॥ भागवत दर्शन ॥
इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् ।
भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।
भागवत मन्त्रोपासना श्लोक
भागवत मन्त्रोपासना श्लोक
भागवतका प्रत्येक श्लोकले बालक, स्त्री, युवा, बृध्द देखि लिएर गृहस्थी एवं सन्यासीका एवं विद्वान पण्डितहरूलाई समेत प्रभाव पारेको हुन्छ, त्यही प्रभावलाई फल भनिन्छ । श्रीमद्भागवत शरणगतका लागि अत्यन्त सरल र सहज छ । त्यही भएर आजसम्म कैयौ विद्वानहरुले, तपस्विहरुले भागवतको भाव लेखेर आफुलाई पवित्र बनाएका छन् । जसले एक पटक यसको स्वाद लिएका हुन्छन् उनले फेरी यसलाई त्याग्न सक्तैनन् । भागवतमा कुन श्लोक कुन मन्त्रको उपासना महत्वपूर्ण छ र उपासकलाई मन्त्रले कस्तो पभाव पर्दछ, यस बारेमा भागवतको मन्त्रहरुको महत्व र प्रभावका बारेमा केलाउने प्रयास गरिएकोछ ।
१) जीवनमा कुनै पनि आपत विपद वा भय आइपर्दा यो मन्त्र जपिन्छ ।
कृष्ण कृष्ण महाबाहो भक्तानामभयङ्कर ।
त्वमेको दह्यमानानामपवर्गोऽसि संसृतेः १।७।२२
जुन मन्त्र अश्वत्थामाले प्रहार गरेको ब्रह्मास्त्रको प्रचण्ड तेज सबैतिर फैलन लाग्यो । त्यो ज्वालाले अर्जुनलाई लखेटिरेको थियो । यसबाट बच्ने उपाय उनमा केही नर्भकोले श्रीकृष्ण्को प्रार्थना स्तुति गरेका मन्त्र हो । जुन मन्त्र जपेर ब्रह्मास्त्र शान्त पारेका थिए ।
२) यो मन्त्र आपत्तिकालमा भगवानको प्रसन्नताको लागि यो मन्त्र पाठ गरिन्छ ।
कृष्णाय वासुदेवाय देवकीनन्दनाय च ।
नन्दगोपकुमाराय गोविन्दाय नमो नमः ।। १।८।२१
जव भगवान श्रीकृष्ण द्वारका जान भनेर लाग्नुभयो । अनि ब्रम्हास्त्रको रापले मुक्तभएका आफ्ना छोरा र द्रौपदीका साथ भएर कुन्तीले यही मन्त्रले भगवान्को स्तुति गरिन् । देशको उन्नति प्रगतिका लागि गरिने स्तुति मन्त्र हो ।
३) यो मन्त्र गर्भरक्षार्थ गरिने स्तोत्र हो ।
पाहि पाहि महायोगिन् देवदेव जगत्पते ।
नान्यं त्वदभयं पश्ये यत्र मृत्युः परस्परम् ।। १।८।९
अश्वत्थामाले चलाएको ब्रह्मास्त्रको प्रचण्ड तेजले उत्तरको गर्भलाई समेत नष्ट गर्न खोजेको थियो । जब उत्तराले माथिको मन्त्रले भगवान्को स्तुति गरिन् तब पण्डवहरुको बंश परंपरालाई कायम राख्ने उद्देश्यले आफ्नो माया कवचले उत्तराको गर्भलाई ढाकिदिनु भएको थियो ।
४) यो मन्त्र मृत्युको समयमा भगवद्पद प्राप्तिको लागि गरिने मन्त्र हो ।
मृत्युको अन्तिम समयमा सरसैयामा सुतेका भीष्भपितामहले यही मन्त्र ,जपेका थिए ।
स देवदेवो भगवान् प्रतीक्षतां
कलेवरं यावदिदं हिनोम्यहम् ।
प्रसन्नहासारुणलोचनोल्लस
न्मुखाम्बुजो ध्यानपथश्चतुर्भुजः १।९।२४
५) यो मन्त्र शुकदेवजीले राजा परीक्षितलाई सुनाउनु भएको मन्त्र हो । यो अहंमता नाश गर्ने शरणागति स्तुति मन्त्र हो ।
यत्कीर्तनं यत्स्मरणं यदीक्षणं
यद्वन्दनं यच्छ्रवणं यदर्हणम् ।
लोकस्य सद्यो विधुनोति कल्मषं
तस्मै सुभद्रश्रवसे नमो नमः ।। १५ ।।
विचक्षणा यच्चरणोपसादनात्
सङ्गं व्युदस्योभयतोऽन्तरात्मनः ।
विन्दन्ति हि ब्रह्मगतिं गतक्लमा
स्तस्मै सुभद्रश्रवसे नमो नमः ।। १६ ।।
तपस्विनो दानपरा यशस्विनो
मनस्विनो मंत्रविदः सुमङ्गलाः ।
क्षेमं न विन्दन्ति विना यदर्पणं
तस्मै सुभद्रश्रवसे नमो नमः ।। २।४।१५,१७
६) यो मन्त्र ब्रह्तेज प्राप्तिका लागि पाठ गरिन्छ । सनकादि ऋषिहरुले भगवान्को उदारतालाई देखेर प्रार्थना गरेका हुन् ।
ब्रह्मण्यस्य परं दैवं ब्राह्मणाः किल ते प्रभो ।
विप्राणां देवदेवानां भगवानात्मदैवतम् ।। ३।१६।१७
७) आदर्श पत्नी प्राप्तिका लागि गरिएको मन्त्र हो । जुन कर्दम ऋषिले आफु अनुसारको शीलवती कन्याका लागि भगवान् संग प्रार्थना गरेका हुन ।
तथा स चाहं परिवोढुकामः
समानशीलां गृहमेधधेनुम् ।
उपेयिवान्मूलमशेषमूलं
दुराशयः कामदुघाङ्घ्रिपस्य ।। ३।२१।१५
८) यो मन्त्र पुत्र प्राप्तिका लागि गरिने स्तुति हो । जुन कर्दमले देवहुतिलाई हरि भजन गर्न सल्लाह दिदै, भजन बाट स्वयं भगवान् नै उनको गर्भबाट अवतिर्ण हुने कुरा बताएका थिए ।
स त्वयाऽऽराधितः शुक्लो वितन्वन्मामकं यशः ।
छेत्ता ते हृदयग्रन्थिमौदर्यो ब्रह्मभावनः ।। ३।२४।४
९) यो एकाग्रताको लागि गरिने स्तुति मन्त्र हो । जुन कपिलदेवजीले माता देवहुतिलाई बताउनु भएको कुरा हो ।
प्रसन्नवदनाम्भोजं पद्मगर्भारुणेक्षणम् ।
नीलोत्पलदलश्यामं शङ्खचक्रगदाधरम् ।। ३।२८।१३
१०) यो मन्त्र यज्ञ गरिदा कुनै बिघ्न नपरोस भनेर गरिने स्तुति हो । दक्षको यज्ञ बिघ्न पछि भगवान् उपस्थित हुनुहुदा यज्ञरक्षक हरुद्वारा गरिएको स्तुति पछि मैत्रेयजीले बताउनु भएको कुरा हो ।
स प्रसीद त्वमस्माकं आकाङ्क्षतां
दर्शनं ते परिभ्रष्टसत्कर्मणाम् ।
कीत्र्यमाने नृभिर्नाम्नि यज्ञेश ते
यज्ञविघ्नाः क्षयं यान्ति तस्मै नमः ।। ४।७।४७
११) यो आत्म निवेदनका लागि गरिने स्तुति हो । राजा पृथुले भगवान् पाल्नु भएपछि वहाँको अगाडि गरेको स्तुति हो ।
प्राणा दाराः सुता ब्रह्मन् गुहाश्च सपरिच्छदाः ।
राज्यं बलं मही कोश इति सर्वं निवेदितम् ।। ४।२२।४४
१२) यो आत्मकल्याणको लागि गरिने मन्त्र हो । यो मन्त्र शिवजीले प्रचेताका छोराहरुलाई सुनाउनु भएको हो ।
जितं ते आत्मविद्धुर्य स्वस्तये स्वस्तिरस्तु मे ।
भवताराधसा राद्धं सर्वस्मा आत्मने नमः ।। ४।२४।३३
१३) यो मन्त्र दाम्पत्य पृतिका लागि र कामनाको शान्तिका लागि यो मन्त्र प्रयोग गरिन्छ ।
भद्राश्वखण्डमा धर्मका छोरा भद्रश्रवा र उनका सेवकले भगवान् वासुदेव हयग्रीव नामको धर्ममयी प्रियमुर्तिलाई अत्यन्त समाधि निष्ठाद्वारा हृदयमा धारण गरी यस मन्त्रको गरेका थिए
।
ॐ ह्रां ह्रीं ह्रूं ॐ नमो भगवते हृषीकेशाय सर्वगुणविशेषैर्विलक्षितात्मने आकूतीनां चित्तीनां चेतसां विशेषाणां चाधिपतये षोडशकलायच्छन्दोमयायान्नमयायामृतमयाय सर्वमयाय सहसे ओजसे बलाय कान्ताय कामाय नमस्ते उभयत्र भूयात् ।। ५।१८।१८
१४) यो मन्त्र आत्मा शान्तिका लागि हो । भद्रश्रवसको प्रार्थना
ॐ नमो भगवते मुख्यतमाय नमः सत्त्वाय प्राणायौजसे सहसे बलाय महामत्स्याय नम इति ।। ५।१८।२५
१५) यो कुर्मोपासना मन्त्र हो । भूवनकोष वर्णनमा भद्रश्रवसले प्रार्थना गरेका मन्त्र हुन ।
ॐ नमो भगवते अकूपाराय सर्वसत्त्वगुण विशेषणायानुपलक्षितस्थानाय नमो वर्ष्मणे नमो भूम्ने नमो नमोऽवस्थानाय नमस्ते ।। ५।१८।३०
१५) यो मन्त्र अन्न बृध्दिका लागि हो । शुकदेवजीले भूवनकोषको वर्णन गर्नुभएको ।
स्वगोभिः पितृदेवेभ्यो विभजन् कृष्णशुक्लयोः ।
प्रजानां सर्वासां राजान्धः सोमोनआस्त्विति ।। ५।२०।१२
१६) यो मन्त्र अन्नवृध्दिका लागि गरिने उपासना हो । शुकदेवजीले कुश द्विपको वर्णन गर्नुहुँदा बताउनु भएको हो ।
परस्यब्रह्मणःसाक्षाज्जातवेदोऽसि हव्यवाट् ।
देवानां पुरुषाङ्गानां यज्ञेन पुरुषं यजेति ।। ५।२०।१७
१७) यो धान्यवस्तुको वृध्दिको लागि गरिने मन्त्र हो । यो मन्त्र शुकदेवजीले क्रौंचद्विपको वर्णन गर्दा महाराज परीक्षितलाई बताउनु भएको हो ।
आपः पुरुषवीर्याः स्थ पुनन्तीर्भूर्भुवः सुवः ।
ता नः पुनीतामीवघ्नीः स्मृशतामात्मना भुव इति ।। ५।२०।२३
१८) यो मन्त्र आँखाको रोगको नाशको लागि हो । शुकदेवजीले राजा परिक्षितको सूर्यलोकको बारेमा बताउनु भएको हो ।
देवतिर्यङ्मनुष्याणां सरीसृपसवीरुधाम् ।
सर्वजीवनिकायानां सूर्य आत्मा दृगीश्वरः ।। ५।२०।४६
