#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

श्रीमद्भागवत महापुराण
षष्ठः स्कन्धः – पञ्चदशोऽध्यायः



चित्रकेतवेऽङ्गिरोनारदयोरुपदेशः –



श्रीशुक उवाच –                                                                                                                                               (अनुष्टुप्)
ऊचतुर्मृतकोपान्ते पतितं मृतकोपमम् ।
शोकाभिभूतं राजानं बोधयन्तौ सदुक्तिभिः ॥ १ ॥

शुकदेवजी भन्नुहुन्छ–
परीक्षित् ! महाराज चित्रकेतु शोकग्रस्त भएर मुर्दा समान बसेको अवस्थामा त्यहाँ उनलाई महर्षि अङ्गिरा र देवषि नारदले सम्झाउँन लागे ।।१।।

कोऽयं स्यात् तव राजेन्द्र भवान् यमनुशोचति ।
त्वं चास्य कतमः सृष्टौ पुरेदानीमतः परम् ॥ २ ॥

राजेन्द्र ! जसको लगि तिमी यस्तो शोक गरिरहेका छौ, त्यो बालक यस नन्म र पहिलाको जन्ममा तिम्रो को थियो ? तिमी उसका को थियौ ? र पछिको जन्ममा तिम्रो उ संग के सम्बन्ध रहन्छ ? ।।२।।

यथा प्रयान्ति संयान्ति स्रोतोवेगेन वालुकाः ।
संयुज्यन्ते वियुज्यन्ते तथा कालेन देहिनः ॥ ३ ॥

जसरी जलको वेगले वालुवाका कणहरू एक आपसमा मिल्छन र फेरी छुटिन्छन त्यसरी नै समयको प्रवाहमा प्राणीहरूको मिलन र विछोड भैरहन्छ ।।३।।

यथा धानासु वै धाना भवन्ति न भवन्ति च ।
एवं भूतेषु भूतानि चोदितान् ईशमायया ॥ ४ ॥

राजन् ! जसरी कुनै एउटा बिउबाट अर्को बिउ उत्पन्न हुन्छ र नष्ट हुन्छ त्यसरी नै भगवान्को मायाले प्रेरित भएर एक प्राणीबाट अरु प्राणीहरू उत्पन्न हुन्छ र नष्ट हुन्छन ।।४।।

वयं च त्वं च ये चेमे तुल्यकालाश्चराचराः ।
जन्ममृत्योर्यथा पश्चात् प्राङ्नैवमधुनापि भोः ॥ ५ ॥

राजन ! हामी, तिमी र हामीहरू सहित यसलोकमा जति पनि प्राणीहरू छन ती सबै यो जन्म भन्दा पहिले पनि थिएनन र मरे पछिपनि हुदैनन । यस समय पनि उसको अस्तित्व छैन किनकि सत्य वस्तु त सधैभरि एकरूपले रहिरहन्छ भन्ने कुरा यसबाट थाहा हुन्छ ।।५।।

भूतैर्भूतानि भूतेशः सृजत्यवति हन्त्यजः ।
आत्मसृष्टैरस्वतन्त्रैः अनपेक्षोऽपि बालवत् ॥ ६ ॥

भगवान् नै सबै प्राणीहरूका अधिपति हुन । वहाँमा जन्म मृत्यु आदि विकार हुदैन । वहाँमा कुनैकुराको इच्छा वा चाहना हुदैन ता पनि साना बालकहरूले खेलैना बनाएर बिगारेझैं आफैं अन्य प्राणीहरूको सृष्टि गर्नुहुन्छ र आफैं नै पालन तथा संहार गर्नुहुन्छ । ।।६।।

देहेन देहिनो राजन् देहाद् देहोऽभिजायते ।
बीजादेव यथा बीजं देह्यर्थ इव शाश्वतः ॥ ७ ॥

परीक्षित् जसरी एक बीजबाट अर्को बीज उत्पन्न हुन्छ त्यसरी नै पिताको देहद्वारा माताको देहबाट पुत्रको देह उत्पन्न हुन्छ । पिता माता र पुत्र जीवको रूपमा देही र बाहिरी दृष्टिले केवल शरीर । त्यसमा देही जीव घट आदि व्यक्तिहरूको विवाद केवल कल्पना मात्र हो ।।७।।

देहदेहिविभागोऽयं अविवेककृतः पुरा ।
जातिव्यक्तिविभागोऽयं यथा वस्तुनि कल्पितः ॥ ८ ॥

त्यसै प्रकार यो शरीर असत्य छ र असत्य भएका कारण यो देही र देहको विभाग पनि अनादि एवं अविद्याकल्पित हो यसैले असत्य वस्तुमा शोक गर्नु राम्रो होइन ।।८।।

श्रीशुक उवाच –
एवं आश्वासितो राजा चित्रकेतुर्द्विजोक्तिभिः ।
विमृज्य पाणिना वक्त्रं आधिम्लानमभाषत ॥ ९ ॥

