/* पुराना सबै बटनहरू र फुटरका अनावश्यक लिङ्कहरू हटाउन */ #blog-pager, .blog-pager, .post-footer-line-1, .post-footer-line-2, .post-footer-line-3, .newer-posts, .older-posts { display: none !important; visibility: hidden !important; height: 0 !important; margin: 0 !important; padding: 0 !important; } /* पुराना सबै केरमेर र मेनुलाई पूर्ण रूपमा लुकाउन */ .PageList, .Tabs, .tabs-inner, .widget.PageList, [id^='PageList'] { display: none !important; visibility: hidden !important; height: 0 !important; margin: 0 !important; padding: 0 !important; overflow: hidden !important; } -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव।।

उपनिषद दर्शन

उपनिषद् दर्शन
उपनिषद् वेदको अन्तिम भाग हो । यसैले वेदलाई वेदान्तदर्शन पनि भनिन्छ । 
वेदका मूल विषयहरुको सार उपनिषद्मा भरिएकोहुँदा वेदान्त दर्शन भनिएको हो । 
उपनिषद शब्दको परिभाषा गर्दा यो उप नि र सदको संयोजनबाट उपनिषद् शब्द बनेकोहो । जसको अर्थ हुन्छ उप नजिक नि श्रध्दा र सद् बस्नु शिष्य गुरुको नजिक गएर उपदेशका लागि श्रध्दा संग बस्नु । उपनिषद्का रचयिताको बारेमा खासै कुनै ब्यक्ति विषेशको भूमिका पाँइदैन । प्राचीन ऋषिहरुको शिष्यहरुसंगको वार्तालाप र आत्मज्ञान, ब्रह्मज्ञान र विभिन्न तत्वज्ञानका विषयहरु प्रमुखरुपमा रहेकाछन् । श्रीकृष्णले अर्जुनलाई दिनुभएका तत्वज्ञानहरु पनि उपनिषद् भित्रैका विषयहरु भएकोले यसका विस्तारकका रुपमा  ब्यासजी लाइ नै मान्न सकिनछ । 
उपनिषद् दार्शनिक विचारधारा,एवं धार्मिक बिचारहरुले भरिएका छन् । तर कुनै पनि कृतिहरु क्रमबधदरुपमा भने छैनन् । एक उपनिषद र अर्को उपनिषदको विषयमा अन्तर हुनुकासाथै बिचारमा पनि फरक फरक दृष्टिकोणबाट चर्चा गरिएकाछन् । तर जे भए पनि उपनिषद्लाइ दार्शनिक पक्षबाट केलाउदा आर्य साहित्यको अनमोल निधिका रुपमा लिइन्छ । 
उपनिषद्को महत्व 
बैदिक आर्य ग्रन्थमा यस्तो ग्रन्थ छैन जसको मूलरुपमा उपनिषद्मा वर्णन गरिएको छैन । न्याय, वैशेषिक, सांख्ययोग, अद्वैत, विशिष्टाद्वैत आदि लिएर बौध्द जैन दर्शनको पनि प्राय सवै सिध्दान्त उपनिषद्मा पाइन्छन् । 
सांख्यदर्शनको त्रिगुणमयी प्रकृतिको वर्णन .अद्वैत दर्शन), रामनुजको विशिष्टाद्वैतको दर्शन बौध्द दर्शनको अनात्मवाद (क्षणिकवाद), को वर्णन कठोपनिषद, स्वेतास्वतरोपनिषद्, र छान्दोग्यो पनिषदमा पाईन्छ । त्यसैले उपनिषद् पूर्वीय दर्शनसाहित्यको मार्गदर्शनको रुप हो । उपनिषद्को वास्तविक लक्ष भनेको मानवीय आत्मालाई शान्ति दिलाउनु नै हो । वैदिककाल देखिनै जवजव धर्तिमा राजनितिक प्रकोप हुन्छ । जव कुनैपनि घटनाले मानवीय भावना आहत हुन्छ त्यतिवेला समाजको लागि वा व्यक्तिको लागि प्रमुख सहारा भनेकै शान्ति हो । त्यही शान्ति प्राप्तिकालागि ठूला ठूला विद्वान एवं दार्शनिकहरुले यही उपनिषदको सहारा लिन्छन् । पूर्वीसाहित्यमा मात्र नभई पश्चिमी साहित्यकार एवं दार्शनिकहरु सोपनहावर, ब्लुम फिल्ड, म्याकोडेनेल, म्याक्समुलर जस्ता विद्वानहले पनि उपनिषद्को बारेमा मुग्दकण्ठले प्रशंसा गरेका छन् । “ ष्ल तजभ धजयभि धयचमि तजभचभ ष्क लय कतगमथ कय दभलभाष्अष्ब िबलम कय भभिखबतष्लन बक तजबत या गउष्लबकबम। ष्त जबक दभभल तजभ कयबिअभ या mथ षिभ, ष्त धष्िि दभ तजभ कयबिअभ या mथ मभबतज ।९कजयउबलजयभच०
आर्य संस्कृतिको मुख्य प्रवृत्ति भनेकै आध्यात्मिक हो र सवै उपनिषद्हरुले पनि अध्यात्मवादकै प्रतिनिधित्व गर्दछन् । 

बेद र उपनिषद् दर्शनमा भिन्नता 
आदिमकाल देखिनै मानवको जीवनशैली र कर्मपद्धति वेदमा आधारित छन् । तर उपनिषद् कर्मकाण्डको विरुध्दमा छ । यही कारणले गर्दा वेद र उपनिषद्को दृष्टिकोण फरक छन् । 
१. वेदको आधार कर्म हो । वेदमा यज्ञको विधिविधान, स्तुति, प्रार्थनाका बारेमा भलिभाँति वर्णन गरिएको छ । तर उपनिषदको आधार ज्ञान हो । जीवन संबन्धि चिन्तनलाई उपनिषदले जोड दिएको छ । उपनिषद मूलतः दर्शनशास्त्र हो । 
२. वेदका ऋषिहरु बहुदेववादि छन उनीहरुको मूख्य दृष्टि प्रकृति प्रति छ । उनीहरुले प्रकृतिलाई विभिन्न उपासनाको विषय मानेका छन् । तर उपनिषदका ऋषिहरु प्रकृतिलाई भन्दाबढि आत्मालाई केन्द्रका रुपमा लिन्छन् उनीहरु आत्मा नै इश्वर देख्छन् । त्यसैले वैदिक धर्म बहिर्मुखी हो भने उपनिषद्को धर्म अन्र्तमुखी हो । 
३ जीव र जगत प्रति पनि वेद र उपनिषदमा व्यापक भिन्नता पाइन्छ । वेदका ऋषिहरु सांसारिक भोग र ऐश्वर्य प्रति जागरुक छन् । तर यसको ठिक उल्टो उपनिषदका ऋषिहरु सांसारिक भोग र ऐश्वर्य प्रति उदाशिन देखन्छन् । वेदमा आशावादी झलक पाइन्छ भने उपनिषदमा निराशावादि प्रवृति मिल्छ ।  
उपनिषदको ब्रह्म ।
उपनिषद्ले ब्रह्मलाई परमतत्व मानेको छ । ब्रह्म नै एकमात्र सत्ता हो । ब्रह्म नै जगतको आधार हो । विश्वको कारण हो । भृगुजी आफ्ना पिता वरुणसंग गएर सोध्छन,यो सारा जगतको उत्पत्ति के बाट हुन्छ र अन्त्यमा के मा गएर मिल्दछ । उत्तरमा बरुणजी भन्नुहुन्छ लिह्यन्ते यत्र भुतानि निर्गच्छन्ति यतः पुनः । यस जगतमा प्राणीहरु जहाँबाट पैदा हुन्छन्  र फेरि जहाँ लिन हुन्छन् त्यही नै ब्रह्म हो । 
उपनिषदले ब्रह्मलाई दुईरुप मानिएको छ । १ पर ब्रह्म २ अपर ब्रह्म 
परब्रह्म असीम, निर्गुण, निर्विशेष र निष्प्रपन्च हो भने अपरब्रह्म ससीम, सगुण, सविशेष तथा सप्रपञ्च हो । परब्रह्म अमूर्त हो । अपरब्रह्म मूर्त हो । परब्रह्म स्थिर छ भने अपरब्रह्म चलायमान छ । परब्रह्म निर्गुण हुनुको कारण उपासनाको विषय होइन भने अपरब्रह्म सगुण भएका कारण उपासनाको विषय हो । परब्रह्मको व्याख्या “नेति नेति” भनेर गरिन्छ भने अपरब्रह्मको ब्याख्या “ईति ईति” भनेर गरिन्छ । परब्रह्मलाई “ब्रह्म” भनिन्छ भने अपरब्रह्मलाई “ईश्वर” भनिन्छ । तर वास्तविकता चाँहि परब्रह्म र अपरब्रह्म एक ब्रह्मका इुई पक्ष हुनु । उपनिषद्को ब्रह्म एक र अद्वितीय छ उ द्वैतबाट सुन्य छ, त्यो ब्रह्ममा ज्ञाता र ज्ञेय वीच भेद छैन एक मात्र सत्य हो । 
उपनिषदको ब्रह्म कालातीत छ । नित्य र शाश्वत छ । त्यो फेरि कालको अधिनमा छैन तर कालको आधार भने हो । उपनिषदमा ब्रह्मको सम्बन्धमा भनिएको छ “ब्रह्म” अणु भन्दा पनि सानो , विश्वभन्दा पनि ठुलो छ । विश्वमा व्याप्त छ तर विश्वबाट टाढा छ । त्यो पूर्व,पश्चिम,उत्तर र  दक्षिण सवैतिर छ फेरि दिशामामात्र सिमित छैन । 
उपनिषदको ब्रह्म अचल छ फेरि अचल भएर पनि गतिशील छ । त्यो स्थिर छ तर त्यो घुम्छ । त्यो यथार्थमा गतिहीन छ तर व्यवहारमा गतिमान छ । 
ब्रह्म प्रकट हुने स्थिति फरक फरक छ । सामान्यतया ब्रह्म चार किसिमले प्रकट हुन्छन् । ब्रह्म, ईश्वर, हिरण्यगर्भ र विराट चराचर भौतिक जगत विराट स्वरुप हो । बुध्दिको संसार हिरण्यगर्भ रुप हो । मनको संसार ईश्वर रुप हो र सर्वव्यापी चेतनाको संसार ब्रह्म हो । 
        ब्रह्म र आत्मा 
उपनिषद्का ऋषिहरुले जग्रत स्वप्न र सुषुप्ति अवस्थाको मनावैज्ञानिक विश्लेषण गरेर यो प्रमाणित गरेकाछन् कि आत्मचेतना नै परमतत्व हो आत्मचेतानाबाटै शारिरीक शक्ति प्राप्तहुन्छ । ज्ञान जगतको तत्व हो त्यही आत्मा हो । दोश्रो शव्दमा त्यसैलाई ब्रह्म भनिएको हो । 
ब्रह्म अनन्त छ, यो सबै सिमा बाट सून्य छ । यसो भनेर ब्रह्मालाई अज्ञेय भन्नु चाँहि भूल हुन्छ । उपनिषद् ज्ञानको आधारहो । ब्रह्मज्ञान प्राप्त गर्नु यसको लक्ष हो । 
उपनिषद्मा ब्रह्मको तीन स्वरुप बताइएको छ । त्यो हो विशुध्द सत्, विशुध्द चित् र विशुध्द आनन्द । जुन सत्, चित् र आनन्द हामी ब्यबहारमा पाँउदछौं त्यो ब्रह्मको जुन सत्, चित् र आनन्द होइन । ब्रह्मको सत् सांसारिक सत् बाट परहुन्छ । उसको चित् ज्ञाता र ज्ञेयको भेदबाट पर हुन्छ । ब्रह्म स्वभावत सत्, चित् र आनन्द भएकोले उसलाई सच्चिदानन्द भनिएको हो । 
उपनिषद्मा जीव र आत्मा सम्बन्धि विचार 
आत्मा र ब्रह्म वस्तुतः भिन्नरुप हो । उपनिषद्ले आत्मालाई चरमतत्व मानेको छ । तर पनि आत्मा र ब्रह्मको अभिन्नता प्रति जोड दिदै भनेको छ । (तत्वमसि) ”उही तिमी हौ“ । अहं ब्रह्मास्मि “मै ब्रह्म हुँ” (अयमात्मा बह्म) “यो आत्मा ब्रह्म हो” भन्ने वाक्यले आत्मा र ब्रह्म प्रति एकताको जोड दिएको छ । 
जीव र आत्मा

उपनिषद अनुसार जीव र आत्मा फरक हुन् । जीव वैयक्तिक आत्मा ( क्ष्लमष्खष्मगब िकभाि) हो भने आत्मा परमात्मा (कगउचझभ कभाि¬) हो । जीव र आत्मा एउटै शरीर भित्र अन्धकार र प्रकाश सरह निवास गर्दछ । जीव कर्मको फल भोग्दछ , सुख,दुःखको अनुभव गर्दछ । आत्मा यस्को ठिक उल्टो कुटस्थ छ । जीवन अज्ञानी हो । अज्ञानका कारणले सुख,दुःख र बन्धनको सामना गर्नु पर्छ । तर आत्मा कर्म,पुण्य,लाभ,हानि बाट पर छ । जीवात्माको भित्र रहेर पनि कुनै फल भोग्नु पर्दैन । यथार्थमा आत्मा जीवात्माले गरेको भोगको उदासीन साक्षी मात्र हो । 
जीवात्माको चार अवस्थाको संकेत उपनिषद्मा पाइन्छ ।  
१. जाग्रत अवस्था २.स्वप्न अवस्था ३.सुसुप्ति अवस्था ४.तुरिय अवस्था
जाग्रत अवस्थामा जीवलाई विश्व मानिएको छ । यसले बाहिरी इन्द्रिय द्वारा सांसारिक विषयको भोग गर्दछ । 
स्वप्न अवस्थामा जीवले आन्तरिक सूक्ष्म अवस्थाको वरेमा जान्दछ । भोग गर्दछ ।
सुसुप्ति अवस्थाको जीवात्मालाई प्रज्ञा भनिन्छ जुन सुध्द चित्तकोरुपमा विद्यमान भएर रहन्छ । यस अवस्थामा बाहिर र आन्तरिक अवस्थाको बारेमा थाहाहुदैन ।
तुरिय अवस्थाको जीवात्मालाई आत्मा भनिन्छ । त्यहि नै सुध्द चैतन्य हो । त्यहि नै ब्रह्म हो ।
तैतिरीय उपनिषदमा पाँच कोषको बर्णन पाँइन्छ ।
१. अन्नमय कोष  स्थूल शरीरलाई अन्नमय कोष भनिन्छ ।
२. प्राणमयकोषः जुन शरिर भित्र रहन्छ र यसले शरिरलाई गति दिन्छ चलायमान बनाउदछ ।
३. मनमयकोषः प्राणमयकोष भित्र मनमयकोष हुन्छ । यो मनमा निर्भर हुन्छ ।
४. विज्ञानमयकोषः यो मनमयकोष भित्र रहन्छ । यो बुध्दिप्रति आश्रित हुन्छ । यसले   ज्ञाता र ज्ञेय वीचमा फरक छुट्याउछ । जसमा ज्ञान निहित हुन्छ ।
५. आनन्दमयकोषः विज्ञानमयकोष भित्र आनन्दमयकोष हुन्छ । यो ज्ञाता र ज्ञेयको भेदबाट सून्य छ । यसमा आनन्दको निवास हुन्छ । यो पारमार्थिक र पूर्ण छ । यही वास्तविक आत्मा हो । यही आत्माको ज्ञान बाटै जीवात्मा बन्धनबाट छुटकारा पाउदछ । किनकि आत्माको वास्तविक स्वरुप आनन्द हो । आत्मा सुध्द सत, चित र आनन्दको समिश्रण हो । त्यसैले उपनिषदमा आत्मालाई सच्चिदानन्द भनिएको छ । 
बन्धन र मोक्ष 

