श्रीमद्भागवत महापुराण
सप्तम स्कन्धः संक्षिप्त कथा
परीक्षितले शुकदेवलाई प्रश्न गरे कि समदर्शी भगवानले देवताहरूका लागि भिन्नदृष्टि भएका राक्षसहरूको बध किन गर्नुभयो । तब शुकदेवजीले भने कि जब समय बित्दै जाँदा सत्वगुण बढ्दै जान्छ, तब भगवान सत्वप्रधान देवगणको उत्कर्ष र रजतम प्रधान असुरहरूको सहाराका लागि सहयोग गर्नु हुन्छ । शुकदेवले राजा परीक्षितलाई बताउनु हुन्छ, राजसूय यज्ञमा शिशुपालको मुक्ति देखेपछि युधिष्ठिरले आश्चर्य मान्दै नारदजीलाई सोध्नुभयो कि भगवद्वैरीको यस्तो शुभगति कसरी भयो ? तव नारदले बताउनु भयो कि शिशुपाल र दन्तवक्र विष्णु पार्षद जय विजय थिए, जो सनकादीको श्रापको श्रापका कारणले क्रमशः हिरण्यकशिपु, हिरण्यक्ष र रावण कुम्भकर्ण पनि भए । हिरण्यकश्यपुले कठोर तपस्या गरेर ब्रह्माजीबाट अमरत्वको वरदान प्राप्त गरे र निःसंदेह तिनैलोकमा शासन गर्न थाले । उनका छोरा प्रह्लाद परम भागवत थिए । हिरण्यकश्यपुले प्रह्लादलाई मार्न खोज्दा भगवानले नृसिहको रुप लिएर हिरण्यकश्यपुलाई मार्नु भएको थियो । प्रह्लाद सिंहासनमा अभिषेक भएका थिए । त्यसपछि नारदजीले युधिष्ठिरलाई चार वर्ण र नारीहरूको धर्मको उपदेश दिए । ब्रह्मचर्य र वानप्रस्थ आश्रमका नियमहरू व्याख्या गरी बताउँनुभयो । यती धर्म र गृहस्थको सदाचारको बारेमा निरुपण गर्नुभयो र गृहस्थीहरुको मोक्षधर्मको बारेमा विस्तृत व्याख्या गर्नुभयो ।