/#blog-pager, .newer-posts, .older-posts, .post-footer-line-1, .post-footer-line-2, .post-footer-line-3 { display: none !important; } .PageList, .Tabs, .tabs-inner, [id^='PageList'] { display: none !important; height: 0 !important; margin: 0 !important; padding: 0 !important; } .main-column-left { position: -webkit-sticky !important; position: sticky !important; top: 10px !important; height: fit-content !important; align-self: flex-start !important; } .content-fauxcolumns, .content-inner, .column-left-outer { overflow: visible !important; } /* पोस्टलाई टपमा टाँस्ने गरी मिलाइएको कोड */ .main-inner { padding-top: 0px !important; margin-top: 0px !important; } .main-inner .column-center-inner { padding-top: 0px !important; } /* शीर्षकलाई सिधै माथि धकेल्ने */ .post-outer { margin-top: -60px !important; } /* हेडरको तलको ग्याप मार्ने */ #header-inner { margin-bottom: -30px !important; } /* पोस्टको भित्री खाली ठाउँ हटाउने */ .post-body { padding-top: 0px !important; } --> }

॥ भागवत दर्शन ॥

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।
श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव।।

षष्ठः स्कन्धः

  श्रीमद्‌भागवत महापुराण

षष्ट स्कन्धः संक्षिप्त कथा 
नरकको वर्णन र त्यसमा परेकाहरूको अधोगतिको वर्णन सुनेर  परीक्षितले शुकदेवलाई नर्क जानु नपर्ने उपायको बारेमा जान्न आग्रह गरे । यसका लागि उत्तम उपाय भनेको भगवान् को भक्ति मात्र हो र यस सम्बन्धमा विष्णु र यमदूतको सम्वाद र अजमिलको कथा सुनाए  । विष्णु–दूतहरूले भागवत धर्मको प्रतिनिधित्व गरे । यमराजले आफ्ना दुतहरुलाई विष्णु भक्तहरूलाई नर्क वा यमलोकमा ल्याउन निषेध भएको कुरा बताए । राजा परीक्षितले स्वयम्भू मन्वंतरमा संक्षिप्त रूपमा वर्णन गरिएको ब्रह्माण्डको विस्तृत विवरण शुकदेवजीबाट सुन्ने चाहना गरे । यस प्रश्नको उत्तर दिदै शुकदेवजीले बताउनुभयो कि जब प्रचेताहरु समुद्रबाट बाहिर आए त्यतिबेला उनीहरूले सारा पृथ्वी रुखहरुले भरिएको देखे । प्रचेताहरुले सोमाको आदेशले प्रम्लोचा नामकी कन्यासँग विवाह गरे  । उनका छोरा दक्ष प्रजापतिले सृष्टि गर्नुभयो, तर सृष्टि अगाडि बढ्न सकेन त्यसपछि उनीहरुले ’हंसगुह्य’ नामक स्तोत्रद्वारा भगवानको स्तुति गरे । भगवानले उनीहरूलाई भन्नुभयो कि वैवाहिक विवाहले मात्र मानिसहरूको सृष्टि हुन सक्छ । दक्षले आफ्ना छोराहरू ‘हर्यश्व’ र ‘शवलाश्व’ लाई सृष्टिको आदेश दिए तर नारदको शिक्षाबाट तिनीहरू अन्र्मुखी भए । यो थाहा पाएर दक्षले नारदलाई श्राप दिए  । त्यसपछि दक्षाले ६० कन्या उत्पन्न गरे जसको सन्ततिले सारा लोक भरिएको छ । 
एक पटक इन्द्रले आफ्ना देवगुरु बृहस्पतिको अपमान गरे जसका कारण गुरुले उनलाई त्यागे । जसले गर्दा देवताहरु ऐश्वर्य भ्रष्ट ९तेजहीन० भए  । उनले त्वष्टका छोरा विश्वरूपलाई आफ्नो पुरोहित बनाए । विश्वरूपले ’नारायण कवच’को ज्ञानद्वारा देवताहरूको पहिलाको वैभव पुनः प्राप्त गराए । तर विश्वरूपले गोप्य रूपमा असुरहरूको पक्षलाई समर्थन गरेका थिए । त्यसैले इन्द्रले विश्वरूपको बध गरिदिए । विश्वरुपका पिताले इन्द्रलाई मार्ने सत्रुको प्रकट गराउनको लागि यज्ञ गरे जसबाट वृत्रासुरको जन्म भयो । ऋषि दधिचीको हड्डीबाट बनेको वज्रले वृत्रको मृत्यु भएको थियो  । इन्द्र फेरि ब्रह्महत्या लागेका कारण एक हजार वर्षसम्म मानसरोवरमा बसे । त्यतिन्जेल नहुषले स्वर्गमा शासन गरे । इन्द्र अश्वमेधद्वारा ब्रह्माहत्याबाट मुक्त भए । वृत्रासुर विगतमा चित्रकेतु राजा थिए र अत्यन्त भगवत्परायण पनि थिए, पार्वतीको श्रापले राक्षसी योनि प्राप्त भयो र उनै वृत्रासुर भएर जन्मिएका हुन् । त्यसपछि शुकदेवजीले अदिति र दितिको सन्तानको उत्पत्ति र मरुद्गणको बारेमा बताउनुभयो र कश्यपले दितिलाई पुंसवन व्रतको विधि बताउनुभयो ।

    प्रथमोऽध्यायः

    द्वितीयोऽध्यायः

    तृतीयोऽध्यायः

    चतुर्थोऽध्यायः

    पञ्चमोध्यायः

    षष्ठोऽध्यायः

    सप्तमोध्याय

    अष्टमोध्यायः

    नवमोध्यायः

    दशमोऽध्यायः

    एकादशोऽध्यायः

    द्वादशोऽध्यायः

    त्रयोदशोऽध्यायः

    चतुर्दशोऽध्यायः

    पञ्चदशोऽध्यायः 

    षोडशोऽध्यायः

    सप्तदशोऽध्यायः

    अष्टादशोऽध्यायः

    एकोनविंशोऽध्यायः  

ॐ अध्यात्म ज्ञान भण्डार ॐ

No comments:

Post a Comment

JavaScript // यस्तो खालको कोड खोज्नुहोस् var allLinks = document.getElementsByTagName("a"); ... display = "none"; ...