/#blog-pager, .newer-posts, .older-posts, .post-footer-line-1, .post-footer-line-2, .post-footer-line-3 { display: none !important; } .PageList, .Tabs, .tabs-inner, [id^='PageList'] { display: none !important; height: 0 !important; margin: 0 !important; padding: 0 !important; } .main-column-left { position: -webkit-sticky !important; position: sticky !important; top: 10px !important; height: fit-content !important; align-self: flex-start !important; } .content-fauxcolumns, .content-inner, .column-left-outer { overflow: visible !important; } /* पोस्टलाई टपमा टाँस्ने गरी मिलाइएको कोड */ .main-inner { padding-top: 0px !important; margin-top: 0px !important; } .main-inner .column-center-inner { padding-top: 0px !important; } /* शीर्षकलाई सिधै माथि धकेल्ने */ .post-outer { margin-top: -60px !important; } /* हेडरको तलको ग्याप मार्ने */ #header-inner { margin-bottom: -30px !important; } /* पोस्टको भित्री खाली ठाउँ हटाउने */ .post-body { padding-top: 0px !important; } --> }

॥ भागवत दर्शन ॥

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।
श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव।।

तृतीयस्कन्धः

भागवत महापुराण तृतीयस्कन्धको संक्षिप्त कथा
महाभारत युद्ध अघि विदुर आफ्नो घर छोडेर तीर्थयात्रा गर्न गएका थिए । मत्स्य कुरुजांगलादी देशहरू पार गरेपछि यमुनाको किनारमा पुग्दा उनको भक्त प्रवर उद्धवजीसँग भेट भयो । सबैको कुशल कल्याण बताईसकेपछि उद्धवले श्रीकृष्णको बालचरित र अन्य पात्रहरूका बारेमा पनि सुनाए । उद्धवजीको कथन अनुसार विदुरजीले कृष्णको स्वरूपको गूढ रहस्य जान्न मैत्रेय मुनिलाई भेटेका थिए । विदुरले मैत्रेयजीलाई धेरै प्रश्न सोधे । विदुरको प्रश्नको उत्तर दिदैं मैत्रेयजीले सृष्टिको क्रम, विराट शरीरको उत्पत्ति, चेतन निराकार निगुण ब्रह्म र क्रियाको संगतिका बारेमा व्याख्या गर्नुभयो । उनले शेषद्वारा सनकादीलाई सुनाएका भागवत पुराण विदुरालाई सुनाए । ब्रह्माजीको उत्पत्ति र ब्रह्मकृत भगवत्स्तुति बताउँदै दश प्रकारका सृष्टिहरु, मन्वन्तरादि–काल–परिमाण, सृष्टि विस्तारको वर्णन गरे । सनकादीको श्रापका फलस्वरूप भगवत्पार्षद जय विजय दुवै दितिका छोरा हिरण्यकशिपु र हिरण्यक्षको जन्म भयो । हिरण्यक्षको चंगुलबाट भगवान वराहले जलमग्न पृथ्वीको उद्धार गर्नुभयो र ब्रह्माजीले त्यसमा विभिन्न सृष्टिहरू गर्नुभयो । स्वयम्भू मनुकी छोरी देवहुतिबाट कर्दम प्रजापतिद्वारा सांख्य शास्त्रका प्रवर्तक भगवान कपिल देवको जन्म भयो । कपिलले आफ्नी माता देवहुतिलाई भक्तियोग, प्रकृति पुरुष विवेक, अष्टाग योग र महदादि तत्वको उत्पत्तिको विषयको बारेमा बताउनु भयो ।  अन्तमा देह गेहमा आशक्त पुरुषको अधोगतिको वर्णन, मनुष्ययोनिमा प्राप्त भएका जीवको गतिको वर्णन, धूम मार्ग हुँदै अर्चिरादि मार्गमा जाने भएकाको गतिको वर्णन गर्दै उहाँले भक्तियोगको श्रेष्ठता बारेमा बताउनुभयो, जसले गर्दा देवहुतीले ज्ञान प्राप्त भयो र मोक्ष पनि मिल्यो । 

श्रीमद्भागवत महापुराण
तृतीय स्कंधः

 

ॐ अध्यात्म ज्ञान भण्डार ॐ

No comments:

Post a Comment

JavaScript // यस्तो खालको कोड खोज्नुहोस् var allLinks = document.getElementsByTagName("a"); ... display = "none"; ...