श्रीमद्भागवत महापुराण
प्रथमः स्कंधः प्रथमोऽध्यायः
मंगलाचरण
जन्माद्यस्य यतोऽन्वयादितरतः चार्थेष्वभिज्ञः स्वराट् ।
तेने ब्रह्म हृदा य आदिकवये मुह्यन्ति यत् सूरयः ।
तेजोवारिमृदां यथा विनिमयो यत्र त्रिसर्गोऽमृषा ।
धाम्ना स्वेन सदा निरस्तकुहकं सत्यं परं धीमहि । !
॥
मंगलाचरण
जसबाट यो जगतको सृष्टि, स्थिति र लय भइरहन्छ । जो असत् पदार्थ बाट भिन्न छ । त्यो जड होइन चेतन हो ।
जो परतन्त्र होइन स्वयम प्रकाश हो । जसको संकल्पले मात्र आदि कवि ब्रम्हालाई वेदको
उपदेश दिएका थिए, त्यहि वेदका तात्पर्य बुझ्न ठुला–ठुला विद्वान हरू मोहित हुन्छन् । जसरी
सूर्र्यको किरणले तातेको वालुवामा पानीको र पानीमा बालुवाको भ्रान्ति हुन्छ तापनि
त्यो सत्य होइन । त्यसैगरी यो त्रिगुणमयी जाग्रत, स्वप्न र सुषुप्ती रूपा सृष्टि असत्य हो तापनि
परमात्माको सत्ताले सत्य जस्तो भ्रान्ति हुन्छ । आफुबाट प्राप्त ज्योतिले माया र
मायारूप कार्य बाट सधैभरि मुक्त रहने उनै परम सत्य स्वरूप परमात्माको हामी ध्यान
गरौं ।!।।
धर्मः प्रोज्झितकैतवोऽत्र परमो निर्मत्सराणां सतां ।
वेद्यं वास्तवमत्र वस्तु शिवदं तापत्रयोन्मूलनम् ।
श्रीमद्भागवते महामुनिकृते किं वा परैरीश्वरः ।
सद्यो हृद्यवरुध्यतेऽत्र कृतिभिः शुश्रूषुभिः तत् क्षणात् ॥ २ ॥
महामुनि वेदव्यासद्वारा रचिएको यो श्रीमद्भागवत मत्सरहिन अरुको उन्नती देख्न
नसक्ने स्वभाव नभएको परम धर्मको निरूपण गरीएको छ । यसमा सन्तपुरुषहरूका लागि जान्न
योग्य परम साधनको वर्णन गरीएको छ । जसले तीनै किसिमको तापलाई जरै देखि नास
गरीदिन्छ र परम सुखको प्राप्ति हुन्छ । जसले यसको शरण लिन्छ उसलाई अरु कुनै पनि
साधनको आवस्यकता पर्दैन । भाग्यमानी ब्यक्तिले जति वेला यस्लाई सुन्ने इच्छा गर्दछन्
भगवान् तत्कालै उसको हृदयमा आएर बस्नु हुन्छ ।।२।
निगमकल्पतरोर्गलितं फलं । शुकमुखाद् अमृतद्रवसंयुतम् ।
पिबत भागवतं रसमालयं । मुहुरहो रसिका भुवि भावुकाः । ३ ॥
हे रसको मर्म बुझ्ने भक्तजनहरू हो!
यो श्रीमद्भागवत वेदरूप कल्पबृक्षको पाकेको फल
हो । श्री सुकदेवरूप सुगाको मुखको सम्बन्धभएको हुँदा यो
परमानन्दमयी सुधाले परिपूर्ण छ । यस फलमा बोक्रा र बीयाँ आदि मिल्काउनु पर्नेकुरा
केहि छैन यो मुर्तिमान रस हो । जव सम्म शरीरमा चेतना हुन्छ तवसम्म यो दिब्य भागवतको
रस पान गरी राख, यो पृथ्वीमा सुलभ छ ।।३।।
नैमिषेऽनिमिषक्षेत्रे ऋषयः शौनकादयः ।
सत्रं स्वर्गायलोकाय सहस्रसममासत ॥ ४ ॥
एकपटक परमपुण्यमय क्षेत्र नैमिषारण्यमा शौनकादि ऋषिहरूले भगवान् प्राप्तिका
इच्छाले हजार वर्षमा पुरा हुने महायज्ञको अनुष्ठान गरे ।
एक दिन उनीहरूले विहांनी समयको अग्नीहोत्रादि कर्म सकेर सुतजीको पूजा गरे अनि
अग्लो आसनमा बसालेर प्रेमपूर्वक प्रश्न गरे
ऋषिहरूले भने–
त्वया खलु पुराणानि सेतिहासानि चानघ ।
आख्यातान्यप्यधीतानि धर्मशास्त्राणि यान्युत ।६ ॥
सूतजी! तपाईले सबै
इतिहास, पुराण र धर्मशास्त्रहरूको अध्ययन गनुभएको छ र
भलिभाति रूपमा व्याख्या पनि गर्नुहुन्छ ।
हे सभ्य ! यस कलियुगमा प्राय मानिसको आयु छोटो हुन्छ । साधनाहरू गर्नमा उनीहरूको इच्छा
हुदैन । मानिसहरू अल्छी, मन्दबुध्दि र स्मरण शक्ति पनि थोरै
हुन्छन् ।
शास्त्रहरू धेरैछन् तर निश्चित् साधन भएका छैनन्, त्यस्मा पनि धेरैप्रकारका कर्मको बारेमा
बताइका छन्, तीमध्दे कोहीको त एक अंस सुन्नमा पनि गारो छ । तपाई परोपकारी हुनुहुन्छ तसर्थ
तपाईको विचारले तिनिहरूको सार निकालेर प्राणीहरूको हामीहरूलाई सुनाउनुहोस् जसबाट
हाम्रो अन्तःकरणलाई सुध्दि मिल्दछ ।
हामी यस बारेमा सुन्न चाहान्छौं । तपाईले कृपा गरेर हामीलाई त्यसको बारेमा
वर्णनगर्नुहोस् कि भगवान्को अवतार त जीवको कल्याण र समृध्दिका लागि नै हो ।
यो कलियुग भनेको उत्साह शक्तिलाई नष्ट गराउने वाला हो । यसबाट पार पाउन गाह्रो
छ । जसरी समुन्द्र पार गर्नखोज्दा माझि मिल्दछ त्यसै गरी हामीहरूलाई पार लगाउनको
लागि ब्रह्माजीले तपाईलाई पठाउनु भएको हो ।
ब्रूहि योगेश्वरे कृष्णे ब्रह्मण्ये धर्मवर्मणि ।
स्वां काष्ठामधुनोपेते धर्मः कं शरणं गतः ॥
धर्म रक्षक, ब्राम्हणभक्त, योगेश्वर भगवान् श्रीकृष्ण यस धराधामलाई स्वधाम (वैकुण्ठ) जानुभएपछि धर्म कस्को शरणमा
गयो, हामीलाई बताउनुहोस् ।
द्वितीयोऽध्यायः
ऋषिहरूको यस्तो प्रश्न सुनेर रोमहर्षणका छोरा उग्रश्रवालाई वडो आनन्द लाग्यो ।
उनले ऋषिहरूको मंगलमय प्रश्नको अभिनन्दन गरेर भन्नथाले ।
सूत उवाच ।
यं प्रव्रजन्तमनुपेतमपेतकृत्यं
द्वैपायनो विरहकातर आजुहाव ।
पुत्रेति तन्मयतया तरवोऽभिनेदुः
तं सर्वभूतहृदयं मुनिमानतोऽस्मि ॥ २ ॥
सूतजीले भने –
जुनसमयमा श्री सुकदेवजीको यज्ञोपवीत संस्कार पनि भएको थिएन, लौकिक र वैदिक कर्मको अनुष्ठानको अवसर
पनि प्राप्त भएको थिएन, त्यतिवेला उनी एक्लै सन्यास लिने उद्येश्यले वनतिर जान लागेको देखेर उनका पिता
व्यासजीले पुत्र विरहले व्याकुल भएर भन्नलागे ए छोरातिमी कता
जानलाग्यौ । त्यति सम्पूर्ण सुकदेवकजीका
तर्फबाट त्यहाँ भएका रुख विरुवाहरूले उत्तर दिए । यस्ता वेला प्राणीहरूका आत्मामा
विराजमान हुनुभएका श्री सुकदेव मुनिलाई म नमस्कार गर्दछु ।
हे ऋषिहरु । अब म तिमीहरुलाई
श्रीमद्भागवतको बारेमा बताउदछु, ध्यान दिएर सुन ।
यो श्रीमद्भागवत अत्यन्त गोप्य र रहस्यात्मक पुराण हो । यो भागवत सम्पूर्ण
वेदको सार हो । सांसारिक विषयमा फसेका अनि यस घोर अन्धकारबाट पार पाउन चाहनेहरूको
लागि अध्यात्मिक तत्वको प्रकाश गराउने अद्वितीय दीपक ठुलाठुला ऋषिहरूका आचार्य व्यासजीका छोरा श्री
सुकदेवजीले वर्णन गर्नु भएको हो । म वहांकै शरण लिन्छु ।
नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम् ।
देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ॥ ४ ॥
मानिसहरूमा सर्वश्रेष्ठ भगवान्को अवतार नारायण ऋषिलाई, देवी सरस्वती र व्यासजीलाई नमस्कार गरेर
संसार र समस्त अन्तःकरणको विकारलाई बिजय गराउने श्रीमद्भागवतको पाठ गर्नुपदर्छ ।
ऋषिहरू! तपार्ईहरूले सम्पूर्ण विश्व कल्याणको लागि राम्रो प्रश्न
गर्नुभएको छ । किनकि यो प्रश्न भगवान् श्रीकृष्णको सम्वन्धमा छ । यस्ले पूर्णरूपमा आत्मालाई आनन्द
गराउछ ।
भगवान् श्रीकृण वासुदेव मा भक्ति हुनासाथ अनन्य प्रेमले वहांमा चित्त लगाउने
वितिक्कै निष्काम ज्ञान र वैराग्यको ज्ञान उत्पन्न हुन्छ ।
भोग विलासको फल केवल इन्द्रिय तृप्ति गराउन होइन जीवन निर्वाहको लागि मात्र हो
। जीवनको उद्देश्य तत्वज्ञानका लागि हो । धेरै कर्महरू गरेर स्वर्गादि फल प्राप्त
गर्नु जीवनको उद्देश्य होइन ।
तस्मादेकेन मनसा भगवान् सात्वतां पतिः ।
श्रोतव्यः कीर्तितव्यश्च ध्येयः पूज्यश्च नित्यदा ॥ !४ ॥
त्यसैले एकाग्रमनले भक्तवत्सल भगवान् को नित्यरूपमा श्रवण, कीर्तन, ध्यान र आराधना गनु पर्दछ ।
जसले गर्दा मन सत्वगुणमा स्थित हुनजान्छ निर्मल हुन्छ त्यसैले मानिसले आनन्द
संग भगवान् श्रीकृष्णमा प्रेमपूर्वक भक्ति गर्दछन् भने यसै बाट आत्मज्ञान प्राप्ति
हुन्छ ।
तीर्थहरुको सेवा गर्नाले सन्त महात्माहरुको सेवा गर्नाले भगवत्कथामा रुचि
उत्पन्न हुन्छ । प्राचीन कालमा महात्माहरुले विशुध्द सत्वमय भगवान् विष्णुको आराधना
गर्दथे ।
वेदहरुको तात्पर्य र योगादि सम्पूर्ण कार्यहरुको धेय भगवान् श्रीकृष्ण नै
हुनुहुन्छ । ज्ञान भगवान् श्रीकृष्णको प्राप्तिनिम्ति नै हो । तपस्या भगवान्
श्रीकृष्णको प्रसन्नतानिम्ति
नै हो । भगवान् श्रीकृष्ण प्राप्तिका लागि नै सम्पूर्ण धर्मको अनुष्ठान
गरिन्छ । सम्पूर्ण गतिहरु अन्त्यमा भगवान् श्रीकृष्णमै गएर विलिन हुन्छ । हुन त
भगवान् श्रीकृष्ण प्रकृति र त्यसका गुणहरुदेखि पर हुनुहुन्छ तर पनि आफ्ना गुणमी मायाद्व्वारा उहाँले नै यस
संसारको रचना गर्नुहुन्छ
तृतीयोध्यायः भगवाका अवतारहरुको वर्णन ।
सूतजी भन्नुहुन्छ ।
प्रकृतिका सत्व, रज र तम आदि तीन गुण छन् । यसैलाई स्विकारेर अद्वितीय परमात्माले सृष्टि, स्थिति र पालनाका लागि ब्रम्हा, विष्णु र शिवरूप धारण गर्नुहुन्छ तापनि मानिसको
कल्याणको लागि सत्वगुणको स्विकार भने श्री विष्णुले गर्नुहुन्छ ।
सृष्टिको आदिमा भगवान्ले लोकको निर्माण गर्ने इच्छा गर्नुभयो र महतत्व आदि
पुरुषरूप धारण गर्नु भयो जसमा दस इन्द्रिय एक मन र पाँच महाभूतको सोह्र कला थियो ।
त्यतिबेला वहां जलमा सयन गर्नु भएको थियो त्यस अवस्थामा वहांको नाभिसरोवर बाट
एउटा कमल प्रकट भयो । त्यै कमलमा प्रजापतिका अधिपति ब्रम्हा प्रकट हुनुभयो ।
भगवान्ले त्यो आफ्नो विराट अङ्ग मा सबै लोकको कल्पना गर्नुभयो । त्यो भगवान्को
विशुध्द सत्वमय रूप थियो ।
इन्द्रवंशा
पश्यन्त्यदो रूपमदभ्रचक्षुषा
सहस्रपादोरुभुजाननाद्भुतम् ।
सहस्रमूर्धश्रवणाक्षिनासिकं
सहस्रमौल्यम्बरकुण्डलोल्लसत् ॥ ४ ॥
योगी महात्माहरू आफ्ना दिव्य दृष्टिले भगवान्को त्यो रूपको दर्शन गर्दछन् ।
भगवान्को त्यो रूपमा हजार हात, हजार खुट्टा र मुख ले गर्दा अन्त्यन्त विलक्षणको थियो । जस्मा हजार सिर, हजार कान, हजार आँखा, र हजार नाक थिए । हजार मुकुट हरु थिए । त्यस्तै
कपडा र कुण्डल आदि गहनाहरूले वहाँको रुप शोभायमान थियो ।
उनै प्रभुले सबभन्दा पहिला कौमार सर्गमा सनक, सनन्दन, सनातन र सनतकुमार आदि गरीएका चार वटुक
ब्राम्हणको रूपमा अवतार लिनुभयो र अखण्ड ब्रम्हचर्यको पालना गर्नुभयो ।
दाश्रोपटक संसारको कल्याणका लागि वराहरूप धारणा गरेर रसातलामा डुबेकी पृथ्वीको
उध्दार गर्नु भयो ।
देवर्षि नारदको रूपमा तेश्रो अवतार धारण गर्नुभयो जसले सास्वत तन्त्र , नारद पञ्चरात्रको उपदेश दिनुभयो ।
धर्मपत्नी मुर्तीको गर्भबाट वहांले नरनारायणको रूपमा चौथो अवतार लिनु भयो
पाँचौ अवतारमा सिध्द स्वामी कपिलदेवका रूपमा प्रकट हुनुभयो शांख्यशास्त्रको
उपदेश गर्नुभयो ।
छैटौ अवतारमा अत्रिका सन्तानका रूपमा दतात्रेय हुनुभयो ।
सातौ पटक रुचि प्रजापतिकी पत्नी आकुतीबाट यज्ञ भगवान्को रूपमा अवतार लिनुभयो
नाभि राजाकी पत्नी मेरुदेवीबाट ऋषभदेव नाम लिएर आठौ अवतार लिनुभयो
ऋषिहरूको प्रार्थनाका कारण नवौं अवतारमा पृथु अवतार लिएर अवतिर्ण हुनुभयो ।
त्यतिबेला वहाँले विभिन्न औषधीहरुको दोहन गर्नुभयो ।
भगवान्ले दशौं अवतारमा मत्स्यावतार धारण गर्नुभयो
देवता र दैत्यहरू मिलेर समुद्र मन्थन गर्न लागेका समयमा एघारौं अवतारमा
कक्षपरूप धारण गरेर मन्दराचललाई आफ्नो पिठयुंमा राख्नुभयो ।
बाह्रौ अवतारमा धन्वन्तरिका रूपमा समुद्रबाट अमृत लिएर प्रकट हुनुभयो । अनि
तेह्रौ अवतारमा मोहनीरूप धारण गरेर दैत्यलाई मोहित पार्दै देवताहरूलाई अमृत
पिलाउनु भयो ।
चौधौं अवतारमा नृसिंहरूप धारण गर्नु भयो र आफ्ना नंग्राले अत्यन्त बलवान
हिरण्यकसिपुको छाती च्यात्नुभयो ।
पन्द्रौ अवतारमा वामनरूप धारण गरेर दैत्यराज वलिको यज्ञमा जानुभयो र तीन पाउ
जमिन माग्नुभयो ।
सोह्रौं अवतारमा प्रशुराम हुनुभयो । एक्काइस पटक क्षेत्रीयहरुको नाश गर्नुभयो
।
सत्रौं अवतारमा परासरद्वारा सत्यवतिको गर्भबाट व्यासरूपले अवतिर्ण हुनुभयो ।
त्यस वेलावहांले मानिसहरूको स्मरण शक्तिकालाई विचार गरेर वेदरूप वृक्ष को विभिन्न
शाखाहरू वनाउनुभयो ।
अठारौं अवतारमा देवताहरूको कार्य सिध्दगर्ने इच्छाले रामावतार लिनुभयो
उडाइसौं र विसौं अवतारमा यदुवंशमा वलराम र श्रीकृष्ण नामले अवतिर्ण हुनुभयो र
पृथ्वीको भार हर्नु भयो ।
त्यसपछि बुध्दावतार हुनेछ ।
कलियुगको अन्त्य समयमा राजाहरू लुटेरा हुनेछन्, त्यस वेला लोकको रक्षा गर्न यश नाम गरेका
ब्राम्हणको घरमा भगवान् कल्कि अवतार लिएर अवतिर्ण हुनु हुनेछ ।
अरु जति अवतारहरू छन् ति सबै भगवान्को अंशावतार र कलावतार हुन तर भगवान्
श्रीकृष्ण ता स्वयं भगवान् हुनुहुन्छ । जव दैत्यहरूको अत्याचार बढ्दछ तव युगयुगमा
भगवान् बिभिन्न अवतार धारण गरेर आउँनु हुन्छ ।
उपेन्द्रवज्रा
स वा इदं विश्वममोघलीलः
सृजत्यवत्यत्ति न सज्जतेऽस्मिन् ।
भूतेषु चान्तर्हित आत्मतंत्रः
षाड्वर्गिकं जिघ्रति षड्गुणेशः ॥ ३६ ॥
भगवान्को लीला अमोघ छ । उनले लीलाबाट नै यस संसारको सृष्टि, स्थिति र संहार गर्दछन् । तापनि उनीमा
अलिकति पनि यसमा आशक्ति हुदैन । प्राणीहरूको अन्तःकरणमा रहेर पाँच ज्ञानेन्द्रिय र
मनको नियन्ताको रूपमा ती विषयको ग्रहण पनि गर्दछन् । तर फेरी ती विषयबाट अलग
रहन्छन किनकि उनी स्वतन्त्र भएकाले कुनै विषयमा लिप्त हुदैनन ।
सूतजीले यसरी बताए ।
चौथो अध्यायः व्यासजीको असन्तोष
सूतजीको यस्तो कुरा सुनेर लामो यज्ञमा जुटेका बयोबृध्द शौनकजीले उनको प्रशंसा
गर्दे भन्नलागे ।
हे सूतजी! तपाई श्रेष्ठवक्ता हुनुहुन्छ र धेरै भाग्यमानी पनि हुनुहुन्छ । अब भगवान्
सुकदेवले जुन कथा भन्नु भएको थियो, त्यहि भगवान्का पवित्र कथा तपाईले हामीलाई सुनाउनुहोस ।
कस्मिन् युगे प्रवृत्तेयं स्थाने वा केन हेतुना ।
कुतः सञ्चोदितः कृष्णः कृतवान् संहितां मुनिः ॥ ३ ॥
त्यो कथा कुन कालमा कहाँ रु र कसका लागि भनिएको थियो रु मुनिवर !
कृष्ण द्वैपायनले कस्को प्रेरणाले यस भागवत
संहिताको रचना गर्नुभयो र पाण्डवका नाती
राजा परीक्षितको यी सन्त सुकदेवसंग कसरी भेट भयो र भागवतकथा सुने ? परीक्षित भगवान्का परमभक्त हुन, त्यसैले उनको जन्म कर्मको बारेमा पनि
हामीलाई सुनाउँनुहोस ।
सूतजी! हामीले सुनका छौ
कि अभिमन्युका छोरा परीक्षित भगवान्का प्यारा भक्त थिए उनको जन्म कर्मका बारेमा
पनि बताउनुहोस । उनले कुन कारणले सब राजपाठ त्यागेर गङ्गाको किनारमा मृत्यु
पर्यन्त अनसन ब्रत लिएर बसे ? ।
हे सूतजी वेदवाणी छाडेर तपाई सब सास्त्रका विद्वान हुनुहुन्छ, त्यसैले अहिले हामीले जे सोधेका छौं
कृपा गरेर त्यसका बारेमा सबै
बताउनुहोस् ।
सूतजीले भने—
हे ऋषिहरु हो यो अहिले चार युगको
तेश्रो द्वापर युगमा महर्षि परासरद्वारा वसुकन्या सत्यवतीको गर्भबाट भगवान्
कलावतार व्यासजीको जन्म भयो ।
एक दिन उनै ब्यासजी सूर्योदयको समयमा सरस्वतीको पवित्र जलले स्नान गरेर एकान्त
स्थानमा बसेका बखतमा । उहाँले सबै वर्ण र आश्रमीहरूको हित कसरी हुन्छ भन्ने विचार
गर्नुभयो ।
व्यासले ऋक, यजु, साम र अथर्व यी चारवेदलाई पृथक पृथक गर्नु भयो, इतिहास र पुराणलाई पाँचौ वेद भनिन्छ ।
त्यसैगरी सबैको कल्याण होस् भन्ने विचार गरेर ठुलो कृपा गरेर महाभारत इतिहासको
रचना गर्नुभयो । तर यति गर्दापनि वहांको मन सन्तोष भएन ।
यसरी व्यासजी आफुलाई अपूर्ण मानेर खिन्न मानेर बसिरहेको अवस्थामा त्यस आश्रममा
नारदजी आइपुग्नु भयो । व्यासजीले नारदजीलाई देखेर व्यासजीले उठेर विधिपुर्वक स्वागत र पूजा गर्नुभयो त्यसपछि नारदजीले सोध्नुभयो –
हे भाग्यमानी व्यासजी ! तपाई आफ्नो मन र
शरीरद्वार गरीएको कर्मबाट सन्तुष्ट नै हुनुहोला ?
अवस्यपनि तपाईको इच्छा पूर्ण भयो होला किनकि तपाइले रचना गर्नु भएको महाभारत
ग्रन्थ धर्म सहित सबै रचनाहरू सबै कुराले परिपूर्ण छ र अनुपम पनि छ ।
नारदजीको यस्तो कुरा सुनेर व्यासजी मनमा खिन्न मान्दै भन्नुहुन्छ भन्नुहुन्छ –
उपेन्द्रवज्रा
अस्त्येव मे सर्वमिदं त्वयोक्तं
तथापि नात्मा परितुष्यते मे ।
तन्मूलमव्यक्तमगाधबोधं
पृच्छामहे त्वात्मभवात्मभूतम् ॥ ५ ॥
हे नारदजी तपाईले मेरो विषयमा जे भन्नुभएको छ त्यो सबै ठिकै हो । हेर्नु होस
मैले कलिजनका मानिसको हीनका लागि धेरै शास्त्र हरु लेखें तर यति गर्दा पनि मेरो मन
सन्तुष्ट छैन । यसको कारण के हो पत्ता पाउंन सकिन । तपाई ज्ञानको भण्डार हुनुहुन्छ
। तपाई साक्षत ब्रम्हाजीका मानस पुत्र हुनुहुन्छ । त्यसैले यसको कारण के हो
तपाईसंग नै सोध्छु ।
नारदजीले भन्नुभयो –
हे व्यासजी तपाईले धेरै शास्त्रहरु त लेख्नुभयो तर भगवान्को निर्मल यसको
बारेमा वर्णन गर्नुभएको छैन जसबाट भगवान् प्राप्ति हुदैन त्यो ज्ञान अपुरो नै
हुन्छ ।
तपाइले धर्म आदिका बारेमा जति वर्णन गर्नु भयो तर त्यसमा श्रीकृष्णको महिमाको
बारेमा वर्णन गर्नु भएको छैन ।
न यद् वचश्चित्रपदं हरेर्यशो
जगत्पवित्रं प्रगृणीत कर्हिचित् ।
तद्वायसं तीर्थमुशन्ति मानसा
न यत्र हंसा निरमन्त्युशिक्क्षयाः ॥
हेर्नुहोस व्यासजी, रस, भाव, र अलंकारले जतिसुकै युक्त भएको भएपनि श्रीकृष्णको यशको बारेमा वर्णनछैन भने
कौवाको लागि उच्छिस्ट स्थान जस्तै अपवित्र मानिन्छ । मानसरोवरको पद्मवनमा विहांर
गर्नै हाँस जसरी फोहोर ठाँउमा रमाउदैनन त्यस्तै ब्रम्हधाममा विहांर गर्ने भगवान्
चरणारविन्दाश्रीत परमहंस भक्त कहिले पनि त्यसमा रमाउदैन । त्यसैले तपाई भगवान्को लीलाहरूको वर्णन
गर्नुहोस् ।
पाँचौं नारदजीको पूर्वचरित्र
नारदजीले भन्नुभयो हे व्यासजी!
तपाईको दृष्टि अमोघ छ । तपाई स्वयं कलावतार
हुनुहुन्छ । अजन्मा भएर पनि जगतको कल्याण गर्नका लागि तपाईको जन्म भएको हो ।
त्यसैले तपाईले विशेषरूपले भगवान्को लीलाहरूको वर्णन गर्नुहोस् ।
विद्वानहरूले यसकुराको बारेमा निरूपण गरेका छन् कि मानिसको लागि तपस्या, वेदाध्यायन, अनुष्ठान, स्वाध्याय, ज्ञान र दानको एक मात्र उद्देश्य भनेको पुण्यकिर्ति
श्रीकृष्णको लीला र गुणको बारेमा वर्णन गर्नु हो ।
हे मुनि! हे मुनि अब यस विषयमा मेरो आफ्नै कथा सुन्नुहोस । कुरा के हो भने पहिलो कल्पमा
अघिल्लो जन्ममा म वेदवादि ब्राम्हणको दासीको छोरा थिएं । मेरो
वाल्यकालमै वर्षा ऋतुको समयमा चतुर्मास भईरहेको ठाँउमा योगीको सेवाको लागि भर्ना
गरीएको थियो ।
त्यस वेलाम वालकै थिएं । म मा कुनै चन्चलपन थिएन । म ज्ञानी भएको हुँदा खेलवाड
बाट टाढै थिएं त्यसैले आज्ञा अनुसार ती योगीहरूको सेवा गर्दथें । म धेरै कम
बोल्दथे । मेरो यस्तो स्वभावले गर्दा ति समदर्शक मुनिहरूले म सेवक माथि ठुले दया
गरे ।
उनीहरूको आज्ञाले भाँडामा भएका जुठा बाँकी खानेकुराहरू खाने गर्दथें त्यसले
गर्दा मेरो सबै पापहरू पखालिन गयो । उनीहरूको सेवा ले गर्दा मेरो हृदय पनि सुध्द
भयो र अरुले भजन गरेको देखेर मेरो पनि भजनमा रुचि बढ्न गयो ।
हे महामुनि! त्यहाँ ती लीला, गान, पारायण र माहात्माहरूको अनुग्रहले गर्दा सधैभरि
श्रीकृष्णको लीला कथाहरू सुन्न थालें । श्रध्दापूर्वक श्रवण गर्दा मेरो भगवान्
प्रति रुचि बढ्न गयो ।
त्यहि उपदेशका कारणले जगतका निर्माता भगवान् श्रीकृष्णको मायाको प्रभाव मैले
जान्न सकें । जसलाई जानेपछि परमपद प्राप्ति हुन्छ ।
हे ब्रम्हन! जव मैले यसप्रकार भगवान्को आज्ञाको पालना गरे त्यसपछि यी सबै कुराको बारेमा
जानेर नै मलाई भगवान् श्रीकृष्णले आत्मज्ञान, ऐश्वर्य र भावरूपा प्रेमभक्ति दान दिनुभयो ।
छैटौं अध्याय नारदजीको पूर्व चरित्रको शेषभाग
नारदजीको यस्तो कुरा सुनेर व्यासजीले वहाँलाई सोध्नुभयो–
हे नारदजी! ती तपाईलाई ज्ञान र उपदेश दिने महात्माहरू गएपछि तपाईले के गर्नुभयो रु त्यस
समयमा तपाई ता बालकै हुनुहुन्थ्यो ।
नारदजीले भन्नुभयो– व्यासजी
मलाई ज्ञान उपदेश दिने महात्माहरू गएपछि मैले आफ्नो जीवन विताउन लागे त्यति वेला
म सानै उमेरको थिएं ।
म आमाको एउटा मात्र छोरा थिएं । मेरी आमा एक त स्त्री त्यसमा पनि अज्ञानी र
दासी थिइन् । मेरो स्यहार सुसार गर्ने पनि आमा बाहेक अरु कोही पनि थिएन । उनी पनि
मेरै मायामा रहेकी थिइन् ।
उनी मेरो वारेमा धेरै चिन्ता गर्दथीन् तर अर्काकी दासी भएका कारण मलाई राम्रो
हेरविचार गर्न पाउदैन थिइन । जसरी कठपुतली अरुको इच्छा अनुसार नाच्दछ त्यसैगरी यो
सबै संसार भगवान्को इच्छा हो ।
म पनि आफ्नी आमाको माया वन्धनमा रहेर त्यहि ब्राम्हण वस्तिमा बस्दथें । त्यस
वेलामेरो उमेर पाँच वर्षको थियो । मलाई बाहिरी संसार, देशकाल आदिको बारेमा केहि थाहा थिएन ।
एक दिनको कुरा हो, मेरी आमा रातको समयमा गाई दुहुन भनेर बाहिर निस्केको बेलामा उनको खुट्टाले
सर्पलार्इ कुल्चन पुग्यो अनि त्यहि सर्पले मेरी डस्यो, हुन त सर्पको कुनै दोश होइन तर मेरी
आमाको मृत्यको कारण वन्यो ।
त्यस वेला मैले यो भगवान्को अनुग्रह हो भन्ने विचार गरें । त्यसपछि म त्यो
बस्ति छाडेर उत्तर दिशातिर लागे ।
त्यस दिशाको बाटोमा मैले धन–धान्यले युक्त भएको देश, नगर र गाँउ बस्तिहरू, नदीनालाहरू, पर्वत, वन, उपवन र पाहाडहरू देखें । त्यसैगरी त्यस जंगलमा सर्प, उल्लु, शेर आदि गरीएका ठुलाठुला हिश्रक जीवहरू थिए ।
जंगल देख्दैमा भयंकर थियो ।जंगलको लामो हिड्दै गर्दा थकाईले इन्द्रियहरू सिथिल भयो
भने भोकप्यासले सताएको थियो त्यसैले नजिकैको नदीमा गएर स्नान र आचमनादि गरेर प्यास
मेटाएं । त्यसपछि मेरो थकाई कम भयो ।
त्यसै जंगलको विचमा रहेका पिपलको फेदमा आशन जमाएर बसें । मैले पैले
महात्माहरूले भगववान्को स्वरुपको बारेमा भन्नु भनेको कुरा सुनेको थिए त्यसबेला
मैले आफ्नो हृदयमा विराजमान हुनुभएका परमात्माको मनमनै ध्यान गर्नलागें ।
ध्यानका क्रममा भक्तिभावले विभोर भएको चित्तद्वारा विस्तारै विस्तारै हृदयमा
भगवान्को स्वरुपको दर्शन पाउँन लागे । तर दर्शन पाउँदा पाउदै त्यतिकैमा त्यो
स्वरुप हरायो ।
मैले फेरी पनि त्यो स्वरूपको दर्शन गर्न खोजे पटक पटकको प्रयास गर्दापनि मैले
पूनः दर्शन पाउँन सकिन र म अतृप्त झैं भएर व्याकुल भएँ ।
यसरी त्यो घनघोर जंगलमा मेरो यस्तो किसिमको प्रयास देखेर भगवान्ले मेरो चिन्ता
र शोकलाई शान्त गराउदै मधुर स्वरमा भन्नुभयो ।
हे बालक ! हेर विस्मात छ! किनकि तिमीले यस जन्ममा मेरो दर्शन गर्न
पाउंन सक्तैनौ । जसको वासना पूर्णरूपमा नष्ट भैसकेको हुदैन त्यस्तो
अधकल्चो महात्माले मेरो दर्शन पाउंन अत्यन्तै कठिन छ ।
हे निष्पाप वालक ! छोटो समयको सन्तहरूको सेवाले नै तिम्रो चित्तवृत्ति म मा स्थिर भैसकेको छ । अव
तिमी छिट्टै नै यो प्रकृतियुक्त शरीरलाई त्याग गरेर मेरो पार्षद हुनेछौ ।
मलाई प्राप्त गर्ने तिम्रो त्यो अटल दृढ निश्चय छ त्यो खेर जानेछैन । यो सारा जगतको
प्रलय हुँदा पनि मेरा कृपाले मेरो संझना भइरहने छ ।
आकाश समान अव्यक्त सर्व शक्तिमान परमात्माले यसो भनेर चुप हुनुभयो ।
हे व्यासजी जब मैले यस्तो प्रकारको वाणि सुनें तब म आनन्द संग कालको प्रतिक्षा
गर्दै पृथ्वीमा डुल्न लागें ।
आरब्धकर्मनिर्वाणो न्यपतत् पांचभौतिकः ॥ २९ ॥
केहि समय पछि, अकस्मात विजुली चम्के झैं मेरो मृत्युको समय आयो अनि मलाई भगवद्प पार्षद शरीर
प्राप्त हुने समय आएकोले प्रारब्धकर्मको समाप्त भयो अनि यो पाञ्चभौतिक शरीर पनि
नष्ट भयो ।
त्यसपछि म भगवान्को कृपाले वैकुण्ठलोक लगायत तीनैलोकमा विना रोकतोक आउने जाने
गर्छु । मेरो यो जीवनमा भगवान्को भजनरूप ब्रत नियमित भैरहन्छ ।
नारदजी भन्नुहुन्छ । व्यासजी!
तपाई निष्पाप हुनुहुन्छ तपाईले मेरो बारेमा
सोध्नुभएको जन्म र साधनाको रहस्य तपाईको आत्म सन्तुष्टिका लागि बताइदिएं ।
यता सूतजी भन्छन् –
हे शौनकादि ऋषिहरू हो! देवर्षि नारदजीले व्यासजीलाई यसो भनेर त्यहाँबाट जाने अनुमति लिएर स्वच्छन्द
हिसावले वीणा बजाउदै हिडे ।
सूतजीको यस्तो कुरा सुनेर शौनकजीले सोधे –
हे सूतजी! नारदजीको कुरा सुनेर त्यसपटि ब्यासजीले के गर्नु भयो त्यो
सबै हामीलाई बताउनु होस ।
सूतजी भन्छन् –
नारदजी जानु भएपछि सर्वज्ञ भगवान् व्यासजीले भक्तियोगद्वारा आफ्नो मनलाई
एकाग्र गर्दे आदि पुरुष परमात्मा र वहांकै आश्रयमा रहने मायालाई देखे ।
किनभने यो अनर्थको च्छेदन गर्ने साधन भनेको त भगवान्को भक्ति योग हो । तर
संसारका जनहरू यस कुरालाई बुझ्दैनन्, यस्तो संझेर भगवन् व्यासजीले यो परमहंस संहिता
भागवतको रचना गरे ।
व्यासजीले यो भागवत शास्त्रको रचना गरेर यसलाई लोक समक्ष ल्याउने मनशायले
सबभन्दा पहिला आफ्ना निवृत्तिपरायण पुत्र सुकदेवजीलाई सुनाए ।
सूतजी भन्दछन् शौनकजी! अव म परीक्षित को जन्म, कर्म र मोक्ष तथा पाण्डवहरूको स्वर्गारोहणको
कथा सुनाउदछु । यसैबाट भगवान् श्रीकृष्णका अनेक लीला र कथाहरूका बारेमा थाहा हुन्छ
।
सातौं अध्याय
अश्वत्थामाद्वारा द्रौपदीका छोराहरुको हत्या र अर्जुनद्वारा उनको मानमर्दन
यदा मृधे कौरवसृञ्जयानां
वीरेष्वथो वीरगतिं गतेषु ।
वृकोदराविद्धगदाभिमर्श
भग्नोरुदण्डे धृतराष्ट्रपुत्रे ॥
सूतजी भन्दछन् हे ऋषिहरु !
जस समयमा महाभारत युध्दमा कौरव र पाण्डव
दुवैतिर धेरै वीरहरूले वीरगति प्राप्त गरीसकेका थिए भीमशेनको गदाले दुर्योधनको तिघ्रा छुट्टिसकेको थियो, त्यस वेला अस्वत्थामाले आफ्ना स्वामी दुर्योधनलाई खुसी गराउने विचार गरेर
सुतिरहेका द्रौपदीका छोराहरूको शिर छेदन गरेर दुर्योधनलाई दिए । यो कार्य
दुयोधनलाई पनि अप्रिय लागेको थियो । उसको यस्तो नीच कार्यको सबैले निन्दा गरे ।
यता देवकी आफ्ना
छोराहरूको मृत्युको कारणले दुःखीत भइन् । उनको आँखामा आँसु झर्नथाल्यो, रुन लागिन् । अर्जुनले उनलाई सान्त्वना
दिदै भने ।
हे कल्याणी! हेर म आफ्नो यो गाण्डिव धनुले त्यो आततायी, अधम ब्राम्हणको शिर छेदन गरेपछि मात्रै तीम्रो आँसु पुच्छ्नेछु र छोराहरूको
अन्तेष्टी कृया गरेपछि तिमीले त्यसको टाउको माथि खुट्टा राखेर स्नान गर्नेछ्यौ ।
अर्जुनको यस्तो कुराले द्रौपदीलाई केहि सान्त्वना दियो अनि भगवान् श्रीकृष्णका
सल्लाहले श्रीकृष्णलाइ नै सारथी वनाएर भयानक गाण्डीव धनु लिएर रथमा बसेर अर्जुन
आफ्ना गुरूपुत्र अस्वत्थामा तिर जाइलागे ।
वालकको हत्याले गर्दा अश्वत्थामाको मन खिन्न भएको थियो । त्यस वेला उसले
टाढैबाट देख्यो कि अर्जुन उसलार्ई लखेट्दै आइरहेका छन् त्यसपछि उ रुद्रका डरले यम
भागे झैं भाग्यो । आफनो रथका घोडा थाक्न लागेको देखेर विचार ग¥यो, म एक्लै छु अव बच्ने उपाय भनेको ब्रम्हास्त्र
नै हो भन्ने सोच्यो ।
तर उसलाई ब्रह्मास्त्र फर्काउने तरिकाको ज्ञान भने थिएन । तापनि प्राण शंकटमा
पर्न आएकोले आचमन गरेर ध्यान गर्दै अर्जुन पटि ब्रह्मास्त्र प्रहार ग¥यो ।
अब त्यो अस्त्रको प्रचण्ड तेज सबै दिशामा फैलन लाग्यो ।
अर्जुनले त्यो देखेर विचार गरे अव त्यो ज्वाला मेरै प्राण लिन म पटि आईरहेछ, यसपछि अर्जुनले श्रीकृष्ण्को प्रार्थना
स्तुति गरे ।
कृष्ण कृष्ण महाबाहो भक्तानामभयङ्कर ।
त्वमेको दह्यमानानां अपवर्गोऽसि संसृतेः ॥ २२ ॥
हे कृष्ण तपार्ई सचिदानन्द परमात्मा हुनुहुन्छ । तपाईको शक्ति अनन्त छ । हजूर
आफ्ना भक्तलाई अभय दिनुहुन्छ । जो संसाररूप विषयको आगोमा जलिरहेका छन् त्यस्ता
जीवलाई उध्दार गर्ने एकमात्र हजूर नै हो ।
हे स्वयंप्रकाश स्वरूप श्रीकृष्ण!
यहाँ मेरो अगाडि डरलाग्दो तेज आउदैछ, यो के हो रु कहाँबाट आउदैछ रु यसबारे मलाई केहि थाहा छैन यो तेजले ता सारा
संसारलाई नै भस्म पार्ला जस्तो छ । हे प्रभो अब यसबाट बच्ने उपाय के हो ?
अर्जुनको यस्तो कुरा सुनेर श्रीकृष्ण भगवान्ले भन्नुभयो –
हे अर्जुन! यो अश्वत्थामाले प्रहार गरेको ब्रम्हास्त्र हो । तिमीले यो जान कि
अश्वत्थामाले उसको प्राण शंकट परेकाले यसको प्रयोग ग¥यो तर उसलाई फर्काउन आउदैन । अब तिमीले
नै यसलाई फर्काउ ।
त्यो अग्निले लोकलाई नष्ट गर्न लागेको देखेर भगवान्को आज्ञाले अर्जुनले दुवै
ब्रम्हास्त्रलाई फर्काए ।
अर्जुनका आँखा रिषले रातो रातो भएको थियो । उनले उफ्रेर त्यस क्रुर
अश्वत्थामालाई पक्रेर पशुलाई झै डोरीले बाधे ।
अर्जुनले अश्वत्थामालाई बाधेर शिविरमा लिएर जानलागे । त्यस वेला भगवान्
श्रीकृष्णले अर्जुनलाई भन्नुभयो ।
अर्जुन! यस अधम ब्राम्हणलाई छाड्नु हुदैन यसलाई त मार्नै पर्छ । यसले रात्रीका विचमा
सुतिरहेका निरापराध वालकहरूको हत्या ग¥यो ।
हेर धर्मवेत्ता पुरुषले असावधान, मदिरा पिएका, पागल, सुतेका वालक,स्त्री, विवेकसुन्य, शरणागत, र डराएकालाई कहिल्यै मार्न हुदैन भनि बताएका छन
। फेरी मेरा अगाडि जसरी तिमीले द्रौपदी संग प्रतिज्ञा गरेका थियौ कि उसको शिर
गिढेर ल्याउछु ।
यो पापी कुलंङ्गार आततयीले तिम्रा छोराहरूको हत्या मात्रै गरेन दुर्याेधनलाई
पनि दुःखी वनायो, त्यसैले हे अर्जुन यसलाई मारिहाल ।
भगवान् श्रीकृष्णले परीक्षा लिन यसोभन्नु भएको थियो तर अर्जुनको हृदय पवित्र
थियो । अश्वत्थामाले आफ्ना छोराहरूको हत्या गरेको भएपनि गुरुपुत्र थिए , त्यसैले उनले गुरु पुत्रको हत्या गर्न चाहेनन्
।
त्यसपछि अर्जुन आफ्ना साथी श्रीकृष्ण संगै शिविरमा गए त्यहाँ आफ्ना छोराहरूको
मृत्युको कारण शोक गरीरहेकी द्रौपदीलाई लगेर अश्वत्थामा सुम्पे ।
तथाहृतं पशुवत्पाशबद्धं
अवाङ्मुखं कर्मजुगुप्सितेन ।
निरीक्ष्य कृष्णापकृतं गुरोः सुतं
वामस्वभावा कृपया ननाम च ॥ ४२ ॥
द्रौपदीले अश्वत्थामालाई पशु झै बाधिएको अवस्थामा उसका निन्दित कार्यका कारण
उसको शिर झुकेको देखिन । आफु प्रति निन्दित कार्य गर्ने गरूपुत्र अश्वत्थामाको
यस्तो अपमानित अवस्था देखेर उनलाई दयालाग्यो । अनि अश्वत्थामालाई नमस्कार गरीन् ।
गरूपुत्रलाई यसरी बाधेर ल्याएकोमा दुःखीत भइन् । अनि द्रौपदी ले अर्जुन पटि हेर्दै
भनिन् यीनलाई छोडिदेउ, छोडिदेउ । यी ब्राम्हण हुन अनि जसको कृपाले तपाईले धनुर्वेद प्रयोग सहित
उपसंहार आदि शास्त्रहरूको ज्ञान सिक्नु भयो उनै आचार्य द्रोणकापुत्रका रूपमा यहा
आज हाम्रा अगाडि बाँधिएर उभिएका छन् ।
जसरी तपाई र म हाम्रा बालकहरू मारिनाले दुःखी भएर रोइरहेका छौ त्यसरी नै यिनकी
आमा पतिब्रता गौतमी नरोउन ।
सूतजीले भने –
हे शौनकादि ऋषिहरू! द्रौपदीको कुरा धर्म र न्यायका लागि थियो उनीमा कपट थिएन दया र ममता थियो
त्यसैले राजा युधिष्ठिरले रानीको त्यस्तो हितकारी कुरा सुनेर
अभिनन्दन गरे ।
तर त्यहाँ भीमसेनले रिसाउदै भने द्रौपदी के भनेको तिमीले हेर “जसले सुतेको बच्चाहरू न आफ्ना लागि न मालिकका
लागि, व्यर्थैमा मा¥यो उसलाई मार्नु
नै राम्रो हुन्छ ।
यता भगवान् श्रीकृष्णले द्रौपदी र भीमसेन दुवैको कुरा सुनेर अर्जुन पटि फर्केर
हास्दै भन्नुभयो ।
ब्रह्मबंधुर्न हन्तव्य आततायी वधार्हणः ।
मयैवोभयमाम्नातं परिपाह्यनुशासनम् ॥ ५३ ॥
भगवान् भन्नुहुन्छ –
पतित भएपनि ब्राम्हणको हत्यागर्न हुदैन र आततायीलाई मार्नै पर्छ, छाड्न पनि हुदैन सास्त्रमा मैले यी दुई
कुरा भनेकोछु । त्यसैले मेरो दुवै आज्ञाको पालन गर।
अर्जुनले भगवान्को मनको कुरा बुझिहाले अनि आफ्नो तरवारले अश्वत्थामाको सिरको
मणि र कपाल मुण्डन गरेर उसलाई शिविरबाट निकालिदिए ।
कपाल मुडिदिनु, धनहरण गर्नु, र स्थानबाट बाहिर निकाल्नु अधम ब्राम्हणको बध सरह नै हो । त्यस्ताका लागि
अर्को शारीरिक बधको बिधान छैन ।
यता छोराको मृत्युले द्रौपदी र सबै पण्डव परिवार शोकमा थिए पछि उनीहरूले मरेका
छोराहरूको दह संस्कार र अन्त्येष्टि कृया गरे
अष्टमोध्यायः गर्भमा परीक्षितको रक्षा कुन्तीद्वारा भगवान्को स्तुति
युधिष्ठिरको शोक ।
सूतजीले भने – हे शौनकादि ऋषि हो
त्यसपछि पाण्वहरू युध्दमा मरेका आफन्तहरूलाई तर्पण पानी दिने इच्छाले
श्रीकृष्णका साथ आइमाईहरूलाई अगाडि लगाएर तर्पण गर्न भनि गङ्गा तीरमा गए । त्यहाँ उनीहरूले
मरेका वन्धुवान्धवहरूलाई जलदान गरेर मरेकाहरूको स्मरण गर्दै धेरै विलाप गरे
त्यसपछि भगवान्को चरणकमलको धुलोले पिवत्र गङ्गाजलमा स्नान गरे ।
त्यहाँ भगवान् श्रीकृष्णले सबैलाई सान्त्वना दिनुभयो त्यसपछि अजात सत्रु
महाराज युधिष्ठिरलाई अघि दुष्टहरूले हरेका राज्यहरू फिर्ता गराउनुभयो । द्रौपदीको
चुल्ठो समाउनाले आयु क्षिणभएका दुष्ट राजाहरूको बध गराउनुभयो ।
केही समयपछि युधिष्ठिरले आफ्ना उत्तम सामाग्रीले अश्वमेध यज्ञ गरे ।
यता भगवान् श्रीकृष्ण हतिनापुर बाट द्वारका फर्कने विचार गर्नु भयो । वहांले
पाण्डवहरू सित विदा लिनु भयो र व्यासआदि ब्राम्हणहरूलाई सत्कार गर्नुभयो ।
भगवान् श्रीकृष्ण सात्यकी र उध्दव संग रथमा चढ्नुभयो । त्यहिनै बेला भगवान्ले
देख्नुभयो उत्तरा भयले विह्वल हुदै दौडदै आफु नजिक आइरहेकी छिन् उनले भगवान्लाई
सम्बोधन गर्दै भनिन् ।
उत्तरोवाच
पाहि पाहि महायोगिन् देवदेव जगत्पते ।
नान्यं त्वदभयं पश्ये यत्र मृत्युः परस्परम् ॥ ९ ॥
उत्तराले भनिन्–
हे महायोगी! हे देवाधिदेव! हे जगदिश्वर ! तपाईले मेरो रक्षा गर्नोस्, यसलोकमा मलाई अभय दिने तपाई बाहेक अरु कोही छैन । किनकि यहाँ सबै एकअर्काको
मृत्युको कारण वन्दैछन् ।
प्रभु ! तपाई सर्वशक्तिमान हुनुहुन्छ हेर्नुहोस त्यो बल्दो फलामको बाण मतिर दौडदै आइरहेछ । स्वामी! यस्ले मालई मारोस केहि छैन तर मेरो गर्भको बालकलाई नष्ट गर्न नसकोस् तपाईले
कृपा गर्नुहोस् ।
सूतजी भन्छन् –
भक्तवत्सल भगवान्ले उत्तराको पुकारा सुन्दैमा थाहापाउनु भयो कि अस्वत्थामले
पाण्डवहरूको वंश विनाशका लागि नै ब्रम्हास्त्रको प्रयोग गरेको हो ।
श्रीकृष्णले पण्डवहरूको बंश जोगाउँने उद्देश्यले आफ्नो माया कवचले उत्तराको
गर्भलाई ढाकिदिनुभयो ।
जव भगवान् श्रीकृष्ण द्वारका जान भनेर लाग्नुभयो । अनि ब्रम्हास्त्रको रापले
मुक्त भएका आफ्ना छोरा र द्रौपदीका साथ भएर कुन्तीले भगवान्को स्तुति गरीन् ।
नमस्ये पुरुषं त्वाऽऽद्यं ईश्वरं प्रकृतेः परम् ।
अलक्ष्यं सर्वभूतानां अन्तर्बहिरवस्थितम् ॥
कुन्तीले भनिन्–
हे भगवन् तपाई सम्पुण प्राणीको भित्र बाहिर एकनासले स्थित भएर रहनुहुन्छ, फेरी इन्द्रिय बृध्दिका कारण देख्न
सकिदैन किनकि तपाई प्रकृति भन्दा पर आदिपुरुष हुनुहुन्छ, म तपाईलाई नमस्कार गर्दछु ।
तपाई श्रीकृष्ण, वासुदेव, देवकीनन्दन, नन्दगोपहरूका प्यारा कुमार र गोविन्दलाई नमस्कार छ ।
नमः पङ्कजनाभाय नमः पङ्कजमालिने ।
नमः पङ्कजनेत्राय नमस्ते पङ्कजाङ्घ्रये ॥ २२ ॥
जसका नाभिकमलबाट ब्रम्हाजी प्रकट हुनुभयो जसले कमलकै माला पहिरिनुभएको छ जसका
चरणकमलमा कमलको चिन्ह अंकित भएको छ यस्ता श्रीकृष्णलाई मेरो वारंवार नमस्कार छ ।
म कति सम्म वर्णन गरुँ जसले लाक्षागृहको आगो, हिडिम्बा जस्ता राक्षसबाट, द्युतकृडाबाट, वनवासमा रहदाको विपत्तिबाट, कैयौपटक युध्दमा महारथिहरूको
शस्त्रहरूबाट र अश्वत्थामाको ब्रम्हास्त्रबाट हाम्रो रक्षा गर्नु भयो ।
हे जगद्गुरु ! यसमा कुनै फरक पर्दैन हाम्रो जीवनमा सधैंभरि विपत्ति आईरहोस, किनकि विपत्तिमै तपाईको वास्तविक दर्शन हुदोरहेछ र तपाईको दर्शनले नै
जन्ममृत्यु चक्करबाट छुटकारा मिल्दछ ।
नवौं अध्याय यधिष्ठिरआदि भीष्म नजिक र भीष्मले भगवान्को स्तुति गर्दै प्राण
त्याग गर्नु ।
यता सूतजी भन्छन् –
यता राजा युधिष्ठिर आफ्ना प्रजाहरूको नाश बाट डराएका थिए । उनले सबै धर्मको
ज्ञान प्राप्त गर्ने इच्छाले कुरुक्षेत्रको यात्रा गरे, जहाँ भीष्मपितामह शरशैयमा सुतेका थिए ।
सबै भाईहरु सहित भएर युधिष्टिर त्यहाँ गएका थिए त्यहाँ व्यास, वृहदश्व, भरद्वाज, प्रशुरामजी वसिष्ठ, इन्द्रप्रमद, त्रित, गृत्समद, असित, कक्षीवान, गौतम, अत्री, विश्वाभित्र, त्यस्तै सुकदेव आदि महात्माहरू पनि आउँनु भयो ।
श्रीकृष्ण पनि अर्जुनसंग रथमा चढेर आउनुभयो । आफ्ना अनुचर र श्रीकृष्ण सहित
भएका पाण्डवहरूले त्यहा भीष्मपितामहलाई देखे ।
भीष्मपितामहले त्यहाँ सबैको सहभागिता देखेर सबैलाई सकेसम्मको सत्कार गरे ।
पाण्डवहरू नम्र, विनय र प्रेमका कारण भीष्मपितामहको नजिक बसे । उनीहरूलाई देखेर भीष्मपितामहको
आँखा प्रेमको आँसुले भरियो उनी उनले भने ।
वहां श्रीकृष्ण त साक्षात भगवान् हुनुहुन्छ । वहां नै सबैका कारण र परमपुरुष
नारायण हुनुहुन्छ । आफ्नो मायाले मानिसलाई मोहित गराउदै यदुवंशीमा छिपेर लीला
गरीरहनु भएको छ ।
स देवदेवो भगवान् प्रतीक्षतां
कलेवरं यावदिदं हिनोम्यहम् ।
प्रसन्नहासारुणलोचनोल्लसन्
मुखाम्बुजो ध्यानपथश्चतुर्भुजः ॥ २४ ॥
उनै देवदेव भगवान् आफ्नो प्रसन्न हांसो र रक्तकमल समानको अरुण नेत्रले सुशोभित
मुख भएका, जसलाई अरु हरूले केवल ध्यानले दर्शन पाउछन् वहां चतुर्भुजरूप त्यतिवेलासंम्म
यहि स्थिर रहिरहुन, जवसम्म म प्राण त्याग गर्दिन ।
युधिष्ठिरले शरशय्यामा सुतिरहेका भीष्मपितामहको यस्तो कुरा सुनेर त्यहाँ भएका
ऋषिहरूको अगाडि धर्मका विभिन्न रहस्यका बारे सोधे ।
त्यसपछि सबै तत्वजान्ने भीष्मपितामहले वर्णाश्रम अनुसारको पुरुषको स्वभाविक
धर्म, वैराग्य रागको कारण विभिन्न रूपका लक्षणको बारेमा बताए । दानधर्म, राजधर्म, मोक्षधर्म, स्त्रीधर्म र भगवद्धर्म योग आदिका बारेमा
सारांसमा बताए ।
अनि शरीर त्याग गर्ने समयमा विनम्र भएर भगवान्को स्तुति गर्न लागे ।
भीष्म उवाच
इति मतिरुपकल्पिता वितृष्णा
भगवति सात्वतपुङ्गवे विभूम्नि ।
स्वसुखमुपगते क्वचित् विहर्तुं
प्रकृतिमुपेयुषि यद्भवप्रवाहः ॥ ३२ ॥
भीष्मपितामहले भने –
अव मृत्युको समय आएकोले अनेक प्रकारको साधना र अनुष्ठानले सुध्द र कामना रहित
भएको यो बुध्दिलाई यदुवंशशिरोमणि श्रीकृष्णको चरणमा लगेर समर्पण गर्दछु । वहां
सदासर्वदा आफ्नो आनन्दमय स्वरूपमा स्थित भएर पनि विहांर र लीला गर्ने इच्छाले यो
प्रकृतिलाई स्विकार गर्नुहुन्छ । र वहांबाटै यसरी नै यो सृष्टि परंपरा चलिरहन्छ ।
त्रिभुवनकमनं तमालवर्णं
रविकरगौरवराम्बरं दधाने ।
वपुरलककुलावृत आननाब्जं
विजयसखे रतिरस्तु मेऽनवद्या ॥ ३३ ॥
जसको तीनैलोकमा सुन्दर तमालको रुखको जस्तो श्याम वर्ण छ, शरीरमा विहांनको सूर्र्यको किरण जस्तो
उत्तम पीताम्बर धारण गर्नु भएको छ र मुख कमलमा घुम्रिएको कपाल हल्लिरहेको छ उनै
अर्जुनका सखा श्रीकृष्ण्मा निष्कपट प्रेम रहोस ।
युधि तुरगरजो विधूम्र विष्वक्
कचलुलितश्रमवारि अलङ्कृतास्ये ।
मम निशितशरैर्विभिद्यमान
त्वचि विलसत्कवचेऽस्तु कृष्ण आत्मा ॥ ३४ ॥
मलाई युध्दको समयको वहांको विलक्षण चित्र आईरहेको छ । वहांको मुखमा हल्लिरहेको
घुम्रिएको कपाल घोडाको टापको धुलोले मैलिएको थियो, पसिनाको थोपाले अनुहार शोभायमान देखिएको थियो ।
म तीखा वाणले वहांको छाती ताकिरहेको हुन्थे उहि सुन्दर कवच धारण गर्नुभएका
श्रीकृष्णप्रति मेरो शरीर, अन्तःकरण र आत्मा समर्पण गर्दछु ।
सपदि सखिवचो निशम्य मध्ये
निजपरयोर्बलयो रथं निवेश्य ।
स्थितवति परसैनिकायुरक्ष्णा
हृतवति पार्थसखे रतिर्ममास्तु ॥ ३५ ॥
अर्जुनको कुरालाई मानेर तुरुन्तै पाण्डव र कौरवको विचमा रथ लिएर आए अनि त्यहि
रथमा बसेर सत्रु पक्षका सेनालाई परास्त गरे, अर्नुनका प्यारा भगवान् श्रीकृष्णमा पेरो अटल
प्रम रहोस् ।
व्यवहित पृतनामुखं निरीक्ष्य
स्वजनवधात् विमुखस्य दोषबुद्ध्या ।
कुमतिम अहरत् आत्मविद्यया यः
चश्चरणरतिः परमस्य तस्य मेऽस्तु ॥ ३६ ॥
स्वजनलाई हत्या गर्नु पाप संझेर युध्दबाट विमुख हुन खोजेका अर्जुनलाई गीताको
रूपमा आत्मविद्याको उपदेश दिएर अर्जुनको अज्ञानलाई नाश गरीदिनु भयो उनै परमपुरुष
श्रीकृष्ण्को चरणमा मेरो प्रेम रहोस् ।
स्वनिगममपहाय मत्प्रतिज्ञां
ऋतमधि कर्तुमवप्लुतो रथस्थः ।
धृतरथ चरणोऽभ्ययात् चलद्गुः
हरिरिव हन्तुमिभं गतोत्तरीयः ॥३७॥
मैले श्रीकृष्णलाई शस्त्र उठाउन लगाएरै छोड्छु भन्ने प्रतिज्ञा गरेको थिए ।
वहांले शस्त्र नउठाउने भन्ने आफ्नो प्रतिज्ञा तोड्नुभयो रथाबाट ओर्लिएर, सिंहले हात्तीलाई मार्न दौडे जसरी रथको
पांग्रा लिएर म माथि जाईलाग्नु भयो । त्यस मयमा वहां यति वेगले दौडनु भयो कि
वहांको काँधको बस्त्र खस्यो पृथ्वी काप्न लागिन ।
शितविशिखहतो विशीर्णदंशः
क्षतजपरिप्लुत आततायिनो मे ।
प्रसभं अभिससार मद्वधार्थं
स भवतु मे भगवान् गतिर्मुकुन्दः ॥ ३८ ॥
म आततायीले तीखा बाण प्रहार गरेर वहांको कवच खसालि दिएको थिएं । शरीर छियाछिया
भएको थियो । अर्जुनले रोक्ता रोक्तै पनि वहां बल संग म भएतिर दगुर्दै आउनुभयो ।
उनै भगवान् श्रीकृष्ण प्रति यस्तो ब्यवहांर गर्दा पनि म प्रति अनुग्रह र
भक्तवत्सलताले परिपूर्ण थिए । उनै मेरो गती हुन र आश्रय पनि हुन् ।
विजयरथकुटुम्ब आत्ततोत्रे
धृतहयरश्मिनि तत् श्रियेक्षणीये ।
भगवति रतिरस्तु मे मुमूर्षोः
यमिह निरीक्ष्य हता गताः स्वरूपम् ॥ ३९ ॥
अर्जुनको रथको रक्षाका लागि खटिएका श्रीकृष्ण्को दायाँ हातमा घोडाको लगाम थियो
भने बायाँ हातमा चावुक यी दुवैले शोभायमान भएका वखत वहां को रूप अपूर्व छविको थियो
। महाभरत युध्दमा वीर गती प्राप्तगरेका वीरहरूले त्यहि रूपको दर्शन गरेर मोक्ष
प्राप्त गरे । उनै अर्जुनका सारथि भगवान् श्रीकृष्णले मेरो मरणलाई मोक्ष गरुन् ।
ललित गति विलास वल्गुहास
प्रणय निरीक्षण कल्पितोरुमानाः ।
कृतमनुकृतवत्य उन्मदान्धाः
प्रकृतिमगन् किल यस्य गोपवध्वः ॥ ४० ॥
भगवान्को सुन्दर चाल र मधुर हाश्य र प्रेममय हेराइले सम्मानित गोपिनीहरू
रासलीलाबाट अन्तर्धान हुदा प्रेमले मत्त भएर जसको लीलामा तन्मय भएका थिए उनै
कृष्ण्मा मेरो प्रेम रहोस् ।
मुनिगण नृपवर्यसङ्कुलेऽन्तः
सदसि युधिष्ठिर राजसूय एषाम् ।
अर्हणं उपपेद ईक्षणीयो
मम दृशिगोचर एष आविरात्मा ॥
जुन बखत युधिष्ठिरको राजसूर्य यज्ञ भइरहेको थियो मुनिहरू र ठुलाठुला राजाहरूको
सभा भएको ठाँउमा सबभन्दा पहिला यीनैको प्रशंंसा गर्दथे । मेरो आँखाको अगाडि
दर्शनीय भगवान् श्रीकृष्ण्को पूजा भएको थियो । उनै सबैका आत्मा प्रभु मेरो
मृत्युका समयमा मेरो अगाडि खडा हुनुभएको छ ।
तमिममहमजं शरीरभाजां
हृदि हृदि धिष्ठितमात्म कल्पितानाम् ।
प्रतिदृशमिव नैकधार्कमेकं
समधिगतोऽस्मि विधूत भेदमोहः ॥ ४२ ॥
जसरी आँखाले एउटै सूर्यलाई अनेक देखिन्छ त्यसै गरी अजन्मा भएर पनि आफुद्वारा
रचिएको लीलाद्वारा शरीरधारीहरूको हृदयमा थरिथरिरूप बाट देखिनुहुन्छ । तर वाहाँ
एउटै रूपले सबैको हृदयमा रहनुहुन्छ । यीनै श्रीकृष्णलाई मैले भेद भ्रम रहित भएर
प्राप्त गरेको छु ।
यसप्रकार भीष्मपितामहले मन वाणि र दृष्टिले आत्मस्वरूप भगवान् श्रीकृष्णमा
आफुलाई लीन गराए । उनको प्राण उनै श्रीकृष्णमा विलय भयो । अनि शान्त भए ।
जसरी दिन वितेपछि चराहरू शान्त हुन्छन् त्यसै गरी उनी अनन्त ब्रम्हमा लीन भएको
बुझेर सबैजना चुप भए ।
भीष्मले यसरी भगवान्को स्तुति गरे । जुन भीष्मजीले गरेको स्तुति छ, त्यो स्तुति अनुपम छ र कण्ठ गर्न योग्य
छ । यसलाई भीष्मस्तवराजस्तोत्र पनि भनिन्छ ।
यसपछि भीष्मले उत्तरायणमा देह छोडिदिनु भयो । भीष्माचार्य भागवत् तदाकार
हुनुभयो वहाँ कृतार्थ हुनुभयो ।
उत्तारयणमा मृत्युको अर्थ हो ज्ञानको अथवा भक्तिको उत्तरावस्थामा परिपक्व
दशामा मृत्यु ।
यहाँछेउ बुझ्नुपर्ने कुरा के छ भने उत्तरायणकालमा मरे पनि यदि उ पापी छ भने
उसले सद्गति पाउदैन तर केही योगीजनहरु दक्षिणायनमा मर्छन तापनि उनको दुर्गति हुदैन
। दक्षिण भनेको नरक हो । अन्धकारको हो । परमात्माको स्वरुपको ज्ञान भएन भने
मान्नुस त्यो दक्षिणावस्था भयो । मृत्यु सबैको एकै हो तर ज्ञानी वा सन्तको मृत्यु
मंगलमय हुन्छ । त्यसैले यहाँ भीष्म महाज्ञानी हुनुहुन्थ्यो वहाँको श्रीकृष्णमा
निरन्तर प्रेम थियो त्यसैले वहाँको मत्यु उत्तरायण भयो ।
त्यसपछि धृतराष्ट्र्को आज्ञा लिएर राजा युधिष्ठिरले बंश परंपरा अनुशार धर्मपूर्वक
साम्राज्यको शासन गर्न लागे ।
प्रथमः स्कंधः ( दशमोऽध्यायः भगवतः श्रीकृष्णस्य द्वारकागमनम्
सम्पूर्ण सृष्टिकर्ता श्रीहरिले आपसि कलझगडाबाट दग्ध भएका कुरुवंशलाई जोगाएर
युधिष्ठिरलाई उनकै सिंहासनमा बसाएर प्रशन्न हुनुभयो ।
भगवन् श्रीकृष्ण द्वारका प्रस्थान गर्न रथमा बस्नुभयो त्यतिबेला त्यहाँ भएका
वन्धुबान्धव, स्त्रीहरू सबैका आँखामा आँसु भरिएका थिए । कृष्णको यात्रामा अपशकुन होला भनेर
आँसुलाई दबाए ।
भगवान् को प्रस्थानको समयमा शंख, घन्टा, भेरी, वीणपण, मृदंग, ढोल, नरसिंग, धुन्धुरी, नगरा आदि बाजाहरू बज्न लागे ।
कुरुवंशका स्त्री हरू अटालीमा बसेर आनन्द भएर फूलको वर्षा गर्नलागे उनीहरु एक आपसमा
भन्न लागे ।
अहो अलं श्लाघ्यतमं यदोः कुलं
अहो अलं पुण्यतमं मधोर्वनम् ।
यदेष पुंसां ऋषभः श्रियः पतिः
स्वजन्मना चङ्क्रमणेन चाञ्चति ॥ २६ ॥
अहो यो यदुवंश प्रशंसनिय छ । शोभनिय छ । किनकि जहा लक्ष्मीपति पुरुषोत्तम
भगवान् श्रीकृष्णले जन्म लिनु भएको छ । जुन वहांको बाल्यका र किशोर अवस्थामा
खेलवाड गरेर पवित्र हुनगएको छ ।
अहो बत स्वर्यशसः तिरस्करी
कुशस्थली पुण्ययशस्करी भुवः ।
पश्यन्ति नित्यं यदनुग्रहेषितं
स्मितावलोकं स्वपतिं स्म यत्प्रजाः ॥ २७ ॥
भगवान्ले स्वर्गको यसलाई तिरस्कार गर्दै पृथ्वीलाई नै पवित्र वनाउनु भएको छ ।
वहांका प्रजाहरूले आफ्ना स्वामी भगवान् श्रीकृष्णलाई निरन्तर हेरिरहेका छन् ।
त्यहाँका स्त्रीहरू यसो भनेर कुरा गरीरहेका बखतमा भगवान् श्रीकृष्ण मन्द मन्द
मुस्कुराउदै प्रेमपूर्ण हृदयले अभिनन्दित भएर त्यहाबाट विदा हुनुभयो ।
श्रीकृष्ण भगवान् आफ्नो समृध्द आनर्त देशमा पुगेर आप्नो पाञ्चजन्य शंख बजाउदै
त्यहाँका वासिन्दाहरूलाई विरह व्यथाबाट खुसी वनाउनु भयो ।
शंखको स्वरलाई सुनेर त्यहाँका प्रजाहरू आफ्ना स्वामी श्रीकृष्णको दर्शन आए ।
सबैको अनुहारमा आनन्द थियो । हर्षले गद्गद् भएर उनीहरु श्रीकृष्णभगवान्को
स्तुति गर्न लागे ।
नताः स्म ते नाथ सदाङ्घ्रिपङ्कजं विरिञ्चवैरिञ्च्य सुरेन्द्र वन्दितम् ।
परायणं क्षेममिहेच्छतां परं न यत्र कालः प्रभवेत्परः प्रभुः ॥ ६ ॥
स्वामी हामी तपाईको त्यो चरणकमलमा सधैभरि प्रणाम गर्दछौं जुन चरणको बन्दना
ब्रम्हा, शंकर र इन्द्रहरू गर्दछन् ।
हे कमलनयन! जव तपाई आफ्ना वन्धुबान्धबहरूलाई भेट्न हस्तिनापुर जानु हुन्छ त्यतिवेला
हामीलाई तपाई विनाको समय करोडौं बर्ष जस्तै लामो लाग्दथ्यो । तपाई नहुदा त सूर्य विनाको आँखो जस्तो केहि गर्न सक्तैनथ्यौं आज हजुरको आगमनले हामी अत्यन्त हर्षित
भएका छौं ।
प्रजाहरूको मुखबाट यस्तो कुरा सुनेर भक्तवत्सल भगवान् उनीहरूलाई कृपापूर्ण
दृष्टिले अनुग्रह बर्षाउदै द्वारका प्रवेश गर्नु भयो ।
त्यहाँ भगवान्को स्वागतका लागि नगरको सडकका पेटीहरूमा, घरका ढोकाहरूमा विभिन्न किसिमका तोरण, ध्वजापताकाहरूले बेरिएका थिए ।
राजमार्ग, अरु सडकहरू, बजारहरू र चोकहरू बडारेर सफा गरी सुगन्धित जल छर्किएको थियो जहाँ बाटोमा
भगवान्लाई बर्षाएका फूल दही अक्षताहरू छरिएका थिए ।
घरका ढोकाहरूमा दहीअक्षता, उखु, फलपूल र उपहार आदिले सहित भएको पूर्ण घडामा धूप बत्ती गरेर सजाईएको थियो ।
आफ्ना प्रिय भगवान् बासुदेव आउनु भएको सुनेर उदारशिरोमणि वसुदेव, अक्रुर उग्रशेन, अद्भुत पराक्रमी बलराम ।
प्रद्युम्न, चारुदेष्ण र जाम्बबतीका छोरा साम्बले भगवान् आउनु भएको कुरा सुनेर खुसीहुदै
सुत्नु, बस्नु, र भोजनादि पनि विर्सिएका थिए ।
भगवान् श्रीकृष्णले आफ्ना वन्धुबान्धव र सहरका सेवकहरूसंग छुट्टा छुट्टै भेट
गरेर भलाकुसारी गर्नु भयो ।
भगवान्ले कसैलाई शिर निहु¥याएर नमस्कार गर्नुभयो, कसैलाई बोलीले अभिवादन गर्नुभयो, कसैले हृदय मिलाएर त कसैसित हात मिलाएर त्यस्तै
भगवान्ले कसैलाई हेरेर मुस्कुराउने, कसैलाइै प्रेमपूर्ण हिसावले हेरिदिने आदि गरेर
जसको जे इच्छा छ त्यहि हिसावले बरदानु दिनुभयो ।
यसरी चाण्डाल सम्मलाई खुसीपार्दै गुरुजन देखि बृध्द बृध्दाहरूको आशिर्वाद लिएर
बन्दिहरूको जय जयकार सुन्दै दरवारमा प्रवेश गर्नुभयो ।
एघारौं अध्याय परीक्षितको जन्म र पाण्डवहरुको महाप्रस्थान
शौनकजीले सोधे –
सूतजी अश्वत्थामाले चलाएको ब्रम्हास्त्रको तेजीलो वाणले उत्तराको गर्भ नष्ट
भैसकेको थियो । भगवान्ले फेरि त्यसलाई जीवित वनाइदिनु भयो । त्यस गर्भबाट
महाज्ञानी परीक्षित जन्मे जसलाई शुकदेवजीले ज्ञान उपदेश दिएका थिए । परीक्षितको
जन्म, कर्म र मृत्युपछि जुन उत्तम गति प्राप्त गरे यसबारेमा बताउनुहोस हामी श्रध्दा
पुर्वक सुन्दछौं ।
सूतजी भन्नुहुन्छ
हे शौनकजी ! उत्तराको गर्भमा रहेको त्यो वालक जव अश्वत्थामाको ब्रम्हास्त्रको तेजले जल्न लाग्यो त्यस वेला उसको अगाडि तेजोमय ब्यक्ति थियो । त्यो तेजोमय
ब्यक्ति देख्दामा बुढी औला जत्रो थियो तर उसको रूप अत्यन्तै निर्मल र सुन्दर
वर्णको शरीर थियो । उसले हातमा गदा लिएर बालकको चारैतिर घुमिरहेको थियो ।
त्यतिबेला त्यो गर्भको बालकले सोच्न थाल्यो । यो के होला ? यसरी जव दश महिना पुरा भयो अनि सर्वब्यापक सर्व
सक्तिमान भगवान् श्रीकृष्ण बालक सहित ब्रम्हास्त्रको तेजलाई शान्त पारेर अन्तर्धान
हुनुभयो ।
त्यसपछि अनुकुल ग्रह र शुभ समयमा पाण्डवका बंशधर परीक्षितको जन्म भयो । यता
नाती जन्मिएको थाहा पाएर राजा युधिष्ठिर खुसीभए । अनि उनले धौम्य र कृपाचार्यआदि
ब्राम्हण बाट नातिको मगलाचरण र जातकर्मको सस्कार गराए ।
महाराज युधिष्ठिर दानको महत्वलाई जान्दथे उनले ब्राम्हणहरूलाइ गाई,पृथ्वी, गाँउ, हात्ति,घोडाहरू र अन्नदान गरे ।
त्यसपछि ब्राम्हणहरू सन्तुष्ट भएर युधिष्ठिरसंग भने, पुरुवंश शिरोमणि !
कालको गतिले यो पुरुबंशलाई नै नाश गराउन खोजेको
थियो तर तपाईहरू माथि
भगवान्को कृपा हुँदा भगवान्विष्णुले यस वंशको रक्षा गर्नुभयो ।
त्यसैले यस बालकको नाम विष्णुरात भयो । यो बालक संसारमैं यशश्वी र भगवान्को
परमभक्त महात्मा हुनेछ यसमा कुनै संका लिनुपदैन । ज्योतिष शास्त्र जान्ने भएका
ब्राम्हणले राजा युधिष्ठिरलाई बालकको जन्मलग्नको फल बताएर दक्षिणा लिएर आ
आफ्नो घर गए ।
त्यहि बालक संसारमा परीक्षित नामले प्रख्यात हुनेछ । किनकि यो भाग्यमानी
बालकले गर्भमा जुन पुरुषको दर्शन पाएको थियो उसको स्मरण गरेर ती को हुन भनेर
परीक्षा गरेका कारण उनको नाम परीक्षित भयो ।
तेह्रौं अध्याय विदुरको आगमन र धृतराष्टर गान्धारीको वनागमन
सूतजी भन्छन्– शौनकादि ऋषिहरु !
यता तीर्थयात्रामा गएका विदुरजी महर्षि मैत्रेयबाट आत्मज्ञान प्राप्त गरेर
हस्तिनापुर फर्केर आए । उनमा जे जान्ने इच्छा थियो त्यो प्राप्त गरेका थिए ।
आफ्ना काका विदुरजी फर्केर आएको देखेर युधिष्ठिर सहित उनका चारैभाई अनि
धृतराष्ट्र्, युयुत्सु, संजय, कृपाचार्य, कुन्ती, गान्धारी, द्रौपदी, सुभद्रा, उत्तरा, कृपी, तथा पाण्डब परिवारका अरु सबै परिवारहरू पनि धेरै खुसी भए ।
मरेका मानिसमा प्राण फर्कदा खुसीभए झैं खुसी हुंदै उनलार्ई लिन भनि नजिक गए ।
यथायोग्य स्वागत आलिंगादि गरे । । धृतराष्ट्र् र विदुर विचमा तीर्थको बारेमा
भलाकुसारी भयो ।
युधिष्ठिरले तीर्थको बारेमा यस्तो प्रश्न सोध्दा विदुरजीले आफ्नो तीर्थयात्रा
र यदुवंशका सम्बधमा जे जस्तो देखे सुनेको र अनुभव गरेका थिए ती सबैका बारेमा बताए
तर यदुवंशीको विनाशको बारेमा भने केहि भनेनन् ।
किनभने करुणादय विदुरजी पाण्डवको दुःख देख्न सक्तैन थिए त्यसैले यो अप्रिय
घटनाको बारेमा सुनाएनन् ।
विदुर त साक्षात धर्मराज थिए, माण्डब्य ऋषिका श्रापका कारण एकसय वर्षका लागि सूद्र भएका थिए । अहिले सम्म
यमराजको पदमा अर्यमा छन्, उनैले पापीलाई उचित दण्ड दिन्छन् ।
हे शौनकादि ऋषिहरु ! काल गतिलाई जानेका महात्मा विदुरले आफ्ना दाजु धृतराष्ट्र्संग गएर भने महाराज ! हेर्नुहोस अव ठुलो संकट आउदैछ त्यसैले झटपट यहाँबाट निस्कनु
पर्छ ।
हामीहरू सबैका शिरमा शक्तिवान काल दौडदै छ जसलाई हटाउने उपाय छैन ।
हेर्नुहोस तपाईकै कारण भाई एवं संम्बन्धि र अरुहरू सबै मरेर गए । तपाईको उमेर
पनि ढलिसकेको छ । शरीरमा बढ्यौली बढ्दै गएको छ । फेरि हे दाजु ! तपाई आर्काको
घरमा बसिरहनु भएको छ ।
अहो महीयसी जन्तोः जीविताशा यया भवान् ।
भीमापवर्जितं पिण्डं आदत्ते गृहपालवत् ॥ २२ ॥
अहो ! यस्तो अवस्थमा
पनि कस्तो बाचिरहने इच्छा हुदोरहेछ । यहिकारणले गर्दा महाराज तपाई भीमले दिएको
अन्न खाएर कुकुर सरह जीवन विताई रहनु भएको छ ।
यसप्रकार विदुरले आफ्ना अन्धा दाजु धृतराष्ट्र्लाई सम्झाए । आफ्ना प्यारा भाई
विदुरको कुरा सुनेर धृतराष्ट्रको आँखा खुल्यो अनि उनी सबै पारिवारिक वन्धनलाई
त्यागेर आफ्ना भाई विदुरले देखाएको बाटो लागे । अनि गान्धारी पनि आफ्ना पतिको पछि
लागिन् ।
यता युधिष्टिरले काका धृतराष्ट्र् र गान्धारीलाई देखेनन् ।
युधिष्ठिरले शोकचित्तले संजय लाई सोधे । संजय !
मेरा बृध्द अन्धाबाबु कतातिर हुनुहुन्छ ?
धृतराष्ट्र्बाट स्नेह पाएका सन्जय आफ्ना स्वामी धृतराष्ट्र्लाई नदेखेर दुःख र
विलौना गरीरहेका थिए कुनै उत्तर दिन सकेनन ।
सन्जय ले बिस्तारै भने
कूलनन्दन ! मलाई तपाईका दुवै काका र गान्धारीको बारेमा केहि
थाहा भएन । हे महाबाहु मलाई ती महात्माले ठगे ।
संजयले यसो भनिरहेको बेलामा देवर्षि नारद तुम्बुरु संग त्यहाँ आए । महाराज
युधिष्ठिर र उनका भाईहरूले नारदजीको स्वागत गरे अनि नारदजीले भन्नुभयो ।
धर्मराज युधिष्टिर ! तिमी कसैका लागि शोक
नगर, हेर यो सारा जगत इश्वरकै बशमा छ । सबैलोक र लोकपालहरू विवश भएर इश्वरको आज्ञा
पालन गर्दछन् । वहांले नै एक आर्कामा मिलन गराउनु हुन्छ र वहांले नै छुटाउनु हुन्छ
।
हे धर्मराज ! हिमालयको दक्षिण भागमा जहाँ सप्तऋषिको प्रसन्नताका लागि गङ्गाजीले आफ्नो अलग अलग धारलाई सप्तधारमा विभाजन गर्नुभएको छ ।
त्यसलाई सप्तस्तोत्र भनिन्छ त्यहि ऋषिहरूको आश्रम भएको ठाँउमा धृतराष्ट्र र
गान्धारी विदुरलाई साथ लिएर गएका छन् ।
उनीहरूले त्यहा त्रीकाल स्नान र अग्निहोत्र गर्नेछन् । अव उनीहरूको मनमा कुनै
कामना छैन । उनीहरू पानी मात्र पिएर शान्त चित्तले बसेका छन् ।
महाराज ! आजको पाँचौ दिनमा उनीहरूले आफ्नो शरीरलाइ त्यागिदिन्छन् र त्यो शरीर जलेर भस्म
हुन्छन् ।
गार्हपत्यादि अग्निद्वारा पर्णकुटीका साथ आफ्नो पतिको मृतदेह जलेको देखेर
बाहिर रहेकी गान्धारीले पनि पतिकै अनुगमन गरी अग्निमा प्रवेश गर्दछिन् ।
धर्मराज ! बिदुरजी पनि आफ्ना दाजुको आश्चर्यमय मोक्ष देखेर हर्ष, वियोग हुनाले दुःखी हुदै त्यहाँबाट तीर्थको सेवा गर्ने इच्छाले आफ्नो बाटो
लाग्दछन् ।
देवर्षि नारद यति भनेर तुम्बुरुका साथ स्वर्ग लागे । धर्मराज युधिष्ठिरले पनि
नारदजीका कुरा सुनेर शोकलाई त्यागिदिए ।
भाईहरू सहित भएका युधिष्ठिरले आफुलाई राज्य मिलेपछि, आफ्ना उत्तराधिकारीका रूपमा परीक्षितलाई
पाएका छन त्यसैले उनी आनन्द संग बस्नलागे ।
यता भगवान् द्वारका गएपछि के गर्न चाहान हुन्छ भन्ने कुरा बुझ्न अर्जुन पनि
द्वारका गएका थए ।
महिनौ सम्म पनि अर्जुन फर्केनन् यता धर्मराज युधिष्ठिरले धेरै अपसकुनहरू देख्न
थाले ।
सुतजी भन्दछन– शौनकजी । राजा युधिष्ठिरले यस्तो ठुलो विपत्ति र उत्पात लाई देखेर चिन्ता
गरीरहेका बखत त्यहि समयमा द्वारकाबाट अर्जुन फर्केर आए ।
युधिष्ठिरले ले भाई अर्जुनसंग द्वारकाको हालखबर बुझे —
भक्तवत्सल भगवान् का बारेमा, द्वारका यादवहरु आफ्नास्वजनहरू सबैको बारेमा सोधे–
त्यतिबेला अर्जुन आफ्ना मित्र श्रीकृष्णको विछोडमा
त्यसै दुःखी थिए त्यसमा पनि युधिष्टरले उनको शोकाकुल मुद्रा देखेर नाना किसिमको
शंकापुर्ण प्रश्नहरू सोधे ।
शोकमा परेका अर्जुनको ओठमुख सुकेको थियो उनको अनुहार पनि मलिन थियो त्यसैले उनले
आफ्ना दाजुले सोधेको प्रश्नको उत्तर दिन सकेनन् ।
श्रीकृष्ण आफ्ना आँखाबाट अस्ताउनु भएका कारण वहां प्रतिको प्रेमको उत्कण्ठाले
व्याकुल भएर शोकलाई रोक्दै र हातले आँसु पुछे ।
त्यसपछि अर्जुनले भने–
वञ्चितोऽहं महाराज हरिणा बन्धुरूपिणा ।
येन मेऽपहृतं तेजो देवविस्मापनं महत् ॥५॥
महाराज ! मेरा अत्यन्त घनिष्ट मित्र श्रीकृष्णले मलाई ठगे । मेरा जुन पराक्रम बाट
ठुलाठुला देवताहरू पनि आश्चर्य हुन्थे, ती सबै श्रीकृष्णले म बाट खोसे ।
राजन ! उनै श्रीकृष्ण्का सहायताले कौरवका सेनाहरू भीष्म, द्रोण, अजेय महामत्स्यहरूले भरिएको ठुलो समुद्र समान
छिचल्नै नसक्ने युध्दलाई पार लगाएं । तपाईलाई त थाहै छ नि उनैको सहायताले राजा
विराटका सत्रुहरूबाट गाईहरू अनि उनको शिरको रत्न जडित मुकुट र अरु धनहरू पनि खोसेर
ल्याएं तर आज उनै कृष्णले ठगे ।
दाजू ! कौरव पटिका सेना
भीष्म, कर्ण, द्रोण, सल्य र अरुहरू ठुलाठुला राजाहरू र क्षेत्रीय
बीरहरूको रथले शोभायमान् थियो । उनै सेनाको सन्मुख लागेर मेरै अगाडि नै वहाँ
श्रीकृष्णे उनीहरूको आयु, मन, उत्साह र बल हरण गर्नु भयो ।
दाजु ! आज म उनै पुरुषोत्तम भगवान्बाट रहित भएको छु । द्वारकाबाट भगवान्का रानीहरूलाई लिएर आउदा
बाटोमा दुष्ट ग्वालाहरूले मलाई अवला जसरी हराइदिए, मैले उनीहरूको रक्षा गर्न सकिन ।
मेरो त्यहि गाण्डिव धनुहो, त्यहि बाण हो, त्यहि रथ हो, त्यहि घोडा हो र म नै रथी अर्जुन हु, जसका अगाडि ठुलाठुला राजाहरूले शिर झुकाएका थिए
तर अहिले श्रीकृष्ण नहुदा सबै सुन्य भएको छ । जसरी विना आगोमा हालेको चरु, ठगको सेवा र बाझो जग्गा मा छरेको विउ
निस्फल हुन्छ त्यसैगरी त्यसैगरी आज श्रीकृष्ण नहुँदा सबैकुरा सार हिन भयो ।
राजन् ! तपाईले द्वारकाबासी को सम्वन्धमा जुन सुहृद सम्वन्धीको बारेमा
सोध्नुभयो उनीहरू त ब्राम्हणको श्रापमा परे ।
त्यसपछि बारुणी मदिरा पान गरेर एक आपसमा नचिने झै गरी मुक्का प्रहार गरेर सबै
नष्टभए । उनीहरूमा अहिले चार पाँच जना बाँकीरहेका छन् ।
संसारका प्राणीहरूलाई एकले अर्कालाई पालन पोषण गर्नु र एक अर्का द्वारा नै
मृत्यु हुनु वास्तवमा यो सबै उनै शर्वशक्तिमान भगवान्को लीला हो ।
अन्त्यमा भगवान्ले आफ्ना वंशज यादवहरूलाई उनीहरूद्वार नै एक आपसमा मराएर
पृथ्वीको भार हरण गर्नु भयो ।
यतिबेला अर्जुनलाई युध्दको आरम्भमा भगवान्ले दिएको गीताको ज्ञानहरूको संझना
भयो जुन समयको परिवर्तन तथा तमोगुणले गर्दा केहि समयका लागि विस्मृति भएको थियो ।
यता यसरी अर्जुनको मुखबाट भगवान्को स्वधाम सवारी र यदुवंशीहरूको विनासको खवर
सुनेर विरक्त भएर युधिष्ठिरले स्वर्गारोहण गर्ने विचार गरे ।
कुन्तीले पनि अर्जुनद्वारा यदुवंशहरूको नाश र भगवान्को स्वधाम सवारीको कुरा
सुनेर सदाको लागि मृत्युरूप संसारबाट शरीर त्यागिदिइन् ।
यदा मुकुन्दो भगवानिमां महीं
जहौ स्वतन्वा श्रवणीयसत्कथः ।
तदाहरेवाप्रतिबुद्धचेतसां
अधर्महेतुः कलिरन्ववर्तत ॥ ३६ ॥
जुनदिन अनेक लीलागर्ने भगवान्ले आफ्नो मानिस शरीरले पृथ्वी परित्याग गर्नुभयो
। त्यसैदिन देखि विद्वानहरूलाई फसाउने अधर्मरूप कलिले आफनो अधिकार जमायो ।
युधिष्ठिरले राज्यमा कलिप्रवेश गरेको थाहा पाए । प्रत्तेक देश सहर र
प्राणीहरूमा अधर्म, लोभ, असत्य र हिंसा बढेको देखेर स्वर्ग जाने विचार गरे ।
त्यसपछि युधिष्ठिरले आफु समान गुण भएका नाति परीक्षितलाई समुद्रले घेरिएको
हस्तिनापुरको सम्राट पदमा राज्याभिषेक गरे । उनले मथुरामा शुरसेन देशका राजा
अनिरुद्रका छोरा ब्रजलाई अभिषेक गरे ।
त्यसपछि सामर्थवान युधिष्ठिरले प्रजापत्य यज्ञ गरेर आहवनीय आदि यज्ञलाई आफुमा
लीन गराए । अर्थात गृहाश्रम धर्म त्यागेर सन्यास ग्रहण गरे ।
यसपछि उनले शरीरमा गेरु वस्त्र धारण गरेर अन्नपात त्यागिदिए र कपाल फुकाएर
फिजाए । उनी हेर्दमा कुनै बौलाह अथवा पिशाचको जस्तो रूपमा देखिए ।
भीमसेन, अर्जुन र अरु भाईहरूले पनि पृथ्वीमा अधर्मको सहायक कलियुगको प्रभाव देखेर, श्रीकृष्णचरण प्राप्ति गर्ने संकल्प
सहित दाजुको पछाडि लागे ।
यता प्रेमपुर्ण भावले भगवान्मा मन लगाएका विदुरजीले पनि आफ्नो शरीलाई प्रभासमा
पुगेर त्यागिदिए अनि आफुलाई लिन आएका पितृहरू संग आफ्नो लोक यमलोक तिर लागे ।
द्रौपदीले आफ्ना पतिहरूले आफुलाई वास्ता नगरीकन गएकोले उनले अनन्यभावले
श्रीकृष्ण भगवान्को चिन्तन गर्दै वहांमा नै लीन भइन् ।
सूतजी भन्दछन–
हे शौनकजी ! पाण्डवहरू परमधाम गएपछि विद्वानहरूको सल्लाह लिएर भगवान्का परमभक्त राजा
परीक्षित पृथ्वीको राज्य गर्नलागे । उनी जन्मदा ज्योतिषहरूले जुन गुण बताएका थिए ती सबै गुणहरू उनीमा थियो ।
उनले उत्तराकी छोरी इरावती संग विवाह गरे । उनीबाट जनमेजय आदि गरीएका चार
छोराहरू भए ।
राज्यकालकै समयमा परीक्षितले कृपाचार्यलाई आचार्य बनाएर गंगाका किनारमा तीन
अश्वमेध यज्ञ गरे ।
एक दिन उनै राजा परीक्षित दिग्विजय गर्न निस्केका बेलामा उनले बाटोमा सूद्रको
रूपमा कलियुगले राजाको भेष धारण गरेर एउटी गाई र गोरुलाई कुट्न लागेको देखे । यो
देखेर परीक्षितले उसलाई दण्डदिए ।
शौनकजीले सोधे–
महाभाग्यमानी सूतजी ! परीक्षितले कलिलाई दण्ड दिएर किन छोडिदिए ? किन मारेनन् ? त्यो त गाईलाई लात्ताले हान्ने अधम सूद्र थियो
। यो प्रशंगले श्रीकृष्णको लीला अथवा वहांको चरणकमलको मकरन्द रसको पान गर्नेहरूका
लागि सम्बन्ध राख्दछ भने हामीलाई सुनाउनुहोस् अरु वेकारका कुरा सुनेर आयुलाई
घटाउनु छैन ।
सूतजीले भने –
हे ऋषिहरु हो ! राजा परीक्षित कुरुजांङ्गल देशमा राजकाज गरेर बसिरहेको अवस्थामा
आफ्ना सेनाहरूबाट सुरक्षित भएको राज्यमा कलि पस्यो भन्नेकुरा सुने । यो समाचार
सुन्दा उनलार्ई दुःख लाग्यो तर युध्द गर्ने अवसर प्राप्त भएको भनि दुःखी भएनन् ।
त्यसपछि महापराक्रमी परीक्षितले कलिलाई दमन गर्ने हिसावले हातमा धनुष लिए ।
श्यामवर्णको घोडाले जोतिएको, सिंहको ध्वजाले सुशोभित भएको रथमा बसेर राजा परीक्षित दिग्विजय गर्न भनि
सहरबाट बाहिर निस्के । उनको साथमा हात्ती, घोडा र पैदल यात्रीहरू पनि संगै निस्के ।
उनले भद्राश्व, केतुमाल, भारत, उत्तरकुरु, र किंपुरुवर्ष आदि गरीएका राज्यहरू जितै अनि त्यहाँका राज्यहरू बाट कर लिए ।
सूतजी भन्दछन्– शौनकजी !
