/#blog-pager, .newer-posts, .older-posts, .post-footer-line-1, .post-footer-line-2, .post-footer-line-3 { display: none !important; } .PageList, .Tabs, .tabs-inner, [id^='PageList'] { display: none !important; height: 0 !important; margin: 0 !important; padding: 0 !important; } .main-column-left { position: -webkit-sticky !important; position: sticky !important; top: 10px !important; height: fit-content !important; align-self: flex-start !important; } .content-fauxcolumns, .content-inner, .column-left-outer { overflow: visible !important; } /* पोस्टलाई टपमा टाँस्ने गरी मिलाइएको कोड */ .main-inner { padding-top: 0px !important; margin-top: 0px !important; } .main-inner .column-center-inner { padding-top: 0px !important; } /* शीर्षकलाई सिधै माथि धकेल्ने */ .post-outer { margin-top: -60px !important; } /* हेडरको तलको ग्याप मार्ने */ #header-inner { margin-bottom: -30px !important; } /* पोस्टको भित्री खाली ठाउँ हटाउने */ .post-body { padding-top: 0px !important; } --> }

॥ भागवत दर्शन ॥

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।
श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव।।

दशमस्कन्धः – षट्षष्टितमोऽध्यायः

श्रीमद्भागवत महापुराण

दशमस्कन्धः – षट्षष्टितमोऽध्यायः


श्रीशुक उवाच
(अनुष्टुप्)
नन्दव्रजं गते रामे करूषाधिपतिर्नृप ।
वासुदेवोऽहमित्यज्ञो दूतं कृष्णाय प्राहिणोत् ॥ १ ॥
नेपाली भावानुवादः श्रीशुकदेवजी भन्नुहुन्छहे परीक्षित् ! भगवान् बलराम नन्दको ब्रजमा जानुभएको बखत करूष देशको अज्ञानी राजा पौण्ड्रकले "म नै वास्तविक वासुदेव हुँ" भनी श्रीकृष्णकहाँ एउटा दूत पठायो ।।१।।
 
त्वं वासुदेवो भगवानवतीर्णो जगत्पतिः ।
इति प्रस्तोभितो बालैः मेन आत्मानमच्युतम् ॥ २ ॥
नेपाली भावानुवादः "हजुर नै भगवान् वासुदेव हुनुहुन्छ र जगत्‌को कल्याणका लागि अवतार लिनुभएको हो" भनी मूर्खहरूले गरेको मिथ्या प्रशंसाबाट फुरुङ्ग परेर उसले आफूलाई नै अच्युत (भगवान्) ठान्न थाल्यो ।।२।।
 
दूतं च प्राहिणोन्मन्दः कृष्णायाव्यक्तवर्त्मने ।
द्वारकायां यथा बालो नृपो बालकृतोऽबुधः ॥ ३ ॥
नेपाली भावानुवादः जसरी केटाकेटीहरूले खेलका क्रममा कुनै एउटा बालकलाई राजा बनाउँछन् र ऊ आफूलाई साच्चिकै राजा ठान्दछ, त्यसरी नै त्यस मन्दबुद्धि पौण्ड्रकले आफूलाई वासुदेव ठानेर द्वारकामा रहनुभएका अनन्तशक्तिशाली श्रीकृष्णकहाँ दूत पठायो ।।३।।
 
दूतस्तु द्वारकामेत्य सभायामास्थितं प्रभुम् ।
कृष्णं कमलपत्राक्षं राजसन्देशमब्रवीत् ॥ ४ ॥
नेपाली भावानुवादः दूतले द्वारका पुगेर राजसभामा विराजमान हुनुभएका कमलनेत्र भगवान् श्रीकृष्णलाई आफ्नो राजा पौण्ड्रकको सन्देश सुनायो ।।४।।
 
