भागवत मन्त्रोपासना श्लोक
भागवतका प्रत्येक श्लोकले बालक, स्त्री, युवा, बृध्द देखि लिएर गृहस्थी एवं सन्यासीका एवं विद्वान पण्डितहरूलाई समेत प्रभाव पारेको हुन्छ, त्यही प्रभावलाई फल भनिन्छ । श्रीमद्भागवत शरणगतका लागि अत्यन्त सरल र सहज छ । त्यही भएर आजसम्म कैयौ विद्वानहरुले, तपस्विहरुले भागवतको भाव लेखेर आफुलाई पवित्र बनाएका छन् । जसले एक पटक यसको स्वाद लिएका हुन्छन् उनले फेरी यसलाई त्याग्न सक्तैनन् । भागवतमा कुन श्लोक कुन मन्त्रको उपासना महत्वपूर्ण छ र उपासकलाई मन्त्रले कस्तो पभाव पर्दछ, यस बारेमा भागवतको मन्त्रहरुको महत्व र प्रभावका बारेमा केलाउने प्रयास गरिएकोछ ।
१) जीवनमा कुनै पनि आपत विपद वा भय आइपर्दा यो मन्त्र जपिन्छ ।
कृष्ण कृष्ण महाबाहो भक्तानामभयङ्कर ।
त्वमेको दह्यमानानामपवर्गोऽसि संसृतेः १।७।२२
जुन मन्त्र अश्वत्थामाले प्रहार गरेको ब्रह्मास्त्रको प्रचण्ड तेज सबैतिर फैलन लाग्यो । त्यो ज्वालाले अर्जुनलाई लखेटिरेको थियो । यसबाट बच्ने उपाय उनमा केही नर्भकोले श्रीकृष्ण्को प्रार्थना स्तुति गरेका मन्त्र हो । जुन मन्त्र जपेर ब्रह्मास्त्र शान्त पारेका थिए ।
२) यो मन्त्र आपत्तिकालमा भगवानको प्रसन्नताको लागि यो मन्त्र पाठ गरिन्छ ।
कृष्णाय वासुदेवाय देवकीनन्दनाय च ।
नन्दगोपकुमाराय गोविन्दाय नमो नमः ।। १।८।२१
जव भगवान श्रीकृष्ण द्वारका जान भनेर लाग्नुभयो । अनि ब्रम्हास्त्रको रापले मुक्तभएका आफ्ना छोरा र द्रौपदीका साथ भएर कुन्तीले यही मन्त्रले भगवान्को स्तुति गरिन् । देशको उन्नति प्रगतिका लागि गरिने स्तुति मन्त्र हो ।
३) यो मन्त्र गर्भरक्षार्थ गरिने स्तोत्र हो ।
पाहि पाहि महायोगिन् देवदेव जगत्पते ।
नान्यं त्वदभयं पश्ये यत्र मृत्युः परस्परम् ।। १।८।९
अश्वत्थामाले चलाएको ब्रह्मास्त्रको प्रचण्ड तेजले उत्तरको गर्भलाई समेत नष्ट गर्न खोजेको थियो । जब उत्तराले माथिको मन्त्रले भगवान्को स्तुति गरिन् तब पण्डवहरुको बंश परंपरालाई कायम राख्ने उद्देश्यले आफ्नो माया कवचले उत्तराको गर्भलाई ढाकिदिनु भएको थियो ।
४) यो मन्त्र मृत्युको समयमा भगवद्पद प्राप्तिको लागि गरिने मन्त्र हो ।
मृत्युको अन्तिम समयमा सरसैयामा सुतेका भीष्भपितामहले यही मन्त्र ,जपेका थिए ।
स देवदेवो भगवान् प्रतीक्षतां
कलेवरं यावदिदं हिनोम्यहम् ।
प्रसन्नहासारुणलोचनोल्लस
