#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

प्रथमस्कन्धः

श्रीमद्भागवत प्रथम स्कन्ध  संक्षिप्त कथा

एकपटक नैमिषारण्य क्षेत्रमा शौनकदी ऋषिहरूले सुतजीसंग आत्यन्ति श्रेयको साधन बारे जान्ने इच्छा गरे, त्यसपछि सूतजीले परब्रह्म श्री कृष्णको अखण्ड अद्वितीय सच्चिदानन्द स्वरूपको भक्ति नै एकमात्र समाधानको उपाय हो भनि बताए ।  श्रीमद भागवतलाई साधनको रूपमा बताए । सुतजीले भागवतकथाको महानता र भगवानप्रतिको भक्ति वर्णन गरेपछि शौनकदीलाई भगवानका २४ अवतारहरूको कथा सुनाए । शौनकदीले परीक्षितलाई शुकदेवजीले सुनाउन भएको श्री मद्भागवतको सुन्न चाहेकाले, सूतजीले महाभारत र सत्र पुराणको रचना गरेर वेदव्यासजीले मन शान्त नभाएका बखत नारदले उनलाई भगवानको निर्मल यश र अलौकिक लीलाहरुकोे वर्णन गर्ने सल्लाह दिए । त्यही समयमा नारदजीले आफ्नो पूर्व चरित्रको वर्णन बताउँदै भनेकि केवल भक्तिले नै मानिसलाई आत्मशान्ति गराउन सक्दछ । 
महाभारतको युद्धमा अश्वत्थामाले द्रौपदीका पाँच छोराको टाउको सुतेको बेला काटिदिए  । श्रीकृष्णको आदेशमा अश्वत्थामाको शिरको मणि कपालसहित निकालियो  । यसो गर्नु नै उसको बध बराबर भयो । युद्ध पछि, पाण्डवहरूले आफ्ना आत्मियजनलाई तर्पण गरे । श्रीकृष्णले युधिष्ठिरलाई हस्तिनापुरको राज्यमा बसाले । यसैगरी श्रीकृष्णले अश्वत्थामाको ब्रह्मास्त्रद्वारा उत्तराको गर्भमा परीक्षितको रक्षा गरे । कुन्तीले श्रीकृष्णको स्तुति गरिन् र युधिष्ठिरले महाभारत युद्धमा भएको ठूलो हिंसाको लागि पश्चाताप व्यक्त गरे । युधिष्ठिर आफ्नो कर्तव्योपदेशका लागि हस्तिनापुरबाट सरशैयामा रहेका भीष्मको नजिक कुरुक्षेत्रमा गएर भीष्मबाट सबै रहस्य सुने । भीष्मले पनि कृष्णलाई सम्झेर उनैको स्तुती गरेर अन्त्यमा शरीर त्यागे । 
युधिष्ठिरल धर्म पूर्वक शासन गर्न थाले । पाण्डवहरुको अनुरोधमा र बहिनी सुभद्राको मायाले  श्रीकृष्ण केही महिना हस्तिनापुरमा बस्नुभयो र त्यसपछि द्वारका जानुभयो  । त्यहाँ उनको भव्य स्वागत गरिएको थियो  । यता हस्तिनापुरमा परीक्षितको जन्म भयो  । युधिष्ठिरले अश्वमेध यज्ञ गरे । विदुरको सल्लाहमा धृतराष्ट्र र गान्धारी वनमा गए  । जब अर्जुन श्रीकृष्णसँग द्वारका गए र लामो समयसम्म हस्तिनापुरबाट फर्किएनन्, जसले गर्दा युधिष्ठिरले अनेक अशुभ संकेत देख्न लागे, त्यसै समयमा अर्जुन पनि आइपुगे, उनको मन खिन्न थियो श्रीकृष्ण संगको विछोडका कारण उनी विरक्तिएका थिए । उनले युधिष्ठिरलाई यादवहरूको संहार र श्रीकृष्णले स्वधाम प्रस्थान गरेको खबर सुनाए । त्यसपछि युधिष्ठिरले परीक्षितलाई राज्य सुम्पिदिए र आफ्ना भाइहरूसहित स्वर्ग गए । त्यसपछि परीक्षितले दिग्विजय गरे र बृषभ स्वरूप धर्म र गाई स्वरूप धरिणी पृथ्वीका बिच संवाद सुनेर राजा परीक्षितले कलि लाई दमन गरे । राजाले दैव वश शमिक ऋषिको घाँटीमा मरेको सर्प लागाइदिएका कारण तक्षक सर्पको टोकाइबाट सातौं दिनमा परीक्षितको मृत्यु होस भनेर शमीकका ऋषिका छोरा श्रृंगीले  श्राप दिए  ।  आफुलाई श्राप परेको थाहा पाएपछि राजाले पश्चाताप गर्दै आफ्ना छोरा जनमेजयलाई राज्य सुम्पेर मृत्युको पर्खाइमा परीक्षित भगवान्को चिन्तनमा मग्न भएर गंगाको किनारमा बसे  । त्यहाँ धेरै देवर्षि, ब्रह्मर्षि र राजर्षिहरु त्यहाँ आए । त्यही समयमा श्री शुकदेवजी अवधूतको भेषमा राजा भएका ठाँउमा आइपुगे ।

     प्रथमोऽध्यायः

    द्वितीयोऽध्यायः

    तृतीयोऽध्यायः

    चतुर्थोऽध्यायः

    पञ्चमोध्यायः

    षष्ठोऽध्यायः

    सप्तमोध्याय

    अष्टमोध्यायः

    नवमोध्यायः

    दशमोऽध्यायः

    एकादशोऽध्यायः

    द्वादशोऽध्यायः

    त्रयोदशोऽध्यायः

    चतुर्दशोऽध्यायः

    पञ्चदशोऽध्यायः 

    षोडशोऽध्यायः

    सप्तदशोऽध्यायः

    अष्टादशोऽध्यायः

    एकोनविंशोऽध्यायः