यसरी राजा पाण्डवहरूको आचरण अनुसार दिग्विजय गर्दै रहे । यसैसमयमा उनको
सिविरको नजिकै एउटा आश्चर्यमय घटना भयो त्यसबारेमा तपाईहरूलाई सुनाउदछु सुन्नुहोस
।
धर्मः पदैकेन चरन् विच्छायामुपलभ्य गाम् ।
पृच्छति स्माश्रुवदनां विवत्सामिव मातरम् ॥
धर्म गोरुको रूप धारणा गरेर एउटा खुट्टाले टेकिरहेको बेलामा, उसले गाईका रूपमा पृथ्वीलाई भेट्यो ।
त्यस वेला छोराको मृत्युमा दुःखीत भएकी आमा झैं पृथ्वीले आँखाबाट आँसु झारिरहेकी
थिइन् भने शरीर पनि श्रीहिन थिइन्
धर्मले पृथ्वीलाई सोधे –
हे कल्याणी ! तिमीलाई आरामै त छ ? किन तिम्रो मुख पनि मलिन छ । श्रीहराए जस्तो
देखिन्छ । तिमीलाई कुनै दुःख परे जस्तो छ । के तिमी तिम्रा आफन्त कहि टाढा देशमा
गएकाले चिन्ता गरेकी हौ कि ?
कि कतै मेरो तीन खुट्टा नष्ट भएर एक खुट्टा मात्र बाँकी भएकोले मेरै चिन्ता
भएको हो ? अथवा अव सूद्रले तिमी माथि शासन गर्न
लागेको कारणले हो, वा भगवान् श्रीकृष्णले तिम्रो भार उतार गर्नका लागि नै अवतारलिनु भएको हो, वहांका लीलाहरू जीवको मोक्षका लागि
उत्तम मानिएको छ । त्यसैले वहां कृष्णलाई संझेरै पो दुःखी भएकी हौ कि ?
धर्मले यसरी सोधेपछि पृथ्वीले भनिन्–
धर्म ! तिमी मलाई जेकुरा
सोधिरहेका छौ त्यसका बारेमा तिमी आफैं सबै जान्दछौ । भगवान्को सहारा पाएर नै सबै
संसारलाई सुख दिने चार खुट्टाले युक्त थियो ।
सत्यं शौचं दया क्षान्तिः त्यागः सन्तोष आर्जवम् ।
शमो दमस्तपः साम्यं तितिक्षोपरतिः श्रुतम् ॥ २६ ॥
जसमा सत्य, पवित्रता, दया, क्षमा, त्याग, सन्तोष, सरलता, सम, दम, तप, समता, तितिक्षा, उपरति, शास्त्र, विचार, आदि गरिएका उनान्चालिस अप्राकृतिक गुण तथा ठुला
महापुरुषद्वारा इच्छा गरीने शरणवत्सल आदि धेरै गुणहरू वहांको सेवा गर्न सधै
रहिरन्छन् ।
यी गुणहरू एकछिनका लागि पनि अलग रहन सक्तैनन् । हेर !
अहिले यो संसारमा पापमय कलिको कुदृष्टिको शिकार
भएको छ । यहि कारणले धेरै शोक भइरहेको हो ।
अहिले म आफ्नो निम्ति, देवताहरूमा श्रेष्ट निम्रो निम्ति, र त्यसैगरी देवता, पितृ, ऋषि, साधु, सबैमा र आश्रमका मानिसका निम्ति शोक गरीरहेको
छु ।
भगवान्ले म अभागिनीलाई छाडिदिनु भयो । हुनत म आफ्नो शौभाग्यमा अलि गर्व
गर्दथें त्यहि कारण वहाँले यो दण्ड दिएको जस्तो लाग्दछ ।
सत्रौं अध्याय परीक्षितद्वारा कलिको दमन
सूतजी भन्दछन्–
धर्म र पृथ्वी यसरी कुरा गरिरहेको बखतमा परीक्षित त्यहाँ पुग्दा एउटा
राजभेषधारी सूद्रले हातमा डण्डा लिएर गाई र गोरुलाई उसको कोही मालिक नै कोही नभए
जसरी पिट्ना लागेको देखे ।
त्यो कमलको डाँठ समान सेतो रंगको गोरु एक खुट्टाले उभिएको थियो भने सूद्रका
पिटाइबाट डराएर मलमुत्र त्याग गरीरहेको थियो ।
त्यसै समयमा सुनौलो रथमा बसेका राजा परीक्षितले हातमा धनुष
चढाउदै गंभीर बोलीले त्यो कलिलाई भन्न लागे ।
ए तँ को होस् ? यस्तो बलवीर भएर पनि तैले मेरो राज्यमा यस्ता निर्वल प्राणीहरूलाई पिटिरहेको
छस् । तैले नटुवा झै राजाको भेष धारण गरेको छस् तर कर्म हेर्दा चाँहि सूद्रको
जस्तो छ ।
अहिले हाम्रा पितामह अर्जुन भगवान् श्रीकृष्णका साथ परमधाम जानु भएपछि यस
एकान्त ठाँउमा यस्ता निरापराधिहरूलाई यातना दिने तँ ता पापी होस, अपराधि होस्, त्यसैले तलाई मार्नु नै उचित हुन्छ ।
त्यसपछि राजाले धर्मलाई सोधे अनि तीन खुट्टा नहुदा पनि एउटा खुट्टाले टेकेर
हिडेको तपाईको यो अवस्था देखेर मलाई दुःख लागिरहेको छ ।
मलाई लाग्छ तपाई गोरुको रूप धारण गरेका कुनै देवता हुनुहुन्छ । अहिले पनि यो
पृथ्वी कुरुवंशका राजाको अधिनमा नै छ । तपाई जस्ता कुनै प्राणीले शोक गरेर आँशु
खसालेको म देख्न सक्तिन ।
हे गोपुत्र ! अव तपाई चिन्ता नलिनुहोस् । यो सूद्रबाट नडराउनुहोस् । हे गोमाता म यस
दुष्टलाई दण्ड दिनेछु । अव तपाई नरुनुहोस् । तपाई दुवैको कल्याण हुनेछ ।
देवी ! जुन राजाका
राज्यमा दुष्टहरू प्रजालाई दुःख दिन्छन्, त्यो मतवाला राजाको कीर्ति, आयु, ऐश्वर्य सबै नष्ट हुन्छ ।
राजा परीक्षितको यस्तो कुरा सुनेर धर्मले भने–
राजन् ! तपाई पाण्डुका वंशज हुनुहुन्छ । दुःखीहरूकालागि सान्त्वना दिनु तपाईका लागि
सुहाउने कुरा हो । तपाईको पुर्खाहरूको गुणका कारण नै, भगवान् श्रीकृष्णले उनीहरूको दूत र सारथि वन्नु भएको थियो ।
धर्मको यस्तो कुरा सुनेर राजा परीक्षित धेरै खुसी भए । उनीमा रहेको शंसय हट्यो
अनि मन शान्त गरे त्यसपछि पृथ्वी र धर्मलाई सान्त्वना दिएर त्यो अधर्मरूप कलिलाई
मार्न भनि तरवार उठाए ।
कलियुगले पनि अव राजाले मलाई मार्नेछन् भनेर डरउँदै हत्तपत्त राजचिन्ह उतारेर
राजाको पाउमा आफ्नो सिर राख्न पुग्यो हात जोडेर राजाको सरणमा पर्यो ।
यसरी त्यो कलि आफ्ना शरणमा पर्न आएकोले महाराज परीक्षितले भने
अहिले हात जोडेर शरण पर्न आइस्, ठिकैछ, अर्जुनको वंशबाट उत्पन्न भएको कुनैपनि वीरबाट
तैले डर मान्नु पर्दैन तर तँ अधर्मको सहायक भएको ले तैले मेरो राज्यमा रहन
पाउन्नस् ।
कलिले भन्यो –
हे सम्राट ! तपाईको आज्ञा मानेर म जहाँ बस्ने विचार गर्दछु त्यहाँ त्यहाँ तपाई धनुष बाण
लिएर आइरहेको देख्दछु ।
हे धार्मिक शिरोमणि राजा !
तपाईले म बस्ने ठाँउ बताईदिनुहोस् म त्यहिं
तपाईको आज्ञा पालन गरेर स्थिर भएर बस्दछु ।
राजा परीक्षितले कलिको यस्तो प्रार्थनालाई स्विकार गरेर उसलाई बस्न भनेर चार
ठाँउ दिए । यी ठाँउहरूमा दूत, मद्यपान, स्त्रीसंग र हिंसा यी चार ठाँउमा अधर्मले बास गर्दछ ।
कलिले अर्को एउटा ठाँउ पनि माग्यो । त्यसपछि सामर्थवान भएका परीक्षितले उसको
लागि बस्न भनेर सुवर्ण दिए । अधर्मको मूल कारण भएको कलि यसप्रकार असत्य, मद, काम, बैर र रजोगुण आदि पाँच ठाँउमा बस्न थाल्यो ।
त्यसपछि राजा परीक्षितले बृषभरूप धर्मको नष्ट भएका तीनै खुट्टाहरू जोडिदिए र
पृथ्वीलाई पनि आश्वासन दिए त्यहाँबाट हिँडे।
अठारौं अध्याय राजा परीक्षितलाई श्रृगींको श्राप
एक दिन राजा परीक्षित धनुष हातमा लिएर सिकार खेल्न भनि जंगलमा गएका थिए । उनी
एउटा हरिणको पछाडि दौडदै जाँदा ज्यादै थाके । उनलार्ई भोक र प्यास पनि लाग्यो ।
राजाले नजिक कतै जलाशय पाएनन् । अनि नजिकै रहेको समिक ऋषिको आश्रममा गए । उनले
त्यहा आँखा वन्द गरेर शान्त स्वभावले बसेका ऋषिलाई देखे ।
इन्द्रिय, प्राण, मन, र बुध्दिको निरुध्द भएकोले उनी शान्त थिए । उनी जाग्रत, स्वप्न र शुषुप्ति यी तीनै अवस्थाबाट
रहित भएर ब्रम्हरूपमा स्थित भएका थिए ।
बिग्रिएको कपालले उनको शरीर ढाकिएको थियो । यस्तो अवस्थामा बसेका बेला राजा
परीक्षितले तिर्खाएका कारण ती ऋषिसंग पानि पिउन मागे ।
ऋषि ध्यानमा मग्न थिए उनलाई राजा आए गएको कुनै पत्तो थिएन । राजाले राजा
परीक्षितले स्वागतको त परै कुरा त्यहाँ बस्नका लागि तृणको आशन पनि भेट्टाएनन ।
कसैले बस पनि भनेन भने पानी तथा मिठो बोलीको सत्कार त कहाँबाट पाउनु । त्यसवेला
राजाले आफु अपमानित भएको संझे र रिसाए ।
उनी भोक प्यासले यति छटपटाई रहेका थिए कि जसले गर्दा एकाएक उनको ति
ब्राम्हणमाथि इष्र्या र रिस पलायो । यस्तो किसिमको रिस इष्र्या र आक्रोस राजाको
जीवनमा यो पहिलो घटना थियो ।
त्यहाँ बाट रिसाएर फर्कदा राजाले आफ्नो धनुषको टुप्पाले मरेको सर्प उठाएर
ऋषिको गलामा लगाइदिए र आफ्नो राजधानी फर्के ।
राजाले सोचे यि मुनिले सबै इन्द्रियलाई कर्म निबृत्त गराएर आँखा चिम्लिएका हुन
वा यी क्षत्रीय राजाहरूसंग मेरो के सरोकार छ र भनेर वन्द समाधिको ढोग रचेका हुन
यसरी सोच्दै उनी आफ्नो दरवार तिर फर्के ।
यता ती समिक ऋषिका छोरा बडो तेजस्वी थिए । उनी अरु ऋषिकुमारहरू संग खेल्न गएका
थिए । उनले आफ्ना पितालाई राजाले अपमान गरेको भन्ने कुरा थाहा पाए अनि बडो जोडले
रिसाउँदै यसप्रकार भने ।
अहो अधर्मः पालानां पीव्नां बलिभुजामिव ।
स्वामिन्यघं यद् दासानां द्वारपानां शुनामिव ॥ ३३ ॥
अहो ! यी राजाहरू
उच्छिस्ट भोजी कौवा समान सण्ड मुसण्ड भएर कस्तो अन्याय गर्न लागेका छन् । जसरी
ढोकामा बस्ने कुकुरको भित्र भान्छामा गएर खाने अधिकारी हुदैन त्यसरी नै यि राजा
लाई ब्राह्मणको अपमान गर्ने अधिकार छैन।
यी कुमार्गगामी शासकले आज श्रीकृष्ण भगवान् आफ्नो धाम जानु भएपछि आफ्नो
मर्यादा तोडेका छन् । आज यि राजा दण्डका भागि भएका छन् त्यसैले अब म आज यीनलाई दण्ड
दिन्छु । अव मेरो क्षमता कतिको छ हेर भनि आफ्ना साथीलाई भने–
इत्युक्त्वा रोषताम्राक्षो वयस्यान् ऋषिबालकः ।
कौशिक्याप उपस्पृश्य वाग्वज्रं विससर्ज ह ॥ ३६ ॥
यतिभनेर राताराता आँखा पारेर ती ऋषिकुमारले कौशिकी नदीको जलले आचमन गरेर आफ्नो
बाणरूप वज्र प्रयोग गरे ।
कुलंगार परीक्षितले आफ्नो मर्यादाको उलंघन गरेर मेरा पिताको अपमान गरे त्यसैले
मेरा प्रेरणाले आजको सात दिनमा यिनलाई तक्षकले डस्ने छ ।
यति भनेर श्राप दिएपछि ति बालक दौडादै वालक आश्रममा आए नभन्दै उनले आफ्ना
पिताको गलामा मरेको सर्प देखे त्यसपछि उनी दुःखी हुदै डाको छाडेर रुनलागे ।
छोराको रुवाई सुनेर ऋषिले विस्तारै आँखा उघारे । उनले आफ्नो गलामा मरेको सर्प
देखे ।
ऋषिले सर्पलाई मिल्काएर छोरालाई भने छोरा !
तिमी किन रोइरहेका छौ, तिमीलाई कस्ले अनादर ग¥यो ? उनले यसरी सोधेपछि बालकले सबै बृत्तान्त बताए ।
ब्रम्हर्षि समिक छोराको कुरा सुनेर खुसी भएनन । उनको विचारमा राजालाई श्राप
दिनु योग्य थिएन । त्यसैले उनले उल्टै छोरालाई हप्काउदै भने ओहो ! मुर्ख बालक ! तैले ठुलो पाप गरीस । सानो गल्तिमा यति ठुलो दण्ड दिइस, तेरो बुध्दि अझै काँचै छ ।
राजाको रूप धारण गरेर भगवान् पृथ्वीमा नदेखिने हो भने चोरहरू बढ्नेछन अनि
प्रजाहरू रक्षक नभएका भेडाहरू जस्तै नासिनेछन ।
राजा परीक्षित ता महान यशश्वी र धर्मको पालना गर्ने हुन । उनी भगवान्का
परमभक्त पनि हुन । उनले धेरै अश्वमेघ यज्ञ गरेका थिए । उनै राजा भोकप्यासले सताएका
कारण हाम्रो आश्रममा आएका हुन । उनीलाई श्राप दिनु राम्रो होइन ।
यो अज्ञानी वालकले हाम्रा निष्पाप राजा माथि अपराध ग¥यो त्यसैले सर्वात्मा भगवान्ले यो
अपराधको क्षमा गरुन ।
महामुनि समिकलाई आफ्ना छोराको अपराधमा धेरै पश्चाताप भयो तर उनले राजा
परीक्षितले आफु प्रति गरेका अपमान मा भने कुनै ध्यान दिएनन ।
महात्माहरूको स्वभाव नै यस्तो हुन्छ । किनकि उनीहरु आफुमा भएका ज्ञान र
आत्मस्वरूप भएका कारण अरुद्वारा आफु दुःख पाउदा पनि त्यसको चिन्ता गर्दैनन, बरु उसैको भलो चिताउँदछन् ।।
उण्डाइसौं अध्याय
परीक्षितो गंगातटे प्रायोपवेशनम्, ऋषिसमागमः, शुकागमनम्, राज्ञः प्रश्नश्च (
सूतजी भन्दछन्–
(इन्द्रवज्रा)
महीपतिस्त्वथ तत्कर्म गर्ह्यं
विचिन्तयन् नात्मकृतं सुदुर्मनाः ।
अहो मया नीचमनार्यवत्कृतं
निरागसि ब्रह्मणि गूढतेजसि ॥
राजा आफ्नो राजधानी फर्केपछि आफ्नो कामको बारेमा उनलाई पश्चातप भयो । उनले
सोचे अहो ! आफ्नो तेजलाई
लुकाई राखेका ती निरापराध ब्राम्हणलाई आज मैले अनार्य ब्यक्तिले झैं अपराधी काम
गरें ।
ध्रुवं ततो मे कृतदेवहेलनाद्
दुरत्ययं व्यसनं नातिदीर्घात् ।
तदस्तु कामं ह्यघनिष्कृताय मे
यथा न कुर्यां पुनरेवमद्धा ॥ २ ॥
मलाई कुनै ठुलो विपत्ति आउने छ । मेरो इच्छा पनि यस्तै छ । किनकि त्यसबाट मैले
गरेको पापको प्रायश्चित्त हुनेछ । फेरी पछिका दिनमा यस्तो निच काम गर्ने शाहस
गर्नेछैन ।
अद्यैव राज्यं बलमृद्धकोशं
प्रकोपितब्रह्मकुलानलो मे ।
दहत्वभद्रस्य पुनर्न मेऽभूत्
पापीयसी धीर्द्विजदेवगोभ्यः ॥ ३ ॥
राजा सोच्न लागे अब ब्राम्हणको क्रोधको आगोले मेरा राज्य, सेना र सम्पत्ति जलेर खरानी होस् यसमा
मलाई कुनै दुःख हुनेछैन बरु जसले गर्दा अवका दिनमा म दुष्टको ब्राम्हण, देवता र गाई प्रति यस्तो पाप बुध्दि
नपलाओस ।
यसप्रकार चिन्ता गरीरहेका राजाले ऋषिकुमारको श्रापले तक्षकले डस्नेछ भन्नेकुर
थाहापाए । उनले मनमनै सोचे म धेरै दिन देखि यस संसारमा आशक्त भएको थिएं अव मलाई
वैराग्य हुने अवसर प्राप्त भएको छ ।।४।।
हुनत राजाले पहिले देखि नै यसलोक र परलोकको भोगलाई तुच्छ सम्झन्थे । अव आफ्ना
सबै राज्य धन सम्पत्ति दरवार आदि सबैकुरालाई त्यागेर श्रीकृष्णको
चरणकमलको सेवालाई सर्वो परि मानि आमरण अनसनको ब्रत लिने इच्छाले राजा गङ्गाको
तीरमा गएर अनन्य भावले श्रीकृष्ण्को चरणको ध्यान गर्नलागे राजा परीक्षित यसरी
राजपाठ त्यागेर गंगाका तिरमा श्रीकृष्णको चरणको ध्यान गरेर बसेका छन् भन्ने थाहा
पाएर त्यससमयमा तीनैलोकमा विचरण गर्ने ठुलाठुला ऋषिमुनिहरू आफ्ना शिष्यहरूलाई साथै
लिएर त्यस ठाँउमा आए
त्यहाँ अत्रि, वशिष्ठ, च्यवन, सरद्वान, अरिष्टनेमि, भृगु, अंगिरा, पराशर, विश्वामित्र, प्रशुराम, उतथ्य, इद्रप्रमद, इध्मवाह, ।
मेधातिथि, देवल, आष्र्टिषेण, भरद्वाज, गौतम, गौतम, पिप्लाद, मैत्रेय, और्व, कवष, अगस्त्य, भगवान् व्यास, नारद पनि ।
अरु श्रेष्ठ देवर्षि, ब्रम्हर्षि तथा अरुणादि राजर्षि समेत आए । यसरी विभिन्न
गोत्रका ऋषिहरू एक ठाँउमा जम्मा भएको देखेर राजाले वहांहरूलाई सकेसम्मको स्वागत
गरे ।
अनि राजाले भने–
अहो सबै राजाहरूमा म नै भाग्यमानी रहेछु किनभने तपाईहरूले म माथि आज ठुलो
अनुग्रह गर्नु भयो । म माथि तपाई महापुरुषहरूको कृपा प्राप्त भयो ।
ब्राम्हणहरू ! मैले आफ्नो चित्त भगवान्को चरणमा समर्पण गरेको छु । तपाईहरूले र गङ्गामाताले
शरणागत संझेर म प्रति अनुग्रह गर्नु होला । ब्राम्हणकुमार बाट प्रेरित भएर जो भए
पनि तक्षकरूप लिएर अथवा स्वयं तक्षक आएर डसोस् अब मलाई कुनै परवाह छैन । मेरो मन
भगवान्मा तन्मय भएको छ ।
तपाईहरूले म माथि कृपा गरेर भगवान्का रसमय लीलाहरूको बारेमा वर्णन गर्नुहोस् ।
पुनश्च भूयाद्भगवत्यनन्ते
रतिः प्रसङ्गश्च तदाश्रयेषु ।
महत्सु यां यामुपयामि सृष्टिं
मैत्र्यस्तु सर्वत्र नमो द्विजेभ्यः ॥
म तपाईहरूको चरणमा प्रणाम गरेर फेरी यो भन्दछु कि मेरो कर्मका कारण जुनसुकै योनिमा
जन्म लिए पनि भगवान् श्रीकृष्ण प्रति अनुराग रहिरहोस्, उनको चरणमा आश्रित भएका महात्माहरू
प्रति प्रेम रहोस, संसारका प्राणीहरूमा मैत्री रहोस् मलाई यहि आशिर्वाद दिनुहोस् ।
पृथ्वीको एकछत्र सम्राट महाराज परीक्षितले यसरी आमरण अनसन ब्रत लिएर बसेका वखत
आकाशबाट देवताहरू हर्षित भएर उनको प्रशंसा गर्दै फूलको वर्षा गर्नलागे । बाजाहरू
बज्न लाग्यो ।
ऋषिहरू भन्नथाले भगवान्का परमभक्त राजा परीक्षितले जव सम्म आफ्नो नश्वर शरीर
त्याग गर्दैनन् तव सम्म हामी यहि बस्नेछौं ।
महाराज परीक्षितले ऋषिहरुलाई भने ।
महात्माहरू हो ! तपाईहरू सबै यहाँ पाल्नुभएको छ । तपाईहरू त सत्यलोकमा बस्ने मुर्तिमान वेद सरह
हुनुहुन्छ । तपाईहरूमा अरुको भलाइ गर्नु भन्दा अरु कुनै स्वार्थ छैन । तपाईहरूमा
पूर्ण विश्वास गरेर मेरो कर्तब्यको बारेमा पश्न गर्दछु ।
ततश्च वः पृच्छ्यमिमं विपृच्छे
विश्रभ्य विप्रा इति कृत्यतायाम् ।
सर्वात्मना म्रियमाणैश्च कृत्यं
शुद्धं च तत्रामृशताभियुक्ताः ॥ २४ ॥
तपाई सबै विद्वानहरूले बिचार गरेर बताउनुहोस् कि मृत्युको अन्तिम अवस्थामा आई
पुगेका पुरुषका लागि मन र शरीरले गर्नुपर्ने पवित्र कर्म के हो ? राजाले यसरी सोधे।
तत्राभवद् भगवान् व्यासपुत्रो
यदृच्छया गामटमानोऽनपेक्षः ।
अलक्ष्यलिङ्गो निजलाभतुष्टो
वृतश्च बालैरवधूतवेषः ॥ २५ ॥
परीक्षितले ऋषिहरूसंग यस्ता कुरा बारे भलाकुसारी गरीरहेको बखतमा कसैको अपेक्षा
नराखि पृथ्वीमा स्वेच्छापूर्वक विचरण गर्ने व्यासानन्दन् सुकदेवजी महाराज त्यहाँ
आई पुग्नुभयो । उनीमा वर्ण तथा आश्रम धर्मको कुनै चिन्ह थिएन । आत्मा अनुभुतिले
सन्तुष्ट थिए । वच्चा र स्त्रीहरूले घेरिएका, उनी अवधूत भेषका थिए ।
अतिथिको रूपमा पाल्नुभएका सुकदेवजीलाई देख्नासाथ राजा परीक्षितले टाउको झुकाएर
प्रणाम गरे अनि उनको पूजा गरे ।
यसरी सबैबाट सम्मान पाएका सुकदेवजी उच्च आसनमा बिराजमान भए । ग्रह नक्षत्र र
ताराले घेरिएका चन्द्रमा जस्तै ब्रम्हर्षि, देवर्षि र राजर्षिले घेरिएका सुकदेवजी अत्यन्त
शोभायमान देखिए ।
त्यसपछि परीक्षितले विनम्र भएर उनलार्ई सोध्न लागे ।
मुनिदेव तपाईले कृपा गरी अतिथिको रूपमा पाल्नु भएर हाम्रो तीर्थलाई पवित्र
वनाई दिनु भयो ।
अतः पृच्छामि संसिद्धिं योगिनां परमं गुरुम् ।
पुरुषस्येह यत्कार्यं म्रियमाणस्य सर्वथा ॥ ३७ ॥
तपाई योगीहरूका पनि गुरु हुनुहुन्छ त्यसैले म तपाई संग परमसिध्द साधनका
सम्वन्धमा प्रश्न गर्दछु कि जो पुरुष मरणको अन्तिम अवस्थामा छ भने उसले के गर्नु
पर्दछ ।
फेरि यो पनि बताउनुहोस कि मानिसले कस्को श्रवण, जप, स्मरण र कस्को कीर्तन गर्नु पर्दछ र के कुराको
त्याग गर्नु पर्दछ ।
हे मुनिवर ! तपाईको दर्शन अत्यन्त मुस्किल छ किनकि गाई दुहुने जति समय लाग्छ त्यति बेर नै तपाई गृहस्थको घरमा बस्नुहुन्छ ।
यता सूतजी भन्छन्– राजा परीक्षितले अत्यन्त मिठो बोलीले यसरी प्रश्न गरेपछि सम्पुर्ण धर्मका
बारेमा जान्ने भएका व्यासजीका छोरा सुकदेवजीले राजाले सोधेको प्रश्नको उत्तर दिन
थाले ।। यति कथाको विस्तार गर्दा भागवत प्रथमस्कन्धको सम्पूर्ण कथा समाप्त हुन्छ ।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
प्रथमस्कन्धे शुकागमनं नाम एकोनविंशोऽध्यायः ॥ !९ ॥
श्रीमद्भागवत महापुराण
द्वितीय स्कंधः प्रथमोऽध्यायः
श्रीशुक उवाच
वरीयान् एष ते प्रश्नः कृतो लोकहितं नृप ।
आत्मवित् सम्मतः पुंसां श्रोतव्यादिषु यः परः ॥
शुकदेवजी भन्नुहुन्छ– हे महाराज परीक्षित! तपाईले लोकको हितका लागि गर्नुभएको प्रश्न
धेरै उत्तम छ । आत्मज्ञानीहरू यस्तो प्रश्नको सम्मान गर्दछन मानिसले यी सबै सुन्नु
पर्ने, मनन् गर्नु पर्ने र किर्तन गर्नु पर्ने कुराहरू
हुन ।
राजन ! गृहस्थमा
अलमलिएका मानिसहरू आफ्नो आत्मतत्वको वास्तविक स्वरूपलार्ई जान्दैनन उनीहरूको लागि
सुन्नू, एवं सोच्नु पर्ने हजारौं कुराहरू हुन्छन ।
उनीहरूको पुरै जीवन रात्रीमा निन्द्रा र स्त्री प्रसंगमा वित्दछ भने दिनमा
धनको मजा र परिवारको भरण पोषणमा नै वितेर जान्छ ।
फेरी संसारमा जसलार्ई आफ्नो र घनिष्ट सम्झिछ, ती शरीर, छोरा र स्त्री आदि सबै असत् वस्तु हुन तर विषयी
जीवहरू यस्तो मोहमा फसेर यसरी भुल्दछन् कि मृत्युको आहारा हुँदा पनि चाल पाउदैनन्
।
तस्माद्भारत सर्वात्मा भगवान् ईश्वरो हरिः ।
श्रोतव्यः कीर्तितव्यश्च स्मर्तव्यश्चेच्छताभयम् ॥ ५ ॥
यसैले राजन जसले अभय प्राप्त गर्न चाहान्छ उसले त सर्वशक्तिमान सर्वात्मा
भगवान् श्रीकृष्णको लीलाहरूको श्रवण, किर्तन र स्मरण गर्नु पर्दछ ।
मानिसको जन्मको सफलता भनेको यो हो कि जसरी हुन्छ शांख्ययोगले, भक्तिले वा आफ्नो धर्म प्रतिको आस्थाले
जे ले हुन्छ मृत्युको समयमा भगवान् नारायणको स्मरण होओस । भगवान्का लीला कथाहरुले
नै मानिसको अन्त्य सुधार्दछ यो लीला कथाहरुको साररुप भागवतमा हुन्छ ।
यो भगवद्रूप वेदतुल्य भागवत नाम गरेको महापुराण मैले आफ्ना पिता
कृष्णद्वैपायनबाट अध्ययन गरेको हुँ ।
तपाई भगवान्को परम भक्त हुनुहुन्छ त्यसैले यो पुराण म तपाईलार्ई सुनाउछु ।
जसले यस पुराण प्रति श्रध्दा राख्दछ उसकोमन बुध्दि सबै सुध्द हुन्छ ।
खट्वाङ्गो नाम राजर्षिः ज्ञात्वेयत्तामिहायुषः ।
मुहूर्तात् सर्वं उत्सृज्य गतवान् अभयं हरिम् ॥
महाराज परीक्षित! अझैपनि तपाईको जीवनको सात दिन बाँकी छ । यस समयमा आफनो परम कल्याणको लागि जे
गर्नु पर्ने हो सो गर्नुहोस । राजा खट्वांगले आफ्नो आयुको दुई घडि समय रहेको थाहा
पाएपछि सबै विषयासक्तिलाई लाई त्यागेर भगवान्का मन लगाउँदा उनले अभय पद प्राप्त
गरेथे । त्यसैले राजन ! मृत्युको समय आयो
भनेर हडबडाउनु हुदैन, त्यतिबेला उसले वैराज्ञको शास्त्रले शरीरमा सम्बन्ध राख्ने पारिवारिक
ममताहरूलार्ई कट्नु पर्दछ ।
बुध्दिको सहायताले इन्द्रियलार्ई उसको विषयबाट हटाउनु
पर्दछ, त्यसपछि कर्मरूपी वासनाले चञ्चल भएको मनलार्ई विचारका माध्यमले रोकेर भगवानको
चिन्तनमा लगाउनु पर्दछ ।
शुकदेवजीले यसरी बताउपछि राजा परीक्षितले सोधे —
ब्रम्हन ! यो बताउंनुहोस कि धारण कुन साधनाले कुन वस्तुमा र कुन प्रकारले गरिन्छ र उसको
कस्तो स्वरूप हुन्छ, जसले मानिसको मनमा रहेको मैलोलार्ई
तुरुन्तै हटाइदिन्छ।
शुकदेवजीले भन्नुभयो राजन् ।
यो कार्यरूप सम्पूर्ण विश्व कहिले थियो वा हुनेछ भन्ने कुरा सम्पूर्ण रूपमा
जसमा देखिन्छ त्यहि भगवान्को स्थूलरूप र विराट शरीर हो ।
सात आवरण जल, वायु, अग्नि, आकास, अहंकार, महतत्व र प्रकृति ले घेरिएको यस ब्रम्हाण्ड शरीरमा जुन विराट पुरुष हुनुहुन्छ
वहा नै धारणको आश्रय हुनुहुन्छ र वहाकै धारण गरिन्छ ।
पातालमेतस्य हि पादमूलं
पठंति पार्ष्णिप्रपदे रसातलम् ।
महातलं विश्वसृजोऽथ गुल्फौ
तलातलं वै पुरुषस्य जङ्घे ॥ २६ ॥
तत्व जान्नेहरूले यसरी वर्णन गरेका छन् कि पैताला विराट पुरुषको पाताल हो, वहाँको कुरकुच्चा र पाउको अगाडिको भाग
रसाताल हो, दुवै गोलिगाँठा महातल हो र पिडौंला तलातल हो ।
परीक्षित! विश्वमुर्ति भगवान्को दुवै घुंडा सुतल हो, दुवै तिघ्रा वितल र अतल हो कम्मर मुनीको भाग भुतल हो र वहाँको नाभिरूप
सरोवरलार्ई आकाश भन्दछन् ।
आदिपुरुष परमात्माको छातीलार्ई स्वर्गलोक र ललाटलार्ई तपलोक भनिन्छ । उनै
हजारौं शिर भएका भगवान्को मस्तिस्कलार्ई सत्यलोक भनिन्छ ।
इन्द्रादि देवताहरू वहाँको हात हुन्, दिशा, कान र शव्द श्रवणेन्द्रिय हुन । दुवै
अश्विनीकुमार वहाका नाककमा प्वाल हुन । गन्ध घ्राणेन्द्रिय र बल्दै गरेको आगो
वहाँको मुख हो ।
जसरी सपना देख्नेहरूले स्वप्नावस्थामा आफुले आफैलार्ई विभिन्न पदार्थको रूपमा
देख्दछ त्यसरी नै सबै बुध्दिको वृत्तिद्वारा सबैकुराको अनुभव गर्ने त परमात्मा एक
मात्र हुनुहुन्छ । उनै सत्यस्वरूप आनन्दनिधि भगवान्को नै भजन गर्नु पर्दछ । अरु
कुनै पनि वस्तुमा आशक्ति राख्नु हुदैन । यो आशक्ति नै अधोगतिको मुल कारण हो ।
सृष्टिको प्रारम्भमा ब्रम्हाजीले यहि धारणाद्वारा प्रसन्नहुनु भएका भगवान्बाट
सृष्टि विषयको स्मृति प्राप्त गरेका थिए । जुन पहिला प्रलयकालमा लुप्त भएको थियो ।
जसबाट ब्रम्हाको दृष्टि अमोघ र बुध्दि निश्चयात्मिका हुनगयो । त्यसपछि उहाँले
पहिलाको जसरी नै सृष्टि गर्न थाल्नुभयो ।
जीव सुखको वासनाले गर्दा चिन्तन गर्न लाग्दछ । तर त्यो मायामय संसारमा कतै पनि
सुख पाउदैन ।
आफ्नो बुध्दिलार्ई विषय सुखबाट अनाशक्त राख्नुपर्छ जति प्राप्त हुन्छ त्यति
मात्र प्रयोग गर्नु पर्दछ । एक क्षणका लागि पनि असवधानी हुनुहदैन । यदि प्रारब्ध
विना नै संसारका पदार्थ मिल्यो भनेपनि त्यसको उपलब्धिलार्ई ब्यर्थ सम्झेर उपयोग
गर्न हुदैन ।
साधकले आफ्नो शरीर भित्र हृदायाकाशमा विराजमान भएका भगवान्को प्रादेश मात्र
स्वरूपको धारणा गरेर यस प्रकार ध्यान गर्नु पर्दछ कि जसको हातमा शंख, चक्र, गदा, पद्म धारण गर्नु भएको छ दुवै हातमा राम्रो रत्न
जडिएको सुनको वाजुवन्दले शोभायमान हुनुभएका, सिरमा अतिसय राम्रो मुकुट र कानमा रत्नहरूले
झलमल भइरहेको ।
छातीमा श्रीवत्सको चिन्ह ९सुनौलो धर्को० छ । घाँटीमा कौस्तुभ मणि हल्लिरहेको छ
र कहिल्यै नओइलाउने वनमालाले सुशोभित हुनुहुन्छ ।
वहाँको कम्मरमा कर्धनी, औंलाहरूमा बहुमूल्य औंठी पाउमा नुपुर र हातमा कनकन आदि गहनाहरू धारण गर्नुभएको
छ । कपाल घुम्रिएको र नीलो छ र यसैगरी अनुहार मन्दमन्द मुस्कानले भरिएको छ । यस्ता भगवान्को
एकाग्र मनले ध्यान गर्नु पर्दछ । जवसम्म वहाँ प्रभुमा अनन्य प्रेममय भक्ति हुदैन
तवसम्म साधकले नित्य नैमित्तिक कर्म पछि एकाग्र मनले भगवान्को सो स्थूल शरीरको
ध्यान गरि रहनुपर्दछ ।
हे राजन! जव योगीहरू यस मनुष्य शरीरलार्ई छोड्न चहान्छ भने उनीहरूले देश र कालमा मन लगाउन हुदैन । सुख पूर्वक स्थिर आशनमा बसेर प्राणलई जितेर मनद्वारा
इन्द्रियहरूलार्ई संयम गर्नुपर्दछ ।
परम शान्तमय अवस्थामा स्थित हुनुहुपर्दछ । त्यतिबेला उसका लागि शेष कर्तब्य
बाँकी रहदैन ।
महाराज परीक्षित! प्रलयको समयमा योगी स्वयं आनन्दस्वरूप भएर यही विधि रूपले आनन्द स्वरूप
शान्त परमात्मालार्ई प्राप्त गर्दछन् । जसले यस्तो भगवन्मय परमगति प्राप्त गर्दछ, उसले फेरि यस संसारमा फर्केर आउंनु
पर्दैन ।
राजा परिक्षित ! तपाईले जे सोध्नु भएको थियो ती सबै मैले वेदोक्त द्विविध सनातनमार्ग– सद्योमुक्ति र क्रममुक्तको बारेमा वर्णन गरें ।
पहिले सृष्टिकालमा ब्रम्हाजीले भगवान् वासुदेवको आराधना गरेर वहाँलार्ई प्रश्न
गर्नु हुँदा भगवान्ले यीनै दुई मार्गको बारेमा ब्रम्हाजीलार्ई बताउनु भएको थियो ।
संसारको विषयरूप चक्रमा परेका मानिसका लागि यहि साधन द्वारा अनन्य प्रेममयी
श्रीकृष्ण भक्ति प्राप्त हुन्छ, यो भन्दा अर्को कल्याणकारी मार्ग कुनै छैन ।
तस्मात् सर्वात्मना राजन् हरिः सर्वत्र सर्वदा ।
श्रोतव्यः कीर्तितव्यश्च स्मर्तव्यो भगवान् नृणाम् ॥ ३६ ॥
त्यसैलै महाराज ! मानिसले हर समयमा आफ्नो सम्पूर्ण शक्ति भगवान् श्रीहरिको श्रवण, कीर्तन र स्मरणमा लगाउंनु पर्दछ ।
हे राजन! मर्ने वेला भएका मानिसले के गर्नु पर्दछ भनेर म संग जुन प्रश्न गरेका थियौ
त्यस बारेमा मैले उत्तर दिएं ।
जसले भगवानका प्रेमि भक्तहरूसंग संगत गरेर भगवतप्रेम प्राप्त गर्ने तिर लाग्दछ
उसैको कल्याण हुन्छ ।
जसले भगवान् श्रीकृष्णको गुणगान अथवा श्रवणमा समय विताउछ उ वाहेक अरु मानिसको
आयु व्यर्थ छ । जसको आयु भगवान् श्री सूर्यनारायणले उदाउदा र अस्ताउदा क्षीण
गराउदछन् ।
जसले ब्रम्हतेजको इच्छा गर्दछन भने उसले बृहस्पतिको, जसलार्ई इन्द्रियको विषेश कामना छ भने
इन्द्रको, जसलार्ई सन्तानको इच्छा छ उसले प्रजापतिको उपाशना गर्नु पर्दछ ।
जसलार्ई लक्ष्मीको चहाना छ उसले मायादेवीको, जसले तेजको इच्छा राख्दछ उसले अग्निको, जसले धनको इच्छा राख्दछ उसले वशुको र जो
प्रभावशालि पुरुष वीरताको इच्छा राख्दछ उसले रुद्रको उपाशना गर्नुपर्दछ ।
चाहे निस्काम अथवा सकाम होस बुध्दिमान पुरुषले मोक्ष कामनाको लागि तिव्र
भक्तिद्वारा सदा श्री पुरुषोत्तम भगवानको आराधना गर्नु पर्दछ ।
शुकदेवजीले यसो भन्नुभए पछि राजा परीक्षित शुकदेवजी संग सोध्दछन्
भगवन् ! म तपाई संग यो जान्न चाहान्छु कि भगवान्ले आफ्नो मायाबाट यस संसारको सृष्टि
कसरी गर्नुहुन्छ । यस संसारको सृष्टि त यस्तो रहस्यमय छ
कि ब्रम्हादि लोकपाल हरू पनि यसलार्ई राम्ररी बुझ्न सक्तैनन ।
फेरि भगवान्ले यस विश्वको रक्षा र संहार कसरी गर्नुहुन्छ रु अनन्त शक्ति
परमात्माले कुन कुन शक्तिको आश्रय लिएर आफुले आफुलार्ई नै खेलौना बनाएर खेल्नु
हुन्छ रु वहाँ बालकले बनाएको माटोको घर जसरी यस ब्रम्हाण्डलार्ई कसरी बनाउनु हुन्छ
र फेरि कसरी नष्ट गर्नुहुन्छ । भगवान श्रीहरिको लीला बडो अद्भुत छ । त्यसैले यसबारेमा मलाई सबै बताउँनु होस ।
राजाको यस्तो प्रश्न सुनेर शुकदेवजी भगवान्को चरणको प्रार्थना गर्दै
भन्नुहुन्छ–
नमः परस्मै पुरुषाय भूयसे
सदुद्भवस्थाननिरोधलीलया ।
गृहीतशक्तित्रितयाय देहिनां
अंतर्भवायानुपलक्ष्यवर्त्मने ॥
जसले संसारको उत्पत्ति, स्थिति र संहारका लागि सत्व, रज तथा तमोगुणको तीन शक्ति स्विकार गरेर ब्रम्हा, विष्णु र शंकरको रूप धारण गर्नुहुन्छ ।
जो समस्त चर अचर प्राणीहरूको हृदयमा अन्तर्यामी रूपले विराजमान हुनुहुन्छ । उनै
पुरुषोत्तम भगवान्को चरणकमलमा मेरो कोटिकोटि नमस्कार छ । ।
भूयो नमः सद्वृजिनच्छिदेऽसतां
असंभवायाखिलसत्त्वमूर्तये ।
पुंसां पुनः पारमहंस्य आश्रमे
व्यवस्थितानामनुमृग्यदाशुषे ॥
जो सत्पुरुषको दुःख नाश गरेर उसलार्ई प्रेमदान दिनुहुन्छ । दुष्टहरूको संसारिक
बढ्तिलार्ई रोकेर मुक्त दिनुहुन्छ । तथा जो परमहंस आश्रममा स्थित हुनुहुन्छ, उनीहरूलाई इच्छा गरेका वस्तु दान
दिनुहुन्छ किनकि चर अचर सबै प्राणी वहाँको मुर्ति हुन्, म फेरि वारंवार उहाँको चरणमा नमस्कार
गर्दछु ।
नमो नमस्तेऽस्त्वृषभाय सात्वतां
विदूरकाष्ठाय मुहुः कुयोगिनाम् ।
निरस्तसाम्यातिशयेन राधसा
स्वधामनि ब्रह्मणि रंस्यते नमः ॥
वहाँ भक्तवत्सल हुनुहुन्छ । हठ र घमण्डले भक्तिहिन कार्य गर्नेहरूले भगवान्को
छायालार्ई पनि छुन सक्तैनन् । वहाँ समान अरु कसैको ऐश्वर्य छैन भने बढ्ता त कसरी
हुन सक्छ र यस्तो ऐश्वर्यले युक्त भए पनि जो ब्रम्हस्वरूप धाममा निरन्तर विहार
गर्नुहुन्छ उनै श्रीकृष्ण भगवान्लार्ई म वरंवार नमस्कार गर्दछु ।
यत्कीर्तनं यत्स्मरणं यदीक्षणं
यद् वंदनं यच्छ्रवणं यदर्हणम् ।
लोकस्य सद्यो विधुनोति कल्मषं
तस्मै सुभद्रश्रवसे नमो नमः ॥
जसको कीर्तन, स्मरण, दर्शन, वन्दन, श्रवण र पूजनले मानिसको पापलाई तत्कालै नाश गरिदिन्छ, त्यस्ता पूण्यकीर्ति भगवान्लाई वरंवार
नमस्कार गर्दछु ।
विचक्षणा यच्चरणोपसादनात्
सङ्गं व्युदस्योभयतोऽन्तरात्मनः ।
विन्दन्ति हि ब्रह्मगतिं गतक्लमाः
तस्मै सुभद्रश्रवसे नमो नमः ॥
जस्को चरणको शरण लिएर आफ्नो हृदयबाट यसलोक र परलोकको आशक्ति निकाल्दछ र विना
परिश्रम ब्रम्हपद प्राप्त गर्दछ उनै मंगलमय कीर्ति भएका भगवान श्रीकृष्णलार्ई म
वारंवार नमस्कार गर्दछु ।
तपस्विनो दानपरा यशस्विनो
मनस्विनो मंत्रविदः सुमङ्गलाः ।
क्षेमं न विन्दन्ति विना यदर्पणं
तस्मै सुभद्रश्रवसे नमो नमः ॥
ठुला ठुला तपस्वी, दानी, यसस्वी, मनस्वी, सदाचारी र मन्त्रवेत्ताहरू जवसम्म आफ्नो साधना तथा आफुलार्ई उनको चरणमा
सपर्पित नगर्दा सम्म उनिहरूलार्ई कल्याण प्राप्त हुदैन । उनै कल्याणमयी कीर्ति
भएका भगवान्लार्ई म वरंवार नमस्कार गर्दछु ।
किरातहूणान्ध्रपुलिन्दपुल्कशा
आभीरकङ्का यवनाः खसादयः ।
येऽन्ये च पापा यदपाश्रयाश्रयाः
शुध्यन्ति तस्मै प्रभविष्णवे नमः ॥
किरात, हुण, आन्द्र पुलीन्द, पुल्कस, कंक, यवन र खस आदि तल्ला जातिका र पापीहरू समेत उन शरणागत भक्तहरूको शरण पर्नाले
पवित्र हुन्छ उनै सर्वशक्तिमान भगवान्लार्ई म वारंवार नमस्कार गर्दछु ।
स एष आत्मात्मवतामधीश्वरः
त्रयीमयो धर्ममयस्तपोमयः ।
गतव्यलीकैरजशङ्करादिभिः
वितर्क्यलिङ्गो भगवान्प्रसीदताम् ॥
वहाँ भगवान् आत्मज्ञानीहरूका आत्मा, भक्तहरूका स्वामी, कर्मकाण्डीका निम्ति वेदमुर्ति, धार्मिकका लागि धर्म मुर्ति र
तपस्वीहरूका लागि तप स्वरूप हुनुहुन्छ । ब्रम्हा, शंकर आदि ठुला–ठुला देवताहरू पनि आफ्नो शुध्द हृदयबाट उनको
चिन्तन गर्दछन् र आश्चर्य चकित भएर हेर्दछन ।
श्रियः पतिर्यज्ञपतिः प्रजापतिः
धियां पतिर्लोकपतिर्धरापतिः ।
पतिर्गतिश्चान्धकवृष्णिसात्वतां
प्रसीदतां मे भगवान् सतां पतिः ॥ २० ॥
जो साह्रा सम्पत्तिहरूका स्वामीनी लक्ष्मिजीका पति हुनुहुन्छ । समस्त यज्ञका
भोक्ता र फलदाता हुनुहुन्छ, प्रजाहरूको रक्षक हुनुहुन्छ । सवका अन्तर्यामी र सबै लोकको पालन कर्ता
हुनुहुन्छ तथा पृथ्वीदेवीका स्वामी हुनुहुन्छ, जसले यदुवंशमा प्रकट भएर अन्धक, वृष्णि तथा यदुवंशीहरूको रक्षा गर्नुभयो, उनै शन्तहरूका सर्वश्व भक्तवत्सल भगवान
श्रीकृष्ण म संग प्रसन्न हुनुहोस ।
नमस्तस्मै भगवते वासुदेवाय वेधसे ।
पपुर्ज्ञानमयं सौम्या यन्मुखाम्बुरुहासवम् ॥ २४ ॥
वहाँको मुखबाट झरेको ज्ञानरूपी अमृत सन्त पुरुषहरू पान गर्दछन उनै वासुदेवातार
सर्वज्ञ व्यासदेवको चरणमा मेरो वारंवार नमस्कार छ ।
हे राजन! वेदगर्भ स्वयम्भु ब्रम्हासंग नारदले प्रश्न गर्दा यहि
कुरा बताउनु भएको थियो । वहाँ ब्रम्हालार्ई स्वयं नारायणले उपदेश दिनुभएको थियो
त्यहिकुरा मैले तपाईलार्ई बताइरहेको छु ।
श्रीमद्भागवत महापुराण
द्वितीय स्कंधः पञ्चमोऽध्यायः
यसै प्रसंगमा नारदजी आफ्ना पिता ब्रह्मजीसंग सोध्नुहुन्छ ।
देवदेव नमस्तेऽस्तु भूतभावन पूर्वज ।
तद्विजानीहि यद् ज्ञानं आत्मतत्त्वनिदर्शनम् ॥
पिताजी! तपाई त मेरो मात्र होइन, सब देवताहरूको श्रेष्ठ एवं सृष्टि कर्ता
हुनुहुन्छ । म तपाईलार्ई प्रणाम गर्दछु । मलार्ई त्यो ज्ञान दिनुहोस जसबाट
आत्मतत्वलाई बुझ्न सकिन्छ ।
पिताजी! यो संसारको लक्ष के हो रु यसको आधार के हो र यसको
निर्माण कसले ग¥यो रु कसमा यसको
प्रलय हुन्छ, यो कसको अधिनमा छ र यो वस्तविक वस्तु के हो रु यस्को बारेमा मलार्ई बताउनुहोस
।
फेरी पिताजी ! तपाईलार्ई यो ज्ञान कहाँबाट प्राप्त भयो रु तपाई कसको आधारमा रहनु भएको छ रु
तपाईको स्वामी को हो र तपाईको स्वरूप के हो रु तपाई एक्लै वा आफ्नो मायाले
पञ्चतत्वद्वारा सबै प्राणीको सृष्टि गर्नुहुन्छ ।
यसरी सबैका इश्वर भएर पनि तपाई एकग्र मनले घोर तपस्या गरिरहनु हुन्छ । यसबाट
मलार्ई अचम्मका साथ संका भइरहेको छ । कतै तपाई भन्दा ठुलो अर्को कोहि छ कि रु ।
पिताजी तपाई सर्वज्ञ सर्वेश्वर हुनुहुन्छ । म तपाईसंग जे सोधिरहेको छु त्यसको
बारेमा मलार्ई बताउनुहोस कि यसको बारेमा म सहि तरिकाले जान्न सकुं ।
ब्रम्हाजीले भन्नुभयो —
छोरा! तिमीले जीवहरू
प्रति करुणा जागेर यो धेरै उत्तम प्रश्न गरेका छौं किनकि मलार्ई यसबाट भगवानको गुणको बारेमा वर्णन गर्ने प्रेरणा मिलेको छ ।
जसरी सूर्य, अग्नि, चन्द्रमा, ग्रह, नक्षत्र र तारा वहाँकै प्रकाशले प्रकाशित भएर जगतमा प्रकाश फैलाउदछन त्यसरी नै
म पनि उनै स्वयमप्रकाश भगवान्को चिन्मय प्रकाशद्वारा प्रकाशित भएर संसारलार्ई
प्रकाशित गरिरहेको छु ।
तस्मै नमो भगवते वासुदेवाय धीमहि ।
वहाँ भगवान् वासुदेवलार्ई वन्दना गर्दछु र ध्यान पनि वहाँकै गर्दछु,
नारायणपरा वेदा देवा नारायणाङ्गजाः ।
नारायणपरा लोका नारायणपरा मखाः ॥
नारायणपरो योगो नारायणपरं तपः ।
नारायणपरं ज्ञानं नारायणपरा गतिः ॥
वेद नारायणको परायण हुन, देवता नारायणको अंङ्गबाटै प्रकट भएका हुन, र सबै योग पनि नारायणको प्रशन्नताको लागि नै हो
। सबै तपस्या नारायणको प्रशन्नताको लागि नै गरिन्छ । जसबाट लोकका लागि जे प्राप्ति
हुन्छ त्यो पनि नारायण प्राप्तिको लागि हो ।
सबैप्रकारको योग नारायण प्राप्तिकै लागि हो । तपस्याले पनि नारायण तिर नै
लैजाने हो । ज्ञानद्वारा पनि नारायणलार्ई नै जानिन्छ । सबै साध्य र साधनको
पर्यावसान भगवान् नारायणमा नै हुन्छ ।
हे नारद! इन्द्रियातित भगवान् गुणका यी तीन आवरणबाट आफ्नो स्वरूपलार्ई यसरी ढाक्नुहुन्छ
कि जसले गर्दा मानिसहरू उनलार्ई जनन्दैनन । सबै संसार र मेरो पनि
एकमात्र स्वामी वहाँ नै हुनुहुन्छ ।
मायापति भगवानलार्ई एकबाट धेरै हुने इच्छा हुँदा आफ्नो मायाले आफ्नो स्वरूपमा
स्वयं प्राप्त काल कर्म र स्वभावलार्ई स्विकार गर्नुभयो ।
भगवान्ले आफ्ना शक्तिले विभिन्न वस्तुमा विकार हुँदै ब्रम्हाण्डरूप
अण्ड को निर्माण गर्नुभयो । यो अण्ड एकहजार वर्ष सम्म निर्जीव रूपमा जलमा रह्यो ।
त्यसपछि काल कर्म र स्वभावलार्ई स्विकार गर्नुहुने भगवानले उसलार्ई जीवित
गराउनुभयो ।
त्यस अण्डलार्ई फुटाएर उनै विराट पुरुष प्रकट हुनुभयो । जसको तिघ्रा, चरण, हात, आँखा, मुख र शिर हजारौ संख्यामा छन् ।
विद्वान पुरुषहरू वहाँकै अङ्गमा सबैलोक र त्यसमा रहने वस्तुहरूको कल्पना
गर्दछन् । वहाँको कम्मर भन्दा मुनिको अङ्गमा सात पाताल र पेट भन्दा माथिको अङ्गमा
सात स्वर्गको कल्पना गर्दछन ।
द्वितीय स्कंधः षष्टोऽध्यायः
ब्रह्मोवाच ।
ब्रम्हाजी भन्नुहुन्छ —
उनै विराट पुरुषको मुखबाट वाणी र उसको अधिष्ठात्री देवता अग्नि उत्पन्न भयो ।
जसबाट सात छन्द र सात धातु निक्लियो । मानिस, पितृ र देवताहरूलार्ई भोजन गर्न योग्य अमृतमय
अन्न सबै प्रकारको रस र रसेन्द्रिय उसको अधिष्ठात्री देवता वरुण, विराट पुरुषको जिब्रबाट उत्पन्न भयो ।
वहाँको नाकको छिद्रबाट वायु तथा घ्राणेन्द्रियबाट अश्विनिकुमार र सबै औषधि तथा
गन्धहरू उत्पन्न भयो ।
वहाँको चक्षुन्द्रियबाट रूप तथा तेज को उत्पत्ति भयो सबै दिशाहरू र तीर्थ
कानबाट तथा श्रोतेन्द्रियबाट आकाश र शव्द निक्लियो ।
सबै यज्ञ, स्पर्श र वायु वहाँको त्वचाबाट निक्लियो । विराट पुरुषको कपाल, दाढि, जुगा र नङ्गबाट मेघ विजुली ढुंगा एवं फलाम आदि
धातुहरू, तथा हातबाट संसारका रक्षक लोकपाल प्रकट भए ।
हे नारद! विराट पुरुषको वायु–इन्द्रियबाट यम, मित्र र मलत्याग प्रकट भएको हो । तथा
हिंसा,निऋति, मृत्यु र नरकको उत्पत्ति स्थान वहाँको
गुदा हो ।
जसरी सूर्यले आफ्नो मण्डललार्ई प्रकाशित गरेर बाहिर पनि सबै ब्रम्हाण्डमा
प्रकाश फैलार्ई रहेको छ, त्यसरी नै
सम्पूर्ण लोक भगवान्को एक अंश मात्र हो । लोकमा वहाँको अंशमात्र निवास गर्दछन
। भुलोक, भूवर्लोक, र स्वर्लोक र योभन्दा माथि महर्लोक छ, त्यसभन्दा माथि जनलोक तपलोक र सत्यलोकमा क्रमशः
अमृत, क्षेम तथा अभयको निवास हुन्छ ।
शास्त्रमा दुई मार्ग बताइएको छ पहिलो अविद्यारूप कर्ममार्ग जुन सकाम पुरुषका
लागि हो, दोश्रो उपाशनारूप विद्याकमार्ग जुन निष्काम उपाशकका लागि हो । मानिसले यी दुई
मार्ग मध्दे कुनै एकको आश्रय लिएर भोग प्राप्त गराउने दक्षिण मार्ग अथबा मोक्ष
प्राप्त गराउने उत्तरमार्ग यात्रा गर्दछ तर भगवान् दुवैको आधार हुनुहुन्छ ।
नारद! यो सम्पूर्ण
विश्व उनै नारयणमा स्थित छ । वहाँ स्वयं प्राकृत गुणबाट रहित हुनुहुन्छ
तापनि सृष्टिको प्रारम्भमा मायाद्वारा नैं अनेक गुण ग्रहण गर्नुहुन्छ ।
वहाँको प्रेरणा पाएर नै म यस संसारको सृष्टि गर्दछु उनैको अधिनमा रहेर रुद्र
सृष्टिको संहार गर्दछन् र स्वयं विष्णु पालन गर्नुहुन्छ ।
ब्रह्माजी भन्नुहुन्छ छोरा!
तिमीले जे सोधेका थियौ त्यसको
उत्तर मैले दिऐं ।
ह।मी सबै यसबाट मोहित भइरहेका छौं कि वहाँको मायाबाट रचिएको जगतलार्ई ठिकरूपमा
बुझ्न सक्तैनौं । आफ्नो आफ्नो बुध्दि अनुसार अड्कल काट्ने मात्र हो ।
परमात्माको पहिलो अवतार विराटरूप हो
म शंकर, विष्णु, दक्षआदि प्रजापति, तिमी र तिमी जस्तै भक्तहरू, स्वर्गलोकका रक्षक, पक्षीका राजाहरू, मत्र्यलोकका राजाहरू, तलको लोकका राजाहरू । त्यस्तै गन्दर्भ विद्याधर र चरणक यक्ष, राक्षस, सर्प, नागका स्वामी, महर्षि, पितृ, दैतेन्द्र, सिध्देश्वर, दानवराजहरू । यी सबै परम तत्वमय भगवत स्वरूप
हुन ।
नारद! यो बाहेक वहाँ परम पुरुष परमात्माको पवित्र मुख्य मुख्य लीला एवं अवतारहरूको बारेमा
पनि म क्रमशः वर्णन गर्दछु । वहाँको चरित्र सुन्नाले श्रवणेन्द्रियको दोषहरू नाश
हुन्छ । तिमी सावधान भएर सुन ।
ब्रह्माजी भन्नुहुन्छ
अनन्त भगवान्ले प्रलयकालमा जलमा डुवेकी पृथ्वीको उध्दार गर्न यज्ञमय वराह शरीर
ग्रहण गर्नुभयो । आदि दैत्य हिराण्यक्ष जल भित्रै भगवान् संग युध्द गर्न भनि आयो ।
भगवान्ले आफ्नो दाह्राले त्यसलाई टुक्रा–टुक्रा पारिदिनुभयो ।
उनै भगवानले रुचि नाम गरेका पजापतिकी पत्नी आकुतिको गर्भबाट सुयज्ञको रूपमा
अवतार लीनुभयो । त्यस अवतारमा वहाँले दक्षिणा नाम गरेकी पत्नीबाट सुयम नाम गरेको
देवताहरू उत्पन्न गरेर तीनै लोकको ठुलो शंकट हरण गर्नु भएकाले स्वायम्भुव मुनले
उहाँलार्ई हरि नाम राख्नुभयो ।
नारद! कर्दम प्रजापतिकी
पत्नी देवहुतीको गर्भबाट नौ बहिनी सहित भगवान्ले कपिलदेवका रूपमा अवतार लीनुभयो । उहाँले आफ्नी आमालार्ई आत्मज्ञानको उपदेश दिनुभयो ।
एकपटक ऋषि अत्रिको प्रार्थनालाई स्विकार गरेर भगवान्ले दत्त ९दतात्रेय० हनुभयो
। वहाँकै चरणकमलको रजले आफ्नो शरीरलार्ई पवित्र गरेर राजा यदु र सहस्रार्जुनले भोग
र मोक्ष प्राप्त गरे ।
सृष्टिको प्रारम्भमा मैले विभिन्न लोकको रचना गर्ने इच्छाले तपस्या गरें, मेरो तपस्याले खुसी भएर वहाँले तपः
अर्थको सन नामले युक्त भएर सनक, सनन्दन, सनातन र सनतकुमार को रूपमा प्रकट हुनुभयो । यस अवतारमा प्रलयका कारण बिर्सिएको
पहिलो कल्पको आत्मज्ञानको बारे ऋषिहरूलार्ई उपदेश दिनुभयो जुन उपदेशले गर्दा
उनीहरूले आफ्नो हृदयमा तत्काल परमतत्वको साक्षात्कार गरे ।
धर्मकी पत्नी दक्षकन्या मुर्तीको गर्भबाट वहाँ नरनारायणको रूपमा प्रकट हुनुभयो
।
आफ्ना बाबु उत्तानपाद संग बसेका पाँच वर्षका वालक धु्रवलार्ई सौतेनी आमा
सुरुचीले कटु वचन प्रहार गरिन, यस्तो कलीलो अवस्थामा पनि त्यो कठोर वचनले गर्दा ध्रुव तपस्या गर्न भनेर वनमा
गए । उनको प्रार्थनाबाट खुसी भएर भगवान् प्रकट भएर ध्रुवलोकको वरदान दिनुभयो ।
आजपनि ध्रुवको प्रदक्षिणा गरेर महर्षिहरू उनको स्तुति गर्दछन ।
कुमार्गगामी भएको वेनको सम्पत्ति र पौरख ब्राम्हणको हुंकाररूपी वज्रले भस्म
भयो र उ नरकमा खस्न लाग्यो । ऋषिहरूको प्रार्थनाबाट पृथु अवतार धारण गरेर उसलार्ई
नरक बाट उतार्नु भयो । सोहि अवतारमा पृथ्वीलार्ई गाई बनाएर सबै जगतका लागि अन्न
आदि औषधि दोहन गर्नुभयो ।
राजा नाभिकी पत्नी सुदेवीको गर्भबाट भगवान्ले ऋषभदेवको रूपमा जन्म लीनुभयो ।
त्यसपछि वहाँ यज्ञपरुषले मेरै यज्ञमा स्वर्ण समान कान्तिरूप हयगृव अवतार लिएर
आउनुभयो वहाँको नाशिकाबाट सासको रूपमा वेद प्रकट भयो ।
चाक्षुष मन्वन्तरको अन्त्यमा पछिल्ला मनु सत्यब्रतले मत्स्यरूपमा भगवान्लार्ई
प्राप्त गरेका थिए । प्रलयको त्यस भयंकर जलमा मेरो मुखबाट निस्किएको वेदलार्ई लिएर
उसैमा विहार गर्नुभयो ।
जव देवता र दानवहरू अमृत प्राप्तिका लागि क्षरीसागर मन्थन गरिरहेको अवस्थामा
भगवान्ले कक्षपरूप लिएर मन्दराचललार्ई आफ्नो पिठ्युमा धारण गर्नुभयो ।
देवताहरूको डर भगाउनको लागि वहाँले नृसिंहको रूप धारण गर्नुभयो । त्यस समयमा
भगवान् नृसिंहले हिरण्यकसिपु लाई पक्रेर आफ्नो काखिमा राखेर नंग्राले उसको पेट
चिरिदिनुभयो ।
ठुलो सरोवरमा महावली ग्राहले गजेन्द्रको खुट्टा पक्ड्यो । ग्राहबाट उम्कन नसकि
धेरै थाकेर गजेन्द्र दुःखी हुदै आफ्नो सुंडले कमल लिएर भगवान्को आराधना गर्नलाग्यो, त्यतिबेला भगवान् चक्रपाणि गरुडको
पिठ्युमा बसेर त्यस ठाउँमा आउनुभयो र आफ्नो चक्रले त्यो ग्राहको मुख फोडिदिनु भयो
। भगवान्ले उस्को उध्दार गर्नुभयो ।
भगवान् सबभन्दा सानो भएर अदितिको पुत्र हुनुभयो बलिलाई छल गरेर सम्पूर्ण
लोकलार्ई आफ्नो तीन पाउले नाप्नु भएको थियो ।
नारद तिम्रो अत्यन्त पे्रम भावबाट प्रशन्न भएर हंशको रूपमा भगवान्ले तिमीलार्ई
योग, ज्ञान, र आत्मतत्वको प्रकाश गर्ने भागवत–धर्मको उपदेश दिनुभयो । त्यो त केवल भगवान्को
शरणागत भक्तलाई मात्र सजिलै प्राप्त हुन्छ ।
उनै भगवान् स्वयम्भुव आदि मन्वन्तरमा मनुको रूपमा अवतार लिएर मनुवंशको रक्षा
गर्नुभयो
कीर्तिरूप धन्वन्तरी भगवान्ले आफनो नामले नै जीर्ण रोगीको रोग समेत तत्कालै
नष्ट गर्नुहुन्छ । वहाँले देवताहरूलार्ई अमृत पिलाएर अमर गराउँनु भयो । वहाँको यो
अवतारबाटै संसारमा आयुर्वेदको प्रचार भयो ।
जव संसारमा ब्राम्हणद्रोही, कुमार्गी, बढ्दछन् त्यतिवेला भगवान् महापराक्रमि परशुरामको रूपमा अवतिर्ण भएर आफ्नो
धारीलो वन्चरोले एक्काइस पटक क्षत्रियहरूको संहार गर्नुभयो ।
मायापति भगवान् हामी माथि अनुग्रह गर्नको लागि आफ्नो कला– भरथ, सत्रुघ्न र लक्ष्मणका साथै श्रीरामको रूपमा
इक्ष्वाकु वंशमा अवतिर्ण हुनुभयो । रावणादिको वध गरेर पृथ्वीको भार हरण गर्नु भयो
।
जुन समयमा दैत्यहरू पृथ्वीलाई पीडा पु¥यांउँनेछन त्यस समयमा पृथ्वीको भार उतार्नको
लागि भगवान् बलराम र श्रीकृष्णको रूपमा अवतार ग्रहण गर्नुहुन्छ । कलाले आफ्नो
अवतार प्रकट गर्ने वहाँले यस्तो अद्भुत चरित्र गर्नुहुन्छ कि सांसारका मानिसले
वहाँको लीलालार्ई बुझ्न सक्तैनन् ।
बालक कालमा पुतनाको प्राण लीनु, तीनमहिनाको हँदा खुट्टा उचालेर ठुलो गाडा
पल्टाइदिनु र घुँडा टेकेर आकाश छुनु, यमलार्जुनलाई उखेलिदिनु जस्ता लीला गर्नुभयो जुन
काम भगवान् बाहेक अरु कसैले सक्तैन ।
कलिको अन्त्यमा जव सत्पुरुषको घरमा पनि भगवान्को कथामा बाधा पु¥याउन लाग्नेछन्, त्यतिवेला कलियुगमा शासन गर्नको लागि
भगवान् कल्कि अवतार धारण गर्नुहनेछ ।
जव संसारको रचनाको समय हुन्छ, त्यतिवेला मेरो तपस्या, नौ प्रजापति, मरिचि आदि ऋषिहरू मेरो रूपमा, जव सृिष्टको रक्षाको समय हुन्छ त्यतिवेला धर्म, विष्णु, मनु, देवता र राजाको रूपमा, तथा जव सृष्टिको प्रलयको समय हुन्छ
अधर्म, रुद्र, एवं क्रोधादिको अधिनमा रहेका दैत्य आदिको रूपमा सर्वशक्तिमान भगवान्को माया
विभुतिहरू प्रकट हुनेछ ।
प्यारा नारद! परम पुरुषको त्यो योगमायाको बारेमा म जान्दछु त्यस्तै तिमी, भगवान् शंकर, दैत्यश्रेष्ठ प्रल्हाद, सतरूपा, मनु, मनुका छोरा पृयव्रत, प्राचिनवर्हि, ऋभु र ध्रुव आदि महात्मा पनि जान्दछन ।
परमात्माको वास्तविक स्वरूप सदा एकनासमा रहने शान्त अभय र ज्ञानस्वरूप हो । न
वहाँको मायाको मल हुन्छ न वहाँको रचनाको विषयमा नै हुन्छ । वहाँ यो सत् र असत्
दुवै बाट पर हुनुहुन्छ । परमपुरुष भगवान्को त्यहि परम पद हो विद्वानहरू यसैलाई शोक
रहित, अनन्त, आनन्द स्वरूप “ब्रम्ह” भन्दछन ।
छोरा नारद! संकल्पबाट विश्वको रचना गर्ने षडैश्वर्य सम्पन्न श्रीहरिको बारेमा
मैले तिमीलार्ई सारांसमा बताएं । जे जति कार्य कारण भाव अभाव छ त्यो सबै भगवान्बाट
भिन्न छैन । फेरि पनि भगवान् त यसबाट टाढा हुनुहुन्छ ।
इदं भागवतं नाम यन्मे भगवतोदितम् ।
सङ्ग्रहोऽयं विभूतीनां त्वमेतद् विपुली कुरु ॥
भगवान्ले मलार्ई जे उपदेश दिनु भएको थियो त्यहि भागवत हो । यसमा भगवान्को
विभूतिहरूको संक्षेपरूपमा वर्णन गरिएको छ ।
यसप्रकार सवका आश्रय सर्वस्वरूप श्रीहरिमा प्रेममयी भक्ति रहोस भन्ने निश्चय
गरेर यसको वर्णन गर ।
जो पुरुष भगवानको अचिन्त्य शक्ति मायाको वर्णन वा अरुबाट पाएको वर्णनको
अनुमोदन गर्दछ अथवा श्रध्दाको साथ नित्य सुन्दछ भने उस्को चित्त मायाबाट कहिले पनि
मोहित हुदैन ।
द्वितीय स्कंधः अष्टमोऽध्यायः
राजोवाच ।
ब्रह्मणा चोदितो ब्रह्मन् गुणाख्यानेऽगुणस्य च ।
यस्मै यस्मै यथा प्राह नारदो देवदर्शनः ॥
राजा परिक्षितले सोधे–
भगवन् तपाई वेदवेत्ताहरूमा श्रेष्ठ हुनुहुन्छ । म तपाईसंग यो जान्न चाहान्छु
कि ब्रम्हजीले निर्गुण भगवान्को गुणको बारेमा वर्णन गर्न नारदजीलार्ई उपदेश दिनु
भएपछि नारदले उनले कस–कसलार्ई कसरी
उपदेश दिए ?
अब तपाई मलार्ई यस्तो उपदेश दिनुहोस कि म आफ्नो आशक्ति रहित मनलार्ई भगवान्
श्रीकृष्णमा तन्मय गरेर आफ्नो शरीर छाड्न सकुं ।
जसले श्रध्दा भक्ति पूर्वक वहाँका लीलाहरू सधैं सुन्दछ अथवा भन्दछ, उस्को हृदयमा चाढै नै भगवान् प्रवेश
गर्नु हुनेछ ।
जसरी सरद ऋतुको पानीले हिलोलार्ई पखालि नाश गरिदिने छ, त्यसरी नै वहाँ कानको प्वालद्वारा आफ्नो
भक्तको भावमय हृदयमा गएर बस्नुहुन्छ र भक्तको मनमा भएको मैलोलार्ई नाश
गरिदिनुहुन्छ ।
तपाईले पहिला बताउनु भयो कि विराट पुरुषको अंगबाट लोक र परलोकको रचना भयो ।
अनि यो पनि भन्नुभयो कि लोक र लोकपालको रूपमा उनको अंगको कल्पना भयो, यो दुई थरि कुराको तात्पर्य के हो ।
महाकल्प र सो अन्तर्गतको आवन्तर कल्प कति छ रु भूत, भविष्य र वर्तमान कालको कल्पना कसरी
गरिन्छ रु के स्थूल देहाभिमान जीवको आयुमा पनि बन्धन छ कि । युगहरूको भेद, परिणाम र विभिन्न फरक धर्म र भगवानको
विभिन्न अवतार त्यस्तै वहाँका आश्चर्यमय चरित्रहरूको बारेमा पनि बताउनु होस ।
तत्वको शंख्या कति छन र उसको स्वरूप र लक्षण के हो रु भगवान्को आराधना र
अध्यात्म योगको विधि के हो रु ।
वेद, उपनिषद, धर्मशास्त्र, र पुराणको स्वरूप एवं तात्पर्य के हो ? ।
मोक्ष स्वरूप के हो रु र उ आफनो स्वरूपमा कसरी स्थिर भएर रहन्छन रु ।
भगवान् ता परम स्वतन्त्र हुनुहुन्छ । अनि वहाँ आफ्नो मायाले कसरी क्रीडा
गर्नुहुन्छ फेरि उसलार्ई छाडेर साक्षि जस्तो उदाश कसरी हुनुहुन्छ ?
भगवान् म यी सबैका बारेमा सोधिरहेको छु । म तपाईको शरणमा छु महामुनि ! अव कृपा गरेर
सबैका बारेमा यथार्थ वर्णन गर्नुहोस ।
सूतजीले भने –
शौनकादि ऋषिहरू! जव राजा परिक्षितले सन्त सभामा भगवान्को लीला कथाहरू सुन्नका लागि प्रार्थना
गरे त्यसपछि सुकदेवजी धेरै खुसी भए ।
प्राह भागवतं नाम पुराणं ब्रह्मसम्मितम् ।
ब्रह्मणे भगवत्प्रोक्तं ब्रह्मकल्प उपागते ॥ २८ ॥
उनले राजालार्ई त्यहि वेदतुल्य श्रीमदभागवत महापुराण सुनाए । जुन ब्रम्हकल्पको
आरम्भमा स्वयं भगवान्ले ब्रम्हाजीलार्ई सुनाउनु भएको थियो ।
पाण्डुशिरोमणि राजा परीक्षितले उनी संग जुन जुन प्रश्न गरेका थिए ती सबको
उत्तर दिन लागे ।
द्वितीय स्कंधः नवमोध्यायः
सुकदेवले भने–
परीक्षित! जसरी सपनामा देखिएको वस्तुसंग सपना देख्ने ब्यक्तिको कुनै सम्बन्ध रहदैन
त्यसरी नै माया विना देहादिबाट अतित आत्माको कुनै सम्बन्ध हुदैन ।
ब्रह्मणे दर्शयन् रूपं अव्यलीकव्रतादृतः ॥ ४ ॥
ब्रम्हाजीको निष्कपट तपस्याबाट प्रसन्न भएर भगवान्ले उनलार्ई आफ्नो स्वरूपको दर्शन
दिनुभयो र आत्मतत्व, ज्ञानका लागि परमसत्य परमार्थ वस्तुको उपदेश दिनुभयो जुन म तिमीलाई सुनाउदछु ।
स आदिदेवो जगतां परो गुरुः
स्वधिष्ण्यमास्थाय सिसृक्षयैक्षत ।
तां नाध्यगछ्रद्दृशमत्र सम्मतां
प्रपञ्चनिर्माणविधिर्यया भवेत् ॥ ५ ॥
तीनैलोकका परम गुरु आदिदेव ब्रम्हाजी आफ्नो जन्मस्थान कमलमा बसेर सृष्टि गर्ने
इच्छा गर्नुभयो तर जुन ज्ञान दृष्टिबाट सृष्टिको निर्माण हुन सक्थ्यो, ब्रम्हालार्ई त्यो दृष्टि प्राप्त गर्न
सक्नुभएन ।
एकदिन वहाँ यसै विषयमा चिन्ता गरिरहनु भएको थियो त्यहि समयमा त्यो प्रलयरूपी
समुद्रमा व्यन्जनको एक्काइसौ र सोह्रौ अक्षर त र प तपःतपः भन्ने शव्द दुई पटक
सुन्नुभयो । परीक्षित महात्माहरू यो तप लाईए नै परम धन मान्दछन् ।
यस्तो शव्द सुने पछि ब्रम्हाजीले वक्तालार्ई हेर्नका लागि चारैतिर हेर्नुभयो
तर त्यहाँ कसैलार्ई देख्नुभएन । त्यसपछि उनले तप गर्नलार्ई प्रत्यक्ष आज्ञा मिलेको
भन्ने निश्चय गरेर उहाँले कमलमै बसेर आफ्नो मन तपस्यामा लगाउनुभयो ।
वहाँले दिव्य एकहजार वर्ष सम्म आफ्नो प्राण, मन, कर्मेन्द्रिय र ज्ञानेन्द्रियलार्ई बसमा लिएर
एकाग्र चित्तले तपस्या गर्न लाग्नुभयो । यहिकारण बाट नै वहाँले साह्रा लोकलार्ई
प्रकाशित गर्न सक्नु भयो ।
यस्तो तपस्याबाट प्रसन्न भएर भगवान्ले उहाँलार्ई सवभन्दा श्रेष्ठ लोक देखाउनु
भयो जुन लोक भन्दा श्रेष्ठ अर्को लोक छैन । त्यस लोकमा कुनै प्रकारको क्लेश, भय र मोह हुदैन । एक पटक मात्रै भएपनि
यदि कसैले सो लोकको दर्शन गर्न पायो भने ती देवताले वारंवार स्तुति गर्दछन ।
त्यहाँ राजोगुण, तमोगुण र यसबाट मिलेको सत्वगुण पनि छैन । त्यहालार्ई न कालले केहि गर्न सक्दछ
न त मायाले नै पाईला हाल्न सक्दछ । त्यहाँ भगवान्का पार्षदहरू बस्दछन् जसको देवता
र दैत्यहरू पूजा गर्दछन् ।
उज्वल आभासले युक्त भएको श्याम शरीर, सतदल कमलको समान नेत्र, पहेलो रंगको वस्त्रले शोभायमान
पार्षदहरू हुन्छन । सबैका चारचार हातहरू हुन्छन । आफैमा तेजीला त्यसमा पनि मणि
जडिएको वस्त्रले झलमल गर्ने वस्त्रहरू पहिरेका हुन्छन । उनीहरूको छवि मुगा, वैदुर्यमणि तथा कमलको उज्वल तन्तु जस्तो
निर्मल छ । वहाँ कानमा कुण्डल, मस्तकमा मुकुट र घाँटीमा मालाले शोभायमान छन ।
त्यस बैकुण्ठलोकमा लक्ष्मी सुन्दररूप धारण गरेर आफ्नो विभूतिद्वारा अनेक
प्रकारले भगवान्को चरणकमलको सेवा गर्दछिन ।
ददर्श तत्राखिलसात्वतां पतिं
श्रियः पतिं यज्ञपतिं जगत्पतिम् ।
सुनंदनंदप्रबलार्हणादिभिः
स्वपार्षदाग्रैः परिसेवितं विभुम् ॥
ब्रम्हाजीले त्यस दिब्यलोकमा भक्तहरूका रक्षक, लक्ष्मीका पति, तथा विश्वपति भगवान् विराजमान हुनुभएको
देख्नुभयो जहाँ त्यहाँ सुनन्द, नन्द, प्रवल, अर्हण आदि पार्षदले वहाँको सेवा गरिरहेका थिए ।
भगवान्को मुखको आकृति मधुर मुस्कानले युक्त थियो । आँखामा राता राता धर्साहरू, मनमोहक हास्य थियो । शिरमा मुकुट, कानमा कुण्डल र गलामा पिताम्वर फरफराई
रहेको थियो । वक्षस्थलमा सुनौलो रेखाको रूपमा लक्ष्मि विराजमान हुनुभएको छ ।
वहाँको राम्रा चार हात छन् ।
वहाँ उत्तम बहुमुल्य आसनमा बस्नुभएको छ । पुरुष, प्रकृति, महतत्व, अहंकार, मन, दस इन्द्रिय, शव्दादि पाँच तन्मात्रा र पञ्चभूत आदि पच्चिस
शक्तिहरू मुर्तिमान भएर वहाँको चारैतिर खडा भएकाछन् । ऐश्वर्य, धर्म, कीर्ति, श्री, ज्ञान, र वैराज्ञ यी छ नित्य सिध्द स्वरूपभूत शक्तिले युक्त
हुनुभएको छ जुन शक्तिहरू वहाँ बाहेक अन्य कुनै ठाँउमा बस्दैनन् । वहाँ सर्बेश्वर
प्रभु आफ्नो नित्य आनन्दस्वरूप शक्तिले सधैं मग्न हुनुहुन्छ ।
वहाँको दर्शनले ब्रम्हाजीको हृदय आनन्दले परिपूर्ण भयो । आनन्दले शरीर
रोमान्चित भयो । आँखामा प्रेमको आँसु छचल्कियो । ब्रम्हाजीले वहाँको चरणकमल, शिरझुकाएर प्रणाम गर्नुभयो ।
ब्रम्हाजीका प्यारा भगवानले आफ्ना पृय ब्रम्हालार्ई प्रेम र दर्शनको आनन्दमा
मग्न, शरणागत तथा प्रजा सृष्टिका लागि योग्य देखेर धेरै प्रसन्न हुनुभयो । वहाँले
ब्रम्हाजीसंग हात मिलाउदै मुस्कुराएर मिठो बोलीमा भन्नुभयो ।
ब्रम्हाजी! तिम्रो हृदयमा सबै वेदका ज्ञान भरिएको छ । तिमीले सृष्टि गर्ने मनशायले मेरो
लामो समय सम्म तपस्या गरेर मलार्ई सन्तुष्ट पा¥यौ । मनमा कपट
राखेर योग साधना गर्नेहरूले मलार्ई कहिले पनि प्राप्त गर्न सक्तैनन ।
वरं वरय भद्रं ते वरेशं माभिवाञ्छितम् ।
ब्रह्मञ्छ्रेयः परिश्रामः पुंसां मद्दर्शनावधिः ॥ २० ॥
तिम्रो कल्याण होस । तिम्रो जे इच्छा छ त्यो वर म सग माग किनकि म मा मागेको
कुरा दिन सक्ने सामथ्र्य छ । ब्रम्हाजी मेरो दर्शनले सबै कल्याणकारी साधनको
प्राप्ति हुन्छ ।
तिमीले मलार्ई नदेख्दा पनि जलमा मेरो वाणी सुनेर यति ठुलो तपस्या ग¥यौ, त्यहिकारण मेरै इच्छाले तिमीलार्ई मेरो लोकको
दर्शन मिल्यो ।
तिमी त्यस वेला मा सृष्टि रचना गर्ने काममा अलमलिएका थियौं त्यसैले मैले
तिमीलार्ई तपस्या गर्ने सल्लाह दिएको थिएं । हे अनघ!
तपस्या मेरो हृदय हो र म स्वयं तपस्याको आत्मा हुं ।
तपस्याले नै म यस संसारको श्रृष्ठि गर्दछु । तपस्याले नै पोषण गर्दछु अनि फेरि
तपस्या बाटै सबै सृष्टिलार्ई आफुमा लीन गराउदछु । तपस्या नै मेरो दुश्चर शक्ति हो
।
ब्रम्हाजीले भने–
भगवन्! तपाई सबै प्राणीको अन्तःकरणमा अन्तर्यामीको रूपमा विराजमान भएर रहनुहुन्छ ।
तपाई आफुमा भएको अमोघ ज्ञानबाट आफुले म के गर्न लागिरहेको छु भन्नेकुरा
जान्नुहुन्छ ।
नाथ! तपाईले म माथि
कृपा गरेर म याचकको माग पुरा गरिदिनुहोस, म तपाईको सगुण निर्गुण दुवैरूपलार्ई जान्न सकुं ।
तपाई म माथि यस्तो क्रिपा गर्नुहोस कि म सजग रहेर सावधानि पूर्वक तपाईको आज्ञा
पालन गर्न सकुं र सृष्टिका क्रममा कर्तापन आदिबाट बाँधिन नपरोस ।
यावत्सखा सख्युरिवेश ते कृतः
प्रजाविसर्गे विभजामि भो जनम् ।
अविक्लबस्ते परिकर्मणि स्थितो
मा मे समुन्नद्धमदोऽजमानिनः ॥ २९ ॥
प्रभु! तपाईले हात समातेर एक मित्र झैं स्विकार गर्नुभयो त्यसैले अव म तपाईको सेवा का
खातिर सृष्टि रचनामा लागेर पूर्व सृष्टको गुण कर्म अनुसार जीवको विभाजन गर्न
सावधानि पूर्वक लाग्न सकुं । म आफुलार्ई आफ्नो कर्मको स्वतन्त्रता सम्झेर अभिमान
नगरुं ।
भगवान्ले भन्नुभयो—
ब्रह्माजी अब म प्रेमाभक्ति र साधनबाट युक्त अत्यन्तगुह्य मेरो स्वरूपको
बारेको ज्ञान म तिमीलार्ई भन्दछु । तिमी यसलार्ई ग्रहण गर ।
मेरो जति लीला, गुण, रूप, लक्षणहरू छन् त्यसको ठिकठिक तत्वको बारेमा जस्ताको तस्तै अनुभव गर ।
अहमेवासमेकोऽग्रे नान्यत् यत्सदसत्परम् ।
पश्चादहं यदेतच्च योऽवशिष्येत सोऽस्म्यहम् ॥ ३२ ॥
सृष्टि भन्दा पहिले केवल म मात्रै थिएं । म बाहेक न स्थूल न सूक्ष्म थियो । नत
दुवैका कारण प्रकृति नै थियो । जहाँ यो सृष्टि छैन त्यहाँ म नै छु ।
ऋतेऽर्थं यत्प्रतीयेत न प्रतीयेत चात्मनि ।
तद्विद्याद् आत्मनो मायां यथाभासो यथा तमः ॥ ३३ ॥
म नहुँदा पनि जुन अवर्चनिय वस्तु मेरो अतिरिक्त म परमात्मा मा दुई चन्द्रमा
जस्तै झुटा हुन्छ । तथा राहु नक्षत्र मण्डलमा नदेखिए जस्तै आत्मा पनि म विना
नदेखिने हुन्छ, यसलार्ई मेरो माया भनि बुझ्नु पर्दछ ।
यथा महान्ति भूतानि भूतेषूच्चावचेष्वनु ।
प्रविष्टानि अप्रविष्टानि तथा तेषु न तेष्वहम् ॥ ३४ ॥
जसरी पाँचभूतबाट बनेको प्राणीको सानो ठुलो शरीरमा आकासादि पञ्चमहाभूतको रूपमा
प्रविष्ट छन् र छैनन पनि त्यसैगरी प्राणीको शरीरको दृष्टिमा आत्माको रूपले प्रवेश
गर्दछु तर आत्मदृष्टिले आफुभन्दा बाहेक अरु कुनै वस्तु नहुने भएकोले प्रवेश नगर्न
पनि सक्दछु ।
एतावदेव जिज्ञास्यं तत्त्वजिज्ञासुनाऽऽत्मनः ।
अन्वयव्यतिरेकाभ्यां यत्स्यात् सर्वत्र सर्वदा ॥ ३५ ॥
अन्वय र व्यतिरेक पध्दतिले यो सिध्द हुन्छकि सर्बातीत एवं सर्वस्वरूप भगवान्
नै सधैभरि सबैतिर विद्यमान रहनुहुन्छ । यहि नै वास्तविक तत्व हो । जसले आत्मा र
परमात्मा तत्वको जान्दछ उसका लागि यति नै जान्नु उचित हुन्छ ।
ब्रम्हाजी! तिमी निश्चल समाधि द्वारा मेरो यस सिद्धान्तको पूर्णरूपमा पालना गर, यसैबाट तिमीलार्ई कल्पकल्प सम्म अनेकौं सृष्टि गर्दा पनि मोह हुदैन ।
सुकदेवले भने—
लोकपितामह ब्रम्हाजीलार्ई यसरी उपदेश दिएर आजन्मा भगवान् उनकै अगाडि अलप
हुनुभयो ।
भगवान्ले इन्द्रिय गोचर स्वरूप आफ्नै अगाडि अन्तर्धान भएको ब्रम्हाजीले अनुभव
गर्नुभयो अनि हात जोडर प्रणाम गनुभयो । त्यसपछि पहिलो कल्पको सृष्टि अनुसार
विश्वको रचना गर्न लाग्नुभयो ।
एकपटक धर्मप्रति, प्रजापति ब्रम्हाजीले सबै जीवहरूको कल्याण होस भन्ने स्वार्थ पुर्तिका लागि
विधिपूर्वक यम नियमको धारणा गर्नुभयो ।
त्यससमय तपको वेलामा उहाँका परमभक्त पुत्र नारदजीले धैर्य विनय र सौम्यता
पूर्वक वहाँ को सेवा गरे ।
परीक्षित! नारदजीले आफ्ना पित लोकपितामह ब्रम्हाजी सन्तुष्ट हुनु भएको देखेर उनले वहाँसंग यहि प्रश्न सोधेका थिए
जुन तिमीले मलार्ई सोधिरहेका छौ ।
तस्मा इदं भागवतं पुराणं दशलक्षणम् ।
प्रोक्तं भगवता प्राह प्रीतः पुत्राय भूतकृत् ॥ ४३ ॥
उनको प्रश्नबाट ब्रम्हाजी धेरै खुसी हुनुभयो । त्यसपछि वहाँले यो दस लक्षणले
युक्त भएको भागवतपुराण आफ्ना छोरा नारदजीलार्ई सुनाउनुभयो । जुन स्वयं भगवान्ले
उपदेश दिनुभएको थियो ।
नारदः प्राह मुनये सरस्वत्यास्तटे नृप ।
ध्यायते ब्रह्म परमं व्यासाय अमिततेजसे ॥ ४४ ॥
परीक्षित! जुनसमयमा मेरो
परम तेजस्वी पिता सरस्वतीको किनारमा बसेर ध्यानमा मग्न हुनुहुन्थ्यो त्यसै
समयमा देवर्षि नारदजीले यो भागवतपुराण वहाँलार्ई सुनाउनु भयो ।
द्वितीय स्कंधः ( दशमोऽध्यायः
सुकदेवजी भन्दछन–
यस भागवतमा सर्ग, विसर्ग, स्थान, पोषण, ऊति, मन्वन्तर, इशानुकथा, निरोध, मुक्ति र आश्रय आदि दस विषयका वर्णन गरिएको छ ।
दशमस्य विशुद्ध्यर्थं नवानामिह लक्षणम् ।
वर्णयन्ति महात्मानः श्रुतेनार्थेन चाञ्जसा ॥ २ ॥
यसमा जुन दसौ आश्रय तत्व छ । त्यसलार्ई सहिरूपमा जान्नका लागि महात्माहरूले
कतै श्रुतिबाट, कतै तात्पर्यबाट, कतै दुवैको अनुभवका आधारमा, तथा अन्य नौ विषयको बारेमा वर्णन गरेका छन ।
जव विराट पुरुष ब्रम्हाण्डलार्ई फोरेर निस्कनु भयो, अनि वहाँले आफु बस्नका लागि ठाँउ खोज्न
लाग्नुभयो । बस्ने स्थानको इच्छा हुँदा वहाँ सुध्द संकल्प भगवान्ले जलको सृष्टि
गर्नुभयो ।
विराट पुरुष नर बाट उत्पन्न हुनुभएकोले जलको नाम नार भयो । आफैंले उत्पन्न
गर्नु भएको नारमा हजार वर्ष सम्म रहनुभयो । त्यसैले वहाँको नाम नारायण भयो ।
उनै अद्वितीय भगवान् योग निन्द्रबाट ब्युझेर अनेक हुने इच्छा गर्नु भयो ।
आफ्नै मायाँले अखिल ब्रम्हाण्डको आफ्नो सुवर्ण विर्यलार्ई तीनभाग लगाउनु भयो ।
परीक्षित! जुन अधिदैव, अध्यात्म र आधिभूत हो । विराट पुरुषको
एउटै विर्य तीनभागमा कसरी विभक्त भयो सुन ।
विराट पुरुषलार्ई हिड्ने डुल्ने इच्छा हुंदा वहाँको शरीरमा रहेको आकाशबाट
इन्द्रियबल, शरीरवल र मनोवलको उत्पत्ति भयो । त्यहिबाट सबैका शक्ति प्राण उत्पन्न भयो ।
जव प्राण आउन जान लाग्यो अनि विराट पुरुषलार्ई भोकप्यासको अनुभव भयो । खाने
पिउने इच्छा हुनासाथ उहाँको शरीरमा मुखको उत्पन्न भयो ।
मुखबाट तालु, तालुबाट रसेन्द्रिय, प्रकट भयो । त्यसपछि विभिन्न किसिमका रसहरू उत्पन्न भए । जिब्रोल नै रस ग्रहण
गर्दछ वहाँलार्ई बोल्ने इच्छा हुँदाँ वाक इन्द्रिय, प्रकट भयो । यसरी नै अरु इन्द्रिय र उसका
अधिष्ठात्री देवताहरु प्रकट भए ।
मैले भगावान्को स्थूलरूपको वर्णन गरेर तिमीलार्ई सुनाए । यो विराटरूप बाहिर
पृथ्वी, जल, तेज वायु आकाश, अहंकार महतत्व र प्रकृति यी आठ आवरणले ढाकिएको छ ।
यसभन्दा पर भगवान्को अत्यन्त सुक्ष्मरूप छ । त्यो अत्यन्त निर्विशेष आदि, मध्य र अन्तबाट रहित एवं नित्य छ । मन र
वोली त्यहाँ सम्म पुग्न सक्तैन ।
वस्तवमा भगवान् त निस्कृय हुनुहुन्छ । आफ्नो शक्तिबाटै वहाँ सकृय हुनुहुन्छ ।
फेरि वहाँ ब्रम्मको रूप धारण गरेर वाच्य र वाचक, शव्द र अर्थको रूपमा प्रकट हुनुहुन्छ र अनेक
नाम रूप तथा क्रियाहरू लार्ई स्विकार गर्नुहुन्छ ।
शौनकजीले सोधे–
सूतजी तपाईले हामीलार्ई भन्नुभएको थियो कि भगवान्को परम भक्त विदुरजीले आफ्नो
प्यारा वन्धुवर्गहरुलाई छाडेर पृथ्वीको विभिन्न तीर्थमा भ्रमण गरेका थिए ।
उनले आफ्नो यात्रामा मैत्रेय ऋषिका साथ अध्यात्म विषयमा कुराकानि भयो अनि
मैत्रेय ऋषिले उनको प्रश्नमा कुन तत्वको वर्णन गरे ।
सूतजी तपाईको स्वभाव बडो सौम्य छ तपाई विदुरको त्यो चरित्र हामीलार्ई सुनाउनु
होस, उनले आफ्ना भाई बन्धुलार्ई किन छाडे र फेरि किन फर्केर आए ।
सूतजीले भने–
शौनकादि ऋषि हो ! राजा परीक्षितले पनि यहि कुरा सोधेका थिए । महामुनी सूतजीले त्यसवारे जुनकुरा बताए ती सबैकुरा म तपाईहरूलार्ई बताउदछु सावधान भएर
सुन्नुहोस ।
तृतीय स्कंधः प्रथमोऽध्यायः
सुकदेवजीले भने–
राजन ! तिमीले जुन
कुराको प्रश्न गर्यौ, त्यै कुरा आफ्नो घरको सुख सुविधालाई
त्यागेर वनमा गएका विदुरजीले मैत्रेयजीलाई सोधेका थिए
राजाले सोधे–
प्रभो ! भगवान् मैत्रेयको साथ विदुरको समागम कहाँ र कहिले भएको थियो ? जसलाई मैत्रेयजीले सबै प्रश्नको उत्तर
दिएर खुसी बनाएका थिए ।
राजाले यसरी सोधेपछि सुकदेवजीले भने – परीक्षित ! यो त्यसबैलाको कुरा हो जब अन्धा राजा धृतराष्ट्र्ले अन्याय पूर्वक आफ्ना छोराहरूलाई पालन
पोषण गरेर, आफ्ना भाई पाण्डुका अनाथ छोराहरूलाई लाक्षागृहमा पठाएर आगो लगाइदिएका थिए ।
सभाका विचमा दुशासनले युधिष्ठिरकी पटरानी द्रौपदीको केश समात्यो, तर आफ्ना छोराको त्यो कुकर्मलाई
धृतराष्ट्र्ले रोकेनन ।
त्यतिमिात्र होइन वनबाट फर्केपछि युधिष्ठिरले प्रतिज्ञा अनुसार आफ्नो
न्यायोचित पैतृक सम्पत्ति काका धृतराष्ट्र्संग मागे, तर मोहमा परेका ती धृतराष्ट्र्ले अजात सत्रु
युधिष्ठिरलाई अंंश दिएनन ।
यता एकपटक सल्लाहका लागि विदुरलाई राजभवनमा बोलाइयो त्यतिवेला मन्त्रि मध्देका
श्रेष्ठ विदुरले आफ्ना दाजू धृतराष्ट्र्को प्रश्नमा जुन सहमति दिए त्यसलाई विदुर
नीति भन्दछन् ।
त्यतिवेला विदुरले दाजुसंग गएर भने–
अजातशत्रोः प्रतियच्छ दायं
तितिक्षतो दुर्विषहं तवागः ।
सहानुजो यत्र वृकोदराहिः
श्वसन् रुषा यत्त्वमलं बिभेषि ॥
महाराज ! दाजु हेर्नुहोस तपाईले अजात सत्रु युधिष्ठिरलाई उनको हिस्सा दिनुहोस । यसरी
आफ्ना सहोदर भतिजाहरुलाई उनीहरुको अंस नदिनु त्यो त तपाईको लागि नसुहाउने अपराध हो । भीमरूपकालो सर्पबाट तपाई धेरै डराउनुहुन्छ, हेर्नुहोस उ आफ्ना भाईहरू सहित भएर बदला
लिनको लागि रिसले चुर भएको छ ।
महाराज ! जसलाई तपाई आफ्नो छोरा सम्झेर पालिराख्नु भएको छ । जस्को कुरालाई समर्थन
जनाईराख्नु भएको छ त्यो दुर्योधनको रूपमा मुर्तिमान दोष
तपाईको घरमा बसिरहेको छ । त्यो त साक्षात भगवान् श्रीकृष्ण संग द्वेष गर्दछ । त्यसैकारण
तपाई भगवान्बाट विमुख भएर श्रीहीन हुनुभएको छ । यदि तपाई आफ्नो परिवारको भलो
चहानुहुन्छ भने यस्तो दुष्टलाई तुरुन्तै त्यागिदिनुहोस । विदुरले यसरी आफ्ना
दाजुलाई सम्झाउन खोजे ।
विदुरको यस्तो सुन्दर स्वभाव भएका कारण साधुहरू पनि उनलाई मन पराउदथे । तर
उनको यस्तो कुरा सुनेर कर्ण, दुशासन, सकुनि सहित दुर्योधनलाई मन परेन । उनी रिसले आगो भए । उनीहरुको ओठ अत्यन्तै फराउन लाग्यो । अनि आफ्ना काका विदुरलाई उनीहरुले हेंला
गर्दे भन्नलाग्यो ।
क एनमत्रोपजुहाव जिह्मं
दास्याः सुतं यद्बलिनैव पुष्टः ।
तस्मिन् प्रतीपः परकृत्य आस्ते
निर्वास्यतामाशु पुराच्छ्वसानः ॥ १५ ॥
अहो ! यो कुटील
दाशीपुत्रलाई यहाँ कसले बोलायो ? यो जस्को अन्न खाएर बाँचेको छ उसैलाई
अप्ठेरो पार्ने गरी सत्रुको गुणगान गाउदछ । यसलाई मार्न त नमार तर तुरुन्तै हाम्रो
सहरबाट निकालिदेओ । यसरी उनीहरुले भन्नु नभनेर हप्काए । विदुर ज्ञानी थिए, आफ्ना दाजुका अगाडि नै यस्तो अत्यन्त
कठोर वचनले मर्माहत भए तापनि उनले अन्यथा सोचेनन तैपनि यो अनि भगवान्को मायाको
प्रवल इच्छा हो भन्ने सम्झेर आफ्नो धनुषलाई राजद्वारमा राखेर उनी हस्तिनापुरबाट
निस्के ।
कौरवका लागि विदुर जस्ता महात्मा त ठुलो पुण्यले नै प्राप्त भएको थियो । अब
उनी त्यहाँ बस्न सक्ने अवस्था रहेन त्यसैले उनी हस्तिनापुरबाट निस्केर पृथ्वीको
तीर्थ गर्ने इच्छाले भगवान्का क्षेत्रहरूमा डुल्न लागे ।
जहाँ जहाँ भगवान्को प्रतिमाले सुशोभित भएको तीर्थस्थान हरु छन, उनी त्यस्ता तीर्थस्थल मन्दिरहरुमा धेरै
ठाउमा एक्लै डुले ।
उनी प्रत्तेक तीर्थमा स्नान गर्दथे, जमीनमा सुत्दथे र भगवान्लाई प्रशन्न गराउने
ब्रत गर्दथे, पवित्र भोजन गर्दथे र शुध्द वृत्तिले जीवन निर्वाह गर्दथे ।
यसरी भारत वर्षका तीर्थहरुमा डुल्दाडुल्दै उनी प्रभास क्षेत्रमा पुगे, त्यहाँ उनले आफ्ना कौरव वन्धुहरूको
विनाश भएको समाचार सुने ।
विदुर जति पनि विष्णु मन्दिरहरूमा पुगे, जुनजुन मन्दिरमा दर्शन गरे, ती सबै मन्दिरका छानाहरूमा भगवान्को
आयुध शंख चक्र चिन्हले युक्त थियो । उनले ती सबैको दर्शन गरे जस्कोे दर्शनले
श्रीकृष्णको सम्झना दिलाउथ्यो ।
यसरी घुम्दै जाँदा यमुनाजीको तटम पुगे त्यहाँ उनको उध्दव संग भेट भयो ।। उध्दवजी
भगवान् श्रीकृष्णको प्रख्यात सेवक तथा शान्त स्वभावका थिए ।
विदुरजीले उनलाई देखेर अत्यन्तै पे्रमले आलिंगन गरेर आफ्ना प्यारा आराध्यदेव
श्रीकृष्णको, त्यसैगरी आफ्ना स्वजनहरूको बारेमा सोधपुछ गरे ।
विदुरले भने
कच्चित्पुराणौ पुरुषौ स्वनाभ्य
पाद्मानुवृत्त्येह किलावतीर्णौ ।
आसात उर्व्याः कुशलं विधाय
कृतक्षणौ कुशलं शूरगेहे ॥ २६ ॥
उध्दवजी ! पुराणपुरुष वलरामजी र श्रीकृष्णले आफ्ना नाभिकमलबाट उत्पत्ति हुनुभएका
ब्रम्हाजीको प्रार्थनाबाट यस जगतमा अवतार लिनुभएको हो । वहाँ पृथ्वीको भार उतारेर सबैमा आनन्द दिलाउदै अहिले शुरसेनको घरमा कुशलै त हुनुहुन्छ होलानि ?
महाराज युधिष्ठिर–श्रीकृष्ण र
अर्जुनरूप दुवै हातको सहायताले न्यायपूर्वक धर्म मर्यादाको पालन गर्दछन् होलानि ? अनि मयदानवले बनाएको सभामा यीनको राज्य वैभव र
विजय परंपरालाई देखेर दुर्योधनआदिलाई धेरै डाह भएको थियो ।
अहो विचारी कुन्ती राजर्षि श्रेष्ठ पाण्डुको वियोगमा मरे जस्तै भएर यीनै
बालकहरूको लागि प्राण धारण गरेकी हुन । रथीहरू मध्दे श्रेष्ठ महाराज पाण्डु यस्ता
अनुपम वीर थिए कि उनले केवल एउटा धनुष लिएर नै एक्लै नै चारै दिशामा विजय प्राप्त
गरेका थिए ।
विदुरजी भन्छन्–सौम्यस्वभाव
उध्दवजी ! मलाई त अधोगति
तिर जान लागेका धृतराष्ट्रको वारेमा शोक भइरहेको छ जसले पाण्डवकोरूपमा आफ्ना
परलोकवासी भाई सग नै द्रोह गरे, आफ्नो छोरालाई समर्थन जनाएर उनका हितचिन्तक मलाई पनि सहरबाट निकालिदिए ।
द्वितीयोध्याय
यत श्री सुकदेवजी भन्नुहुन्छ—
महाराज परीक्षित ! विदुरजीले परम भक्त उध्दवजी संग यस प्रकार प्यारा श्रीकृष्ण सम्बन्धित कुराहरू
सोधे । विदुरको यस्तो कुरा सुनेर उध्दवलाई भगवान्को याद आयो । उत्कण्ठाले हृदय
भरिएका कारण तत्कालै विदुरले सोधेका कुराको कुनै उत्तर दिन सकेनन ।
किनकि उध्दव पाँच वर्षको छदा खेरी नै बालक कालमा खेल्दा खेरि पनि उनै
श्रीकृष्णको मुर्ति बनाएर उनकै सेवा पूजामा तल्लिन हुन्थे । आप्mनी आमाले खाना खान बोलाउदा पनि जान
मान्दैनथे ।
यसरी लामो समय देखि नै वहाँको सेवा गर्दा गर्दा बुढा भएका थिए । त्यसैले
विदुरले प्रश्न गर्दा आफ्ना प्यारा श्रीकृष्णको चरणकमलको उनलाई याद आयो चित्त
विरहले व्याकुल भएको थियो त्यसैले उनले कसरी उत्तर दिन सकुन ।
श्रीकृष्णको चरणारविन्द स्मरणले गर्दा दुई घडि सम्म केहि बोल्न सकेनन । उनी
तिब्र भक्तियोगका कारण उनैमा डुवेर मग्न भए ।
उनको सबै शरीर रोमाञ्च भयो । चिम्लिएको आँखाबाट प्रेमाश्रुको धारा बग्न थाल्यो
। उध्दवजी यसरी पे्रम प्रवाहमा डुवेको आनन्द भएको देखेर । विदुरजीले उनलाई
कृत्यकृत्य माने ।
केहि समय आफ्नो आँखा पुछेर भगवान्को लीलाको सम्झना गर्दै उध्दवले बिदुरलाई यस
प्रकार भन्नलागे ।
कृष्णद्युमणिनिम्लोचे गीर्णेष्वजगरेण ह ।
किं नु नः कुशलं ब्रूयां गतश्रीषु गृहेष्वहम् ॥ ७
उध्दवजीले भने— विदुरजी ! श्रीकृष्णरूप सूर्यले छाडेर गएपछि हाम्रो घरलाई कालरूप सर्पले खाईरहेको छ । घर
श्रीहीन भएको छ । अब म तिमीलाई कुशलताको बारेमा के भनौ ।
अहो ! यी मानिसहरू धेरै अभागी रहेछन, यसमा पनि यादवहरू झन भाग्यहिन भएका छन् । जसरी चन्द्रमा समुद्रमा रहदा खेरी
माछोले चन्द्रमालाई नजाने जस्तै उनीहरुले सदा सर्वदा श्रीकृष्णको साथमा रहेर पनि
वहाँलाई जान्न सकेनन् ।
वहाँ भगवान् श्रीकृष्ण आफ्नो स्वरूपलाई लुकाएर अन्तर्धान हुनुभयो । भगवान्ले
आफ्नो योगमायाको प्रभाव देखाउनका लागि मानव लीलाहरूका लागि जुन योग्य शरीर धारणा
गर्नु भएको थियो अब त्यो शरीरलाई छाडेर वहाँ अन्तर्धान हुनुभयो ।
आजन्मा भएर पनि वासुदेवले यहाँ जन्म लिएर लीला गर्नु, सबैलाई अभय दिने भए पनि कंशको डरले
व्रजमा गएर लुकेर बस्नु, अनन्त पराक्रमी भएर पनि कालयवनको डरले मथुरापुरीलाई छाडेर भाग्नु आदि भगवान्को
यस्तो लीलाहरूको याद आएर मलाई बचैन गराउदछ ।
विदुरजी ! तपाईले राजसूय यज्ञमा त प्रत्यक्षै देख्नुभएको थियो नि श्रीकृष्णको द्वेष
गर्ने शिशुपाललाई त्यस्तो सिध्दि मिल्यो जुन सिध्द प्राप्त गर्न ठुला–ठुला योगीहरु निरन्तर योगसाधना गरिरहन्छन, त्यस्ता भगवान् श्रीकृष्णको विरहलाई
कस्ले सहन सक्छ र ?
तृतीय स्कंधः तृतीयोऽध्यायः
उध्दवजी श्रीकृष्णको लीलाको वारेमा वर्णन गर्दै विदुरलाई भन्दछन—
हे विदुरजी राजा भीष्मककी छोरी रुक्मिणीको सौन्दर्यबाट लोभिएर, अथवा रुक्मिले बोलाएका कारण शिशुपाल र
उसका सहयोगी त्यहाँ आएका थिए । ती सबैको अगाडि नै उनको टाउकोमा खुट्टा राखेर
गन्धर्व विधिले विवाह गर्नका लागि रुक्मिणीलाई यसरी हरेर ल्याउनुभयो, जसरी गरुडले देवताहरु बाट अमृत कलश
खोसेर लिएर आएका थिए ।
आफ्नो शरीरले आकाशलाई पनि ढाक्ने खालको भौमासुर भगवान्को हातबाट मरेको देखेर
पृथ्वीले जव वहाँलाई प्रार्थना गरिन तव वहाँले भौमासुरका छोरा भगदत्तलाई बाँकी
रहेको राज्य दिएर उसको अन्तःपुरमा प्रवेश गर्नुभयो ।
विदुरजी ! उत्तराको गर्भमा अभिमन्युले पुरुवंशको वीज स्थापना गरेका थिए, त्यो पनि अस्वत्थामाको ब्रम्हास्त्रले
नष्ट भैसकेको थियो । तर भगवान्ले उसलाई बचाउनुभयो ।
त्यसपछि वहाँले धर्मराज युधिष्ठिरलाई तीन अश्वमेध यज्ञ गराउन लगाउनु भयो । पछि
उनी पनि श्रीकृष्णको अनुगामी भएर आफ्ना भाईहरूका साथ पृथ्वीको रक्षा गरेर आनन्दले
रहे ।
विश्वात्मा भगवान्ले द्वारकापुरीमा रहेर लोक र वेदको मर्यादा पालन गरेर सब
प्रकारको भोग गर्नुभयो तर शांख्ययोगको ज्ञानले गर्दा वहाँमा भोगको कुनै आशक्त थिएन
।
विदुरजी ! मधुर मुस्कान, स्नेहमयी हेराई, अमृतमय वाणी, निर्मल चरित्र तथा सब प्रकारको शोभा र
निर्मलताको निवास आफ्नो श्रीविग्रहले— यस लोक–परलोक र अभिनन्दित गराउनुभयो । र क्षणिक अनुराण
भएर समय अनुसारको विहार गर्नुभयो ।
यसरी धेरै वर्ष सम्म विहार गर्दागर्दै वहाँलाई गृहाश्रम सम्बन्धि भोग विलाशबाट
वैराग्य भयो ।
एकपटक द्वारकापुरीमा खेलीरहेका यदुवंशी र भोजवंशी कुमारहरूले खेल–खेलमै ऋषिहरूलाइ चिढ्याए । तव यादव
कूलको नाश नै भगवान्को इच्छा हो भन्ने यस्तो विचार गरेर ती ऋषिहरूले बालकहरूलाई
श्राप दिए ।
यसको केहि महिना पछि बृष्णी, भोज र अन्धकवंशी यादवहरू हर्ष हुदै रथमा चढेर प्रभास क्षेत्रमा गए ।
उनीहरूले त्यहाँ स्नान गरेर पितृ, देवता र ऋषिहरूलाई तर्पण गरे त्यसपछि
ब्राम्हणहरूलाई सुन, चाँदी, शैया, वस्त्र, मृगचर्म, कम्बल, पालकी, रथ, हात्ती र अशल र धेरै दूध दिने गाई दानगरे ।
तृतीय स्कंधः चतुर्थोऽध्यायः
उध्दवजीले भने—
त्यसछि ब्राम्हणहरूको आज्ञा लिएर यादवहरूले भोजन गरे र बरुणी मदिरा पिए ।
त्यसले गर्दा उनीहरूको ज्ञान नष्ट भयो । जसले गर्दा उनीहरू एक आपसमा झगडा गर्न
लागे ।
मदिराको नशाले गर्दा बुध्दि भ्रष्ट भएका ती यादवहरु जसरी एक आपसमा वज्रदा
बाँसमा आगो निस्किन्छ त्यसैगरी सुर्यास्तको समय हुँदा उनीहरूमा माराकाट चल्यो ।
भगवान्ले त्यो विचित्र गतिलाई आफ्नो मायाले देख्नुभयो तर वहाँ सरस्वतीको जलले
आचमन गरेर एउटा रूखको फेदमा बस्नुभयो ।
म पनि भगवान् भएकै ठाँउमा पुगें त्यतिबेला शरणागतको दुःख नाश गर्ने भगवान् श्रीकृष्णले आफ्नो कूलको संहार गर्ने इच्छा
गरेर मलाई वदरीकाश्रममा जाउ भन्नुभयो ।
विदुरजी मैले वहाँको आशय बुझें । तापनि वहाँसंगको वियोगलाई
सहन नसकेर वहाँकै पछि लागेर प्रभास क्षेत्र सम्म पुगें ।
वहाँ भगवान् सबैका आश्रय हुनुहन्थ्यो तर पनि त्यतिबेला वहाँको आश्रय कोहि पनि
थिएन । मेले वहाँ प्रियत्तम भगवान् श्यामसुन्दरलाई सरस्वतीको किनारमा एक्लै बस्नुभएको देखें ।।६।।
त्यसै समयमा व्यासजीका परम मित्र महाभागवत मैत्रेयजी लोकमा आफ्नो स्वेच्छाले
डुल्दै त्यहाँ आइपुग्नु भयो । आफैमा अनुरक्त भएका मैत्रेयमुनि भगवान्का परमभक्त
हुन ।
त्यतिबेला भगवान्ले मलाई भन्नुभयो —
श्रीभगवानुवाच
वेदाहमन्तर्मनसीप्सितं ते
ददामि यत्तद् दुरवापमन्यैः ।
सत्रे पुरा विश्वसृजां वसूनां
मत्सिद्धिकामेन वसो त्वयेष्टः ॥ !!
॥
उध्दव ! म तिम्रो आन्तरिक अभिलाषा जान्दछु । त्यसैले अरुका लागि अत्यन्त दुर्लभ भएको
त्यो साधनरूप ज्ञान दिन्छु । उध्दव ! तिमी पूर्व
जन्ममा वसु थियौ । विश्वको रचना गर्ने प्रजापति र वसुहरूको
यज्ञमा तिमीले मलाई पाउने इच्छाले मेरो आराधना ग¥यौ ।
स एष साधो चरमो भवाना
मासादितस्ते मदनुग्रहो यत् ।
यन्मां नृलोकान् रह उत्सृजन्तं
दिष्ट्या ददृश्वान् विशदानुवृत्त्या ॥ !२ ॥
साधु स्वभावका उध्दव ! संसारमा तिम्रो यो अन्तिम जन्म हो तिमीले मेरो अनुग्रह
प्राप्त ग¥यौ । अब म यो
मत्र्यलोकलाई छाडेर आफ्नो धाम जान चाहान्छु । यस समयमा यहाँ एकान्तमा आफ्नो अनन्य
भक्तिले गर्दा तिमीले मलाई पायौ । यो ठुलो शौभाग्यको कुरा हो ।
पुरा मया प्रोक्तमजाय नाभ्ये
पद्मे निषण्णाय ममादिसर्गे ।
ज्ञानं परं मन्महिमावभासं
यत्सूरयो भागवतं वदन्ति ॥
पूर्वकालमा पद्मकल्पको अरम्भमा मैले आफ्नो नाभिकमलमा बसेका ब्रम्हालाई आफ्नो
महिमाको प्रकट हुने जुन उत्तम ज्ञानको उपदेश दिएको थिए, त्यसलाई सारा संसारका मानिसहरूले भागवत
भन्दछन् । त्यो म तिमीलाई दिन्छु ।
उध्दवजी भन्दछन विदुरजी !
मैले त्यतिबेला भगवानलाई भने–
ज्ञानं परं स्वात्मरहःप्रकाशं
प्रोवाच कस्मै भगवान् समग्रम् ।
अपि क्षमं नो ग्रहणाय भर्तः
वदाञ्जसा यद् वृजिनं तरेम ॥
भगवन् ! स्वामी ! हजुरको स्वरूपको गुण रहस्य गराउने जुन उत्तम
तथा समग्र ज्ञान
हजुरले ब्रम्हाजीलाई बताउनु भएको थियो, यदि म सम्झन योग्य छु भने मलाई पनि सुनाउनु होस, जसबाट म पनि यो संसाररुपी दुःख बाट पार
पाउन सकौं ।
जव मैले यस प्रकार आफ्नो हृदयको भाव प्रकट गरें तव परम पुरुष कमलनयन भगवान्
श्रीकृष्णले मलाई आफ्नो स्वरूपको परम स्थितिको उपदेश दिनुभयो ।
यस प्रकार पूज्यपाद, तीर्थरूप गुरु श्रीकृष्णबाट आत्मतत्व उपलब्धिको साधन सुनेंं अनि वहाँ प्रभुको
चरणकमलको बन्दना र परिक्रमा गरेर म यहाँ आएको हुं । यस समय वहाँको सम्झनाले मेरो
चित्त अत्यन्तै व्याकुल भएको छ ।
बिदुरजी ! पहिले त मलाई वहाँको दर्शन पाएर आनन्द भएको थियो । तर
अहिले वहाँको विछोडको व्यथाले अत्यन्तै पिडित गराइरहेको छ । अब म वहाँको पृय
क्षेत्र वदरिकाश्रममा जान लागेको छु ।
यत्र नारायणो देवो नरश्च भगवान् ऋषिः ।
मृदु तीव्रं तपो दीर्घं तेपाते लोकभावनौ ॥ २२ ॥
वहाँ भगवान् श्री बद्रिनारायण र नर यी दुवै ऋषिहरू लोक माथि अनुग्रह गर्नका
लागि पछि सम्म स्थाई हुने कठिन तपस्या गरिरहनुभएको छ ।
सुकदेवजी भन्नुहुन्छ—
राजन् ! यसरी उध्दवको मुखबाट आफ्ना प्रिय बन्धुहरूको विनाशका बारे असह्य समाचार सुनेर
परम ज्ञानी विदुरजीलाई जुन शोक उत्पन्न भयो त्यसलाई उनले
विवेकद्वारा शान्त गरिदिए ।
जव महाभागवत उध्दवजी वदरीकाश्रम जान लागे, तव कुरुश्रेष्ठ विदुरजीले श्रध्दापूर्वक उनीसंग
सोधे ।
विदुर उवाच
ज्ञानं परं स्वात्मरहःप्रकाशं
यदाह योगेश्वर ईश्वरस्ते ।
वक्तुं भवान्नोऽर्हति यद्धि विष्णोः
भृत्याः स्वभृत्यार्थकृतश्चरन्ति ॥ २५ ॥
विदुरजीले भने—
उध्दवजी ! योगेश्वर भगवान् श्रीकृष्णले आफ्नो स्वरूपको गुढ रहस्यको बारेमा जुन ज्ञान
तपाईलाई बताउनु भएका थियो, अब तपाईले त्यो ज्ञान मलाई सुनाउनुहोस
किनकि भगवान् का सेवकहरू त आफ्नो सेवकको कार्य सिध्द गर्नका लागि विचार गर्दछन् ।
विदुरको यस्तो आग्रह सुनेर उध्दवजीले भने —
विदुरजी ! त्यो तत्वज्ञानका लागि तपाईले मुनिवर मैत्रेयजीको सेवा गर्नुपर्दछ । यो
मत्र्यलोक छोड्ने बेलामा स्वयं भगवान्ले तपाई लाईउपदेश गर्न भनेर मेरै अगाडि नै
वहाँ मैत्रेयजीलाई आज्ञा दिनुभएको छ ।
यता राजा परीक्षितले शुकदेवजीसंग सोधे—
ब्रह्मन् ! ब्राम्हणका श्रापले गर्दा बृष्णिकुल र भोजवंशका सबैका रथि, महारथि सेनापतिहरू सबै नष्ट भएका थिए । यहाँसम्म कि त्रिलोकीनाथ हरिलाई पनि
त्यो आफ्नो रूपछोड्नु प¥यो भने, उन सबैका मुखिया उध्दवजी पनि कसरी
बाँचिरहे ? ।
सुकदेजीले भन्नुभयो—
हे महाराज परीक्षित ! श्रीहरिले ब्राम्हणको श्रापरूप कालको बाहनामा आफ्नो कूलको संहार गरेर आप्नो
श्रीविग्रह छोड्ने बेलामा विचार गर्नुभयो ।
अव म यसलोक बाट गएपछि मेरो ज्ञानलाई ग्रहण गर्न र यस ज्ञानलाई प्रचार गर्नका
लागि उध्दवजी नै सक्षम अधिकारी हुनेछन ।
उध्दव म भन्दा अणु भन्दा पनि कमि छैनन । किनकि उनी विषयबाट कहिल्यैपनि विचलित
हुदैनन् । त्यसैले लोकमा मेरो ज्ञानको प्रचार गर्नका लागि उनी यहि बसुन ।
वेदका मूलकारण भएका तीनैलोका गुरु श्रीकृष्णको यसरी आज्ञा पएर उध्दवजी
वदरिकाश्रममा गएर समाधियोग द्वार श्रीहरिको आराधना गर्नलागे ।
कुरुश्रेष्ठ परीक्षित !
यता विदुर भगवान स्वधाम जानु भएको खवरले अत्यन्त दुखी भए । उनले भगवान परमधाम
जाने बेलामा मलाई पनि सम्झनु भएको रहेछ भन्ने थाहा पाएर उध्दवजी गएपछि भगवानको ध्यान
गर्दे विदुरजी प्रेमले विभोर भएर रुन लागे ।
हे भरतश्रेष्ठ ! यसपछि सिध्दसिरोमणि विदुरजी यमुनाको किनारबाट हिडेर केहि दिनमै गंगाजीको
किनारमा आइपुगे जहाँ श्री मैत्रेयजी बस्नुहुन्थ्यो ।
तृतीय स्कंधः पञ्चमोऽध्यायः
सुकदेवजीले भने—
राजन् ! परमज्ञानी मैत्रेयजी हरिद्वारक्षेत्रमा बस्नुहुन्थ्यो । भगवद्भक्तिबाट सुध्द हृदय भएका विदुरजी उनको नजिक गएर साधु स्वभावले तृप्त भए । मैत्रेयजीसंग
भलाकुसारी गरे अनी उनीसंग सोधे ।
विदुरले भने —
भगवन् ! संसारमा सबै ब्यक्ति सुखका लागि नै काम गर्दछन तर ती कामबाट न उसलाई सुख
मिल्दछ नत दुःख नै हटेर जान्छ त्यसैले यस विषयमा के गर्नु उचित
हुन्छ कृपा गरेर मलाई बताउनु होस ।
जो ब्यक्ति दुर्भाग्यबश भगवान् श्रीकृष्णबाट बिमुख, अधर्म परायण र दुःखी छ उसमाथि कृपा
गर्नका लागि तपाई जस्ता भाग्यशाली भगवान्का परमभक्त संसारमा विचरण गर्दछन ।
साधुशिरोमणि ! तपाई मलाई त्यो कल्याणकारी साधनको उपदेश दिनुहोस, जस्कोे आराधना गर्नाले भगवान् आफ्नो
भक्तको भक्तिले भरिएको हृदयमा आएर विराजमान हुनुहुन्छ र आफ्नो
स्वरूपको अपरोक्ष अनुभव गराउने सनातन ज्ञान प्रदान गर्नुहुन्छ ।
करोति कर्माणि कृतावतारो
यान्यात्मतंत्रो भगवान् त्र्यधीशः ।
यथा ससर्जाग्र इदं निरीहः
संस्थाप्य वृत्तिं जगतो विधत्ते ॥ ५ ॥
तीनैलोकका नियन्ता र परमस्वतन्त्र श्रीहरिले अवतार लिएर जुन जुन लीलाहरू
गर्नुभएको छ, जसरी अकर्ता भएर पनि कर्ता भएर आरम्भमा यस संसारको सृष्टि गर्नुभयो,
फेरी यसलाई आफ्नो हृदयाकाशमा लीन गरेर बृत्ति सुन्य हुनुहुन्छ र योगमायाको
आश्रय लिएर सयन गर्नुहुन्छ । जसरी वहाँ योगेश्वर प्रभु एक भएर पनि यस बम्हाण्डमा
अन्तर्यामीरूपले अनुप्रविष्ट भएर अनेक रूपमा प्रकट हुनुहुन्छ त्यस सम्बन्धि सबै
रहस्यका बारेमा मलाई बताउनुहोस ।
किनकि परम यशस्वी श्रीहरीको चरित्रको लीलामृत पान गरेर हाम्रो मन कहिल्यै
तृप्त हुदैन ।
समस्त लोकपतिका स्वामी श्रीहरिले लोक र लोक बाहिर भएका समस्त प्राणीहरूमा
भिन्न–भिन्न अनुभव
हुनेगरी यस्तो कुन तत्वले लोकको रचना गर्नुभएको हो ?
अनि विश्वकर्ता स्वयम्भु नारायणले आफ्ना प्रजाको स्वभाव, रूप र नामादिको भेदको कुन
प्रकारले रचना गरे त्यस बारेमा पनि बताउनुहोस ।
भगवन् ! तपाईको मित्र मुनिवर कृष्णद्वैपायनले पनि भगवान्को गुणको वर्णन गर्ने इच्छाले
नै महाभारतको रचना गर्नु भएको हो । जसमा यी विषय सुखको बारेमा उल्लेख गरेर मानिसको
बुध्दिलाई भगवान् को कथातिर लगाउने प्रयास गरिएको छ ।
यो भागवत कथाको रुचि श्रध्दालु पुरुषमा जव वढ्न लाग्दछ उनि अरु विषयबाट विरक्त
हुन्छ उसको मन भगवान्को चरणको चिन्तनले आनन्द मग्न हुन्छ । जसले गर्दा उसले सबै
दुखबाट मुक्ति पाउँछ ।
तदस्य कौषारव शर्मदातुः
हरेः कथामेव कथासु सारम् ।
उद्धृत्य पुष्पेभ्य इवार्तबन्धो
शिवाय नः कीर्तय तीर्थकीर्तेः ॥ !५ ॥
मैत्रेयजी ! तपाई दुःखी माथि कृपा गर्नुहुन्छ त्यसैले भ्रमराले जसरी फूलबाट रस निकाल्दछ
त्यसै गरी लौकिक कथाहरूबाट यसको सारभूत, परम कल्याणकारी, पवित्रकीर्ति श्रीहरिको तीर्थ समानको कथा र राम–कृष्ण आदि अवतारबाट जुन अलौकिक लीलाहरू
गर्नुभयो ती सबैका बारेमा मलाई सुनउनुहोस । यसरी विदुरजीले मैत्रेयजी संग भगवान्का लीला
कथाहरु सुन्ने इच्छा प्रकट गरे ।
सुकदेवजी भन्नुहुन्छ —
महाराज परीक्षित ! जव विदुरजीले जीवको कल्याणका लागि यस प्रकारको प्रश्नगरे, अनि मुनिवर मैत्रेयले उनको प्रशंसा गर्दै भने ।
मैत्रेयजीले भने
हे साधु स्वभाव भएका विदुरजी !
तपाईले लोकका जीवहरुको अनुग्रह गर्नको लागि नै
यस्तो प्रकारको प्रश्न सोध्नु भएको हो । यसबाट सधैं भगवानमा चित्त लगाई राख्ने
तपाईको कीर्ति लोकमा फैलने छ ।
विदुरजी ! तपाई व्यासजीको औरस पुत्र हुनुहुन्छ त्यसैले तपाई अनन्य भावबाट
सर्बैश्वर श्रीहरिमा नै आश्रित हुनु कुनै नौलो कुरा होइन ।
माण्डव्यशापाद्भगवान् प्रजासंयमनो यमः ।
भ्रातुः क्षेत्रे भुजिष्यायां जातः सत्यवतीसुतात् ॥ २० ॥
तपाई प्रजालाई दण्ड दिने भगवन् यम नै हुनुहुन्छ । माण्डव्य ऋषिको श्रापका कारण
नै तपाई व्यासको वीर्यबाट विचित्रवीर्यकी भोगपत्नी दाशीको गर्भबाट जन्म लिनुभएको
हो ।
तपाई सधैभरि भगवान् र भक्तहरूको प्रिय हुनुहुन्छ । त्यसैले भगवान् स्वधाम जाने
समयमा तपाईलाई ज्ञान उपदेश दिन मलाई आज्ञा भएको थियो ।
यसैले अव म जगतको उत्पत्ति, स्थिति र लयका लागि योगमायाद्वारा विस्तारित भएको भगवान्को विभिन्न लीलाहरूको
बारेमा क्रमशः वर्णन गर्दछु ।
हे महाभाग विदुरजी ! यो द्रष्टा र दृष्यको अनुसन्धान गर्ने
शक्तिनै कार्यकारण रूपमाया हो । यस मायाद्वारा नै भगवान्ले विश्वको रचना गर्नुभयो ।
कालशक्तिले जव यो सत्व, रज र तमआदि त्रीगुणमयी मायामा क्षोभ प्राप्त भयो तव परमात्माले
आफ्नो अंश पुरुषबाट उसमा चेतनरूप वीज स्थापित गर्नुभयो ।
जसबाट महतत्वादि देवताहरु प्रकट भए ।
यो महतत्वादिको अभिमानी देवताहरू भगवान्को नै अंश हुन । तर फरक फरक भएका कारण
जव त्यो विश्व रचनारूप आप्नो कार्यमा सफल भएन अनि हात जोडेर भगवान् संग भन्न लागे
।
देवताहरूले भने—
देव हामी हजूरको चरणकमलको वन्दना गर्दछौं, जो आफ्नो शरणमा आएका जीवहरूको ताप नाश
गर्नाका लागि छत्र समान छन् । तथा यीनको आश्रय पाएर यतिजन –योगी अनन्त संसार दुःखबाट सजिलै पार पाउंदछन ।
हे जगतकर्ता जगदिश्वर ! हे ईश्वर ! यस संसारमा तापत्रयबाट पीडित हुनाका
कारण जीवलाई अलिकता पनि शान्ति मिल्दैन त्यसैले भगवान् हामी तपाईको चरणकमलको आश्रय
लिन्छौं ।
हे आदिदेव ! हजूरले सृष्टि रचनाको इच्छाले हामीलाई त्रिगुणमय स्वभावले रच्नुभएको छ ।
त्यसैले विभिन्न स्वभाव हुनाका
कारण हामी आपसमा मिल्न सक्दैनौं । यहिकारणले हामीले हजूरको कृडाको साधनरूप
ब्रम्हाण्डको रचना गरेर त्यसैमा समर्पण गर्न सकेका छैनौं ।
त्यसैले जन्मरहित भगवान् !