न्मुखाम्बुजो ध्यानपथश्चतुर्भुजः १।९।२४
५) यो मन्त्र शुकदेवजीले राजा परीक्षितलाई सुनाउनु भएको मन्त्र हो । यो अहंमता नाश गर्ने शरणागति स्तुति मन्त्र हो ।
यत्कीर्तनं यत्स्मरणं यदीक्षणं
यद्वन्दनं यच्छ्रवणं यदर्हणम् ।
लोकस्य सद्यो विधुनोति कल्मषं
तस्मै सुभद्रश्रवसे नमो नमः ।। १५ ।।
विचक्षणा यच्चरणोपसादनात्
सङ्गं व्युदस्योभयतोऽन्तरात्मनः ।
विन्दन्ति हि ब्रह्मगतिं गतक्लमा
स्तस्मै सुभद्रश्रवसे नमो नमः ।। १६ ।।
तपस्विनो दानपरा यशस्विनो
मनस्विनो मंत्रविदः सुमङ्गलाः ।
क्षेमं न विन्दन्ति विना यदर्पणं
तस्मै सुभद्रश्रवसे नमो नमः ।। २।४।१५,१७
६) यो मन्त्र ब्रह्तेज प्राप्तिका लागि पाठ गरिन्छ । सनकादि ऋषिहरुले भगवान्को उदारतालाई देखेर प्रार्थना गरेका हुन् ।
ब्रह्मण्यस्य परं दैवं ब्राह्मणाः किल ते प्रभो ।
विप्राणां देवदेवानां भगवानात्मदैवतम् ।। ३।१६।१७
७) आदर्श पत्नी प्राप्तिका लागि गरिएको मन्त्र हो । जुन कर्दम ऋषिले आफु अनुसारको शीलवती कन्याका लागि भगवान् संग प्रार्थना गरेका हुन ।
तथा स चाहं परिवोढुकामः
समानशीलां गृहमेधधेनुम् ।
उपेयिवान्मूलमशेषमूलं
दुराशयः कामदुघाङ्घ्रिपस्य ।। ३।२१।१५
८) यो मन्त्र पुत्र प्राप्तिका लागि गरिने स्तुति हो । जुन कर्दमले देवहुतिलाई हरि भजन गर्न सल्लाह दिदै, भजन बाट स्वयं भगवान् नै उनको गर्भबाट अवतिर्ण हुने कुरा बताएका थिए ।
स त्वयाऽऽराधितः शुक्लो वितन्वन्मामकं यशः ।
छेत्ता ते हृदयग्रन्थिमौदर्यो ब्रह्मभावनः ।। ३।२४।४
९) यो एकाग्रताको लागि गरिने स्तुति मन्त्र हो । जुन कपिलदेवजीले माता देवहुतिलाई बताउनु भएको कुरा हो ।
प्रसन्नवदनाम्भोजं पद्मगर्भारुणेक्षणम् ।
नीलोत्पलदलश्यामं शङ्खचक्रगदाधरम् ।। ३।२८।१३
१०) यो मन्त्र यज्ञ गरिदा कुनै बिघ्न नपरोस भनेर गरिने स्तुति हो । दक्षको यज्ञ बिघ्न पछि भगवान् उपस्थित हुनुहुदा यज्ञरक्षक हरुद्वारा गरिएको स्तुति पछि मैत्रेयजीले बताउनु भएको कुरा हो ।
स प्रसीद त्वमस्माकं आकाङ्क्षतां
दर्शनं ते परिभ्रष्टसत्कर्मणाम् ।
कीत्र्यमाने नृभिर्नाम्नि यज्ञेश ते
यज्ञविघ्नाः क्षयं यान्ति तस्मै नमः ।। ४।७।४७
११) यो आत्म निवेदनका लागि गरिने स्तुति हो । राजा पृथुले भगवान् पाल्नु भएपछि वहाँको अगाडि गरेको स्तुति हो ।
प्राणा दाराः सुता ब्रह्मन् गुहाश्च सपरिच्छदाः ।
राज्यं बलं मही कोश इति सर्वं निवेदितम् ।। ४।२२।४४
