/#blog-pager, .newer-posts, .older-posts, .post-footer-line-1, .post-footer-line-2, .post-footer-line-3 { display: none !important; } .PageList, .Tabs, .tabs-inner, [id^='PageList'] { display: none !important; height: 0 !important; margin: 0 !important; padding: 0 !important; } .main-column-left { position: -webkit-sticky !important; position: sticky !important; top: 10px !important; height: fit-content !important; align-self: flex-start !important; } .content-fauxcolumns, .content-inner, .column-left-outer { overflow: visible !important; } /* पोस्टलाई टपमा टाँस्ने गरी मिलाइएको कोड */ .main-inner { padding-top: 0px !important; margin-top: 0px !important; } .main-inner .column-center-inner { padding-top: 0px !important; } /* शीर्षकलाई सिधै माथि धकेल्ने */ .post-outer { margin-top: -60px !important; } /* हेडरको तलको ग्याप मार्ने */ #header-inner { margin-bottom: -30px !important; } /* पोस्टको भित्री खाली ठाउँ हटाउने */ .post-body { padding-top: 0px !important; } --> }

॥ भागवत दर्शन ॥

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।
श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव।।

अष्टमस्कन्धः

श्रीमद्भागवत महापुराण 
अष्टम स्कन्धको संक्षिप्त कथा
हरिकथामा मग्न भएका परीक्षितले शुकदेवजीलाई स्वयंभु मन्वंतरमा भएका अन्य मन्वंतरहरूको कथा सुनाउनको लागि प्रार्थना गरे । चौथो मन्वतारमा भगवानले गजेन्द्रलाई ग्राहाबाट मुक्त गर्नुभयो  । ग्राहको पीडाबाट छटपटिएको गजेन्द्रले मुक्तिका लागि भगवानको स्तुति गरे  । गजेन्द्रको स्तुतिबाट प्रसन्न भएर भगवान्ले ग्राहपासबाट गजेन्द्रलाई छुटाउनु भयो  । पूर्व कालमा गज र ग्रह क्रमशः राजा र गन्धर्व थिए  । 
चक्षुष मन्वंतरमा असुरहरूबाट परास्त भएका देवताहरूको पुनरुत्थानको लागि भगवानले समुद्र मन्थन गरी राक्षसहरूलाई अमृतबाट वञ्चित गरी मोहिनीको रूप धारण गर्नुभयो । यसमाथि देवसुरको भीषण युद्ध भयो, पछि सो युध्द नारदले रोकेका थिए । भगवान शिव भगवानको दिव्य मोहिनीरूपले मुग्ध भए, त्यसपछि भगवानको कृपाले उहाँ भ्रमको पाशबाट मुक्त हुनुभयो ।
शुकदेवजीले त्यसपछि सात मनु र मन्वन्तरका बारेमा वर्णन र मनुका विभिन्न कर्म आदिको वर्णन गरे । शुक्राचार्यले विश्वजित यज्ञको प्रभावले दैत्यका राजा बलिलाई इद्रको पदमा स्थापित गरेका थिए । यता देवी–माता अदितिले आफ्ना अपदस्थ छोराहरूको वैभव पुन प्राप्त गर्नका लागि कश्यपजी संग अनुरोध गरिन् । कस्यपजीले पयोव्रत लिन सल्लाह दिए । अदितिले पयोव्रत बसिन त्यसैको प्रभावबाट भगवानले वामनको रुप लिएर अदितिको घरमा प्रकट हुनुभयो । वामन भगवनान वलिको यज्ञमा जानु भयो बलिसंग तीन पाउ पृथ्वी माग्नुभयो । बलि जमिन दिन तयार भए तब भगवान् वामनले विश्वरुप धारण गरी सारा पृथ्वी र स्वर्गलाई दुई पाइलामा नापेर बलिलाई यज्ञमा बाँधेर राखे । तेस्रो चरणको लागि स्थानको माग्नुभयो त्यसपछि बालीले शिरोधार्य गरी तेस्रो चरणमा आफूलाई समर्पित गरे । भगवानले उनलाई देवताका लागि पनि दुर्लभ सुतललोकमा पठाउनुभयो र स्वयम् ’उपेन्द्र’ पदमा अभिषिक्त हुनुभयो । राजा सत्यव्रत स्नान तर्पणका बसेका बखत उनको हातमा सानो माछो पर्यो  । माछाको अनुरोध स्वीकार गरेर राजाले माछो आश्रममा ल्याए । पछि माछो कमण्डलु तलाउमा नअटेपछि पुन माछोलाई सागर मै छोडिदिए । माछोले भनेझै । सात दिनमा घनघोर पानी पर्यो । त्यहाँ एउटा डुंगा आयो, राजा डुंगामा बसे सप्तर्षिहरु पनि आए, उपदेश दिए । अन्त्यमा मत्स्यावतार भगवान् ले हयग्रीवबाट वेद खोसेर ब्रह्माजीलाई दिनुभयो । 

ॐ अध्यात्म ज्ञान भण्डार ॐ

No comments:

Post a Comment

JavaScript // यस्तो खालको कोड खोज्नुहोस् var allLinks = document.getElementsByTagName("a"); ... display = "none"; ...