/#blog-pager, .newer-posts, .older-posts, .post-footer-line-1, .post-footer-line-2, .post-footer-line-3 { display: none !important; } .PageList, .Tabs, .tabs-inner, [id^='PageList'] { display: none !important; height: 0 !important; margin: 0 !important; padding: 0 !important; } .main-column-left { position: -webkit-sticky !important; position: sticky !important; top: 10px !important; height: fit-content !important; align-self: flex-start !important; } .content-fauxcolumns, .content-inner, .column-left-outer { overflow: visible !important; } /* पोस्टलाई टपमा टाँस्ने गरी मिलाइएको कोड */ .main-inner { padding-top: 0px !important; margin-top: 0px !important; } .main-inner .column-center-inner { padding-top: 0px !important; } /* शीर्षकलाई सिधै माथि धकेल्ने */ .post-outer { margin-top: -60px !important; } /* हेडरको तलको ग्याप मार्ने */ #header-inner { margin-bottom: -30px !important; } /* पोस्टको भित्री खाली ठाउँ हटाउने */ .post-body { padding-top: 0px !important; } --> }

॥ भागवत दर्शन ॥

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।
श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव।।

चतुर्थस्कन्धः

भागवत महापुराण चतुर्थस्कन्धको संक्षिप्त कथा
मैत्रेयजीले विदुरलाई बताउँदै भन्नुभयो कि देवहुती बाहेक, स्वयभुव मनुको आकूति र प्रसूति नामका अरु दुई छोरीहरू थिए । अकूतिको रुची प्रजापतिसँग र प्रसुतिको विवाह दक्ष प्रजापतिसँग भएको थियो  । दक्षले आफ्नी छोरी सतीको विवाह शंकरसँग गरिदिएका थिए  । पछि कुनै कारणले दक्षले शंकरसंग द्वेष गर्न थाले । दक्षले शकरको अपमान गरेपछि र शकरले दक्षको यज्ञलाई नष्ट गरेपछि सतीले आफ्नो प्राण त्यागिन् । पछि ब्रह्माजीको आग्रहमा भगवान् शंकरले दक्षलाई माफी दिनुभयो र यज्ञ पूरा गर्नुभयो । तीन कन्याका अतिरिक्त स्वयम्भुव मनुका दुई छोरा  थिए उनीहरुको नाम प्रियव्रत र उत्तानपद थिए । उत्तानपदका पुत्र ध्रुव विमताबाट अपमानित भई भगवान् प्राप्तिको लागि वनमा गएर कठोर तपस्या गर्न थाले पछि श्रीहरिको कृपाले अचल ध्रुव र लोक प्राप्त गरे  । सम्राट ध्रुवले आफ्नो भाइ उत्तमको मृत्युको बदला लिन यक्षहरूसँग भयंकर युद्ध लडेका थिए, त्यसैले स्वयभुव मनुले उनलाई रोके । 
पछि ध्रुवकै वंशमा क्रुर स्वभाव भएको वेनको जन्म भयो । वेन राजा भयो जब उसको अत्याचारले सबै जना त्रसित भए तव आक्रोशित भएका ऋषिहरूले आफ्नो हुंकारले वेनको प्राण लिइदिए । पछि राजा नहुँदा चोरी लुटपीट बढेका कारण फेरी ऋषिहरुले आफ्नो योगबलले वेनको शरीरलाई मन्थन गरे शरीरक मन्थनबाट महाराज पृथुको जन्म भएको भयो । महाराज पृथुले पृथ्वीका दोहन गरेर प्रजाहरुलाई अन्न औषधी बाँढे । पृथ्वीको भूभाग मिलाएर सहर गाँउ किल्ला आदिको स्थापना गरे । पछि पृथुले धेरै अश्वमेध यज्ञ गरे एकपट इन्द्रले पृथुको अश्वमेध यज्ञबाट घोडा चोरेका कारण राजाले इन्द्रलाई मार्ने निश्चय गरेका थिए तर ब्रह्माजीले आफ्नो यज्ञको फल अक्षुंण बनाएर इद्रासँग मित्रता गराएका थिए । भगवान विष्णुले प्रसन्न भएर पृथुलाई भक्तिको वरदान दिनुभयो । पृथुले आफ्नो राजधानीमा आएर मानिसहरूलाई आदर्श जीवनको उपदेश दिए र सनकादिकले पृथुलाई निश्रेयस्को मार्ग बताए । पृथुले तपस्याद्वारा ब्रह्म पद प्राप्त गरे ।
पृथुका वंशमा राजा प्राचीन बर्हिका प्रचेता नामका दश छोरा थिए  । भगवान रुद्रले सृष्टिको लागि तत्पर रहेका शिष्यहरूलाई भगवान नारायणको ’योगादेश’ नामक स्तोत्रको उपदेश दिए । त्यो स्तोत्र जप गर्दा प्रचेताहरूले दश हजार वर्षसम्म पानीमा उभिएर तपस्या गरिरहे  । त्यही समयमा नारदले आशक्त राजा प्राचीनवर्हिलाई आत्मतत्वको ज्ञान गराउने रहस्यमय प्रतीकात्मक पुरन्जनोपाख्यान सुनाए । पुरञ्जन नामका राजा वास्तवमा ‘जीव’ हुन् र उसको मित्र ’अज्ञात’ नामक भगवान थिए । ‘जीव र ‘ईश्वर’ को स्वरुपको दिग्दर्शन गराउन नै पुरञ्जनोपाख्यानको तात्पर्य हो । प्रचेताहरुले रुद्रगीत द्वारा सन्तुष्ट भएका श्रीहरिको कृपाले पृथ्वीको सार्वभौम राज्य भोगे त्यसपछि आफ्ना पुत्र दक्षलाई राज्यभार सुम्पेर विरक्त भएका बखत नारदको उपदेश पाएर परमपद प्राप्त गरे । 

                        श्रीमद्भागवत महापुराण        
                                चतुर्थस्कन्धः
        
        प्रथमोऽध्यायः
        द्वितीयोऽध्यायः
        तृतीयोऽध्यायः
        चतुर्थोऽध्यायः
        पञ्चमोध्यायः 
        षष्ठोऽध्यायः 
        सप्तमोध्याय
        अष्टमोध्यायः
        नवमोध्यायः
        दशमोऽध्यायः 

        एकादशोऽध्यायः
        द्वादशोऽध्यायः
        त्रयोदशोऽध्यायः
        चतुर्दशोऽध्यायः
        पञ्चदशोऽध्यायः 
        षोडशोऽध्यायः
        सप्तदशोऽध्यायः
        अष्टादशोऽध्यायः
        एकोनविंशोऽध्यायः  
        विंशोऽध्यायः 
        एकविंशोऽध्यायः
        द्वाविंशोऽध्यायः
        त्रयोविंशोऽध्यायः
        चतुर्विंशोऽध्यायः
        पञ्चविंशोऽध्यायः
        षड्विंशोऽध्यायः
        सप्तविंशोऽध्यायः
        अष्टाविंशोऽध्यायः
        एकोनत्रिंशोऽध्यायः
        त्रिंशोऽध्यायः
        एकत्रिंशोऽध्यायः 

ॐ अध्यात्म ज्ञान भण्डार ॐ

No comments:

Post a Comment

JavaScript // यस्तो खालको कोड खोज्नुहोस् var allLinks = document.getElementsByTagName("a"); ... display = "none"; ...