श्रीमदभागवत महापुराण
दशमस्कन्धको संक्षिप्त कथा
परीक्षितले यदुवंशमा जन्मेका श्री कृष्णको चरित्र वर्णन गर्न शुकदेवजीलाई प्रार्थना गरे, त्यसपछि परीक्षितको प्रश्नको उत्तर दिदैं शुकदेवले भने, हेराजन १ उन्मत्त राजाहरूको रूपमा असुर दैत्यहरुको अत्याचार बढ्दै गएको थियो, कंश आफ्नी बहिनी देवकीलाई पुर्याउन भनि जाँदा आकासवाणी भयो कि जसलाई तँ पुर्याउन भनि जादैछस् । उसैको आठौं गर्वबाट तेरो मृत्यु हुनेछ । कंसले बहिनी ज्वाईलाई कारागारमा थुन्यो । तब भगवानले देवकीको गर्भबाट कारागारमा अवतार लिनुभयो । कंशको डरले श्रीकृष्णलाई मथुराबाट गोकुल लगियो । त्यहीँ उनको वाल्यकालको जीवन बित्यो । बाल्यकालमा श्रीकृष्णले पुतना र त्रिणावर्तको वध गरी शंकट भंजन गरेका थिए । यशोदामाताले भगवान् श्रीकृष्णलाई ओखलमा बाँधिदिनु भएका बखतमा यमर्लाजुको उद्धार भयो । श्रीकृष्णले वात्मासुर, बकासुर र अघासुर आदिको वध गर्नुभयो । एक पटक भगवान ब्रह्माले श्रीकृष्णको लीला हेर्ने उद्देश्यले गाई र बाछो चोरेर लुकाई दिए, त्यसपछि भगवानले आफ्नो ऐश्वर्यल स्वतन्त्र रूपमा त्यस्तै खालका बाच्छा रचना गर्नुभयो । भगवान्को यस्तो लीला देखेर ब्रह्माजीको मोह हटेर गयो त्यसपछि ब्रह्माजीले कृष्णको स्तुति गरे । भगवानले धेनुकको वध गरी कालिया नागबाट गोप बच्चाहरूलाई बचाउनु भयो र ब्रजवासी र गौहरूलाई वनको आगोबाट ९दावानल० बचाउनु भयो । प्रलम्बासुरको वध गर्नुभयो । वर्षा पछि, शरद ऋतुमा, भगवानले वेणुवदन र चिर हरण आदि लीला गर्नुभयो । यज्ञपत्नीहरुमाथि कृपा गर्नुभयो । इन्द्रको घमण्ड चूर्ण गर्नका गोवर्धन धारण गर्नुभयो । त्यसपछि इन्द्र भगवानको शरणमा परे । शरद ऋतुको रातमा भगवानले आफ्नो विश्व विमोहन रास गर्नुभयो । जब भगवान बीचमा अन्तर्धान हुनुभयो तव गोपीहरूले उहाँलाई करुणाको गीत गाएर आह्वान गरे, तब भगवान प्रकट हुनुभयो र ’महारास’ गर्नुभयो । त्यसपछि भगवानले सुदार्सन नामक विद्याधरलाई बचाउनुभयो र शकचुड नामक कुबेरका सेवक अरिष्टासुर केशीलाई मार्नु भयो । नारदले भगवानको स्तुति गरे । यसैबीच, कंसको आदेशले अक्रुरले रामले कृष्णलाई मथुरामा ल्याए । त्यहाँ उनले कुब्ज प्रति कृपा गर्नुभयो , कुवलयापीठको बध गर्नुधयो र अन्तमा धेरै मल्लहरू सहित मामा कासलाई पनि मारिदिनुभयो । यसपछि भगवानको यज्ञोपवीत र विद्याध्यायन भयो । त्यसपछि श्रीकृष्णले फेरी आफ्ना प्रिय मित्र उद्धवलाई ब्रजवासिहरुलाई सान्त्वना दिनको लागि ब्रजमा पठाए । त्यहाँ गोपीहरूको कृष्ण प्रतिको प्रेम देखेर अति भावुक हुँदै मथुरा फर्किए । फेरी श्रीकृष्णले हस्तिनापुरमा कौरव र पाण्डवको हालखवर बुझ्न अक्रुरलाई हस्तिनापुर पठाउनु भयो ।
दशमस्कन्ध–उत्तरार्ध
उत्तरार्धमा, कंसको मृत्युबाट क्रोधित जरसंघले आफ्ना अधिनमा रहेका राजाहरुलाई साथमा लिएर मथुरामा भयंकर आक्रमण गर्यो तर उ क्षण भर मै पराजित भयो । फेरी फेरी पनि युध्द गर्यो अन्तमा जरासन्धले कालयवनलाई साथमा लिएर कृष्ण माथि आक्रमण गर्यो, तर श्रीकृष्णले कुशलतापूर्वक कालयवनलाई एउटा गुफामा पस्नुभयो कालयवन पनि त्यही पस्यो । त्यहाँ मान्धताका छोरा मुचुकुन्द सुति रहेका थिए । कालयवनले श्रीकृष्ण नै सुतेको हो भनि खुट्टाले प्रहार गर्यो जसले गर्दा उ त्यही भस्म भयो । यवन सेनालाई हराएपछि भगवान द्वारका जानुभयो । यसपछि भीष्मक पुबी रुक्मिणीले विवाहको लागि प्रस्ताव गरेपछि शिशुपाल आदिलाई परास्त गरेर रुक्मिणि सँग विवाह गर्नुभयो । रुक्मिणीबाट श्रीकृष्णको छोरा प्रद्युम्नको जन्म भएको भयो, जसले शम्बासुरलाई मारेका थिए । यसपछि श्रीकृष्णलाई स्यामन्तक मणिको दोष लाग्यो श्रीकृष्णले जाम्ववानलाई पराजित गरी जाम्बावती संग विवाह गर्नुभयो त्यसैगरी सत्यभामा आदि ८ रानीहरूसँग विवाह गर्नुभयो । त्यसपछि भौमासुरलाई मारेर १६ हजार एक सय राजकुमारहरूसँग विवाह गरे । प्रद्युम्नका छोरा अनिरुद्धको विवाह बाणासुरकी छोरी उषासँग भएको थियो । त्यसपछि श्रीकृष्णले श्रापग्रस्त राजा नृगालाई बचाए । बलभद्र जी आफ्नो पितालाई भेट्न ब्रजमा आए, त्यहाँ उनले द्विविदको वध गरे र श्रीकृष्णले आएर पौंड्रक नामक दुशील राजालाई मारे । जाम्बावतीबाट जन्मेका कृष्णका छोरा साम्बले आफ्नो शक्तिले दुर्योधनकी छोरी लक्ष्मणासँग विवाह गरे । त्यतिखेर जरासन्धबाट बन्दि भएका राजाहरूले श्रीकृष्णलाई आफ्नो बन्दिबाट मुक्ति पाउन सन्देश पठाए । युधिष्ठिर राजसूय यज्ञ गर्न इच्छा गरे, त्यसैले श्रीकृष्ण भीमद्वारा युक्तिले जरासन्धलाई मारेर उनको यज्ञमा सहभागी हुन इन्द्रप्रस्थ आए । यज्ञमा श्रीकृष्णको पूजा गर्दा शिशुपालले श्रीकृष्णको अपमान गरे । श्रीकृष्णले उनलाई त्यहीँ मारिदिए । यादवहरूले शिशुपालका मित्र शाल्वसँग भीषण युद्ध गरे । श्रीकृष्णले शाल्व दंत्तवक्त्र विदुरथ आदिलाई मारिदिनु भयो । जब महाभारत युद्धको तयारी भइरहेको थियो, बलराम तटस्थ रहने विचार लिएर तीर्थयात्राको लागि प्रस्थान गरे । नैमिषारण्यमा रोमहशणद्वारा अभ्युथानादी नपाएको कारण बलरामले उनको शिर काटेर छोरा सुतलाई वक्ता नियुक्त गरे । त्यसपछि बलरामले बब्बल नामक राक्षसलाई मारे । श्रीकृष्ण द्वारकामा सम्राट हुँदा उनका बाल्यकालका मित्र सुदामा उनलाई भेट्न आएका थिए । श्रीकृष्णले उहाँलाई अत्यन्त समृद्ध बनाउनुभयो, त्यसपछि श्रीकृष्ण आफ्नो सपरिवार सूर्य ग्रहणमा को समयमा द्वारकाबाट कुरुक्षेत्र आएर गोपहरु संग भेट गर्नुभयो । त्यहाँ कृष्णका पत्नीहरू रुक्मिणी आदिले द्रौपदीलाई कृष्णसँगको आफ्नै विवाहको घटना सुनाए । त्यसपछि वसुदेवले देव ऋणबाट मुक्त हुन यज्ञ गरे । श्रीकृष्णले आफ्ना छ जना पूर्व मृत भाइहरूलाई जीवित रूपमा माता देवकीकहाँ ल्याए । जसरी सुभद्राको विवाह अर्जुनसँग भएको थियो त्यो सबै कुरा शुकदेवले परीक्षितलाई सुनाए । त्यसपछि भगवान मिथिलामा गएर जनक बहुलाश्व र श्रुतिदेवलाई दर्शन र उपदेश दिनुभयो । परीक्षितले शुकदेवसँग सद्गुण वेदहरूले निर्गुण परमात्मालाई कसरी प्रतिपादन गर्न सक्छन भनि प्रश्न गरे यस प्रश्नको जवाफ दिन शुकदेवले परीक्षितलाई पूर्वकालको नारद र नारायण सम्वाद सुनाएका थिए जसमा वेदद्वारा भगवानको स्तुति गरिएको छ । त्यसपछि श्रीकृष्णले शकरलाई वृकासुर भस्म गर्ने वरदान दिएको र अन्तमा विष्णुले शककरको रक्षा गर्नुभयो र त्यो दानव आफैंले भस्म भएको कथा सुनाए । भृगुले तीन देवताहरूमध्ये को श्रेष्ठ छ भनि परीक्षा निएको र विष्णुको श्रेष्ठताको प्रशंसा गर्ने आख्यान सुनाए र अन्तमा भगवानको लीला विहारको वर्णन गरे ।