१९) यो मन्त्र दुःखनाशको लागि हो । आफ्ना भाई विश्वरूपको हत्या गर्ने इन्द युद्धका लागि हातमा वज्र लिएर अगाडि आईरहेको वृत्रासुरले इन्द्रलाई हाँक दिदै भनेको मन्त्र हो । जसले आत्मबल पनि बढाउछ ।
अहं हरे तव पादैकमूल
दासानुदासो भवितास्मि भूयः ।
मनः स्मरेतासुपतेर्गुणांस्ते
गृणीत वाक्कर्म करोतु कायः ।। २४ ।।
न नाकपृष्ठं न च पारमेष्ठ्यं
न सार्वभौमं न रसाधिपत्यम् ।
न योगसिद्धीरपुनर्भवं वा
समञ्जस त्वा विरहय्य काङ्क्षे ।। २५ ।।
अजातपक्षा इव मातरं खगाः
स्तन्यं यथा वत्सतराः क्षुधार्ताः ।
प्रियं प्रियेव व्युषितं विषण्णा
मनोऽरविन्दाक्ष दिदृक्षते त्वाम् ।। २६ ।।
ममोत्तमश्लोकजनेषु सख्यं
संसारचक्रे भ्रमतः स्वकर्मभिः ।
त्वन्माययात्मात्मजदारगेहे
ष्वासक्तचित्तस्य न नाथ भूयात् ।। ६।११।२४,२७
२०) यो मन्त्र पुंसवनव्रतको मन्त्र हो । मार्गशीर्ष शुक्ल प्रतिपदाबाट गरिने व्रत हो ।
अलं ते निरपेक्षाय पूर्णकाम नमोऽस्तु ते ।
महाविभूतिपतये नमः सकलसिद्धये ।। ६।१९।४
२१) यो मन्त्र अभय प्राप्तिका लागि हो । प्रल्हादजीले गरेको नृसिंह स्तुति हो ।
नमो भगवते तुभ्यं पुरुषाय महात्मने ।
हरयेऽद्भुतसिंहाय ब्रह्मणे परमात्मने ।। ७।१०।१०
२२) यो मन्त्र ब्रह्मदर्शनका लागि हो । स्वायम्भुव मनु भोग देखि विरक्त भएर वन गएपछि तपस्यमा गरेका भगवान्को स्तुति हो ।
येन चेतयते विश्वं विश्वं चेतयते न यम् ।
यो जागर्ति शयानेऽस्मिन्नायं तं वेद वेद सः ।। ८।१।९
२३) यो मन्त्र पयोव्रतको लागि हो । सन्तान प्राप्तिका सन्दर्भमा कश्यपले अदितिलाई बताउनु भएको भगवानको स्तुति हो ।
अन्ववर्तन्त यं देवाः श्रीश्च तत्पादपद्मयोः ।
स्पृहयन्त इवामोदं भगवान्मे प्रसीदताम् ॥ ३७ ॥ ८।१६।३७
२३) यो मन्त्र विश्व शान्तिका लागि हो । अदितिले गरेको वामन भगवानको प्रार्थना हो ।
यज्ञेश यज्ञपुरुषाच्युत तीर्थपाद
तीर्थश्रवः श्रवणमङ्गलनामधेय ।
आपन्नलोकवृजिनोपशमोदयाद्य
शं नः कृधीश भगवन्नसि दीननाथः ।। ८।१७।८
२४) यो मन्त्र व्रतपूर्तिका लागि हो । बलि बन्धनमा परेका बखतमा शुक्राचार्यले गरेको भगवान्को स्तुति हो ।
मंत्रतस्तंत्रतश्छिद्रं देशकालार्हवस्तुतः ।
सर्वं करोति निश्छिद्रं नामसंकीर्तनं तव ।। ८।२३।१६
२५) यो मन्त्र संकल्पसिध्दका लागि हो । मत्स्यावतारमा शुकदेवजीले राजा परीक्षित लाई बताउनु भएको कुरा हो ।
अवतारं हरेर्योऽयं कीर्तयेदन्वहं नरः ।
संकल्पास्तस्य सिध्यन्ति स याति परमां गतिम् ।। ८।२४।६०
