श्रीमदभागवत पुराण एक पुराण मात्र नभएर यो वेद र उपनिषदको गूढ रहस्य बताउने कुञ्जिका हो । वेदका शव्दहरु ऋचाहरुको भाव जसरी यस ग्रन्थमा उपलब्ध हुन्छ त्यसरी नै अन्य ग्रन्थमा पाउन कठिन छ ।
॥ भागवत दर्शन ॥
इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् ।
भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।
ब्रह्मसूत्र उपनिषद् तथा भागवत तुलना
श्रीमद्भागवत ब्रह्मसूत्रहरूको अकृत्रिम भाष्य हो, यद्यपि, अध्याय, श्लोक अथवा पद अनुसारको व्याख्या भने भागवतमा उपलब्ध छैन । भागवतमा सामान्यतया ब्रह्मसूत्रको अर्थको बुझाई मिल्दछ तर ब्रह्मसूत्रका श्लोकका अर्थ जस्ताको तस्तै भने कमै मात्रामा पाइन्छ । श्रीमद्भागवतमा यस्तो आशा गर्नु पूर्णतया व्यर्थ छ । तर ब्रह्मसूत्रका भाव र पर्यायवाचि शव्द धेरैतिर मिल्दछ । त्यसैले भागवतमा ब्रह्मसूत्रका वाक्य तथा शव्द केलाउनु धेरै जटिल कुरा हो ।
ब्रह्मसूत्र र उपनिषदका वाक्य भागवतमा कुन प्रसंगमा कुन अध्यायको कुन श्लोकमा कसरी मिल्न आउँछ भन्ने विषय केलाउने यहाँ केही सन्दर्भ सामाग्रीको सहायता भने लिईएको छ ।
ब्रह्मसूत्रका वाक्य जस्ताको तस्तै भागवतमा पाईने श्लोक जन्माद्यस्य यतः ब्र.१,१,२ जसलाई भागवत १,१,१मा जन्माद्यस्य यतः नै भनिएको छ ।
कतै कतै ब्रह्कसूत्रको शव्दमा अलि अलि परिवर्तन गरेको पनि पाइन्छ जस्तो ज्योतिश्चरणभिधानत् ब्र.सू.१,१,२४ जुन भागवतमा त्वं हि ब्रह्म परं ज्योतिः भनेको पाईन्छ, जहाँ श्लोक छ त्वं हि ब्रह्म परं ज्योतिर्गूढं ब्रह्मणि वाङ्मये । भा.१०.६३.३४ त्यस्तै अत एव प्राणः ब्र.सू. १.१.२३ प्राणाः भा.२.१०.१६ आदि ।
कुनैकुनै ब्रह्मसूत्रको पदमा परिवर्तन पनि गरिएको भेट्टाइन्छ जस्तो ईक्षतेर्नाशब्दम् १,१,५ जुन मा ईक्षते को ठाउमा योस्योत्प्रेक्षक भन्ने शव्द मिल्न आउछ जहाँ श्लोक छ योऽस्योत्प्रेक्षक आदिमध्यनिधने योऽव्यक्तजीवेश्वरो १०।८७,५०। आकाशको स्थानमा प्रयायवाची शव्द सम को प्रयोग गरेको पनि पाईन्छ जस्तो आकासस्तलिंगात् ब्र.सू. १।१।२२ र भागवतमा १०,४०,२ मा खमादि भनिएको पाईन्छ, भूस्तोयमग्निः पवनं खमादि( । त्यसैगरी अदनको लागि प्रयायवाची शव्द खादति प्रयोग गरिएको पाइन्छ । जस्तो स्थित्यदनाभ्यां च ब्र.सू. १,३,७ भागवत ११,१२,६ मा खादति पिप्लान्नम् ।
कतै कतै ब्रह्मसूत्रका शव्दहरु साम्य रुपमा प्रयोग गरिएको पनि पाइन्छ । जस्तो वैश्वानरः ब्र.स. १,२,२५ भागवतमा वैश्वानरं याति भा.२,२,२४ मा वैश्वानर शव्द शाम्य हो ।
भूमा प्रसादात ब्र.सू.१.४.३८ को शव्द भागवत १०,२९,५८ मा भूमापरमेष्ठिनां भनेर भूमाको प्रयोग भएको छ ।
कतै कतै भनै सूत्रको अंशको रुपमा प्रयोग गरिएको पाइन्छ । जस्तो अन्तर्याम्यधिदेवादिषु ब्र.सू. १,१,१८ जुन धेरै श्लोकमा बिभिन्न अंशका रुपमा प्रयोग भएको पाइन्छ जस्तो अन्तः पुरुषरूपेण कालरूपेण यो बहिः ।भा.३,२६,१८
भागवत उपनिषद तत्वको खोजि गर्नु पनि कठिन कार्य नै हो वस्तुतः भागवत उपनिषदको सारभूत ब्रह्मसूत्रको भाष्य हो । त्यसैले अर्थोयं ब्रह्मसूत्राणाम् भन्ने कथन सर्वथा उपयुक्त हुन्छ ।
उपनिषदको व्याख्या भागवतमा दुई प्रकारले गरिएको पाइन्छ, कतै समान्य पदको परिवर्तन गरिएको पाइन्छ भने कतै पर्यायवाची स्थूल शव्दको प्रयोग भएको पाइन्छ । जस्तो ईशावास्यमिदं सर्वं यो माध्यन्दिन शाखाको मन्त्र हो । भागवतमा आत्मावास्यमिदं सर्व भा.८।१।१० का रुपमा प्रयोग भएको पाइन्छ । भिद्यते हृदयग्रन्थि मुण्डको (२,२,८) भागवतमा दृष्ट एवात्मनीश्वरे यस श्लोकमा आत्मा र ईश्वर स्पष्टार्थक हो ।
भागवताकारले वेदवाक्यालाई भागवतमा वैदिक सिध्द गर्न चाहेका छन् त्यसैले वैदिक वाक्यको पूर्ण व्याख्या कहिंपनि मिल्दैन । कतैकतै मन्त्र अनुसारको भाव भने मिल्न आउछ । जस्तो कठोपनिषदको आत्मा नं रथिनं विध्दि भन्ने श्लोक भागवत सप्तमस्कन्धको पन्द्रौं अध्यायको ४१,४३ श्लोकमा प्राप्त हुन्छ त्यहाँ भनिएको छ ‘आहुः शरीरं रथमिन्द्रियाणि भनिएको छ । ४२ औं श्लोकको उत्तरार्ध मुण्डकको २,२ मा आधारित छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment