श्रीमद्भागवत महापुराण
नवमस्कन्धको संक्षिप्त कथा
परीक्षितले वैवस्वत मनुका वंश र उनको वंशमा जन्मेको नृपति गणको चरित्र वर्णन गर्नुभयो, त्यसपछि शुकदेवजीले वैवस्वत मनुका छोराहरू सुघुम्न, इक्ष्वाकु, शर्याति आदि को बारेमा बताउनु भयो । शर्यातिकी छोरी सुकन्याको विवाह च्यवन ऋषिसँग भएको थियो । शर्यातीका वंशज राजा ककुद्मीकी छोरी रेवतीको विवाह बलरामसँग भएको थियो । मनुका नाति, महाराज अम्बरीष परम भगवद्भक्त थिए, अम्वरिषको अहित गर्नाले दुर्वासाले ठुलो कष्ट भोग्नु परेको थियो । इक्ष्वाकु वंशमा मान्धता चक्रवर्तीे सम्राट बने । उनकी छोरीहरूको विवाह सौभरी ऋषिसँग भएको थियो । मान्धाताका वंशज त्रिशकु र हरिश्चन्द्र भए । हरिश्चन्द्रको वंशमा सागर भए । सागरका वंशज भगीरथले गगालाई पृथ्वीमा ल्याउन सफल भए । भगिरथ कै वंशा खट्वांग र उनका सन्तान दिलीप, रघु, अज, दशरथ र भगवान राम भए । यहाँ रामको चरित्रलाई संक्षेपमा बताइएका छ । त्यसपछि इक्ष्वाकु राज्यका बाँकी राजाहरूको वंशको वर्णन गरिएको छ । इक्ष्वाकुका छोरा निमी भए, निमिका छोरा जनक भए, उनी मिथिलाका राजा हुन् । यिनका वंशमा धेरै राजाहरू भए । यि सबै सूर्यवंशका कुरा भए । चन्द्रवंशमा पुरुरवा राजा बने । ऋचक ऋषिका पुत्र जमदग्नि र उनका पुत्र भगवान् परशुराम भए । परशुरामले सहस्रार्जुनलाई मारेर पृथ्वीलाई निक्षत्रिय बनाएका थिए । पुरुरवको वंशमा गाधि भए जसका छोरा विश्वामित्र भए । पुरुरवा कै वंशमा नहुष आदि थिए । नहुषाका छोरा ययाति भए । ययातिका यदु, पुरु आदि छोरा भए । पुरुको वंशमा दुष्यन्त र उनका छोरा भरत भए । परोपकारी रन्तिदेव पनि भरत वंशमा नै भए । भारतको वंशमा अजमिढ कुरु आदि भए । त्यही वंशमा शान्तनु भए । सन्तनुका भीष्म चित्रांगद र विचित्रविर्य नामका छोरा भए । माँभीकी छोरी सत्यवतीबाट पराशरका छोरा कृष्ण द्वैपायन र उनका छोराहरू धृतराष्ट्र पाण्डु र विदुर भए । पाण्डवका पाँच पाण्डव पुत्र भए र धृतराष्ट्रका दुर्योधनादि गरिएका छोरा भए । अर्जुनकी पत्नी सुभद्राबाट अभिमन्युको जन्म भएको थियो र अभिमन्युको उत्तराबाट एक छोरा परीक्षित भए । ययातिका छोराहरू यदु, अनु, द्रुह्य, तुवसु, भए । यदुकुलमा वृष्णी, चित्ररथ, देवमिढ आदि भए । देवमिढका छोरा शूर भए र शूरका वासुदेव भए । वासुदेवकी पत्नी देवकी थिइन्, उनीबाट भगवान श्रीकृष्णको जन्म भएको थियो ।