२६) यो विषनिवारक मन्त्र हो । समुद्र मन्थनका क्रममा विष निस्किए पछि प्रजापतिहरुले गरेको शिवजीको स्तुति हो ।
देवदेव महादेव भूतात्मन् भूतभावन ।
त्राहि नः शरणापन्नांस्त्रैलोक्यदहनाद् विषात् ।। ८।७।२१
२७) यो लक्ष्मी प्राप्तिका लागि गरिने मन्त्र हो । समुद्र मन्थनका क्रममा लक्ष्मीजी प्रकट भएर भगवान् विष्णुलाई वरण गर्नु भएपछि ब्रह्मादि देवता सहित प्रजापतिहरुले गरेको लक्ष्मीजीको स्तुति ।
श्रियावलोकिता देवाः सप्रजापतयः प्रजाः ।
शीलादिगुणसंपन्ना लेभिरे निर्वृतिं पराम् ।। ८।८।२८
२८) यो भगवान् प्राप्तिका लागि हो –उल्लासका लागि हो । राजा खट्वांगले आफ्नो आयु दुई घडी मात्र बाँकी छ भन्ने थाहा पाएपछि सबै विषयलाई तिरस्कार गेरेर भगवान्को स्तुति गरेको मन्त्र हो ।
अथेशमायारचितेषु सङ्गं
गुणेषु गन्धर्वपुरोपमेषु ।
रूढं प्रकृत्यात्मनि विश्वकर्तु–
र्भावेन हित्वा तमहं प्रपद्ये ।। ९।९।४७
२९) यो श्लोक बन्धन मुक्तिको लागि हो । श्रीकृष्ण सुधर्मा नामक सभामा प्रवेश गर्नु भएपछि कुनै एक ब्राह्मणले जरासन्धको कैदखाना कष्टपूर्ण जीवन विताएका राजाहरुको अवस्था सुनाएका हुन् ।।
कृष्ण कृष्णाप्रमेयात्मन् प्रपन्नभयभञ्जन ।
वयं त्वां शरणं यामो भवभीताः पृथग्धियः ।। १०।७०।२५
३०) यो मन्त्र पति प्राप्तिका लागि हो । ब्रजका कुमारीहरुले श्रीकृष्ण पति पाउँ भनि गरेको स्तुति ।
कात्यायनि महामाये महायोगिन्यधीश्वरि ।
नन्दगोपसुतं देवि पतिं मे कुरु ते नमः । १०।२२।४
३१) यो मन्त्र सांसार भय नाशको लागि हो । मुंजवन गाइ हराएका बखत श्रीकृष्णले हराएका गाईको नाम उच्चारण गरी बोलाउनु भयो । त्यतिबेला चारैतिर आगो फैलिएकोले गोपहरु डराएर भगवान्को स्तुति गरेको मन्त्र हो ।
कृष्ण कृष्ण महावीर हे रामामितविक्रम ।
दावाग्निना दह्यमानान् प्रपन्नांस्त्रातुमर्हथः ।। १०।१९।९
३१) यो मन्त्र मृत्यु विजयार्थ हो ।
मत्र्यो मृत्युव्यालभीतः पलायन्
लोकान् सर्वान्निर्भयं नाध्यगच्छत् ।
त्वत्पादाब्जं प्राप्य यदृच्छयाद्य
स्वस्थः शेते मृत्युरस्मादपैति ।। १०।३।२७
हा नाथ रमण प्रेष्ठ क्वासि क्वासि महाभुज ।
दास्यास्ते कृपणाया मे सखे दर्शय सन्निधिम् ।। १०।३०।४०
३२) यो ज्वरो आएको बखतमा प्रर्थना गर्ने ज्वर स्तुति हो । महेश्वर ज्वर र वैष्णव ज्वर द्वन्द पर्दा महेश्वर ज्वर डराएर गरेको श्रीकृष्ण स्तुति हो ।
ज्वर उवाच –
९ मिश्र ०
नमामि त्वानन्तशक्तिं परेशं
सर्वात्मानं केवलं ज्ञप्तिमात्रम् ।
विश्वोत्पत्तिस्थानसंरोधहेतुं
