकृष्ण अगाडि गएर द्वारका नगरीलाई त्यो आगोबाट बचाउनुहोस भनेर भने ।।३६।।
श्रुत्वा तज्जनवैक्लव्यं दृष्ट्वाइ स्वानां च साध्वसम् ।
शरण्यः संप्रहस्याह मा भैष्टेत्यवितास्म्यहम् ॥ ३७ ॥
अग्निका डरले द्वारकाबासीहरु यसरी डराइराखेको देखेर शरणागतका रक्षक भगवान श्रीकृष्णले हाँस्दै भन्नुुभयो तिमीहरु डराउनु पर्दैन म तिमीहरू सबैको रक्षा गर्नेछु ।।३७।।
सर्वस्यान्तर्बहिःसाक्षी कृत्यां माहेश्वरीं विभुः ।
विज्ञाय तद्विघातार्थं पार्श्वस्थं चक्रमादिशत् ॥ ३८ ॥
सम्पुर्ण जगतका भित्र बाहिरका कुरा जान्नुहुने भगवान् श्रीकृष्णले माहेश्वरी कृत्या अग्निको बदला लिन उहाँले आफ्नो जनिकमा रहेको सुदर्शन चक्रलाई नजिकै बस्न आदेश दिनुभयो ।।३८।।
(मिश्र)
तत्सूर्यकोटिप्रतिमं सुदर्शनं
जाज्वल्यमानं प्रलयानलप्रभम् ।
स्वतेजसा खं ककुभोऽथ रोदसी
चक्रं मुकुन्दास्त्रमथाग्निमार्दयत् ॥ ३९ ॥
कराडौं सूर्य जस्तै चम्किलो भएको तथा प्रलयकालिन अग्नि जस्तै कान्ति भएको प्रकासमान भएको भगवान मुकुन्दको प्रिय हतियार सुदर्शन चक्रले नजिकै रहेको कृत्या अग्निलाई तहसनहस पार्यो ।।३९।।
(वसंततिलका)
कृत्यानलः प्रतिहतः स रथाङ्गपाणे(
रस्त्रौजसा स नृप भग्नमुखो निवृत्तः ।
वाराणसीं परिसमेत्य सुदक्षिणं तं
सर्त्विग्जनं समदहत् स्वकृतोऽभिचारः ॥ ४० ॥
हे परीक्षित ! चक्रपाणि भगवान कृष्णको अस्त्र सुदर्शन चक्रको तेजले गर्दा कृत्या अग्निको मुख च्यातियो । उसको तेज नष्ट भएर काशिमा नै फर्कियो र ऋत्विक आचार्यहरूसँगै सुदक्षिणलाई जलाएर खरानी बनाइदियो । आफैले प्रयोग गरेको अग्निबाट आफैं नाशियो ।।४०।।
(मिश्र)
चक्रं च विष्णोस्तदनुप्रविष्टं
वाराणसीं साट्टसभालयापणाम् ।
सगोपुराट्टालककोष्ठसङ्कुलां
सकोशहस्त्यश्वरथान्नशालाम् ॥ ४१ ॥
श्रीकृष्णको सुदर्शन चक्र पनि कृत्याको पछि–पछि काशी पुग्यो र त्यस चक्रले काशीका ठुला–ठुला मन्च, सभा हल, बजार, नगरका ढोका, ढोकाको माथिको भाग सीमा पर्खाल, खजाना, हात्ती, घोडा, रथ र खाद्यान्न भण्डारले सुसज्जित भएको वाराणसीलाई डढाइदियो ।।४१।।
(अनुष्टुप्)
दग्ध्वा वाराणसीं सर्वां विष्णोश्चक्रं सुदर्शनम् ।
भूयः पार्श्वमुपातिष्ठत् कृष्णस्याक्लिष्टकर्मणः ॥ ४२ ॥
श्रीकृष्णको सुदर्शन चक्रले सम्पूर्ण काशी नगरलाई जलाएर भगवान श्रीकृष्णकहाँ फर्कियो ।।४२।।
य एतच्छ्रावयेन्मर्त्य उत्तमःश्लोकविक्रमम् ।
समाहितो वा शृणुयात् सर्वपापैः प्रमुच्यते ॥ ४३ ॥
जो मानिस यस पवित्र कीर्ति भएका भगवान श्रीकृष्णको यो कथा एकाग्रतापूर्वक सुन्छ वा सुनाउछ भने त्यो सबै पापबाट मुक्त हुन्छ ।।४३।।
इति श्रीमद्भासगवते महापुराणे पारमहंस्यां
संहितायां दशमस्कन्धे उत्तरार्धे
पौण्ड्रकादिवधो नाम षट्षष्टितमोऽध्यायः ॥ ६६ ॥