शुकदेवजी भन्नुहुन्छ–
राजन् ! महर्षि अङ्गिरा र देवर्षि नारदले यस प्रकार राजा चित्रकेतुलाई सम्झाए बुझाए उनलाई  केहि शान्त भयो र धैर्य धारण गरेर शोकलाई त्यागेर हातले मुख पुछेर उनले भने ।।९।।

श्रीराजोवाच–
कौ युवां ज्ञानसम्पन्नौ महिष्ठौ च महीयसाम् ।
अवधूतेन वेषेण गूढौ इह समागतौ ॥ १० ॥

राजा चित्रकेतुले  भने–
तपाईहरू दुबै परम ज्ञानवान् र महान भन्दापनि महान हुनुहुन्छ तथा आफुलाई अवधूत भेषमा लुकाएर यहाँ आउँनु भएको छ । कृपा गरेर मलाई भन्नुहोस, तपाईहरूको हुनुहुन्छ ।।१०।।

चरन्ति ह्यवनौ कामं ब्राह्मणा भगवत्प्रियाः ।
मादृशां ग्राम्यबुद्धीनां बोधायोन्मत्तलिङ्गिनः ॥ ११ ॥

म जान्दछु कि धेरै भगवानका प्यारा ब्रम्हवेत्ता म जस्तो विषयाशक्त प्राणिहरूलाई उपदेश दिनका लागि अवधूत भेष बनाएर पृथ्वीमा स्वच्छन्दसंग डुल्दछन ।।११।।

कुमारो नारद ऋभुः अङ्गिरा देवलोऽसितः ।
अपान्तरतमो व्यासो मार्कण्डेयोऽथ गौतमः ॥ १२ ॥

वसिष्ठो भगवान् रामः कपिलो बादरायणिः ।
दुर्वासा याज्ञवल्क्यश्च जातुकर्णस्तथाऽऽरुणिः ॥ १३ ॥

रोमशश्च्यवनो दत्त आसुरिः सपतञ्जलिः ।
ऋषिर्वेदशिरा बोध्यो मुनिः पञ्चशिखस्तथा ॥ १४ ॥

हिरण्यनाभः कौसल्यः श्रुतदेव ऋतध्वजः ।
एते परे च सिद्धेशाः चरन्ति ज्ञानहेतवः ॥ १५ ॥

सनत्कुमार, नारद, ऋभु, अङ्गिरा देवल, असित, व्यास, मार्कण्डेय, गौतम वसिष्ठ, भगवान् परशुराम, कपिलदेव, शुकदेव, दुर्वासा, याज्ञवल्क्य, जातुकण्र्य, आरुणि, रोमश, च्यवन, दत्तात्रेय, आसुरि, पतञ्जलि, वेदशिरा, बोध्यमुनि, पञ्चशिरा, हिरण्यनाभ, कौसल्य, श्रुतदेव र ऋतध्वज यी सबै तथा अरु सिद्धेश्वर ऋषि–मुनिहरू ज्ञानदान गर्नका लागि पृथ्वीमा डुलिरहन्छन ।।१२।१३।।

तस्माद् युवां ग्राम्यपशोः मम मूढधियः प्रभू ।
अन्धे तमसि मग्नस्य ज्ञानदीप उदीर्यताम् ॥ १६ ॥

हे प्रभो ! म विषय भोगमा फसेको मूढबुद्धि ग्राम्य पशु समान हूँ र अज्ञानको घोर अन्धकारमा डबिरहेको छु । तपाईहरूले मलाई ज्ञानको ज्योतिबाट प्रकाशको केन्द्रमा ल्याउनुहोस ।।१६।।

श्रीअङ्गिरा उवाच–
अहं ते पुत्रकामस्य पुत्रदोऽस्म्यङ्गिरा नृप ।
एष ब्रह्मसुतः साक्षात् नारदो भगवान् ऋषिः ॥ १७ ॥

अङ्गिराले भने–
राजन् जुन समय तिमी पुत्रको लागि धेरै इच्छुक भएका थियौ, त्यसबेला मैले नै तिमीलाई छोरा दान दिएको थिएं ।  म अङ्गिरा हुँ । तिम्रो अगाडि जो खडा छन उनी स्वयं ब्रम्हाजीका छोरा देवर्षि नारद हुन ।।१७।।

इत्थं त्वां पुत्रशोकेन मग्नं तमसि दुस्तरे ।
अतदर्हमनुस्मृत्य महापुरुषगोचरम् ॥ १८ ॥

अनुग्रहाय भवतः प्राप्तौ आवां इह प्रभो ।
ब्रह्मण्यो भगवद्भक्तो नावसीदितुमर्हसि ॥ १९ ॥

तिमी पुत्रशोकका कारण धेरै अज्ञानको अन्धकारमा डुबेको देखेर भगवान्का भक्तले यसो गर्नु उचित होइन भन्ने संझि तिमीलाई अनुग्रह गर्नका लागि नै हामी दुबै यहाँ आएका हौं । राजन् सत्य कुरा त यो हो कि जो भगवान् र ब्राम्हणका भक्त छन् उनहरूले कुनै कुरामा पनि शोक गर्न हुदैन ।।१८।१९।।

तदैव ते परं ज्ञानं ददामि गृहमागतः ।
ज्ञात्वान्याभिनिवेशं ते पुत्रमेव ददावहम् ॥ २० ॥

जब पहिले म तिम्रो घरमा आएको थिएं, त्यसबेला नै मैले तिमीलाई परम ज्ञानको उपदेश दिन्थें तर त्यतिबेला मैले तिम्रो हृदयमा पुत्रको उत्कट लालसा देखेंर तिमीलाई ज्ञान नदिएर मैले पुत्र नै दिएं ।।२०।।

अधुना पुत्रिणां तापो भवतैवानुभूयते ।
एवं दारा गृहा रायो विविधैश्वर्यसम्पदः ॥ २१ ॥

शब्दादयश्च विषयाः चला राज्यविभूतयः ।
मही राज्यं बलं कोशो भृत्यामात्याः सुहृज्जनाः ॥ २२ ॥

हे राजन ! छोरा भएकालाई कति दुःख हुन्छ भन्ने कुरा अब तिमी स्वयं अनुभव गरिरहेका छौ । यहि कुरा स्त्री, घर, धन, अनेक प्रकारको ऐश्वर्य सम्पत्तिहरू, शव्द, रूप रस आदि विषय, राज्यवैभव, पृथ्वी, राज्य, सेना, खजाना, सेवक, अमात्य, संग सम्बन्धि, इष्ट मित्र सबैको लागि हो । किनकि यो सबै अनित्य हो ।।२१।२२।।

सर्वेऽपि शूरसेनेमे शोकमोहभयार्तिदाः ।
गन्धर्वनगरप्रख्याः स्वप्नमायामनोरथाः ॥ २३ ॥

दृश्यमाना विनार्थेन न दृश्यन्ते मनोभवाः ।
कर्मभिर्ध्यायतो नाना कर्माणि मनसोऽभवन् ॥ २४ ॥

शूरसेन ! त्यसैले यी सबै शोक, मोह, भय र दुःखको कारण हुन र कल्पित र झुटा हुन । किनकि यो नहुँदा पनि देखा पर्दछ, एकै छिन देखा पर्दछ र फेरी हराउँदछ । यो गन्धर्भ नगर स्वप्न, जादु र मनोरथको वस्तु जस्तै सधैं सधैं असत्य हो । जो मानिस कर्म वासनाहरूले प्रेरित भएर विषयको चिन्तन गर्दछ, उसको मनले अनेक प्रकारको कर्मको सृष्टि गर्दछ ।।२३।२४।।

अयं हि देहिनो देहो द्रव्यज्ञानक्रियात्मकः ।
देहिनो विविधक्लेश सन्तापकृदुदाहृतः ॥ २५ ॥

तस्मात् स्वस्थेन मनसा विमृश्य गतिमात्मनः ।
द्वैते ध्रुवार्थविश्रम्भं त्यजोपशममाविश ॥ २६ ॥

जीवात्माको यो देह पञ्चभूत, ज्ञानेन्द्रिय र कर्मेन्द्रियको संघात हो । यसैले जीवलाई अनेक प्रकारको क्लेश र सन्ताप दिने भनि भनिन्छ । त्यसैले तिमीले आफ्नो मनलाई विषयमा लाग्न बाट रोकेर शान्त होउ र फेरी त्यस मन द्वारा आफ्नो वास्तविक स्वरूपको विचार गर । यो द्वैत वस्तुलाई छोडेर परमशान्ति स्वरूप परमात्मामा मन लगाउ ।।२६।।


श्रीनारद उवाच–
एतां मन्त्रोपनिषदं प्रतीच्छ प्रयतो मम ।
यां धारयन् सप्तरात्राद् द्रष्टा सङ्कर्षणं प्रभुम् ॥ २७ ॥

देवर्षि नारदले भने–                                                                                                                     
राजन्  तिमी एकाग्र चित्तले म बाट यो मन्त्रोपनिषद ग्रहण गर । यसलाई धारण गर्नाले सात रातमा नै तिमीलाई भगवान् सङ्कर्षणदेवको दर्शन मिल्छ ।।२७।।

नरेन्द्र ! प्राचीन कालमा भगवान् शंकर आदिले श्री शङ्कर्षणको चरणकमलको आश्रय लिएका थिए । जसले गर्दा उनले द्वैतभावलाई त्यागिदिए र वहाँको महिमाको प्राप्त गरे । यो भन्दा बढ्ता अरु कुनै छैन र समान पनि छैन । तिमी पनि चाँढै नै भगवान्को त्यहि परमपद प्राप्त गर्दछौ ।।२८।।

(वसंततिलका)
यत्पादमूलमुपसृत्य नरेन्द्र पूर्वे
     शर्वादयो भ्रममिमं द्वितयं विसृज्य ।
सद्यस्तदीयमतुलानधिकं महित्वं
     प्रापुर्भवानपि परं न चिरादुपैति ॥ २८ ॥ 
                                                                                                           
 इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
षष्ठस्कन्धे चित्रकेतुसान्त्वनं नाम पञ्चदशोऽध्यायः ॥ १५ ॥