श्रीमदभागवत महापुराण
एकादश स्कन्धको संक्षिप्त कथा
महाभारतको युध्द पछि भगवानले ऋषिहरूको श्रापको बहानामा उच्छृंखल भएका आफ्नो यादव कुलको संहार गर्नु भयो। एक पटक वसुदेवजीले नारद संग यस भवसागरबाट मुक्तिको उपाय सोधे, त्यसपछि उनले राजा विदेह र ऋषभका नौ छोराहरूको प्राचीन कथा सुनाए । ती ऋषभ पुत्रहरूले क्रमशः भागवत धर्म, भक्तको लक्षण, माया, ब्रह्म, कर्म, भगवदवतार, भक्ति हीन पुरुषको गति र पूजा विधिको वर्णन गरे । जब श्रीकृष्णले परमधाम जाने निधो गर्नुभयो तव उद्धवले पनि साथमा जान आग्रह गर्न थाले । त्यसपछि श्रीकृष्णले उनलाई तत्वज्ञानको कथा सुनाउनु भयो । त्यसपछि भगवानले संसारको मिथ्यात्व निरुपण, वध्द र मुक्तको अवस्था र भक्तहरूको लक्षण, सत्संगमहिमा, कर्मानुष्ठान, कर्म त्यागको विधि, आत्मसाक्षात्कार, हंसोपारायण, ध्यानयोग, सिद्धि, विभूतिहरु, वर्णाश्रम र्धम, ज्ञानयोग,, कर्मयोग, भक्तियोग, द्रव्य, देश आदिको गुण र दोष, सांख्य योग आदिको विस्तृत गर्नुभयो । वैराग्योत्पादक उपाख्यान सुनाएपछि श्रीकृष्णले उद्धवलाई बदरिकाश्रम पठाउनु भयो । आपसमा लडाई गरेर यादव वंशको अन्त्य भयो र भगवान श्रीकृष्णआफ्नो स्वधाम जानुभयो ।