वासुदेवोऽवतीर्नोऽहं एक एव न चापरः ।
भूतानामनुकम्पार्थं त्वं तु मिथ्याभिधां त्यज ॥ ५ ॥
नेपाली भावानुवादः (सन्देश यस प्रकार थियो–) "प्राणीहरूमा अनुकम्पा गर्नका लागि म नै वासुदेवका रूपमा अवतीर्ण भएको हुँ, मबाहेक अर्को कोही छैन । तिमीले धारण गरेको 'वासुदेव' भन्ने झुटो नाम तुरुन्त त्यागिदेऊ" ।।५।।
 
यानि त्वमस्मच्चिह्नानि मौढ्याद् बिभर्षि सात्वत ।
त्यक्त्वैहि मां त्वं शरणं नो चेद् देहि ममाहवम् ॥ ६ ॥
नेपाली भावानुवादः "हे यदुवंशी ! तिमीले मूर्खतापूर्वक मेरो प्रतीक (शङ्ख, चक्र आदि) धारण गरेका छौ, ती सबै त्यागेर मेरो शरणमा आऊ । यदि यसो गर्दैनौ भने मलाई युद्धको चुनौती देऊ" ।।६।।
 
श्रीशुक उवाच
कत्थनं तदुपाकर्ण्य पौण्ड्रकस्याल्पमेधसः ।
उग्रसेनादयः सभ्या उच्चकैर्जहसुस्तदा ॥ ७ ॥
नेपाली भावानुवादः श्रीशुकदेवजी भन्नुहुन्छहे परीक्षित् ! अल्पबुद्धि भएको पौण्ड्रकको यस्तो आत्मप्रशंसा सुनेर उग्रसेन लगायत सभामा उपस्थित सबै सदस्यहरू अट्टहास गर्दै ठूलो स्वरले हाँस्न थाले ।।७।।
 
उवाच दूतं भगवान् परिहासकथामनु ।
उत्स्रक्ष्ये मूढ चिह्नानि यैस्त्वमेवं विकत्थसे ॥ ८ ॥
नेपाली भावानुवादः हाँसो थामिएपछि भगवान् श्रीकृष्णले परिहास गर्दै दूतलाई भन्नुभयो– "हे मूर्ख ! तँ जुन चिन्हहरूको घमण्ड गर्दैछस्, ती सबै चिन्ह (शस्त्रास्त्र) म तँमाथि नै प्रहार गरेर त्यागिदिनेछु" ।।८।।
 
मुखं तदपिधायाज्ञ कङ्‌कगृध्रवटैर्वृतः ।
शयिष्यसे हतस्तत्र भविता शरणं शुनाम् ॥ ९ ॥
नेपाली भावानुवादः "हे अज्ञानी ! जब तँ रणभूमिमा मारिएर लड्नेछस्, तब तेरो मुख छोपिनेछ र तँ गिद्ध, काग आदि मांसाहारी चराहरूले घेरिनेछस् । त्यतिबेला कुकुरहरू नै तेरा शरणदाता हुनेछन्" ।।९।।
 
इति दूतस्तदाक्षेपं स्वामिने सर्वमाहरत् ।
कृष्णोऽपि रथमास्थाय काशीमुपजगाम ह ॥ १० ॥
नेपाली भावानुवादः दूतले भगवान्‌का ती आक्षेपपूर्ण वचनहरू आफ्नो स्वामी पौण्ड्रकलाई सुनायो । यता भगवान् श्रीकृष्ण पनि रथमा चढेर काशीतर्फ प्रस्थान गर्नुभयो (किनकि पौण्ड्रक त्यतिबेला आफ्ना मित्र काशीराजकोमा गएका थिए) ।।१०।।
 
पौण्ड्रकोऽपि तदुद्योगमुपलभ्य महारथः ।
अक्षौहिणीभ्यां संयुक्तो निश्चक्राम पुराद् द्रुतम् ॥ ११ ॥
नेपाली भावानुवादः भगवान् श्रीकृष्णको आक्रमणको तयारी थाहा पाएपछि महारथी पौण्ड्रक पनि दुई अक्षौहिणी सेना लिएर नगरबाट हतार-हतार बाहिर निस्कियो ।।११।।
 