१२) यो आत्मकल्याणको लागि गरिने मन्त्र हो । यो मन्त्र शिवजीले प्रचेताका छोराहरुलाई सुनाउनु भएको हो ।
जितं ते आत्मविद्धुर्य स्वस्तये स्वस्तिरस्तु मे ।
भवताराधसा राद्धं सर्वस्मा आत्मने नमः ।। ४।२४।३३
१३) यो मन्त्र दाम्पत्य पृतिका लागि र कामनाको शान्तिका लागि यो मन्त्र प्रयोग गरिन्छ ।
भद्राश्वखण्डमा धर्मका छोरा भद्रश्रवा र उनका सेवकले भगवान् वासुदेव हयग्रीव नामको धर्ममयी प्रियमुर्तिलाई अत्यन्त समाधि निष्ठाद्वारा हृदयमा धारण गरी यस मन्त्रको गरेका थिए
।
ॐ ह्रां ह्रीं ह्रूं ॐ नमो भगवते हृषीकेशाय सर्वगुणविशेषैर्विलक्षितात्मने आकूतीनां चित्तीनां चेतसां विशेषाणां चाधिपतये षोडशकलायच्छन्दोमयायान्नमयायामृतमयाय सर्वमयाय सहसे ओजसे बलाय कान्ताय कामाय नमस्ते उभयत्र भूयात् ।। ५।१८।१८
१४) यो मन्त्र आत्मा शान्तिका लागि हो । भद्रश्रवसको प्रार्थना
ॐ नमो भगवते मुख्यतमाय नमः सत्त्वाय प्राणायौजसे सहसे बलाय महामत्स्याय नम इति ।। ५।१८।२५
१५) यो कुर्मोपासना मन्त्र हो । भूवनकोष वर्णनमा भद्रश्रवसले प्रार्थना गरेका मन्त्र हुन ।
ॐ नमो भगवते अकूपाराय सर्वसत्त्वगुण विशेषणायानुपलक्षितस्थानाय नमो वर्ष्मणे नमो भूम्ने नमो नमोऽवस्थानाय नमस्ते ।। ५।१८।३०
१५) यो मन्त्र अन्न बृध्दिका लागि हो । शुकदेवजीले भूवनकोषको वर्णन गर्नुभएको ।
स्वगोभिः पितृदेवेभ्यो विभजन् कृष्णशुक्लयोः ।
प्रजानां सर्वासां राजान्धः सोमोनआस्त्विति ।। ५।२०।१२
१६) यो मन्त्र अन्नवृध्दिका लागि गरिने उपासना हो । शुकदेवजीले कुश द्विपको वर्णन गर्नुहुँदा बताउनु भएको हो ।
परस्यब्रह्मणःसाक्षाज्जातवेदोऽसि हव्यवाट् ।
देवानां पुरुषाङ्गानां यज्ञेन पुरुषं यजेति ।। ५।२०।१७
१७) यो धान्यवस्तुको वृध्दिको लागि गरिने मन्त्र हो । यो मन्त्र शुकदेवजीले क्रौंचद्विपको वर्णन गर्दा महाराज परीक्षितलाई बताउनु भएको हो ।
आपः पुरुषवीर्याः स्थ पुनन्तीर्भूर्भुवः सुवः ।
ता नः पुनीतामीवघ्नीः स्मृशतामात्मना भुव इति ।। ५।२०।२३
१८) यो मन्त्र आँखाको रोगको नाशको लागि हो । शुकदेवजीले राजा परिक्षितको सूर्यलोकको बारेमा बताउनु भएको हो ।
देवतिर्यङ्मनुष्याणां सरीसृपसवीरुधाम् ।
सर्वजीवनिकायानां सूर्य आत्मा दृगीश्वरः ।। ५।२०।४६
१९) यो मन्त्र दुःखनाशको लागि हो । आफ्ना भाई विश्वरूपको हत्या गर्ने इन्द युद्धका लागि हातमा वज्र लिएर अगाडि आईरहेको वृत्रासुरले इन्द्रलाई हाँक दिदै भनेको मन्त्र हो । जसले आत्मबल पनि बढाउछ ।
अहं हरे तव पादैकमूल
दासानुदासो भवितास्मि भूयः ।
मनः स्मरेतासुपतेर्गुणांस्ते
गृणीत वाक्कर्म करोतु कायः ।। २४ ।।
न नाकपृष्ठं न च पारमेष्ठ्यं
न सार्वभौमं न रसाधिपत्यम् ।
न योगसिद्धीरपुनर्भवं वा
समञ्जस त्वा विरहय्य काङ्क्षे ।। २५ ।।
अजातपक्षा इव मातरं खगाः
स्तन्यं यथा वत्सतराः क्षुधार्ताः ।
प्रियं प्रियेव व्युषितं विषण्णा
मनोऽरविन्दाक्ष दिदृक्षते त्वाम् ।। २६ ।।
ममोत्तमश्लोकजनेषु सख्यं
संसारचक्रे भ्रमतः स्वकर्मभिः ।
त्वन्माययात्मात्मजदारगेहे
ष्वासक्तचित्तस्य न नाथ भूयात् ।। ६।११।२४,२७
२०) यो मन्त्र पुंसवनव्रतको मन्त्र हो । मार्गशीर्ष शुक्ल प्रतिपदाबाट गरिने व्रत हो ।
अलं ते निरपेक्षाय पूर्णकाम नमोऽस्तु ते ।
महाविभूतिपतये नमः सकलसिद्धये ।। ६।१९।४
२१) यो मन्त्र अभय प्राप्तिका लागि हो । प्रल्हादजीले गरेको नृसिंह स्तुति हो ।
नमो भगवते तुभ्यं पुरुषाय महात्मने ।
हरयेऽद्भुतसिंहाय ब्रह्मणे परमात्मने ।। ७।१०।१०
२२) यो मन्त्र ब्रह्मदर्शनका लागि हो । स्वायम्भुव मनु भोग देखि विरक्त भएर वन गएपछि तपस्यमा गरेका भगवान्को स्तुति हो ।
येन चेतयते विश्वं विश्वं चेतयते न यम् ।
यो जागर्ति शयानेऽस्मिन्नायं तं वेद वेद सः ।। ८।१।९
२३) यो मन्त्र पयोव्रतको लागि हो । सन्तान प्राप्तिका सन्दर्भमा कश्यपले अदितिलाई बताउनु भएको भगवानको स्तुति हो ।
अन्ववर्तन्त यं देवाः श्रीश्च तत्पादपद्मयोः ।
स्पृहयन्त इवामोदं भगवान्मे प्रसीदताम् ॥ ३७ ॥ ८।१६।३७
२३) यो मन्त्र विश्व शान्तिका लागि हो । अदितिले गरेको वामन भगवानको प्रार्थना हो ।
यज्ञेश यज्ञपुरुषाच्युत तीर्थपाद
तीर्थश्रवः श्रवणमङ्गलनामधेय ।
आपन्नलोकवृजिनोपशमोदयाद्य
शं नः कृधीश भगवन्नसि दीननाथः ।। ८।१७।८
२४) यो मन्त्र व्रतपूर्तिका लागि हो । बलि बन्धनमा परेका बखतमा शुक्राचार्यले गरेको भगवान्को स्तुति हो ।
मंत्रतस्तंत्रतश्छिद्रं देशकालार्हवस्तुतः ।
सर्वं करोति निश्छिद्रं नामसंकीर्तनं तव ।। ८।२३।१६
२५) यो मन्त्र संकल्पसिध्दका लागि हो । मत्स्यावतारमा शुकदेवजीले राजा परीक्षित लाई बताउनु भएको कुरा हो ।
अवतारं हरेर्योऽयं कीर्तयेदन्वहं नरः ।
संकल्पास्तस्य सिध्यन्ति स याति परमां गतिम् ।। ८।२४।६०
