#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

अष्टमस्कन्धः

श्रीमद्भागवत महापुराण 
अष्टम स्कन्धको संक्षिप्त कथा
हरिकथामा मग्न भएका परीक्षितले शुकदेवजीलाई स्वयंभु मन्वंतरमा भएका अन्य मन्वंतरहरूको कथा सुनाउनको लागि प्रार्थना गरे । चौथो मन्वतारमा भगवानले गजेन्द्रलाई ग्राहाबाट मुक्त गर्नुभयो  । ग्राहको पीडाबाट छटपटिएको गजेन्द्रले मुक्तिका लागि भगवानको स्तुति गरे  । गजेन्द्रको स्तुतिबाट प्रसन्न भएर भगवान्ले ग्राहपासबाट गजेन्द्रलाई छुटाउनु भयो  । पूर्व कालमा गज र ग्रह क्रमशः राजा र गन्धर्व थिए  । 
चक्षुष मन्वंतरमा असुरहरूबाट परास्त भएका देवताहरूको पुनरुत्थानको लागि भगवानले समुद्र मन्थन गरी राक्षसहरूलाई अमृतबाट वञ्चित गरी मोहिनीको रूप धारण गर्नुभयो । यसमाथि देवसुरको भीषण युद्ध भयो, पछि सो युध्द नारदले रोकेका थिए । भगवान शिव भगवानको दिव्य मोहिनीरूपले मुग्ध भए, त्यसपछि भगवानको कृपाले उहाँ भ्रमको पाशबाट मुक्त हुनुभयो ।
शुकदेवजीले त्यसपछि सात मनु र मन्वन्तरका बारेमा वर्णन र मनुका विभिन्न कर्म आदिको वर्णन गरे । शुक्राचार्यले विश्वजित यज्ञको प्रभावले दैत्यका राजा बलिलाई इद्रको पदमा स्थापित गरेका थिए । यता देवी–माता अदितिले आफ्ना अपदस्थ छोराहरूको वैभव पुन प्राप्त गर्नका लागि कश्यपजी संग अनुरोध गरिन् । कस्यपजीले पयोव्रत लिन सल्लाह दिए । अदितिले पयोव्रत बसिन त्यसैको प्रभावबाट भगवानले वामनको रुप लिएर अदितिको घरमा प्रकट हुनुभयो । वामन भगवनान वलिको यज्ञमा जानु भयो बलिसंग तीन पाउ पृथ्वी माग्नुभयो । बलि जमिन दिन तयार भए तब भगवान् वामनले विश्वरुप धारण गरी सारा पृथ्वी र स्वर्गलाई दुई पाइलामा नापेर बलिलाई यज्ञमा बाँधेर राखे । तेस्रो चरणको लागि स्थानको माग्नुभयो त्यसपछि बालीले शिरोधार्य गरी तेस्रो चरणमा आफूलाई समर्पित गरे । भगवानले उनलाई देवताका लागि पनि दुर्लभ सुतललोकमा पठाउनुभयो र स्वयम् ’उपेन्द्र’ पदमा अभिषिक्त हुनुभयो । राजा सत्यव्रत स्नान तर्पणका बसेका बखत उनको हातमा सानो माछो पर्यो  । माछाको अनुरोध स्वीकार गरेर राजाले माछो आश्रममा ल्याए । पछि माछो कमण्डलु तलाउमा नअटेपछि पुन माछोलाई सागर मै छोडिदिए । माछोले भनेझै । सात दिनमा घनघोर पानी पर्यो । त्यहाँ एउटा डुंगा आयो, राजा डुंगामा बसे सप्तर्षिहरु पनि आए, उपदेश दिए । अन्त्यमा मत्स्यावतार भगवान् ले हयग्रीवबाट वेद खोसेर ब्रह्माजीलाई दिनुभयो ।