तस्य काशीपतिर्मित्रं पार्ष्णिग्राहोऽन्वयान्नृप ।
अक्षौहिणीभिस्तिसृभिरपश्यत् पौण्ड्रकं हरिः ॥ १२ ॥
शङ्खार्यसिगदाशार्ङ्‌गश्रीवत्साद्युपलक्षितम् ।
बिभ्राणं कौस्तुभमणिं वनमालाविभूषितम् ॥ १३ ॥
कौशेयवाससी पीते वसानं गरुडध्वजम् ।
अमूल्यमौल्याभरणं स्फुरन्मकरकुण्डलम् ॥ १४ ॥
नेपाली भावानुवादः हे राजा ! काशीराज आफ्ना मित्र पौण्ड्रकको पक्ष लिएर तीन अक्षौहिणी सेनाका साथ पछि-पछि आए । त्यहाँ भगवान्‌ श्रीकृष्णले नक्कली वासुदेव बनेको पौण्ड्रकलाई देख्नुभयो, जसले शङ्ख, चक्र, तरबार, गदा, धनुष, श्रीवत्स चिन्ह, कौस्तुभमणि र वनमाला धारण गरेको थियो । उसले पहेँलो रेशमी वस्त्र लगाएको थियो, रथमा गरुडको झण्डा राखेको थियो र कानमा चम्किला मकराकृत कुण्डलका साथै अमूल्य मुकुट पहिरिएको थियो ।।१२-१३-१४।।
 
दृष्ट्वा तमात्मनस्तुल्यवेषं कृत्रिममास्थितम् ।
यथा नटं रङ्‌गगतं विजहास भृशं हरीः ॥ १५ ॥
नेपाली भावानुवादः रङ्गमञ्चमा आएको कुनै नट (अभिनेता) ले जस्तै आफ्नो कृत्रिम भेषभूषा धारण गरेको देखेर भगवान् श्रीकृष्ण ठूलो स्वरले हाँस्नुभयो ।।१५।।
 
शुलैर्गदाभिः परिघैः शक्त्यृष्टिप्रासतोमरैः ।
असिभिः पट्टिशैर्बाणैः प्राहरन्नरयो हरिम् ॥ १६ ॥
नेपाली भावानुवादः शत्रुहरूले त्रिशूल, गदा, परिघ, शक्ति, ऋष्टि, प्रास, तोमर, असि (तरवार), पट्टिश र बाण आदि विभिन्न शस्त्रहरूले भगवान् श्रीकृष्णमाथि प्रहार गरे ।।१६।।
 
(मिश्र)
कृष्णस्तु तत्पौण्ड्रककाशिराजयो-
    र्बलं गजस्यन्दनवाजिपत्तिमत् ।
गदासिचक्रेषुभिरार्दयद्‌ भृशं
    यथा युगान्ते हुतभुक् पृथक् प्रजाः ॥ १७ ॥
नेपाली भावानुवादः जसरी प्रलयकालमा अग्निले समस्त प्राणीहरूलाई भस्म गर्दछ, त्यसरी नै भगवान् श्रीकृष्णले गदा, तरवार, चक्र र बाणद्वारा पौण्ड्रक र काशीराजका हात्ती, रथ, घोडा र पैदल सेनालाई तहसनहस पारिदिनुभयो ।।१७।।
 
आयोधनं तद्‌रथवाजिकुञ्जर-
    द्विपत्खरोष्ट्रैररिणावखण्डितैः ।
बभौ चितं मोदवहं मनस्विना-
    माक्रीडनं भूतपतेरिवोल्बणम् ॥ १८ ॥
नेपाली भावानुवादः त्यो युद्धभूमि भगवान्‌ले काटिदिएका रथ, घोडा, हात्ती, मानिस, गधा र ऊँटहरूका अङ्गहरूले भरिएको थियो । वीरहरूका लागि उत्साहजनक भए पनि त्यो स्थान भूतपति शिवको क्रीडास्थल (मसानघाट) झैँ भयानक देखिन्थ्यो ।।१८।।
 