२६) यो विषनिवारक मन्त्र हो । समुद्र मन्थनका क्रममा विष निस्किए पछि प्रजापतिहरुले गरेको शिवजीको स्तुति हो ।
देवदेव महादेव भूतात्मन् भूतभावन ।
त्राहि नः शरणापन्नांस्त्रैलोक्यदहनाद् विषात् ।। ८।७।२१
२७) यो लक्ष्मी प्राप्तिका लागि गरिने मन्त्र हो । समुद्र मन्थनका क्रममा लक्ष्मीजी प्रकट भएर भगवान् विष्णुलाई वरण गर्नु भएपछि ब्रह्मादि देवता सहित प्रजापतिहरुले गरेको लक्ष्मीजीको स्तुति ।
श्रियावलोकिता देवाः सप्रजापतयः प्रजाः ।
शीलादिगुणसंपन्ना लेभिरे निर्वृतिं पराम् ।। ८।८।२८
२८) यो भगवान् प्राप्तिका लागि हो –उल्लासका लागि हो । राजा खट्वांगले आफ्नो आयु दुई घडी मात्र बाँकी छ भन्ने थाहा पाएपछि सबै विषयलाई तिरस्कार गेरेर भगवान्को स्तुति गरेको मन्त्र हो ।
अथेशमायारचितेषु सङ्गं
गुणेषु गन्धर्वपुरोपमेषु ।
रूढं प्रकृत्यात्मनि विश्वकर्तु–
र्भावेन हित्वा तमहं प्रपद्ये ।। ९।९।४७
२९) यो श्लोक बन्धन मुक्तिको लागि हो । श्रीकृष्ण सुधर्मा नामक सभामा प्रवेश गर्नु भएपछि कुनै एक ब्राह्मणले जरासन्धको कैदखाना कष्टपूर्ण जीवन विताएका राजाहरुको अवस्था सुनाएका हुन् ।।
कृष्ण कृष्णाप्रमेयात्मन् प्रपन्नभयभञ्जन ।
वयं त्वां शरणं यामो भवभीताः पृथग्धियः ।। १०।७०।२५
३०) यो मन्त्र पति प्राप्तिका लागि हो । ब्रजका कुमारीहरुले श्रीकृष्ण पति पाउँ भनि गरेको स्तुति ।
कात्यायनि महामाये महायोगिन्यधीश्वरि ।
नन्दगोपसुतं देवि पतिं मे कुरु ते नमः । १०।२२।४
३१) यो मन्त्र सांसार भय नाशको लागि हो । मुंजवन गाइ हराएका बखत श्रीकृष्णले हराएका गाईको नाम उच्चारण गरी बोलाउनु भयो । त्यतिबेला चारैतिर आगो फैलिएकोले गोपहरु डराएर भगवान्को स्तुति गरेको मन्त्र हो ।
कृष्ण कृष्ण महावीर हे रामामितविक्रम ।
दावाग्निना दह्यमानान् प्रपन्नांस्त्रातुमर्हथः ।। १०।१९।९
३१) यो मन्त्र मृत्यु विजयार्थ हो ।
मत्र्यो मृत्युव्यालभीतः पलायन्
लोकान् सर्वान्निर्भयं नाध्यगच्छत् ।
त्वत्पादाब्जं प्राप्य यदृच्छयाद्य
स्वस्थः शेते मृत्युरस्मादपैति ।। १०।३।२७
हा नाथ रमण प्रेष्ठ क्वासि क्वासि महाभुज ।
दास्यास्ते कृपणाया मे सखे दर्शय सन्निधिम् ।। १०।३०।४०
३२) यो ज्वरो आएको बखतमा प्रर्थना गर्ने ज्वर स्तुति हो । महेश्वर ज्वर र वैष्णव ज्वर द्वन्द पर्दा महेश्वर ज्वर डराएर गरेको श्रीकृष्ण स्तुति हो ।
ज्वर उवाच –
९ मिश्र ०
नमामि त्वानन्तशक्तिं परेशं
सर्वात्मानं केवलं ज्ञप्तिमात्रम् ।
विश्वोत्पत्तिस्थानसंरोधहेतुं
यत्तद् ब्रह्म ब्रह्मलिङ्गं प्रशान्तम् ॥ २५ ॥
कालो दैवं कर्म जीवः स्वभावो
द्रव्यं क्षेत्रं प्राण आत्मा विकारः ।
तत्सङ्घातो बीजरोहप्रवाह(
स्त्वन्मायैषा तन्निषेधं प्रपद्ये ॥ २६ ॥
नानाभावैर्लीलयैवोपपन्नै(
र्देवान् साधूँल्लोकसेतून् बिभर्षि ।
हंस्युन्मार्गान् हिंसया वर्तमानान्
जन्मैतत्ते भारहाराय भूमेः ॥ २७ ॥
तप्तोऽहं ते तेजसा दुःसहेन
शान्तोग्रेणात्युल्बणेन ज्वरेण ।
तावत्तापो देहिनां तेऽङ्घ्रिमूलं
नो सेवेरन् यावदाशानुबद्धाः ॥ १०।६३।२५,२८
३३) यो बाल रोग हटाउनको लागि गरिने स्तुति मन्त्र हो ।
(वसंततिलका)
अव्यादजोऽङ्घ्रि मणिमांस्तव जान्वथोरू
यज्ञोऽच्युतः कटितटं जठरं हयास्यः ।
हृत् केशवस्त्वदुर ईश इनस्तु कण्ठं
विष्णुर्भुजं मुखमुरुक्रम ईश्वरः कम् ।। १०।६।२२
३४) यो मन्त्र वर प्राप्तिका लागि हो । अनिरुध्दसितको सहबासले उषाको गर्भ रहेको थाहा पाएर द्वारपालहरुले वाणसुरलाई बताएको कुरा हो ।
व्यसनं तेऽपकर्षामि त्रिलोक्यां यदि भाव्यते ।
तमानेष्ये नरं यस्ते मनोहर्ता तमादिश ।। १०।६२।१८
३४) यो मन्त्र सबै किसिमको आपत्तिको निवाणार्थ हो । जरासन्धको झ्यालखानबाट छुटेका राजाहरुले गरेको श्रीकृष्ण स्तुति हो ।
कृष्णाय वासुदेवाय हरये परमात्मने ।
प्रणतक्लेशनाशाय गोविन्दाय नमो नमः ।। १०।७३।१६
३५) यो मन्त्र दरिद्रता नाशको लागि हो । नवयोगेश्वर कर भाजनले बताएको मन्त्र हो ।
( वसंततिलका )
ध्येयं सदा परिभवघ्नमभीष्टदोहं
तीर्थास्पदं शिवविरिञ्चिनुतं शरण्यम् ।
भृत्यार्तिहं प्रणतपाल भवाब्धिपोतं
वन्दे महापुरुष ते चरणारविन्दम् ।। ११।५।३३
३६) यो मन्त्र विद्या प्राप्तिको लागि हो । मार्कण्डेय मुनिको भनाइ हो ।
नमः शिवाय शान्ताय सत्त्वाय प्रमृडाय च ।
रजोजुषेऽप्यघोराय नमस्तुभ्यं तमोजुषे ।। १२।१०।१७
३७) यो सरणागति मन्त्र हो । सूतजीले अन्तिम अध्यायमा बताउनु भएको ।
भवे भवे यथा भक्तिः पादयोस्तव जायते ।
तथा कुरुष्व देवेश नाथस्त्वं नो यतः प्रभो ।। १२।१३।२२
३८) यो मन्त्र दुःखशान्तिको लागि हो । भागवतको अन्तिम श्लोक हो ।
नामसङ्कीर्तनं यस्य सर्वपापप्रणाशनम् ।
प्रणामो दुःखशमनस्तं नमामि हरिं परम् ।। १२।१३।२३
३९) यो मन्त्र मायामोह निवारणका लागि हो ।
संसारसागरे मग्नं दीनं मां करुणानिधे ।
कर्ममोहगृहीताङ्गं मामुद्धर मामुद्धर भवार्णवात् ।। २७ ।। महा० ६।२७