बन्धन र मोक्ष उपनिषदको मुख्य विषय हो । अविद्या वन्धनको कारण हो । अविद्या बाटै अहंकार उत्पन्न हुन्छ र यही अहंकारले जीवनलाई ग्रस्त बनाइदिन्छ । जव जीव बन्धनमा रहन्छ त्यतिबेला उसले ब्रह्म, आत्मा र जगतको बारेमा थाहा पाउन सक्दैन । सबै किसिमका अहंकारबाट छुट्टि पाउने एकमात्र साधन विद्या हो । विद्या आर्जन गर्न र ब्यक्तित्व विकास गर्न नैतिक अनुशासनमा बस्नुपर्ने नै उपनिषद्को प्रमुख धेय हो । यो अनुशासन भित्र  सत्य, अहिंसा, अस्तेय, ब्रह्मचर्य, अपरिग्रह आदि छन् । सबै नीति नियमको पालना पछि मात्र जीव मोक्षको अवस्थामा पुग्छ त्यतिवेला उसलाई आफ्नो यथार्थ स्वरुपको बारेमा थाहा हुन्छ त्यसपछि ब्रह्मसंग तादात्म्यता हुन्छ । जव जीवले ब्रह्मको स्वरुपको बारेमा थाहा पाँउदछ त्यतिवेला उ स्वयं ब्रह्ममा गएर मिल्दछ । त्यहि मोक्ष हो त्यही मुक्ति हो । जसरी नदी समुन्द्रमा मिले पछि आफ्नो स्वरुपलाई छाडेर नदीबाट समुन्द्र बन्दछ जीव पनि आफनो स्वरुपलाई छाडेर ब्रह्ममा गएर मिल्छ । यसैलाई उपनिषद्ले आनन्दमय स्वरुप भनेको छ । 


ॐ अध्यात्म ज्ञान भण्डार ॐ

No comments:

Post a Comment