(अनुष्टुप्)
अथाह पौण्ड्रकं शौरिः भो भो पौण्ड्रक यद्‌भवान् ।
दूतवाक्येन मामाह तान्यस्त्रण्युत्सृजामि ते ॥ १९ ॥
नेपाली भावानुवादः त्यसपछि भगवान् श्रीकृष्णले पौण्ड्रकलाई भन्नुभयो– "हे पौण्ड्रक ! तैले दूत मार्फत मलाई जुन शस्त्र र चिन्हहरू छोड्न भनेको थिइस्, अब ती सबै म तँमाथि नै प्रहार गर्दैछु" ।।१९।।
 
त्याजयिष्येऽभिधानं मे यत्त्वयाज्ञ मृषा धृतम् ।
व्रजामि शरणं तेऽद्य यदि नेच्छामि संयुगम् ॥ २० ॥
नेपाली भावानुवादः "हे अज्ञानी ! तैले जुन मेरो 'वासुदेव' नाम झुटो रूपमा धारण गरेको छस्, आज म त्यो पनि छुटाउनेछु । यदि म युद्ध गर्न नचाहेर डराएको भए मात्र तेरो शरणमा आउँथेँ (तर म त युद्ध गर्न आएको हुँ)" ।।२०।।
 
इति क्षिप्त्वा शितैर्बाणैर्विरथीकृत्य पौण्ड्रकम् ।
शिरोऽवृश्चद् रथाङ्‌गेन वज्रेणेन्द्रो यथा गिरेः ॥ २१ ॥
नेपाली भावानुवादः यति भन्दै भगवान्‌ले तीखा बाणहरूद्वारा पौण्ड्रकलाई रथविहीन बनाइदिनुभयो र इन्द्रले बज्रले पहाडको टाकुरा काटेझैँ सुदर्शन चक्रले उसको टाउको काटिदिनुभयो ।।२१।।
 
तथा काशीपतेः कायाच्छिर उत्कृत्य पत्रिभिः ।
न्यपातयत् काशीपुर्यां पद्मकोशमिवानिलः ॥ २२ ॥
नेपाली भावानुवादः त्यसैगरी भगवान्‌ले बाणद्वारा काशीराजको टाउको शरीरबाट अलग गरिदिनुभयो र हावाले कमलको फूल उडाएझैँ गरी त्यस शिरलाई काशी नगरीमा खसालिदिनुभयो ।।२२।।
 
एवं मत्सरिणं हत्वा पौण्ड्रकं ससखं हरिः ।
द्वारकामाविशत् सिद्धैर्गीयमानकथामृतः ॥ २३ ॥
नेपाली भावानुवादः यसरी ईर्ष्यालु पौण्ड्रक र उसको मित्र काशीराजलाई मारेर भगवान् श्रीकृष्ण द्वारका फर्कनुभयो । त्यतिबेला सिद्धहरूले भगवान्‌का अमृतरूपी कथाहरूको गायन गरिरहेका थिए ।।२३।।
 
स नित्यं भगवद्ध्यानप्रध्वस्ताखिलबन्धनः ।
बिभ्राणश्च हरे राजन् स्वरूपं तन्मयोऽभवत् ॥ २४ ॥
नेपाली भावानुवादः हे राजा परीक्षित् ! पौण्ड्रकले शत्रुताको भावले भए पनि निरन्तर भगवान्‌कै स्वरूपको ध्यान गरेकाले उसको समस्त कर्म-बन्धन नष्ट भयो र उसले भगवत्स्वरूप प्राप्त गर्‍यो ।।२४।।
 
शिरः पतितमालोक्य राजद्वारे सकुण्डलम् ।
किमिदं कस्य वा वक्त्रमिति संशिशिरे जनाः ॥ २५ ॥
नेपाली भावानुवादः यता काशीको राजद्वारमा कुण्डलसहितको एउटा शिर खसेको देखेर मानिसहरू "यो के हो र कसको टाउको हो ?" भनी शङ्का गर्न थाले ।।२५।।
 
