/#blog-pager, .newer-posts, .older-posts, .post-footer-line-1, .post-footer-line-2, .post-footer-line-3 { display: none !important; } .PageList, .Tabs, .tabs-inner, [id^='PageList'] { display: none !important; height: 0 !important; margin: 0 !important; padding: 0 !important; } .main-column-left { position: -webkit-sticky !important; position: sticky !important; top: 10px !important; height: fit-content !important; align-self: flex-start !important; } .content-fauxcolumns, .content-inner, .column-left-outer { overflow: visible !important; } /* पोस्टलाई टपमा टाँस्ने गरी मिलाइएको कोड */ .main-inner { padding-top: 0px !important; margin-top: 0px !important; } .main-inner .column-center-inner { padding-top: 0px !important; } /* शीर्षकलाई सिधै माथि धकेल्ने */ .post-outer { margin-top: -60px !important; } /* हेडरको तलको ग्याप मार्ने */ #header-inner { margin-bottom: -30px !important; } /* पोस्टको भित्री खाली ठाउँ हटाउने */ .post-body { padding-top: 0px !important; } --> }

॥ भागवत दर्शन ॥

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।
श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव।।

नवमस्कन्धः

 श्रीमद्भागवत महापुराण 
नवमस्कन्धको संक्षिप्त कथा

परीक्षितले वैवस्वत मनुका वंश र उनको वंशमा जन्मेको नृपति गणको चरित्र वर्णन गर्नुभयो, त्यसपछि शुकदेवजीले वैवस्वत मनुका छोराहरू सुघुम्न, इक्ष्वाकु, शर्याति आदि को बारेमा बताउनु भयो । शर्यातिकी छोरी सुकन्याको विवाह च्यवन ऋषिसँग भएको थियो  । शर्यातीका वंशज राजा ककुद्मीकी छोरी रेवतीको विवाह बलरामसँग भएको थियो  । मनुका नाति, महाराज अम्बरीष परम भगवद्भक्त थिए, अम्वरिषको अहित गर्नाले दुर्वासाले ठुलो कष्ट भोग्नु परेको थियो । इक्ष्वाकु वंशमा मान्धता चक्रवर्तीे सम्राट बने । उनकी छोरीहरूको विवाह सौभरी ऋषिसँग भएको थियो । मान्धाताका वंशज त्रिशकु र हरिश्चन्द्र भए । हरिश्चन्द्रको वंशमा सागर भए । सागरका वंशज भगीरथले गगालाई पृथ्वीमा ल्याउन सफल भए । भगिरथ कै वंशा खट्वांग र उनका सन्तान दिलीप, रघु, अज, दशरथ र भगवान राम भए । यहाँ रामको चरित्रलाई संक्षेपमा बताइएका छ । त्यसपछि इक्ष्वाकु राज्यका बाँकी राजाहरूको वंशको वर्णन गरिएको छ । इक्ष्वाकुका छोरा निमी भए, निमिका छोरा जनक भए, उनी मिथिलाका राजा हुन् । यिनका वंशमा धेरै राजाहरू भए । यि सबै सूर्यवंशका कुरा भए । चन्द्रवंशमा पुरुरवा राजा बने । ऋचक ऋषिका पुत्र जमदग्नि र उनका पुत्र भगवान् परशुराम भए । परशुरामले सहस्रार्जुनलाई मारेर पृथ्वीलाई निक्षत्रिय बनाएका थिए । पुरुरवको वंशमा गाधि भए जसका छोरा विश्वामित्र भए । पुरुरवा कै वंशमा नहुष आदि थिए । नहुषाका छोरा ययाति भए । ययातिका यदु, पुरु आदि छोरा भए  । पुरुको वंशमा दुष्यन्त र उनका छोरा भरत भए । परोपकारी रन्तिदेव पनि भरत वंशमा नै भए  । भारतको वंशमा अजमिढ कुरु आदि भए । त्यही वंशमा शान्तनु भए । सन्तनुका भीष्म चित्रांगद र विचित्रविर्य नामका छोरा भए । माँभीकी छोरी सत्यवतीबाट पराशरका छोरा कृष्ण द्वैपायन र उनका छोराहरू धृतराष्ट्र पाण्डु र विदुर भए । पाण्डवका पाँच पाण्डव पुत्र भए र धृतराष्ट्रका दुर्योधनादि गरिएका छोरा भए । अर्जुनकी पत्नी सुभद्राबाट अभिमन्युको जन्म भएको थियो र अभिमन्युको उत्तराबाट एक छोरा परीक्षित भए । ययातिका छोराहरू यदु, अनु, द्रुह्य, तुवसु, भए । यदुकुलमा वृष्णी, चित्ररथ, देवमिढ आदि भए । देवमिढका छोरा शूर भए र शूरका वासुदेव भए  । वासुदेवकी पत्नी देवकी थिइन्, उनीबाट भगवान  श्रीकृष्णको जन्म भएको थियो ।

ॐ अध्यात्म ज्ञान भण्डार ॐ

No comments:

Post a Comment

JavaScript // यस्तो खालको कोड खोज्नुहोस् var allLinks = document.getElementsByTagName("a"); ... display = "none"; ...