/#blog-pager, .newer-posts, .older-posts, .post-footer-line-1, .post-footer-line-2, .post-footer-line-3 { display: none !important; } .PageList, .Tabs, .tabs-inner, [id^='PageList'] { display: none !important; height: 0 !important; margin: 0 !important; padding: 0 !important; } .main-column-left { position: -webkit-sticky !important; position: sticky !important; top: 10px !important; height: fit-content !important; align-self: flex-start !important; } .content-fauxcolumns, .content-inner, .column-left-outer { overflow: visible !important; } /* पोस्टलाई टपमा टाँस्ने गरी मिलाइएको कोड */ .main-inner { padding-top: 0px !important; margin-top: 0px !important; } .main-inner .column-center-inner { padding-top: 0px !important; } /* शीर्षकलाई सिधै माथि धकेल्ने */ .post-outer { margin-top: -60px !important; } /* हेडरको तलको ग्याप मार्ने */ #header-inner { margin-bottom: -30px !important; } /* पोस्टको भित्री खाली ठाउँ हटाउने */ .post-body { padding-top: 0px !important; } --> }

॥ भागवत दर्शन ॥

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।
श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव।।

द्तिीयस्कन्धः

श्रीमद्भागवत महापुराण 

द्वितीयस्कन्धः संक्षिप्त कथा

राजा परीक्षितले शुकदेवजीलाई आफ्नो श्रेयस्कर कर्तव्य (मृत्युका नजिका आईपुगेका मानिसले गर्नु पर्ने कुराहरु) सोधे । राजाको यस्तो प्रश्न सुनेर शुकदेवजीले भगवद् ध्यानको विधिको बारेमा बताउनुभयो र भगवानको विराट् रूपको वर्णन गर्नुभयो । साधकले भगवानको स्थूल अंग प्रत्यंगको चिन्तन गर्दै प्रेम–भक्ति–योग प्राप्त गरी ब्रह्ममा स्थित होउन । यदि ब्रह्मलोकदि जान्ने इच्छा छ भने मन र इन्द्रियलाई साथमा लिएर जाउँन् । यसप्रकार सद्योमुक्ति र क्रम मुक्ति दुवै सनातन वेदोक्त माग हुन्  । विभिन्न इच्छाहरूको पूर्तिको लागि विभिन्न देवताहरूको पूजा विधि बनाउदै शुकदेवजीले भगवद् भक्तिलाई सर्वोच्च स्थान दिनुभयो । परीक्षितले आफ्नो मन भगवान्मा लगाएर एकाग्र गर्दै शुकदेवजी संग भगवान् द्वारा मायाले रचिएको ब्रह्माण्डको सृष्टिको विधानको बारेमा सोधे र शुकदेवजीले सृष्टिको बारेमा सविस्तार पूर्वक वैज्ञानिक ढंगले विराट रुपको वर्णन गरे । यसैगरी भगवान् का कच्छप, नृसि,ह परशुराम आदि लीला अवतारको वर्णन गर्दै अन्य लीला अवतारहरूको कथा सुनाए । नारदजीले ब्रह्माजीबाट भागवतको संक्षिप्त कथा सुने जुन भागवत कथा ब्रह्माजीले ब्रह्म कल्पको प्रारम्भमा नारायणबाट सुनेका थिए । त्यही कथा शुकदेवले परीक्षितलाई सुनाए  । प्रारम्भमा ब्रह्माजीको तपस्याबाट प्रसन्न भई भगवानले उनलाई आफ्नो सर्वोच्च (वैकुण्ठ लोक) देखाउनुभयो र भागवतका चार श्लोकहरू उपदेश गर्नुभयो । त्यसैको विशद रुप सर्ग विशर्ग आदि दश लक्षणले भरिएका भागवत ब्रह्माजीले नारदजीलाई सुनाउँनु भयो । 

ॐ अध्यात्म ज्ञान भण्डार ॐ

No comments:

Post a Comment

JavaScript // यस्तो खालको कोड खोज्नुहोस् var allLinks = document.getElementsByTagName("a"); ... display = "none"; ...