यत्तद् ब्रह्म ब्रह्मलिङ्गं प्रशान्तम् ॥ २५ ॥
कालो दैवं कर्म जीवः स्वभावो
द्रव्यं क्षेत्रं प्राण आत्मा विकारः ।
तत्सङ्घातो बीजरोहप्रवाह(
स्त्वन्मायैषा तन्निषेधं प्रपद्ये ॥ २६ ॥
नानाभावैर्लीलयैवोपपन्नै(
र्देवान् साधूँल्लोकसेतून् बिभर्षि ।
हंस्युन्मार्गान् हिंसया वर्तमानान्
जन्मैतत्ते भारहाराय भूमेः ॥ २७ ॥
तप्तोऽहं ते तेजसा दुःसहेन
शान्तोग्रेणात्युल्बणेन ज्वरेण ।
तावत्तापो देहिनां तेऽङ्घ्रिमूलं
नो सेवेरन् यावदाशानुबद्धाः ॥ १०।६३।२५,२८
३३) यो बाल रोग हटाउनको लागि गरिने स्तुति मन्त्र हो ।
(वसंततिलका)
अव्यादजोऽङ्घ्रि मणिमांस्तव जान्वथोरू
यज्ञोऽच्युतः कटितटं जठरं हयास्यः ।
हृत् केशवस्त्वदुर ईश इनस्तु कण्ठं
विष्णुर्भुजं मुखमुरुक्रम ईश्वरः कम् ।। १०।६।२२
३४) यो मन्त्र वर प्राप्तिका लागि हो । अनिरुध्दसितको सहबासले उषाको गर्भ रहेको थाहा पाएर द्वारपालहरुले वाणसुरलाई बताएको कुरा हो ।
व्यसनं तेऽपकर्षामि त्रिलोक्यां यदि भाव्यते ।
तमानेष्ये नरं यस्ते मनोहर्ता तमादिश ।। १०।६२।१८
३४) यो मन्त्र सबै किसिमको आपत्तिको निवाणार्थ हो । जरासन्धको झ्यालखानबाट छुटेका राजाहरुले गरेको श्रीकृष्ण स्तुति हो ।
कृष्णाय वासुदेवाय हरये परमात्मने ।
प्रणतक्लेशनाशाय गोविन्दाय नमो नमः ।। १०।७३।१६
३५) यो मन्त्र दरिद्रता नाशको लागि हो । नवयोगेश्वर कर भाजनले बताएको मन्त्र हो ।
( वसंततिलका )
ध्येयं सदा परिभवघ्नमभीष्टदोहं
तीर्थास्पदं शिवविरिञ्चिनुतं शरण्यम् ।
भृत्यार्तिहं प्रणतपाल भवाब्धिपोतं
वन्दे महापुरुष ते चरणारविन्दम् ।। ११।५।३३
३६) यो मन्त्र विद्या प्राप्तिको लागि हो । मार्कण्डेय मुनिको भनाइ हो ।
नमः शिवाय शान्ताय सत्त्वाय प्रमृडाय च ।
रजोजुषेऽप्यघोराय नमस्तुभ्यं तमोजुषे ।। १२।१०।१७
३७) यो सरणागति मन्त्र हो । सूतजीले अन्तिम अध्यायमा बताउनु भएको ।
भवे भवे यथा भक्तिः पादयोस्तव जायते ।
तथा कुरुष्व देवेश नाथस्त्वं नो यतः प्रभो ।। १२।१३।२२
३८) यो मन्त्र दुःखशान्तिको लागि हो । भागवतको अन्तिम श्लोक हो ।
नामसङ्कीर्तनं यस्य सर्वपापप्रणाशनम् ।
प्रणामो दुःखशमनस्तं नमामि हरिं परम् ।। १२।१३।२३
३९) यो मन्त्र मायामोह निवारणका लागि हो ।
संसारसागरे मग्नं दीनं मां करुणानिधे ।
कर्ममोहगृहीताङ्गं मामुद्धर मामुद्धर भवार्णवात् ।। २७ ।। महा० ६।२७
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment