राजा परीक्षितले शुकदेवजीलाई आफ्नो श्रेयस्कर कर्तव्य (मृत्युका नजिका आईपुगेका मानिसले गर्नु पर्ने कुराहरु) सोधे । राजाको यस्तो प्रश्न सुनेर शुकदेवजीले भगवद् ध्यानको विधिको बारेमा बताउनुभयो र भगवानको विराट् रूपको वर्णन गर्नुभयो । साधकले भगवानको स्थूल अंग प्रत्यंगको चिन्तन गर्दै प्रेम–भक्ति–योग प्राप्त गरी ब्रह्ममा स्थित होउन । यदि ब्रह्मलोकदि जान्ने इच्छा छ भने मन र इन्द्रियलाई साथमा लिएर जाउँन् । यसप्रकार सद्योमुक्ति र क्रम मुक्ति दुवै सनातन वेदोक्त माग हुन् । विभिन्न इच्छाहरूको पूर्तिको लागि विभिन्न देवताहरूको पूजा विधि बनाउदै शुकदेवजीले भगवद् भक्तिलाई सर्वोच्च स्थान दिनुभयो । परीक्षितले आफ्नो मन भगवान्मा लगाएर एकाग्र गर्दै शुकदेवजी संग भगवान् द्वारा मायाले रचिएको ब्रह्माण्डको सृष्टिको विधानको बारेमा सोधे र शुकदेवजीले सृष्टिको बारेमा सविस्तार पूर्वक वैज्ञानिक ढंगले विराट रुपको वर्णन गरे । यसैगरी भगवान् का कच्छप, नृसि,ह परशुराम आदि लीला अवतारको वर्णन गर्दै अन्य लीला अवतारहरूको कथा सुनाए । नारदजीले ब्रह्माजीबाट भागवतको संक्षिप्त कथा सुने जुन भागवत कथा ब्रह्माजीले ब्रह्म कल्पको प्रारम्भमा नारायणबाट सुनेका थिए । त्यही कथा शुकदेवले परीक्षितलाई सुनाए । प्रारम्भमा ब्रह्माजीको तपस्याबाट प्रसन्न भई भगवानले उनलाई आफ्नो सर्वोच्च (वैकुण्ठ लोक) देखाउनुभयो र भागवतका चार श्लोकहरू उपदेश गर्नुभयो । त्यसैको विशद रुप सर्ग विशर्ग आदि दश लक्षणले भरिएका भागवत ब्रह्माजीले नारदजीलाई सुनाउँनु भयो ।