यो ब्रम्हाण्डको रचना गरेर हामी पनि आफ्नो
योग्यता अनुसार अन्न ग्रहण गर्न सकौं । त्यस्तै यो सब जीवहरू पनि सबप्रकारको विध्न–बाधाहरू बाट टाढा रहेर आ–आप्नो अन्न ग्रहण गर्न सकौं । यस्तो
खालको उपायको ब्यबस्था गर्नुहोस ।
तृतीय स्कंधः षष्ठोऽध्यायः
मैत्रेयजीले भने—
सर्ब सक्तिमान हुनुभएका भगवान्ले देख्नु भयो कि एक आपसमा संगठन नभएको कारण नै
यो मेरो महतत्वादि शक्तिहरू विश्व रचना कार्यमा असमर्थ भएका छन्—
त्यसैले वहाँले काल शक्तिलाई स्वीकार गरेर एक साथ महतत्व, अहंकार, पञ्चमहाभूत, पञ्चतन्मात्रा र मन सहित एघार इन्द्रिय यी
तेइसवटै तत्वमा प्रवेश गर्नुभयो । ।
र परस्पर अलग अलग भएका ती तत्वसमुहलाई आफ्नो कृयाशक्ति द्वारा आपसमा मिलाउनु
भयो ।
त्यसपछि भगवान्बाट जागृत भएका तेइस तत्वका समुहले भगवान्कै इच्छाले आफ्नै
अंशद्वारा विराट पुरुषको उत्पत्ति गरे ।
यस प्रकार भगवान्ले ती सबै अंशलाई आफुमा प्रवेश गराएपछि ती विश्व रचना गर्ने
महतत्वादि समुदाय एक अर्कोमा मिलेर क्षोभ प्राप्त भयो । त्यहि तत्वको परणाम नै
विराटपुरुष हो । जसमा चराचर जगत विद्यमान छ ।
जल भित्र जुन अण्डरूप आश्रय स्थान थियो त्यसै भित्रबाट त्यो हिरण्मय विराट
पुरुष सबै जीवहरूलाई साथै लिएर दिव्य एकहजार वर्ष सम्म रहनु भयो ।
यो विराट पुरुष नै पहिलो जीव भएको कारण सबै जीवको आत्मा जीवरूप हुनाको कारण
परमात्माको अंश र प्रथम अभिव्यक्ति हुनाको कारण भगवान्को आदि अवतार हो । यो
सम्पूर्ण भूत समुदाय नै यसैमा रहन्छ ।
विदुरजी ! फेरी विश्वको रचना गर्ने महतत्वादिको अधिपति भगवान्ले उनीहरुको प्रार्थना
स्मरण गरेर उनको बृत्ति लाई जगाउनको लागि चेतनरूप तेजले यस विराटलाई
प्रकाशित गराउनु भयो ।
यसरी जागृत गराउदा देवतालाई कति प्रकारका ठाँउ प्रकट भए त्यसबारेमा म बताउदछु
सुन ।
विदुरजी ! विराट पुरुषको पहिला मुख प्रकट भयो । त्यसका लोकपाल अग्नि आफ्नो अंश वाक्रूप
शक्ति सहित प्रवेश गरे । त्यसपछि विराट पुरुषको तालु उत्पन्न भयो त्यसमा
लोकपाल वरुण आफ्नो अंश रसेन्द्रिय सहित प्रवेश भए । जसबाट जीव रस ग्रहण गर्दछ ।
त्यसपछि विराट पुरुषको नाक प्रकट भयो । त्यसमा दुई अश्विनीकुमार आफ्नो
अंश घ्राणेन्द्रियका साथ प्रवेश भए । जसबाट जीवले गन्ध ग्रहण गर्दछ ।
यसैगरि विराट पुरुषको देहमा आँखा प्रकट भयो फेरी त्यस विराट पुरुषको विग्रहमा
त्वचा उत्पन्न भयो त्यसमा आफ्नो अंश त्वगेन्द्रिय सहित वायु प्रवेश गरे,
जव उसको चरण उत्पन्न भयो तव त्यसमा आफ्नो शक्ति गति सहित लोकेश्वर विष्णुले
प्रवेश गरे त्यस गति शक्तिबाट जीव आफ्नो गन्तब्य स्थानमा पुग्दछ ।
फेरी त्यसमा बुध्दि उत्पन्न भयो, त्यहा आफ्नो अंश बुध्दि शक्तिको सहित ब्रम्हा
प्रवेश गर्नुभयो
फेरी उसमा हृदय प्रकट भयो । उसमा आफ्नो अंश मन सहित चन्द्रमा स्थित भए ।
विदुरजी ! विराट पुरुष काल, कर्म र स्वभावशक्तिले युक्त भगवान् को योगमायाको प्रभावलाई प्रकट गराउदछन्
। जस्को स्वरूपको पुरा पुर वर्णन गर्न त कसको साहस पुग्दछ र ।
तैपनि प्यारा विदुरजी ! अन्य व्यवहारीक कुराले अपवित्र भएको वाणीलाई पवित्र गर्नाका लागि जस्तो बुध्दि
छ, जसरी मैले गुरुको मुखबाट सुनेको छु त्यसरी नै श्रीहरिको सुयसको वर्णन गर्दछु
सुन ।
विदुरजी भगवान्को मायाले ठुला ठुला मायाविहरूलाई पनि मोहित गराउदछ । उसको
चक्करमा पर्ने चाल अनन्त छ । त्यसैले स्वयं भगवान् लाई पनि यसबारेमा थाहा नहुन सक्छ भने अरुको त
के कुरा नै भयो र ।
तृतीय स्कंधः सप्तमोऽध्यायः
सुकदेवजीले भने—
मैत्रेयजीको यस्तो भाषण सुनेर व्यासजीका छोरा विदुरजीले आफ्नो वाणीले प्रशन्न
हुदै भने ।
विदुरजीले सोधे—
ब्रम्हन ! भगवान् त सुध्द वोधस्वरूप निर्विकार र निर्गुण हुनुहुन्छ । वहाँको साथ लीलाबाट
पनि गुण र कृयाको सम्बन्ध कसरी हुन सक्छ ।
बालकमा त अनेक कामना र अर्कोसंग खेल्ने इच्छा हुन्छ त्यसैले उ खेल्नमै प्रयत्न
गर्दछ तर भगवान् त स्वतः नित्यतृप्त–पूर्णकाम सर्बदा असंग हुनुहुन्छ, वहाँमा कृडाको लागि के संकल्प होला र ?
एकमात्र वहाँ भगवान् नै सबैै क्षेत्रमा ब्यवस्थितरूपमा हुनुहुन्छ फेरी वहाँ मा दुर्भाग्य वा
कर्मद्वारा कसरी क्लेशको प्राप्ति हुन्छ र ? भगवन् ! यस्तो अज्ञानरूप शंकटमा परेर मेरो मन धेरै खिन्न भैरहेको छ । हजूरले मेरो मनको
खिन्नतालाई नाशगरी दिनुहोस ।
सुकदेवजी भन्दछन—
तत्व जिज्ञासु विदुरजीको यस्ता जिज्ञासा सुनेर अहंकार रहित मैत्रेयजीले
भगवान्लाई स्मरण गर्दै मुस्कुराउदै भने ।
मैत्रेयजीले भने—
विदुरजी ! यो आत्मा सबको स्वामी र सर्बथा मुक्तस्वरूप हो । यो कुरा युक्ति विरुध्द अवस्य
हो तर वास्तवमा यहि भगवान्को माया हो ।
निष्काम भावले धर्मको आचरण गर्दा भगवान्को कृपाले प्राप्त भएको भक्तियोग
द्वारा यो विस्तारै विस्तारै हटेर जान्छ ।
अशेषसङ्क्लेशशमं विधत्ते
गुणानुवादश्रवणं मुरारेः ।
किं वा पुनस्तच्चरणारविन्द
परागसेवारतिरात्मलब्धा ॥
श्रीकृष्णको गुणको वर्णन एवं श्रवणले सबै दुःखलाई शान्त गरिदिन्छ । फेरी
हाम्रो हृदयमा वहाँको चरणको रजको सेवनको प्रेम जाग्यो भने अझ भन्नु नै के छ र ।
विदुरजीले भने—
हजूरको भक्तियुक्त वचनको तरवारले मेरो सन्देह छिन्नभिन्न भयो । अव मेरो चित्त
भगवान्को स्वतन्त्रता र जीवको परतन्त्रता दुवै नै विषयमा खुव संग प्रवेश गरिरहेको
छ ।
मैत्रेयजी ! हजूरले भन्नुभयो कि सृष्टिको आरम्भमा भगवान्ले क्रमशः महदादि तत्व र उसको विकारको रचना गरेर फेरी उसैका अंशबाट विराटको उत्पत्ति गरेर र
वहाँ आफै त्यसमा प्रवेश गर्नुभयो ।
वहाँ विराटका हजारौं खुट्टा तिघ्रा र हातहरू छन् । उनैलाई वेदादि पुरुष
मान्दछन् उनैमा सबैलोकहरू विस्तिृतरूपमा अडिएका छन् ।
उसैमा इन्द्रिय विषय र इन्द्रियाभिमानी देवताहरू सहित दश प्रकारका प्राण जो
यन्द्रियबल, मनोबल र शारीरिक रूपमा तिन प्रकारका छन् । भनि हजूरले वर्णन गर्नुभयो र उनैबाट
ब्राम्हणादि वर्ण पनि उत्पन्न भए भनेर भन्नुभयो । अव मलाई वहाँको व्रम्हादि
विभूतिहरूको वर्णन सुनाउनु होस ।
जहाँ पुत्र, पौत्र नाति र कुटुम्ब सहित विभिन्न खालका प्रजाहरू उत्पन्न भए र यसैबाट सब
ब्रम्हाण्ड भरियो ।
मैत्रेयजी ! ती मनुहरूका वश र ती वंशका राजाहरूको चरित्रहरू त्यस्तै पृथ्वीको माथी र तलका
लोकहरूको बारेमा पनि बताउनुहोस ।
त्यसै गरी भूर्लोकको स्थितिको बारेमा पनि वर्णन गर्नुहोस ।
तिर्यक, मनुष्य, देवाता, सरीसृप र पक्षी तथा जरायुज स्वदेज अण्डज र उद्भीज यी चार प्रकारका प्राणीहरू
कसरी उत्पन्न भए त्यो पनि बताउनुहोस ।
श्राध्दविधि, पितृहरूको सृष्टि तथा कालचक्रहरूमा ग्रह, नक्षत्र र ताराहरूको स्थितिका बारेमा पनि अलग
अलगरूपमा बताउनुहोस ।
दान, तप, इष्ट र पुर्त कर्महरूको फल के हो ? प्रवास र आपत्तिको समयमा मानिसको धर्म के हुन्छ ।
हे निष्पाप मैत्रेयजी ! धर्मको मूलकारण श्री जनार्दन भगवान् कुन आचरणले सन्तुष्ट हुनुहुन्छ र को प्रति
अनुग्रह राख्नुहुन्छ, यो पनि बताउनुहोस ।
भगवन् ! महदादि तत्वको प्रलय कतिप्रकारका छन् ? तथा जव भगवान् योगनिद्रामा शयन गर्नुहुन्छ तव
तव कुनुकुन तत्वले वहाँको सेवा गर्दछन् र कुन कुरा वहाँमा लीन हुन्छन ।
जीवको तत्व, परमेश्वरको स्वरूप, उपनिषद प्रतिपादित ज्ञान तथा गुरु र शिष्यको परस्परिक प्रयोजन के हो ?
सुकदेवजीले भने—
हे राजन ! जव कुरुश्रेष्ठ विदुरजीले मुनिवर मैत्रेयजी संग यस प्रकार पुराणका विषयको
प्रश्न गरे तव भगवच्चर्चाका लागि प्रेरित भएका मैत्रेयजीले मुस्कुराउदै भन्न लागे ।
तृतीय स्कंधः अष्टमोऽध्यायः
मैत्रेय उवाच –
सत्सेवनीयो बत पूरुवंशो
यल्लोकपालो भगवत्प्रधानः ।
बभूविथेहाजितकीर्तिमालां
पदे पदे नूतनयस्यभीक्ष्णम् ॥
विदुरजी तपाई भगवद्भक्तमा श्रेष्ठ लोकपाल यमराज नै हुनुहुन्छ । तपाईले
पुरुवंशमा जन्म लिनुभएको कारण नै सो वंश साधु सन्तका लागि सेव्य भएको छ । धन्य छ । तपाई निरन्तर
पाइला पाइलामा श्रीहरिको कीर्तिमयीमालाको नुतन गरिरहनुहुन्छ ।
अब म महान दुःखमा परेका मानिसको दुःख निवारणका लागि श्रीमद्भागवद पुराणको
आरम्भ गर्दछु जुन पुराणलाई पूर्वकालमा स्वयं शेष भगवानले सनाकादि ऋषिहरुलाई
सुनाउनु भएको थियो
भगवान् संकर्षणले निबृत्तपरायण सनतकुमारहरू लाई यो भागवत सुनाएका थिए जुन
यस्तो प्रसिध्द छ । सनतकुमारले फेरी यसलाई सांख्यायन मुनिलाई उनको प्रश्नको क्रममा
सुनाए थिए ।
परमहंश प्रधान सांख्यायनजीलाई जव भगवान्को विभुतिको वर्णन गर्ने इच्छा भयो
त्यसपछि उनले आफ्ना अनुगत शिष्य हाम्रा गुरु पराशरलाई र बृहस्पति सुनाएका थिए ।
दयालु पराशरले पुलस्त्य मुनिलाई भन्दा यो आदि पुराण मलाई सुनाएका थिए । हे
वत्स ! श्रध्दालु र सदा
अनुगत देखेर अव म यहि पुराण तिमीलाई सुनाउदछु ।
श्रृष्टिको पूर्व यो संपूर्ण विश्व जलमा डुवेको थियो । त्यस समयमा एकमात्र
श्री नारायण देव शेषशैयामा सुत्नु भएको थियो । वहाँले आफ्नो ज्ञान शक्तिलाई
अक्षुण्ण राखेर योगनिद्राको आश्रय लिनुभयो । वहाँले आँखा चिम्लिनु भयो । सृष्टिको
कामबाट अवकाश लिएर आनन्दमा मग्न हुनुहुन्थ्यो ।
वहाँलाई सृष्टिकाल आउदा फेरी बिउताउनको लागि केवल कालशक्तिलाई मात्र जागा
राख्नुभयो ।
यस प्रकार आफ्नो स्वरूपता चिच्छक्ति साथ एकहजार युग सम्म जलमा सयन गरेपछि
वहाँबाटै नियुक्त कालशक्तिले वहाँलाई जीवको कर्मका लागि बिउझायो । त्यसपछि वहाँले
आफ्नो शरीरमा लीन भएको अनन्त लोकलाई देख्नुभयो ।
त्यस समयमा भगवान्को दृष्टि आफ्नो लिङ्ग शरीरादि सूक्ष्म तत्वमा प¥यो । त्यसपछि त्यो कालशक्ति नाभिबाट
बाहिर निस्क्यो ।
कर्मशक्तिलाई जाग्रित गराउने कालद्वारा विष्णु भगवान्को नाभिबाट प्रकट भएको
त्यो सूक्ष्म तत्व कमलकोषको रूपमा सजिलैसंग मास्तिर उठ्यो र त्यो सूर्यको जस्तै
गरेर त्यो अपार जललाई नै प्रकाशित गराउन लाग्यो ।
सम्पूर्ण गुणलाई प्रकाश गर्ने त्यो सर्बलोकमय कमलमा विष्णु भगवान् नै
अन्तर्यामीरूपले प्रवेश गर्नु भयो । त्यसमा नपढिकन नै सबै वेदलाई जान्ने साक्षात
वेदमुर्ति ब्रम्हाजी उत्पन्न हुनुभयो । जसलाई स्वायम्भुव भनिन्छ ।
त्यस कमलकोष (गध्दि) मा बसेका ब्रम्हाजीले त्यतिबेला कुनै लोकलाई
देखेनन त्यसपछि चारैतिर आफ्नो गर्दनलाई घुमाएर हेरे । त्यहिकारण उनको चारै दिशातिर चार मुख भयो ।
त्यस समयमा प्रलयकालिन हावाको वेगले उठेको पानीको तरङ्गले त्यस जलबाट माथि
उठेको कमलमा विराजमान भएका आदिदेव ब्रम्हाजीले आफ्नो त्यस लोक तत्वस्वरूप कमलको
बारेमा कुनै रहस्य पत्ता पाउँन सकेनन ।
उनी सोच्न लागे यस कमलको कर्णिका (गद्दा) मा बस्ने म को हुं, यो कमल कसैको आधार विना नै लोकमा उत्पत्ति कसरी भयो ? यसको तल अवस्य कुनै वस्तु हुनुपर्दछ जस्को आडमा
यो अडिरहेको छ ।
यस्तो सोचेर उनी कमलको छिद्रबाट त्यस जलमा पसे तर त्यस नालको आधार खोज्दै नाभि
देशसम्म पुग्दा पनि उनले त्यो आधारवस्तुलाई पाउन सकेनन ।
विदुरजी ! त्यस अपार अन्धकारमा आफ्नो उत्पत्ति स्थान खोज्दै ब्रम्हाजीको धेरैकाल बित्यो
। त्यो काल पनि भगवान्को चक्र हो जसले प्राणिलाई भयभित गराउदै उसको आयु क्षीण
गराउदछ ।
अन्तमा आफ्नो प्रयाश सफल नभएपछि उनी त्यहाँबाट फर्केर फेरी आधारभूत कमलमा
एकाग्र भएर समाधिमा बसे ।
यस प्रकार पुरुषको पूर्ण आयु बराबर दिब्य एकसय वर्ष सम्म योगाभ्यास गरे अनि
ब्रम्हाजीलाई ज्ञान प्राप्त भयो । त्यसपछि उनले उनै आफ्नो अधिष्ठान, पहिला जसलाई खोज्दापनि पाएका थिएन उनलाई
आफ्नो अन्तःकरणमा नै प्रकाशित भएको देखे ।
मुखेन लोकार्तिहरस्मितेन
परिस्फुरत्कुण्डलमण्डितेन ।
शोणायितेनाधरबिम्बभासा
प्रत्यर्हयन्तं सुनसेन सुभ्र्वा ॥ २७ ॥
राम्रो नाक, अनुग्रहको वर्षा गर्ने मुखारविन्द, कानमा झलमल गर्ने कुण्डलको शोभा विम्वाफलको
समान राता राता को कान्तिले वहाँ आफ्ना उपासकहरूलाई अभिनन्दन गरिरहनुभएको थियो ।
हे वत्स ! उनको नितम्बदेशमा कदम्बको फूल, केशरको समान पहेलो वस्त्र र सुवर्णमयी मेखला ले शुसोभित हुनुभएको थियो । तथा
वक्षस्थलमा अद्भुत हार र सुनौलो रेखा भएको श्रीवत्स चिन्हले अपूर्व शोभाले युक्त
देखिनुहुन्थ्यो ।
भगवान्को गलामा वेदरूप भ्रमराले भुंभुं गरी गुञ्जायमान भएको कीर्तिमयी वनमाला
पहिरनु भएको छ
त्यसपछि विश्व रचनाको इच्छा गर्ने लोक विधाता ब्रम्हाजीले भगवान्को नाभि
सरोबरबाट प्रकट भएको त्यो कमल, जल, वायु, आकाश र आफ्नो शरीर यति पाँच पदार्थ मात्र देखे । यसबाहेक अरु केहिपनि देखेनन ।
रजोगुणले ब्याप्त ब्रम्हाजी प्रजाको रचना गर्न चाहन्थे । जव उनले सृष्टिको
कारणरूप केवल त्यो पाँच पदार्थ मात्र देखे अनि लोक रचनाका लागि उत्सुक भएर
अचिन्त्य गति श्रीहरिमा चित्त लगाएर उन परमपूजनीय प्रभुको स्तुति गर्न लागे ।
तृतीय स्कंधः नवमोऽध्यायः
ज्ञातोऽसि मेऽद्य सुचिरान्ननु देहभाजां
न ज्ञायते भगवतो गतिरित्यवद्यम् ।
नान्यत्त्वदस्ति भगवन्नपि तन्न शुद्धं
मायागुणव्यतिकराद्यदुरुर्विभासि ॥
ब्रम्हाजीले भन्नुभयो —
प्रभु ! धेरै दिनपछि आज मैले हजूरलाई जान्न सके । अहो ! देहधारी जीव
हजूरको स्वरूपलाई जान्न सक्तैनन यो दुर्भाग्यको कुरा हो । भगवन् ! हजूर बाहेक अरु कुनै वस्तु छैन । जुन वस्तु देखिन्छ त्यो पनि वास्तवमा सत्य
होइन किनकि मायाको गुणमा भएको सम्बन्धले
हजूर नै अनेकरूपमा देखिनुहुन्छ ।
हजूरको चित्त शक्तिले प्रकाशित भएको कारण, अज्ञान हजूरबाट सधै टाढा रहन्छ । मेरो यो रूप
जस्कोे नाभिकमल बाट प्रकट भएको छ, त्यो हजूरको सयकडौं अवतारको मूल कारण हो । सज्जनहरुलाई कृपा गर्नको लागि नै
पहिलो पटक यो रूप धारण गर्नुभएको हो ।
हे परमात्मन ! हजूरको जुन आनन्दमात्र, भेदरहित, अखण्ड, तेजोमय स्वरूप छ त्यसमा म हजूरको यसरूप बाट
भिन्न देख्दिन । यहि सम्पूर्ण भूत र इन्द्रियको पनि अधिष्ठान हो त्यसैले म विश्वको
रचना गर्ने भएर पनि हजूरको यो विश्वातीत, अद्वितीय रूपको शरण लिन्छु ।
हजूरको नाभिकमलरूप भवनमा मेरो जन्म भएको.
छ, हजूरको पेटमा लीन भएको तीनैलोकको रचनारूप उपकारमा प्रबृत्त
भएको हुँ । यस समयमा भोग निद्राको अन्त्य भएको कारण नेत्र कमल विकशित भै रहेको छ, हजूरलाई मेरो नमस्कार छ ।
हजूर सम्पूर्ण जगतको एकमात्र सुहृद र आत्मा हुनुहुन्छ र शरणागत प्रति कृपा
गर्नुहुन्छ । त्यसैले हजूरको जुन ज्ञान र ऐश्वर्यले विश्वलाई आनन्दित गर्नुहुन्छ
त्यसैमा मेरो बुध्दिपनि अभिनन्दन गर्नुहोस, जसबाट म पूर्वकल्पको जसरी नै यस समयमा पनि
जगतको रचना गर्न सकुँ ।
हजूर अपार करुणामय पुराणपुरुष हुनुहुन्छ । हजूर परम प्रेममयी मुस्कान सहित
आफ्नो आँखा खोल्नुहोस र शेष शैयाबाट उठेर विश्वको उद्भवका लागि आफ्नो समधुर वाणीले
मेरो खेदलाई हटाइदिनुहोस ।
मैत्रेयजीले भने—
विदुरजी ! यस प्रकार तप, विद्या र समाधिद्वारा आफ्नो उत्पत्ति
स्थान श्री भगवान्लाई देखेर तथा आफ्नो मन वाणी र शक्तिका अनुसार वहाँको स्तुति गरेर
ब्रम्हाजी थाकेझैं गरि चुप लाग्नुभयो ।
श्री मदुसूदन भगवान्ले देख्नुभयो कि ब्रम्हाजी यस प्रलय जलराशी बाट धेरै
हडबडाएर लोक रचना आदि विषयका बारेमा निश्चत विचार नभएका कारण उनको चित्त खिन्न
भएको देख्नुभयो । अनि उनको अभिप्राय बुझेर वहाँले आफ्नो गंभिर वाणीले उनको खेदलाई
शान्त गराउदै भन्नलाग्नु भयो ।
मा वेदगर्भ गास्तन्द्रीं सर्ग उद्यममावह ।
तन्मयाऽऽपादितं ह्यग्रे यन्मां प्रार्थयते भवान् ॥ २९ ॥
भगवान्ले भन्नुभयो—
वेदगर्भ ! तिमी खिन्न नहोउ, आलस्य नगर, सृष्टि रचनाको उद्येगमा तत्पर होउ, तिमी मसंग जे कुरा चहान्छौ त्यो त मैले
पहिले नै दिइसकेको छु ।
तिमी एकपटक फेरी तप गर र भगवद् ज्ञानको अनुष्ठान गर । यसबाट तिमी सबै लोकलाई
स्पष्टरूपमा आफ्नो अन्तःकरणमा देख्दछौ ।
प्रजाहरू उत्पन्न गर्ने समयमा पनि तिम्रो मन ममा नै लागिरहने छ । यसबाट पापमय
रजोगुणले तिमीलाई बाँध्ने छैन ।
लोक रचनाको इच्छाले तिमीले मेरो सगुण प्रतित भएर पनि जुन निर्गणरूपले मेरो
वर्णन गर्दै स्तुति ग¥यौ त्यसबाट म
प्रशन्न छु तिम्रो कल्याण होओस ।
मैत्रेयजीले भने—
विदुरजी प्रकृति र पुरुषका स्वामी कमलनाभ भगवान् सृष्टिकर्ता ब्रम्हाजीलाई यस
प्रकार जगतको अभिब्यक्ति गराएर भगवान् आफ्नो उहि नारायणरूपमा अदृष्य हुनुभयो ।
तृतीय स्कंधः दशमोऽध्यायः
दशविधसृष्टिवर्णनम्
विदुरजीले भने ! भगवन् नारायण अन्तर्धान हुनुभएपछि सम्पूर्ण लोकका पितामह ब्रम्हाजीले आफ्नो
देह र मनबाट कति प्रकारको सृष्टि गरे ।
मैत्रेयजीले भने—
विदुरजी आजन्मा भगवान् श्रीहरिले जे भन्नु भएको थियो ब्रम्हाजीले त्यसैंगरि
आफ्नो चित्तलाई नारायणमा लगाएर दिब्य सय वर्ष सम्म तप गर्नुभयो ।
फेरी जसमा वहाँ बस्नुभएको थिए त्यो आकाश ब्यापि कमललाई देखेर वहाँले
पूर्वकल्पमा लोप भएको लोकहरूलाई त्यहिबाट रच्ने विचारगर्नुु भयो ।
त्यसपछि भगवान्द्वारा सृष्टि कार्यमा नियुक्त ब्रम्हाजीले त्यस कमलकोषमा
प्रवेश गरेर त्यो एकलाई भूः भुवः स्वः–का रूपमा तीनभाग गर्नुभयो तापनि त्यो कमल यति
ठुलो थियोकि उसमा चौध भुवन तथा त्यो भन्दाबढि लोकका रूपमा विभाग गर्न सक्नु हुन्थ्यो
।
मैत्रेयको यस्तो किसिमको कुरा सुनेर विदुरले सोधे—
ब्रम्हन ! हजूरले नानारूप धारणा गरेर अद्भूत कर्म गर्ने श्रीहरीको जुन काल नामको शक्ति बताउनु भएको थियो, प्रभो !
कृपया त्यसबारे विस्तार पूर्वक वर्णन गर्नुहोस
।
मैत्रेयजीले भने—
यो जगत जसरी अहिले छ त्यसरी नै पहिले पनि थियो र भविष्यमा पनि रहि रहने छ ।
यसको सृष्टि नौ प्रकारको छ, र प्राकृत, वैकृत भेदले अर्को दसौं सृष्टि पनि छ ।
यस विश्वको प्रलय काल, द्रब्य तथा गुणद्वारा तीन प्रकारबाट हुन्छ । अव पहिले म दस प्रकारको सृष्टिका
बारेमा बताउदछु ।
पहिलो सृष्टि महतत्वको छ । दोश्रो सृष्टि अहंकारको हो, तेश्रो सृष्टि भूतसर्ग हो । चौथो सृष्टि
इन्द्रिय हो, पाँचौ सृष्टि सात्विक अहंकारबाट उत्पन्न भएको इन्द्रियको अधिष्ठाता देवताहरूको हो ।
छौटौं सृष्टि अविद्या हो । यसमा तामिश्र, अन्धतामिश्र, तम, मोह र महामोह यी पाँच ग्रन्थि छन् यसले जीवको
बुध्दिलाई आवरण र विक्षेप गर्ने हो यो छ प्राकृत सृष्टि हो । अव वैकृत सृष्टिको
पनि विवरण सुन ।
यो वैकृत सर्ग रजोगुण सम्बधि रचना हो । यो सबै लीला श्रीहरिको हो । वहाँले नै
ब्रम्हाको रूपमा रजोगुण स्वीकार गरेर जगतको रचना गर्नुहुन्छ । छ प्रकारको प्राकृत
सृष्टि बाहेक सातौं, प्रकारको स्थावर वृक्षहरूको सृष्टि हो वैकृत सृस्टिमा यसलाई मुख्य मानिएको छ ।
वनस्पति, औषधि, लता, त्क्सार (कडा बोक्रा भएको जस्तो बाँस) विरुध र द्रुमयीनीहरूको सञ्चार तल (जरा) बाट माथितिर हुन्छ । यीनिहरूमा प्राय ज्ञान
शक्ति हुदैन । यीनिहरू भित्रभित्रै केवल स्पर्शको अनुभव गर्दछन् । यीनिहरू प्रत्तेकमा आआफ्नो कुनै विशेष
गुणहुन्छ ।
आठौं सृष्टि तिर्यक योनिका (पशुपंक्षीहरू) हुन यसलाई अठ्ठाइस प्रकारको मानिन्छ
।साधु श्रेष्ठ ! यी तिर्यकमा गाई, वाख्रा, भैसी, कृष्णासार, मृग, सुङ्गुर निलगाई, मृग, भेडा, उट, यी नौ द्विशफ (दुई खुर भएका पशु) भनिन्छ ।
विदुरजी ! नवौं सृष्टि मानिसको हो यो एकै प्रकारको छ । यसको आहारका प्रवाह मुख बाट तलतिर
हुन्छ । मनुष्य रजोगुण प्रधान कर्मपरायण र दुःखरूप विषयमा पनि सुख मान्ने हुन्छन्
।
स्थावर पशुपंक्षि र मनुस्य यी तीनप्रकारको सृष्टि तथा अब भनिने देव सर्ग वैकृत
सृष्टि हो । तथा जुन महतत्वादिरूप वैकारिक देवसर्ग हो । त्यसको गणना पहिल्यै
प्राकृत सृष्टिमा गरिसकिएको छ । यसको अतिरिक्त सनत कुमार आदि ऋषिहरूको जुन कौमार
सर्ग छ त्यो प्राकृत र वैकृत दुवै प्रकारको हो ।
देवता, पितृ, असुर, गन्धर्व, अप्सरा, यक्ष–राक्षस, सिध्द, चारण, विद्याधर, भूत–प्रेत–पिशाच र किन्नर किंपुरुष आदि भेदले देवसृष्टि
आठप्रकारको छ । विदुरजी ! यस प्रकारजगत कर्ता ब्रम्हाजीबाट रचिएको यो दसप्रकारको सृष्टि मैले तिमीलाई
भने ।
अव अगाडि वंश र मन्वन्तरको वारेमा वर्णन गर्दछु । यस प्रकार सृष्टि गर्ने सत्य संकल्प
भगवान् श्रीहरिनै ब्रम्हाको रूपमा प्रत्तेक कल्पको आदिमा रजोगुणबाट ब्याप्त भएर
स्वयं नै सम्पूर्ण जगतको रचना गर्नुहुन्छ ।
तृतीय स्कंधः एकादशोऽध्यायः
मैत्रेयजीले भने —
विदुरजी ! पृथ्वी आदि स्थूल पदार्थको जुन अन्तिम भाग हुन्छ, जस्को अरु विभाग हुनसक्तैन । जुन कार्यरूपको प्राप्ति हुन सक्तैन जस्को अन्य
परमाणुको साथ संयोग पनि हुदैन । त्यसलाई परमाणु भनिन्छ । यस्ता अनेक परमाणु मिल्दा
खेरि मानिसमा पदार्थ भन्ने विषयमा भ्रम हुन्छ ।
यो परमाणु जस्को सूक्ष्म अंश हो आफ्नो सामान्यरूपमा स्थित त्यस पृथ्वीआदि कार्यको एकता ( समुदाय अथवा
समग्ररूप) को नाम परम महान हो । यस समयमा उसमा न ता प्रलय
आदि अवस्थाको भेदको स्फुर्ति हुन्छ न नविन–प्राचीन आदि
कालको भेद हुन्छ ।
हे साधु श्रेष्ठ ! यस प्रकार यो वस्तुको सूक्ष्मतम र महत्तम स्वरूपको विचार भयो । यसैको सादृष्यबाट परमाणु आदि अवस्थामा ब्याप्त भएर ब्यक्त पदार्थको भोग गर्ने
उत्पत्ति आदिमा समर्थ भएका अव्यक्तरूप भगवान् कालको पनि सूक्ष्मता र स्थूलताको
अनुमान गर्न सकिन्छ ।
जुन काल प्रपंचको परमाणु जस्तो सूक्ष अवस्थामा ब्याप्त हुन्छ । त्यो अत्यन्त
सूक्ष्म छ । जुन सृष्टि देखि लिएर प्रलय सम्म पनि उस्को सबै अवस्थाको भोग गर्दछ, त्यसलाई परम महान भन्दछन ।
दुइ परमाणु मिलेर एक अणु हुन्छ र तीन “अणु” मिलेर एक, “त्रसरेणु” हुन्छ । यो झ्यालबाट आएको सूर्यको कीरण
प्रकाशमा आकाशमा उडिरहेको जस्तो देखिन्छ ।
यस्तो तीन त्रसरेणु पार गर्दा सूर्यलाई जति समय लाग्दछ उसलाई “त्रुटि” भनिन्छ । यसको सयगुना काललाई ‘वेध” भनिन्छ र तीन वेदको एक “लव हुन्छ” ।
तीन लवको एक “निमेष” हुन्छ । तीन निमेषको एक “क्षण” हुन्छ । पाँच क्षणको एक “काष्ठा” हुन्छ । त्यस्तै पन्द्र काष्ठाको एक “लघु” हुन्छ । पन्द्र लघुलाई एक “नाडि” (दण्ड)
भनिन्छ र दुई नाडिको एक “मुहुर्त” हुन्छ । दिनको घट्ने बढ्ने अनुसार र दिन
एवं रात्रीको दुई सन्धिको दुई मुहुर्तलाई छोडेर छ या सात नाडिको एक “प्रहर” हुन्छ यसलाई “याम” भनिन्छ । जुन मानिसको दिन या रातको चौथो भाग हो ।
यसलाई परीक्षा गर्नको लागि, छ पलाको तामाको एउटा यस्तो भाँडो बनाउनु, जुन त्यसमा एक प्रस्थ (सेर) जल आउन सकोस र चारमासा सुनको चार अंगुल लामो
तार बनाएर त्यस तारले पहिला बनाएको भाँडोको विचमा प्वला पारेर त्यसमा पानीमा
हाल्नु जति समयमा त्यो भाँडो पानीमा डुव्दछ त्यति नै समयलाई एक “नाडि” भनिन्छ ।
विदुरजी चार प्रहरको मानिसको दिन र रात हुन्छ । पन्द्र दिन र पन्द्र रातको एक “पक्ष” हुन्छ जुन शुक्ल र कृष्ण भेदले दुइप्रकारको
मानिन्छ ।
यी दुई पक्ष मिलेर एक “महिना” हुन्छ । जुनु पितृको एक दिन र रात हुन्छ
। दुई महिनाको एक “ऋतु” हुन्छ । र छ महिनाको एक “अयन” हुन्छ । अयन दक्षिणयन र उत्तरायण भेदले दुई
प्रकारको छ ।
यी दुइ प्रकारको अयन मिलेर देवताको एकदिन र रात हुन्छ । तथा मनुष्यलोकमा यसलाई
वर्ष वा बाह्र महिना भनिन्छ । यसरी सय वर्षको मानिसको परम आयु बताईएको छ ।।!२।।
यसरी चन्द्रमादि ग्रह, अश्विनी आदि नक्षत्र र समस्त तारा मण्डलको अधिष्ठाता काल स्वरूप भगवान्
श्रीसूर्य परमाणु देखि लिएर सम्बत्सर पर्यन्त कालमा द्वादस राशिरूप सम्पूर्ण
भुवनकोषको निरन्तर परिक्रमा गर्दछन।
सूर्य, बृहस्पति, सबन, चन्द्रमा र नक्षत्र संबन्धि महिनाको भेदले यो वर्ष नै संबत्सर, परिवत्सर, इडावत्सर, अनुवत्सर, र वस्तर आदि भनिन्छ ।
यसरी मैत्रेयजीले बताए पछि विदुरजीले फेरी सोधे—
मुनिवर ! तपाईले देवता, पितृ र मनुष्यको परमाणु वर्णन त
गर्नुभयो, जव जुन सनकादि ज्ञानी मुनिजन तीनैलोक भन्दा बाहिर र कल्प भन्दापनि
बढि समय रहन्छन उनीहरुको आयुको वर्णन गर्नुहोस ।
ज्ञानीहरु भगवान् कालको गतिका बारेमा भलिभाति जान्दछन् किनकि ज्ञानीहरू आफ्नो
योगसिध्द दिव्यदृष्टिले सबै संसारलाई देख्दछन ।
विदुरले यसरी सोधेपछि मैत्रेयजीले उनको प्रश्नको उत्तर दिदैं भने–
विदुरजी ! सत्य, त्रेता, द्वापर र कलि यी चार युग आफ्नो सन्धा र
सन्ध्यांसको सहित दिव्य वाह्रहजार वर्षसम्म रहन्छ भनि बताइएको छ ।
यो सत्यादि चार युग क्रमशः चार, तीन, दुई र एक हजार दिब्य वर्ष हुन्छन् र प्रत्तेकमा
दुई गुणा सय वर्ष उसको सन्ध्या र सन्ध्यांस हुन्छ ।
युगको आदिमा सन्ध्या र अन्त्यमा सन्ध्यांस हुन्छ । यसको वर्षको संख्या चार, तीन, दुई र एक सय वर्ष को छ । यसको विच जुन समय
हुन्छ त्यसैलाई योगवेत्ताहरूले युग भनेका छन् । प्रत्येक युगमा भिन्न भिन्न धर्मको
विधान बनाईएको हुन्छ ।
सत्य युगमा मानिस आफ्नो चार चरणले रहन्छ । अरु युगमा भने धर्मको क्षिण र
अधर्मको बृध्दि हुनाले एक एक चरण नष्ट हुदैजान्छ ।
प्यारा विदुरजी ! त्रिलोकबाट बाहिर महर्लोक देखि ब्रम्हलोक सम्म यहाँको एक सहस्र युगको एक दिन
हुन्छ र यति नै मात्रामा रात हुन्छ । जसमा जगतकर्ता ब्रह्माजी सयन गर्नुहुन्छ
त्यो रात्रीको कल्प अन्त्य भएपछि यसलोकको कल्प आरम्भ हुन्छ । त्यो क्रमलाई
ब्रम्हाजीको दिन भनिन्छ । त्यस एक कल्पमा चौध मनु रहन्छन ।
(७१ चतुर्युगि) सम्म आफ्नो
अधिकार भाग गर्दछन् । प्रत्येक मन्वन्तरमा भिन्न भिन्न मनुवंशी राजाहरू, सप्तर्षि, देवगण, इन्द्र र उनका अनुन्यायी गन्धर्वादिहरू पनि साथ साथै आफ्नो अधिकार भोग गर्दछन्
।
यो ब्रम्हाजीको प्रतिदिनको सृष्टि हो । जसमा तीनलोकको रचना हुन्छ र उसमा आफ्नो
आफ्नो कर्मानुसार पशु, पंंक्षि, पितृ, मनुष्य र देवता उत्पत्ति हुन्छन् ।
यी मन्वन्तरमा भगवान् सत्वगुणको आश्रयले आफ्नो मनुआदि मुर्तिद्वारा आफ्नो
पुरुषार्थ प्रकट गरेर यस विश्वको पालन गर्दछन् ।
कालक्रममा जव ब्रम्हाजीको दिन वित्दछ त्यसपछि वहाँ तमोगुणलाई स्वीका रगरेर
आफ्नो सृष्टि रचनारूप पौरषलाई स्थगित गरेर निचेष्ठ भावमा सुत्नु हुन्छन ।
त्यस समयमा सबै विश्व उनैमा लीन हुन्छन । जव सूर्य र चन्द्रमादिले रहित त्यो
प्रलय रात्री आउदछ तव वाहाँ भूः भुवः स्वः तीनै लोक उनै ब्रह्माजीको शरीरमा पस्दछन
।
यस अवसरमा तीनैलोक शेषजीको मुखबाट निक्लिएको अग्निरूप शक्तिले जल्न लाग्दछ ।
त्यसैले त्यो तापबाट व्याकुल भएर भृगुआदि मुनिगणहरू महर्लोकबाट जनलोक तिर जान्छन ।
यसरी सातै समुन्द्र प्रलयको प्रचण्ड वायुले उम्लेर माथि सम्म उठेको उत्पात
छालले तीनैलोक डुब्दछ ।
त्यसपछि त्यो जल भित्र भगवान् शेषको शैयामा योगनिद्राले आँखा बन्द गरेर
सुत्नुहुन्छ । त्यस समयमा जनलोक निवासी मुनिगणहरू वहाँको स्तुति गर्दछन् ।
यस प्रकार कालको गति एक एक हजार युगको रूपमा प्रतीत हुने दिन रातको हेरफेरले
ब्रम्हाजीको सयवर्षको परमायु पनि वितेको देखाईदिन्छ ।
ब्रम्हाजीको आयुको आधाभागलाई परार्ध भनिन्छ । अहिले सम्म पहिलो परार्ध
वितिसकेको छ र दोश्रो परार्ध चलिरहेको छ ।
पूर्व परार्धको आरम्भमा ब्राम्ह नामगरेको ठुलो कल्प थियो । त्यसैमा
ब्रम्हाजीको उत्पत्ति भएको थियो । पण्डितहरू यसैलाई शव्दब्रम्ह भन्दछन् ।
त्यहि परार्धको अन्त्यमा जुन कल्प भयो त्यसलाई पद्मकल्प भनिन्छ । यसमा
भगवान्को नाभि सरोवरबाट सर्बलोकमय कमल (पद्म) प्रकट भएको थियो ।
विदुरजी ! अहिलेको समयमा जुन कल्प चलिरहेको छ यसलाई दोश्रो परार्धको आरम्भ भनि बताइएको छ
। यो बराहकल्प नामले प्रख्यात छ । यसमा भगवान्ले वराहरूप धारण
गर्नुभएको थियो ।
यो दुई परार्धको काल, अब्यक्त, अनन्त, अनादि विश्वात्मा श्रीहरिको एक निमेष मानिन्छ ।
यो परमाणु देखि लिएर द्विपरार्ध सम्म फैलिएको काल सर्ब समर्थ भए पनि सर्बात्मा
श्रीहरिमा कुनै प्रकारको प्रभुता राख्दैन । यो ता देहादिमा अभिमान राख्नेवाला
जीवलाईनै शासन गर्न सक्तछ छ ।
यसरीप्रकृति, महतत्व, अहंकार र पाँचतन्मात्रा यी आठ प्रकृति सहित दस इन्द्रिय र पाँच महाभुत सहित यी
सोह्र विकारहरू मिलेर बनेको यो ब्रम्हाण्ड कोष भित्र पचास करोड योजनमा फैलिएको छ ।
यसैगरी यसको बाहिर चारैतिर उत्तरोत्तर दस दस गुणको सात आवरण छ । ती सबै सहित यो
जसमा परमाणुको समान परेको देखिन्छ । जसमा यस्तो करोडौ ब्रम्हाण्डका थुप्राहरू छन—
तदाहुरक्षरं ब्रह्म सर्वकारणकारणम् ।
विष्णोर्धाम परं साक्षात् पुरुषस्य महात्मनः ॥
विद्वानहरू प्रधानाधि समस्त कारणको कारण यसैलाई अक्षर ब्रम्ह भन्दछन । यहि नै
पुराण पुरुष परमात्मा श्री विष्णु भगवान्को श्रेष्ठ धाम (स्वरूप) हो ।
तृतीय स्कंधः ( द्वादशोऽध्यायः
मैत्रेय उवाच ।
मैत्रेयजीले भने—
विदुरजी ! यहाँ सम्म मैले तपाईलाई भगवान्को कालरूपको बारेमा बताए अव ब्रम्हाजीले जुन प्रकारले जगतको रचना गनुभयो त्यसको बारेमा सुन्नुहोस ।
ससर्जाग्रेऽन्धतामिस्रं अथ तामिस्रमादिकृत् ।
महामोहं च मोहं च तमश्चाज्ञानवृत्तयः ॥ २ ॥
सबभन्दा पहिले वहाँले अज्ञानको पाँच बृत्ति तम, (अविद्या)
मोह (अस्मिता), महामोह (राग), तामिश्र (द्वेश) र अन्धतामिश्र, (अभिनिवेज्ञ)
रचना गरे ।
तर यस अत्यन्त पापमय सृष्टिलाई देखेर उनलाई प्रसन्न भएन । त्यसैल उनले आफ्नो
मनलाई भगवान्को ध्यानबाट पवित्र गरेर उनले दोश्रो सृष्टि गरे ।
यसपटक ब्रम्हाजीले सनक, सनन्दन, सनातन र सनतकुमार यी चार निवृतिपरायण उध्र्वरेता मुनि उत्पन्न गरे ।
आफ्ना यी छोराहरूलाई ब्रम्हाजीले भन्नुभयो । पुत्र !
तिमीहरू प्रजाहरु उत्पन्न गर तर यि चार कुमार
जन्म देखि नै मोक्षमार्गको (निवृतिमार्ग) अनुशरण गर्ने र भगवान्को ध्यानमा तत्पर थिए । त्यसैले उनीहरूले सृष्टिमा मन
लगाएन् ।
जव ब्रम्हाजीले देख्नुभयो कि मेरो आज्ञा नमानेर मेरा छोराहरू मलाई नै तिरस्कार
गरिरहेका छन् । यो देखेर ब्रह्माजीलाई असाध्य क्रोध उत्पन्न भयो, उनले त्यसलाई रोक्ने प्रयास गरे । तर बुध्दिद्वारा त्यसलाई रोक्न
खोज्दापनि त्यो क्रोध प्रजापति ब्रम्हाको दुई आँखी भौंंको विचबाट निललोहित (निलो र रातो रंगको) बालकको रूपमा प्रकट भयो ।
त्यो देवताहरूको पूर्वज भगवन् भव (रुद्र) रुदै भन्न लाग्यो । जगत्पिता ! विधाता ! मेरो नाम र बस्ने ठाँउ बताउनुहोस ।
तव कमलयोनी ब्रम्हाले त्यस बालकका प्रार्थना पूर्ण गर्नको लागि मधुर वाणीमा
भन्नुभयो बाबु ! नरोउ म अहिले नै तिम्रो इच्छा
पूर्ण गर्दछु ।
देव श्रेष्ठ ! तिमी जन्मदै बालक समानको गरि रुन लाग्यौ त्यसैले तिमीलाई रुद्र नामले पुकार्ने
छन् ।
तिमीलाई बस्नकालाई मैले पहिले नै हृदय, इन्द्रिय, प्राण, आकाश, वायु, अग्नि, जल, पृथ्वी, सूर्य, चन्द्रमा र तप यी स्थानहरू रचना गरेको छु ।
तिम्रो नाम मन्यु, मनु, महिनस, महान, शिव, ऋतध्वज, उग्ररेता, भव, काल, वामदेव धृतव्रत हुनेछ ।
त्यसै गरीधी, वृत्ति, उशना, उमा, नियुत्, सर्पि, इला, अम्बिका, इरावती, सुधा र दीक्षा यी एघार रुद्राणी तिम्रो पत्नी हुनेछन् ।
तिमी उपर्युक्त नाम स्थान र स्त्रीहरूलाई स्वीकार गर यी द्वारा धेरै प्रजाहरू
उत्पन्न गर किनकि तिमी प्रजापति हौं ।
लोकपतिा ब्रम्हाजीबाट यस्तो आज्ञा पाएर भगवान् निललोहित बल, आकार र स्वभावमा आफुु जस्तै प्रजा
उत्पन्न गर्नलागे ।
भगवान् रुद्रबाट उत्पन्न भएका ती असंख्य जमातले सारा ब्रम्हाण्डलाई नै भक्षण
गर्न लागेको देखेर ब्रम्हाजीलाई संका भयो ।
फेरी उहाँले रुद्रलाई भन्नुभयो हे सुरश्रेष्ठ !
तिम्रा प्रजाले त आफ्नो भयंकार दृष्टिले मलाई र
सबै दिशाहरूलाई नै भष्म गर्दैछन् । त्यसैले अव यस्तो सृष्टि अरु नगर ।
तिम्रो कल्याण होस अव तिमी सबै प्राणीहरूलाई कल्याण गर्न का लागि तप गर । फेरी
त्यहि तपको प्रभावबाट तिमी पहिले झैं यस सन्सारको रचना गर्नु ।
मानिसले तपबाटै इन्द्रियका स्वामी सर्बान्र्तयामी, ज्योतिः श्रीहरिलाई सजिलै प्राप्त गर्न
सक्छ ।
मैत्रेयजी भन्दछन्—
जव ब्रम्हाजीले रुद्रलाई यस्तो आज्ञा दिए अनि उनले त्यसलाई्र स्वीकार गरेर
वहाँलाई परिक्रमा गरेर तपस्या गर्न वन तिर लागे ।
त्यसपछि भगवान्को शक्तिले सम्पन्न ब्रम्हाजीले सृष्टिका लागि संकल्प गरे ।
त्यसपछि उनले दश पुत्र उत्पन्न गरे त्यसबाट लोकको धेरै बृध्दि भयो ।
उनीहरूको नाम मरिचि, अत्रि, अंगिरा, पुलस्त्य, पुलह, क्रतु, भृगु, वशिष्ठि, दक्ष र दसौं नारद थिए ।
यीनमा नारदजी प्रजापतिको काखबाट, दक्ष औंलाबाट, वशिष्ठ प्राणबाट, भृगु त्वचाबाट, क्रतु हातबाट— पुलह नाभिबाट, पुलस्त्य कानबाट अंगिरा मुखबाट, अत्रृ आँखाबाट र मरिचि मनबाट उत्पन्न भए
।
त्यसपछि ब्रम्हाको दायाँ स्तनबाट धर्म उत्पन्न भयो । जसमा स्वयं नारायण
रहनुहुन्छ । त्यसै गरि वहाँको पिठ्युबाट अधर्मको जन्म भयो र त्यहिंबाट सारा
संसारलाई भय गराउने मृत्यु उत्पन्न भयो ।
यस प्रकार ब्रम्हाजीको हृदयबाट काम आँखी भौंंबाट क्रोध, तल्लो ओठबाट लोभ, मुखबाट वाणी, लिंगबाट समुद्र, गुदाबाट पापको निवासस्थान (राक्षसको अधिपति) निऋति— ।
त्यसै गरी छायाँबाट देवहुतीका पति भगवान् कर्दमजी उत्पन्न भए । यसरी सारा जगत
ब्रम्हाजीको शरीर र मनबाट उत्पन्न भयो ।
हे विदुरजी !
भगवान् ब्रम्हाजीकी कन्या सरस्वती धेरै सुकुमारी र राम्री थिइन् भन्ने कुरा
हामीले सुनेका छौ कि एकपटक उनलाई देखेर ब्रम्हाजी काम मोहित हुनुभएको थियो तर पनि
वहाँ स्वयं वासना सुन्य हुनुहुन्थ्यो ।
यता यस्तो अधर्ममय संकल्प गरेको देखेर उनका छोरा मरिचि आदि ऋषिहरूले आफ्ना
पिता ब्रह्माजीलाई प्रेमपूर्वक सम्झाउँदै भने । पिताजी !
हजूर सामथ्र्य हुनुहुन्छ अनि
आफ्नो मनबाट उत्पन्न भएको कामवेगलाई नरोकेर पुत्रीगमन जस्तो महापाप गर्ने संकल्प
किन गर्नुभएको हो ? यस्तो त तपाई भन्दा पहिलाका न कुनै ब्रम्हाले गर्नु भयो न पछि कसैले गर्नेछन ।
हे जगद्गुरु ! हजूरजस्ता तेजस्वी पुरुषलाई यस्तो कामले शोभा दिदैन । किनकि तपाईको
जस्ताको आचरणको अनुशरण गर्दा नै जगतको कल्याण हुनेछ ।
जुन भगवान्ले आफ्नो स्वरूपमा लीन भएको जगतलाई आफ्नै तेजले प्रकट गर्नु भयो
वहाँलाई नमस्कार छ । यस समयमा उनैले नै धर्मको रक्षा गर्न सक्तछन यसरी आफ्ना
पितालाई सम्झाए ।
आफ्ना छोरा मरिचि आदि प्रजापतिहरूले आफुले नै जसरी यसरी सम्झाउदा प्रजापतिका
पति ब्रम्हाजी धेरै लज्जित हुनुभयो र वहाँले त्यस शरीरलाई त्यसै समयमा छोडिदिनु
भयो । अनि त्यस घोर शरीरलाई दिशाहरूले लिए । त्यहि नै कुहिरो भयो जसलाई अन्धकार
भनिन्छ ।
एक पटक ब्रम्हाजी यो सोचिरहनु भएको थियो कि मैले पहिलेको जस्तै सुब्यबस्थित
रूपले सब लोकको रचना कसरी गरौं त्यसै समयमा उनको चार मुखबाट चार वेद प्रकट
भयो ।<
यो बाहेक उपवेद, न्यायशास्त्र, होता, उद्गाता, अध्वर्यु र ब्रम्हा–यी चार ऋत्वीजको
कर्म, यज्ञको विस्तार, धर्मको चार चरण र चार आश्रम तथा यीनको वृत्तिहरू यी सबै ब्रम्हाजीको मुखबाट
उत्पन्न भयो । मैत्रेयजीले यसरी सोधेपछि
विदुरजीले सोधे—
तपोधन ! विश्व रचयिताका स्वामी ब्रम्हाजीले जव मुखबाट यी वेदादिको रचना गरे अनि उनले
आफ्नो मुखबाट कुन वस्तुको उत्पन्न गरे यसबारे कृपा गरेर मलाई बताइदिनुहोस ।
अब विदुरजीको यस्तो प्रश्नको उत्तर दिदै मैत्रेयजीले भने—
विदुरजी ! ब्रम्हाजीले आफ्नो पूर्व, दक्षिण, पश्चिम र उत्तरको मुखबाट क्रमशः ऋक, यजु, साम र अर्थवेदको रचना गरे तथा यसै क्रमबाट–शास्त्र, जुा (होताको कर्म) हो इज्या (आयुध्र्वको कर्म) स्तुतिस्तोम (उद्गाताको कर्म) र प्रायश्चित्त (ब्रम्हाको कर्म) यी चार को रचना गरे ।
यस प्रकार आर्युवेद (चिकित्सिाशास्त्र), धनुर्वेद (शास्त्र विद्या), गान्धर्ववेद (संगित शास्त्र) र स्थापत्यवेद (शिल्प विद्या) यी चा उपवेदको पनि त्रमशः पूर्वको मुख
देखि नै उत्पन्न गरे ।
फेरी सर्बदर्शी भगवान् ब्रम्हाले आफ्नो चारै मुखबाट इतिहास पुराणकोरूपमा पाँचौ
वेद बनाउनु भयो ।
यसै क्रमबाट षोडशी र उक्थ, चयन र अग्निष्टोम, आप्तोर्याम र अतिरात्र तथा वाजपेय र गोस यी दुई दुई यज्ञ पनि पूर्व देखि कै
मुखबाट उत्पन्न गरे ।
विद्या, दान, तप र सत्य यी धर्मको चार पद र बृत्तियोका चार आश्रम यसै क्रमबाट प्रकट भयो ।
सवित्र, प्रजापत्य, ब्राम्ह र बृहत यी चार बृत्ति ब्रम्हचारीको हो । त्यसै गरि वार्ता सञ्चय, शालीन र शिलोच्छ यी चार बृत्ति गृहस्थिको
हो ।
यसैप्रकार बृत्ति भेदबाट वैखनस, वालखिल्य, औदुम्बर र फेनप यी चार भेद वानप्रस्थको तथा
कटिचक्र, वहुदक हंस र निष्कृय ( परमहंस) यी चार भेद सन्यासीको हो ।
यसै क्रमबाट आन्विक्षिकी, त्रयी, वार्ता र दण्डनिति यी चार विद्याहरू तथा चार ब्याहृतिहरू पनि ब्रम्हाजीको चार
मुखबाट उत्पन्न भयो । तथा उनको हृदयाकार बाट ॐकार प्रकट भयो ।
ब्रम्हाको रौंबाट उष्णिक, त्वचाबाट गायत्री, स्नायुबाट अनुष्टुप, आस्थिहरूबाट जगती— ।
मज्जाबाट पंक्ति र प्राणबाट बृहति छन्द उत्पन्न भयो । यसरी नै उनको जीव
स्पर्शवर्ण (कवर्गादि पञ्चवर्ग) र देह स्वरवर्ण (अकारादि) भनियो ।
उनको इन्द्रियको उष्मवर्ण (श,ष,स,ह)
र व लाई अन्तःस्थ (य र ल व) भन्दछन् । त्यसै गरी उनको क्रिडाबाट निषाद ऋषभ, गान्धार, सडज, मध्यम, धैवत र पञ्चम यी सात स्वर प्रकट भए ।
ब्रम्हाजी शव्द ब्रम्हस्वरू पहुनुहुन्छ । वहाँ वैखरी रूपबाट ब्यक्त र ओंकार
रूपबाट अब्यक्त हुनुहुन्छ तथा उनी भन्दा पर जुन सर्बत्र परिपूर्ण
परब्रम्ह छ त्यहि अनेक प्रकारको शक्तिबाट विकसित भएर इन्द्रियादि रूपमा प्रकट भएर
देखिन्छ ।
वदुरजी ! ब्रम्हाजीले पहिलो शरीर छाडेपछि दोश्रो शरीर धारण गरेर विश्व विस्तार गरे ।
उनीले देखे कि मरिचि आदि महान
ऋषिहरूबाट पनि सृष्टिको विस्तार हुनसकेन—
अनि मनमनै फेरी चिन्ता गर्न लागे अहो !
वडा आश्चर्य छ मैले निरन्तर प्रयत्न
गर्दापनि प्रजाहरूको बृध्दि गर्न सकेको छैन,
मलाई लाग्दछ यसमा दैवले नै कुनै वाधा पु¥याई रहेकोछ जस्तोलाग्दछ । त्यस समय यथोचित
कर्म गर्ने ब्रम्हाजी दैवको विषयमा विचार गरिरहेको थिए ।
त्यहि समयमा अकस्मात उनको शरीर दुई भाग भयो “क” ब्रम्हाजीको नाम हो त्यसमा विभक्त हुदा शरीरलाई“काय” भनिन्छ । त्यस दुई भागबाट एक स्त्री र एक पुरुष
जोडी प्रकट भयो ।
त्यसमा जुन पुरुष थिए उनी सार्वभौम सम्राट मनु भए र जुन स्त्री थिइन उनी उनकी
महारानी सतरूपा भइन ।
त्यस पछि मिथुन धर्म स्त्री पुरुष सम्भोगबाट प्रजा बृध्दि हुनलाग्यो । महाराज
स्वायम्भुव मनुले सतरूपाबाट पाँच सन्तान उत्पन्न गरे ।
साधु श्रेष्ठ विदुरजी ! यिनमा प्रियव्रत र उत्तानपाद नामका दुई छोरा थिए । तथा आकुति, देवहुति र प्रशुति नामकी तीन छोरी थिइन् ।
मनुजीले आकुतिको विवाह रुचि प्रजापति संग गराए । माहिली कन्या देवहुति
कर्दमजीलाई दिए र प्रसूतिको दक्षप्रजापति संग विवाह गरिदिए । यी तीन कन्याबाट सारा
संसार भरियो ।
तृतीय स्कंधः त्रयोदशोऽध्यायः
सुकदेवजीले भने–
हे राजन ! मुनिवर मैत्रेयजीको मुखबाट यो परम पुण्यमय कथा सुनेर विदुरजीले सोधे किनकि
भगवान्को लीला कथामा यीनको अत्यन्त अनुराग भएको थियो ।
विदुरले सोधे—
मुने ! स्वयम्भु
ब्रम्हाका छोरा महाराज स्वयम्भुव मुनिले आप्mनी प्रिय पत्नी सतरूपा पाएर फेरी के गरे ? तपाई साधु सिरोमणि हुनुहुन्छ । मलाई आदिराज
राजर्षि स्वयाम्भुव मनुको पवित्र चरित्रका बारेमा सुनाउनु होस । उनी विष्णु
भगवान्का सरणापन्न थिए त्यसैले मलाई उनको चरित्र सुन्ने इच्छा छ ।
श्रुतस्य पुंसां सुचिरश्रमस्य
नन्वञ्जसा सूरिभिरीडितोऽर्थः ।
तत्तद्गुणानुश्रवणं मुकुन्द
पादारविन्दं हृदयेषु येषाम् ॥ ४ ॥
जस्को हृदयमा श्री मुकुन्दको चरणारविन्द विराजमान भएको हुन्छ । तिनै भक्तजनको गुणको
श्रवण गर्नु नै मानिसको धेरै दिन सम्म गरिएको शास्त्र अभ्यासको फल हो भन्ने
विद्वानहरूको श्रेष्ठ मत छ ।
सुकदेवजीले भने—
राजन् ! विदुरजी सहस्रशीर्षा भगवान् श्रीहरिको चरणाश्रित भक्त थिए जव विनय पूर्वक
भगवान्को कथाको लागि आग्रह गरे तव मुनिवर मैत्रयजी हर्षले रोमन्चित
भए अनि उनले भने ।
मैत्रेयजीले भने—
विदुरजी ! जव आप्mनी भार्या
शतरूपाको साथ जन्म भएपछि मनुले अत्यन्त नम्र भएर हात जोडेर श्री ब्रम्हाजी संग
भन्नलागे ।
त्वमेकः सर्वभूतानां जन्मकृत् वृत्तिदः पिता ।
तथापि नः प्रजानां ते शुश्रूषा केन वा भवेत् ॥ ७ ॥
भगवान् एक मात्र हजूर जीवको जन्मदाता र उनीहरुलाई जीविका प्रदान गर्ने पिता
हुनुहुन्छ, तापनि हामी हजूरको सन्तानहरूले यस्तो कुनचाहि काम गरौं जसबाट हजूरको सेवा वन्न
सकोस ? ।
हे पूज्यपाद ! हामी हजूरलाई नमस्कार गर्दछौं । हजूर हामीबाट हुन सक्ने योग्य कार्यका लागि आज्ञा दिनुहवस जसबाट यसलोकमा
हाम्रो सबैतिर कीर्ति रहोस परलोकमा सद्गति प्राप्त होस । यसरी स्वायम्भुव मनु
दम्पत्तीले स्तुति गरेपछि
ब्रम्हाजीले भन्नुभयो— हे तात ! पृथ्वीपते ! तिमी दुवैको कल्याण होस । म तिमीहरू संग
धेरै खुसि छु किनकि तिमीले निष्कपट
भावले “मलाई आज्ञा दिनुहोस” भनेर म प्रति आत्म समर्पण ग¥यौं ।
वीर छोराले आफ्ना पितालाई यसै भावनाले पूजा गर्नु पर्दछ । उसलाई यहि उचित
हुन्छ कि अर्को प्रति कुनै इष्र्याको भावना नराखेर जति सकिन्छ पिताको आज्ञाको
पालना गर्नु पर्दछ ।
छोरा ! अब तिमी यीनै पत्नीबाट आफु समान गुणवान सन्तान उत्पन्न गरेर धर्म पूर्वक पृथ्वीको
पालन गर र यज्ञद्वारा श्री हरिको आराधना गर ।
हे बाबु ! प्रजा पालन बाट नै मेरो ठुलो सेवा हुन्छ । तिमीले प्रजा पालन गरेको देखेर
भगवान् श्रीहरि तिमी संग खुसि हुनुहुन्छ ।
जो संग यज्ञ मुर्ति भगवान् प्रशन्न हुनुहुदैन त्यसको सबै श्रम व्यर्थ हुन्छ ।
किनकि त्यो त एकप्रकारले आफ्नो आत्माको नै अनादर गर्दछ । यसरी ब्रह्माजीले मनु
महाराजलाई प्रजा उत्पन्न गर्ने आज्ञा दिएपछि
मनुजीले भने—
हे पिताजी ! म हजूरको आज्ञा पालन अवस्य गर्दछ तर यस जगतमा मेरो र मेरा भावि हुने प्रजाहरू बस्नको लागि स्थान बताउनु होस ।
देव ! यससमय सब जीवको
निवासस्थान पृथ्वी जलमा डुवेकी छिन् । हजूर यी देवीको उध्दारको लागि प्रयत्न
गर्नुहोस ।
मैत्रेयजीले भने— पृथ्वीलाई यसरी यो अपार जलमा डुवेकी देखेर ब्रह्माजीले मनमनै यो सोच्न लागे कि
अव म यीनलाई कसरी निकालु हो ।
जुन समयमा म लोक रचनाका लागि लागिपरेको थिएं त्यति वेला पृथ्वी डुवेर रसाताल
पुगिन् । हामी त सृष्टिका लागि नियुक्त भएका हौं त्यसैले यसका लागि हामीले के
गर्नु पर्दछ ? जस्को संकल्पले मात्र मेरो जन्म भयो अव
उनै सर्ब शक्तिमान श्रीहरिले नै मेरो यो काम पुरा गर्नु हुनेछ ।
निष्पाप विदुरजी ! ब्रम्हाजी यस प्रकार विचार गरिरहेका बखत उनको नाकको प्वालबाट एक औंला बराबर
आकारको एउटा बराह (सुंगुर) बालक निस्कियो ।
भारत ! त्यहाँ ठुलो
आश्चर्यको कुरा त यो भयो कि आकासमा खडा भएको त्यो वराह बालक ब्रम्हाजीले देख्दा देख्दै एकक्षण मै हात्ती जत्रो भयो ।
त्यो विशाल वराहलाई देखेर मरिचि आदि मुनिजन, सनकादि र स्वायम्भुव मनु सहित श्री ब्रम्हाजी
अनेक किसिमको विचार गर्न लागे ।
अहो ! सुंगुरको रूपमा
कुनचाँहि प्राणी आज यहाँ प्रकट भयो । यो कस्तो आश्चर्य हो ! यो भर्खरै मेरो नाकबाट प्रकट भएको थियो ।
पहिले त यो औंलाको टुप्पो बराबरको थियो । तर एकक्षणमै ठुलो ढुंगा जस्तो भयो ।
अवस्य नै यज्ञमुर्ति भगवान् हाम्रो मनलाई मोहित पारिरहनु भएको छ ।
ब्रम्हाजी र उनका छोरा यस प्रकार सोचिरहेका बखतमा भगवान् यज्ञपुरुष पर्वत समान
भएर गर्जन लाग्नुभयो । सर्बशक्तिमान श्रीहरिले आफ्नो दिशाहरूको प्रतिनिधित्व गरेर ब्रम्हा र श्रेष्ठ
मुनिहरुलाई खुसि तुल्याउनु भयो ।
आफ्नो खेदलाई हटाउने भएका महामय भगवन् बराहको घुरघुर आवाज सुनेर जनलोक, तपलोक र मत्र्यलोक निवासि मुनि गणहरू
तीनैवेदको परम पवित्र मन्त्रले स्तुति गर्न लागे ।
भगवान्को स्वरूपको बारेमा वेदमा विस्तार पूर्वक वर्णन गरिएको छ, त्यसैले ती मुनिहरूले जुन प्रकारको
स्तुति गरे त्यसलाई वेदरूप मानेर भगवान् धेरै प्रशन्न हुनुभयो र एकपटक फेरी
गर्जिएर देवताहरूको कल्याणका लागि हात्ती झैं जलमा प्रवेश गर्नुभयो ।
वहाँ सुंगुररूप भगवान्ले पहिले पुच्छर उठाएर ठुलो वेगले माथि उचालेको फेरी
आफ्नो गर्दनको ठाडो रौं हल्लाएर खुरको आघातले आकासको वादललाई फटाउन लागे । उनको
शरीर धेरै कडा थियो औंला सेता दाह्रा थियो आँखाको तेजले अन्धकारलाई हटाउनु भएको
थियो । आफ्नो स्तुति गर्ने मरिचि आदि मुनिहरू प्रति अति सौम्य दृष्टिले हेरेर वहाँ
जलमा प्रवेश गर्नुभयो ।
त्यस समयमा वहाँको वज्रमय पर्वत समान कठोर शरीर जलमा डुब्यो । वहाँको वेगले समुद्रको
पेट फाट्यो त्यहाँ बादलको गडगडाहट जस्तो ठुलो आवाज आयो । त्यतिवेला यस्तो भान
हुन्थ्यो कि मानौं आफ्नो तरंगरूप हातहरू उठाएर आर्तस्वरमा ठुलो
आवाज निकालेर हे योगेश्वर ! हे योगेश्वर ! मेरो रक्षा गर्नुहोस यस्तो भनेर कराए
जस्तो भईरहेको थियो ।
त्यसपछि भगवान् यज्ञमुर्तिले आफ्नो वाण समान तीखा खुरले जललाई फटाएर त्यो अपार
जलराशि पार गर्दै तल रसातल पुगे । त्यहाँ रसातलमा उहाँले सबै जीवको आश्रयभूता
पृथ्वीलाई देख्नुभयो, जसलाई कल्पान्तको समयमा सयन गर्ने समयमा स्वयं श्रीहरिले नै आफ्नै पेटमा लीन
गराउनु भएकोथियो ।
त्यसपछि वहाँले जलमा डुवेकी पृथ्वीलाई आफ्नो दाह्राले उठाएर रसातलबाट माथी
लिएर आउनुभयो । त्यस समयमा वहाँमा धेरै शोभा देखिन्थ्यो जलबाट बाहिर आउदा वहाँलाई
बाटोमा ब्यवधान पु¥याउनको लागि
महापराक्रमी हिरण्याक्षले जल भित्र नै गदाले आक्रमण ग¥यो जसले गर्दा वहाँको रिस चक्र समान
रातो भयो र वहाँले त्यो दैत्यलाई लीलाले नै यसरी मार्नुभयो कि त्यतिवेला वहाँको
अनुहार कुनै गजराजले रातोमाटोको हिलोमा टक्कर मारेर आएको जस्तै थियो ।
विदुरजी ! जसरी हात्तीले आफ्नो दाँत माथी कमल पूष्प धारणा गर्दछ उसै गरी आफ्नो चम्किलो
दाँतको टुप्पामा पृथ्वीलाई उठाएर जलबाट बाहिर लिएर आउनुभयो । तमालको नीलो
वर्णकोरुपमा भगवान वराहलाई देखेर ब्रम्हा, मरिचिआदिलाई यो निश्चय भयो कि वहाँ भगवान् नै हुनुहुन्छ भन्ने विचार गरेर
उनीहरुले हात जोडेर उहाँको स्तुति गर्न लागे ।
ऋषिहरुले भने–
ऋषय ऊचुः
जितं जितं तेऽजित यज्ञभावन
त्रयीं तनुं स्वां परिधुन्वते नमः ।
यद्रोमगर्तेषु निलिल्युरध्वरा(
स्तस्मै नमः कारणसूकराय ते ॥ ३४ ॥
हे यज्ञका मालिक ! हजुरको जय होस आफ्नो वेद त्रयीरूप विग्रहलाई हल्लाइ रहनु भएको छ । प्रत्तेक
रौं मा सम्पूर्ण यज्ञ लीन भएकाछन । हजूरले पृथ्वीको उध्दार गर्नका लागि यो वराहरूप धारण गर्नु भएको हो ।
हजूरलाई नमस्कार छ ।
हे देव ! दुराचारीहरुलाई तपाईको स्वरुपको यस दर्शन मिल्न कठिन छ, किनकि यो यज्ञरूप हो । तपाईको शरीरको
त्वचामा गायत्री आदि छन्द छन, रोमावलीमा कुश, आँखामा घीउ तथा चारै चरणमा होता, अध्वर्यु, उद्गाता र ब्रम्ह यी चारै ऋत्विजको कर्म हो
।।३५।।
हे ईश ! हजूरको थुतुनो (मुखको अग्रभाग) सुरो हो । नाशीका छिद्र स्रुवा, पेटमा इडा (यज्ञीय भक्षण पात्र) छ । कानमा चमस छ । मुखमा प्राशित्र (ब्रम्हभाग पात्र) छ र कण्ठ छिद्रमा ग्रह (सोमपात्र) छ । भगवन् ! अनि तपाईले
चपाउनु नै अग्निहोत्र हो ।
पटक कपटक अवतार लिनु यज्ञस्वरूप तपाईको दीक्षा हो , गरदन उपसद (तिन इष्टियहरु) हुन दुवै दाह्रा प्रायणीय (दिक्षापछिको
इष्टि) र उदयनीय (यज्ञ समाप्तिको
इष्टि) हो जिह्वा पवग्र्य (प्रत्येक उपसदको पूर्वव्रिmया जान्नेवाला महावीर नामक कर्म)
हो । सिर सभ्य (होम रहित अग्नि) र आवसथ्य (ओपासनाग्नि) दुवै मस्तिक हो तथा प्रायाचित्ति (इष्टिकाचयन) हो ।
देव तपाईको वीर्य सोमरस हो आसन (वाल्यावस्था) प्रातः सवनादि तीन सवन –वाल्यावस्था)
हो, सात धातु गग्निष्टोम, अत्याग्निष्टोम, उक्थ, षोडशी, वाजपेय, अतिरात्र, र आप्तोर्याम नामक सात सस्था हुन तथा शरीरको सन्धि –जोड)
सम्पूर्ण शरीरका जोर्नीहरु हुन । यस प्रकार
हजूरको सम्पूर्ण यज्ञ (सोमरहित याग) र क्रतु (सोम सहित याग) रूपहो ।
यज्ञानुष्ठान हजूरको अंगलाई मिलाउने मासुका लुदा हुन ।
नमो नमस्तेऽखिलमन्त्रदेवता
द्रव्याय सर्वक्रतवे क्रियात्मने ।
वैराग्यभक्त्यात्मजयानुभावित
ज्ञानाय विद्यागुरवे नमो नमः ॥ ३९ ॥
सबै मन्त्र, देवता, द्रब्य, यज्ञ र कर्म हव्यश्वरूप हो, त्यसैले हजूरलाई नमस्कार छ । वैराग्य भक्ति र मनको एकाग्रताले जुन ज्ञानको
अनुभव हुन्छ त्यो हजूरको स्वरूपनै हो । त्यसैले हजूर सबैका विद्यागुरु हुनुहुन्छ ।
हजूरलाई फेरी पनि नमस्कार छ ।
प्रभो ! रसातालमा डुवेकी यी पृथ्वीलाई निकाल्ने साहस हजूर बाहेक अरु कल्ले गर्न
सक्तछ । तर हजुर नै आफ्नो मायाले यो आश्चर्यमय विश्वको रचना गर्नुभयो ।
विमृज्यमाना भृशमीश पाविताः ॥ ४४ ॥
जव तपाई आफ्नो वेदमय विग्रहलाई हल्लाउदा खेरि हजूरको गर्धनको रांैबाट झरेको
शीतल जलको थोपा हामीमा पर्दछ । त्यसलाई भोगेर हामी जनलोक, तपलोक र सत्यलोकमा बसेका का मनुनिजनहरु
सधैंभरि पबित्र हुने हौं ।।४४।।
जो पुरुष हजूरको कर्मको पार पाउन चाहान्छ, अवस्य पनि उस्को बुध्दि नष्ट भएको हुन्छ किनकि
हजूरको कर्मको कुनै पार नै छैन । हजूर कै योगमायाको सत्वादि गुणले यो
सारा जगत मोहित भएको छ । हे भगवान् यसको कल्याण गर्नुहोस ।
मैत्रेयजी भन्दछन ! विदुरजी ती ब्रम्हादि मुनिहरुले यस प्रकार स्तुति गर्दा सबैको रक्षा गर्ने
बराह भगवानले खुरले जललाई स्तम्भित गरेर पृथ्वीलाई स्थापना गर्नुभयो ।
यस प्रकार रसातलबाट लीलापूर्वक ल्याइएको पृथ्वीलाई जलमा राखेर वहाँ विश्वक्सेन
प्रजापति भगवान् श्रीहरि अन्तर्धान हुनुभयो ।
विदुरजी ! भगवान्को लीलामय चरित्र अत्यन्त कीर्तनिय छ । वहाँमा लागेको बुध्दिले सबै
प्रकारको पाप र तपलाई नाश गरिदिन्छ । जो ब्यक्ति वहाँको यस मंगलमयी कथालाई
भक्तिभावले सुनाउदछ वा सुन्दछ भने उ देखि जनार्दन भगवान् चाडै
ने प्रसन्न हुनुहुन्छ ।
तृतीयस्कन्धे वराहप्रादुर्भावानुवर्णनं त्रयोदशोऽध्यायः ॥
तृतीय स्कंधः चतुर्दशोऽध्यायः
सुकदेवजीले भने —
राजन ! प्रयोजन वस संगुर
वनेका श्रीहरिको कथाको बारेमा मैत्रेयजीको मुखबाट सुनेर पनि भक्ति ब्रतधारी
विदुरजीलाई पूर्ण तृप्ति भएन अनि उनले फेरी हात जोडेर भने
विदुरजीले भने—
हे मुनिवर ! मैले यो कुरा हजूरको मुख बाट अहिले सुनेकि आदि दैत्य हिराण्याक्षलाई भगवान्ले
मार्नुभएको थियो ।
हे ब्रम्हन ! जुनसमय भगवान्ले आफ्नो लीलाले दाह्रामा राखेर पृथ्वीलाई जलबाट निकाल्नु भएको
थियो त्यस समयमा उहाँको दैत्यराजसंग मुठभेड के कारणले भयो ।<
मैत्रेयजीले भने—
विदुरजी तिम्रो प्रश्न धेरै उत्तम छ । किनकि तिमी श्रीहरिको अवतार कथाको
बारेमा नै सोधिरहेका छौ जुन मनुस्यको मृत्यु पाशलाई छेदन गर्ने वाला हो ।
हेर उत्तानपादका छोरा ध्रुव बालककालमा नारदबाट सुनेको हरिकथाको प्रभावले नै
मृत्युलाई टाउकोमा राखेर भगवान्को परम पद प्राप्त गरेका थिए ।
पूर्वकालमा एकपटक वराह भगवान् र हिराण्यक्षको युध्दको विषयमा देवताहरूले
प्रश्न गर्दा देव देव व्रम्हाजीले यो इतिहाँस सुनाउनुभएको थियो त्यहि परंपरा हुदै
मैले सुनेको हुं ।
विदुरजी ! एकपटक दक्षकी पुत्री दितिले पुत्र प्राप्तिको इच्छाले कामातुर भएर सन्धाकालको
समयमा आफ्ना पति मरिचिका छोरा कस्यपजी संग प्रार्थना गरिन ।
त्यस समय कस्यपजी खीरको आहुति द्वारा अग्नि नै जिह्वा भएका भगवान् यज्ञपतिको
आराधना गरेर सुर्यास्तको समय अग्निशालमा ध्यानास्थ भएर बसेका थिए ।
हे विद्वन् ! मतवाला हात्ती जसरी केराको वृक्षलाई ध्वस्त पारेर फाँड्छ त्यसै गरीयो धनुर्धरी
कामदेवले दितिलाई त्यस्तै बनायो । त्यसैले दितिले भनिन्
दितिले भनिन—
सौताहरुले छोराहरुको कारण सुख पाएको देख्दा मेरो चित्त कुडिरहेछ त्यसैले पुत्र
प्रदान गर्न हजूर म माथि अनुग्रह गर्नुहोस, हजूरको कल्याण होस ।
जस्कोे गर्भबाट हजूर जस्तो पति पुत्ररूपले उत्पन्न हुन्छन् त्यहि स्त्री आफ्नो
पति संग सम्मानित हुन्छे । उनको सुयश संसारको सबैतिर फैलने छ ।
हाम्रो पिता दक्षले आप्mनी छोरीहरू प्रति धेरै स्नेह थियो ।
एकपटक वहाँले हामी सबैलाई छुट्टा छुट्टै बोलाएर सोध्नुभयो कि तिमी कसलाई पति बनाउन
चाहान्छ्यौ ।<
वहाँ हाम्रा पिताजी आफ्नो सन्तानको बारेमा सबैप्रकारको चिन्ता लिनुहुन्थ्यो ।
त्यसैले हाम्रो भाव जानेर तापाईको गुण स्वभावका कारण हामी तेहै्र वटी छोरीहरूलाइ
तपाई संग बिवाह गरिदिनु भयो ।
त्यसैले हे मंगलमुर्ते ! हे कमलनयन ! हजूरले मेरो इच्छा पूर्ण गरिदिनुहवस ।
किनकि हे भूमन ! हजूरजस्तो महापुरुषका साथ दीन दुःखीले
आउनु निस्फल हुदैन ।
विदुरजी !
दिति कामवेगको वेगले अत्यन्त वचैन भएकी थिइन । यसरी धेरै कुरा बनाएर दीन हुदै
कस्यपजी संग प्रार्थना गरिन । अनि कस्यपले उनलाई मधुर वाणीमा सम्झाउदै भने ।
भीरु ! तिम्रो इच्छा
अनुसारको कामना अवस्य गर्नेछु जसद्वारा अर्थ, धर्म, र काम यी तीनैकुराको सिध्दि हुन्छ । आप्mनी यस्ती पत्नीको कामना कस्ले पूर्ण गर्दैन ।<
जसरी जहाजमा चढेर मानिस महासागर पार गर्दछ त्यसैगरी गृहास्थमी अरू आश्रमीलाई
आश्रय दिएर आफ्नो आश्रमद्वारा स्वयं पनि दुःख समुद्रबाट पार हुन्छन ।
गृहेश्वरी ! तिमी जस्ती भार्याको उपकारको वदला त म अथवा अरू कुनै पनि गुणग्राहि पुरुषले
आफ्नो सबै उमेरमा अथवा जन्मान्तरमा पूर्णरूपमा चुक्ता गर्न सक्तैन ।
त्यसै गरी तिम्रो यो सन्तान प्राप्ति इच्छालाई यथाशक्य अवस्य पुर्ण गर्दछु तर
तिमी एक मुहुर्त पर्ख, जसबाट लोकले मेरो निन्दा गर्न नपाउन ।
यो अत्यन्त घोर समय राक्षसादि घोर जीवको हो र देख्दामा पनि भयानक
डरलाग्दो छ । यसमा भगवान् भूतनाथको गण, भूतप्रेतादि घुमिरहेका हुन्छन् ।
हे सध्वि ! यस सन्ध्याकालमा भूतभावन भूतपति भगवान् शंकर आफ्नो गण भूतप्रतादिलाई साथै लिएर
साँढे माथि चढेर डुल्नुहुन्छ ।
जस्को जटाजुट स्मसान स्मशान भूमिबाट उठेको हावाको धक्काले उडाएको धुलोले
धुलाम्मे भएर चम्किरहेको छ । तथा जस्को सुवर्ण कान्तिमय गोरो
शरीरमा खरानी लगाईएको छ । वहाँ तिम्रो देवर महादेव आफ्नो सूर्य, चन्द्रमा र अग्निरूप तीन नेत्रले
सबैकुरा देख्नु हुन्छ ।
संसारमा उनको आफ्नो अथवा पराई भन्ने केहिपनि छैनन । न वा कुनै धेरै आदरणीय वा
न कुनै निन्दित नै छन । हामीहरू त अनेक प्रकारको ब्रतको पालना गरेर उनको मायालाई
ग्रहण गर्न खोज्दछौंं जसलाई भागेर लात मार्नु भयो ।
विवेकि पुरुष अविद्याको आवरण हटाउने इच्छाले उनको निर्मल चरित्रको गान गर्दछन
। उनी भन्दा बढि त के कुरा उनी समानका पनि अरु कोहि छैनन । उनी सम्म त केवल
सन्तपुरुषको नाम मात्र पुग्दछ । यी सबै हुदाहुदै पनि उनी स्वयं पिशाच झैंं आचरण
गर्दछन् ।
यो नर शरीर कुकुरको आहारा हो । जो अविवेकि पुरुष आत्मा मानेर कपडा, गहना, माला र चन्दनादिले यसलाई सजाउने गर्दछन हो त्यो
अभागी नै आत्माराम भगवान् शंकरको आचरण देखेर हाँस्दछ ।
हामीहरू त के ब्रम्हादि लोकपालहरू समेत उनैले बनाएको धर्मको मर्यादाको पालन
गर्दछन । त्यहि नै यस विश्वको अधिष्ठान हो र यो माया पनि उनैको अनुसरण गर्दछिन ।
त्यसै हुनाले पनि उनी प्रेतको जस्तो आचरण गर्दछन । अहो !
वहाँ जगदव्यापक प्रभुको यस्तो चरित्र अद्भुत
लीला मात्र हो ।
मैत्रेयजीले भने—
पतिले यस प्रकार संझाउँदा पनि कामातुर दितिले वेश्याको समान निर्लज्ज भएर
ब्रम्हर्षि कश्यपजीको कपडा समाइन ।
अनि कश्यपजीले त्यो निन्दित कर्मलाई आफ्नो श्रीमतीको ठुलो आग्रह देखेर दैवलाई
नमस्कार गरे र एकान्तमा उनका साथ समागम गरे ।
दितिलाई त्यो निन्दित कर्मले गर्दा लाज भयो र कस्यपजीको नजिकमा गएर टाउको
निहुराएर भन्न लागिन ।
दितिले भनिन्—
ब्रम्हन ! भगवान् रुद्र भूतहरूको स्वामी हुनुहुन्छ मैले वहाँको अपराध गरे तर ती
भूतश्रेष्ठले मेरो गर्भलाई नष्ट नगरुन ।
हामी स्त्रीहरूलाई ता ब्याधाले पनि दया गर्दछन् फेरी वहाँ सती पति त मेरी
वहिनी ज्वाई एवं परम कृपालु हुनुहुन्छ त्यसैले म माथि प्रसन्न हुनुहुनेछ ।
मैत्रेयजीले भने—
विदुरजी ! प्रजापति कस्यपले सायंकालिन सन्ध्याबन्धनादि कर्मबाट निवृत्त भएर देखे कि दिति
थरथर काम्दै आफ्नो सन्तानको लौकिक र परलौकिक उन्नतीका लागि प्रार्थना गरिरहेकी थिइन अनि उनले भने ।
कश्यपजीले भने—
तिम्रो चित्त कामवासनाले मलिन थियो, त्यो समय ठिक पनि थिएन । तिमीले मेरो कुरापनि
मानिनौ र देवताहरूको पनि अवहेलना ग¥यौ । हे चण्डि !
अब तिम्रो कोखबाट दुईवटा धेरै अमङ्गलमय र
अधर्मी पुत्र उत्पन्न हुन्छन र उनीहरूले पटक पटक सम्पूर्ण लोक र
लोकपालहरूलाई अत्याचार गरेर दुःख दिनेछन ।
जव उनीहरूको हातबाट धरै निरापराधि प्राणीहरू मर्नेछन्, स्त्रीहरू माथि अत्याचार बढ्नेछ, महात्माहरूलाई दुःख दिन लाग्नेछन ।
त्यस समयमा सम्पूर्ण लोकको रक्षा गर्ने श्री जगदिश्वर कुपित भएर अवतार
लिनुहुनेछ
र इन्द्रले जसरी पर्वतलाई दमन गर्दछन त्यसै गरी उनीहरूको वध गर्नेछन ।
दितिले भनिन्—
प्रभो म पनि यहि चाहान्छु कि यदि मेरा छोराहरूको बध हुन्छ भने साक्षात भगवान्
चक्रपाणिको हात बाटै होस । कुपित ब्राम्हणको श्रापका कारण नहोस ।
जो जीव ब्राम्हणको श्रापले दग्ध भएका अथवा प्राणीहरूलाई भय दिने वाला हुन्छ
त्यो जुनसुकै योनिमा जाओस उसलाई नरकका जीवले दया गर्दैनन ।
कस्यपजीले भने !