राज्ञः काशीपतेर्ज्ञात्वा महिष्यः पुत्रबान्धवाः ।
पौराश्च हा हता राजन् नाथ नाथेति प्रारुदन् ॥ २६ ॥
नेपाली भावानुवादः जब त्यो शिर काशीराजकै हो भन्ने थाहा भयो, तब रानीहरू, राजकुमारहरू, आफन्त र नगरवासीहरू "हामी लुटियौँ, हे नाथ !" भन्दै विलाप गर्न थाले ।।२६।।
 
सुदक्षिणस्तस्य सुतः कृत्वा संस्थाविधिं पितुः ।
निहत्य पितृहन्तारं यास्याम्यपचितिं पितुः ॥ २७ ॥
इत्यात्मनाभिसन्धाय सोपाध्यायो महेश्वरम् ।
सुदक्षिणोऽर्चयामास परमेण समाधिना ॥ २८ ॥
नेपाली भावानुवादः काशीराजका पुत्र सुदक्षिणले पिताको अन्त्येष्टि गरेपछि "बुबाको हत्यारालाई मारेर मात्र म पितृ-ऋणबाट मुक्त हुनेछु" भन्ने सङ्कल्प गरे र आफ्ना गुरुहरूको साथमा भगवान् शिवको घोर आराधना गरे ।।२७-२८।।
 
प्रीतोऽविमुक्ते भगवांस्तस्मै वरमदाद् भवः ।
पितृहन्तृवधोपायं स वव्रे वरमीप्सितम् ॥ २९ ॥
नेपाली भावानुवादः 'अविमुक्त' क्षेत्र (काशी) मा गरिएको आराधनाबाट प्रसन्न भई भगवान् शिवले उसलाई वरदान माग्न भन्नुभयो । सुदक्षिणले पिताको हत्यारालाई मार्ने प्रभावकारी उपाय वरका रूपमा माग्यो ।।२९।।
 
दक्षिणाग्निं परिचर ब्राह्मणैः सममृत्विजम् ।
अभिचारविधानेन स चाग्निः प्रमथैर्वृतः ॥ ३० ॥
साधयिष्यति सङ्‌कल्पमब्रह्मण्ये प्रयोजितः ।
इत्यादिष्टस्तथा चक्रे कृष्णायाभिचरन् व्रती ॥ ३१ ॥
नेपाली भावानुवादः भगवान् शिवले भन्नुभयो– "तिमी ब्राह्मणहरूको सहयोगमा 'अभिचार' विधि (मारण प्रयोग) द्वारा दक्षिणाग्निको सेवा गर । प्रमथगणहरूले घेरिएको त्यो अग्निले तिम्रो सङ्कल्प पूरा गर्नेछ, यदि त्यो प्रयोग ब्राह्मणहरूका द्रोही (अब्रह्मण्य) माथि गरिएको छ भने ।" शिवजीको आदेश पाएपछि सुदक्षिणले श्रीकृष्णका विरुद्ध त्यो अनुष्ठान सुरु गर्‍यो ।।३०-३१।।
 
ततोऽग्निरुत्थितः कुण्डान्मूर्तिमानतिभीषणः ।
तप्तताम्रशिखाश्मश्रुरङ्‌गारोद्‌गारिलोचनः ॥ ३२ ॥
दंष्ट्रोग्रभ्रुकुटीदण्डकठोरास्यः स्वजिह्वया ।
आलिहन् सृक्वणी नग्नो विधुन्वंस्त्रिशिखं ज्वलत् ॥ ३३ ॥
नेपाली भावानुवादः अनुष्ठानको प्रभावले यज्ञकुण्डबाट अत्यन्त भयानक 'कृत्या' अग्नि प्रकट भयो, जसको कपाल र दाह्री तातेको तामा जस्तै थियो र आँखाबाट आगोका झिल्काहरू निस्कन्थे । भयानक दारा, बाङ्गा आँखीभौँ र डरलाग्दो मुख भएको ऊ आफ्नो जिब्रोले ओठ चाट्दै र हातमा बलिरहेको त्रिशूल घुमाउँदै नाङ्गै प्रकट भयो ।।३२-३३।।
 
पद्‌भ्यां तालप्रमाणाभ्यां कम्पयनवनीतलम् ।
सोऽभ्यधावद् वृतो भूतैर्द्वारकां प्रदहन् दिशः ॥ ३४ ॥
नेपाली भावानुवादः ताडको रुख जस्ता अग्ला खुट्टाले पृथ्वी हल्लाउँदै र प्रमथगणहरूले घेरिएर त्यो अग्नि सबै दिशाहरू जलाउँदै द्वारकातर्फ दौडियो ।।३४।।
 
तमाभिचारदहनमायान्तं द्वारकौकसः ।
विलोक्य तत्रसुः सर्वे वनदाहे मृगा यथा ॥ ३५ ॥
नेपाली भावानुवादः डढेलो लागेको वनमा मृगहरू डराएझैँ, त्यो भयानक अग्निलाई आउँदै गरेको देखेर द्वारकावासीहरू भयभीत भए ।।३५।।
 
अक्षैः सभायां क्रीडन्तं भगवन्तं भयातुराः ।
त्राहि त्राहि त्रिलोकेश वह्नेः प्रदहतः पुरम् ॥ ३६ ॥
नेपाली भावानुवादः सभामा जुवा खेलिरहनुभएका भगवान् श्रीकृष्णकहाँ पुगेर उनीहरूले पुकार गरे– "हे त्रिलोकेश ! यो अग्निबाट हाम्रो नगरलाई बचाउनुहोस्" ।।३६।।
 
श्रुत्वा तज्जनवैक्लव्यं दृष्ट्वाइ स्वानां च साध्वसम् ।
शरण्यः संप्रहस्याह मा भैष्टेत्यवितास्म्यहम् ॥ ३७ ॥
नेपाली भावानुवादः आफ्ना मानिसहरूको व्याकुलता र डर देखेर शरणागत-वत्सल भगवान्‌ले हाँस्दै भन्नुभयो– "तिमीहरू नडराऊ, म रक्षा गर्नेछु" ।।३७।।
 
सर्वस्यान्तर्बहिःसाक्षी कृत्यां माहेश्वरीं विभुः ।
विज्ञाय तद्विघातार्थं पार्श्वस्थं चक्रमादिशत् ॥ ३८ ॥
नेपाली भावानुवादः सबैको अन्तरात्माको कुरा जान्नुहुने सर्वव्यापी प्रभुले त्यो माहेश्वरी 'कृत्या' हो भन्ने बुझेर त्यसलाई नष्ट गर्न आफ्नो छेउमै रहेको सुदर्शन चक्रलाई आदेश दिनुभयो ।।३८।।
 
(मिश्र)
तत्सूर्यकोटिप्रतिमं सुदर्शनं
    जाज्वल्यमानं प्रलयानलप्रभम् ।
स्वतेजसा खं ककुभोऽथ रोदसी
    चक्रं मुकुन्दास्त्रमथाग्निमार्दयत् ॥ ३९ ॥
नेपाली भावानुवादः करोडौँ सूर्य जस्तै चम्किलो र प्रलयकालको आगो जस्तै तेजस्वी भगवान् मुकुन्दको सुदर्शन चक्रले आफ्नो तेजले आकाश र पृथ्वीलाई व्याप्त गर्दै त्यस कृत्या अग्निलाई पराजित गरिदियो ।।३९।।
 
(वसंततिलका)
कृत्यानलः प्रतिहतः स रथाङ्‌गपाणे-
    रस्त्रौजसा स नृप भग्नमुखो निवृत्तः ।
वाराणसीं परिसमेत्य सुदक्षिणं तं
    सर्त्विग्जनं समदहत् स्वकृतोऽभिचारः ॥ ४० ॥
नेपाली भावानुवादः हे परीक्षित् ! सुदर्शन चक्रको तेजले गर्दा त्यो 'कृत्या' अग्नि निस्तेज भयो र काशीतर्फै फर्कियो । आफैँले गरेको अभिचार (मारण प्रयोग) उल्टिएर आफैँतिर आउँदा त्यसले सुदक्षिण र अनुष्ठान गर्ने सबै ऋत्विक्‌हरूलाई जलाएर खरानी बनाइदियो ।।४०।।
 
(मिश्र)
चक्रं च विष्णोस्तदनुप्रविष्टं
    वाराणसीं साट्टसभालयापणाम् ।
सगोपुराट्टालककोष्ठसङ्‌कुलां
    सकोशहस्त्यश्वरथान्नशालाम् ॥ ४१ ॥
नेपाली भावानुवादः विष्णुको सुदर्शन चक्र पनि त्यस कृत्याको पछि-पछि काशी नगरीमा प्रवेश गर्‍यो र त्यहाँका सभाभवन, बजार, किल्लाका ढोका, खजाना, हात्तीसार, घोडसार र अन्न भण्डारहरू सबैलाई जलाइदियो ।।४१।।
 
(अनुष्टुप्)
दग्ध्वा वाराणसीं सर्वां विष्णोश्चक्रं सुदर्शनम् ।
भूयः पार्श्वमुपातिष्ठत् कृष्णस्याक्लिष्टकर्मणः ॥ ४२ ॥
नेपाली भावानुवादः यसरी सम्पूर्ण काशी नगरीलाई भस्म पारेर सुदर्शन चक्र पुनः भगवान् श्रीकृष्णको सेवामा उपस्थित भयो ।।४२।।
 
य एतच्छ्रावयेन्मर्त्य उत्तमःश्लोकविक्रमम् ।
समाहितो वा शृणुयात् सर्वपापैः प्रमुच्यते ॥ ४३ ॥
नेपाली भावानुवादः जो मनुष्यले उत्तम कीर्ति भएका भगवान्‌को यो पराक्रमको कथा एकाग्र भएर सुन्छ वा सुनाउँछ, ऊ सबै पापबाट मुक्त हुन्छ ।।४३।।
 
 
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां दशमस्कन्धे उत्तरार्धे पौण्ड्रकादिवधो नाम षट्षष्टितमोऽध्यायः ॥ ६६ ॥
🌸 •••••••••• 🌸

🌸 यस अध्यायको सार तथा दर्शन 🌸

अध्याय सारांश

श्रीमद्भागवत महापुराणको यस ६६ औँ अध्यायमा मिथ्या अहंकार र त्यसको विनाशको एउटा जीवन्त कथा प्रस्तुत गरिएको छ। कथाको केन्द्रमा करुष देशको राजा पौण्ड्रक छजसले आफ्नो मूर्खता र चाटुकारहरूको प्रशंसामा परेर आफूलाई नै 'वास्तविक वासुदेवठान्न पुग्छ। उसले भगवान् श्रीकृष्णलाई चुनौती दिँदै दूत पठाउँछ र भन्छ कि श्रीकृष्णले 'वासुदेवनाम र शङ्ख-चक्र आदि चिन्हहरू त्यागून्। श्रीकृष्णले यसलाई परिहासको रूपमा लिनुहुन्छ र युद्धको चुनौती स्वीकार गर्नुहुन्छ। पौण्ड्रकले आफ्नो भेषभूषा दुरुस्तै श्रीकृष्णको जस्तै बनाएको हुन्छ— पहेँलो वस्त्रगरुडको झण्डा र नक्कली शस्त्रहरू। उ यति अज्ञानी हुन्छ कि बाहिरी रूप बदल्दैमा भगवान् भइन्छ भन्ने भ्रममा रहन्छ। काशीका राजा उसको मित्र भएकाले उनले पनि पौण्ड्रकलाई साथ दिन्छन्। युद्धभूमिमा श्रीकृष्णले पौण्ड्रकको त्यो नक्कली भेषको मजाक उडाउनुहुन्छ र सुदर्शन चक्रद्वारा उसको शिर काटिदिनुहुन्छ। त्यसैगरी काशीराजको टाउको पनि काटेर काशी नगरीमा खसालिदिनुहुन्छ।