देवी ! तिमीले आफुले
गरेको कुकर्मको शोक र पश्चाताप ग¥यौ, तिमीलाई चाडै नै उचित र अनुचित विचार
पनि भयो तथा भगवान् विष्णु, शिव र म प्रति पनि तिमीले धेरै आदर ग¥यौ ।
त्यसैले तिम्रो एउटा छोराको चारवटा छोरा मध्दे एउटा चाँहि यस्तो हुनेछ जसलाई
सत्पुरुषले पनि मान्दछन र उसको पवित्र यसको बारेमा भक्तजन भगवान्को गुणका साथ गान
गर्दछन ।
दिति ! यो बालक वडा
भगवद्भक्त उदार हृदय, प्रभावशाली र महान पुरुषको पनि पुज्य
हुन्छ तथा उसमा बढेको भक्तिभावले विशुध्द र भावान्वित भएर अन्तःकरणमा श्री
भगवान्लाई स्थापित गरेर देहाभिमानलाई त्याग्दछ ।
त्यो बालक विषयमा अनाशक्त, शीलवान, गुणको भण्डार तथा अरुको समृध्दिमा सुख र दुःखमा दुःख मान्नेवाला हुन्छ । उसको
कुनैपनि सत्रु हुदैनन । जसरी चन्द्रमाले गृष्मऋतुको ताप हर्दछन त्यसरी नै उसले
संसारको शोकलाई शान्त गराउने हुन्छ ।
विदुरजी ! दितिले आफ्ना कस्यपबाट एउटा नाति भगवान्को भक्त हुन्छ भन्ने कुरा सुनिन्
त्यसपछि उनीलाइ धेरै आनन्द लाग्यो । मेरो छोरा भगवान्को हातबाट मर्ने छ भनेर
उनीलाई अझबढि उत्साह भयो ।
तृतीय स्कंधः पञ्चदशोऽध्यायः
मैत्रेयजीले भने—
विदुरजी ! दितिलाई आफ्ना छोराहरूबाट देवताहलाई दुःख दिन्छन भन्ने कुरामा संका थियो ।
त्यसैले अरुको तेजलाई नाश गराउने त्यो कस्यपजीको तेज (विर्य) लाई सय वर्ष सम्म आफ्नै गर्भमा राखिन ।
त्यस गर्भमा रहेको तेजले लोकमा सूर्यादिको प्रकाश पनि क्षीण हुनलाग्यो अनि
देवताहरूले ब्रम्हाजी संग भन्नलागे कि सबै दिशामा अन्धकारका कारण धेरै अस्तब्यस्त
भैरहेको छ ।
देवताहरूले भने—
देवाधिदेव ! हजूर समस्त लोकको रचयिता र समस्त लोकहरूको शिरोमणि हुनुहुन्छ । हजूर साना ठुला
सबै जीवको भाव जान्नुहुन्छ ।
हजूरमा सबै भुवन मालाझैं भएर अडिएको छ । कार्यकारणरूप सबै प्रपञ्च हजूरको शरीर
हो, तर वास्तवमा हजूर यसबाट टाढा हुनुहुन्छ ।
डोरीमा बाँधिएको गोरु जस्तै हजूरको वेदवाणीले जडकिएका सबै प्रजाहरू आफ्नो
अधिनतामा नियमपूर्वक कर्मानुष्ठान गरेर हजूरलाई पूजाको वली समर्पण गर्दछन । हजूर सबैको
नियन्ता मुख्य प्राण हुनुहुन्छ । हामी हजूरलाई नमस्कार गर्दछौं ।
हे प्रभो अहिले सूर्यको तेज मलिन हुन गएकाले दिन रातको विभाग अस्पष्ट हुन गएको
छ सबै कर्महरू लुप्त भएर जादैछन, जसबाट जो दुःखी भएकाछन् उनीहरूको कल्याण गर्नुहोस र हामी सरणागत माथि अपार
दयादृष्टिले हेर्नुहोस ।
हे देव ! आगोले जसरी दाउरा पाँउदा बढ्दछ त्यसै गरी कस्यपको वीर्यबाट स्थापित भएको त्यो
दितिको गर्भले सबै दिशालाई अन्धकार बनाएर क्रमशः बढिरहेको छ ।
देवताहरूको यस्तोे प्रार्थना सुनेर भगवान् ब्रम्हाजी हाँस्नु भयो अनि आफ्नो
मधुर वाणीबाट प्रशन्न गराउँदै भन्न लाग्नुभयो ।
देवताहरू हो ! तिमीहरूका पूर्वज मेरा मानस पुत्र सनकादिहरूको लोकको आशक्ति त्यागेर आकास
मार्गमा डुल्दथे ।
एकपटक उनीहरू भगवान् विष्णुको सुध्द सत्वमय बैकुण्ठ लोकमा गए । जसलाई सबै
लोकले नमस्कार गर्दछन ।
जहाँ सबैजना विष्णुरूप भएर रहन्छन त्यो लोक उसैलाई प्राप्तहुन्छ जो सबै
कामनाहरूलाई छाडेर केवल भगवच्चरण शरणको प्राप्तिका लागि आफ्नो धर्मद्वारा
श्रीहरिको आराधना गर्दछन् ।
त्यहाँ वेदान्तबाट जानिने धर्ममुर्ति भगवान् पुराणपुरुष आफ्ना भक्तहरूकालाई
सुख दिनका लागि सत्यमय स्वरूप धारण गरेर हर समय विराजमान हुनुहुन्छ ।
त्यसलोकमा नैःश्रेयस नाम गरेको एउटा वन छ । जुन मोक्षरूप कैवल्य जस्तो भान
हुन्छ । त्यहाँ सबैप्रकारको कामनादि पूर्ण गर्ने वृक्षहरूले शुसोभित भएको छ , जहाँ हर समय छ वटै ऋतुहरूको फूलको शोभाले
सम्पन्न छ ।
परेवा, कोइली, सारस, चखेवा, चातक, हाँस सुगा, तीत्रा र मयुरहरूको कोलाहल सान्त भएर उनीहरू त्यहाँ कीर्तनको आनन्दमा भुल्दछन
।
श्रीहरि तुलसीले आफ्नो श्रीविग्रहलाई सझाउनुहुन्छ । र तुलसीको वासनालाई
अत्यन्त आदर गर्नुहुन्छ । यस्तो देखेर त्यहाँका मन्दार, कुन्द, कुरव (तिलक रूख), पारिजात आदि पूलहरू सुगन्ध युक्त हुदा
पनि तुलसीको तप लाईनै बढ्ता ठान्दछन् ।
त्यहाँ रहने भगवान्का भक्तहरु पार्षदगणहरु नित्य निरन्तर भगवान्को गुणगान
गाईरहेका हुन्छन । श्रीहरिको नामले तीनैलोकलाई पवित्र र मंगल पार्दछ । जो ब्यक्ति
भगवान्को आराधना गर्दैन उ त उहाँको सर्बत्र फैलिएको मायाबाट मोहित भएको हुन्छ ।
जुनसमयमा सनाकादि मुनिहरू विश्वगुरु श्रीहरिको निवासस्थान परम दिव्य र अद्भुत
वैकुण्ठधाममा आफ्नो योगवलले पुगे । त्यतिवेला उनीहरूलाई धेरै आनन्द लागेको थियो ।
भगवान्को दर्शनको इच्छाले अरु दर्शनीय सामानहरूलाई उपेक्षा गरेर वैकुण्ठधामको
छ वटै छिडी पार गरेर जव उनीहरू सातौंंमा पुगे त्यहाँ उनीहरूले हातमा गदा लिएका, समान आयुका दुई देवश्रेष्ठ देखे । जो
वाजुवन्द, कुण्डल, र किरिट आदि अनेक अमूल्य गहनाले अलंकृत भएका थिए ।
उनीहरूको टेढो आँखी भौं तथा फरपराई रहेको नाक र राता राता आँखाका कारण
उनीहरूको मुखमा रिसको चिन्ह देखिन्थ्यो ।
ती चार कुमार पूर्ण तत्वज्ञानी थिए । ब्रम्हाको सृष्टिमा सबैभन्दा पहिला ठुला
भएर पनि उनीहरू हेर्दामा पाँचवर्षका देखिन्थे । सधै दिगम्वर वृत्तिले रहन्थे उनीहरू यस प्रकार
निसंकोच भएर भित्र जान लागेको देखेर द्वारपालहरूले भगवान्को शील स्वभावको विपरित
सनाकदिको तेजलाई हाँसोमा उडाउदै उनीहरूले वेत (लठ्ठिी) अड्याएर रोके ।
यसरी रोकिदा आफ्नो प्रियत्तम प्रभुको दर्शनमा वाधा पर्न आएका कारण उनीहरूको
आँखा रिसले रातो रातो भयो र यस प्रकार भन्नलागे ।
मुनिहरूले भने—
मुनय ऊचुः
को वामिहैत्य भगवत्परिचर्ययोच्चै
स्तद्धर्मिणां निवसतां विषमः स्वभावः ।
तस्मिन् प्रशान्तपुरुषे गतविग्रहे वां
को वाऽऽत्मवत्कुहकयोः परिशङ्कनीयः ॥ ३२
ए द्वारपालहरू ! जो ब्यक्ति भगवान्को ठुलो सेवाको प्रभावले यसलोकलाई पाएर यहाँ वस्दछन् उनीहरू
त भगवान् समान नै समदर्शी हुनुपर्दछ । तिमीहरू पनि वहाँ
जस्तै हो तर तिमीहरूमा यस्तो फरक किन भयो तिमीहरू ता आफैमा कपटी रहेछौ< भगवान् त परम शान्त स्वभाव हुनुहुन्छ । वहाँमा कसै प्रति कुनै विरोध छैन यहाँ
यस्तो के छ र जसमा संका गर्नुपर्ने < त्यसैले आफु जस्तै अरुलाई शंका गर्दछौ । तिमीहरू देवरूप धारि हौ फेरि तिमीहरू किन यसरी तिमीहरू भगवान्को
साथ भेदभावका कारण हुने भयको कल्पना गरेका छौ ।
तिमीहरू वहाँ वैकुण्ठनाथ भगवान्का पार्षद हौ, तर तिमीहरूको बुध्दि त मन्द छ । त्यसैले
तिमीहरूको कल्याण का लागि हामी तिमीहरूको अपराधको योग्य दण्ड दिने विचार गर्दछौं ।
तिमीहरू आफ्नो भेद बुध्दिको दोश बाट यस बैकुण्ठलोक बाट निक्लिएर त्यो पापमय योनिमा
जाओ, जहाँ काम, क्रोध, र लोभ गरिएका यी तिन सत्रुहरू बस्तदछन ।
सनकादिहरूबाट यस्तो कठोर वचन सुनेर र ब्राह्मणको श्राप कुनैपनि प्रकारको
शास्त्रले नमेटिने बुझेर श्रीहरिको दुवै पार्षद अत्यन्त दीनभावले उनीहरुको चरण
समातेर पृथ्वीमा झरे । उनीहरू जान्दथे कि आफ्ना स्वामी श्रीहरि पनि ब्राम्हणको
श्रापबाट डराउनुहुन्थ्यो ।
फेरी उनीहरूले अत्यन्त आतुर भावले भन्न लागे । भगवान् हामी अवस्य अपराधि हौं
त्यसैले हजूरले हामीलाई जुन दण्ड दिनुभएको छ त्यो उचित छ र त्यो हामीलाई हुनै
पर्दथ्यो । हामीले भगवान्को अभिप्रायलाई नसम्झेर वहाँको आज्ञाको उलंघन ग¥यौं त्यसैले हामीले जुन पाप गरेका छौं
त्यसका लागि हजूरले दिनु भएको सजायले हाम्रा सबै पापहरु पखालिनेछन तर हाम्रो यस्तो
दुर्दशालाई विचार गरेर यदि करुणवश हजूरहरूको थोरै अनुपात भए यस्तो कृपा गर्नुहोस
कि त्यस अधमाधम योनीमा जादा पनि हामीलाई भगवान्को स्मृति नष्ट गराउने मोह
प्राप्तनहोस ।
यता भगवान् कमलनाभलाई मेरा द्वारपालहरूले वहाँहरूलाई अनादर गरे, भन्ने कुरा थाहा भयो त्यसपछि वहाँ
लक्ष्मीजी पैदल नै हिडेर मुनिहरू भएको ठाँउमा पुग्नुभयो ।
त्यतिबेला वहाँको पीताम्बर मण्डित विशाल नितम्बमा कर्धनी झल्कीरहेको थियो र गलामा
भ्रमराहरूले गुन्जायमान भएको वनमाला पहिरिनु भएका थियो । वहाँले कलाईमा सुन्दर
कंगन पहिरिनुभएको थियो । वहाँको एक हात गरुडजीको काँधमा र अर्को हातले कमलको फूल
घमाई रहनु भएको थियो ।
भगवान्को श्रीविग्रह धेरै शौन्दर्य थियो । वहाँलाई देखेर भक्तको मनमा यस्तो
वितर्क हुन्थ्यो कि, जस्कोे समान लक्ष्मीजीको शौन्दर्यको अभिमान पनि चुर्ण हुन्थ्यो ।
परमसुन्दर विग्रह धारण गर्नु भएका श्रीहरिलाई देखेर सनकादि मुनिश्वरहरूले
वहाँलाई सिर झुकाएर प्रणाम गरे । त्यस समयमा वहाँको अद्भुत सुन्दरतालाई हेरेर
उनीहरूको नेत्र तृप्त भएन ।
वहाँको त्यस्तो मनोहररूप देखेर उनीहरू कृत्यकृत्य भए र फेरी अरुणमणी समान राता
राता नङ्गले सुशोभिति भएको वहाँको चरणकमललाई देखेर उनीहरू ध्यान गर्नलागे ।
त्यसपछि ती मुनिगण अन्य साधनले सिध्द नहुने स्वभाविक अष्टसिध्दिले सम्पन्न
स्तुति गर्नलागे जुन योगमार्गद्वारा मोक्ष पदको खोजी गर्ने पुरुषको ध्यानको विषय
अत्यन्त आदरणीय र आँखालाई आनन्द गराउने श्रीहरीको ध्यान गर्नलागे ।
सनकादिहरूले भने—
योऽन्तर्हितो हृदि गतोऽपि दुरात्मनां त्वं
सोऽद्यैव नो नयनमूलमनन्त राद्धः ।
यर्ह्येव कर्णविवरेण गुहां गतो नः
पित्रानुवर्णितरहा भवदुद्भवेन ॥ ४६ ॥
हे अनन्त ! यद्यपि हजूर अन्तर्यामीरूपले सबै पुरुषको हृदयमा पनि रहनुहुन्छ । तर
दुरात्माहरू हजूरलाई पाउन सक्तैनन प्रभो ! जुन समयमा हजूरबाट उत्पन्न
भएका हाम्रा पिता ब्रम्हाजीले हजूरको रहस्यको वर्णन गर्नुभएको थियो त्यसै समय
श्रवणद्वारा नै हाम्रो बुध्दिमा हजूर विराजमान भैसक्नु भएको थियो । तर प्रत्यक्ष
दर्शनको महान शौभाग्य त हामीलाई आज प्राप्त भएको छ ।
प्रभो ! हजूरको सुयस अत्यन्त कीर्तनीय र सांसारिक दुःखलाई हटाउने वाला
हो
विपुलकीर्ति प्रभो ! हजूरले हाम्रो अगाडि जुन मनोहररूप प्रकट गर्नुभएको छ, विषयशक्त अजितेन्द्रिय पुरुषका लागि यसको दृष्टिगोचर हुनु अत्यन्त कठिन छ ।
हजूर साक्षात भगवान् हुनुहुन्छ । यसरी स्पष्टरूपमा हाम्रो अगाडि प्रकट हुनुभयो
हामी हजूरलाई प्रणाम गर्दछौं ।
ब्रम्हाजीले भन्नुभयो
हे देवगण हो ! जव योगनिष्ठ सनकादि मुनिहरूले यस प्रकार स्तुति गरे तव वैकुण्ठ निवासी
श्रीहरिले उनीहरूको प्रशंसा गदै भन्नुभयो ।
मुनिगण ! यी जय र विजय मेरा पार्षद हुन । यीनीहरूले मेरो कुनै परवाह नगरिकन तपाईहरू माथि ठुलो अन्याय गरे ।
यस्त्वेतयोर्धृतो दण्डो भवद्भिर्मामनुव्रतैः ।
स एवानुमतोऽस्माभिः मुनयो देवहेलनात् ॥ ३ ॥
तपाईहरू पनि मेरो भक्त हुनुहुन्छ । त्यसैले मेरो अवज्ञा गरेका कारण तपाहरूले
उनीहरूलाई जुन दण्ड दिनुभएको छ त्यसमा मेरो पनि सहमत छ किनकि उनीहरूले देवरूप
ब्राम्हणहरू प्रति अवहेलना गरेकाछन ।
तद्वः प्रसादयाम्यद्य ब्रह्म दैवं परं हि मे ।
तद्धीत्यात्मकृतं मन्ये यत्स्वपुम्भिरसत्कृताः ॥ ४ ॥
ब्राम्हण मेरो परम आराध्य हुन्, मेरो अनुचरद्वारा तपाईरूमा जुन तिरस्कार हुनगयो
त्यो मैले आफैले गरेको मान्दछु । त्यसैले म तपाईहरूसंग प्रशन्न हुनुहुनका लागि
आग्रह गर्दछु ।
ब्राम्हण दुध दिने गाई र अनाथ प्राणी यी मेरै शरीर हुन । पापले गर्दा विवेक र
दृष्टि नष्ट भएका कारण जो मानिस यीनीहरूलाई म बाट भिन्नता सम्झन्छ उनीहरूलाई म
द्वारा नै नियुक्त भएका यमराजका गिध्द जस्ता दूत जुन सर्प समान क्रोधी हुन्छन, ती अत्यन्त क्रोधित भएर आफ्नो चुच्चाले
चिथर्दछन ।
मेरो यी सेवकले मेरो अभिप्राय नबुझेर नै तपाईहरूको अपमान गरेका हुन् त्यसैले
मेरो अनुरोधले तपाईहरू केवल यति कृपा गर्नुहोस कि उनीहरू त्यो अपराधबाट चाडैं नै
मुक्त हुन र उनीहरू आफ्नो अपराधको अधम गति भोगेर चाँढै नै म कहाँ फर्केर आउन । यो
नै मेरालागि ठुलो अनुग्रह हुनेछ ।
भगवान्को यस्तो अद्भुत उदारतालाईदेखेर उनीहरू आनन्दित भए । उनीहरूको अंग अंग
रोमान्च भयो । फेरी योगमायाको प्रभावले आफ्नो परम ऐश्वर्यलाईप्रकट गर्ने प्रभुसंग
उनीहरूल हात जोडेर भने ।
मुनिहरूले भने—
हे भगवान् ! हजूर साक्षात सर्बेश्वर भएर पनि जुन यस्तो भनिरहनु भएको छ कि “यहाँ तपाईरूले म माथि धेरै अनुग्रह
गर्नु भएको छ” यसबाट हजूरको अभिप्राय के हो – यस्तो हामी जान्न सक्तैनौं ।
प्रभो ! हजूर ब्राम्हणको परम हितकारी हुनुहुन्छ । यस्तो लोकशिक्षाको लागि हजूरले ब्राम्हण मेरा आराध्य देव हुन भन्नुभएको
हुनुपर्दछ । वास्तवमा ब्राम्हण तथा देवताहरूका पनि देवता ब्रम्हादिका पनि हजूरनै
आत्मा र आराध्यदेव हुनुहुन्छ ।
सनातन धर्म हजूरबाटै उत्तपन्न भएको हो । हजूरको अवतार द्वारा नै समय समय मा
उस्को रक्षा हुन्छ । तथा निर्विकाररूप हजूर नै धर्मको परम गुह्य रहस्य हुनुहुन्छ ।
यो शास्त्रको मत हो ।
धर्मस्य ते भगवतस्त्रियुग त्रिभिः स्वैः
पद्भिश्चराचरमिदं द्विजदेवतार्थम् ।
नूनं भृतं तदभिघाति रजस्तमश्च
सत्त्वेन नो वरदया तनुवा निरस्य ॥ २२ ॥
भगवन् ! हजूरत साक्षात धर्मस्वरूप हुनुहुन्छ । हजूर सत्यादि
तीनयुगमा प्रत्यक्षरूपले विद्यमान रहनुहुन्छ । तथा ब्राम्हण र देवताहरूको लागि
तप, शौच र दया आफ्नो यी तीन चरणबाट यस चराचर जगतलाई रक्षा गर्नुहुन्छ । अव हजूर
आफ्नो सुध्द सत्वमयी वरदायीनी मुक्तिले हाम्रो रजोगुण र तमोगुणलाई हटाइदिनु होस ।
तत्तेऽनभीष्टमिव सत्त्वनिधेर्विधित्सोः
क्षेमं जनाय निजशक्तिभिरुद्धृतारेः ।
नैतावता त्र्यधिपतेर्बत विश्वभर्तुः
तेजः क्षतं त्ववनतस्य स ते विनोदः ॥ २४ ॥
प्रभु ! हजूर सत्वगुणको खानी हुनुहुन्छ र सबै जीवको कल्याण गर्नको लागि उत्सुक हुनुहुन्छ । त्यसैले
हजूर त्रीलोकिनाथ र जगत प्रतिपालक भएर पनि ब्राम्हणप्रति यति नम्र हुनुहुन्छ यसले
हजूरको तेजको कुनै हानि हुदैन । योत हजूरको लीला मात्र हो ।
यं वानयोर्दममधीश भवान्विधत्ते
वृत्तिं नु वा तदनुमन्महि निर्व्यलीकम् ।
अस्मासु वा य उचितो ध्रियतां स दण्डो
येऽनागसौ वयमयुङ्क्ष्महि किल्बिषेण ॥ २५ ॥
हे सर्वेश्वर ! हजुरले यी आफ्ना द्वारपालहरुलाई जस्तो दण्ड दिन उचित हुन्छ त्यस्तै दण्ड
दिनुहोस हामी निस्कपट भावले सहमति हुन्छौं अथवा हामीले उनीहरुलाई निरापराध भावले
दण्ड दिएका छौ । यसको बदला हामीलाईनै दण्ड दिए पनि हामी सहर्ष स्वीकार
गर्दछौं ।
तब सनतकुमारहरुको यस्तो प्रार्थना सुने भगवान्ले भन्नुभयो—
मुनिगण तपाईहरूले उनीहरूलाई जुनरूपले श्राप दिनुभएको छ, त्यो सत्य
जान्नुहोस त्यो मेरै प्ररणाले भएको हो । अव उनीहरूले तुरुन्तै असुरयोनी पाउँनेछन र
त्यहाँ क्रोधवशले बढेको एकाग्रताका कारण सुदृढ सम्पन्न भएर मेरो ध्यान गरी
असुरयोनि बाट मुक्त भै मेरै धाममा फर्केर आँउछन् ।
ब्रह्मोवाच
ब्रम्हाजीले भन्नुभयो ! त्यसपछि ती मुनीहरूले आँखालाई आनन्द दिने भगवान् विष्णु र वहाँको स्वयंप्रकाश
वैकुण्ठधामलाई नमस्कार गरे ।
त्यसपछि प्रमुलाई परिक्रमा गरे अनि वहाँको आज्ञा लिएर भगवान्को ऐश्वर्यको
वर्णन गर्दै त्यहाँबाट फर्केर आए ।
ती देवश्रेष्ठ जय विजय त्यस अलंघनीय ब्राम्हण श्रापका कारण निस्तेज भएर ती
वैकुण्ठ धामबाट तल झरे । हे पुत्र हो ! फेरी उनीहरू वैकुण्ठलोकबाट झर्न लागको देखेरे त्यतिवेला त्यहाँ
श्रेष्ठ विमानमा बसेका वैकुण्ठवासीहरूले हाहाकार मच्चाए ।
त्यस समयमा दितिको गर्भमा स्थित जुन कश्यपजीको उग्र तेज थियो त्यसमा भगवान्का
ती पार्षदहरू नै प्रवेश गरे ।ती दुवै असुरको तेजले गर्दा नै तिमीहरू सबैको तेज
मलिन भएको हो । यस समयमा भगवान्ले नै यस्तै गर्न चानुहुन्छ ।
वहाँ सत्वादि तीनै गुणका नियन्ता श्रीहरिले नै हाम्रो कल्याण गर्नुहुनेछ ।
तृतीयस्कन्धे षोडशोऽध्यायः
मैत्रेयजीले भने—
विदुरजी ! ब्रम्हाजीले अन्धकारको कारणका बारे बताउनु भएपछि सबैकुरा थाहा पाएर देवताहरूको शंका हटेर गयो, अनि उनीहरू सबै स्वर्गलोक फर्के ।
यता दितिलाई आफ्ना पतिदेवले बताए अनुसार आफ्ना छोराहरूको उपद्रवले देवताहरूलाई
कष्ट हुने भन्ने आसंका बढिरहेको थियो । त्यसैले सय वर्ष सम्म गर्भ धारण गरिन अनि जव
वर्ष वित्यो अनि ति साध्वीले दुई (जम्ल्याहा) पुत्र जन्माईन ।
तिनीहरूको जन्म हुनासाथ स्वर्ग, पृथ्वी र अन्तरिक्षमा ठुलो उत्पात हुनलाग्यो ।
जसबाट मानिसहरू धेरै डराउन लागे ।
जताततै पृथ्वी र पर्वतहरू काम्न लाग्यो, सबै दिशाहरूमा दाह हुनलाग्यो ठाउठाउमा उल्कापात, वज्रपात हुनलाग्यो । र आकाशमा अनिष्टको
सूचक (पुछ्रेतारा) देखिन लाग्यो ।
त्यस्तै स्याल र उल्लुहरूले पनि भयानक शव्द निकालेर कराउन लागे ।
विदुरजी ! बथानका बथान गधाहरू आफ्नो खुरले पृथ्वी खोस्रदै तथा कराउदै भएर यताउता दौडन
लागे ।
शनि, राहु, आदि क्रुर ग्रहहरू प्रवल भएर चन्द्र, बृहस्पति आदि शुभ ग्रहहरू तथा धेरै नक्षत्रहरू वक्रगतिले चल्न
लाग्यो र परस्पर युध्द गर्नलागे ।
यता ती दुवै आदि दैत्य जन्मनासाथ फलाम समान कठोर शरीरले बढेर पहाड समान भए र
उनीहरूको पूर्व पराक्रम पनि प्रकट हुन लाग्यो । उनीहरू यति अग्ला थिए कि उनीहरूको सुवर्णमय
मुकुटको अगाडिको भागले स्वर्गलाई छुन पुग्दथ्यो । र उनीहरूको ठुलो शरीरले सबै
दिशाहरू ढाकेको थियो
हिराण्यकसिपु ब्रम्हाजीको वर लिएर मृत्युभयबाट मुक्त हुने इच्छाले बढि उद्यत
भयो । उसले आफ्नो बाहुवलले लोकपाल सहित तिनैलोकलाई आफ्नो वशमा लियो ।
उनीहरुलाई देखेर सबै देवताहरु डरले भागिरहेका थिए, दैत्यराज हिरण्याक्षले आफ्नो तेजले
इन्द्रादि देवताहरू पनि डरले भागिरहेका देखेर ठुलो हुंकार गर्दै । पटक पटक गर्जन
थाल्यो ।
फेरी त्यो महावली दैत्य त्यहाबाट फर्केर जलकृडा गर्ने मनसायले मत्त भएको
हात्ती झैं गहिरो समुद्रमा पस्यो ।
जव उसले समुद्रमा खुट्टा राख्यो अनि वरुणका शैनिक जलचरआदि जीवहरू डरले थर्कमान
भए । उनीहरूले कुनै प्रकारको छेडछाड नगर्दा नै उसको
धाकले डराएर त्यहाँबाट टाढा लागे ।
महावली हिरण्याक्ष धेरै वर्ष सम्म समुद्रमा घुम्दा पनि उसका अगाडि कुनै
प्रतिपक्षि नदेखेर उ वरुणको राजधानी विभावरिपुरी मा पुग्यो ।
त्यहाँ पाताललोकका स्वामी जलचरका अधिपती वरुणजीलाई देखेर हाँसो
उडाएर निच मानिसको जसरी प्रणाम ग¥यो र केहि मुस्कुराउदै ब्यंग गदै भन्नलाग्यो । महाराज मलाई युध्दको भिक्षा
दिनुहोस ।
त्यस मदोन्मत्त सत्रुले यस प्रकार खिस्सी गरेकोले बरुणलाई धेरै क्रोध त आयो तर
आफ्नो बुध्दिबलले त्यसलाई पिए । अनि जवाफमा उसलाई भन्नलागे भाई हामीलाई त युध्द
आदिको कुनै चाहना छैन ।
भगवान् पुराणपुरुष वाहेक त्यस्तो कुनै ब्यक्ति देखिदैन जो तिमी जस्तो रणकुशल
वीरलाई युध्दमा सन्तुष्ट गर्न सकुन । दैत्यराज !
त्यसैले तिमी वहाँ संग जाउ । उनी धेरै वीर छन
उनी छेउ पुग्दा नै तिम्रो सबै
शेखी झर्दछ र तिमी कुकुरले घेरिएर वीर शैयामा सयन गर्दछौ ।
उहाँ तिमी जस्ता दुष्टलाई मार्न र सत्पुरुषलाई कृपा गर्नका लागि अनेक प्रकारको
रूप धारण गर्नुहुन्छ ।
तृतीय स्कंधः अष्टादशोऽध्यायः
तदेवमाकर्ण्य जलेशभाषितं
महामनास्तद् विगणय्य दुर्मदः ।
हरेर्विदित्वा गतिमङ्ग नारदाद्
रसातलं निर्विविशे त्वरान्वितः ॥
मैत्रेयजीले भने—
विदुरजी ! वरुणजीको यस्तोकुरा सुनेर त्यो मदोन्मत्त दैत्य धेैरै खुसी भयो । उसले उनको
भनाई मा “युध्दमा तँ उहाँको हातबाट मर्नेछस” लाईकुनै ध्यान नदिएर र छिट्टै नारदजीबाट
श्रीहरिलाई पत्ता लगाएर रसातलमा पुग्यो ।
त्यहाँ विश्व विजयी वराह भगावन्लाई आफ्नो दाह्राको टुप्पाले पृथ्वीलाई माथि
लिएर आउन लागेको देख्यो । वहाँले आफ्नो राता राता आँखाले त्यसको तेज खिच्नु भएको
थियो । वहाँलाई देखेर खिस्सी गरेर हाँस्दै भन्नलाग्यो । अरे !
यो
जंगली पशु यो जलमा कहाँबाट आयो ।
फेरि वराह भगवान्संग भन्यो
आहैनमेह्यज्ञ महीं विमुञ्च नो
रसौकसां विश्वसृजेयमर्पिता ।
न स्वस्ति यास्यस्यनया ममेक्षतः
सुराधमासादितसूकराकृते ॥ ३ ॥।
ए मुर्ख ! यता आइज, त्यो पृथ्वीलाई छोड्दे, यसलाई ब्रम्हाजीले हामी पातालवासीका
लागि रसातल पठाउनु भएको हो । हे सूकरुपधारी सुराधम तँ यसलाई लिएर कुशल पुर्वक जान
सक्तैनस ।
तँ मायाले लुकछिप गरेर नै दैत्यलाई जित्दछस् र मार्दछस् के यसैका लागि हाम्रा
सत्रुहरूले तलाई पालेका हुन मुढ तेरो बल त योगमाया नै हो । आज म तलाई
समाप्त गरेर आफ्नो< बन्धुहरूको शोक हटाउदछु ।
यसरी हिरण्याक्ष भगवान्लाई दुर्वचनको वाणले छेड हानिरहेको थियो तर वहाँले
आफ्नो दाह्राको टुप्पामा रहेकी पृथ्वी केहि डराएकी देखेर ती सबै चोटलाई सहनु भयो र
ग्राहको चोट खाएर हात्तीनी सहित गजराज जलबाट जसरी बाहिर निस्कन्छ त्यस गरी जलबाट
बाहिर आउनुभयो ।
भगवान्ले पृथ्वीलाई लिएर जलको माथि भागको उचा ठाँउमा राख्नुभयो र उसमा आफ्नो
आधार शक्तिको सञ्चार गराउनुभयो । त्यस समय हिरण्याक्षको नजिक नै ब्रम्हाजीले
वहाँको स्तुति गर्नु भयो र देवताहरूले फूल वर्षाए ।
तव श्रीहरिले हास्दै हिरण्याक्षलाई भन्नुभयो ।
सत्यं वयं भो वनगोचरा मृगा
युष्मद्विधान्मृगये ग्रामसिंहान् ।
न मृत्युपाशैः प्रतिमुक्तस्य वीरा
विकत्थनं तव गृह्णन्त्यभद्र ॥
भगवान्ले भन्नुभयो साँचै नै म जंगली मृग हुं । जो त जस्तो गाँउको सिह (कुकुर) जस्तालाई खोज्दै हिड्छौं । दुष्ट !
वीर पुरुष तँ जस्तो मृत्युपासमा बाँधिएको अभागी
जीवले घमण्ड देखाएको प्रति ध्यान दिदैनन ।
हो मैले रसाताल वासीहरूको धरोहर चोरेर र लज्जा लाई पचाएर तेरो गदाको डरले यहाँ
आएको छु । म मा त्यस्तो सामथ्र्य कहाँ छ र त जस्तो अद्वितीय बीरको अगाडि युध्दमा
वस्न सकुं । फेरी पनि म जसोतसो तेरो अगाडि खडा भएको छु । तँ जस्तो वलवान संग
दुस्मनी गरेर हामी जान पनि कहाँ सक्छौं र ।
तँ पैदलवीरको सरदार होस त्यसैले अव निर्धक्क भएर मलाई मारेर आफ्ना वन्धुहरुको
आँसु पुछ । अव यसमा ढिला नगर जसले आफ्नो प्रतिज्ञाको पालना गर्दैन, त्यो असभ्य हो, त्यो त मानिसका अगाडि वस्न लायक पनि
होइन ।
जव भगवान्ले रोष प्रकट गर्दै त्यस दैत्यलाई यस प्रकार उपहास र तिरस्कार
गर्नुभयो त्यसपछि त्यो हिरण्याक्ष पक्रिएर खेलाइएको सर्प झैं रिसले चुर भएर उठ्यो
।
त्यो रिसाएर लामो लामो सास फेर्नलाग्यो । त्यसको इन्द्रिय रिसले गर्दा खलवलियो
र त्यस दैत्यले बढो वेगले झंटेर भगवान्लाई गदा प्रहार ग¥यो ।
त्यो रिसले ओठ चपाउदै आफ्नो गदा लिएर पटक पटक घुमाउन लाग्यो । त्यसपछि
श्रीहरिले रिसाएर बडो वेगले उसलाई झंटनुभयो ।
हे विदुरजी ! तव प्रभुले सत्रुको दाहिने आँखिभूई ताकेर गदाले हिर्काउनुभयो । तर गदा युध्दमा
कुसल हिरण्याक्षले विचैमा आफ्नो गदा ले रोक्यो ।
यस प्रकार श्रीहरि र हिरण्याक्ष एक अर्कामा जित्ने इच्छाले अत्यन्त क्रुध्द
भएर आपसमा आफ्नो आफ्नो गदा प्रहार गर्नलागे ।
त्यस समयमा उनीहरू दुवै जित्ने होड गर्दथे । गदा प्रहारले दुवैजना घाएल भएका
थिए । गाईका लागि आपसमा लड्ने साँढे झैं उनीहरू दुवैमा जित्ने इच्छाले घमासान
युध्दभयो ।त्यो युध्द हेर्नका लागि ब्रम्हाजी ऋषिहरूलाई साथमा लिएर त्यहाँ आउँनु
भयो
ब्रम्हजीले भन्नुभयो—
देव ! म बाट वर वएको
हनाले यो दुष्ट दैत्य धेरै प्रवल भएको छ ।
यो दुष्ट धेरै मायावी, घमण्डि र निरंकुश छ । बालकले जसरी रिसाएका सापलाई खेलाउदछ त्यसरि नै हजूर
यससंग खेलवाड नगर्नुहोस ।
न यावदेष वर्धेत स्वां वेलां प्राप्य दारुणः ।
स्वां देव मायां आस्थाय तावत् जह्यघमच्युत ॥ २५ ॥
देव ! अच्युत ! जवसम्म यो दारुण दैत्य आफ्नो वलबृध्दिको (सन्ध्याकाल) समयलाई पाएर वलवान हुनेछ त्यसैले त्यसभन्दा पहिले नै आफ्नो योगमायालाई स्वीकार
गरेर यसलाई मार्नुहोस ।
यो आफैं आफ्नो कालरूप हजूरका नजिकमा आई पुगेकोछ । अव हजूर युध्दमा यसलाई वलसंग
मारेर लोकलाई शान्ति दिनुहोस ।
तृतीय स्कंधः एकोनविंशोऽध्यायः
मैत्रेयजीले भने—
विदुरजी ! ब्रम्हाजीको यस्तो कपट रहित अमृत वचन सुनेर भगवान्ले मुस्कुराएर आफ्नो
प्रेमपूर्ण कटाक्षद्वारा वहाँको प्रार्थनालाई स्वीकार गर्नुभयो ।
फेरी वहाँले झंटेर आफ्नो अगाडि निर्भय भएर घुमिरहेको सत्रुको चिउडोमा गदाले
हान्नुभयो ।
तर हिराण्याक्षको गदाले ठक्कर खाएर भगवान्को हातबाट गदा खस्यो र घुम्दै जमिनमा
खसेर सुशोभित भयो । यो धेरै अद्भुतको घटना हो ।
यस समयमा सत्रुमाथि युध्दगर्ने अवसर पनि हिरण्याक्षले वहाँलाई निशस्त्र देखेर
युध्द धर्मको पालना गर्दे वहाँमाथि आक्रमण गरेन । उसले भगवान्को रिस बढाउनको लागि
नै यस्तो गरेको थियो ।
गदा खसेपछि र लोकमा ठुलो हाहाकार मच्चियो । प्रभुले उसको धर्मबुध्दिको प्रशंसा
गर्नुभयो र आफ्नो सुदर्शन चक्रको स्मरण गर्नुभयो ।
चक्र तुरुन्तै उपस्थित भएर भगवान्को हातमा घुम्नलाग्यो । तर त्यो आफ्नो प्रमुख
पार्षद दैत्याधम हिरण्याक्षका साथ विशेषरूपले क्रिडा गर्नलाग्यो ।
जव हिरण्याक्षले देख्यो कि कमलदल लोचन श्रीहरि उसको नजिकै चक्र लिएर उभिरहनु
भएको छ , त्यसपछि रिसले उसको सबै इन्द्रियहरू
तिलमिलाएर उठ्यो । उ लामो सास फेर्दै दाँतले ओठ चपाउन लाग्यो ।
त्यस समय त्यो तीखो दाह्रा भएको दैत्य आफ्नो आँखाले यस प्रकार भगवान्लाई भष्म
नै गरौला जसरी हे¥यो र अव तँ वाच्न
सक्तैनस भनेर श्रीहरि माथि गदा प्रहार ग¥यो ।
हे साधु विदुरजी ! यज्ञमुर्ति वराहभगवान्ले सत्रुले हेर्दाहेर्दै आफ्नो वायाँ खुट्टाले उसको त्यो
वायु समान वेग भएको गदालाई खसालिदिनु भयो ।
उसलाई भन्नुभयो ए दैत्य !
त मालाई जित्न चहान्छस भने आफ्नो शस्त्र उठाएर
एकपटक फेरी युध्द गर । भगवान्ले यस प्रकारभन्नु भएपछि उसले फेरी गदा
चलायो र ठुलो गर्जना गर्नलाग्यो ।
त्यसपछि त्यो महामायावि दैत्य लुकेर श्रीहरि माथि अनेक प्रकारको मायाहरूको
प्रयोग गर्नलाग्यो । जुन देखेर सबै प्रजाहरू धेरै डराउन लागे अनि सोच्न लागे कि अव
संसार प्रलय हनेछ ।।!७।।
धेरै प्रचण्ड आँधि चल्न लाग्यो जस्को कारण धुलोले सबैतिर अन्धकार हुनलाग्यो ।
र माथिबाट पत्थरको वर्षा हुनलाग्यो । यस्तो अवस्था थियो कि मानौं त्यहाँ कुनै
क्षेप्यास्त्रले नै प्mयाकिरहेछ ।
विदुरजी त्यहाँ यस्तो पहाड देखिनलाग्यो कि जहाँबाट अनेक किसिमका
अस्त्रशस्त्रको वर्षा हुन लाग्यो । हातमा त्रिशूल लिएका कपाल खोलेका नांगी
राक्षसीहरू देखिन थाले ।।२०।।
धेरै पदैल, घोडामा सबार रथी र हात्तीमा शैनिकहरू, नांगा राक्षसहरू मारमार काटकाट भन्ने यस्तो
अत्यन्त क्रुर र हिंसामय कोलाहल सुनिनलाग्यो ।
यसरी प्रकट भएको त्यस आसुरी मायाजाललाई नाश गर्नको लागि यज्ञमुर्ति वराहले
आफ्नो पृय सुदर्शन छोड्नुभयो ।
त्यस समयमा आफ्नो पतिले भन्नुभएको कुरा सम्झेर दितिको हृदय काम्नलाग्यो र उनको
स्तनबाट रगत वग्न लाग्यो ।
आफ्नो मायाजाल नष्ट भएपछि त्यो दैत्य फेरी भगवान् भएको ठाँउमा आयो । उसले
वहाँलाई क्रोधले दवाएर चूर्ण गर्ने इच्छाले दुवै हातले अंगालो हाल्न लाग्दा त
बाहिरै खडा भएको देख्यो ।
अनि उसले भगवान्लाई वज्रसमान कठोर मुक्काले हिर्काउन लाग्यो । तव जसरी
इन्द्रले वित्रासुरलाई प्रहार गरेका थिए । यसैप्रकार भगवान्ले उसको कञ्चटमा एक
थप्पड हान्नु भयो ।।
विश्व विजयी भगवान्ले यद्यपि खेलाँची गरेर थप्पड मार्नु भयएको थियो तरपनि
त्यसै चोटले हिरण्याक्षको शरीर घुम्न लाग्यो उसको आँखा बाहिर निक्लियो । हात, खुट्टा र कपाल छिन्नभिन्न भयो अनि त्यो
निष्प्राण भएर आँधिले उखेलिएको ठुलो रूख झैं पृथ्वीमा ढल्यो ।
आफ्नो मिथ्या उपाधिबाट छुट्नको लागि, योगीहरू समाधिद्वारा एकान्तमा वहाँको ध्यान
गर्दछन् । वहाँकै चरणप्रहारबाट वहाँको मुख हेर्दाहेर्दै त्यस दैत्यराजले आफ्नो
प्राण छोड्यो ।
देवताहरूले भन्न लागे प्रभो !
हजूरलाई बारंवार नमस्कार छ । हजूर सम्पूर्ण
यज्ञको विस्तार गर्नेवाला हुनुहुन्छ । तथा संसारको स्थितिको लागि सुध्द सत्वमय मगल विग्रह प्रकट गर्नु हुन्छ । धेरै आनन्दको कुरा त यो छ कि
ससारलई कष्ट दिने भएको यो दुष्ट दैत्य म¥यो । अव हजूरको चरणको भक्तिको प्रभावले हामीलाई
सुख शान्ति मिल्यो ।
मैत्रेयजीले भने—
विदुरजी ! यस प्रकार महापराक्रमी हिरण्याक्षको वध गरेर भगवान् आदि वराह आफ्नो अखण्ड आनन्दमय धाममा पाल्नु भयो । त्यस
समयमा ब्रम्हादि देवताहरू वहाँको स्तति गर्नलागे ।
भगवान् अवतार लिएर लीलाहरू जस्तो गर्नु हुन्छ र जसरी वहाँले भिषण संग्राममा
खेलौना जस्तै महा पराक्रमी हिरण्याक्षको बध गर्नुभयो, मित्र विदुरजी !
त्यो सब चरित्र जसरी मैले गुरुको
मुखबाट सुनेको थिए त्यसै गरी तिमीलाई सुनाएं ।
सूतजी भन्दछन् —
शौनकजी ! मैत्रेयजीको मुखबाट भगवान्को यस्तो कथा सुनेर परम भागवत विदुरजीलाई धेरै आनन्द
भयो ।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
तृतीयस्कन्धे एकोनविंशोऽध्यायः ॥ १९ ॥
प्रथम दिन सम्बन्धि संक्षिप्त कथा समाप्तम्