कथा यहाँ टुङ्गिदैनकाशीराजका छोरा सुदक्षिणले पिताको बदला लिन भगवान् शिवको घोर तपस्या गर्छन्। शिवजीले उसलाई शत्रु मार्ने 'कृत्याउत्पन्न गर्ने विधि बताउनुहुन्छतर एउटा चेतावनी पनि दिनुहुन्छ कि यदि त्यो प्रयोग ब्राह्मणहरूका भक्तमाथि गरियो भने त्यसले उल्टै प्रयोगकर्तालाई नै नष्ट गर्नेछ। सुदक्षिणले घमण्डमा परेर श्रीकृष्णमाथि त्यो प्रयोग गर्छ। यज्ञकुण्डबाट निस्केको भयानक अग्नि 'कृत्याद्वारका पुग्छतर श्रीकृष्णले सजिलै सुदर्शन चक्र पठाई त्यसलाई भगाउनुहुन्छ। त्यो अग्नि फर्किएर काशी पुग्छ र सुदक्षिण तथा अनुष्ठान गर्ने ब्राह्मणहरूलाई नै जलाउँछ। सुदर्शन चक्रले पूरै काशी नगरीलाई पनि दग्ध बनाउँछ। यसरी आफ्नो मिथ्यात्व र अधर्मको पक्ष लिनेहरूको सर्वनाश हुन्छ। पौण्ड्रकले शत्रुभावले भए पनि निरन्तर भगवान्‌को चिन्तन गरेकाले अन्त्यमा उसले मुक्ति पाउँछ। यो अध्यायले कसरी अहङ्कारले मानिसलाई अन्धो बनाउँछ र भगवान्‌को नकल गर्न खोज्नेको दुर्गति हुन्छ भन्ने कुरा स्पष्ट पारेको छ।

दार्शनिक पक्ष

यस अध्यायको दार्शनिक पक्ष अत्यन्त गहिरो र शिक्षाप्रद छ। पौण्ड्रकको पात्रले 'अहङ्कारर 'मिथ्या परिचयको प्रतिनिधित्व गर्छ। दार्शनिक दृष्टिलेजीव जब आफूलाई ईश्वरभन्दा पृथक् वा ईश्वरकै समान ठान्न थाल्छतब उसको पतन निश्चित हुन्छ। पौण्ड्रकले बाहिरी भेष (शङ्खचक्रपीताम्बर) धारण गर्‍यो तर भगवान्‌को जस्तो आन्तरिक गुण र सामर्थ्य प्राप्त गर्न सकेन। यसले के बुझाउँछ भने अध्यात्म बाहिरी प्रदर्शनको विषय होइनयो त आन्तरिक रूपान्तरणको विषय हो। काशीराज र सुदक्षिणको प्रसङ्गले 'कर्मको फलर 'अभिचार' (नराम्रो मनसायले गरिएको काम) को परिणामलाई दर्शाउँछ। भगवान् शिवले दिनुभएको चेतावनीले यो स्पष्ट पार्छ कि धर्म र भक्तिका विरुद्धमा प्रयोग गरिएको शक्ति अन्ततः आफ्नै विनाशको कारण बन्छ। अर्को महत्त्वपूर्ण पक्ष 'वैरी भक्तिको होपौण्ड्रकले शत्रुताको भावले भए पनि श्रीकृष्णको ध्यान गरेकाले उसले मुक्ति पायो। यसले भगवान्‌को परम दयालु स्वभाव र 'तन्मयता' (एकाग्रता) को शक्तिलाई सिद्ध गर्छ। समग्रमायो अध्यायले अहंकारको त्यागवास्तविक भक्तिको पहिचान र अधर्मको अन्तिम परिणामको बारेमा गम्भीर दर्शन प्रदान गर्दछ।

ॐ अध्यात्म ज्ञान भण्डार ॐ

No comments:

Post a Comment

JavaScript // यस्तो खालको कोड खोज्नुहोस् var allLinks = document.getElementsByTagName("a"); ... display = "none"; ...